विकासन्युज

कलंकीको ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालन हुने

काठमाडौं । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर-बल्खुपुल-कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो । कलंकी चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डरपासको १५ मिटर वाल ‘फिनिसिङ’ र ४०० मिटर कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । साउन पहिलो सातासम्म सबै काम सकेर हस्तान्तरणको तयारी भएको आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए । कोटेश्वर-बल्खुपुल-कलंकी १० दशमलव चार किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । नौ किमीको काम सम्पन्न भई एक दशमलव चार किमीको काम मात्र बाँकी रहेको जनाइएको छ । चिनियाँ युआन २१ करोड २० लाख रुपैयाँ अर्थात् नेपाली करिब पाँच अर्ब रुपैयाँ अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ । दोस्रो चरणमा कलंकीबाट महाराजगञ्जसम्म आठ दशमलब पाँच किमी सडक विस्तारका लागि गृहकार्य शुरु भएको सडक विभागले जनाएको छ । यो खण्डको सडक किनारका विद्युत्, टेलिफोन र खानेपानीका तार एवं पाइपलगायत अस्थायी संरचना हटाउने काम शुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले बताए । साउन अन्तिमसम्म यो खण्डको पनि प्रारम्भिक डिजाइन तयार हुने विभागले जनाएको छ । चीन सरकारले नै डिजाइन तयारी गरिरहेको जनाइएको छ । त्यसलगत्तै काम शुरु हुनेछ । यो खण्ड विस्तारका लागि पनि चीनले नै अनुदान सहयोग गर्नेछ । २८ किमी चक्रपथमध्ये महाराजगञ्ज-कोटेश्वर खण्डका विषयमा भने कुनै प्रक्रिया अघि बढेको छैन । यसअघि आयोजनाले असार दोस्रो सातामै अण्डरपास सञ्चालनमा ल्याउने भने पनि फिनिसिङ र कालोपत्रको काम नसकिएकाले ढिलाइ भएको हो । रासस

स्याङ्जाका मिर्मिमा नेपाल टेलिकमको टेलिफोन क्षमता विस्तार

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चारका गल्याङले स्याङ्जाको पर्यटकीय क्षेत्रको रुपमा रहेको मिर्मिमा आफ्नो पिएसटिएन टेलिफोन लाईन तथा एडिएसएल वितरणको क्षमतामा विस्तार गरेको छ । विस्तार पश्चात अब पिएसटिएन तथा एडिएसएल सेवाका नयाँ उपभोक्ताहरुले सहजै सेवा प्राप्त गर्ने भएका छन् । टेलिकमका गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायका अनुसार मिर्मिका उपभोक्ताहरुले नयाँ लाइन नपाएका कारण एडिएसएल समेत चलाउन नपाएको अत्याधिक गुनासो गरेपछि उक्त सेवा सञ्चालनमा ल्याइएको हो । साथै, हाललाई यसअघि वितरित लाइन भन्दा ४८ लाइनको क्षमता मात्रै विस्तार गरिएको हो । तथापी आगामी दिनमा माग बढ्दै गए पुनः क्षमता विस्तार गर्दै लगिनेछ उनले बताए । समयमा नयाँ लाइन नपाएका कारण विगत दुई महिनादेखि लाईनको पर्खाइमा रहेको प्राइम कमर्शियल बैंक मिर्मि शाखाले अब आपूmलाई आवश्यक लाइन तुरुन्त पाइने भएकोमा खुशी लागेको बैंकका शाखा प्रबन्धक लोकबहादुर कुँवरले बताए । नेपाल टेलिकमद्वारा वितरित पिएसटिएन फिक्ड लाइन भरपर्दो टेलिफोनका रुपमा लिइन्छ भने सोमार्पmत फाइभ एमबिपिएस स्पिड क्षमता भएको हाईस्पिड ब्रोडव्याण्ड एडिएसएल इन्टरनेट समेत सहजै चलाउन सकिन्छ ।

बाढी तथा पहिरो प्रभावितलार्इ सहयोग गर्न रेडक्रसले तयार पार्यो १० हजार सेट सामग्री

काठमाडौं । मनसुन सक्रियभएसँगै वर्षा बढी भएकाले बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको अवस्थालाई मध्येनजर गर्दै नेपाल रेडक्रस सोसाइटीले मंगलबारदेखि आपत्कालीन कार्यसञ्चालन केन्द्र (इआरओ) लाई सक्रिय बनाएको छ । नेरेसोले वाढी, पहिरो प्रभावितहरुलाई आपत्कालीन आवास, स्वास्थ्य सहयोग र सरसफाईको क्षेत्रमा सहयोग गर्ने गरी सो केन्द्रले काम गर्ने छ । रेडक्रसका कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधानले  रेडक्रसको सँस्थागत प्रणाली अनुरुप नै अत्यावश्यक मानवीय सेवाको लागि तयारी गरिसकेकाे बताएका छन् । योजना अनुसार सातवटै प्रदेशबाट दैनिक अवस्थाको प्रतिवेदन लिने, तत्काल अवस्था जाँच गर्ने र आवश्यक मानवीय सहयोग पुर्याउन राहत सामग्री सहित स्वयंसेवक परिचालन हुने व्यवस्था सो केन्द्रले गर्ने छ । आवास, स्वास्थ्य, सरसफाई प्राथमिक उपचार, बन्दोवस्ती, स्वयंसेवक परिचालन, दैनिक अपडेट, सूचना तथा सञ्चार, अन्तर्राष्टिय सहयोग, समन्वय, अनुगमन जस्ता विभिन्न १९ वटा कार्यसमूह मंगलबारदेखि सक्रिय भएका हुन् । नेरेसोले वाढी, पहिरो प्रभावित परिवारलाई तत्काल सहयोग पुर्याउन १० हजार सेट सामग्री विभिन्न गोदामघरहरुमा तयारी अवस्थामा राखेको छ । त्यस्तै आपत्कालीन आवासको लागि ६ सय सेट सामग्री जोहो गरेको छ । यसै क्रममा नेपाल रेडक्रसले २१ हजार परिवारको लागि सहयोग गर्ने गरी आपत्कालीन योजना सार्वजनिक गरेको छ । नेपाल रेडक्रसका कामु कार्यकारी निर्देशक इन्द्र बहादुर केसीले भनेः १० हजार परिवारको लागि आफ्नै स्रोतबाट र वाँकी ११ हजार परिवारको लागि रेडक्रस अभियान लगायत सहयोगी सँस्थाहरुको सहयोग जुटाइने छ । बाढी, पहिरो तथा महामारी जस्ता समस्याबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण र तत्काल सहयोगको लागि नेपाल रेडक्रस सोसाइटीले सबै जिल्ला शाखाहरुलाई पनि तयारी अवस्थामा रहन अनुरोध गरिसकेको छ । केहि दिनदेखिको निरन्तर वर्षाका कारण झापा जिल्लामा केहि वस्तीहरु डुवानमा परेको र अवस्थालाई सम्बोधन गर्न विभिन्न क्षेत्रमा स्वयँसेवकहरुलाई कार्यविभाजन गरी सचेत अवस्थामा राखिएको नेरेसो झापाका सभापति लोकराज ढकालले बताए । सिरहा रेडक्रसका सभापति राजदेव यादवले जिल्लाको प्रतिकार्य योजना निर्माण गरिएको र सबै सरोकारवाला निकायले समन्वयमा काम गरिरहेको जानकारी दिएका छन् । तत्काल सहयोगको आवश्यकता परेमा वा यसवारे जानकारी लिन परेमा निशुल्क टेलिफोन ११३० मा फोन गर्न सकिने व्यवस्था पनि मिलाइएको नेरेसोका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले बताएका छन् ।

सिद्धार्थ बैक र नेशनल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्ससेवा सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्याल र नेशनल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बस्यालले अबदेखि नेशनल लाइफ ईन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकहरुलाई जीवन बीमा सम्बन्धि सेवाहरु सिद्धार्थ बैकंको सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने बताएका छन् । साथै, जीवन बीमाको प्रिमियम तथा नविकरण प्रिमियम सिद्धार्थ बैकं मार्फत सजिलै बुझाउन सकिने उनले जानकारी दिए । बैंकले हाल देशभर ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ८०० भन्दा बढी पीओएस् मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकको २ नयाँ शाखा धनुषा र सप्तरीमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले धनुषा र सप्तरीमा २ शाखा कार्यालयको शुरुवात गरेको छ । बैंकले धनुषाको फुलगामामा र सप्तरीको माहुलीमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरुको उद्घाटन पूर्व सभासद तथा बैंकका पूर्वअध्यक्ष डा. बिरेन्द्रप्रसाद महतोले क्रमशःनागराइन नगरपालिकाका मेयर प्रमेश्वर यादव र अग्रिसाइर कृष्ण सावरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीसँग संयुक्त रुपमा गरेका हुन् । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै, धनुषाको धारापानीमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । उक्त एटिएमको उद्घाटन मध्यपूर्वीय पृतना, धारापानीका पृतनापती ईश्वर हमालले गरेका छन् । बैकले २०७४ साल चैत्र मसान्तसम्म ६८ अर्ब निक्षेप परिचालन गरी ६२ अर्व कर्जा प्रवाह गरेको छ । साथै, सोही अबधिमा ८१ करोड रुपैयाँ खुदमुनाफा गरेको कम्पनीले जनाएको छ । हाल बैंकले ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

एफपीओ बिक्न छाडेपछि धितोपत्र बोर्डको स्पष्टीकरण: मूल्य निर्धारणमा दायाँबायाँ गरेका छैनौं

काठमाडौं । पछिल्लो समय जारी भएको एफपीओहरु नबिकेपछि नेपाल धितोपत्र बोर्ड मूल्य निर्धारण विधिबारे स्पष्टीकरण जारी गरेको छ । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन तथा थप सार्वजनिक निष्काशनमा प्रिमियम मूल्य सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा हालै प्रकाशित समाचार प्रति यस बोर्डको ध्यानाकर्षण भएको जनाउँदै मूल्य एफपीओको मूल्य निर्धारण विधिसम्मत भएको र कसैको प्रभावमा नपरेको जनाएको छ । विभिन्न कम्पनीकाे एफपीअाेका लागि अावश्यक अावेदन नपरेपछि मूल्य निर्धारण विधि र यसकाे प्रभावबारे वहस शुरू भएकाे छ । बोर्डका प्रबक्ता निरज गिरीले जारी गरेको विज्ञप्तीमा अहिलेसम्म जारी भएका एफपीओहरुको मूल्य कसरी निर्धारण भएको हो र त्यसमा बोर्डको भूमिका कस्तो रह्यो भनेर प्रष्टिकरण गर्ने प्रयास गरिएको छ । यस्तो छ विधि प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्दा मुख्यतः एफपिओको मूल्य निर्धारण सम्बन्धमा तत्कालिन धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ र धितोपत्र निष्काशन निर्देशिका, २०६७ मा स्पष्ट व्यवस्था नभएको अवस्थामा संगठित संस्थाहरुले आफ्नै विधि तथा तरिकाबाट प्रिमियम मूल्य निर्धारण गर्ने अवस्था रहेको र कतिपय संगठित संस्थाहरुले अस्वाभाविक प्रिमियम मूल्य निर्धारण गरी प्रस्ताव गरेको अवस्था रहेकोमा प्रिमियम मूल्य निर्धारणलाई पारदर्शी र यर्थाथपरक बनाउन बोर्डले २०७३ साउन २५ गते अन्तर्राष्ट्रिय अभ्यास अनुरुपको थप सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण सम्बन्धी विधि लागू गरेको थियो । जस अनुसार थप सार्वजनिक निष्काशनको प्रिमियम मूल्य गणना गर्दा पूँजी कृत भएको आम्दानी (खुद नाफा), भबिष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो), संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति सेयर खुद सम्पती र १८० दिनको औषतबजार मूल्य विधिबाट प्राप्त हुने मूल्यहरुको कूल मूल्यको सामान्य औषत गणना गरी प्रिमियम मूल्य निर्धारण गर्ने व्यवस्था रहेको थियो । बाेर्डकाे हस्तक्षेप नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले थप सार्वजनिक निष्काशन गर्न आवेदन दिंदाप्रति शेयर २ हजार ९५१ रुपैयाँ मूल्य प्रस्ताव गरेकोमा उर्पयुक्त विधि लागू भए पश्चात उक्त कम्पनीले सो विधिअनुसार प्रति शेयर १ हजार ४२५ रुपैयाँमा थप सार्वजनिक निष्काशन गरेको थियो । तत्पश्चात सोही विधि बमोजिम नेपाल एसबिआई बैंक लिमिटेडले प्रति शेयर ९७१ रुपैयाँमा, स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले प्रति शेयर १ हजार २९० रुपैयाँमा प्रिमियम मूल्य निर्धारण गरी थप सार्वजनिक निष्काशन गरेका थिए । धितोपत्रको सार्वजनिक निष्काशनमा प्रिमियम मूल्य निर्धारण सहित संरचनात्मक सुधार गर्नको लागि नेपाल सरकारको स्वीकृतिमा नयाँ नियमावली धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २५ ले संगठित संस्थाले प्रिमियममा धितोपत्र निष्काशन गर्न सक्ने व्यवस्था गरे पश्चात अन्तर्राष्ट्रिय अभ्यास अनुरुप प्रिमियम मूल्य निर्धारण प्रकृयालाई व्यवस्थित बनाउँदै धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मार्फत थप सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण विधिहरु तय गरेको छ । त्यसमा थप सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (खुद नाफा), भबिष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र बोर्डमा निवेदन दिनुभन्दा सातदिन अगाडिको १८० दिनको औषतबजार मूल्य गणना गरी प्राप्त हुने कूल मूल्यको औषत मूल्य वा संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्य मध्ये जुन कम हुन्छ सो मूल्यलाई प्रिमियम मूल्य कायम गर्नु पर्ने व्यवस्था गरिएको छ । साथै उल्लेखित विधि बमोजिम निर्धारण गरिएको प्रिमियम मूल्य र मूल्य निर्धारण गर्दा अपनाईएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्था भन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट ड्यू डेलिजेन्स अडिट गरिएको विवरणलाई संगठित संस्थाको लेखापरीक्षकबाट समेत प्रमाणित गराउनुपर्ने व्यवस्था गरिएको साथै प्रिमियम मूल्यको यथार्थपरक विश्लेषण होस् भन्ने उद्देश्यले प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्दा सम्पूर्ण धितोपत्रको प्रत्याभूत गराउनु पर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । उक्त धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ तथा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा गरिएको व्यवस्था बमोजिम पोखरा फाइनान्स लिमिटेडले प्रति शेयर २२० रुपैयाँमा बुटवल पावर कम्पनी लिमिटेडले प्रति शेयर ५०१ रुपैयाँमा, एनएमबि बैंक लिमिटेडले प्रति शेयर ३३३ रुपैयाँमा र नेपाल बैंक लिमिटेडले प्रति शेयर २८० रुपैयाँ मूल्य निर्धारण गरेको र सोही बमोजिम बोर्डले ती संगठित संस्थाहरुलाई थप सार्वजनिक निष्काशन गर्न अनुमतिप्रदान गरेको छ । शिवम् सिमेन्टस्काे मूल्य यस कारण ४ सय त्यस्तै, प्रारम्भिक सार्वजनिक निष्काशनमा प्रिमियम मूल्य निर्धारण गर्दा अर्को व्यवस्था गरिएको छ । वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजीबजार मार्फत पूँजी परिचालन गर्न आकर्षित गर्न सरकार तथा यस बोर्डबाट प्रोत्साहन मूलक नीति अपनाएको सन्दर्भमा नेपाल सरकारले बजेट मार्फत धितोपत्रबजारमा सूचिकृत हुने उत्पादनशील क्षेत्रका कम्पनीलाई आयकरमा १५ प्रतिशत विशेष छुट दिने व्यवस्था गरेको र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लागु गरी प्रिमियम सहितको मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने र जारी पूँजीको न्यूनतम १० प्रतिशत मात्र सार्वजनिक निष्काशन गरे पुग्ने लगायतका सुधारहरु गरिएको छ । त्यस अनुसार अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्टिगत गरी धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी, भबिष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्याङ्कनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कूल मूल्यको औषत मूल्य वा पछिल्लो लेखापरीक्षण भएको प्रति शेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्य मध्ये जुनकम हुन्छ सोलाई प्रिमियम मूल्य कायम गर्नु पर्ने व्यवस्था गरिएको छ । सोही वमोजिम सार्वजनिक निष्काशन गर्न लागेको पहिलो उत्पादनशील कम्पनी शिवम् सिमेन्टस् लिमिटेडले उद्योग प्रभावित क्षेत्रका वासिन्दालाई प्रति शेयर ३०० रुपैयाँ र सर्वसाधारणको लागि प्रति शेयर ४०० रुपैयाँ प्रिमियम मूल्य निर्धारण गरेकोमा बोर्डले नियमानुसार प्रारम्भिक सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ । सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण प्रचलित नियम तथा निर्देशिका बमोजिम पारदर्शी हिसावले गराउन बोर्ड पूर्ण सजग रहेको र उल्लेखित विधिहरु बमोजिम प्रिमियम मूल्य निर्धारण गरेको सुनिश्चित गरे पश्चात मात्र प्रिमियम मूल्यमा सार्वजनिक निष्काशनको अनुमति प्रदान गर्दै आएको छ । पूँजीबजार मार्फत पूँजी निमार्ण गरी समग्र अर्थतन्त्रको विकास तथा विस्तारमा अभिवृद्धि ल्याउन बोर्डले धितोपत्र सम्बन्धी ऐन, नियम तथा निर्देशिका बमोजिम आफ्नो कार्यसम्पादन गर्दै आएको सम्बन्धित सबैमा जानकारी गराउँदै बजारमा फैलिएका अफवाह तथा गलत प्रचार प्रसारबाट भ्रमित नहुन समेत सम्बन्धित सबैमा अनुरोध गरिन्छ । थप सामाग्री किन भयाे एफपीओको बेहाल ? सोच, नीति र विधिमा खोट

चटकी नेइमारलाई रियल म्यड्रिडको ३१० मिलियन युरो अफर, छोड्लान पिएसजी ?

काठमाडौं । ब्राजिलका युवा स्ट्राइकर नेइमार जुनियरलाई रियल म्यड्रिडले अहिलेसम्मकै ठूलो रकम प्रस्ताव गरेको छ । मेक्सिकोलाई हराउन महत्वपुर्ण १ गोल र १ असिस्ट गरेका नेइमारलाई ३ सय १० मिलियन अफर गरेको हो । स्पेनिस टेलिभिजन टिभिइलाई उद्रित गर्दै नेइमारलाई अहिलेसम्मकै धेरै रकम प्रस्ताव गरेको गोल डटकमले जनाएको छ । नेइमार गत अगस्ट २०१७ मा पिएसजीले २ सय २२ मिलियन युरो तिर्न तयार भएपछि बार्सिलोनाका खेलाडी सेमियोडोसँग झगडा गर्दै फ्रान्स हानिएका थिए । पिएसजीमा आशातित सफलता हासिल गर्न नसकेका नेइमार घाइते भई खुट्टाको अप्रेशन गरी विश्वकपमा फर्किएका छन् । उनलाई बार्सिलोना छोड्न उनको बाबुले निकै बल गरेका थिए । उनको आमाले सार्वजनिक रुपमै आफ्नो छोरो रियल म्यड्रिडबाट खेल्ने बताइसकेकी छिन् । नेइमार बेच्ने नबेच्ने पिएसजीका मालिक नासिर अल खेलाफीको हातमा रहेको छ । पिएसजीसँग १९ वर्षका स्टार एम्बाप्पे रहेकाे छ ।  ठूलो अफरलाई उनले स्वीकार गर्न सक्ने अन्तराष्ट्रिय मिडीयाहरुले जनाएका छन् । खेलाफीले एम्बाप्पेलाई किनेको १ सय ८० मिलियन युरो समेत तिरेका छैनन् । नेइमार अहिले उच्च फर्ममा रसियामा विश्वकप खेलिरहेका छन् । तर उनको शारिरिक भाषालाई आधार मानेर चर्को आलोचकहरुले चर्को आलोचना गरेका छन् । उनी कोस्टारिकालाई हराएपछि मैदानमै रोएका थिए । मेक्सिकोसँगको खेलमा पनि उनी ठुलै घाइते भएझै आत्तिएर मैदानमा पछारिन्थे । मेक्सिकोको खेलाडीले खुट्टामा टेकेपछि उनी छटपटाउँदै मेडीकल टोली बोलाएको थिए । तेती मात्र नभएर रेफ्रीले भिडियो रेफ्रीको समेत सहायता लिएका थिए । तर त्यहा कुनै फल थिएन । तर फुटबल पण्डितहरु भने नेइमारले गरेको चटकी नै मेक्सिकोलाई हराउने आधार भएको बताउँछन् । मेक्सिको विरुद्ध १-० को अग्रता लिएपछि उनले गरेको समय बर्बादले ब्राजिलियन टोलीलाई फाइदा पुगेको थियो । अब सेमिफाइनलको लागि ब्राजिलले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।

युनाईटेड फाईनान्सले शुरु गर्यो भिसा डेविट कार्ड र एटीएम सेवा

काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले भिसा डेविट कार्ड र एटीएम सेवाको शुरुवात गरेको छ । फाइनान्सले नर्भिक ईन्टरनेशनल अस्पताल भित्र रहेको एटीएम लउञ्जमा अत्याधुनिक प्रविधि सहित(टच स्क्रिन एटीएम मेसिन)को उद्घाटन गरेको छ । उक्त मेसिनको उद्घाटन कम्पनीका संचालक विष्णुकुमार अग्रवालले मंगलबार गरेका हुन् । उक्त एटीएमबाट कुनै पनि बैंक तथा वित्तीय संस्थाले जारी गरेका भिसा डेबिट कार्ड प्रयोग गरी रकम झिक्न सकिने छ । त्यसैगरी, फाईनान्स कम्पनीहरुमा पहिलो पल्ट अत्यन्त सुरक्षित मानिएको चिपमा आधारित भिसा डेबिट कार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठले शुभारम्भ गरेका छन् ।