सरकारसामु सिन्डिकेटधारी झुकेपछि यातायात चल्याे, यात्रुमा खुसी छायो (फोटो फिचरसहित)
काठमाडौं । सरकारसामु सिन्डिकेटधारी यातायात व्यवसायीहरु झुकेपछि पूर्ववत यातायात सञ्चालन भएको छ । सरकार सिन्डिकेटको विरुद्धमा कडा रुपमा प्रस्तु भएपछि आन्दोलनरत यातायात व्यवसायीहरु झुक्न बाध्य भएका हुन् । व्यवसायीको आन्दोलनप्रति सरकार कडा रुपमा उत्रदै शुक्रबार महासंघको संयुक्त आन्दोलन मूल समितिका पदाधिकारीहरुलाई पक्राउ गर्दै रुटपरमिट खारेजदेखि व्यवसायीहरुको सम्पत्तिमाथि छानबिन गर्नेसम्मको प्रक्रिया अघि बढाएपछि शनिबार यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समिटिले आन्दोलन फिर्ता लिएको हो । शुक्रबार नयाँ वसपार्क, सामाखुुुुसी, सिनामंगल र रत्नपार्क चल्ने २६ ओटा माइक्रोवसको रुटपर्मिट सरकारले खारेज गरेकोे छ । त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सुवेदी, महासचिव सरोज सिटौला, सह–कोषाध्यक्ष डम्बर पन्त लागयत देशभर रहेका यातायात संघ, पदाधिकारीहरु गरि सय जनाको हाराहारीमा पक्राउ गरिएको छ । यात्रुमा खुसी छायो आन्दोलनकारी यातायात व्यवसायी गलेकाेमा यात्रु तथा गाडी चालकहरु खुसी भएका छन् । बर्षौदेखि जरा गाडेको सिन्डिकेट हट्ने भएपछि यात्रु, सर्वसाधानरण, यातायात व्यवसायी, सवारी चालक लगायतमा खुसी छाएको हो । काठमाडाैंबाट नेपालगन्ज जान लागेका दिवाकर अधिकारीले यातायात व्यवसायीहरु पछि हटेकोमा खुसी भएको बताए । ‘सरकारले कडा कदम चालेपछि उनीहरुले आन्दोलन फिर्ता लिन बाध्य भएका हुन्,’ उनले भने ‘हामीलाई शुक्रबार यात्राको लागि केही असहज भएपनि देशको लागि राम्रो हुने भएको छ ।’ अर्का दाङको लागि कलंकिमा वस पर्खाइमा रहेका कमल केसीले पनि सिन्डिकेटर व्यवसायीहरुप्रति आक्रोस पोख्दै पक्रेकाहरुलाई सहजै छोड्न नहुने धारणा राखे । ‘सरकारले यातायात क्षेत्रमा कडा कदम चालेर राम्रो गरेको छ,’ उनले भने ‘त्यस्तै अन्य विभिन्न क्षेत्रको सिन्डिकेट हटाउन पनि त्यस्तै कदम चालोस् ।’ त्यस्तै रत्नपार्कदेखि कोटेस्वर सार्वजनिक यातायातका चलाउदै आएका एक चालकले यातायात क्षेत्रमा ठुलो समस्याको रुपमा रहेको समितिहरुको सिण्डिकेट अन्त्य हुने भएकोमा खुसी माने । ‘ठिकै छ शुक्रबार उनीहरुले आन्दोलनले केही असर पर्यो,’ उलने भने ‘तर सिन्डिकेट हटेपछि यातायात क्षेत्रको भविश्य धेरै राम्रो हुन्छ ।’ उनको अनुसार अहिले समितिको नाममा दैनिक, मासिक, वार्षिक हजारौं, करोडौं रकम असुल्दै आएको छ । समितिको हालिमुहालीनै चलेको छ । त्यो हट्नेछ । प्रतिस्पर्धाको आधारमा सर्वसाधारणले पनि गाडी सञ्चालन गर्न सक्नेछन् ।
शनिबार ग्यारेजमा रहेका सवारी कब्जा गरी १२ हजार सरकारी ड्राइभरले सञ्चालनमा ल्याउने
काठमाडौं । गृह मन्त्रालयले भोली पनि व्यवसायीको आन्दोलन जारी रहे सवारी साधनलाई कब्जा गरी सञ्चालनमा ल्याउने भएको छ । गृहले अत्यावश्यक ऐन २०१४ अनुसार नागरिकलाई सुविधा दिन लागेको हो । गृहमन्त्री राम बहादुर थापाका प्रेस सल्लाहाकार किरण भट्टराईका अनुसार गृहले शसस्त्र र नेपाल प्रहरी प्रयोग गरी सवारी सञ्चालनमा ल्याउन लागेको हो । “सरकारले करिब १२ हजार ड्राइभर तयार गरेको छ, सुरक्षा बलले ग्यारेजमा रहेका सवारीसाधन समेत कब्जा गरी सञ्चालनमा ल्याउन सक्छ,” गृहमन्त्रीलाई उदृत गर्दै भट्टराईले विकासन्युजसँग भने । सरकारले विद्यालय प्रहरी, शसस्त्र प्रहरी, अस्पताल लगायतका बस समेत सञ्चालनमा ल्याउन लागेको छ । सवारी सञ्चालनको लागि प्रहरीका ड्राइभर तयार भैसकेको काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले बताए । “सरकारको आदेश बमोजिम नेपाली जनतालाई सुरक्षा दिन नेपाल प्रहरी तयार छ, हामीले काठमाडौंबाट केहि व्यपारीलाई पक्राउ गरिसकेका छौं अझै केहि व्यक्ति पक्रन बाँकी छ” प्रमुख पोखरेलले भने । केहि दिन सवारी साधन सञ्चालन राम्ररी नहुदा जनतामा समस्या हुने तर यसले दिर्घकालिन रुपमा राम्रो गर्ने यातायात व्यवस्था विभागका सूचना अधिकृत तुलसीरा अर्यालले बताए । अब सरकार आवश्यक ऐन २०१४ अनुसार अघि बढ्नेछ । ऐन हेर्न तल क्लिक गर्नुहोस यस्तो छ आवश्यक ऐन २०१४
सरकारी, प्रहरी, सेना र स्कुलका बस पनि सञ्चालनमा ल्याउने तयारी
काठमाडौं । शनिबारदेखि यात्रुलाई असुविधा हुन नदिन सरकारले बैकल्पिक व्यवस्था गरेको छ । यातायात व्यवस्था विभागमा दर्ता भएका कम्पनीका बस, पर्यटक, सरकारी, सेना, प्रहरी र स्कुलका बस चलाउने तयारी भएको छ । अहिले निजी कम्पनी र पर्यटक बस सञ्चालन भइरहेको र आवश्यक परेमा सरकारी, प्रहरी, सेना र स्कुलका बस सञ्चालनमा ल्याइने विभागका सुचना अधिकृत तुलसीप्रसाद अर्यालले बताए । विभागले ३ वटा विकल्प सोचेको उनले जानकारी दिए । ३ वटा विल्कप रहेको पहिलो विकल्प विभागमा दर्ता भएका कम्पनीका बस दोस्रा सरकारी निकायका बस र सार्वजनिक सवारीको व्यवस्था गरेर यात्रुलाई सुविधा दिने भएको छ ।
सरकारले अब प्रतिस्पर्धाबाट मात्र गाडी सञ्चालन गर्न दिने
काठमाडौं । सरकारले केही महिनाभित्र देशभरी सडक रुटमा यातायात कम्पनीबीच प्रतिस्पर्धा गराएर मात्र गाडी सञ्चालनको इजाजत दिने भएको छ । सिण्डिकेट हटाउने अभियान अन्र्तगत सरकारले निजी कम्पनीबीच प्रतिस्पर्धा गरेर सवारी सञ्चालनको तयारी थालेको हो । रुट अध्ययनको प्रतिवेदन आएपछि विभागले प्रतिस्पर्धाबाट सवारीसाधन सञ्चालन गर्न दिने सुचना अधिकृत तुलसीराम अर्यालले बताए । उनले रुटको अध्ययन प्रतिवेदन तयारी अन्तिम चरणमा पुगेको बताउदै आउदो २ महिनाभित्र रुटको प्रतिस्पर्धा सुरु हुने जानकारी दिए । पहिलो चरणमा मध्यपश्चिम र सुदुरपश्चिमको रुटको अध्ययन गरेर प्रतिवेदन तयार अन्तिम चरणमा पुगेको उनले बताए । “आउदो २ महिनाभित्र रुटको विस्तृत अध्ययन सम्पन्न भएपछि प्रतिस्पर्धा गराएर मात्र सवारीसाधान सञ्चालनमा आउने छन्” उनले भने “हाल समितिको शिफारिशमा भएको जस्तो हुदैन व्यसायीबीच प्रतिस्पर्धा हृुने छ ।” रुटमा यात्रुको संख्या र यातायात सञ्चालन गर्ने कम्पनीको विवरण लिने उनले बताए । उनले शुक्रबार बन्द हुने सवारीसाधानको विवरण संकलन कार्य जारी रहेको बताउदै यातायात सञ्चालन नगर्नेको धमाधम रुट इजाजत निलम्बन गर्ने उनले जानकारी दिए । अबको विकल्प अरुलाई रुट खुला गर्ने उनले बताए । नयाँ यातायात व्यवसायीले रुट माग्नसाथ दिने उनले स्पष्टपारे । जानीजानी सवारीसाधन बन्द गर्नेको रुट आजैबाट निलम्बन हुने उनले जानकारी दिए । विभागले देशभरी रुट अध्ययन गराउने र प्रतिस्पर्धाबाट दिने काम भईरहेको उनले सुनाए । प्रतिस्पर्धामा गएपछि सवारीसाधन यात्रुमैत्री र स्वच्छ हुने छ । विभागमा ३० लाख ५३ हजार सवारीसाधन दर्ता भएका छन् । त्यसमध्ये २४ लाख ६ हजार मोटरसाइकल, ४८ हजार ४५८ ठुलाबस, २४ हजार ८७२ मिनीबस, ८३ हजार ७१० ट्रक, कार र जीपको संख्या २ लाख ७० हजार ६६५, पिकअप ५१ हजार ९०, माइक्रोबस ६ हजार ६५७, ट्याम्पु ३९ हजार ५७५ रहेका छन् । ट्याक्टर र पावर टेल १ लाख ८५६ रहेको विभागले जनाएको छ ।
‘वाईवाई ग्लोकल टिन हिरो’को चौथो संस्करणका लागि आवेदन खुला, २० वर्षमुनिकाले भर्न पाउने
काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो’को चौथो संस्करणका लागि आवेदनको आह्वान गरिएकाे छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन यस कार्यक्रमकाे अायाेजना गरिएकाे हाे । यस मन्चमार्फत किशोर-किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर-किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ। समर्पित र रचनात्मक किशोर-किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो चौथो वर्ष हो। यस वर्ष देशको विभिन्न ठाउँबाट किशोर किशोरीहरुलाई यस कार्यक्रममा सहभागी गराउने उद्येश्यले काठमाडौं उपत्यका लगायत धनगडी, महेन्द्रनगर, नेपालगञ्ज, बाग्लुंग, बुटवल, भैरहवा, जनकपुर, झापा, बिराटनगर, लहान र पोखरा गरी विभिन्न २८ सहरहरुमा ग्लोकल समूह लगाएत गत वर्षका टिन हिरो २० अन्डर २० सदस्यहरु जाने भएको छ । ‘हामी नेपालको ४०० वटा स्कूलहरुमा पुग्ने छौ र ८ देखि १२ कक्षाका ५०००० विद्यार्थीहरुसंग कार्यक्रमको छलफल गर्नेछौ साथ-साथै सुरुंगा, बिराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज, धनगडी र पोखरामा कार्यक्रमको बिस्तृत गतिबिधिहरुको छलफल गर्ने निर्णय गरेका छौ।’ ग्लोकल प्रा.ली.कीपि.आर.म्यानेजर र वाईवाई ग्लोकल टिन हिरोकी संयोजक काजोल झाले बताए । पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्क्षाको आधारमा ग्लोकल २०अन्डर २०को घोषणा गरिनेछ। त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०१८को बिजेता घोषणा गरिनेछ। वाईवाई ग्लोकल टिन हिरोका सहभागीहरुको निर्णायको लागि ५ जुरी सदस्यको समूह हुनेछ जसमा, अम्बुजसिंह, कन्ट्री डिरेक्टर, कोकाकोला नेपाल, युएनडीपी निर्देशक रेनौ डमेएर, वैद्य उद्योग संगठनका अध्यक्ष्य सुरज वैद्य, सोल्टी क्रावने प्लाजाका महाप्रबन्धक, उपलमजुमदार, स्याकर ट्रडिंगकी मुख्य ब्राडिंग अधिकारी जनाज्योति र प्रिस्माका मुख्य कार्यकारी अधिकारी रंजित आचार्य रहनेछन्। ‘ ग्लोकल टिन हिरोको बिगत तिन वर्षमा हामीले राम्रो सोच र क्षमता भएका सहभागीहरु पाएका थियौ । किशोर-किशोरीहरुसँग पनि विभिन्न क्षमता छ। उनीहरु समाज र राष्ट्रको विकासका लागि प्रभाव पार्ने विभिन्न कार्यक्रमहरु गर्दै आएका छन्, तर उनीहरुको क्षमता प्रदर्शन गर्न कुनै मन्चन भएको कारण उनीहरुलाई आफ्नो र देशको विकास गर्न एक मौका र मन्च प्रदान गर्ने उदेश्यले यस कार्यक्रम सन्चालन गर्दै आएको हो ।’ ग्लोकल प्रा.ली.का कार्यकारी निर्देशक आशिष ठाकुरले बताए । ग्लोकल टिन हिरो २०१८को पुरस्कार समारोह सेप्तेम्बेर१,२०१८मा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी नेपालका २५०ं प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको हो। यस वर्ष ग्लोकल टिन हिरोको आवेदन ५मे,२०१८बाट खुल्ने छ र अनलाइन आवेदन www.nepal.glocalteenhero.com मार्फत निशुल्क भर्न सकिन्छ। वाईवाईद्धारा प्रस्तुत ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन २०१८को दोश्रो संस्करण त्यसैगरी, सेप्तेम्बेर१,२०१८मा वाईवाईद्वारा प्रस्तुत ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन२०१८को दोश्रो संस्करण सम्मेलन आयोजना गर्न लागेको हो। यो सम्मेलन किशोरकिशोरीहरुको आफ्नो हितको प्रमाणित मुद्दा, राष्ट्रिय विकासका बाधा र जनेरेस्नल बाधाहरु बुझ्न अधिकारिक रुपमा छलफल गर्न अवसर हो। यस सम्मेलनले विभिन्न राष्ट्र जस्तै भारत, बंगलादेश, नेपाल, जमैका, मलावी, भिएतनाम, घानाआदिका किशोर किशोरीहरुको विचार, अनुभव, भोगाईहरुलाई प्यानल छलफलमार्फत प्रदर्शन गरिनेछ। सम्मेलनमा मुख्य प्यानलको रुपमा उद्यमशीलता, शशक्तिकरण र सामाजिक परिप्रेक्ष्यमा आधार भई छलफल गरिनेछ जसमा किशोर किशोरीले आफ्नो प्रस्तुतीकरण गर्ने मौका पनि पाउनेछन्। यस सम्मेलनको मुख्य उदेश्य भन्नुपर्दा जस्तो पनि गाह्रो परिस्थिति भएका देशहरुमा काम गर्ने किशोरकिशोरीहरुको उदाहरण कायम गर्न र प्रयास गरे सबै सम्भव छ भन्ने सकारात्मक विचार फैलाउने रहेको छ। विभिन्न देशका साथीहरुसंग सहभागी कर अन्तरक्रियात्मक कार्यक्रमद्वारा ज्ञान र अनुभव सिक्ने मंच प्रदान गर्नेछ जसबाट उनीहरुले नेतृत्व, शशक्तिकरण, सामाजिक परिप्रेक्ष्यको बारे ज्ञान लिन सक्नेछन्। यस सम्मेलन पश्चात वाईवाई ग्लोकल टिन हिरो २०१८ को बिजेता घोषणा गरिनेछ।
रत्नपार्कदेखि नयाँ बसपार्कसम्म दिगो सार्वजनिक यातायातले पायो रुट इजाजत, कम्पनीको मात्र टिकट बिक्री काउन्टर
काठमाडौं । यातायात व्यवस्था विभागले राजधानीको रत्नपार्कदेखि नयाँ वसपार्कसम्मको रुट इजाजत खारेज गरेर दिगो सार्वजनिक यातायात सेवा प्राइभेट लिमिटेडलाई अनुमति दिएको छ । शनिबारदेखि सो रुटमा दिगो यातायातका सबारीसाधन मात्र सञ्चालन हुने भएका छन् । सो क्षेत्रमा चल्दै आएका २६ वटा माइक्रोबसको इजाजत रद्ध गरेको विभागका सुचना अधिकृत तुलसीराम अर्यालले बताए । राजधानीमा सबैभन्दा बढी सवारी चल्ने सो रुटमा शुक्रबार सिण्डिकेटधारी यातायात व्यवसायीले गाडी नचाएपछि विभागले पहिलो चरणमा यो सडकको रुट इजाजत निलम्बन गरेको हो । विभागमा दर्ता भएका सवारीसाधनले मात्र शनिबारदेखि सञ्चालन हुन पाउनेछन् । नयाँ बसपार्कमा अबदेखि कम्पनीको मात्र टिकट बिक्रीकाउन्टर रहने भएको छ । समितिका काउण्टर खारेज गरिएको विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागको सिन्डिकेट विरुद्ध काउन्टर: २६ माइक्रोबसको रुट परमिट खारेज सूचिसहित
काठमाडौं । यातायात व्यवस्था विभागले सिन्डिकेट विरुद्ध कडा निर्णय लिएको छ । विभागले आन्दोलन गर्ने व्यवसायीका २६ माइक्रोबसको रुट परमिट खारेज गरेको हो । सूचि हेर्नुहोस
साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीले दिए ३० लाख रुपैयाँ
काठमाडौं । २ वर्ष देखि साउदी जेलमा बन्दीजीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् । यातायात दुर्घटनामा जेल परेका राईलाई साउदीअदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उनले २ वर्ष देखि बन्दी जीवन बिताइरहेका थिए । इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा राईको परिवार र इन्द्रेणी सांगीतिक समूहसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जेल प्रेमबहादुरको जेल मुक्तिकालागि साउदी सरकारसँग कुरा गर्ने बताएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वको अन्य देशका नागरिक र नेपाली नागरिक विदेशिनु पर्ने कारण फरक रहेको बताए । नेपाली नागरिक विदेशिने तरिका डरलाग्दो रहेको उनले बताए। ‘अरु देशका नागरिक फरक तरिकाले विदेश जान्छन् । हामी जस्तो प्रकारले विदेशगएका छौं, त्यो डरलाग्दो छ । गरिवी र दुःख हटाउन जान्छौं, त्यसमाथि ठगिन्छौं । अज्ञानता र सोझोपनको शिकार हुन्छौं र झन् दुःख पाउँछौं ।’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो राष्ट्रको ढुकुटीको अवस्थात्यति राम्रो छैन, तर अब हामीले हाम्रै देशमा उत्पादन बढाउनु छ, उद्योग खोल्नु छ, यहिँ रोजगारी रिर्जना गर्नुछ । त्यसका लागि यो सरकार बनेको हो । नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिवी हटाउन आफ्नो नेतृत्वमा सरकार बनेको ओलीले बताए । विदेशमा बन्दी जीवन बिताइरहेका नेपालीको उद्धारका लागि सहयोग संकलन गरेकामा इन्द्रेणी सांगीतिक कार्यक्रमको टोलीलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिएका छन् । कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कंडेलले प्रेमबहादुर राईको रिहाइका लागि ९५ लाख नेपाली रुपैयाँ चाहिने र अहिलेसम्म ७१ लाख रुपैयाँ संकलन भइसकेको बताएका छन् ।