अपडेटः नेप्से परिसूचक ३४ अंकले बढ्यो, बीमा समूहले उचाल्यो बजार
काठमाडौं । मंगलबारको सेयर बजार खुलेदेखि नै निरन्तर बढीरहेको छ । बजार खुलेको करिब साढे २ घण्टामै नेप्से परिसूचक ३४ अंकले उकालो लागेर १३३२ अंकमा पुगेको छ । आजको बजारलाई बीमा समूहले उचालेको छ । दिउँसो १ बजेर २३ मिनेट जाँदा बीमा समूह उच्च अंकले उकालो लागेको छ । सो अवधिसम्म यस समूहको परिसूचक ३३६ अंकले उकालो लागेको छ । त्यस्तै, ट्रडिङ समूह बाहेक कारोबारमा आएका सबै समूह उकालो लागेका छन् । मंगलबारको बजारमा करेक्सन देखिएको छ । सो अवधिसम्म बजारमा १० भन्दा बढी कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ ।
२५ किलोमिटर सडकमा २७ सय अवरोध
काठमाडौं । त्रिपुरेश्वर-कलंकी-नागढुंगा र चावहिल-जोरपाटी-साँखु सडकको कुल लम्बाई २४.९८ किलोमिटर मात्रै छ । जसमा त्रिपुरेश्वरदेखि नागढुंगाको लम्बाई १२.४८ किलोमिटर छ भने चावहिल जोरपाटी देखि साँखुको लम्बाई १२.५० किलोमिटरको मात्रै छ । यी दुई सडकको कुल लम्बाई २४.९८ किलोमिटर हुन आउँछ तर यसमा २७ सय ३५ वटा अवरोध रहेका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दिपक केसीका अनुसार त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक खण्डमा ११ सय ४९ वटा अवरोध रहेका छन् । त्यस्तै, चावहिल-जोरपाटी-साँखु सडकमा १५ सय ८६ वटा अवरोध रहेका छन् । ‘एक किलोमिटर सडकमा एक सय भन्दा बढि अवरोध छन्, घर भत्काउन सकिएको छैन, विद्युतका पोल, टेलिफोनका पोल, रुख, खानेपानी ट्यांकी जस्ता अवरोधहरुको चाङ लागेको छ’, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख केसीले भने । प्रधानमन्त्री कार्यालयले आयोजना गरेको सडक विस्तार सम्बन्धी छलफलमा पनि आयोजना प्रमुख केसीले सडक विस्तारमा राइट अफ वे भित्र पर्ने संरचनाहरु नहेटेको, सर्वाेच्च अदालतले असोज २ गतेको फैसलाको पुर्ण पाठ जारी नगरेको लगायतका समस्या सुनाएका थिए । त्रिपुरेश्वर-कलंकी-नागढुंगा १२.४८ किलोमिटर सडक खण्डमा १ हजार १ सय ४९ वटा अवरोध रहेका छन् । तीमध्ये ५७० वटा घर टहरा, ३१२ वटा विद्युतका पोल, २७ वटा ट्रान्सफरमर, १७२ वटा टेलिफोनका पोल, ३० वटा रुख, २२ वटा स्ट्रिट लाइट, १५ वटा टेलिफोनका म्यान होल र १ वटा पानी ट्यांकी रहेका छन् । त्यस्तै, १२.५० किलोमिटर दुरीको चावहिल-जोरपाटी-साँखु सडकमा १ हजार ५सय ८६ वटा अवरोध रहेका छन् । तीमध्ये ४ सय ८८ वटा घर टहरा, ४ सय ८६ वटा विद्युतका पोल, ३ सय ३० वटा रुख, २०६ वटा टेलिफोनका पोल, २६ वटा ट्रान्सफरमर, १९ वटा टेलिफोन क्याबिनेट र १ वटा पानी ट्यांकी रहेका छन् । अवरोध नभएका ठाउँमा धमाधम कालोपत्रे आयोजनाका प्रवक्ता विश्वविजय लाल श्रेष्ठले त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकमा पाँच किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम अघि बढेको बताए । त्यस्तै, चावहिल जोरपाटी साँखु सडकमा करिब ३ किलोमिटर सडक खण्डमा कालोपत्रे गर्ने तयारी अघि बढेको पनि बताए । यी दुबै खण्डमा अवरोध नभएका ठाउँमा कालोपत्रे गर्ने सरकारी निर्देशन अनुसार काम अघि बढाएको र चालु आव भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको पनि श्रेष्ठले बताए ।
सिटिजन्स बैंकद्धारा विद्यालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री जन उदय माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो एघारौँ बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको हो । एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले एक लाख रुपैयाँको चेक विद्यालयका व्यव्स्थापन समितिका अध्यक्ष शिवगोपाल थापा मगरलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा भण्डारीले समाजमा राम्रा र नराम्रादुवै प्रकृतिका मानिसहरु हुन्छन तर एक शिक्षित मानिसको जिम्मेवारी भनेको समाजमा रहेका खराब मानिसलाई आफ्नो समिपमा राखेर असल मानिसमा परिणत गर्नु हो भन्ने सारगर्भित विचार व्यक्त गरेका छन् । भण्डारीले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भएमात्र गुणस्तरीय शिक्षा प्रदान गर्ने सक्ने बताएका छन् । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने भण्डारीले बताए ।
राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न उर्जामन्त्री पुनकाे निर्देशन
काठमाडौं । जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । २०७४, ०७५ को दोस्रो चौमासिक प्रगति समस्या तथा मन्त्रालय स्तरीय विकाश समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्रीपुनले मन्त्रालय अन्तर्गतका राष्ट्रिय आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । नीतिगत तहकाकर्मचारी सहभागीउक्त बैठकमा मन्त्रीपुनले राष्ट्रिय गौरवकाआयोजना समयमै पुरा नभएको गुनासो बढ्दै गएको समयमा अब कुनै पनिबाहानामाविकासकाआयोजना रोकिन नहुने बताए । उनले मन्त्रालयमा भएको समस्या समन्वयात्मक ढङ्गबाट समाधान गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘राष्ट्रिय गौरवकाआयोजना रोकिनु भएन, बजेटको समस्याभए मन्त्रालयबाट समाधान हुन्छ ।’ मन्त्रीपुनले आयोजना समयमै सम्पन्न गर्दा आउने समस्या आफुलाई सिधै बताउन आग्रह गर्दै अन्य बाहानामा आयोजना ढिला सुस्ती नगर्न निर्देशन दिए । ‘काममा समस्या पर्दा सिधै मलाई भन्दा हुन्छ, समस्याको हल मन्त्रालयबाट हुन्छ । उनले भने, ‘अन्य बाहानामा काम रोकिनु हुँदैन ।’ मन्त्रीपुनले अबको समय मुलुकको विकाश र समृद्धि भएकाले यसमा सबैले आफ्नो भूमिकानिर्वाह गर्नुपर्ने बताए । माओवादी नेता समेत रहेका मन्त्रीपुनलेमुलुकले स्थिर सरकार पाएकाले पहिला जस्तो अनेक समस्याले विकाशकाआयोजना पन्छाउने जस्ता कार्य अब नहुने बताए । मन्त्रीपुनले नीति र नेतृत्वको निरन्तरताले अब काम हुने बताउँदै सबैविच समन्वय हुनुपर्नेमा जोड दिए । समितिको बसेको पहिलो बैठकमा मन्त्रीपुनले यस्ता बैठक नियमित हुनुपर्ने बताउँदै कर्मचारीबीच नीतिगत विषयमा छलफल र समिक्षा आवश्यक भएको उल्लेख गरे ।
बौद्ध महास्तुपा पुनः निर्माणमा १६ किलो सुन गायब, छानविन गर्न माग
काठमाडौं । ०७२ बैशाख १२ गतेको विनासकारी भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ महास्तुपाको पुनः निर्माणका क्रममा १६ किलो गायव गरिएको खुलेको छ । बौद्धनाथको पुनःनिर्माणका क्रममा ३१ किलो सुन खपत भएको खर्च देखाएपछि महालेखा परीक्षकको कार्यालयले पुरातत्व विभागको नियम भन्दा १६ किलो बढी सुन प्रयोग भएको देखिएकाले गायव गरिएको विश्लेषण गर्दै सरकारलाई छानविन गर्न निर्देशन दिएको हो । विभागको नियम अनुसार दर विश्लेषण गर्दा प्रति वर्गफिट एक चौथाइ (१/४) तोला सुन १६ हजार ४५८.६४ का दरले ८ करोड २२ लाख ९२ हजार मूल्यको १४ किलो ५८० ग्राम मात्र खपत मात्र हुनुपर्नेमा ३१ किलो खपत देखाएको महालेखाले जनाएको छ । बढी खपत देखिएको १६ किलोग्राम ४२० ग्रामको हुने मूल्य ८करोड ८८ लाख ८ हजार बढी गरिएको भनिएको मनासिब नदेखिएको ठहर गर्दै महालेखाले यसमा छानबिन अघि बढाउन सुझाएको हो । समितिले स्वीकृत गरेको लागत अनुमानमा सुन प्रयोग सम्बन्धमा आधार खुलाएको नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । कार्य सम्पन्न प्रतिवेदनमा सुन प्रयोगसम्बन्धी कार्य ४ हजार ९९९ वर्ग फिटमा गरी ३३ हजार ५३३ को दरले ३१ किलोग्राम सुन प्रयोग गरेको भनी १६ करोड ७६ लाख ६५ हजार खर्च भएको उल्लेख छ । बौद्ध महास्तुप पुनः निर्माण गर्न १२ करोड ४६ लाख ७ हजारको लागत अनुमान स्वीकृत भएकोमा समितिका दुई सदस्य र एक कर्मचारीमार्फत अमानतबाट काम गराई २१ करोड ९८लाख ४८ हजार अर्थात ७६.४३ प्रतिशत बढीमा काम सम्पन्न गराइएको छ । यस्तै महास्तुपको हर्मिका, त्रयोदश भूवन,छत्रको सेट तथा गजुरको सम्पूर्ण भागमा मोलम्ब लगाउने काम गर्न पहिचान नखुल्ने चीनको एक संस्थाले आफ्नै खर्चमा गर्न अनुरोध गरेकोले २०७३ असोजसम्ममा काम सम्पन्न हुने गरी त्यस संस्थाका प्रतिनिधिसँग २०७२ माघ १० मा सम्झौता गरेको देखिन्छ । सम्झौतापश्चात् विभिन्न व्यक्ति र संस्थाले समितिमा छुट्टै उपलब्ध गराएको ४८ तोला ८९ लालसमेत कुल ३१ किलोग्राम सुन खर्च भएको जनाएको छ । चिनियादातासँग भएको सम्झौतामा कुनै श्रद्धालुले अर्पण गरेको सुन मोलम्ब लगाउन प्रयोग गर्नुपर्ने उल्लेख भएकोले छुट्टै प्राप्त भएको सुनसमेत सोही कार्यमा प्रयोग गरेको समितिको भनाई रहे पनि दाता र श्रद्धालुले दिएको स्पष्ट अभिलेख तयार नगरेकोले खर्च परिमाण यकिन गर्न नसकिएको महालेखाले जनाएको छ । भूकम्पले क्षति पु¥याउनु अघि महास्तुपको हर्मिका, त्रयोदश भूवन, छत्रको सम्पूर्ण सेटमा जडित सुनको मोलम्ब पुनः प्रयोगमा ल्याएको छैन । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ अनुसार बोलपत्रको माध्यमबाट गराउनु पर्ने कार्य नियम विपरीत अमानतबाट गराएको र खर्चको बिल भरपाई र डोर हाजिरी फाराम परीक्षण गर्दा जिल्ला दरअनुसार ज्याला भुक्तानी दिएपछि पुनः खाजा खुवाएको भनी थप खर्च दाबी गरेको, सुरु लागत अनुमानको तुलनामा ७६.४३ प्रतिशत बढी खर्च गरे पनि थपकाम (भेरिएसन) स्वीकृत नभएको तथा सुनको प्रयोगसम्बन्धमा यथार्थ हिसाब नदेखाएकोले पुनर्निर्माणमा भएको खर्च सम्बन्धमा विश्वस्त हुन नसकिएको महालेखाको ठहर छ । आर्थिककार्यविधि नियमावली, २०६४ को नियम २७(१) मा कुनै विदेशीदाताबाट जिन्सी सहयोग प्राप्त गर्दा राष्ट्रिययोजना आयोगको परामर्श लिई अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्नेमा सो कार्यसमेत नगरेको पाइएको छ । पुरातात्विक महत्वका संरचनाको निर्माण तथा मर्मत कार्य गर्दा पुरातत्व विभागबाट स्वीकृत नम्र्स प्रयोग गर्नुपर्दछ । बौद्ध महास्तुप पुनर्निर्माणको मुख्य आइटमको रुपमा रहेको हर्मिका, त्रयोदश भूवन, छत्रको सेट तथा गजुरसमेतको ५ हजार ५८६ वर्गफिटमा प्रतिवर्गफिट आधा तोला प्रयोग गर्न सुनको मूल्य १४ हजार ७२३ का दरले ८ करोड २२ लाख ५३ हजारको लागत अनुमान विभागको नम्र्स प्रयोग नगरी स्वीकृत गरेको पाइएको छ ।
एनआईसी एशियाकाे ९ प्रतिशत ऋणपत्र नेप्सेमा सूचिकृत, बजारमा कारोबार गर्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंकले जारी गरेको ‘९ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८१/८२’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ । उक्त ऋणपत्र सूचीकृत भएसँगै बोण्डधनीहरुले ‘९ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८१/८२’ धितोपत्र बजारमा कारोवार गर्न सक्ने भएका छन् । बैंकको उक्त ऋणपत्र सूचिकृत गर्ने सम्झौतामा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् । बैंकले जारी गरेको उक्त ऋणपत्र देशको हालसम्मकै ठूलो रकमको भएको, जसका लागि तोकिएको समयावधिभित्र शतप्रतिशत आवेदन परी बाँडफाँड भएको थियो । उक्त ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडद्धारा “LA–” क्रेडिट रेटिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्गले तोकिएको समयमा वित्तीय दायित्व पूरा गर्ने सक्ने बैंकको क्षमता तथा कर्जा जोखिम औसत कम रहेको जनाउँछ ।
मुद्धा लागेका सांसद अब स्वतः निलम्बन हुने
काठमाडौं । फौजदारी अभियोग लागेका सांसदहरु अब स्वतः निलम्बनमा पर्ने भएका छन् । प्रतिनिधिसभा नियमवालीमा फौजदारी अभियोग लाग्ने वित्तिकै सांसद निलम्बन हुने व्यवस्था प्रस्ताव गरिएको हो । एमालेका सासंद कष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा कुनै पनि सासंदलाई मुद्दा लागेमा, पुर्पक्षका लागि थुनामा राखिएमा उक्त सासंदको पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्न लागेको हो । संयोजक पोखरेलले विगतमा मुद्दा लागि सकेर जेलमै रहे पनि ससंद पद रहिरहने व्यवस्था भए पनि अबका दिनमा मुद्दा सम्बन्धमा अन्तिम फैसला नभए सम्म निलम्बन हुने व्यवस्था गर्न लागिएको बताए । फैसलाले सासंद निर्दोष ठहरिए निलम्बन फुकुवा हुने र दोषी ठहरिए पद मुक्त हुने व्यवस्था गर्न लागिएको पोखरेलले बताए । कुनै सासंद पदमुक्त भएको खण्डमा उक्त निर्वाचन क्षेत्रमा पुनःनिर्वाचन गराएर संसद पद पूर्ति गर्ने व्यवस्था नियमावलीले गर्ने उनको भनाई छ ।
मौरीपालक किसानका ९० क्विन्टल महले बजार पाएन
काठमाडौं । मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् । उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेका कारण मह बेच्ने ठाउँ नहुदा समस्या भएको हो । स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसान घरमै मह भण्डारण गरी बजार खोज्न थालेको मेलीफेरा मौरीपालन सहकारी संस्था अध्यक्ष बोधराज खतिवडाले बताए । उर्लाबारी क्षेत्रमा मात्र यो मौसममा ९० क्विन्टल मह उत्पादन भएको छ । किसान रमेश खड्काका अनुसार तोरी फुल्ने मौसममा भन्दा जंगली बिरुवा फुल्ने मौसममा मह बढी उत्पादन भएको छ । एक दिन अघि मह काढ्नु भएका खड्काले घरमा धान भण्डारण गरे जसरी नै मह राखेको बताए । खड्काले यो वर्ष तोरी फुलेको सिजनमा चार क्विन्टल र जंगली फूलको मौसममा दुई क्विन्टल गरी छ क्विन्टल मह उत्पादन गरका छन् । प्राविधिक सहायक खनालका अनुसार महलाई आगोमा पकाउनु हुँदैन, तर बहुराष्ट्रिय कम्पनीको मह ८० डिग्री तापक्रममा उमालेको हुन्छ । त्यसैले, सबै फूलबाट प्राप्त मह एकै रङको हुने हुन्छ । हरेक वनस्पतिअनुसार महको पनि फरक स्वाद र रङ हुने हुनाले स्वदेशी महको प्रयोग उपयोगी हुन्छ ।-रासस