विकासन्युज

आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमा सुरु अर्थले माग्यो सुझाव

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट तयारी थालेको छ । अर्थमन्त्रालयले आगामी आवका लागि बजेट तयारी गर्न सुझाव मागेको हो । आर्थिक वर्ष २०७५/७६ को बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भैसके अर्थले जानकारी दिएको छ । बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका बारेमा सुझाव दिन मन्त्रालयले अनुरोध गरेको छ । सुझावहरु २०७५ वैशाख १५ गतेसम्म उपलव्ध गराइदिन मन्त्रालयले भनेको छ । मन्त्रालयले विभिन्न संघ, संस्था, वृद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी , संचार जगत तथा आम नागरिकसंग सुझाव मागेको हो ।

माछापुछ्रे बैंकद्वारा विर्तामोडको विद्यालयलाई खानेपानीको ट्यांकी हस्तान्तरण

काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा पञ्चरत्न माध्यामिक विद्यालय बिर्तामोड–२, चौतुबारी, झापाको विद्यार्थीहरुलाई स्वच्छ खानेपानी व्यवस्था गर्ने उद्देश्यले खानेपानीको ट्यांकीको साथमा आवश्यक पूर्वाधार निर्माण गरिदिएको छ । बिहीबार एक कार्यक्रमकाबीच पानीको ट्यांकी प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे तथा माछापुछ्रे बैंक लिमिटेड विर्तामोड शाखाका शाखा प्रबन्धक भरत प्रसाईबाट संयुतक्त रुपमा उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको जनाइएको छ । बैंकले मुलुकभर ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर, १४ शाखा रहित बै‌किङ सेवा गरि ८० स्थानबाट ग्राहकहरुमाझ बैंकिङ सुबिधा प्रदान गर्दै आएको छ । बैंकले देशभर ८६ वटा एटीएमहरु सञ्चालनमा ल्याएको बताएको छ ।  

राष्ट्रिय वाणिज्य बैंक र नेपाल संस्कृत विश्वविद्यालयबीच सम्झौता

काठमाडाै‌ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल संस्कृत विश्वविद्यालयबीच विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक र कर्मचारीहरुको मासिक निवृत्तिभरण (पेन्सन) भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए । समारोहमा उप कुलपति कोइरालाले हाल विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक तथा कर्मचारीले उक्त सुविधा लिने र भविष्यमा थप प्राध्यापक तथा कर्मचारीहरु समेत अहिले गरिएको सम्झौताबाट लाभान्वित हुने बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता अनुसारको सेवाको अतिरिक्त विश्वविद्यालयमा कार्यरत माहानुभावहरुलाई बैंकले आफ्ना आधुनिक बैंकिङ सेवाहरु प्रदान गराउदै जाने जानकारी दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकले हालसम्म नेपालको ६८ जिल्लामा १८१ वटा शाखा कार्यालयमार्फत आफ्नो सेवा ग्राहकहरुलाई उपलब्ध गराउंदै आइरहेको छ । बैंकका हालसम्म १२४ वटा एटीएम सञ्चालनमा आएको छ । बैंकले नेपाल सरकारका सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरु (निजामति, प्रहरी, नेपाली सेना र शिक्षक), नेपाल राष्ट्र बैंक, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल टेलिकम र त्रिभुवन विश्वविद्यालयका सेवा निवृत्त कर्मचारीहरुको पेन्सन वितरणको कार्य गर्दै आइरहेको छ । बैंकले वार्षिक २२ अर्व रुपैयाँभन्दा बढी पेन्सन वितरण गर्ने गरेको छ ।

वाइडबडी विमान जेठमा आउने, असारदेखि दक्षिण कोरिया, जापानमा उडान थाल्ने

काठमाडौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पहिलो ठुलो (वाइडबडी) विमानको व्यावसायिक उडान असारदेखि शुरु गर्ने भएको छ । निगमकाे जहाजकाे फाइल तस्बिर निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो आगामी जेठको तेस्रो साता काठमाडौँ आउँदैछ । वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको १५ दिनभित्र आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गर्ने निगमको तयारी छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम व्यवस्थापन सुधारबारे हालै गरेको पत्रकार सम्मेलनका क्रममा निगमको वाइडबडी विमान जेठको तेस्रो साता आउने र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडानको अनुमतिलगायतका प्रक्रिया पूरा गरेपछि उडान शुरु गरिने बताउनुभएको थियो । विमान आएको दुईदेखि तीन हप्ताभित्र भन्सार प्रक्रिया तथा परीक्षण उडान गरी व्यावसायिक उडान शुरु गरिने उहाँको भनाइ थियो । निगमले २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ विमान खरिद गर्ने सम्झौता गरेको थियो । दुईवटा विमान २० करोड ९६ लाख अमेरिकी डलर अर्थात २१ अर्ब ९० करोड रुपैयाँ पर्नेछ । उक्त सम्झौताअनुसार पहिलो विमान २०१८ को अप्रिलसम्म र दोस्रो विमान भने २०१८ कै मे महिनासम्ममा आउने भनिएको थियो । तर, झण्डै दुई महिनापछि पहिलो विमान आउने भएको हो । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार २८० सिट यात्रु क्षमताको वाइडबडीे विमान आएको १५ दिनभित्र व्यावसायिक उडान शुरु गरिनेछ । पहिलो विमान आएलगत्तै अर्को विमान भित्र्याउने निगमको योजना छ । निगमको इतिहासमै पहिलोपटक नयाँ वाइडबडी विमान खरिद गरेर व्यावसायिक उडान भर्ने तयारीमा रहेको निगमले वार्षिक कम्तीमा रु पाँच अर्बको व्यापार बढ्ने दाबी गरेको छ । सन् २०१७ मा निमगले ७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको जनाएको छ । जहाज थपेपछि व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने र त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ । विदेशबाट जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीति निगमको योजनामा छ । वाइडबडी विमानका गन्तव्य निगमले नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । ती उडान गन्तव्य तय गर्नका लागि आवश्यक कार्यसमेत शुरु गरिसकेको निगमले जनाएको छ । प्रमुख लक्ष्य विदेशी पर्यटक भित्र्याउने भए पनि नेपालीसमेत बढी आउने गन्तव्यमा उडान गर्न लागेको हो । कोरिया, जापान र साउदी अरेबियाबाट धेरै नेपाल आउने गरेको बताइन्छ । निगमले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुईवटा विमानबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । आन्तरिकतर्फ नौवटा विमान छन् । यीमध्ये चीनबाट ल्याइएका वाइ १२ चारवटा, एमए १६ २ र ३ ट्विनअटर विमान छन् । काठमाडौँबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दैआएको छ । निगमको न्युयोर्क गन्तव्य निगमले अन्तर्राष्ट्रिय उडानमा विमान बढाउँदै भविष्यमा अमेरिकाको राजधानी न्युयोर्क गन्तव्य पु¥याउने लक्ष्य लिएको छ । निगमका महाप्रबन्धक कंसाकारले आफूहरुको मुख्य उद्देश्य न्युयोर्क पु¥याउने रहेको र त्यसअनुरुप व्यवस्थापकीय योजनामा भएको बताए । “हाम्रो उद्देश्य न्यूयोर्क पु¥याउने नै हो, बेलायतको लण्डन अर्को हव रहेपनि पर्यटनका लागि पनि न्यूयोर्क पुग्नैपर्छ जापान, दक्षिण कोरिया, अष्ट्रेलियालगायत गन्तव्यमा नपुगी सुखै छैन,”–उनले भने । महाप्रबन्धक कंसाकारले निगमलाई चलायमान र विश्व बजारमा प्रतिस्पर्धी बनाउन वार्षिक दुईदेखि चारवटा विमान थप्नैपर्ने बाध्यता रहेको बताए। डेढ वर्षभित्र आठ विमान निगमले सेवा सुधार्ने कार्ययोजनाअन्तर्गत आगामी डेढ वर्षभित्र आठवटा नयाँ विमान खरिद गर्ने योजना बनाएको छ । अन्तर्राष्ट्रिय र आन्तरिक सेवा दुबैतर्फ विमान थप्दै निगमको कूलआय बढाउँदै लैजाने जनाएको हो । आगामी १८ महिनाभित्र आन्तरिक उडानका लागि छ भाइकिङ ट्विनअटर र अन्तर्राष्ट्रिय उडान गर्न दुई एयरबस न्यारोबडी ९ए३२०–२००० विमान खरिद गरिने निगमका महाप्रबन्धक कंसाकारले जानकारी दिए। नयाँ विमान थप्ने कार्यसँगै निगमसँग भएका सबै पुराना विमान आउँदो १८ महिनाभित्र प्रतिस्थापन गरी अन्तर्राष्ट्रियस्तरमा नै हवाई सुरक्षाको प्रत्याभूति गराउने निगमले जनाएको छ । रासस

नवौं वार्षिकोत्सवमा जनता बैंकले गर्यो विभिन्न कार्यक्रम

काठमाडौं । शुक्रबार जनता बैंक नेपाल लिमिटेड ८ वर्ष पुरा गरि ९ औं वर्ष प्रवेश गरेको छ । नवौं बर्ष प्रबेशको अवसरमा समाजप्रतिको दायित्व पुरा गर्न बैंकले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकले उक्त अवसरमा निःशुल्क स्वास्थ्य सिविर, रक्तदान, छात्रवृत्ति लगायत कार्यक्रम गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्य नारी पहल’अभियान सञ्चालन गरि नारीहरुको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्ने निर्णय गरेको बताएको छ । सो अन्तर्गत शुक्रबार माचौतारा शाखा, सिन्धुपाल्चोकमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरि ५ सय बढी महिलाहरुलालाई स्त्री तथा प्रसुति रोग सम्बन्धि परिक्षणमा सहभागी गराएको बताइएको छ । साथै बैंकले नयाँबानेश्वर, धनगढी लगायतमा समेत परिक्षण शिविर सञ्चालनमा ल्याएको छ । बैंकले रक्तदान कार्यक्रम हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको छ । शुक्रबार पनि बैंकको नयाँबानेश्वर, बिराटनगर, हेटौडा, नारायणघाट लगायतका शाखामा सो रक्तदान गरिएको बताएको छ । त्यस्तै बैंकले वार्षिकोत्सवकै अवसरमा नागरिक समाज प्रतिष्ठानदमकको जेष्ठनागरिक आवासमा भान्साकोठा सुधारको लागि रु. २५ हजार नगद र समाजकल्याण आँचल अनाथालय महेन्द्रनगरका २० जना विद्यार्थीहरुलाई पोषाक तथा खाद्यान्न वितरण गरेको जनाएको छ । साथै बैंकले वभिन्न विद्यालयका ४४ जनाविद्यार्थीलाई रु २ लाख २० हजार छात्रवृत्ति वितरण गरेको बताएको छ । बैंकले हाल देशभर रहेका १०६ शाखा कार्यालयमार्फत सेवाप्रदान गर्दै रु ५३ अर्ब निक्षेप संकलन तथा रु ५० अर्व कर्जा प्रबाह गरेको जानकारी दिएको छ ।  

नयाँ वर्ष २०७५ मा यामाहाको ‘आमन्त्रण’ याेजना, सतप्रतिशतसम्म क्यास ब्याक पाउन सकिने

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७५ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘आमन्त्रण’ नाम रहेको उक्त योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउने छन् । जसमा उनीहरुले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउन सक्ने जनाइएको छ । ‘नयाँ वर्षको उल्लासलाई बढाउने उद्देश्यले हामीले यो ग्राहक योजना ल्याएका हौं । हामीलाई विश्वास छ यामाहाको यो योजनाबाट ग्राहक सन्तुष्ट हुनुहुनेछ,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सहायक महाप्रबन्धक प्रदिप पोखरेलले भने, ‘यस पटक हामीले स्क्र्याच कार्ड होइन, स्क्र्याच बुक ल्याएका छौं जसलाई कोट्याएर ग्राहकले विभिन्न उपहार र पुरस्कार पाउन सक्नुहुनेछ ।’ स्क्र्याच बुकमा पाँच वटा पाना हुनेछन् जसमा ग्राहकले पाँच हजारदेखि ५० हजारसम्मको ‘स्योर सट डिस्काउन्ट’, बच्चा र आफूले माया गर्नेका लागि उपहार र सर्भिस डिपार्टमेन्टकोतर्फबाट उपहार र सत प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउन सक्ने अवसर रहेको कम्पनीको भनाइ छ । त्यस्तै ग्राहकहरुले माउन्टेन फ्लाइट, पफ्र्युम, टिसर्ट, बेबी हेल्मेट, वाटर बोटल, फ्रि सर्भिसिङ र अन्य उपहार समेत प्राप्त गर्ने जनाएको छ । उक्त योजना चैत १ बाट ३१ बैशाखसम्म चल्नेछ ।

सेञ्चुरी कमर्सियल बैंकको क्यालेन्डर बिमोचन

काठमाडाै‌ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २०७५ सालको क्यालेन्डर चैत्र शुक्रबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठका साथमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईद्वारा बिमोजन गरिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको जनाइएको छ । बैकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ गरि कुल १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जानकारी दिएको छ ।

झारलाङ र रिगाँउ गाविसमा स्थानीय बाटो निर्माणको लागि ३ करोड ३१ लाख वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हङ्गर लाइफको सहकार्यमा चैत्र ११ देखि १८ गतेसम्म नगद वितरण कार्यक्रमको आयोजना गरेको थियो । विशेष गरि भुकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापतको कामका लागि नगद वितरण योजना अन्तर्गत नगद भुक्तानी गरिएको हो । धादिङ जिल्लाको झारलाङ र रिगाँउ गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरी बैंकले २ हजार ६५० परिवारलाई ३ करोड ३१ लाख १४ हजार वितरण गरेको छ । बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको भनाइ छ ।