विकासन्युज

नेपाल भित्रियो भिभोको भी ११ प्रो र भि ११, मूल्य ४९४९०/३९९९० रुपैंयाँ

काठमाडौं । भीभोको भी ११ प्रो र भि ११ मोबत्राइल नेपाली बजारभा भित्रिएको छ । भी११ प्रोको मूल्य ४९ हजार ४ सय ९० रुपैंयाँ तोकिएको छ भने भी ११ को मूल्य ३९ हजार ९ सय ९० रुपैंयाँ कायम गरिएको छ । भीभोको भी ११ प्रोमा न्यू हालो फूलभ्यू डिस्प्ले राखिएको छ । भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्गदाले नयाँ स्मर्ट फोनहरुले नेपाली उपभोक्ताहरुको मन जित्न सफल हुने दावी गरे । उत्कृष्ट फोटोग्राफीका लागि भी ११ प्रोमा १२ मेगा पिक्सेल प्लस ५ मेगा पिक्सेलको ड्यूल मुख्य क्यामेरा रहेको छ । सेल्फीका लागि स्मार्टफोनमा २५ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । १२ मेगापिक्सेलको मुख्य क्यामेराले ड्यूलपिक्सेल सेन्सरहरुलाई उच्च प्रकाश संवेदनका लागि २ करोड ४० लाख फोटो सेन्सेटिभ यूनिटमा परिवर्तन गर्न सक्दछ । यसले केबल ०.०३ सेकेण्डमा नै फोकसलाई लक गर्नसक्ने डिएसएलआर गुणस्तरको ड्यूल–पिक्सेल अटोफोकोस प्रविधि अवलम्बन गरेको छ । यसमा ६ जीबी र्यामका साथमा १२८ जीबीको आन्तरिक स्टोरेज(रोम) रहेको छ । एन्ड्रोयड ८.१ माआधारित भीभोको आफ्नै फन टचओएस ४.५ (अपरेटिंग सिस्टम) र भीभोको जोभीएआई इन्जिनले सीपीयू र मेमोरी रिसोर्सलाई पहिचान गर्न सँगसँगै कार्य गर्दछ । भीभो भी ११ प्रोमा १९.५ः९ एस्पेक्ट रेसियोसहितको ६.४१ इन्चको सूपर एमोलेड हालो फूलभ्यू डिस्प्लेका साथमा ९१.२७ प्रतिशतको स्क्रीन–टू–बडि रेसियो रहेको छ । यो स्मार्टफोन १.७६ मिलिमिटर मोटाईको मात्र छ । यी फोनहरु बजारमा २०७५ असोज ४ गते देखि उपलब्ध हुनेछन् ।

लघुवित्त संस्थाले पनि विदेशी मुद्रामा ऋण लिन पाउने, लगानी उत्पादनमुलक क्षेत्रमा हुनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई पनि विदेशी बैंक तथा वित्तीय संस्थाबाट परिवत्र्य मुद्रामा ऋण लिन अनुमति दिएको छ । केन्द्रीय बैंकले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म विदेशी मुद्रामा ऋण ल्याउन खुला गरेको हो । वाणिज्य बैंकले पाएको सुविधा लघुवित्तीय संस्थाले पनि पाउने भएका हुन् । ऋण रकम पर्यटन, कृषि, लघुजलविद्युत, लघुउद्यम, रोजगार तथा स्वरोजगार सिर्जना गर्ने क्षेत्रमा मात्र लगानी गर्न पाउने राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङानाले बताए । तोकिएको पुँजीकोष कायम गरेका लघुवित्तले मात्र पाउने उनले जानकारी दिए । यस्तो ऋणको अवधि न्युनतम १ वर्षदेखि ५ वर्षसम्म हुने छ । ऋण लिएवापत कुनै पनि विदेशी बैंकलाई धितो दिन नपाउने व्यवस्था गरिएको छ । केही बैंकले विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) बाट ऋण लिन प्रक्रिया सुरु गरे पनि डलर महंगो भएपछि अहिले स्थगन गरेका छन् ।

सिटिजन्स बैंकले डोटीको ३६३३ परिवारलाई बाढ्यो ५ करोड १७ लाख रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रम र गुड नेबर इन्टरनेशनलको सहकार्यमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरेको हो । बैंकले डोटी जिल्लाको विभिन्न ७ वटा गाविसका ३६३३ परिवारलाई कूल नगद ५ करोड १७ लाख ७६ हजार ८३५ रुपैयाँ वितरण गरेको हो । बैंकले पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु गाविसमा सो मात्राको रकम वितरण गरेको हो । बैंकले गरेको यस्तो कार्यलाई स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरेको छ ।

हामीलाई राख्न जेलको संख्या बढाउनुस्ः व्यवसायी, मन्त्री भन्छनः जेल आराम गर्ने ठाउँ हो

काठमाडौं । ‘नयाँ कानुनले व्यवसायीलाई जेल हाल्ने कुरामै जोड दिएको छ, त्यसलाई नसच्याउने हो भने मन्त्रीज्यू, अब हामी उद्योगी व्यवसायीलाई राख्न जेलहरुको संख्या बढाउनुस ।’, बिहिबार नेपाल उद्योग बाणिज्य महासंघमा पुगेका उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवलाई महासंघको ३ नम्बर प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले भने । उनले कानुनहरुले उद्योगी व्यवसायीले गलत काम मात्रै गर्छन भन्ने नजिर स्थापीत गरिरहेको र जेलनेलका कुरामै केन्द्रित रहेकाले तत्काल संसोधन नगरिए सबै व्यवसायी जेल पुग्ने अवस्था आउने पनि बताए । महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि व्यवसायीहरुलाई बजार अनुगमनका नाममा दुःख दिइएको बताए । गोल्छाले बजार अनुगमनमा सञ्चार माध्यमलाई सहभागी गराएर व्यवसायीको हुर्मत लिने काम बन्द गर्नुपर्ने धारणा पनि राखे । सरकारले निजी क्षेत्रलाई सकारात्मक रुपमा नहेर्दासम्म लगानी प्रवद्र्धन नहुने बताएका थिए । गोल्छाले नेपालमा उत्पादित वस्तुहरुको गुणस्तरका बारेमा सरकारले नै नागरिकमा चेतना बढाउन भूमिका खेल्नुपर्नेमा जोड दिए । उद्योग मन्त्रीको जवाफ उद्योगी व्यवसायीहरुको दर्जनौं प्रश्नहरु सुनिसकेपछि मन्त्री यादवले सुरुमै भने–’मन्त्री पद छाड्न तयार छु तर बजार अनुगमन रोक्दिन् ।’ उनले अनुगमनमा जाँदा अनावश्यक दबाव आईरहेका बताउँदै दबाव दिन छाडेर सत्यका पक्षमा उभिन पनि व्यवसायीलाई सुझाव दिए । मन्त्री यादवले कानुनसँग नडराउन व्यवसायीलाई आग्रह पनि गरे । ‘व्यवसायीले कानुनसँग डराउनु पर्दैन, राम्रो गर्नेलाई त्यसले छुँदैन, जेल जानु पर्दैन, जेल जाने काम भनेको राजनीतिज्ञको हो, हामीलाई त जेल भनेको आराम गर्ने ठाउँ जस्तै हो’ मन्त्री यादवले राजनीतिज्ञ, उद्योगी र कर्मचारी प्रति नागरिकको विश्वास घट्दै गएको पनि बताए । ‘राजनीतिज्ञ, उद्योगी व्यवसायी र कर्मचारी प्रति नागरिकमा आक्रोस छ, अब हामीले सुध्रनु पर्छ’, मन्त्री यादवले भने ।

हिमालय फाइनान्सको कर्जा असुलीको काम नेक्सजेन म्यानेजमेन्टले गर्ने

काठमाडौं । हिमालय फाइनान्स लिमिटेड लिक्विडेटर कार्यालयको कर्जा असुली तथा व्यवस्थापनको काम अब नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले गर्ने भएको छ । दुई संस्थाबीच हालै भएको सम्झौता पश्चात नेक्सजेन म्यानेजमेन्टले उक्त वित्तीय संस्थाको लिक्विडेटरको आधिकारिक प्रतिनिधि भई कर्जाको असुल तथा व्यवस्थापनको काम गर्ने भएको हो । यस सम्झौताले बैंकिङ तथा वित्तीय क्षेत्रलाई नयाँ विशेषज्ञता सेवा उपयोग गर्न प्रोत्साहन गर्दै साविकको पारम्परिक कामलाई मध्यस्थकर्ता मार्फत गराउने कार्यलाई बढवा दिने कम्पनीको विश्वास छ । साथै, यस्तो कार्यले बैंक तथा वित्तीय संस्था आफ्नो मौलिक कार्यमा केन्द्रित हुँदै नयाँ नयाँ बैंकिङ काम गर्न सजिलो हुने कम्पनीले अपेक्षा गरेको छ । पुनरावेदन अदालतको निर्णय बमोजिम हिमालय फाइनान्स कम्पनी खारेजीका लागि लिक्वडेटरको नियुक्ती भई खारेजी प्रक्रियामा रहेको छ । त्यस्तै, नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स वित्तीय बजारमा बैंक तथा वित्तीय संस्थाको कर्जा असुली तथा व्यवस्थापनको लागि स्थापित विशेषज्ञ सेवा दिने कम्पनी हो ।

नागढुंगा-धुलिखेल मेट्रो रेलको डीपीआर बनाउन ६ वटा कम्पनी छानिए

काठमाडौं । काभ्रेको धुलिखेलदेखि राजधानीको नागढुङासम्म ४५ किलोमिटर लामो मेट्रोरेलको संभाव्यता अध्ययनका लागि आधा दर्जन विदेशी परामर्शदाता छनौट भएका छन् । छनौट हुनेमा चिनियाँ, भारत, कोरिया, टर्की र जापानका परामर्शदाता रहेका छन् । आशयपत्र पेश गरेर संक्षिप्त सुचिमा चाइना मेशिनरी इन्जिनियरिङ कर्पोरेशन, चाइना रेल्वे सिउवान सर्वे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, निप्पोन कोइ कम्पनी लिमिटेड, जापान, राइट्स इण्डिया लिमिटेड, युसिन इन्जिनियरिङ कर्पोरेशन सिउल र युकसेल प्रोजे युकसलवारी टर्की छन् । छनौट भएका कम्पनीले आउदो ३१ दिनभित्र परामर्श सेवाका लागि बोलपत्र पेश गर्नुपर्ने लगानी बोर्डका प्रवत्ता उत्तमभत्त वाग्लेले जानकारी दिए । बोलपत्र पेशपछि डीपीआरका लागि परामर्शदता छनौट गरिने उनले बताए । धुलिखेलदेखि नागढुङासम्म मेट्रोरेल सञ्चालन तथा व्यवस्थापनका लागि विस्तृत आयोजना प्रतिवे(डीपीआर) तयारीका लागि परामर्शदातालाई ३१ दिनभित्र बोलपत्र पेश गर्न बोर्डले भनेको छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा २०७४ कात्तिक २७ गते बसेको लगानी बोर्डको बैठकले नागढुंगादेखि धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) बनाउने निर्णय गरेको थियो । लगानी बोर्डले नै गठन गरेको राािष्ट्रय योजना आयोगका पुर्वाधार हेर्ने तत्कालिन सदस्य हिरेन्द्रमान प्रधान नेतृत्वको कार्यदलले पहिलो चरणमा नागढुंगा कलंकी कोटेश्वर धुलिखेल मेट्रोरेल बनाउन सकिने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा बोर्डले रेलका लागि प्रारम्भीक काम थालेको हो । विस्तृत सम्भाव्यता अध्ययन र डीपीआर तयार भैसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण(बुट) मोडलमा अन्तराष्ट्रिय कम्पनीको खोजी हुनेछ । मेट्रो रेलको प्रति किलोमिटर लागत ४ अर्ब हुने प्रक्षेपण गरिएको छ । यसको कुल लागत १ खर्ब ८० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । जमिनमाथी पुल निर्माण गरेर मेट्रोरेल सञ्चालन गरिनेछ । एलेटेटेड ट्रयाक(पुल) माथी रेल गुडाउने प्रबिधी अन्तर्गत मेट्रो रेलको निर्माण गर्न लागिएको हो । मेट्रो रेलहरु व्यवसायीक रुपले सञ्चालन गर्न कठिन हुनेगरेको छ । त्यसैले मेट्रो रेल सञ्चालनको जिम्मेवारी पाउने कम्पनीलाईसरकारले केहि अनुदान वा सहुलियतको सुबिधा उपलब्ध गराउनेछ । उपत्यकामा मेट्रो रेल निर्माणका लागि कोरियाली, जापानी तथा केहि चिनियाँ कम्पनीहरुले इच्छा देखाएका छन् । उनीहरुले केहि बर्ष पहिले नै मेट्रो रेल निर्माणका लागि भन्दै रेल विभागमा आसय पत्र बुझाएका थिए ।

नेप्सेसँगै कारोबार रकम बढ्यो, बिहीबार मात्रै ७२ करोडको सेयर किनबेच

काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बिहीबारको बजारमा ७२ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २९ करोड ६९ लाख रुपैयाँ बढी हो । अघिल्लो दिन(बुधबार)को दिनभरको बजारमा ४३ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबार कुल १७३ कम्पनीको २७ लाख ११ कित्ता सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी एनएमबी बैंकको ५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३५५ रुपैयाँ रहेको छ । त्यस्तै, एनआईसी एशियाको पनि ५ करोड ४९ लाखको सेयर किनबेच भएको छ । पछिल्लो केही दिनदेखि लगातारका कारोबार बढेको यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४१३ रुपैयाँ रहेको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक १४.१३ अंकले उकालो लागेर १२४४.८४ अंकमा पुगेको छ । सो दिनको नेप्से बुधबारको तुलनामा १.१५ प्रतिशतले उकालो लागेको हो । दोेहोरो अंकले बढेको बजारमा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सो दिन यस कम्पनीका लगानीकर्ताले ९.७७ प्रतिशत कमाएका छन् । बिहीबार संस्थाको सेयर मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ४२ रुपैयाँले बढेर ४७२ रुपैयाँ पुगेको छ । (याे पनि पढ्नुहाेस्)

यूनिलिभरले प्रतिसेयर ७०० रुपैयाँ लाभांश दिने, कहिले हुँदै छ वार्षिक साधारणसभा ?

काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडले सेयरधनीलाई प्रतिसेयर ७०० रुपैयाँ लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीको आगामी साधारणसभा कात्तिक ६ गते बस्ने भएको छ । उक्त सभाले समितिको प्रस्तावित लाभांशलाई पारित गर्ने भएको छ । कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख  रुपैयाँ रहेको छ । गत आवमा कम्पनीले ९९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । वार्षिक कारोबार ४ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।