कडा रुघाखोकी स्वाइन फ्लूको आतंक, जानीराखौ लक्षण र बच्ने उपाय
काठमाडौं अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो । उनको मृत्यु एच१ एन१ पिडिएम (टाइप ए) नामको भाइरसका कारण उत्पन्न हुने कडाखाले मौसमी रुघाखोकी यसलाई स्वाइनफ्लु भन्ने गरिएको छ बाट भएको थियो । उनी मधुमेहबाट समेत पीडित थिइन् । जुलाई २४ मा त्यस्तै प्रकृतिको अर्को घटना भयो । कडाखाले रुघाखोकी लागेपछि ढिलो गरी अस्पताल पुगेका बूढानीलकण्ठका २५ वर्षीय युवकको उपचारक्रममा मृत्यु भयो । मृत्युको पृष्ठभूमि खोज्दै जाँदा अत्यधिक मदिरा सेवन गर्ने गरेको भेटियो । पोखराका ७६ वर्षीय एक पुरुषको उपचारक्रममा त्यस्तै रुघाखोकीले ज्यान गएको चिकित्सकले बताएका छन् । उनलाई पनि दमको समस्या पहिल्यै भएको र यो रोग लाग्दा ज्यान बचाउन नसकिएको चिकित्सकको भनाइ छ । यो रोग फैलाउन मुख्यतः चार प्रकारका भाइरसमध्ये (एच १ एन १) सबैभन्दा खतरनाक मानिने चिकित्सक बताउँछन् । १६ जुलाईमा झापाका ४७ वर्षीय पुरुषको पनि त्यस्तै प्रकृतिको रुघाखोकीबाट भारतमा उपचारक्रममा मृत्यु भएको थियो । चिकित्सकले उनलाई पहिले लिम्फोमा क्यान्सर बाट पीडित भएको र रुघाखोकीले मृत्युमा सहयोग पुगेको बताएका छन् । पछिल्लो तथ्यांकअनुसार यो वर्ष कडा रुघाखोकीबाट १० जनाले ज्यान गुमाइसकेका छन् भने तीन सय ५६ जना बिरामी परेका छन् । पाल्पा, स्याङ्जा, पोखरा, बुटवल र झापामा यो समस्या विकराल बनेको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडौं, ललितपुर र पोखराका तीन जनाको मृत्यु यो रोगबाट भएको पुष्टि गरेको छ । महाशाखाले बाँकी मृत्युलाई शंकास्पद भनेको छ । महाशाखाका अनुसार त्यसमा थप अनुसन्धान गर्न बाँकी छ । नेपालमा पछिल्लो ६ वर्षयता हरेक वर्ष मौसम परिवर्तनका बेला यो रोग फैलिन थालेको छ । सरकारी तथ्यांकअनुसार सन् २०१२ यता यो रोगका बिरामी घट्ने÷बढ्ने भइरहेका छन् । डा। शर्माका अनुसार तापक्रममा परिवर्तन आउने समय खासगरी जनवरीदेखि अप्रिलसम्म र जुलाईदेखि अगस्टसम्म यो रोग फैलाउने ुभाइरसु मौलाउने गरेको छ । कस्ता व्यक्तिलाई असर गर्छ ? टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसिएन डा। अनुप बास्तोलाका अनुसार यो रोगले खासगरी मिर्गौला, क्यान्सर, मुटु, फोक्सोको समस्या भएका, मधुमेह, थाइराइड र एचआईभी संक्रमण देखिएका व्यक्तिमा छिट्टै आक्रमण गर्छ । अत्यधिक अल्कोहल सेवन गर्ने, धूमपान गर्ने व्यक्ति, बालबालिका, गर्भवती महिलालगायत पनि यो रोगको जोखिममा पर्ने गरेका छन् । कसरी सर्छ ? प्रभावित व्यक्तिको सम्पर्कमा आउँदा हावाको माध्यमबाट सबैभन्दा छिटो सर्ने यो रोगले फोक्सोको ुटिस्युु मा असर गरी अपर्झट श्वाप्रश्वासमा बाधा पुर्याउन सक्छ । (यसलाई चिकित्सक ुएक्युट रेस्पिराटरी डिस्ट्रेस सिन्ड्रोमु भन्छन्, यसले गर्दा बिरामी अझ गम्भीर बन्ने गरेका छन् । स्वाइनफ्लुको नाममा आतंक विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग सबैभन्दा पहिले सन् २००९ मा मेक्सिकोको बेराक्रुज इलाकाको सुँगुर फार्ममा देखिएको थियो । त्यो बेला यो रोगलाई स्वाइन फ्लुु को नाम दिइएको थियो । विस्तारै यो संसारका धेरै देशमा फैलिएको पाइन्छ, त्यसैकारण संगठनले त्यसलाई ुएच १ एन १ पेन्डेमिक ०९ु नामकरण गरेको छ । बच्ने उपाय – संक्रमितको सम्पर्कबाट बच्नु – सफा रहनु -स्तरीय मास्क प्रयोग गर्नु – खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु – हाच्छिउँ गरेपछि साबुनपानीले हातमुख धुनु लक्षण – रुघाखोकी लाग्नु – भोक नलाग्नु – शिथिलता बढ्नु – हल्का ज्वरो आउनु – टाउको दुख्नु – घाँटी दुख्नु, – वाकवाकी लाग्नु कडा रुघाखोकी – कडा रुघाखोकीबाट यो वर्ष १० जनाको मृत्यु, ३५६ बिरामी -पाल्पा, स्याङ्जा, पोखरा, बुटवल र झापामा समस्या विकराल – काठमाडौं, ललितपुर र पोखराका तीन जनाको मृत्यु ुकडा रुघाखोकीबाटु भएको सरकारी दाबी – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बरुण प्रयोगशाला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशाला र भरतपुर अस्पतालको प्रयोगशालालाई मात्रै यो रोग जाँच्ने अधिकार – नेपालमा ६ वर्षयता हरेक वर्ष मौसम परिवर्तनका बेला यो रोगको संक्रमण – जनवरीदेखि अप्रिलसम्म र जुलाईदेखि अगस्टसम्म यो रोग फैलाउने ुभाइरसु संक्रमण बढी – मिर्गौला, क्यान्सर, मुटु, फोक्सोको समस्या भएका, मधुमेह, थाइराइड र एचआईभी संक्रमण देखिएकामा छिट्टै आक्रमण – अत्यधिक अल्कोहल सेवन गर्ने, धूमपान गर्ने व्यक्ति, बालबालिका, गर्भवती महिलालगायत पनि जोखिममा अन्नपूर्ण पोस्टबाट ।
विदेशी अनुदानमा डुब्दै संसदीय समिति, आइएनजीओको पछाडि दौडिए सांसद
काठमाडौं । संसदीय समितिका सदस्यहरु विदेशी दातृ निकायको सहयोग प्राप्त कार्यक्रममा सहभागी भई कार्यक्रमसमेत आफैँले चलाईहरका छन् । मिनी संसद का रुपमा परिचित संसदीय समिति मुलुकको एेन, कानुन र नीति निर्माण गर्ने प्रमुख थलो हो जहाँ पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले लगानी गरेर कार्यक्रम चलाईरहेका छन् । संसदको वातावरण समितिका सबै ४६ जना सदस्य जेठ २९ गते डब्लुडब्लुएफ नेपालले लगानी गरेको कार्यक्रममा सहभागि भएर कार्यक्रम आफैंले चलाए । काठमाडौंमा भएका २ वटा अन्य समितिका प्रतिनिधी पनि थिए । त्यति मात्र हैन काठमाडौंबाहिर अन्य ६ प्रदेशमा एकएक कार्यक्रम संसदहरु आफैंले संचालन गरे । कार्यक्रममा डब्लुडब्लु एफले ४० लाख सहयोग र प्राविधिक सहयोग गरे । नागरिक दैनिकबाट।
इन्धन भण्डारण क्षमता ६ दिनमात्र, केही वर्षमै शून्यमा झर्ने संकेत
काठमाडौं । पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार नभए अबको केही वर्षपछि मुलुकको इन्धन सञ्चिति दर ‘शून्य’ मा झर्ने सम्भावना बढेको छ। हाल पेट्रोल साढे ६ दिन, डिजेल साढे सात दिन, हवाई इन्धन १३ दिन र खाना पकाउने ग्यास सञ्चिति चार दिनका लागिमात्र छ। नेपाल आयल निगमले १८ वर्षदेखि भण्डारण क्षमता विस्तार गर्न नसकेका कारण यस्तो अवस्था सृजना भएको हो। बढ्दो मागअनुसार भण्डारण क्षमता स्तरोन्नति समयमै नगर्ने हो भने केही वर्षपछि नेपाली उपभोक्ता इन्धनको चरम संकट बेहोर्न बाध्य हुने निगमको तथ्यांकनले देखाएको छ। दीर्घकालिन योजना बनाएर भण्डारण क्षमता स्तरोन्नति नगर्ने हो भने आगामी आर्थिक वर्ष २०८२र८३ सम्म इन्धन भण्डारणको क्षमता शून्यमा झर्ने तथ्यांकले देखाएको छ। देशभर वार्षिक पेट्रोल १२ प्रतिशत, डिजेल ९ प्रतिशत, हवाई इन्धन ११ प्रतिशत र १३ प्रतिशतका दरले खाना पकाउने एलपीजी ग्यासको माग बढ्दै गएको छ। अन्नपूर्ण पोस्टबाट ।
दुई वर्षदेखि बन्द उद्योगमा २४७ कर्मचारी नियमित हाजिरमा, राज्यलाई २८ करोड रुपैयाँ भार
काठमाडौ । नेपालको गुणस्तरीय टायर उत्पादन गर्ने गोरखकाली टायर उद्योग दुई वर्षदेखि बन्द भएपनि कर्मचारीले हालसम्म हाजिर गरिरहेका छन् । सो उद्योगमा २४७ कर्मचारी स्थायी छन् । उनीहरुको तलब भत्तामा मात्र मासिक रु एक करोड लाग्छ । पचपन्न कर्मचारी बिनाउपदान घर फर्किएका छन् । दुई वर्षदेखि रोकिएको तलब र भत्ता कर्मचारीलाई दिन मात्र रु २८ करोड चाहिन्छ । सो उद्योगका महाप्रबन्धक दिनेशकुमार बर्तौलाका अनुसार उद्योग बन्द भएको दुई वर्ष भयो तर कर्मचारीले अहिले पनि हाजिर गरेर घर फर्किन्छन् । धेरै कर्मचारी त हाजिर गरेर अरु ठाउँमा काम गर्छन् । उद्योगमा ८० प्रतिशत कर्मचारी स्थानीयवासी नै छन् । “उद्योग अहिले पनि रु डेढ अर्ब घाटामा छ,” उनले भने । चीन सरकारको सहयोगमा निर्माण भएको सो उद्योग तत्काल सञ्चालनका लागि रु ८२ करोड लाग्छ । तर लगानी गरेर सञ्चालन गर्नतर्फ सरकारको ध्यान गएको देखिँदैन । उद्योगका महाप्रबन्धक बर्तौलाका अनुसार उद्योगमा रहेका मेसिन निकै पुराना छन् । ती मेसिनले गुणस्तरीय उत्पादन दिन नसक्ने अवस्था छ । नयाँ प्रविधिका मेसिन किन्नका लागि रु एक अर्ब ६० करोड आवश्यक पर्छ । “सरकारले लगानी गरेर चलाउने विषयमा अर्थमन्त्रालयले पैसा नहाल्ने भएको छ, कुनै लगानी गर्ने कम्पनीको खोजीमा छ तर भरपर्दो कम्पनी भेटिएको छैन”, उनले भने । बन्द हुनुअघि सो उद्योग महिनामा पाँच/छ दिनमात्र सञ्चालनमा आउँथ्यो । आवश्यक सामग्रीको ढुवानी महँगो भएका कारण उद्योग सञ्चालनमा कठिनाइ थियो । सो उद्योगको ५६६ रोपनी जग्गा छ । त्यसको पनि सदुपयोग हुन सकेको छैन । एउटा टायरको तौल ६२ किलो हुन्छ । निर्माणका लागि ७० थरिका कच्चा पदार्थ चाहिन्छ । त्यसमा प्रयोग हुने खोटोबाहेक सबै कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्छ । व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उपसमितिको आजको बैठकमा उद्योग बन्द हुनुको कारणबारे सांसदले उद्योगका महप्रबन्धक बर्तौलालाई प्रश्न गरेका थिए । सांसदले बर्तौलालाई सरकारको लगानीमा सञ्चालन भएको उद्योग दुई वर्षदेखि बन्द हुनु र सञ्चालनमा आउन नसक्नुको कारण सोधेका थिए । नेपालको नाम चलेको गुणस्तरीय टायर उद्योग बन्द हुँदा धेरै नागरिक बेरोजगार भएको र समग्रमा मुलुकलाई घाटा लागेको सांसद राज्यलक्ष्मी श्रेष्ठको ठहर छ । सांसदहरु अनारकली मिया, आदित्यनारायण कसौधनको प्रश्न छ, “दुईवर्षदेखि उद्योग बन्द छ, किन कर्मचारीलाई बिदा नगरेको ?” राज्यबाट सञ्चालन भएका उद्योग किन धरासयी भएर बन्द भएको, यसको खोजी हुनुपर्छ ।” सरकारले सञ्चालन गरेको उद्योग टाट पल्टने तर निजी क्षेत्रले लगानी गरेको उद्योग नाफामा जाने अवस्था मुलुकका लागि दुःखदायी भएको उहाँहरुको ठहर छ । कर्मचारीलाई बिदा गर्नुपर्ने, सरकारले लगानी गरेर वा कुनै लगानीकर्ता खोजेर उद्योग सञ्चालन गर्नुपर्ने विषयमा पनि सांसदहरुले ध्यानाकर्षण गराएका छन् । उपसमितिका संयोजक नारायणबहादुर कार्कीले भने, “उद्योग चल्दैन भने किन कर्मचारी राखिरहेको, सञ्चालन गर्ने विषयमा किन सरकारले नसोचेको यो गम्भीर विषय हो ।” उहाँले कर्मचारीलाई बिदा गरेर व्यवस्थितरुपमा उद्योग सञ्चालनका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने बताए ।
दुई चुनाव एकै मितिमा गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको सुझाव
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एकै पटकमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीसँग भएको भेटमा चुनावी खर्च कम गर्न र तोकिएकै समयमा चुनाव सम्पन्न गर्न दुवै चुनाव एउटै मितिमा गर्ने गरी तयारी थाल्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीले निर्वाचन सम्वन्धी दुई ऐन संसद्मा पारित हुने चरणमा अघि बढेको र क्षेत्र निर्धारण आयोगले पनि तोकिएकै मितिमा प्रतिवेदन बुझाउने भन्दै निर्वाचन तयारीमा लाग्न आयोगलाई आग्रह गरेका हुन् । निर्वाचन आयोगका पदाधिकारीहरूले भने दुवै चुनाव एकैपटक गर्न विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने धारणा राखेका छन् । तर समय कम भएकाले उक्त मेसिन खरिद गर्ने प्रक्रिया, मेसिन प्रयोगको लागि मतदाता शिक्षालगायतका काम गर्न सकिने कि नसकिने भन्ने विषयमा प्रधानमन्त्रीले प्रश्न गरेका थिए । निर्वाचन आयोगका पदाधिकारीहरूले मतदातालाई ‘राईट टु रिजेक्ट’ को अधिकार दिने कि नदिने भन्ने र विदेशमा रहेकालाई पनि मत दिन पाउने प्रावधानका विषयमा पनि जिज्ञासा राखेका छन् ।
सिप्रदिद्धारा मोबाइल सर्भिस भ्यान सन्चालनमा, स्पेयर पार्ट्सहरु तुरुन्त उपलब्ध गराउने
काठमाडौं । नेपालका लागि टाटा हिटाचीको अधिक्रित बिक्रेता सिप्रदि अर्थमुभर्स प्रालीले मोबाइल सर्भिस भ्यान सन्चालानमा ल्याएको छ । सोमबार आयोजित एककार्यक्रममा सिप्रदि कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा हिटाचीका सिनियर जनरल म्यानेजर हेमन्त मथुरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त सर्भिस भ्यानले टाटा हिटाचीका ग्राहकहरुलाई छिटो र छरितो सेवा प्रदान गर्नुका साथै स्पेयर पार्ट्सहरु पनि तुरुन्त उपलब्ध गराउनेछ । उपभोक्ताले टाटा हिटाचीका इस्काभेटर रह्विल इकुप्मेन्टहरु बिग्रेको स्थानबाट सम्पर्क गरिसकेपछि उक्त मोबाइल सर्भिस भ्यानले सोहि स्थानमा गएर मर्मत गर्नेछ । यो भ्यानले अहिलेलाई काठ्मान्डू भ्याली भित्र,धादिङ्ग, नुवाकोट, बनेपा र अन्य बाग्मती क्षेत्रमा भरपर्दो सेवा प्रदान गर्नेछ भने भबिष्यमा सो सेवालाई बिस्तार गर्दै देशका सम्पुर्ण भागहरुमा पुर्यार्इने कम्पनिको योजना रहेको छ । “उपभोक्ताको आवश्यकतालाई सक्दो छिटो र सुलभ ढंगले उपलब्ध गराउन सकियोस भन्ने उद्देश्यका साथ उक्त भ्यान सन्चालनमा ल्याइएको हो,”राजनबाबु श्रेष्ठले भने । यस अघि सिप्रदिले टाटाका गाडीहरुको मर्मतको लागि मोबाइल सर्भिस भ्यान सन्चालनमा ल्याइसकेको छ। बिगत ३५ बर्षदेखि अटोमोबाइल सेवा प्रदान गर्दै आएको सबैभन्दा ठुलो कम्पनी र सबैभन्दा बढि कर तिर्न सफल कम्पनी सिप्रदिले नेपालमा टाटाका कमर्सियल र प्यासेन्जर भेइकल, टाटाका स्पेयर पार्ट्स, एक्साइड ब्याट्ट्रि, म्याक लुब्रिकेन्ट्स, मिस्लिन टायर र टाटाहिटाचिका कन्सट्रक्सन इक्विप्मेन्टहरु बिक्रि गर्दै आएको छ ।
सामसुङ ग्यालेक्सी जे७ म्याक्स नेपाली बजारमा, मूल्य २८ हजार २९० रुपैयाँ मात्र
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ग्यालेक्सी जे७ म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ । नेपालमा सर्वाधिक रुचाइएको स्मार्ट फोन जेसिरिज अब उत्कृष्ट विशेषताहरुले सुसज्जितभई जे७ म्याक्सका रुपमा प्रस्तुत गरिएको छ । यसमा नवीनतम विशेषताहरु जस्तै फिङ्गर प्रिन्ट सेन्सर र फेस रिकग्निसन, उच्च कार्य क्षमताका लागि ४ जिबी र्यामतथा ३२ जिबी मेमोरि तथा अन्य उत्कृष्ट विशेषता रहेका छन् । आइएमबिज, सामसुङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले “सामसुङ कम्पनीले आम उपभोक्तहरुको माग दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै हामीले ग्यालेक्सी जे७ म्याक्स मोबाइल बजारमा ल्याएका हौं । यसमा भएका अद्वितीय विशेषता सुरक्षा, उत्कृष्ट कार्य क्षमताको लागि ४ जिबी र्यामतथा ३२ जिबी रोम मेमोरि तथा नबीनतम फिचरहरु जस्तै एस बाइक मोड, एस सेक्योर, एस पावर प्लानिङ, स्मार्टग्लो र एडेप्टिभ वाइफाई जस्ता सुविधाहरुले गर्दा यो डिभाइसले अग्रणी स्थान प्राप्त गर्ने छ” भन्ने कुरा उल्लेख गरेका छन् । क्यामराःकम उज्ज्यालोमा पनि चहकिलो र उत्कृष्ट फोट खिच्न सकिने जे७ म्याक्समा १३ एमपीको फ्रन्ट क्यामरा र फ्ल्यास रहेको छ, जसमा एफ१.९को लेन्स लगाइएको छ भने ब्याक क्यामरामा एफ१.७ लेन्सको साथै फ्ल्यास पनि रहेको छ । यस्तो विशेष सुविधायस अघि सामसुङका अग्रणी मोबाइलहरुमा मात्र उपलब्ध रहदै आएका थियो । यसमा प्रयोग भएको लेन्सले कम उज्यालो भएको अवस्थमा पनि उत्कृष्ट फोटो तथा सेल्फि खिच्न सक्दछ । उत्कृष्ट कार्यक्षमता ग्यालेक्सी जे७ म्याक्समा भएको १.६जिएचजेड ओक्टा-काेर प्रोसेर, फोरजीबी र्यामले निर्बाद रुपमा मल्टि टास्किङको सुविधा प्रदान गर्दछ । यसमा भएको ब्याट्रिले विना रुकावट निरन्तर कार्य गर्दछ । ज्यादा टिकाउहुने ब्याट्रिले समग्र मोबाइलको कार्य क्षमतालाई चुस्तता एवम् भरपर्दो अनुभव प्रदान गर्दछ । यसमा भएको मेटल युनिबडीले स्मार्टफोनलाई अझ स्टाइलिस बनाएको छ । ठूलो स्क्रिन र सुधारिएको सुरक्षा जे७ म्याक्समा एफएभडी स्क्रिन रहेको छ जसले गेमहरु खेल्दा र मुभिहरु हेर्दा सहजता प्रदान गर्दछ । यसमा भएको टचमा आधारित फिङ्गर प्रिन्ट सेन्सर, वेभसाइटमा एकाउन्ट भेरिफाइ सुविधा, तथा फेस रिकग्निसन जस्ता प्रमाणिकरण सुरक्षा रहेका छन् । युटिलिटिएवम् सर्भिसेज यसमा भएको एडेप्टिभ वाइफाई जुन बाइफाइ रेन्जभित्र रहँदाको अवस्थामा स्वतः एक्टिभ हुन्छ भने वाइफाई रेन्जबाहिर रहदाँआफै निष्कृय हुन्छ । यो विशेषताले गर्दा मोबाइल डाटा बचत हुन जान्छ । जे७म्याक्स मोबाइलमा भएको डियूल म्यासेन्जर फिचरले म्यासेजिङको लागि थप सहजता प्रदान गर्दछ । यो सुविधाले गर्दा मोबाइलमा दुई कपि एप्स इन्स्टल गर्न सकिन्छ र दुई भिन्न भिन्न एकाउन्टबाट लगिन गरी च्याट गर्न पनि सकिन्छ । अर्को सुविधाभनेको इन्स्टा स्विचिङहो यो नयाँ सुविधाले एप्स र होम स्क्रिनमा भर्टिकल स्वीप गरी सहजै स्वीच गर्न सकिन्छ । कम्पनीका अनुसार हालको अफर अन्तर्गत जे७ म्याक्स सेट २८ हजार २९० रुपैयाँमा खरिद गर्न सकिन्छ । कालो र सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी जे७ म्याक्स मोबाइल अगष्ट १ देखि रिटेल स्टोरमार्फत् उपलब्ध हुँदै आएका छन् ।
नबिल बैंकद्धारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न
काठमाडौं । नबिल बैंकले आफ्नो ३३ औं वार्षिक उत्सवको अवसर पारेर मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । बैंकले विभिन्न सामाजिक कृयाकलापहरु आयोजना गरी वातावरण संरक्षण र हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले साउन २१ गते उक्त स्थानमा सो कार्यक्रम सञ्चालन गरेको हो । स्थानीय जनताहरुलाई सुविधाको लागि एउटा सानो चौतारी निर्माण गर्ने र बृक्षरोपण गरिएको क्षेत्रलाई फलामे तारको वार लगाई सुरक्षित गर्ने कामको शुरुवात स्वरुप बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले चौतारीको शिलान्यास गरेका थिए । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको एक अंशको रुपमा शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला, वातावरण आदि क्षेत्रमा सहयोग प्रदान गरी विभिन्न सामाजिक कल्याणका काममा निरन्तररुपमा प्रतिवद्धताका साथ लागि परको छ ।