बाग्मती जलविद्युत आयोजनाले १५६ घरघनीलाई मूआब्जा वितरण गर्ने
काठमाडौं । बाग्मति साना जलविद्युत आयोजनाले १२४ घरधुरीलाई जग्गाको मुआब्जा वितरण गर्ने भएको छ । २२ मेगावट क्षमताको ६६ केभी विद्युत लाइन प्रसारण गर्न १३.६ किलोमिटरभित्र पर्ने जग्गाको मुआब्जा वितरण गर्न लागेको हो । मकवानपुर जिल्लाको भिमफेदी गाँउपालिका वडा नं ५, ६, ७ र ८ भित्र पर्ने १५६ जना घरधुरीलाई मुआब्जा वितरणको काम सुरु गर्न लागिएकाे हाे । आयोजनाले मुआब्जा वितरणको लागि १५ दिनको समय अवधि तोकेको छ । १५ दिन भित्र सम्बन्धित जग्गा धनिले जग्गाको प्रमाणपत्र सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु पर्ने छ ।
दिक्तेलबाट धरान र विराटनगर सिधा यातायात शुरु
खोटाङ । दिक्तेलदेखि धरान र विराटनगर आवतजावतका लागि पहिलोपटक जिल्लाबाट सिधा यातायात शुरु गरिएको छ । यातायात व्यवसायी संघ खोटाङले शुक्रबारदेखि दिक्तेलबाट विराटनगर बिहान ४ः३० बजे र धरान ५ः१५ बजे बस छुट्ने गरी नियमित यातायात शुरु गराएको हो । विराटनगरको पूर्व नेपाल यातायात व्यवसायी संघको कार्यालयमा भएको व्यवसायीको प्रतिनिधिमूलक भेटघाट र छलफलबाट धरानबाट दिक्तेलका लागि बिहान ४ः३० र विराटनगरबाट ४ः५० मा छुट्ने समय निर्धारण गरिएको छ । दिक्तेल–विराटनगरका लागि प्रतिव्यक्ति १ हजार १७५ र दिक्तेल—धरानका लागि १ हजार १५० भाडादर तोकिएको यातायात व्ययवसायी संघ खोटाङका महासचिव राम हिङ्माङले बताए । दूधकोशीमा पक्की पुल निर्माण भएपछि दिक्तेल–हलेसी–घुर्मी कटारी हुँदै धरान र विराटनगर सिधा यातायात सुचारु गरिएको महासचिव हिङ्माङले जानकारी दिए । जिल्लाबाट राजधानी काठमाडौँलगायत तराईका जिल्लासँग सिधा यातायात सञ्चालन भएपछि यात्रुलाई बस परिवर्तन गरिरहनुपर्ने झन्झट टरेको छ । रासस
वेष्ट फाइनान्स र श्री इन्भेष्टमेन्टको ४ लाख ५२ हजार कित्ता हकप्रद लिलामीमा, सभिल बैंकको आज अन्तिम दिन
काठमाडौं । सेयर बजार घटेका बेला १ सय रुपैयाँ अंकित मूल्यका हकप्रद सेयर पनि बिक्री हुन छाडेको छ । हकप्रद बिक्री नभएपछि दुई फाइनान्स कम्पनीले ४ लाख ५२ हजार ५१४ कित्ता सेयर लिलामीमा राखेका छन् । वेष्ट फाइनान्स कम्पनी लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडले बिक्री नभएको हकप्रद लिलामी गर्न लागेका हुन् । वेष्टले संस्थापक र सर्वसाधारण समूहतर्फ गरी १ लाख ८ हजार १४१ कित्ता लिलामी गर्न लागेको छ । यस्तै श्री इन्भेष्टमेन्टले ३ लाख ४४ हजार ३७३ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । जसअनुसार संस्थापकतर्फ २ लाख ७७ हजार ९९६ र सर्वसाधारणतर्फ ६६ हजार ३७७ कित्ता रहेको छ । वेष्टले चैत ९ गतेदेखि बोलपत्र पेश गर्न भनेको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति चैत १८ गतेलाई तोकिएको छ । यस्तै श्री इन्भेष्टमेन्टको बोलपत्र चैत ८ गतेदेखि खुला भई १६ गते अन्तिम दिन भनेको छ । दुबैं फाइनान्स कम्पनीले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गरेको हो । पछिल्लो समयमा संस्थापक हकप्रद नै बिक्री हुन छाडेको छ । सिभिल बैंकको बोलपत्र पेश गर्ने आज अन्तिम दिन सिभिल बैंकको संस्थापक र सर्वसाधारण गरी ४२ लाख ३८ हजार ९५८ कित्ता हकप्रद सेयर लिलामीको मिति आज शुक्रबारसम्म तोकिएको छ । संस्थापक समूहतर्फ ३२ लाख ४४ हजार ६ र सर्वसाधारणतर्फ ९ लाख ९४ हजार ३५८ कित्ता हकप्रद सेयर बिक्री नभएपछि लिलामीमा राखिएको हो । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गरेको हो ।
गाडी बिक्रेतालाई चुनावी चटारो, श्रेष्ठ र दाहाल मैदानमा
काठमाडौं । नाडा अटोमोबाइल एसोसियसन अफ नेपाल(नाडा)मा चुनावी चटारो सुरु भएको छ । चैत २६ गते हुने साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नाडाको अध्यक्ष पदमा वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ र उपाध्यक्ष शम्भु दाहालले इच्छा देखाएका छन् । ‘अञ्जन श्रेष्ठ र शम्भु दाहालले अध्यक्ष बन्ने इच्छा देखाउनु भएको छ, हामी सहमतिको प्रयास गरिरहेका छौं, दुबै जनालाई मिलेर अघि बढ्न दबाव दिईरहेका छौं’, नाडाका महासचिव कृष्णप्रसाद दुलालले विकासन्युजसँग भने । श्रेष्ठ हुण्डाईका सवारी साधानहरुको आधिकारिक नेपाली बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका हुन् भने दाहाल टाटा मोटर्सको नेपाली आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङका हुन् । ९६४ जना मतदाता रहेको नाडाले आफ्नो बिधान संसोधन गरेर प्रादेशिक संरचनामा रुपान्तरण गर्ने तयारी पनि गरिरहेको छ । ‘हामीले विधान संसोधन गरेर संघिय मोडलमा जानेबारे छलफल सुरु गरेका छौं’, महासचिव दुलालले विकासन्युजसँग भने । हाल नाडाको केन्द्रिय कार्यसमितिका अलवा चितवन, हेटौँडा र पोखरामा शाखा छन् । प्रत्येक प्रदेशबाट केन्द्रिय कार्यसमितिमा एक जनाको प्रतिनिधित्व सुनिश्चित हुने गरि विधान संसोधनको तयारी भैरहेको पनि उनले जानकारी दिए । अहिले नाडामा २३ सदस्यिय कार्य समिति छ । जसमा अध्यक्ष र निवर्तमान अध्यक्ष बाहेक उपत्यकाबाट १४ जना, उपत्यका बाहिरबाट ४ जना र ३ जना मनोनयन हुने गरेको छ । साधारण सभाबाट अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था छ भने कार्य समिति सदस्यहरुमा निर्वाचितहरुमध्येबाट उपाध्यक्ष, महासचिव लगायतको चयन गर्ने चलन छ । श्रोतका अनुसार चुनावको मुखमा नाडामा ५ सय जना नयाँ सदस्य थपिएका छन् । नयाँ सदस्यता शुल्क, पुरानाको नविकरण र निर्वाचनमा उम्मेदवारी दर्ताको शुल्क जोड्दा नाडाको कोषमा एक करोड रुपैंयाँ जम्मा हुने बताइन्छ ।
हिमालय ऊर्जा विकासको साधारणसभा चैत २४ मा, आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आउदो सोमबारसम्म आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिने कम्पनीका प्रवन्धक प्रकाश दुलालले बताए । उनले आब्हानपत्र पनि बोर्डले पारित गरिसकेको जानकारी दिए छ । आउदो २४ गते हुने १७ औं वार्षिक साधारणसभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने दुलालले जानकारी दिए । कम्पनीले सर्वसाधारणको १५ प्रतिशत अर्थात १४ करोड ७५ लाख र आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीमा १ हजार ४२० जना संस्थापक लगानीकर्ता छन् । कम्पनीले नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ । कम्पनीले १२ मेगावाटको उपल्लोखिम्ती र ७ मेगावाटको तल्लो खिम्ती आयोजना एकसाथ निर्माण गरिरहेको छ । १९ मेगावाट क्षमताका दुई आयोजना बनाउन ३ अर्ब १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आउदो १५ महिनाभित्र अर्थात ०७५ चैतसम्म आयोजना सम्पन्न हुने उनले जानकारी दिए । आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्ती खोलामा छ ।
उनको दोस्रो अन्तर्रा्ष्ट्रिय उडान नै अन्तिम बन्यो
काठमाडौं । २५ वर्षीया पृथुला रशिदका लागि सहचालकका रूपमा त्यो दोस्रो अन्तर्रा्ष्ट्रिय उडान थियो । उनले आफ्नो पहिलो अन्तर्रा्ष्ट्रिय उडान पनि काठमाडौमै गरेकी थिइन्। उनी डेढ वर्षदेखि विमानचालकका रूपमा काम गर्दै आएकी थिइन् । बीबीसी बांग्लासँग कुरा गर्दै उनकी आफन्त तासामिन रहमान ओमीले भनिन् उनका बुवा र आमालगायत परिवारका धेरै जनालाई पृथुला विमानचालक बन्ने कुरा मन परेको थिएन । उनका बुवाआमाले आफ्नी एक मात्र सन्तानले निरन्तर जोखिम भइराख्ने पेसा अँगाल्ने कुरा स्वीकार्न सकेका थिएनन् । उनको उपस्थिति नै अरुलाई सहज अनुभव गराउन पर्याप्त हुने खालेको थियो। कसैको मन खिन्न रहेको छ भने पनि त्यो व्यक्ति पृथुलाको कुरा सुनेर तुरुन्तै खुशी हुन सक्थ्यो ।
हेटौडामा सञ्चालन भयो महिन्द्राको अत्याधुनिक वर्कसप
काठमाडौं । नेपालमा गुणस्तरीय सेवा सुबिधाका साथम हिन्द्रा एण्ड महिन्द्रा कम्पनीले एउटा नमुना वर्कसप निर्माण गरेको छ । साना र ठूला गाडीहरुका लागी उपयुक्त वर्कसप नेपालको हेटौडामा निर्माण गरिएको हो । जसको उद्घाटन बुधबार गरिएको छ । दुगड़ ब्रदर्श एण्ड सन्स सँगको २५ बर्षभन्दा बढीको विश्वासीलो साथ र सहकार्यमा अगाडी बडेको महिन्द्राको सो वर्कसप उद्घाटन सञ्जय जादव (हेड अफ इन्टरनेशनल अपरेसन साउथ एसीया महिन्द्रा एण्ड महिन्द्रा लि.) , विवेक दुगड़ (प्रवन्धनिर्देशक दुगड़ ब्रदर्श एण्ड सन्स) र चैतन्य कागलकार (कन्ट्री हेड नेपाल, भुटान महिन्द्रा एण्ड महिन्द्रालि) ले संयुक्त रुपमा गरेको बताइएको छ । ग्राहाकहरुलाई थप गुणस्तरीय सेवा सुबिधा दिने कम्पनीको योजना अन्तर्गत वर्कसपको निर्माण गरीएको कम्पनीले जनाएको छ । वर्कसप ६ हजार ८ सय बर्गफीट क्षेत्रफलमा फैलीएको छ । जाहा सात वटा सर्भिस वेसहित ६ सय वर्गफीट क्षेत्रफल पार्कीङको लागि र ३ हजार ५० बर्गफीट गाडीहरु वासीङका लागि क्षेत्रफल छुट्याइएको छ । अत्याधुनीक उपकरणका साथ छीटो र गुणस्तरीय सेवा प्रदान गर्नका लागि कम्पनीले ग्राहाकको सन्तुष्टीमा ध्यानदिएको जनाएको छ । आधुनिक मर्मत कार्यलाई प्राथमिकता दिदै वर्कसपमा ग्राहाकहरुका लागि ठूलो लाउन्ज, ड्राइभर रीटाइरीङ लाउन्ज र लकरको समेत ब्यबस्था गरेको छ ।
परिसंघ र प्रबुद्ध परिषदले सरकारलाई पेश गर्यो समृद्धिको मार्गचित्रः
काठमाडौं । नेपाल उद्योग परिसंघले समृद्धिको अवधारणा कस्तो हुनुपर्छ र त्यो कसरी प्राप्त गर्ने भन्ने बारे परिसंघ–प्रवुद्ध परिषदसँगको पटक पटकको छलफल, सहकार्य र अन्तरक्रियाबाट समृद्धिको मार्ग चित्रको अवधारणा तयार गरी नेपाल सरकारलाई पेश गरेको छ । बिहीबार सम्पन्न बेग्ला–बेग्लै कार्यक्रममा परिसंघ तथा प्रबुद्ध परिषदका पदाधिकारीहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव तथा अर्थमन्त्री युवराज खतिवडालाई सो अवधारणा प्रस्तुत गरेको हो । सो समृद्धिको मार्ग चित्रको अवधारणाले सरकारलाई आगामी बनाउने नीति नियम तथा रणनीतिको लागि उपयोगि हुने अपेक्षा गरिएको छ । उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवले परिसंघले प्रस्तुत गरेको समृद्धिको मार्ग चित्र अध्ययन गरी आर्थिक विकास तथा उद्योग धन्दाको प्रवद्र्धनका लागि आवश्यक नीति र कानून तय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले औद्योगिक पूर्वाधार विकासका साथै उत्पादनमूलक एवं सेवा क्षेत्रको उद्योगको विकासको लागि लगानीको वातावरण बनाउन पर्नेमा जोड दिएका थिए । मुलुकको समग्र आर्थिक विकास हासिल गर्न सरकारले औद्योगिकीकरण तथा पूर्वाधारलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ । अर्को कार्यक्रमा अर्थमन्त्री खतिवडाले नेपालको निजी क्षेत्रले यस प्रकारको अवधारणा तयार गर्नु सह्रानीय भएको बताए । आगामी दिनहरुमा नेपालमा लगानीको बातावरण बन्दै जाने भएकोले उद्योगी तथा व्यवसायीहरुलाई लगानीको लागि तयार रहन उनको सुझाब छ । त्यस्तै परिसंघका अध्यक्ष हरिभक्त शर्माले लामो राजनीतिक संक्रमणको अन्त्य भई मुलुकले राजनीतिक स्थायीत्व पाएको वताए । समृद्धिको मार्ग चित्रले सरकारलाई आफ्नो लक्ष हासिल गर्न सजिलो हुने उको विश्वास छ ।