२८ हजार घुसले सहायक अधिकृत पुष्प राना क्षेत्रीको जागिर चट
काठमाडौं । २८ हजार घुस लिदा सहायक अधिकृत पुष्प राना क्षेत्रीले जागिर गुमाउनु परेको छ । औषधि व्यवस्था विभाग, शाखा कार्यालय नेपालगञ्ज, बाँकेमा कार्यरत क्षेत्री घुस लिदालिदैं पक्राउ परेका हुन् । मेडीकल सेन्टर अनुगमनको क्रममा विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको टोलीले उनलाई रकम सहित पक्राउ गरेको हो । उनीमाथी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसूर गरेको देखिन आएकोले उनीमाथी थप कारवाहि गर्न विशेष अदालतमा आरोपपत्र दायार गरिएको छ ।
एनसीसी बैंकको बिशेष साधारण सभा माग्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन
काठमाडौं । एनसीसी बैंकको बिशेष साधारण सभा माग गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन परेको छ । एनसीसी बैंकको लगानीकर्ता एनबी ग्रुपले बिशेष साधारण सभाको माग गर्दै चैत १२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएका हुन् । एनबी समुहका तर्फबाट लक्ष्मी बहादुर, जीत बहादुर श्रेष्ठले निवेदन दिएका हुन् । उनीहरुले बैंकको पुँजी वृद्धि, नयाँ सञ्चालक समिति चयन गर्न र एपेक्स डेभलपमेन्ट बैंकको कारोबार छुट्टै राख्ने एजेण्डासहित साधारण सभाको माग गरेका छन् । ‘एनसीसी बैंकको बिशेष साधारण सभा माग गरेर एनबी समुहले निवेदन दर्ता गरेको छ, हामी अध्ययन गरिरहेका छौं’ कम्पनी रजिष्ट्रारको कार्यालयका सहायक रजिष्ट्रार राजन बस्नेतले विकासन्युजसँग भने । गत वर्ष बैंकले विशेष साधारणसभा गर्न लाग्दा लक्ष्मी बहादुर, जित बहादुर समुहले लगातार बिशेष साधारण सभा गर्न नहुने भन्दै राेक्न कर्यालयमा निवेदन दिएका थिए । यसअघि बैंकले पहिलो बिशेष साधारण सभाबाट चार वटा विकास बैंकसँग मर्जरको निर्णय गरेको थियो भने दोश्रोबाट पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । हकप्रद सेयर निष्काशन गर्ने बिशेष साधारण सभाको निर्णय भने अझै कार्यान्वयन भैसकेको छैन् ।
माछापुच्छ्रे बैंकद्धारा कैलालीमा खाद्य तथा पोषाक वितरण
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कैलालीको निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढी–१३मा खाद्य तथा पोषाक वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार(आज) उक्त कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई बैंककाे धनगढी शाखाले कुर्ता, धोती, र टि–सर्टका साथैकापी, चकटी, चामल, तेल, चिनी तथा फलफूलसमेत हस्तान्तरण गरेको जनाएको छ । बैंकले हालसम्म ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकको एकैदिन दुई वटा शाखा स्थानान्तरण
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले एकै दिन दुई वटा शाखा चनौली र दलदलेमा स्थानान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले स्थानान्तरण गरिएका २ शाखाको उद्घाटन गरेका छन् । नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेण्ट बैंकको यी दुबै शाखालाई एनआईबिएलले प्राप्ति गरेपश्चात भरतपूर महानगर– २० चनौलीमा र देबचूली नगरपालिका– १४ दलदलेमा स्थानान्तरण गरेको हो । नारायणगढ र पर्सामा एनआईबिएलको पहिले नै शाखा रहेकाले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै शाखाहरु स्थानान्तरण गरिएको हो । बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । साथै बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
‘गोजी गोजीमा फाेरजी मोबाइल’ नारासँगै कलर्सले ल्यायो ७ हजारको फोन
काठमाडौं । कलर्स मोबाइलले आफ्नो प्राइड सिरिज अन्तर्गत एक नयाँ फोन प्राइड ‘पि ५० प्लस’ बजारमा प्रस्तुत गरेको छ । फोन अत्यन्त उच्च माग भएको फोरजि प्रविधिमा आधारित रहेको कम्पनीको भनाइ छ । फोनमा ५ इन्चको स्क्रिन, २.५ डि बक्र सिसा, २२०० एमएएच ब्याट्री, दोहोरो सिम (थ्रिजि र फोरजि), ५ मेगापिक्सेल र २ मेगापिक्सेल क्षमताका क्रमशः पछाडी र अगाडी क्यामरा जडान गरिएको छ । फोनको शुरुवाती मूल्य ६ हजार ९९५ रुपैयाँ रहेको कम्पनीले बताएको छ । टेलिटक प्रालिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले फोन सस्तो मोलको उपलब्ध गरेको बताए । ‘अब प्रयोगकर्ताहरुले फोरजि चलाउनकै लागि उच्च तथा महँगो दरको मोबाइल किनिरहनु पर्ने अवस्था रहेन,’ उनले भने ‘हामी चाहन्छौं सबको गोजीमा फोरजि फोन अटाओस् ।’ त्यसैले नेपली बजारमा ‘गोजी गोजीमा फोरजि मोबाइल भन्ने नाराकोसाथमा उक्त मोबाइल प्रस्तुत गरेको उनले जानकारी गाराए ।
काठमाडौं महानगरभित्र घर बहाल कर १२ प्रतिशत कायम, १५ करोड राजस्वबाट ५ अर्ब पुग्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको घर बहाल कर १२ प्रतिशत तोकेको छ । २०७४ चैत ११ गतेको मन्त्रिपरिषद निर्णयबाट बहाल कर स्थानीय तहमानै निहित हुने निर्णय गरेपछि महानगरले घर बहाल कर तोकेको हो । अब काठमाडौंवासीले दोहोरो घरभाडा घर तिर्नुपर्ने झन्झटबाट मुक्त भएको महानगरको सूचना अधिकृत बसन्त आचर्यले बताए । यसअघि महानगरले २ प्रतिशत र सरकारले १० प्रतिशत लिदैं आएको बहाल कर अब सबै महानगरको खातामा जम्मा हुनेछ । २ प्रतिशतले वार्षिक १५ करोड उठ्दै आएको महानगरमा १२ प्रतिशत कायम गर्दा ४ देखि ५ अर्ब सम्म राजस्व उठ्ने महानगरले लक्ष्य लिएको निर्देशक नवराज ढकालले बताए । ‘यो संघीयताको महत्पुर्ण खुड्किलो हो, महानगरले उठाएको यस मुद्दाले ७५३ वटै स्थानीय तहले राहत महसुुस गरेका छन्, सरकारले तहलाई दिएको २२ एकल अधिकारमध्ये यो अधिकार प्राप्त भएको छ, अन्य अधिकार प्राप्त हुन बाँकी नै छन्’ ढकालले विकासन्युजसँग भने । अब तहले कति घर बहाल कर उठाउने भन्ने विषयमा स्व निर्णय गर्न सक्नेछन । महानगरभित्र प्रत्येक वडामा घर बहाल कर तिर्न सकिनेछ । दुई वा दुई भन्दा बढी वडामा घर हुने व्यक्तिले एकै वडाबाट सबै कर तिर्न सक्नेछन् । निर्देशक ढकालका अनुसार घरधनीले किस्तामा बहाल कर तिर्न सक्नेछन् । प्रत्येक महिनाको बहाल महिना सकिने बित्तिकै तिर्न सकिनेछ । त्यसैगरी वर्षभरीको बहाल शुल्क एकै पटकमै तिर्न पनि सकिनेछ । यसअघि स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ अनुसार नगरपालिका क्षेत्रमा २ प्रतिशत बहाल कर लगाउँदै आएको र संविधान जारी भएसँगै संविधानको अनुसूचीमा नै घर बहाल कर स्थानीय तहको अधिकारको क्षेत्रमा समावेश गरेकाले उक्त अधिकार स्थानीय तहलाई दिएको हो । महानगरले २०७४ असोज ३० गते सरकारले उठाउँदै आएको १० प्रतिशत कर र महानगरले उठाउँदै आएको दुई प्रतिशत गरेर कूल १२ प्रतिशत कर एकद्वार नीतिअन्तर्गत काठमाडौँ महानगरले असुल उपर गर्ने निर्णय गरेको थियो । महानगर सबै स्थानीय तहको अग्रज निकाय भएकोले जग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन शुल्क, मनोरञ्जन कर र विज्ञापन कर स्थानीय तह र प्रदेशको साझा सूचीमा रहे पनि घरबहालसहित सम्पत्ति कर, भूमि कर र व्यवसाय करमा स्थानीय तहको मात्र अधिकार रहने निर्देशक ढकालले बताए ।
असार भित्र वाणिज्य बैंकका ३५९ वटा शाखा थपिँदै, ३ हजारलाई रोजगारी
काठमाडौं । असार मसान्तभित्र ३५९ वटै स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा स्थापना हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैशाख भित्र २४३ वटा स्थानीय तहमा शाखा विस्तार गर्न बाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । कुन बैंकले कहाँ शाखा खोल्दैछन् हेर्न यहाँ क्लिक गर्नुहोस त्यस्तै असार भित्र थप ११६ वटा स्थानीय तहमा शाखा विस्तार गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसरी आगामी असार मसान्तभित्रमा ३५९ वटा स्थानीय तहमा बाणिज्य बैंकका शाखा स्थापना भैसक्नेछन् । केन्द्रिय बैंकले वाणिज्य बैंकहरुलाई स्थानीय तह नै तोकेर बैशाख र असार भित्र शाखा विस्तार नगरे कारवाही गर्ने पत्र समेत लेखेको हो । स्थानीय तहहरुले आफ्नो सञ्जित खाता वाणिज्य बैंकहरुमा मात्रै खोल्न पाउने व्यवस्था रहेको छ । ३५९ वटा स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा नखुलेपछि स्थानीय तहरुले आफ्नो सञ्चित खाता खोल्न नै अन्यत्र जानुपर्ने बाध्यता थियो । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले केन्द्रिय बैंकको निर्देशन मान्न बैंकहरु तयार रहेको बताए । तर पुर्वाधार, सुरक्षा, जनशक्ति र बजारका कारण तोकिएकै समयमा भने सबै स्थानीय तहमा पुग्न कठिन हुने उनले बताए । ‘एउटा शाखा सञ्चालनका लागि न्युनतम पनि ६ जना कर्मचारी आवश्यक पर्छन्, पुर्वाधार र सुरक्षा पनि चाहिन्छ, हामी केन्द्रिय बैंकले भने अनुसार नै गर्ने प्रयास गर्छाै तर तोकिएको समयमा सबै तहमा पुग्न भने कठिन हुने देखिन्छ’, दाहालले भने । ३५९ वटा स्थानीय तहमा स्थापना हुने बाणिज्य बैंकका शाखाहरुमा करिब २६५ सय ३ हजारसम्म कर्मचारी आवश्यक पर्ने देखिन्छ । बाणिज्य बैंकहरुको एउटा शाखाका लागि न्युनतम ४ जना बैंकिङ स्टाफ, २ जना सुरक्षा गार्ड र २ जना कार्यालय सहयोग आवश्यक पर्ने सानिमाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।
नेपाली ग्राहकद्धारा जेसीबीको पुनेस्थित प्लान्ट भ्रमण
काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई भारतको पुनेस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण आयोजना गरेको छ । भ्रमणमा जेसीबीका नेपाली ग्राहकले हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीका एस्काभेटर, ह्विल्ड लोडर र कम्पाक्टरको निर्माण कसरी हुन्छ भन्ने अवलोकन गरेका थिए । पुनेस्थित प्लान्ट बेलायतबाहिर जेसीबीको सबैभन्दा ठूलो डिजाइन सेन्टर हो जहाँ चार सयभन्दा बढी इन्जिनियरले काम गर्छन् । वातावरणमैत्री सो प्लान्टमा जेसीबीका फेब्रिकेसनहरुको समेत उत्पादन गरिन्छ । उत्पादन गरिएका मेसिनहरु भारतमा मात्र होइन अन्य ६५ मुलुकमा विक्री गरिने कम्पनीको भनाइ छ । भ्रमणका क्रममा जेसीबीका ग्राहकले प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ, पार्टस्को एसेम्ब्ली लगायतको निरीक्षण गरेका थिए । कम्पनीले जेसीबी संसारकै ‘टप थ्रि’ हेभी इक्विेमेन्ट निर्माता कम्पनीमध्ये पर्ने दावी गरेको छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो ।