एनबीआईद्धारा ‘डिजिटिजाइजेशन कन्फेरेन्स’ सम्पन्न, १५० भन्दा बढी संस्था सहभागी
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई)ले शुक्रबार(आज) काठमाडौंमा डिजिटिजाइजेशन कन्फेरेन्स(विद्युतीय वित्तीय प्रणाली सम्मेलन)को आयोजना गरि सम्पन्न गरेको छ । उक्त सम्मेलनको उद्घाटन एनबीआईका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, आईसीआईसीआई बैंक, इन्डियाका पुर्व डिजिटल चैनल विशेषज्ञ राहुल जोशि र आरबीएल बैंक, इन्डियाका हेड क्यास म्योनेजमेन्ट प्रडक्टका राजेश लोहरीले संयुक्त रुपमा गरेका थिए । सभालाई संबोधन गर्दै एनबीआईका अध्यक्ष निरौलाले सुचना प्रबिधिले मारेको फड्को र नयाँ प्रबिधिले ल्याएको चुनौतिलाई आत्मसात गर्नुपर्ने पर्ने बताएका छन् । डिजिटिजाइजेशन जस्तो प्रबिधिले विद्युतीय वित्तिय प्रणालीद्धारा बैंकिङ सेवाको पहुँच नपुगेको ठूलो जनसंख्यालाई लाभ पुर्याउन सक्ने उनले बताए । साथै, उनले राष्ट्र बैंकले विद्युत्तिय वित्तिय सेवाको प्रयोगलाई विस्तार गर्न अनुकुल वातावरण निर्माण गर्दै गएको बताएका छन् । एनबीआईको प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाले डिजिटिजाइजेशन बैंकिङ्ग क्षेत्रको नयाँ शब्दावली भै सकेको र आउँदा दिनमा बैंकिङ्गले यसलाई अंगिकार गर्नु पर्ने अपरिहार्य बाध्यता हुँदै गएको बताए । साथै टेलिकम, इन्सुरेन्स आदी विभिन्न संँघ संस्थाहरुले डिजिटल प्रबिधिलाई अपनाइ रणानितिक एवम दुर्गामी सोच लिनुपर्ने बताएका छन् । इन्डियाका आईसीआईसीआई बैंकका पुर्व डिजिटल चैनलका विशेषज्ञ राहुल जोशिले अबको बैंकिङ युग भनेको डिजिटाइजेसनमा हुने हुँदा नेपालको वित्तीय क्ष्ोत्रले त्यसमा विस्तार गर्न सल्लाह दिएका छन् । साथै, इन्डियाकै आरबीएल बैंकका हेड क्यास म्यानेजमेन्ट प्रडक्टका राजेश लोहरीले विद्युतीय वित्तिय प्रणालीबाट नेपाल जस्तो देशलाई फाइदा हुने र सो सम्बन्धि सरोकारवालाले ध्यान पुर्याउने जोड दिए । कोटक महिन्द्रा बैंकका प्रमुख डिजिटल अधिकारी दीपकशर्माले आफ्नो प्रस्तुतिमा डिजिटाइजेसन प्रविधि अपनाउन डिजिटल फ्रेमवर्क प्रविधिमा जोड दिनुपर्ने बताए । कार्यक्रममा आयोजित प्याने डिस्कसनमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका निर्देशक रेवतिप्रसाद नेपाल, स्टयान्डर चाटर्ड बैंकका चिफ इन्फरमेसन अफिसर सुजित श्रेष्ठ साथै भारतबाट आएका विज्ञहरुले अहिलेको बदलिदो परिस्थितिमा डिजिटाइजेसन जस्तो प्रविधीको चुनौति र अवसर बारे थप जानकारी दिएका छन् । यस सम्मेलनमा १५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाको कर्मचारीहरु सहभागी भएका थिए ।
ब्ल्याक होलबाट यसरी जोगियो एनसीसी बैंकः डेढ अर्ब प्रोभिजन गर्दा पनि ४०० प्रतिशत नाफा वृद्धि
काठमाडौं । तत्कालिन एपेक्स डेभलपेन्ट बैंकका अध्यक्ष र व्यवस्थापकले गरेको गल्तिका कारण ब्ल्याक होलमा पुगेको एनसीसी बैंक अन्ततः जोगिएको छ । नेपाल राष्ट्र बैंकको तदारुकता र केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)को हस्तक्षेपले एनसीसी बैंकको १ अर्ब ५० करोड ९७ लाख रुपैयाँ खराब कर्जाको ब्ल्याक होलबाट मुक्त भएको हो । एपेक्सको तत्कालिन नेतृत्वले कमसल धितो राखेर डेढ अर्ब कर्जा हिनामिना गरेको थियो । एपेक्सलाई एनसीसीमा मर्ज गरिएपछि सो दायित्व समेत एनसीसी बैंकमा सरेको थियो । खराब कर्जाका लागि एनसीसीले डेढ अर्ब रुपैंयाँ प्रोभिजन गरेको थियो । डेढ अर्ब प्रोभिजनका बावजुद एनसीसीको ४०० प्रतिशत बढेको छ । कर्जा हिनामिनामा संलग्नहरु पक्राउ परेसँगै अब उनीहरु विरुद्ध अदालतमा मुद्धा चल्नेछ । अदालतले दोषी करार गरेको खण्डमा हिनामिना गरिएको कर्जा कसुरदारहरुबाट असुलिनेछ । १४ जना कसुरदारसँग डेढ अर्ब असुलिएसँगै बैंकले प्रोभिजन गरेको रकम बैंकको आम्दानीमै गणना हुनेछ । यसपछि बैंकको नाफा बढ्छ, खराब कर्जाको अनुपात घट्छ र स्थिर कोष पुन तरल अवस्थामा आउनेछ । प्रोभिजनका बावजुद ४०० प्रतिशत आम्दानी बढाएको बैंकले डेढ अर्ब समेत कोषमा आउँदा कम्पनी थप मजबुत हुनेछ । केन्द्रिय बैंकले गरेको अध्ययन र सीआईबीको छापासँगै कमसल कर्जामा मुछिएका अभियुक्तहरुले अदालतबाट सफाया पाउने सम्भावना अत्यन्तै न्युन देखिएको बैंक सम्वद्ध श्रोतले बतायो । डेढ अर्ब खराब कर्जा र त्यसका लागि गरिएको प्रोभिजनबाट मात्रै अब बैंक मुक्त भएको छैन, एउटा ल्याक होलबाट पनि सफल अवतरण गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कर्जा नोक्सानी व्यवस्थापन भइसकेकाले बैंकको वित्तीय अवस्थामा कुनै असर नपर्ने देखिएको हो । नाफा ४ गुणा बढेकाले सो ऋण नउठे पनि बैंकलाई असर नगर्ने देखिएको हो । अघिल्लो वर्ष २०७३ पुस मसान्तमा ७ करोड रूपैयाँ खुदनाफा गरेको बैंकले चालु आवको पुस मसान्तमा २८ करोडले वृद्धि गरेर खुदनाफा ३५ करोड रूपैयाँ पुर्याएको हो । बैंकको नाफामा ३४ करोड ६९ लाख रुपैयाँ राइट ब्याकको हिस्सा छ । ४ अर्ब ६७ करोड चुक्ता पुँजी रहेको एनसीसी बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैंयाँ छ । एनसीसीले ४.८४ प्रतिशत रहेको खराब कर्जालाई ४.०४ प्रतिशतमा झारेको छ । बैंकको प्रति सेयर नेटवर्थ १६२.२९ रुपैंयाँ रहेको छ । बैंक डुवाउनेलाई शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर गरेको अभियोगमा १३ जना कर्मचारीलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ । पक्राउ परेका सबै तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारी रहेको सीबीआईले जनाएको छ । तत्कालिन एपेक्स डेभलपमेन्टका अध्यक्ष विष्णुप्रसाद धिताल, सञ्चालक इच्छाबहादुर गुरुङ सुवर्णराज भण्डारी र मधुवनलाल श्रेष्ठलाई पक्राउ गरेको छ । यस्तै तत्कालिन एपेक्सका कामु प्रमुख कार्यकारी अधिकृत ऋषिराज भटट् सहित १३ जनालाई पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ । यसरी कर्जाको दुरुपयोग भयो २०७२ मंसिर २१ गते एनसीसीसंग मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपछि एपेक्सका अध्यक्ष तथा हाल एनसीसीका सञ्चालक विष्णुप्रसाद धितालले सोको फाइदा उठाउदै दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैया हानीनोक्सानी पुर्याउने काम गरेको सीआईबीको अध्ययनले देखाएको छ । कुल २ अर्ब रुपैयाँ दुरुपयोग भएकोमा करिव ४८ करोड रुपैयाँ असुली गरिएकोको छ । कमसल धितो राखिएको र बढी मूल्याँकन गरिएको, नक्कली ऋणी खडा गरी उनीहरुको बढी आम्दानी देखाइएको, मोटरबाटो नपुगेको भीर र पाखो भएको जग्गामा बाटो देखाइएको, नभएको गरेर कर्जाको दुरुपयोग भएको सीआईबीको ठहर छ । जग्गाको निरीक्षणलगायत सबै काम एकै दिन पुरा गरेर सोही दिन कर्जा लिएको जस्ता १२ अभियोग लगाइएका छन् ।
विस्तार हुँदै नेपाल व्यवस्थापन संघको दायरा
काठमाडौं । नेपाल व्यवस्थापन संघको १८ औं प्रवन्ध समिति तथा च्याप्टरका प्रतिनिधिहरुको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । टोलिको प्रतिनिधित्व संघका सभापति सुशिल भट्टले गरेका थिए । भेटको क्रममा अर्थमन्त्रीले प्रान्तिय संरचनामा नेपाल सरकारको नीतिनिर्माणमा सरकारलाई सघाउनु पर्ने बताएको जनाइएको छ । संघका सभापति सुशिलभट्टले वर्तमान परिप्रेक्ष्यमा नेपाल व्यवस्थापन संघले आफ्नो दायरालाई फराकिलो बनाउँदै लगेको जानकारी दिए । विभिन्न प्रदेशहरुको सामाजिक–आर्थिक विकासमा संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने अर्थमन्त्रीलाई उनले विश्वास दिलाए । थालनी स्वरुप संघको ३७ औं राष्ट्रिय व्यवस्थापन अधिवेशनमा सोसियो इकोनोमिक डेभलपमेण्ट इन द फेडरल स्ट्रक्चर विषयमा वृहत छलफल लगायतका कार्यक्रमहरु गरेको जानकारी दिए । नेपाल सरकारका सम्बन्धित मन्त्रालय, युएनडिपी लगायतसँग साझेदारी गरी सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पु¥याउने संघका कार्यकारी निर्देशक यादवप्रसाद पौड्यालको भनइ छ ।
कार्गो प्रबन्ध शुल्क बृद्धिमा निजी क्षेत्रको आपत्ति, शुल्क घटाउन माग
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रहि नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीबाट सञ्चालित एअर कार्गो बिल्डीङबाट कार्गो प्रवन्ध शुल्क बृद्धि गरिएको छ । उक्त शुल्क वृद्धिप्रति निजी क्षेत्रको गम्भीर आपत्ति भएको बताएको छ । नेपाल चेम्बर अफ कमर्शले आपत्ति जनाउदै वृद्धि भएको शुल्क अबिलम्व फिर्ता लिन कम्पनीसँग माग गरेको छ । निजी क्षेत्रले दिएको सुझाव प्रतिवेदनलाई समेटी समय सापेक्ष सुधार गर्न सरोकारवाला सवैलाई चेम्बरको आग्रह छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले बिहीबारदेखि लागु हुने गरी आयात निर्यात गरिने मालसामानहरुको कार्गो प्रवन्ध शुल्क बृद्धि गरिएको सूचनाप्रति चेम्वरकोे गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । पहिलेनै सरोकारवाला सवै निकायहरुको छलफल गरी कार्गो सम्बन्धि निजी क्षेत्रको सुझाव तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री समक्ष पेश गरेको चेम्बरले बताएको छ । निजी क्षेत्रको कुनै पनि प्रतिनिधिमूलक संस्थासँग परामर्श तथा समन्वय नगरी एकतर्फी ढंगले शुल्क वृद्धि गरेको आरोप लगाइएको छ । प्रस्तुत शुल्क वृद्धिले निर्यात व्यापार घटिरहेको अवस्थामा निकासी हुने वस्तुमा लागत वृद्धि हुन गइ अन्तर्राष्ट्रिय बजारमा नेपाली मालवस्तुको प्रतिस्पद्र्धात्मक क्षमतामा ह्रास हुने चेम्बरको बुझाइ छ ।
तनहुँ जलविद्युत आयोजनाले दियो ६० जना प्रभावितलाई निशुल्क तालिम
दमौली । १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले आयोजना प्रभावितलाई दिएको निशुल्क सीपमूलक तालिम सम्पन्न भएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले गत कात्तिकबाट पहिलो चरणमा ६० जना आयोजना प्रभावितलाई इलेक्ट्रेसियन (हाउस वायरिङ) र प्लम्बिङको तालिम दिन शुरु गरेको थियो । तनहुँ प्राविधिक शिक्षालय भिमादमा सञ्चालन भएको तालिममा इलेक्ट्रेसियनमा दुई समूह र प्लम्बिङमा एक समूह थिए । तालिमको अवधि ९० दिन अर्थात ३९० घण्टा थियो । शुक्रबार शिक्षालयमा गरिएको कार्यक्रममा तनुहँका निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र कम्पनीका प्रवन्ध सञ्चालक प्रदिपकुमार थिकेले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा पौडेलले आयोजनाले प्रभावितलाई निशुल्क तालिम दिएर प्रशंसनीय काम गरेको बताएका छन् । उनले तालिम लिएका आयोजना प्रभावितलाई आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सहयोगीको भूमिका खेल्दै स्वरोजगारमार्फत आयआर्जन गर्न तर्फ क्रियाशील रहन आग्रह गरेका छन् । प्रवन्ध सञ्चालक थिकेले आयोजना निर्माणका लागि मूख्य ठेकेदार परिचालन भएपछि त्यस कम्पनीको आवश्यकता र तालिम लिएका व्यक्तिको दक्षताका आधारमा रोजगारीमा प्राथमिकताका लागि पहल गरिने बताए । उनले प्रभावित महिलालाई लक्षित गरी छिट्टै ब्यूटिसीयन र सिलाई कटाई तालिम सञ्चालन गर्न लागिएको जानकारी दिएका छन् । आयोजनाबाट प्रत्यक्ष प्रभावित व्यक्तिको उद्यमशीलता विकास गर्न पुनस्र्थापना तथा आदिवासी जनता योजनाका भएको व्यवस्था अनुसार निशुल्क तालिम दिइएको हो । १८ वर्ष उमेर पूरा भएका, साधारण लेखपढ गर्न सक्ने र आयोजनाबाट प्रत्यक्ष प्रभावितले तालिमका लागि योग्यता तोकिएको थियो । आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रियामा छ । आयोजनाको निर्माण सन् २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । अहिले आयोजनाको निर्माण पूर्वका काम भइरहेका छन् । डुवान क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि करिव ९० प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति वितरण भइसकेको छ । आयोजनाको कूल अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यो लागत निर्माण अवधिको व्याज र प्रसारण लाइन तथा ग्रामीण विद्युतीकरणको खर्च सहितको हो । आयोजनामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको अतिरिक्त एसियाली विकास बैक, जापान अन्तराष्ट्रिय सहयोग नियोग र युरोपेली लगानी बैकको संयुक्त लगानी रहने छ । आयोजनामा एडीबीले १५ करोड, जाइकाले १८ करोड ४०, इआइबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर लगानी गर्ने छन् । सन् २०२२ भित्र निर्माण सक्ने लक्ष्य राखिएको आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ ।
राजधानीमा शुरु भयो मेड इन नेपाल वस्तु तथा सेवा प्रदर्शनी
काठमाडौं । राजधानी स्थित भृकुटीमण्डमा छैठौं मेड इन नेपाल वस्तु तथा सेवा प्रदर्शनी शुरु भएको छ । ‘हाम्रो पनि राम्रो पनि’ भन्ने नाराका साथ स्वदेशमै उत्पादन भएको सामाग्रीको सम्बर्दन, प्रवर्दन र बजारिकरण गर्ने उद्देश्यले राईजिङ नेपाल प्रालि तथा माईस इन्टरनेशनल प्रालिको व्यवस्थानमा युवा उद्यमी मञ्चले उक्त प्रदर्शनीको आयोजना गरेको हो । मेलाको उद्घाटन महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले गरेकी थिइन । उनले मुलुकमा राजनैतिक स्थीर भएसँगै संक्रमणकालको अनत्य भएको बताइन् । उनले मुलुक प्राकृतिक साधनमा धनि भएपनि प्रयोगमा आउन नसकेको उनको भनाइ छ । युवा उद्यमी मञ्चका अध्यक्ष बरुण लोहियाले स्वदेशमै उत्पादित गुणस्तरिय वस्तु तथा सामाग्रीहरु राखिएको बताए । स्वदेशी उत्पादनलाई प्रचार प्रसार गर्न मेला आयोजना गरेको उनको भनाइ छ । कमिटी चेयर सुदर्शन बस्नेतले विगतमा मुलुकमा सियो पनि नबन्ने भनिएतापनि अहिलेसम्म आइपुग्दा सिमेन्ट, जुत्ता, कपडा लगायत मुलुकमै बन्ने गरेको बताए । उनले १५ देखि २० प्रतिशत महङ्गो भएपनि स्वदेशी उत्पादननै प्रयोग गर्न पर्ने जोड दिए । ‘सरकारले सो सम्बन्धी नियमावली बने पनि अझै पनि सार्वजनिक ऐनमा शंसोधन हुन सकेको छैन,’ उनले भने ‘तत्काल शंसोधन गर्न अावश्यक छ ।’ आयोजकका अनुसार प्रदर्शनीमा ७५ वटै जिल्लाका विभिन्न स्वदेशी उत्पादनहरु राखिनेछ । करिब १ सय ५० भन्दा बढी स्वदेशी प्रदर्शकहरु सहभागि हुने उक्त मेलामा लाखौ संख्यामा अवलोकनकर्ता तथा ग्राहकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेला चैत ४ गतेसम्म चल्ने छ ।
मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल, जेठदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले पोखरेललाई आगामी चार वर्षको लागि बैंकको सीईओको रुपमा नियुक्त गरेको हो । प्रद्युमन पोखरेल, सीईओ, मुक्तिनाथ विकास बैंक नवनियुक्त सीईओ पोखरेलले आगामी जेठ १ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्नेछन् । विभिन्न वाणिज्य बैंकहरुमा लामो समय अनुभव हासिल गरेका पोखरेल यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका पोखरेलले सन् १९९१ मा नबिल बैंकबाट आफ्नो बैंकिङ्ग क्यारियर शुरु गरेका थिए । उनले करिब १९ वर्ष नबिल बैंकका विभिन्न विभागहरुको जिम्मेबारी बहन गर्दै करिब सन् २०१० देखि सन् २०१६ सम्म मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत थिए । त्यसपछि मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए । यस बैंकको स्थापना कार्यकालदेखि नै सीईओमा भरतराज ढकाल रहेका थिए । ढकालको कार्यकाल २०७५ को वैशाख मसान्तमा समाप्त हुँदै छ । सो समयसम्म ढकाल नै प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एनसीसी बैंक डुवाउनेमाथि सीआईबीले लगाएको यस्ता छन् १२ आरोप
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकमा १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ डुवाउनेमाथि एक दर्जन आरोप लगाएको छ । तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकहाल एनसीसीको सञ्चालक विष्णुप्रसाद धिताललगायत १३ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । कमसल धितो राखि करोडौ रुपैयाँ ऋण दिएको लगायत १२ आरोप छन् । पक्राउ परेको १३ जना तत्कालिन एपेक्स डेभलपमेन्टका अध्यक्ष, सञ्चालक, सीईओ र कर्मचारी संलग्न भएको आरोप लगाउदै बैंकिङ कसुरको अभियोग लगाएको छ ।