प्रुडेन्सियल इन्स्योरेन्सको बोनस र माउन्ट मकालुको हकप्रद सेयर सूचिकृत
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र माउन्ट मकालु डेभलपमेन्ट बैंकको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । बुधबार मात्रै यी दुई कम्पनीको क्रमशः बोनस र हकप्रद सेयर नेप्सेमा थपिएको हो । प्रुडेन्सियल इन्स्योरेन्सको ८ लाख ५५ हजार ३६० कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, माउन्ट मकालुको ३ लाख ४५ हजार ८०० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।
पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी चितवनमा, चैत २३ देखि शुरु
काठमाडाै । भरतपुर महानगरपालिका स्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा चैत २३ देखि २७ गतेसम्म पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ हुने भएको छ । उक्त प्रदर्शनी नेपाल उद्योग परिसंघको संस्थागत सदस्य संस्था चितवनले आयोजना गर्ने भएको हाे । परिसंघको अध्यक्ष हरिभक्त शर्माले प्रदर्शनीमा विभिन्न उद्योगबाट उत्पादित सामानहरुलाई प्रदर्शन हुनको साथै क्रेतासँगको प्रत्यक्ष भेटघाट, छलफल र अन्तरक्रिया हुने बताएका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त औद्योगिक प्रदर्शनी बारे उनले जानकारी दिएका थिए । ‘दीगो आर्थिक विकासको लागि औद्योगिक प्रवद्र्धन’ नारासहित सञ्चालन हुन लागेको सो प्रदर्शनी बारे प्रकास पार्दै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले औद्योगिक क्षेत्रको द्रुततर विकासबाट मात्र देश आर्थिक रुपमा समुन्नत हुने बताए । प्रदर्शनी स्थानीय उद्योग र उत्पादनको प्रवद्र्धन गर्दै भरतपुर क्षेत्रलाई औद्योगिक नगरीको रुपमा विकास गर्ने लक्ष्य लिएर गर्न लागिएको उनको भनाइ थियो । आयोजकका अनुसार प्रदर्शनीमा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि, हस्तकला, मुर्तिकला लगायत वस्तुहरुको स्टल रहनेछन् । २५० भन्दा बढी स्टलहरु रहने सो प्रदर्शनीमा लाखौ दर्शकहरुले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको लिएकाे छ ।
राष्ट्र बैंकले दियो २० अर्ब, बैंकले लिए ६ अर्ब १० करोड, बिहीबार १० अर्ब पठाउने
काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट ६ अर्ब १० करोड रुपैयाँ उठाएका छन् । तरलता कम भएर अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले हस्तक्षेप गर्नका लागि बुधबार रिपो उपकरणमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाएको थियो । बुधबार आधा दर्जन बैंकले मात्र पैसा उठाएको राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले रिपोमार्फत थप रकम बैंकिङ प्रणालीमा पठाउने गर्छ । बैंकिङ प्रणालीमा २२ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकले कम उठाए पनि राष्ट्र बैंकले बिहीबार पनि बजारमा पैसा पठाउने भएको छ । बिहीबार केन्द्रीय बैंकले रिपोमार्फत १० अर्ब रुपैयाँ पठाउन लागेको हो । केही महिनाअघि अन्तर बैंक ब्याजदर बढेपछि राष्ट्र बैंकले पटकपटक रिपोमार्फत बजारमा अर्बौ रुपैयाँ पैसा पठाएको थियो । ब्याजदर करिडोर अन्तर्गत १४ दिने रिपो बोलकबोलमार्फत ४४ अर्ब ५ करोड र सोझै खरिद बोलकबोलमार्फत २५ अर्ब २८ करोड तरलता प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । बजारमा तरलता धेरै भए रिभर्स रिपोमार्फत बजारबाट केन्द्रीय बैंकले पैसा उठाउछ भने कम भए रिपोमार्फत पैसा प्रवाह गर्दै आएको छ ।
महानगरका ११ वटा विभागमा जिम्मेवारी बाँडफाड सम्पन्न
काठमाडौं । काठमाडौं ममानगरको नगर कार्यपालिकाको बुधबार बसेको वैठकले विषयगत कामको जिम्मेबारी वाँडफाँड गरेको छ । महानगरमा रहेका ११ वटा विषयगत विभागले पुर्णता पाएको हो । ११ वटा विभाग हेर्ने गरी वडाध्यक्षको संयोजकत्वमा कार्यपालिकाका सबै सदस्य कुनै न कुनै समितिमा पर्ने गरी जिम्मेवारी बाँडेको महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले जानकारी दिए । जिम्मेबारी प्राप्त समितिहरुमा शुशासन, वित्त, सामाजिक, विधायन, राजस्व, पूर्वाधार, वातावरण, सूचना प्रविधि, विपद् व्यवस्थापन र भवन व्यवस्था समिति रहेका छन् । समितिका संयोजकहरुमा क्रमश नवराज पराजुली, शोभा सापकोटा, मुकुन्द रिजाल, हीरालाल तण्डुकार, नविन मानन्धर, दीपक के. सी., विकास डंगोल, ईश्वरमान डंगोल, नीलकाजी शाक्य र चिनियाँमान बज्राचार्य रहेका छन् ।
राष्ट्रपति भण्डारीले पदमुक्त प्रधानन्यायधीश पराजुलीबाटै लिइन सपथ
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले वर्खास्त न्यायधीश गोपाल पराजुलीबाट पद तथा गोपनीयताको सपथ लिएकी छिन् । न्याय परिषदले राष्ट्रपति भण्डारीलाई सपथ गराउनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र सार्वजनिक गरेको थियो । पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट न्याय परिषदका सचिवद्धार हस्ताक्षरित पत्रमा स्पष्ट पारिएको छ ।
अब संसारभर नेपाली चियाको एउटै ब्राण्डः नेपाल टी क्वालीटी फ्रम द हिमालयज
काठमाडौं । नेपालमा उत्पादन हुने चियालाई ब्रान्डीङ गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको छुटै पहिचान छ । पछिल्लो समय माग समेत बढेको भन्दै सरकारले नेपाली चियालाई ब्रान्डीङ गर्न लागेको हो । चैत तेस्रो साता सञ्चानल हुने अन्तर्राष्ट्रिय चिया महोत्सव-२०१८ को जानकारी गराउन बुधबार राजधानीमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डको कार्यकारी निर्देशक शेषकान्त गौतमले तत्कालै नेपाली चियाको ब्राण्ड घोषणा गर्ने बताए । उनले चैत २३ गतेदेखि २५ गतेसम्म हुने महोत्सवमा ‘नेपाल टी क्वालीटी फ्रम द हिमालयज’को रुपमा नेपाली चिया बजारमा विधिवत रुपमा उद्घाटन गरिने जानकारी दिए । ‘अहिलेमम्म अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको आफ्नै ब्राण्ड हुन नसक्दा बजार विस्तार गर्न गाह्रो थियो,’ उनले भने ‘त्यसैले नेपाली चियाको अन्तर्राष्ट्रिय बजार निर्यात गर्नको लागि सरकारले आफ्नै ब्राण्ड बनाउने भएको हो ।’ ब्राण्ड बनेसँगै चियाको बजार पनि बढ्ने उनको विश्वास छ । उनका अनुसार नेपाली चिया कोलकोत्ताको बजारमा दार्जिलिङको चियाको माध्यमबाट बिक्री भइरहेको छ । तेस्रो मुलुकमा समेत ब्यक्तीगत फर्मको नाममा नेपाली चियाको निर्यात हुदै आएको छ । अहिलेसम्म नेपाली चियाको छुट्टै लोगो बन्न सकेको छैन । अब आफ्नै लोगो भएपछि चिया निर्यात गर्न समेत गौरव हुने उनको बुझाइ छ । ‘उक्त ब्राण्डको नाममा देश विदेशमा नेपाली चिया बिक्री हुनेछ,’ उनले भने ‘त्यसका लागि कार्यविधि बनिसकेको छ ।’ महोत्सवका संयोजक उदय चापागाईले नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा विशेष महत्व राखेको बताए । त्यस्तै उनले नेपाली चियाको युरोपियन देशहरुले अत्यधिक मनपराएको जानकारी दिए । पूर्व राज्यमन्त्री तथा कञ्चनजंगा टी स्टेटका सञ्चालक दिपक बास्कोटाले नेपालको आफ्नै चियाको ब्राण्ड हुनु नेपालको लागि खुसीको कुरा भएको बताए । उक्त चिया राष्ट्र अन्तर्राष्ट्रिय बजारमा पुग्ने उनको विश्वास छ । यद्यपि नेपालमा चियाको अझै पनि समवद्र्धन तथा प्रवद्र्धन तथा बजारीकरण हुन नसकेको उनको गुनासो छ । बोर्डको अनुसार देशभर २८ हेक्टर जमिनमा चिया खेती गरिन्दै आएको छ । सबैभन्दा बढी नेपालको पूर्वी भागमा चियाको खेति गरिन्छ । वार्षिक २ करोड ४० लाख किलो चिया उत्पादन हुदै आएको छ ।
सेञ्चुरी कमर्सियल बैंकको १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ८ अर्ब ६ करोड नाघ्यो
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १० प्रतिशत लाभांश पारित भएको छ । बुधबार सम्पन्न बैंकको सातौं वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने कम्पनीकाे प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर दिने भएको छ । उक्त बोनस पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । चालु आवको पुस मसान्तसम्म यस बैंकले कुल निक्षेप ५२ अर्ब १७ करोड रुपैयाँ र कर्जा रकम ४७ अर्ब ०२ करोड रुपैयाँ परिचालन गरेको छ । सो अवधिमा कम्पनीले ३९ करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा र ३२ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सनराइज बैंक र शिखर इन्स्योरेन्सबीच स्वास्थ्य बीमा सेवा दिने सम्झौता, बैंकका बचतकर्तालाई डबल सुरक्षा
काठमाडौं । सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकका बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्न सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा शिखर इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रुपैयाँ वा बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी दाबी गर्न पाइनेछ । बैंकले आफ्नो स्थापनाकाल देखि नै आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिनेछ । अब यस सम्झौता पश्चात सनराइज बैंकका बचत खाताका ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउनेछन् । यो सम्झौतासँगै बैंकका बचत खाताका ग्राहकहरुले दुर्घटना साथै स्वास्थ्य दुबै बीमा सुविधाहरु पाउने भएका छन् ।