विकासन्युज

गोरखाको दुई स्थानमा टेलिकमको मोबाइल सेवा, ८५० वटा सिम निःशुल्क वितरण

काठमाडौं । नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा विस्तार गरेको छ । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ गमलाडाँडा र सोही गाउँपालिकाको वडा नम्बर २ ल्होमा यही चैत ७ गते टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो । गमलाडाडाँमा राखिएको बीटीएस टावरवाट उक्त गाउँपालिकाका लाक्पाल, यारुफाँट, जगत, सल्लेरी, भालुवन, पाती, फिदिम लगायत आसपासका अति दुर्गम गाउँका वासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित भएका छन् । यसैगरी, ल्होमा जडान भएको टावरबाट ल्हो, ख्याला, स्यो, लि लगायतका गोर्खाका अति विकट उत्तरी क्षेत्रका वासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित भएका छन् । यसका साथै मनास्लु क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु समेत मोबाइल सेवाको उपभोग गरी लाभान्वित हुन सक्ने भएका छन् । गोर्खा जिल्लाको विकट यी उत्तरी गाउँमा सोलार ब्याट्री राखेर टावर सञ्चालन गरिएको छ । दुवै स्थानमा स्याटेलाइट लिंकबाट सञ्चालन हुने गरी जीएसएम मोवाइल सेवा पुर्याइएको छ । ल्होमा समुद्री सतहबाट करिब ३५ सय ६५ मिटर उचाइमा र गमलाडाँडामा १५ सय मिटरको उचाइमा टावर राखेर सेवा प्रदान गरिएको छ । ल्हो गाउँ हालसम्म एक प्रकारले दूरसञ्चार सेवाको पहुँचबाट बञ्चित जस्तै थियो । अति दुर्गम क्षेत्र हुनुको साथै वस्तिहरु टाढा–टाढा भएकोले टेलिफोन गर्न अर्काे गाउँसम्म पुग्नुपर्दा स्थानीय वासिन्दालाई निकै कठिनाइ भइरहेको थियो । टेलिकमले दुर्गम क्षेत्रको उक्त ल्हो गाउँका ग्राहकका लागि ५ सय वटा सिम र गमलाडाँडाका ग्राहकका लागि ३ सय ५० वटा सिम गाउँमै लगेर निःशुल्क वितरण गर्ने कार्य पनि सम्पन्न गरेको छ । गमलाडाँडा सदरमुकाम गोरखा बजारबाट करिब ३० कोष र ल्हो ५५ कोषको दुरीमा पर्छ । गोरखाको आरुघाट हुँदै सोतीसम्म गाडीमा गएर त्यसपछि करिब तीन दिन पैदल हिडेपछि गमलाडाँडा र त्यसपछि अर्को दुई दिनको पदयात्रा पछि ल्हो गाउँमा पुग्न सकिन्छ ।

सेयर बजार झिनो अंकले घट्दा ५१ करोडको कारोबार, सबैभन्दा बढी युनिलिभर नेपालको

काठमाडौं । मंगलबार ३९ अंकले उकालो लागेको बजार बुधबार पुन ओरालो लागेको छ । बुधबार कारोबार खुल्ने वित्तीकै दोहोरो अंकले उकालो लागेको बजार त्यसकाे केहीबेरमै ओरालो लागेको थियो । त्यसपछि दिनभरको कारोबारमा उतारचढाव आएको थियो अन्ततः बजार २.९० अंकले घटेर १२०४ अंकमा पुगेर बन्द भएको छ । झिनो अंकले ओरालो लागेको बजारमा ५१ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल १६२ कम्पनीको १३ लाख ५२ हजार कित्ता सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी युनिलिभर नेपाल लिमिटेडको सेयर कारोबार भएको छ । यस कम्पनीको दिनभर २ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ हजार १४५ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक दोहोरो अंक अर्थात ९१अंकले राताम्मे भएको छ । त्यस्तै, उत्पादनमूलक, बैंकिङ, अन्य र विकास बैंक समूह बाहेक बाँकी समूह राताम्मे छन् । उत्पादनमूलक १४ अंकले उकालो लागेको छ । सो दिन सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको पनि सेयर मूल्य करिब १० प्रतिशत अर्थात ९.६० प्रतिशतले बढेको छ । बजारमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.४२ प्रतिशत गुमाएका छन् ।

नेपाल पुनर्बीमा कम्पनी भारतीय बीमा बजारमा, वार्षिक एक अर्बसम्मकाे पुनर्बीमा शुल्क स्वदेश भित्र्याउन सकिने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले भारतीय बीमा कम्पनीको पुनर्बीमा गर्ने भएको छ ।  भारतीय बीमा विनियामक और विकाश प्राधिकरण (आइआरडीएआई)ले नेपाल पुनर्बीमा कम्पनीलाई भारतीय बीमा कम्पनीको पुनर्बीमा गर्न योग्य ठानी स्वीकृति दिएको हाे । यस स्वीकृति पश्चात नेपाल पुनर्बीमा कम्पनीले वार्षिक ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म पुनर्बीमा शुल्क स्वदेश भित्र्याउन सक्दछ । जसले बीमा शुल्क बापत हुने व्यापार घाटालाई न्यूनीकरण गर्दछ । भारतीय बीमा कम्पनीहरुको चैत १८ गते(अप्रिल १) देखि प्रारम्भ हुने पुनर्बीमा नविकरणमा यस कम्पनी समेत सहभागी हुने कम्पनीले जनाएकाे छ । नेपाल पुनर्बीमा कम्पनी आइआरडीएआईले तोकिएको मापदण्ड पुरा गरी क्रस बोर्डर रिइन्स्योरर्स(सीबीआर)को रुपमा स्वीकृति भएको हाे। कम्पनीले एफआरएनएनओ.आइआरडीएआई/सीबीआर/२०१८/१००१ परिचयात्मक संख्या प्राप्त गरेको छ ।   कार्तिक २१, २०७१ मा आकस्मिक बीमा कोषबाट नेपाल पुनर्बीमा कम्पनीमा परिणत भै व्यवसाय संचालन गर्दै आएको छोटो समयमा भारतीय बीमा कम्पनीहरुबाट पुनर्बीमा गर्ने इजाजत प्राप्त गरेको छ । भारतीय बीमा विनियामक और विकाश प्राधिकरणको कानूनी प्रावधान अनुसार भारतीय बीमा कम्पनीहरुको पुनर्बीमा गराउनु पर्दा अन्तराष्ट्रिय रेटिङ्ग एजेन्सी एसएण्डपी वा एएम बेष्टबाट मान्यता प्राप्त न्यूतम बीप्लस स्तर हासिल गरेको पुर्नबीमा कम्पनी वा भारतीय बीमा विनियामक औरविकाश प्रायिकरणले निर्धारण गरेको मापदण्ड (आर्थिक लेखाजोखा, चुक्तापुँजी, जारीपुँजी, लगानीको स्थिति, दायित्ववहनगर्न सक्ने क्षमता, दाबी भुक्तानी प्रकृया, जोखिमाङ्कन गर्ने क्षमता आदि) पूरा गरेको पुनर्बीमा कम्पनीहरुले क्रस बोरडर रिइन्स्योरर्सको प्रकृया पुरा गरी स्वीकृति प्राप्त भएपछि मात्र पुनर्बीमा गर्न सक्ने व्यवस्था रहेको छ । भारतीय बीमा व्यापारमा नेपालको समेत पहुँच पुग्नुलाई निश्चयपनि नेपाल पुनर्बीमा कम्पनीको भविष्य अझ बढी सुदृढ हुने तथ्यलाई नकार्न सकिदैन । हाल यस कम्पनीले अन्तर्राष्ट्रिय बीमा बजारमा संयुक्त अरब इमरेटस्(दुवइ), बहराइन, कुवेत माल्दीभस्, श्रीलंका , बंगलादेश, भुटान , भेतनाम,कम्बोडिया, अफ्रिकी मुलुकहरु दक्षिण कोरिया, पपुवान्युगिनी आदि २० भन्दाबढी देशहरुको ४० भन्दा बढी बीमारपुनर्बीमा कम्पनीसँग व्यवसाय गर्दै आएको छ । साथै, भारतीय बीमा बजारको पहुँचबाट अन्य धेरै देशहरुसँग पुनर्बीमा व्यवसाय वृद्धि गर्दै अगाडी बढ्ने कम्पनीको लक्ष्य छ ।

नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ४२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता १६९९ रुपैयाँ रहेको थियो ।

पूर्व–पश्चिम रेलमार्गका लागि माटो परीक्षण

कपिलवस्तु । सरकारको पूर्व–पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य शुरु गरिएको छ । प्याकेज–१ अन्तर्गत विभिन्न स्थानमा माटो परीक्षण भइरहेको छ । सो खण्डको माटो परीक्षणको जिम्मा पाएको इआरएमसिजिओ टेक्निकल प्रालिले काम अगाडि बढाएको छ । माटो परीक्षण प्रत्येक ५०० मिटरमा गर्ने गरिएको छ । पानी जम्ने खाल्टा नालामा ३०० मिटरमा परिक्षण गर्ने गरेको कालिका ड्रिलिङ प्रालिका प्राविधिक शिवराम रिजालले बताए । पुल क्षेत्रमा ३० मिटर र मैदान क्षेत्रमा १५ मिटर गहिराइमा पुगी नमूना संकलन गरिएको छ । प्राविधिक टोलीले नमूना संकलन गरेको छ । संकलित नमूनालाई परीक्षणका लागि काठमाडौँ लगिनेछ । नमूना संकलनका लागि रोटरी रिभर्स र जिओ कोर सिस्टम नामक दुई यन्त्र प्रयोगमा ल्याइएको छ । रोटरी रिभर्स फराकिलो सडक भएको ठाउँमा प्रयोग हुन्छ । यो बोरिङ खन्नसमेत प्रयोग गरिन्छ । जियो कोर सिस्टम वन क्षेत्र र साँघुरो बाटो भएका ठाउँमा प्रयोग गरी माटो संकलन भइरहेको प्राविधिक रिजालले बताउनुभयो । एक महिना अगाडि चन्द्रौटाबाट शुरु गरिएको माटो संकलन कार्यअन्तर्गत शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाको नमूना संकलन भइसकेको छ । वैशाखभित्र नमूना संकलनको काम पूरा हुने सो कार्यक्रममा संलग्न प्राविधिकहरु बताउँछन् । रेलमार्ग निर्माणको जिम्मा पाएको रेलवे विभागले सो कार्यलाई विभिन्न प्याकेजमा काम गर्दै आएको छ । विभागले प्याकेज–१ को बुटवल–लमही खण्डअन्तर्गत ११० किमीमा काम अगाडि बढाएको छ ।-रासस

रेडक्रस सोसाइटी र आईसीआरसीबीच सहयोग सम्झौता सम्पन्न

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तराष्ट्रिय समिति (आईसीआरसी) विच सन् २०१८ मा सञ्चालन हुने गतिविधि सम्बन्धी सहयोग सम्झौता भएको छ । उक्त सम्झौता बुधबार(आज) रेडक्रस केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । सम्झौतामा रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देवरत्न धाख्वा र आईसीआरसीका तर्फबाट समितिका नेपाल प्रमुख आन्द्रे पाकेटले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार रेडक्रस सोसाइटीलाई आईसीआरसीले अन्तराष्ट्रिय सम्मेलनको भावना र मर्म अनुसार रेडक्रसका आधारभूत सिद्धान्तहरु, पारिवारिक सम्पर्कको पुर्नस्थापना, सुरक्षित पहुँच, समावेशीकरणको अभिवृद्धि जस्ता गतिविधिहरुको लागि करीब ९० लाख रुपैयाँ उपलब्ध गराउने नेरेसोका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै आईसीआरसीका नेपाल प्रमुख आन्द्रे पाकेटले आईसीआरसीको नेपाल भित्र फिल्ड कार्यालय नभएको अवस्थामा पनि रेडक्रस सोसाइटी र अन्तराष्ट्रिय महासंघको सहयोगमा विशेष कार्यदलले काम गरिरहेको बताएका छन् । सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले मुलुक परिवर्तनतर्फ लम्किरहेको अवस्थामा पारिवारिक सम्पर्कको पुनस्थापना र संगठनात्मक आधार सुदृढीकरणमा क्षमता अभिवृद्धिको लागि सहयोग सम्झौता महत्वपूर्ण रहेको बताएका छन् । दशवर्षे सशस्त्र द्धन्दको समयदेखि नेपालमा आईसीआरसीको कार्यालय स्थापना भई संरक्षण र सहयोगको क्षेत्रमा कार्यरत रहेको छ ।

नविल इन्भेष्टमेन्टको सीईओमा सबिर श्रेष्ठ नियुक्त, सेयर बजारमा विश्वस्तरीय सेवा दिने प्रतिवद्धता

काठमाडौं । नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार सञ्चालक समितिको बैठकले आगामी चार वर्षको लागि श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । उनी विगत २ वर्षदेखि सोही संस्थामा सेकेण्ड म्यानको रुपमा ‘इन्भेष्टमेन्ट बैकिङ हेड’ पदमा कार्यरत थिए । सन २००८ बेलायतबाट एसीसीए गरेका श्रेष्ठले सोही देशमा ६ वर्ष लेखापरिक्षणको काम गरेका थिए । शुरुका तीन वर्षमा अडिट, ट्याक्स र फाइनान्समा काम गरेका थिए । त्यसपछि विश्वकै छैटौ ठूलो अडिट फर्म बीडीओ इन्टरनेशनेलमा तीन वर्ष म्यानेजर भएर काम गरेको उनले जानकारी दिए । ‘बेलायतमा ६ वर्ष र नेपालमा ६ वर्ष काम गरेको अनुभव छ । पुँजी बजारमा अन्तराष्ट्रिय स्तरको सेवा दिन सकिन्छ भन्ने विश्वास छ’ सीईओको जिम्मेवारी समालेको पहिलो दिन विकासन्युजसँग कुरा गर्दै श्रेष्ठले भने–‘प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल, फेरन इन्भेष्टमेन्ट म्यानेजमेन्टमा नयाँ काम गर्न सकिन्छ ।’ पुँजी बजारमा चुनौतिहरु र विकासका अवसरहरु दुबै भएको उनले बताए । ‘पुँजी बजारलाई राम्रो बनाउने, समस्याहरु समाधान गर्दै जाने र सेवाको स्तर विकास गर्ने काम मर्चेन्ट बैंकर्सहरुको र त्यसको एउटा पार्ट आजदेखि म पनि भएको छु’ उनले भने । नविल इन्भेष्टमेन्टको सेवालाई राजधानी वाहिर पनि पुर्याउने योजना रहेको उनको छ ।

आईएमई अटोमोटिभसद्धारा शत्रु गते टिमलाई २ थान यूएम बाइक हस्तान्तरण

काठमाडौं । आईएमई अटोमोटिभ्स, नेपाल अधिराज्यका लागि यूएम बाइकको आधिकारिक विक्रेताले शत्रु गते टिमलाई २ थान यूएम बाइक हस्तान्तरण गरेको छ । यस सहित कम्पनीले रिनेगेड, कमान्ड २२३सीसी र पावरम्याक्स १२५सीसीका प्रतिनिध्तिवमा उक्त टिमलाई कम्पनीको एक सोरुममा हस्तानान्तरण गरेको हो । कार्यक्रममा किरण केसीले यूएम बाइकसँगको साझेदारीले अफै लामो यात्रा तय गर्ने बताएका छन् । उनले भने-“हामीले चलचित्रमा पनि यस ब्राण्डलाई प्रोमोट गरेका छौँ र यस बाईकको कार्य क्षमता पनि उत्कृष्ट रहेको” बताएका छन् । साथसाथै, व्यक्तिगत रुपमा आफुले पनि छिटै खरिद गर्ने अठोट जानकारी गराएका छन् । शत्रु गतेको निर्माण मह सँचारको ब्यानर अन्तर्गत चर्चित कलाकारहरु जस्तै मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरिबंशआचार्य), दिपक राजआचार्य, दिपाश्री निरौला, राजारामपौडेल, किरण के.सी, प्रियँका कार्की, पौल शाह, आँचल शर्मा लगायतका कलाकार हरुको अभिनय रहेको छ । यस चलचित्र यहि चैत्र ९ गतेदेखि अधिराज्यभरको चलचित्र घरहरुमा प्रदर्शन भइराखेको छ ।