मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
काठमाडौं । ट्राफिक प्रहरीले चोरी भएको मोटरसाइकल ग्यारेजको अगाडि पार्ट पुर्जा खोली लुकाइ राखेको अवस्थामा फेला परेको छ । बाप्र०२–०३४प ९८३१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकल हराएको भनी पीडितले काठमाडौं उपत्यका प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएकोमा खोजी गर्दै जाँदा उक्त मोटरसाइकल पार्ट पुर्जा खोलेको अवस्थमा फेला पारिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाइ जानकारी दिए । उनले भने, 'काठमाडौंको तारकेश्वर नगरपालिका–४ रातोपुलमा रहेको मोटरसाइकल ग्यारेज अगाडि पार्ट पुर्जा खोली सकेको अवस्थामा फेला परेको र खोलिएका पार्टपुर्जाहरु लुकाइछिपाइ राखिएको अबस्थामा फेला परेको हो ।' यसैगरी मिलेमतोको आशकामा ग्यारेज सञ्चालक समेतलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको प्रवक्ता सुवेदीले बताए ।
पूर्वसभामुख महराविरुद्ध सुन तस्करी प्रकरणमा अख्तियारको मुद्दा दर्ता हुँदै
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध सुन तस्करीसम्बन्धी भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गर्ने भएको छ । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार अख्तियारका कर्मचारीहरूले विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रियामा छन् । लामिछाने सर्वोच्च अदालतको बैठकमा रहेका कारण मुद्दा दर्ता प्रक्रिया केही ढिला भएको हो । विकासन्युजसँग कुरा गर्दै उनले भने,‘ म भर्खर कार्यालय आएर मुद्दा हेर्दैछु, केहीबेरमा मुद्दा दर्ता हुन्छ ।’ अख्तियार स्रोतका अनुसार महरा र उनका छोरा राहुलमाथि भेपमार्फत सुन तस्करीमा संलग्न रहेको आरोप छ । अनुसन्धानका क्रममा उनीहरूको चिनियाँ गिरोहसँग सम्बन्ध र आर्थिक कारोबार खुलेपछि मुद्दा दायर गरिएको हो। मुद्दा दर्तासँगै अब विशेष अदालतमा थुनछेक बहसपछि नियमित सुनुवाइ प्रक्रिया अघि बढ्ने लामिछानेले जानकारी दिए ।
क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण
काठमाडौं । उत्तर कोरियाले पछिल्लो हतियार परीक्षणमा क्लस्टर–बम वारहेड जडित ब्यालेस्टिक मिसाइलहरू प्रयोग गरेको दाबी गर्दै आफ्नो सैन्य क्षमता थप आक्रामक ढङ्गले विस्तार गरिरहेको सङ्केत दिएको छ । यस कदमले दक्षिण कोरियामाथि दबाब बढाउने मात्र नभइ, कोरियाली प्रायद्वीपमा तनाव अझ चर्काउने देखिएको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरणअनुसार सोमबारदेखि सुरु भएको तीनदिने परीक्षण क्रममा विभिन्न नयाँ हतियार प्रणालीहरूको प्रदर्शन गरिएको थियो । यसमा विमानविरोधी प्रणाली, कथित विद्युत् चुम्बकीय हतियार तथा कार्बन फाइबर बमसमेत समावेश गरिएको उल्लेख छ । विशेषगरी आणविक क्षमता बोकेको ह्वासोङ–११ ब्यालेस्टिक मिसाइलमा जडान गरिएको क्लस्टर वारहेड प्रणालीलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ । यो जानकारी दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले दुई दिनभित्रै दोस्रो चरणको प्रक्षेपणमा पूर्वी तटीय क्षेत्रबाट बहुविध क्षेप्यास्त्र प्रहार गरेको पत्ता लगाएको एक दिनपछि सार्वजनिक भएको हो । दक्षिण कोरियाको संयुक्त सेना प्रमुखको कार्यालयका अनुसार ती मिसाइलहरू २४० देखि ७०० किलोमिटरसम्म उडेका थिए र समुद्रमा खस्नुअघि विभिन्न दूरी तय गरेका थिए । कम्तीमा एउटा प्रक्षेपण प्योङयाङ नजिकबाट गरिएको पुष्टि गरिएको छ । जापानको रक्षा मन्त्रालयले भने यी प्रक्षेपणहरू आफ्नो विशेष आर्थिक क्षेत्रभित्र नपरेको जनाएको छ । त्यस्तै, अमेरिकी सेनाले पनि ती परीक्षणहरूले तत्कालका लागि अमेरिका वा उसका सहयोगी राष्ट्रहरूलाई प्रत्यक्ष खतरा नदेखिएको प्रतिक्रिया दिएको छ । उत्तर कोरियाली दाबीअनुसार, क्लस्टर वारहेड जडित छोटो दूरीका मिसाइलहरूले ६।५ देखि ७ हेक्टर क्षेत्रभित्रका लक्ष्यहरूलाई ‘उच्च घनत्वको आक्रमण’ मार्फत पूर्ण रूपमा ध्वस्त पार्न सक्ने क्षमता राख्छन् । यस्तो डिजाइन रूसी इस्कान्डर मिसाइल प्रणालीसँग मिल्दोजुल्दो रहेको पनि जनाइएको छ, जसले मिसाइल प्रतिरक्षा प्रणाली छल्ने उद्देश्य राख्छ । दक्षिण कोरियाका संयुक्त सेना प्रमुखका प्रवक्ता जाङ डो–यङले भने यी प्रक्षेपणहरूको विस्तृत विश्लेषण भइरहेको जानकारी दिए । उनका अनुसार अमेरिका र जापानसँग समन्वय गरी सूचना आदानप्रदान भइरहेको छ, तर उत्तर कोरियाले दाबी गरेअनुसारको प्राविधिक प्रगतिको स्तरबारे तत्काल निष्कर्ष निकाल्न सकिने अवस्था नरहेको बताए । यी गतिविधिले उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध थप चिसिएको सङ्केत दिएका छन् । प्योङयाङले सियोलको वर्तमान सरकारप्रति कटु टिप्पणी गर्दै आफूहरूका लागि दक्षिण कोरिया ‘सबैभन्दा शत्रुतापूर्ण राष्ट्र’ नै रहने दोहोर्‍याएको छ । उत्तर कोरियाका विदेश मन्त्रालयका प्रथम उपमन्त्री जाङ कुम चोलले वार्ता पुनः सुरु गर्ने प्रयासलाई व्यङ्ग्य गर्दै कडा अभिव्यक्ति दिए । उत्तर कोरियाली नेता किम जोङ–उनले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक वार्ता असफल भएपछि वासिङ्टन र सियोलसँगको कूटनीतिक संवाद प्रायः बन्द गरेका थिए । त्यसयता उनले आणविक क्षमता भएका मिसाइलहरूको विकासलाई तीव्र बनाउँदै अमेरिका र उसका सहयोगीहरूलाई लक्षित रणनीति अघि बढाइरहेका छन् । यसैक्रममा, उत्तर कोरियाले आफ्नो कूटनीतिक पहुँच विस्तार गर्ने प्रयास पनि जारी राखेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यी दुई दिने भ्रमणका लागि बिहीबार प्योङयाङ पुग्ने कार्यक्रम रहेको छ, जसलाई क्षेत्रीय शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ । रासस
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
काठमाडौं । मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीव्र रूपमा बढेपछि भारतले आफ्नो कृषि क्षेत्रलाई जोगाउन मलमा दिइने अनुदान उल्लेखनीय रूपमा बढाएको छ । सरकारको यो कदम खाद्य सुरक्षासँगै ठूलो कृषिजन्य जनसङ्ख्यालाई राहत दिने प्रयासका रूपमा हेरिएको छ । सरकारले गत वर्षको तुलनामा मल अनुदान करिब ११ प्रतिशतले वृद्धि गरेको जनाएको छ । भारतमा कृषि क्षेत्रले कुल जनसङ्ख्याको ४५ प्रतिशतभन्दा बढीलाई जीविकोपार्जन उपलब्ध गराउँदै आएको छ, जसले यसलाई आर्थिक मात्र नभइ राजनीतिक रूपमा पनि अत्यन्त प्रभावशाली बनाएको छ । मन्त्रिपरिषद्ले जारी गरेको विज्ञप्तिमा मल कम्पनीहरूलाई स्वीकृत दरअनुसार अनुदान उपलब्ध गराइने र त्यसबाट किसानहरूले सस्तो मूल्यमा मल पाउने सुनिश्चित गरिने उल्लेख गरिएको छ । सरकारले विशेषगरी अन्तर्राष्ट्रिय बजारमा मल र युरिया जस्ता कच्चा पदार्थको मूल्यमा आएको उतारचढावलाई ध्यानमा राख्दै पोषकतत्वमा आधारित अनुदान (एनबिएस) दर स्वीकृत गरेको जनाएको छ । यस निर्णयअनुसार आगामी ग्रीष्मकालीन बालीका लागि करिब चार खर्ब १५ अर्ब रुपैयाँ (चार अर्ब ४८ करोड अमेरिकी डलर) बराबरको योजना लागू गरिनेछ । योजना छ महिनासम्म प्रभावमा रहनेछ । यसले उत्पादन लागत बढिरहेका बेला किसानहरूलाई राहत दिने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा भने युद्धको असर अझ व्यापक देखिएको छ । विश्व व्यापार सङ्गठनले हालै चेतावनी दिँदै मध्यपूर्व द्वन्द्वका कारण मल आपूर्तिमा अवरोध आएको र त्यसले विश्वव्यापी खाद्य सुरक्षामा दोहोरो खतरा निम्त्याएको जनाएको थियो । विशेषगरी होरमुज जलडमरूमध्यमा इरानले लगाएको प्रतिबन्धले तेल, ग्याससँगै मल ढुवानीमा समेत अवरोध सिर्जना गरेको छ । सामान्य अवस्थामा विश्वको करिब एक तिहाइ मल यही मार्ग हुँदै ओसारपसार हुने गर्छन् । यस्तो अवरोधले दीर्घकालीन रूपमा खाद्य उत्पादनमा गम्भीर असर पार्न सक्ने भन्दै विज्ञहरूले चेतावनी दिँदै आएका छन् । अन्तर्राष्ट्रिय द्वन्द्वको प्रभाव सीधै कृषि क्षेत्रमा पर्न थालेपछि भारतले अनुदान विस्तारमार्फत आन्तरिक उत्पादन र आपूर्ति सन्तुलन कायम राख्ने रणनीति अघि सारेको देखिन्छ । रासस
ब्वाँसो भागेपछि विद्यालय बन्द
काठमाडौं । दक्षिण कोरियामा चिडियाखानाबाट भागेको ब्वाँसो अझै नियन्त्रणबाहिर रहेपछि सुरक्षा चिन्ताले स्थानीय विद्यालय बन्द गर्नुपरेको छ । खोजी अभियान तीव्र बनाइए पनि जनसुरक्षालाई प्राथमिकता दिँदै अधिकारीहरूले सतर्कता बढाएका छन् । सन् २०२४ मा जन्मिएको करिब ३० किलोग्राम तौलको नर ब्वाँसो बुधबार डेजिओन स्थित एक थिम पार्कको चिडियाखानाबाट भागेको थियो । यो सहर सियोलबाट करिब १५० किलोमिटर दक्षिणमा पर्छ । बिहीबारसम्म पनि ब्वाँसो नियन्त्रणमा नआएपछि आसपासका क्षेत्रमा त्रास फैलिएको छ । यसै कारण नजिकै रहेको डेजिओन सान्सियोङ प्राथमिक विद्यालय बन्द गरिएको डेजिओन महानगर शिक्षा कार्यालयका प्रवक्ताले जानकारी दिए । उनका अनुसार बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय सञ्चालन रोकिएको हो । ब्वाँसोको खोजीका लागि अग्निनियन्त्रक, प्रहरी तथा सैन्य बलसहित ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । डेजिओन अग्नि मुख्यालयका एक अधिकारीका अनुसार बिहान ड्रोन क्यामेरा प्रयोग गरेर खोजी सुरु गरिएको थियो, तर लगातार वर्षा भएपछि त्यसलाई रोकिनुपरेको थियो । प्रारम्भिक अनुसन्धानअनुसार ब्वाँसोले जमिन खनेर चिडियाखानाको पर्खाल कमजोर बनाउँदै भाग्न सफल भएको देखिएको छ । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा भने उक्त ब्वाँसो सडक क्षेत्रमा स्वतन्त्र रूपमा घुमिरहेको देखिएको छ, जसले सर्वसाधारणमा थप चिन्ता बढाएको छ । यसअघि पनि सन् २०२३ मा सियोलकै एक चिडियाखानाबाट भागेको ‘सेरो’ नामक जेब्रा विश्वव्यापी चर्चा बनेको थियो । उक्त जेब्रालाई पछि साँघुरो गल्लीमा नियन्त्रणमा लिएर सुरक्षित रूपमा पुनः घेरामा फर्काइएको थियो । अधिकारीहरूले अहिले पनि ब्वाँसो जीवितै सुरक्षित नियन्त्रणमा ल्याउने लक्ष्यसहित खोजी अभियान जारी राखेका छन् र सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन् । रासस
८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ९ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४८ अंकले बढेर २८५१ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार २५१ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको सेयर मूल्य घटेको छ । १ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३३८ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेसनल हाइड्रो पावरको भएको छ । नेसनलको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिडि पावरको ४१ करोड रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३९ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३६ करोड र एसवाई प्यानलको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबारको कारोबारमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त, रिलाइन्स स्पिीनिङ, भुजुङ हाइड्रो, रिडिज लाइन र सोलु हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
युद्धविरामलाई लिएर ‘इजरायली मिडिया’ चिन्तित, नेतान्याहूले ‘ट्रम्पसामु आत्मसमर्पण गरेको’ आरोप
काठमाडौं । इरान र अमेरिकाबीच युद्धविरामको घोषणा भएपछि इजरायली मिडियाले यस सम्झौताप्रति असन्तुष्टि व्यक्त गरेको छ । यस युद्धको कुनै पनि लक्ष्य हासिल हुन नसकेको इजरायली मिडियाको भनाइ छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान १४ दिनको युद्धविराम र होर्मुज स्ट्रेट पुनः खोल्ने घोषणा गरेका थिए । उनले होर्मुज स्ट्रेट खोल्न दिएको आफ्नो डेडलाइन सकिनु ठीकअघि यो घोषणा गरेका थिए । सम्झौताका लागि भइरहेको वार्ता असफल हुने र लडाइँ अझ तीव्र हुने इजरायली मिडियाले यसअघि अनुमान गरेको थियो । विशेषगरी दक्षिणपन्थी टिप्पणीकारहरू यसको पक्षमा थिए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सुरुमा सामाजिक सञ्जाल प्लेटफर्म एक्समा अंग्रेजीमा पोस्ट गर्दै भनेका थिए कि इजरायल ‘ट्रम्पको दुई हप्तासम्म हमला रोक्ने निर्णयलाई समर्थन गर्दछ ।’ पछि उनले हिब्रू भाषामा पनि विस्तृत पोस्ट गरेका थिए । उनले उक्त पोस्टमा इजरायलका केही लक्ष्यहरू अझै बाँकी रहेको र उक्त लक्ष्यहरू सम्झौतामार्फत वा पुनः लडाइँमार्फत हासिल गरिने बताएका थिए । इजरायलको सार्वजनिक प्रसारक ‘केन’ ले एक अज्ञात स्रोतलाई उद्धृत गर्दै भनेको छ कि सरकार ‘ट्रम्पको निर्णयबाट अचम्मित भएको थियो’ र उनीहरूलाई ‘अन्तिम समयमा मात्र जानकारी दिइएको थियो ।’ यो घोषणा पासओभर (यहूदी पर्व) का कारण मिडियामा सीमित रूपमा मात्र कभर भयो । दक्षिणपन्थी च्यानल १४ ले यो समाचार कभर गरेन, किनकि त्यो च्यानल बिदा र सप्ताहन्तमा प्रसारण गर्दैन । यो च्यानलले लडाइँको समर्थन गर्दै आएको थियो र ट्रम्पको प्रशंसा पनि गर्दै आएको थियो । मुख्यधाराका मिडिया संस्थाहरू भने अझै पनि युद्धकालीन नाराहरू देखाइरहेका थिए, जस्तै ‘युद्धमा सबै एक साथ ।’ विपक्षी नेताहरूले पनि युद्धविरामको कडा आलोचना गरेका छन् । याइर लपिडले यसलाई ‘राजनीतिक विपत्ति’ भनेका छन् भने याइर गोलनले ‘पूर्ण असफलता’ बताएका छन् । इजरायली मिडियामा द न्यू योर्क टाइम्सको एउटा रिपोर्टलाई पनि प्रमुखता दिइएको छ, जसमा इरानविरुद्धको युद्धमा अमेरिकालाई समावेश गराउन नेतान्याहूको कति प्रभाव थियो भन्ने उल्लेख गरिएको छ । विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् कि यस युद्धका कारण ट्रम्पसँगको सम्बन्ध बिग्रिएको छ, किनकि कुनै पनि लक्ष्य हासिल हुन सकेन । इजरायली अखबार हारेट्जका रक्षा विश्लेषक अमोस हरेलले युद्धविरामलाई ‘जाल’ बताएका छन् । उनले भने कि नेतान्याहूले ट्रम्पलाई यस्तो योजना प्रस्तुत गरेका थिए जसमा केही हप्तामै इरानको मिसाइल क्षमता समाप्त गर्ने, शासन कमजोर बनाउने र होर्मुज स्ट्रेट खुला राख्ने दाबी गरिएको थियो, तर त्यो सम्भव हुन सकेन । अमेरिकासँग इजरायलको शाख ‘निकै कमजोर भएको’ र अब ट्रम्पलाई ‘अनावश्यक युद्धमा तानिएको’ आरोप लागिरहेको छ । नेतान्याहूका नजिकका व्यक्तिहरूले यस अभियानका तीन मुख्य लक्ष्य बताएका थिए, जसमा इरानको सरकार गिराउनु, परमाणु कार्यक्रम समाप्त गर्नु र ब्यालिस्टिक मिसाइलको खतरा अन्त्य गर्नु रहेका छन् । तर हालसम्म यीमध्ये कुनै पनि लक्ष्य हासिल हुन सकेको छैन । ‘केन’ की कूटनीतिक संवाददाता जिली कोहेनले नेतान्याहूले ‘ट्रम्पसामु आत्मसमर्पण गरेको’ बताइन् । च्यानल १२ का पत्रकार युवल साडेले लेखेका छन्, ‘असफलता वा भनौं ठूलो अवसर गुमाएको अनुभूति भइरहेको छ ।’ ‘जुन युद्ध ऐतिहासिक उपलब्धिको रूपमा सुरु भएको थियो, त्यो अहिले कमजोर राहतको साससहित अन्त्य भइरहेको छ,’ उनले थपे । नेतान्याहूले एक्समा भनेका छन्, ‘जब तपाईं बम शेल्टर र सुरक्षित कोठामा बसेर पनि दृढ रहनुभयो, हामीले मिलेर ठूलो जीत हासिल गर्यौं । हाम्रो लडाकुहरू मोर्चामा थिए र तपाईं गृह मोर्चामा ।’ ‘इजरायल राष्ट्रले ठूलो सफलता हासिल गरेको छ । यस्ता सफलता, जुन केही समयअघिसम्म असम्भव जस्तै लाग्थ्यो । इरान पहिलेभन्दा धेरै कमजोर छ र इजरायल पहिलेभन्दा धेरै बलियो छ । अहिलेसम्मको अभियानको निष्कर्ष यही हो,’ उनले थपे । उनले अझै पनि केही लक्ष्यहरू बाँकी रहेको पनि बताए । इरानको सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलले सर्तसहित युद्धविरामको घोषणा गरेको थियो । त्यसपछि जारी गरिएको बयानमा भनिएको थियो कि सम्झौताका विवरण अन्तिम रूप दिन अधिकतम १५ दिनभित्र इस्लामावादमा वार्ता हुनेछ । बयानमा भनिएको छ कि यो वार्ता ‘मैदानमा इरानले हासिल गरेको जीतलाई राजनीतिक वार्तामा पनि सुदृढ बनाउन’ का लागि हुनेछ । काउन्सिलका अनुसार अमेरिका इरानविरुद्ध ‘आक्रामक कारबाही’ पुनः नगर्ने ग्यारेन्टी, होर्मुज स्ट्रेटमा इरानको नियन्त्रण कायम रहने, युरेनियम सम्वर्धन स्वीकार गर्ने, सबै प्रतिबन्ध हटाउने, संयुक्त राष्ट्र सुरक्षा परिषद र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका सबै प्रस्ताव समाप्त गर्ने, इरानलाई क्षतिपूर्ति दिने, क्षेत्रबाट अमेरिकी लडाकु फौज फिर्ता गर्नेजस्ता शर्तहरू रहेका छन् । इरानी सरकार र सरकारी मिडियाले यस सम्झौतालाई ठूलो जीतका रूपमा प्रस्तुत गरिरहेका छन् । काउन्सिलले भनेको छ कि इरानले युद्धमा आफ्ना अधिकांश लक्ष्य हासिल गरेको छ र शत्रुले ऐतिहासिक असफलताको सामना गरिरहेको छ । युद्धको सुरुवातमै अलि खामेनेई र इस्लामिक रिभोल्युशनरी गार्ड कोरका वरिष्ठ जनरलहरूको अमेरिकी–इसराइली हमलामा मृत्यु भएको थियो । यो लडाइँ त्यहाँको शासनका लागि अस्तित्वको प्रश्न बनेको थियो । त्यसैले इरानले आफूलाई विजयी मानेको छ, किनकि उसले अमेरिका र इजरायलसँग ३० दिनभन्दा बढी चलेको युद्धमा टिकेर बाँच्न सफल भएको छ । त्यसैले इरानले आफूलाई विजेता भनेर प्रस्तुत गर्नु महत्त्वपूर्ण मानिएको छ । वार्ताको अर्को चरण सुरु हुन लाग्दा यो कुरा ध्यान दिनुपर्ने छ कि अमेरिका र इरानबीच विश्वासको निकै कमी छ । पछिल्लो एक वर्षमा इरान र अमेरिकाबीच दुई पटक वार्ता भएको छ, तर दुवैपटक वार्ताकै बीचमा युद्ध सुरु भएको थियो । (बीबीसीबाट अनुदित तथा सम्पादित) इरान-अमेरिका तनावमा पाकिस्तानको ‘इन्ट्री’ : शरिफ र मुनिरको पहलमा ट्रम्प युद्ध रोक्न सहमत ‘बिटक्वाइनको स्रष्टा’ पहिचान गरेको ‘न्यूयोर्क टाइम्स’को दाबी
श्रममन्त्री साहलाई हटाउँदै प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउन छलफल गरेका छन् । प्रधानमन्त्री निकट स्रोतले श्रममन्त्री साहलाई हटाउने वा निरन्तरता दिने विषयमा छलफल भएको विकासन्युजलाई जानकारी दियो । स्रोतका अनुसार प्रधानमन्त्री बालेन श्रममन्त्री साहको कामकाजबाट सन्तुष्ट छैनन् । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित भएका थिए ।