विकासन्युज

बजेटमा लगानीकर्ताका मागः १५ खर्बको सेयर बजार २७ किलोमिटर भित्र, ब्रोकरको सिण्डीकेट कहिलेसम्म ?

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले १५ खर्ब रुपैयाँको सेयर बजारलाई २७ किलोमिटर भित्र नखुम्च्याउन माग गरेको छ । फोरमले अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाउन तयार पारेको ज्ञापन पत्रमा सेयर बजार विस्तार सम्बन्धी आफ्ना धारणा अघि सारेको छ । फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले अर्थमन्त्रीलाई भेटेर सेयर बजारको विस्तार र विकासका लागि नयाँ बजेटमा आफ्ना सुझाव दिने तयारी भैरहेको बताए ।फोरमले १५ खर्ब रुपैयाँको सेयर बजारलाई २७ किलोमिटरको रिङरोडभित्र कैद नगर्न, सेयर बजारमा ब्रोकरको सिण्डीकेट तोड्न माग गरेका छन् । फोरमले यी बिषय समेटेर अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदैछ बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल कार्यान्वयन गर्ने बाटो खोलियोस् । ब्रोकर लाइसेन्स मर्चेण्ट बैंकरलाई दिए पनि हुन्छ । बैंक वा मर्चेण्ट बैंकरलाई ब्रोकर लाइसेन्स दिएर ७७ वटै जिल्लामा सेयर बजारलाई विस्तार गरियोस् । ५० वटा ब्रोकर कम्पनीबाट सेयर बजारलाई मुक्त गरियोस् । यातायात क्षेत्रको सिण्डीकेट अन्त्य भयो अब पुँजी बजारको सिण्डीकेट कहिले हट्छ ? उपत्यका भित्र ५० वटा र बाहिर ५० वटा गरि १०० ब्रोकरलाई लाइसेन्स दिनुपर्छ । ब्रोकर कमिसन घटाउनु पर्यो । ब्रोकर कमसिन नै पुँजी बजारको बाधक हो । यसलाई घटाएर बजार बढाउन सहयोग गर्नुपर्छ । एनआरएनलाई पनि सेयर बजारमा लगानीको वातावरण बनाउनु पर्छ । एनआरएनलाई लगानी गर्न झ्याल खुलेको छ अब ढोका खुलाउनु पर्छ । उनीहरुलाई सहि बाटोबाट लगानी गर्न दिने र त्यस्तो लगानीबाट आएको मुनाफा फिर्ता लैजाने वातावरण बनाइदिनु पर्छ । अनलाईन कारोबारलाई तोकिएकै समयमा ल्याउनु पर्छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई मार्केट डिलरको लाइसेन्स दिनुपर्छ । म्युचुअल फण्डलाई उचित नियमन गरिनु पर्छ । पुँजी बजारमा भ्याट लगाउनै हुन्न् । भ्याट भनेको अन्तिम उपभोक्ताले तिर्ने हो । सेयर बजारका लगानी कर्ता अन्तिम उपभोक्ता होइनन् । पुँजी बजार भनेको चल सम्पति हो । चल सम्पतिमा भ्याट लगाउने नियम संसारमै छैन् । नेपालमा पनि भ्याट लगाउने कुराले पुँजी बजारको विस्तार हुनै सक्दैन् ।

सरोज सिटौला सहित अन्य व्यवसायीको बैंक खाता रोक्का गर्न गृहको राष्ट्र बैंकलाई पत्र

काठमाडौं । गृहमन्त्रालयले सिन्डिकेटधारी व्यवसायीको बैंक खाता रोक्का गर्न राष्ट्र बैकलाई चिठी काटेको छ । व्यवसायीहरुको सम्पत्ति छानमिन गर्न मन्त्रालयले बैंक खाता रोक्का गरेको हो ।गृहमन्त्रीका प्रेस सल्लाकर किरण भट्टराई अनुसार सिन्डिकेटधारी सबै यातायात व्यवसायीको बैंक खाता रोक्का गर्न मन्त्रालयले बैंकलाई पत्र काटेको हो । यसअघि गृहमन्त्री रामबहादुर थापाले अत्यावश्यक ऐन २०१४ अनुसार सबै प्रक्रिया अपनाउन सबै जिल्लाका सिडियोलाई निर्देशन दिएका थिए ।

नक्कली प्रमाणपत्र पेस गरी जागिर खाने ६ जना सरकारी कर्मचारीलाई अख्तियारले समात्यो

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागीर खाने ६ जना कर्मचारी विरुद्ध अख्तियारले कारबाहि प्रक्रिया अघि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग‚ टङ्गालमा शैक्षिक योग्यता सम्बन्धी परेको उजुरीमा अनुसन्धान हुँदा विभिन्न सरकारी कार्यालय‚ संस्थान र शैक्षिक निकायमा कार्यरत कर्मचारीहरुले नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको हो । भारतका विभिन्न बोर्डबाट जारी नै नभएका शैक्षिक योग्यताको प्रमाणपत्रहरु झुठा बनाइ अनुचित लाभ लिने उद्देश्यले नियुक्ति र बढुवाको लागि पेश गरेको तथ्य प्रमाणित हुन आएपछि ६ जना विरुद्ध कारबाहि प्रक्रिया अघि बढेको हो । ६ जना विरुद्ध नै विशेष अदालत‚ काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । यस्ताे छ नक्कली शैक्षिक प्रमाणपत्र बुझाउने कर्मचारीको विवरण

घान्द्रुकमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा, संख्या १९ पुग्यो

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीको घान्द्रुकमा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । यो सहित यस बैंकको हालसम्म १९ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आइसकेको छ । बैंकले उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । बैंकले हाल ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८५ स्थानवाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटलबीच नगद रहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म स्टार हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापाले स्टार हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म नगद रहित हस्पिटलाईजेसन सुविधा प्रदान गर्ने संझौता गरेकोमा अस्पतालको संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिएका छन् । साथै, स्टार हस्पिटलले आफ्ना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्ससंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन दिने छ । त्यस्तै, अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा यस इन्स्योरेन्सबाट प्राप्त गर्नसकिने कम्पनीले जनाइको छ ।  

काठमाडौंबाट महासंघका महासचिव सरोज सिटौला पक्राउ (भिडियोसहित)

काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन आउँदा क्लबको कार्यालय परिसरबाटै पक्राउ गरेको हो । सादा पोशाकमा आएका प्रहरीले सिटालालाई पक्राउ गरेर महानगरिय प्रहरी परिसर टेकुमा लगेको छ । क्लबमा आउनुअघि उनले क्लबका अध्यष ऋषि धमलालाई टेलिफोन गरेर पक्राउ पर्ने सम्भावना भएकाले कार्यक्रममा आउँ कि नआउँ भनेर सोधेका थिए । धमलाले क्लबमा सरकारी निकायका सरोकारवाला पनि साक्षात्कारमा आउने जानकारी दिएर सिटौलालाई बोलाएका थिए । भिडियो

सामाजिक सञ्जालमा मोदीका बढी ‘फलोअर’ तर ट्रम्प अन्तरक्रियात्मक

जेनेभा । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेका एक अध्ययनले देखाएको छ । जेनेभामा बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षणले यस्तो देखाएको  छ । उक्त सर्वेक्षणअनुसार ट्वीटरमा बढी सक्रिय भनिएका अमेरिकी राष्ट्रपति ट्रम्पभन्दा भारतीय प्रधानमन्त्री मोदीलाई बढी लोकप्रिय देखाएको छ । उक्त सर्वेक्षणका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पका ट्वीटरमा दुई करोड ३२ लाख जना फलोअर रहेका छन् । उनको तुलनामा भारतीय प्रधानमन्त्री मोदीका भने फेसबुकमा झण्डै दोब्बर अर्थात् चार करोड ३० लाख फलोअर रहेका छन् ।अध्ययनले एसियामा फेसबुकको बढी प्रचलन रहेकोले पनि मोदीका फेसबुक फलोअर बढी भएको अनुमान गरेको छ । उक्त संस्थाले विश्वका नेताहरुले के कसरी सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् भन्ने बारेमा अनुसन्धान गरेको बताइएको छ । यस अनुसन्धानकाअनुसार क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन यसरी सामाजिक सञ्जालको प्रयोग गर्ने नेतामा पाँचौँ नम्बरमा परेका छन्। फेसबुकमा उनका ९६ लाख फलोअर रहेका छन् । तर यस संख्यालाई भने क्याम्बोडियाका फेसबुक प्रयोगकर्ताकै कम्तीमा पनि आधा संख्या भनी आलोचना गरिएको छ । त्यस सर्वेक्षणले ती नेताहरुका सामाजिक सञ्जाल अकाउन्टमा पोष्ट गरिएका र तिनमा प्रतिक्रिया दिइएका विषयवस्तुलाई पनि समेटेको छ । उक्त सर्वेक्षणले सन् २०१७ को जनवरी १ पछिको १४ महिनामा विश्वका राज्य तथा सरकार प्रमुखका ६५० वटा व्यक्तिगत र सरकारी सामाजिक सञ्जाल पेजहरुको अध्ययन गरेको थियो । जसमा अमेरिकी राष्ट्रपति ट्रम्प सबैभन्दा बढी अन्तरक्रियामा रहेका नेताका रुपमा पाइएको छ । यस १४ महिनाको समयावधिमा अमेरिकी राष्ट्रपति ट्रम्पको पेजमा २० करोड ४० लाख वटा प्रतिक्रिया, लाइक वा सेयर गरिएको पाइएको छ । तर त्यसको तुलनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अकाउन्टमा भने ११ करोड मात्र प्रतिक्रिया प्राप्त भएका छन् । उक्त अध्ययनले मोदीका बढी फलोअर तर अमेरिकी राष्ट्रपति ट्रम्प बढी अन्तरक्रियात्मक भनेर निष्कर्ष निकालेको छ । हरेक दिन अमेरिकी राष्ट्रपति ट्रम्पले अनुपातमा कम्तीमा पनि पाँच वटा पोष्ट गरेका छन् । तर पनि भारतीय प्रधानमन्त्रीले भने त्यसको आधामात्र गर्ने गरेका छन् । रासस/एएफपी

काठमाडौं प्रहरी प्रमुख विश्वराज पाेखरेल भन्छन्-सिण्डीकेटधारीलाई पक्रन प्रहरी परिचालन भैसक्यो

काठमाडौं । सिन्डिकेटको माग गर्दै आन्दोलनमा गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधीकारीलाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ । गृहमन्त्री राम बहादुर थापाले आन्दोलनकारीलाई पक्रेर जेल हाल्न निर्देशन दिएपछि व्यवसायी पक्रन प्रहरी परिचालन गरिएको हो । काठमाडौंमा रहेका व्यवसायीलाई पक्रन प्रहरी परिचालन भैसकेको प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिए । उपत्यका बाहिरका व्यवसायीहरु धमाधम पक्राउ पर्न थालेपछि काठमाडौंमा पनि व्यवसायीको खोजी सुरु भएको हो ।