कियाको इलेक्ट्रिक कार ३६० रुपैंयाको चार्जले २१२ किलोमिटर यात्रा, चार्जिङ स्टेशन विस्तार गर्दै
काठमाडौं । नाडा अटो शोमा किया कम्पनीले दुई मोडेलको इेक्ट्रिक कार प्रर्दशन गरेको छ । ३ घण्टामै फुल चार्ज गर्न सकिने किभ ‘सोउलइभ’ नामक कार मेलाको आकर्षणको केन्द्रमा रहेको छ । दुई मोडेलमा उपलब्ध रहेको कारको मूल्य कम्पनीले ५८ लाख र ५६ लाख रुपैंया तोकेको छ । कम्पनीका अनुसार सन्डुप भएको कारको मूल्य ५६ लाख पर्नेछ भने सन्डुप नभएको कारको मूल्य ५६ लाख रुपैंया तोकेको छ । १ लाख मिलोमिटर सम्मको ग्यान्टी रहेको कारको ब्याट्री डीसी फास्ट चार्जरले ३० मिनेटमै फुल चार्ज गर्न सक्छ । ब्याट्री फुल चार्ज गर्नको लागि न्युनतम २७ युनिट विद्युत लाग्नेछ । कम्पनीका अनुसार हाल १ युनिट विद्युतको मूल्य १३.५ रुपैयाँ लाग्नेछ । गाडीको ब्याट्री चार्ज गर्नको लागि सामान्यतय ३ फेजको विद्युत आवश्यक पर्नेछ । ग्राहकले आफ्नो घरमा पनि ब्याट्री चार्ज गर्न सक्नेछन् । कम्पनीका प्रोडक्ट स्पेशललिष्ट प्रदिप बत्र्यौलाका अनुसार ३ फेजको विद्युतमा १० एम्पियरको मिटरबाट ब्याट्री सजिलै चार्ज गर्न सकिनेछ । कम्पनीले ब्यट्रीमा ५ देखि ७ वर्षसम्मको ग्यारेन्टी समेत गर्नेछ । अटो लोनमा सवारी खरिद गर्न चाहाने ब्यक्तिले ९.९५ प्रतिशतमा ब्याजदरमा कर्जा सुविधा लिन सक्नेछन् । कम्पनीले लामो यात्राका लागि विभिन्न स्थानमा चार्जिङ स्टेशन राख्ने समेत तयारी गरेको छ । जस अनुसार पृथ्वी राजमार्गको कुरिनटार रिभरसाइड रिसोर्टमा चार्जिङ स्टेशनको व्यवस्था समेत गरिसकेको छ ।
काठमाडौंको चोभारमा सिटिजन्स बैंकको एटीएम
काठमाडौं । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको चोभारमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय नजिकै एटीएम सेवा सञ्चालनमा ल्याएको छ । काठमाडौं क्षेत्र नं १० का सभासद राजन के.सी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उप-कप्तान ज्ञानेन्द्र मल्लले संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका हुन् । उक्त नयाँ सञ्चालित एटीएमले चोभार क्षेत्र वरपरका जनता लाभान्वित हुने बैंकले विश्वास लिएको छ । हाल बैंकले ७९ वटा शाखा, ७३ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
तामाकोशी जलविद्युतकाे सेयरमा तीन गुणा बढीको आवेदन, दशैँपछि मात्रै बाँडफाँट
दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर दशैँपछि बाँडफाँड हुने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको सेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । जिल्लावासीका लागि जारी भएको सेयर भदौ २१ गतेमात्र सकिएको थियो । सेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको छ । सो आयोजनाको साधारण शेयर कात्तिक अन्तिम साता आउने न्यौपानेले बताए । प्रवद्र्धक माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । स्थानीयवासीका लागि कम्पनीले एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको हो । करीब तीन अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । रासस प्रवक्ता न्यौपानेका अनुसार दुई लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन् । दुई लाख ८२ हजारले आवेदन दिन पाउने भए पनि ७५ प्रतिशतले मात्र आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर निष्कासन गरेको छ । स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । रासस
चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना, नासासंग १ अर्ब ६० करोड डलरमा सम्झौता
लस एन्जलस । स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ । अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थानविन्दु हो ।स्पेसएक्सले यसबारेमा थप विवरण सार्वजनिक गरेको छैन । टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलोपटक भने होइन । क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो । सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो । स्पेसएक्सले हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ । स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ । तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो । अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले कहिल्यै सार्वजनिक गरेको थिएन ।स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ ।मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए । चन्द्रमामा अहिलेसम्म केबल २४ जनाले पाइला टेकेका छन् । स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो । यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ ।बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ, र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ । स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग १ अर्ब ६० करोड डलरको सम्झौता गरेको छ । स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ । एएफपी/रासस
रुख जोगाउने नाममा निजगढ एयरपोर्टलाई रोक्नु हुन्नः उपाध्याय
भीम प्रसाद उपाध्याय, पूर्व सचिव काठमाडौं । वातावरण र बिकासबीच संतुलन ल्याउनु नै विवेकी निर्णय हुन्छ । रूख काटिने रोपिने खासै मुख्य हैन, नेपाललाई एयरपोर्ट चाहिन्छ कि चाहिन्न ? यदि चाहिन्छ भने कत्रो, कति सय वर्षसम्मका लागि उपयुक्त हुने चाहिन्छ ? भन्ने कुरा दूरगामी भिजन र मार्केट अनुसार निर्धारण गर्नुपर्छ । तर आजसम्मका क्रियाकलाप र क्रेडिबिलिटीका कारण जनतामा सरकारप्रति रत्ति विश्वास छैन र सरकारमा पनि जनतालाई विश्वास दिलाउन सक्छु भन्ने आत्मविश्वास देखिन्न । मुल समस्या यहीँ छ । एयरपोर्ट यस्तो बनोस् ताकि त्यसले सैयौं वर्ष सेवा दिन सकोस्। त्रिभुवन एयरपोर्ट जस्तो वा काठमॉडौंका पैदलयात्रु र सवारीसाधनका लागि कालको पासो जस्तो साघुँरा सडक हैन। ८ लेनको रिंगरोड आज सॉघुरो भैसक्यो , यसको २५ वर्ष अघि यति चौडा किन वनाएका होलान भनेर सत्तोसराप हुनेगर्थ्यो । अबका एयरपोर्ट वा पूर्वाधार यस्तो नबनोस् । निजगढ एयरपोर्ट दक्षिण एशिया क्षेत्रको एयर केन्द्र (हब) बनोस्, भारतीय बंगालीहरू पनि यहीबाट यात्रा गर्न अनुकूल पर्ने बनोस् । चीन, पाकिस्तानका प्लेनहरूको सहज ट्रान्जिट बनोस् । विकासको दूरगामी भिजन चाहियो, रूख त रोप्न सकिहालिन्छ एकै वर्षमा करोडौं । नेपालको हरियाली क्षेत्र विश्वमैं राम्रोमा पर्छ । युरोप अमेरिकाको भन्दा पनि राम्रो बनोस् न झन राम्रो, तर ईमान्दारी हुनुपर्छ । पर्यटन नेपालको धन हो, यही धनको धनवर्धन नै गर्ने हो विकास भनेको । लाखौं रोजगारी र ब्यापार बढोस् र करोडौं पर्यटक नेपाल छिरून् ।
कात्तिकदेखि ६ लाख संचयकर्ताको स्वास्थ्य बीमा, १० लाखसम्म उपचार खर्च पाउने
काठमाडौं । कर्मचारी संचय कोषले आउदो कात्तिकदेखि ६ लाख संचयकर्ताको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गरिदिने भएको छ । कोषले आफनो आम्दानीबाट संचयकर्ताको स्वास्थ्य बीमा गर्न लागेको हो । स्वास्थ्य बीमा योजना कात्तिकदेखि कार्यान्वयनमा आउने कोषका प्रशासक तुल्सी गौतमले बताए । कोषको आउदो आइतबार हुने ५७ औं वार्षिकोत्सवमा संचयकर्ताको स्वास्थ्य बीमा योजना घोषणा गर्ने भएको छ । गौतमका अनुसार सरकार स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत स्वास्थ्य बीमा कार्यान्वयनमा हुने छ । “प्राविधिक रुपमा राष्ट्रिय बीमामार्फत गर्न सहज हने देखेका छौ । संभवत त्यही संस्थामा बीमा हुनेछ” उनले भने । कोषले प्रतिसंचयकर्ता ४५० रुपैयाँ बीमा शुल्क तिर्ने सहमति राष्ट्रिय बीमा कम्पनीसंग गरेको छ । यसबाट ६ लाख संचयकर्तालाई २७ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । राष्ट्रिय बीमाले बीमा शुल्क यो भन्दा कम गर्न सहमति जनाएको छ । बीमा शुल्कको दायित्व संचयकर्तालाई नपर्न गरी स्वास्थ्य बीमा हुने गौतमले सुनाए । संचयकर्ताको मृत्युपछि सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा रहेकोमा अब वहाल रहेको अवस्थामा संचयकर्तालाई ठुलो रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च र १ लाख रुपैयाँ औषधि उपचार खर्च उपलब्ध हुनेछ । यो वर्ष संचयकर्तालाई बाँडेर बचत हुने नाफा रकमबाट बीमा गर्ने र अर्को वर्षदेखि विशेष व्यवस्था गर्ने तयारी कोषको छ । “हामीसंग अहिले १ अर्ब ६० करोड रुपैयाँको सामाजिक सुरक्षा कोष छ । त्यो कोषले वार्षिक १५ करोड रुपैयाँ कमाउछ” उनले भने “वार्षिक १० देखि १२ करोड रुपैयाँ व्यवस्थापन गर्न समस्या छैन ।” केही वर्षपछि दीगो रुपमा चल्ने गरी कोषको दायित्वबाट वहन नगर्नु पर्ने गरी काम अघि बढाउने योजना रहेको गौतमले सुनाए । कोषले अहिले पनि संचयकर्तालाई औषधी उपचार खर्च दिदै आएको बताउदै उनले अब बीमाबाट ब्योहर्ने किसिमले आउन लागेको स्पष्टपारे । दुर्घटना क्षतिपुर्ति, औषधी उपचार र प्रसुति उपचारका लागि कोषले पैसा दिदै आएको छ । यता सरकारले पनि २ लाख रूपैयाँसम्मकाे बीमा गरेकाे छ ।
टीभीएसको स्कुटी १ लाख १२ हजारमै, यस्ता छन् अन्य कम्पनीका सस्ता स्कुटरहरु
काठमाडौं । नाडा अटो शोमाा जगदम्बा अटो ग्रुपले सबैभन्दा सस्तो स्कुटर नेपाली बजारमा ल्याएको छ । ९ मोडेलका स्कुटर बिक्री गर्दै आएको कम्पनीले १ लाख १२ हजारमै स्कुटर ल्याएको हो । एक्सएल १०० नामक स्कुटरको बजार मूल्य कम्पनीले १ लाख १२ हजार ९ सय रुपैंया तोकेको छ । यस्ता छन् अन्य कम्पनीका सस्ता स्कुटरहरु होण्डा ७ मोडेलको स्कुटर बिक्री गर्दै आएको ११० सिसीको होण्डा नाभी स्कुटरको मूल्य एक लाख ५४ हजार ९०० रुपैयाँ तोकिएको छ । सो स्कुटरमा ४ हजार रुपैंयसम्म छुटको व्यवस्था गरेको छ । हिरो हिरो मोटरकर्पको प्लेजर स्कुटरको मूल्य एक लाख ६४ हजार रुपैयाँ तोकेको छ । सो स्कुटरमा कम्पनीले ९ हजारसम्म छुटको व्यवस्था गरेको छ । यामाहा यामाहाको र्या ज ११३ सिसी स्कुटरको मूल्य एक लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीले सो स्कुटरमा ७ हजार रुपैंया छुटको व्यावस्था गरेको छ । सुजुकी सुजुकी लेट्स स्कुटरको मूल्य एक लाख ८३ हजार ९०० रुपैयाँ तोकिएको छ। कम्पनीले नाडा अटो शोमा यो स्कुटर खरिदमा १० हजार रुपैयाँ छुट दिइएको छ । अप्रिला अप्रिला एसआर १२५ सिसी स्कुटरको मूल्य दुई लाख ४० हजार रुपैयाँ तोकिएको छ। भेस्पा भेस्पा एलएक्स १२५ सिसिको मूल्य दुई लाख ५९ हजार ९४६ रुपैयाँ तोकेको छ।
हुण्डाइकाे आइओनिक कार १ रुपैयाँ ५० पैँसा चार्जले १ किलोमिटर गुड्छ
लोडसेडिङ हटेपछि नेपालमा पनि विद्युतीय सवारीसाधन ( इलेक्ट्रिक) कार चढ्नेको संख्या बढ्दै गएको छ । इन्धनको हिसाबले सस्तो पर्ने र प्रदुषण कम गर्नेछ । कोरियाको गाडी निर्मार्ता हुण्डाइले नाडा अटो शोमा विभिन्न मोडेका अतिरित्त विद्युतीय कार सार्वजनिक गरेको छ । हुण्डाइले नेपालमा भित्राएको विभिन्न गाडीका विषयमा उपमहाप्रवन्धक रुपेश शर्मा भट्ट र सहायक महाप्रबन्धक दिपक थपलियासँग विकासन्यूजले गरेको कुराकानी: नाडा अटो शो सुरु भएयता कति वटा कार बुकिङ भएका छन् ? हाम्रो कति गाडी बिक्री भयो भनेर नाडा अटो शोपछि मात्रै सार्वजनिक गर्छौ । अन्य ब्राण्डका गाडी भन्दा हुन्डाईमा फरक के छ ? हुन्डाईले नेपालमा सबै भन्दा धेरै कार बिक्री गरेको छ । हामीले यो मेलामा सबैलाई हुन्डाईको बारेमा जानकारी दिनेछौं । अरु गाडीले भन्दा हाम्रो कम्पनीका गाडीहरुले राम्रो माइलेज दिन्छन । उपभोत्ताका चाहना बमोजिम सस्तोदेखि धेरै मूल्यसम्मका गाडी छन् । मूल्यका कुरा गर्दा न्युनतम १८ लाख ९५ हजारदेखी १ करोड २२ लाख ९६ हजार रुपैयाँ सम्मका छन् । हाम्रो कम्पनीमा सानो रेन्जदेखी ठुलो रेन्जसम्मका गाडी छन् । हामीले १० प्रकारका गाडी बिक्री गरिरहेका छौँ । त्यसैले पनि हाम्रो गाडीहरु लोकप्रिय भएका हुन । हुन्डाईको गाडीमा के के फिचर्स छन ? हाम्रो गाडीहरुमा ग्राहकले रोजे र खोजे जस्तो फिचरहरु छन् । हाम्रो कम्पनीले ग्राहकको रोजाइअनुसार गाडी उत्पादन गरिरहेको छ । आधुनिकतालाई हुन्डाईले आत्मासाथ गरिरहेको छ । उपभोत्ताले खोजने सबै प्रकारको फिचर हुण्डाइ गाडीमा छ । हुन्डाई ब्रान्डको सेल्स र सर्भिसलाई सगै लान्छु भनुभयो, कसरी ? हामीले गाडी मात्रै बिक्री गरिरहेका छैन । हामीले जति ठाउँमा सोरुम खोलेको छौं त्यती नै ठाँउमा सर्भिस सेन्टर पनि खोलेका छौँ । हाम्रो ब्रान्डको गाडीहरुको पाटपुर्जा पनि सहज र सरल तरिकाले उपलब्ध छ । ग्राहकले काठमाडौमा जस्तो सेवाको अनुभब गर्नु भएको छ । त्यो अनुभब देशै भरिका ग्राह्कले पाएका छन् । नाडा र दशैतिहारमा हुन्डाईले कस्तो अफर दिएको छ ? हामीले सेप्टेबर ७ बाट नै अफर सुरु गरिसकेका छौँ । हरेक गाडीको डिस्काउन्ट फरक फरक छ । स्क्याच कार्डबाट २५ हजार देखी १ लाख रुपैयाँसम्म र १ वर्षको बीमा र सडक कर हामीले नै तिरेका छौँ । नाडामा हामीले अझ १५ हजार थपेका छौँ । हुन्डाईले आइओनिक नयाँ विद्युतीय गाडी पनि ल्याएको छ । यो कस्तो कार हो ? हुन्डाईले नयाँ विद्युतीय गाडी नाडा अटो शोमा ल्याएको छ । यसको बजार मूल्य ५२ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । एक पटक फुल चार्ज गरेपछि यो गाडी २५० किलोमिटरसम्म चलाउन सकिन्छ । नेपालको भौगोलिक अवस्थाको कारण विद्युतीय गाडीहरु व्यवसायिक रुपमा सफल भएका छैनन, यसमा आइओनिक सफल हुने छ । विद्युतीय गाडीको विस्तारका लागि हुन्डाईले विभिन्न स्थानमा चार्जिङ सेन्टर स्थापना गर्ने लक्ष्य लिएको छ । यो कार १ रुपैँया ५० पैंसा बराबरबको विद्युतको चार्जले १ किलोमिटर गुडछ । यो कार चार्ज हुन कति समय लाग्छ ? यो कार ३ प्रकारको चार्जरबाट चार्ज हुन्छ । स्टेप १ को चार्जरले चार्ज गर्दा १०–१२ घन्टा, स्टेप २ को चार्जरले चार्ज गर्दा ४ घन्टामा फुल चार्ज हुन्छ र स्टेप ३ को चार्जरले ३० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ ।