प्रधानन्यायधीश गोपाल पराजुली बर्खास्त
काठमाडौं । न्यायपरिषदले प्रधानन्यायधीस गोपाल पराजुलीलाई पदबाट बर्खास्त गरेको छ । परिषदले गत साउन २१ गते ६५ वर्ष पुरा गरेको भन्दै सचिवस्तरिय निर्णयबाट पदमुक्त गरेको जानकारी गराएको हो । यसअघि पराजुलीको उमेर शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरक देखिएको थियो । नागरिकतामा उनको उमेर ६५ वर्ष नपुगेपनि शैक्षिक प्रमाणपत्रलाई आधार मान्दै ६५ वर्ष पुगेको परिषदले दाबी गरेकाे हो । पत्रको अन्त्यमा पराजुलीको न्यायसेवामा गरेको योगदानप्रति धन्यवाद दिदैं अवकास पछिको जिवन सुखमय वितोस भनि उल्लेख गरिएको छ ।
एचएच बजाजको नयाँ शोरुम दाङ्गको तुलसीपुरमा
काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले नयाँ शोरुम दाङ्गको तुलसीपुरमा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको ‘क्रस बोडर प्रा.लि’ नामको शाखा बुधबार(आज)देखि सञ्चालनमा ल्याएको हो । उक्त शोरुमको उद्घाटन कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले गरेका हुन् । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने छ । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ । यस कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हो ।
क्लिन फिड कार्यान्वयनः व्यापार स्वार्थ की राष्ट्रियता ?
काठमाडौं । २०७३ साल साउन ७ गते तत्कालिन प्रधानमन्त्री केपी ओलीले क्लिन फिड कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषदबाट गरे । सो निर्णय तत्कालिन ओली सरकारको अन्तिम क्याबिनेटले गरेको थियो र २०७४ साउन १ गतेदेखि लागु गर्ने भनिएको थियो । तर त्यस लगत्तै ओली सरकार ढल्यो र बिचमा प्रचण्ड र शेर बहादुर देउवाले क्लिन फिड कार्यान्वयनमा खासै चासो देखाएनन् । अन्ततः २०७४ साउनको अन्तिम दिन सञ्चार मन्त्रालयले विज्ञप्ति निकालेर तयारी नपुगेको भन्दै क्लिन फिड कार्यान्वयन नगर्ने जानकारी गरायो । त्यसपछि क्लिन फिड कार्यान्वयनका लागि के के तयारी भए त ? हामीले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सह सचिव प्रेम कुमार श्रेष्ठलाई सोध्यौं । हालसम्म गरिएको तयारी र अब हुने कामबारे यसरी सुनाए । २०७३ साउन ७ गतेको मन्त्रिपरिषद बैठकले २०७४ साउन १ गतेदेखि क्लिन फिड कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर अन्तिम समयमामा तयारी नपुगेको भन्दै कार्यान्वयन रोकियो । क्लिन फिड कार्यान्वयनका लागि पहिलो सर्तका रुपमा टेलिभिजन च्यानलहरुलाई डिजिटल बनाउनुपर्ने रहेछ । हामीले सबै महानगर, उप महानगरपालिका र नगरपालिकाहरुमा केलब टेलिभिजनहरुलाई डिजिटल बनाईसकेका छौं । अब गाउँपालिकास्तरसम्मै डिजिटल बनाउँदैछौं । अर्काे महत्वपूर्ण पक्ष भनेको विज्ञापन ऐन रहेछ । विज्ञापन ऐन नभएसम्म क्लिन फिड कार्यान्वयन गर्न नमिल्ने रहेछ । त्यसकारण हामीले विज्ञापन ऐनको मस्यौदा तयार पारेका छौं । नयाँ मन्त्रीज्यू आएपछि त्यसलाई अर्थमन्त्रालय, कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा लैजान्छौं । असार मसान्त अगावै विज्ञापन ऐनको मस्यौदालाई संसदसम्म पुर्याउने हाम्रो तयारी छ । त्यसका लागि हामी नयाँ मन्त्रीज्यूलाई कुरिरहेका छौं । यसमा विदेशी विज्ञापन नियमन र शुल्कको कुरा पनि आउँछ । क्लिन फिड आएपछि विदेशी विज्ञापनको पैसा नेपाली विज्ञापनले व्यहोर्न सक्नुपर्छ । त्यस्तो अवस्थामा च्यानलहरु केहि महंगो पर्न सक्छन् । क्लिन फिडपछि विदेशी विज्ञापनलाई नेपाली विज्ञापनले विस्थापित गरेन भने च्यानलहरु महंगीन्छन् । हामीले नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्र कुमार रिजालसँग पनि क्लिन फिड कार्यान्वयनबारे जिज्ञासा राख्यौं । उनले क्लिन फिडलाई व्यापार भन्दा पनि राष्ट्रियतासँग जोडेर हेर्नुपर्ने धारणा राखे । क्लिन फिड व्यापार मात्रै होइन, यो मुलभूत रुपमा राष्ट्रियता हो । यद्यपी यसले नेपालमा ५ अर्बको विज्ञापन बजार उपलब्ध गराउछ । तर पनि यो व्यापार भन्दा राष्ट्रियताकै पक्ष हो । नेपालका सवालमा विदेशी च्यानल भनेको भारतीय च्यानल हो । अंग्रेजी च्यानल हामी कहाँ हेर्ने मानिस खासै छैनन् । भारतीय च्यानल र तीनमा आउने विज्ञापनले नेपाली भाषा र संस्कृति माथी ठाडो हस्तक्षेप गरिरहेका छन् । त्यसलाई रोक्न क्लिन फिड अघि सारिनु पर्छ । त्यससँगै नेपालले गरिबीको चपेटाबाट आफु र आफ्ना नागरिकलाई मुक्त बनाउनु पर्छ । हामीले पहिले देशलाई धनी र सबल बनाउनु पर्छ । अहिले भारतीय मात्रै होइन, चिनियाँ र जापानी भाषाका विज्ञापन पनि आईसकेका छन् । यो बहसको बिषय हो । ओलीले अघिल्लो कार्याकालमा क्लिन फिड कार्यान्वयन गर्ने निर्णय गरेका थिए । तर ओली सरकार ढलेपछि बनेका सरकारहरुले त्यसलाई चासो दिएनन् । कर्मचारीतन्त्रले पनि क्लिन फिड कार्यान्वयनलाई प्राथमिकता दिएन् । भारतीय दुताबासबाट राजदुत आएर थर्काएपछि चुप लागेर बस्ने हाम्रो कर्मचारी संयन्त्र छ । सरकारले चाहेमा ४५ घण्टा भित्रै क्लिन फिड कार्यान्वयन हुन सक्छ । यद्यपी आगामी ३ महिनाभित्र क्लिन फिड कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।
जगदम्बा सिमेन्टद्धारा दिगो संरचना निर्माणका लागि प्राविधिक जानकारी प्रदान
काठमाडौं । जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोेधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गरेको छ । सिमेन्टले मंगलबार जोरपाटी क्षेत्रमा एक कार्यक्रम आयोजना गर्दै निर्माणकर्मीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा १५० भन्दा बढी निर्माणकर्मीहरुको सहभागिता रहेको थियो । कम्पनीले यसै आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔ’ भन्दै सारा नेपालीलाई देश निर्माणको लागि अपिल गर्दै आफ्नै स्तरबाट सरकारले अघि सारेको हो । साथै, कम्पनीले पुनःनिर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माणका निम्ति यस्ता कार्यक्रमहरु गर्दै आईरहेको छ ।
टेलिकमको जीएसएम मोवाइल सेवा सिन्धुपाल्चोकको विभिन्न स्थानमा, ४ हजार सेवाग्राही लाभान्वित हुने
काठमाडौं । नेपाल टेलिकमले कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । कम्पनीले सिन्धुपाल्चोकका विकट ग्रामीण क्षेत्रहरुः मनिसौरा, गुमथाङ, थागम, तातोपानी र लिस्तीका अधिकांश स्थानमा जीएसएम मोबाइल सेवा उपलब्ध गराएको छ । कम्पनीले मंगलबारदेखि ती विभिन्न क्षेत्रमा सेवा उपलब्ध गराउन थालेको हो । अब ती क्षेत्रहरुमा जीएसएम टुजी र थ्रिजी मोबाइल सेवा उपभोग गर्न सकिने भएको छ । उक्त जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ६ को विकट मानिने गति मान्द्रामा टावर स्थापना गरी ती क्षेत्रमा सेवा उपलब्ध गराइएको हो । गति मान्द्रा भोटेकोशीको बन्जी जम्पिङ रहेको स्थानबाट करिब १५ किलोमिटरको दुरीमा अवस्थित छ । अब यी स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटा चलाउन समेत सकिने छ । ती क्षेत्रका करिब ४ हजार सेवाग्राही दूरसञ्चार सुविधाबाट लाभान्वित हुने भएका छन् ।
लोकसेवाले खुलायो ७५१ जना खरिदार, एसएलसीमा २ जीपीए भन्दा कम ल्याउनेले जागिर खान नपाउने
काठमाडौं । लोकसेवा आयोगले ७५१ जना खरिदार खुलाएको छ । लोकसेवाले पुरानै अञ्चलस्तरीय ढाँचामा विज्ञापन खुलाएको हो । विज्ञापन अनुसार सबैभन्दा धेरै सगरमाथा अञ्चल कार्यलय, दिक्तेलमा ११३ जना रहेको छ भने सबैभन्दा थोरै मेची अन्चल कार्यलय, इलाममा २३ जना रहेक छन् । त्यसैगरी पुर्वाञ्चल क्षेत्रिय निर्देशनालय, धनकुटामा ३९ जना, मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय, नयाँ बानेश्वरमा ८७ जना, जनकपुर अञ्चल कार्यालय, जनकपुरमा ४९ जना, नारायणी अञ्चल कार्यालय, हेटौडामा ८८ जना र पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय, पोखरामा ४६ जना माग रहेका छन् । लुम्बिनी अञ्चल कार्यालय, बाग्लुङमा ४२ जना, मध्य पश्मिाञ्चल क्षेत्रिय निर्देशनालय, सुर्खेतमा ५८ जना, राप्ती अञ्चल कार्यालय, दाङमा ४१ जना माग भई आउँदा कर्णाली अञ्चल कार्यलय, जुम्लामा ४२ जना माग रहेका छन् । त्यस्तै सुदुर पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय, दिपायलमा २६ र महाकाली अञ्चल कार्यालय, महेन्द्रनगरमा ५१ जनाको माग रहेको छ । खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति गरिने यस परिक्षमा भाग लिन चैत २० गतेसम्म सिङगल र चैत २७ गतेसम्म दोब्बर दस्तुर तिरेर भाग लिन सकिन्छ । फारम अनलाइनबाट जुनसुकै ठाउँबाट भर्न सकिने लोकसेवाले जनाएको छ । फारम भर्नका लागि पुरुषको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । यसैगरी ग्रेडिङ सिस्टमबाट प्रवेशिका परिक्षा दिएका व्यक्तिले २ जीपीए भन्दा कम अंक भएमा फारम भर्न पाउने छैनन ।
एनएमबी र एनसीसी बैंकले एफपीओ र हकप्रद सेयर निष्कासन गर्न बाँकी, कहिले पाउने छन अनुमति ?
काठमाडौं । दुई वाणिज्य बैंकले मात्र चुक्तापुँजी बढाउन सेयर निष्कासन गर्न बाँकी रहेको छ । एनएमबी बैंक र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले मात्र धितोपत्र बोर्डबाट सेयर निष्कासनका लागि अनुमति पाउन बाँकी छ । चुक्तापुँजी बढाउन एनएमबीले १ करोड १४ लाख १५ हजार १६३ कित्ता थप निष्कासन (एफपीओ) र एनसीसीले २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । एनएमबीले एफपीओ निष्कासन गर्नका लागि गत जेठ २२ गते बोर्डमा निवेदन दिएको थियो । यस्तै एनसीसीले गत मंसिर २० गते बोर्डमा निवेदन दिएको छ । एनएमबीको एफपीओ एनसीसीको हकप्रद निष्कासनका लागि अध्ययन भइरहेको बोर्डले जनाएको छ । एनएमबीको चुक्तापुँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ छ । यस्तै एनसीसीको ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ छ । एनएमबीले एफपीओ निष्कासनपछि मात्र चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । यस्तै एनसीसीले हकप्रद र गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि मात्र चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । नेपाल राष्ट्र बैंकले गत असारमै चुक्तापूँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन बैंकलाई निर्देशन दिएको थियो । केही बैंकले पुँजी पुर्याउन समय लाग्ने भएपछि नेपाल राष्ट्र बैंकमा योजना पेश गरेका थिए । सोहीआधारमा केन्द्रीय बैंकले पुँजी बढाउन समयसीमा थप गरेको हो ।
लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा, बजार सामान्य अंकले बढेपनि कारोबारमा गिरावट
काठमाडौं । सेयर बजारका लगानीकर्ताहरु ‘पर्ख र हेर’ अवस्थामा रहेका छन् । केहीदिन अघिसम्म बजार निरन्तर घट्दै गएपछि लगानीकर्ताहरु सेयर किनबेच गर्न डराएका छन् । त्यसैले केहीदिन यता सेयर बजारमा कारोबार रकममा गिरावट आएको हो । पछिल्लो २ दिनयताको बजारमा नेप्से परिसूचकमा केही सुधार आएपनि कारोबार रकममा भने गिरावट आएको छ । बुधबारको बजारमा पनि जम्मा १८ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५ करोड रुपैयाँ घटी हो । मंगलबारको बजारमा कुल २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बुधबारको सेयर बजारमा दिनभर सामान्य उतारचढाव आएको छ । उतारचढाव आएको बजार अन्तमा ४ दशमलब ०६ अंकले बढेर १२८५.९६ अंकमा पुगेको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.९६ अंक बढेर २७३ दशमलव ७३ अंकमा पुगेको छ । बजारमा बीमा समूहको परिसूचक २९ अंकले उकालो लागेको छ । होटल २६, फाइनान्स ६ र उत्पादनमूलक समूह ०.८८ अंकले ओरालो लागेका छन् भने बाँकी समूहको सूचक सामान्य अंकले बढेका छन् । सो दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको एकैदिन एक करोड ५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।