चाइना थ्री गर्जेजले पश्चिम सेतीको सम्झौता अनुमोदन गर्यो
काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनले प्रस्तावित पश्चिमसेती जलासययुक्त आयोजना बनाउने विषयमा गरेको संयक्त लगानी सम्झौता (जेभीए) अनुमोदन गरेको छ । नेपाल विद्युत प्राधिकरणसंग भएको सम्झौता हालै थ्री गर्जेजको सञ्चालक समितिले अनुमोदन गरेको हो । प्राधिकरणले जेभीए भएको केही दिनमा अनुमोदन गरेको थियो । दुबैतर्फबाट जेभीए अनुमोदन भएकाले अब आयोजनाको काम अघि बढाउन बाटो खुला भएको छ । ०६९ भदौमा भएको समझदारीपत्र (एमओयू) मा ६५ प्रतिशत थ्री गर्जेजको २५ प्रतिशत विद्युत् प्राधिकरण र १० प्रतिशत आयोजना प्रभावित स्थानियबासिन्दाको हुने गरी लगानी संरचना तयार गरिएको छ । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजा निर्माणपछि खपत केन्द्रसम्म बिजुली पु¥याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ ।
नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट, सबै समूह राताम्मे
काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक बिहीबार पनि दोहोरो अंकले ओरालो लागेको छ । नेप्से १८ दशमलब ३३ अंकले ओरालो लागेर १५८० अंकमा झरेको छ । बिहीबार परिसूचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा ८४ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १३ करोड रुपैयाँ घटी हो । बुधबारको बजारमा ९७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबार १६० कम्पनीको १५ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १४७ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादन र अन्य समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले झरेका छन् । सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ का लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । बजारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको ६ करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ४४० रुपैयाँ रहेको छ । त्यस्तै, जनरल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ४.४८ प्रतिशत कमाएका छन् ।
बाढी पीडितलाई बैंकमा खोलेको खाताको राहत रकम सिधै प्रधानमन्त्री कोषमा जाने
काठमाडौं । बाढी र डुवानबाट प्रभावितलाई राहत उपलब्ध गराउन विभिन्न संस्था तथा व्यक्तिले बैंकमा खोलेको खाताको रकम सिधै प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा हुने भएको छ । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी संघ संस्थाले खोलेका खातामा जम्मा भएको रकम इयरमार्क गरी अबिलम्ब रकमान्तर हुने व्यवस्था मिलाउन भनेको छ । राहत रकमको दुरुपयोग बढेपछि सरकारले बैंकमा जम्मा भएको रकम सिधै प्रधामन्त्री कोषमा जाने व्यवस्था मिलाएको हो ।
तनहुँ जलविद्युत् आयोजनालाई जग्गाको हदबन्दी छुट
काठमाडौं । सरकारले तनहुँ सेती जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न लाग्दै आएको हदबन्दी छुट दिएको छ । भूमिसुधार मन्त्रालयको गत साउन ३१ गतेको निर्णयअनुसार आयोजनालाई १९ हजार ६०० रोपनी जग्गा लिन हदबन्दी छुट दिने निर्णय गरेको हो । कूल १४० मेगावाट क्षमताको सो आयोजना हाल ठेकेदार छनोटको प्रक्रियामा रहेको छ । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार १५० रोपनीभन्दा बढी जग्गा राख्न र आवश्यक जग्गा लिन नपाइने व्यवस्था रहँदै आएको थियो । मन्त्रिपरिषदले थप १९ हजार ४५० रोपनी जग्गा खरिद गरी १९ हजार ६०० रोपनी जग्गाको हदबन्दी छुट दिइएको भूमिसुधार तथा व्यवस्था मन्त्रालयले जनाएको छ । आयोजनाले पहुँचमार्ग निर्माण, आवास गृह तथा कार्यालय भवन, प्रसारण लाइन निर्माण डुबान क्षेत्रलगायतमा प्रयोग हुने जग्गामा हदबन्दी छुट पाएको हो । भूमिसम्बन्धी ऐन, २०२१ ले पहाडी क्षेत्रमा ७५ रोपनीभन्दा बढी जग्गा राख्न नपाउने व्यवस्था गरेको छ । तर, सरकारले तोकिएका उद्योगलाई आवश्यक पर्ने जग्गामा हदबन्दी छुट दिने सक्ने व्यवस्था छ । यस्तै आयोजनाले जग्गाको हदबन्दीको छुट पाए पनि वन क्षेत्रको जग्गा प्रयोग सम्बन्धी निर्णय हुन सकेको छैन । आयोजनाका लागि ४१९ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्नुपर्ने आयोजना प्रमुख प्रदीपकुमार थिकेले जानकारी दिए । सरकारको पछिल्लो निर्णयअनुसार आयोजनाको स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन इआइए र प्रारम्भिक वातावरणीय परीक्षण आइइई प्रतिवेदनका आधारमा हदबन्दी छुट दिएको हो । इआइए र आइइई प्रतिवेदनअनुसार, आयोजनाको मुख्य संरचना र प्रसारण लाइन निर्माणका लागि क्रमशः १९ हजार ५०० र १०० रोपनी जग्गा आवश्यक पर्ने थिकेले बताए । प्रवेश मार्ग, आवास गृह तथा कार्यालय भवन निर्माणका लागि १५० रोपनी जग्गा यसअघि नै आयोजनाको नाममा आइसकेको छ । आयोजनाले जलशायबाट डुब्ने जग्गा र त्यसमा रहेका घर, गोठ, टहरा फलफूल तथा रुखबिरुवाको मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिरहेको छ । मुआब्जा तथा क्षतिपूर्तिका लागि ६७ करोड रुपैयाँ अनुमान गरिएकोमा हालसम्म ४७ करोड रुपैयाँ वितरण भइसकेको आयोजनाले जनाएको छ । जिल्ला मालपोत कार्यालय तनहुँले डुबान क्षेत्रका लागि अधिग्रहण गरिएको जग्गाको कित्ताकाट गरी कम्पनीको नाममा नामसारी गरिरहेको सो आयोजनाका सूचना अधिकृत सचेन गौतमले जानकारी दिए । आयोजना निर्माणका लागि स्थानीय तहमा सहजीकरण गर्न आयोजना प्रभावित तनहुँका चारै तहमा स्थानीय परामर्श मञ्च गठन भइसकेको छ । मञ्चमार्फत आयोजना निर्माणका क्रममा स्थायीरुपमा आउने गुनासाको दर्ता तथा सुनुवाइ सहीे सूचना प्रभावितसमक्ष पुगेको सुनिश्चित गर्ने, आयोजना र प्रभावितबीचको सम्पर्क कायम हुने विश्वास आयोजनाको छ । सन् २०२२ भित्र काम सक्ने लक्ष्य राखिएको उक्त आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रियामा छ । कात्तिक दोस्रो साताभित्र ठेकेदार छनोट गर्ने र त्यसपछि निर्माण शुरु गर्ने लक्ष्य छ । ठेकेदार कम्पनीले पेश गरेको प्राविधिक प्रस्तावको मूल्यांकन गरी सहमतिका आयोजनामा सहुलितपूर्ण ऋण प्रवाह गर्ने एशियाली विकास बैंक र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकामा पठाइएको छ । उनीहरुले सहमति दिएपछि वित्तीय प्रस्ताव खोलिने आयोजनाले जनाएको छ । पहिलो प्याकेजमा नदी फर्काउने, बाँधलगायतका संरचना निर्माणका काम राखिएका छन् । दोस्रो प्याकेजमा सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका काम राखिएका छन् । आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । सो लागत निर्माण अवधिको ब्याज र ग्रामीण विद्युतीकरणसहितको हो । आयोजनामा सरकार, नेपाल विद्युत् प्राधिकरण, एशियाली विकास बैंक एडिबी, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका र युरोपेली बैंकको लगानी रहनेछ । रासस
बिजुलीको भाउ बढ्दैन : ऊर्जामन्त्री
काठमाडौं । सरकारले तत्काल औद्योगिक क्षेत्रमा विद्युतको महशुल नबढाउने भएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युतको महशुल नबढ्ने बताएका छन् । नेपाल उद्योग परिसंघका केन्द्रिय पदाधिकारीसंगको भेटमा ऊर्जामन्त्री शाहीले विद्युत महशुल बढाउने निर्णय तत्काल कार्यान्वयन नहुने स्पष्टपारे । बिद्युत महशुल बृद्धि गर्ने निर्णय आफुले रोकेको जानकारी दिदै तत्काल यस विषयमा निर्णय नहुने उनले स्पष्टपारे । यसअघि विद्युत प्राधिकरणले महशुल बढाउनका लागि विद्युत महशुल निर्धारण आयोगमा निवेदन दिएको थियो । राष्ट्रिय विद्युत नियमन आयोग ऐन व्यवस्थापिका संसदबाट पारित भएकाले निर्धारण आयोग खारेज भएको छ । उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि विद्युत उत्पादनमा तिब्रता दिनुपर्ने मन्त्री शाहीको भनाई थियो । उद्योग परिसंघका पदाधिकारीहरुले औद्योगिक क्षेत्रमा विद्युतको महशुल बढाईए उद्योग धन्दा धरासायी हुने भएकाले यो निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए । उद्योगहरुमा ६६ प्रतिशतसम्म बिद्युत महशुल बृद्धि गर्ने प्रस्ताव गरिएको छ । महशुल बृद्धि गरिए यो अहिलेसम्मकै अप्रिय निर्णय हुने उद्योगी व्यवसायीको भनाई छ । उनीहरुले औद्योगिक क्षेत्रमा डेडिकेटेड पावर फिडर आवश्यक भएको पनि मन्त्री शाहीलाई जानकारी गराएका थिए ।
चाडपर्व नजिकिदै गर्दा कतार एयरवेजले सेप्टेम्बरदेखि काठमाडौंमा उडान थप गर्दै
कतार । कतार एयरवेजले सेप्टेम्बर १ देखि आफ्नो दोहा–काठमाडौंको उडान संख्या थप गर्ने भएको छ । सेप्टेम्बर तथा ओक्टोबर महिनामा पर्ने चाडपर्वका कारण बढ्ने उडान संख्या मागलाई सम्बोधन गरी यात्रुलाई सहजताको अनुभव दिन यसो गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । थप हुने उडान संख्याका लागि कम्पनीले एयरबस ए३२०को ब्यवस्था गरेकोे छ । सेप्टेम्बर १ देखि दोहाबाट १ः२५मा छुटेर सो विमान काठमाडौंमा ८ः५५मा अवतरण गर्ने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । थप गरिएको उडानले चाडपर्वका लागि नेपाल भ्रमणका लागि निस्कने यात्रुलाई सेवा प्रदान गर्ने कम्पनीको उद्देश्य हो । चाडपर्वका लागि नेपाल फर्कन चाहने नेपाली तथा अन्य यात्रु मार्फत बर्षेनी बढ्दो संख्यामा माग हुँदै आइरहेको हुनाले सो सेवा दिन लागेको कम्पनीले जनाएको छ । कतार एयरवेज ग्रुप चिफ एक्जेक्यूटिव महामहिम अकबर अल बाकर भन्छन् “मागको समाधान स्वरुप उडान संख्या थप गरी यात्रुलाई सेवा प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौँ । साथै, थप गरिएको उडानले हाम्रा यात्रुलाई नेपाल भ्रमण तथा अनुभवका लागि थप अवसर प्रदान गर्ने हामीले विश्वास लिएका छौँ ।’ सेप्टेम्बर १ देखि थप गरिने उडानका साथमा कतार एयरवेजले दोहा र काठमाडौंको दैनिक चार उडान भर्ने कम्पनीले जानकारी दिएको छ । यसले यात्रुलाई आफ्नो आवश्यकता अनुसार उडान तालिका छनोटको अवसर समेत प्राप्त हुने कम्पनीको विश्वास छ । थप उडान सेवा प्रदान गर्न सञ्चालनमा ल्याइने एयरबस ए३२०मा १२ विजनेश क्लास सिट र १ सय ३२ ओटा ईकोनोमी क्लासका सिटहरु रहेका छन् । कतार एयरवेजले भरखरै श्रीलंका र बांग्लादेशमा रहेको बढ्दो मागको सम्बोधनका लागि कोलम्बो र ढाकाका लागि समेत उडान संख्या थप गरेको थियो । थप गरिएका उडान तालिका ः क्यूआर ६४८ दोहा (डीओएच)बाट काठमाडौं (केटीएम) छुट्ने ०१ः२५ अवतरण ः ०८ः२५ क्यूआर६४९ काठमाडौं (केटीएम)बाट दोहा (डीओएच) छुट्ने ०९ः५५ अवतरण ः १२ः१०
दोस्रो बजारमा सेयर कारोबार गर्न प्यान अनिवार्य, २ अर्ब ८ करोड राजश्व संकलन
काठमाडौं । आगामी आर्थिक वर्षदेखि दोस्रो बजारमा सेयर कारोबार गर्नेले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने भएको छ । करको दायरा बढाउने सरकारको नीतिलाई सघाउन धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर कारोबार गर्ने व्यक्तिले अनिवार्य रुपमा प्यान नम्बर लिनुपर्ने व्यवस्था गर्न लागेको हो । अनिवार्य प्यान नम्बर आगामी आव ०७५/०७६ देखि लागु हुने धितोपत्र बोर्डले जनाएको छ । गत आवमा सेयर कारोबारबाट मात्र २ अर्ब ८ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यसमध्ये पुँजीगत लाभकर १ अर्ब ४५ करोड, अग्रिम कर (टीडीएस) बाट ४६ करोड ६९ लाख र आय कर १६ करोड ३९ लाख रुपैयाँ संकलन भएको बोर्डले जानकारी दिएको छ । बढ्दो पुँजीबजारलाई धान्न सक्ने गरी धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन कर्पोरेट खाकामा नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि सहजीकरण गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्षका नयाँ योजना तथा कार्यक्रम सार्वजनिक गर्दे नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिने संकेत गरेको हो । यो वर्षदेखि कमोडिटी डेरिभेटिभ बजारलाई नियमावली बनाई दायरामा ल्याउने, नगरपालिका ऋणपत्र निश्कासन सम्बन्धि नयाँ व्यवस्था, ऋणपत्र, अग्राधिकार सेयर बजार विकासका लागि आवश्यक प्रोत्साहनमुलक नीतिका सम्बन्धमा अध्ययन गर्ने योजना रहेको बोर्डले जनाएको छ । बोर्डले कम्पनी रजिष्टार कार्यालयको सहयोगमा धितोपत्र बजारमा लगानी गर्ने स्थापना भएकालाई नियमनको दायरामा ल्याउने भएको छ । धितोपत्र बजारमा गैरआवासिय नेपालीलाई लगानी खुलाउन आवश्यक कार्यविधि बनाउने योजना बोर्डको छ । गैरआवसिय नेपालीले धितोपत्र बजारमा लगानी गर्न पाउनुपर्ने माग गर्दे आएकोमा अब पुरा हुने देखिएको छ । इन्टरनेटमार्फत धितोपत्र खरिदबिक्रीको व्यवस्थालाई कार्यान्वयनमा ल्याइने, दलाल व्यवसायिको कार्यक्षेत्र बढाउन मार्जिन ट्रेडिङ र धितोपत्र व्यापारी सेवा विस्तारका सम्बन्धमा अध्ययन गर्ने बोर्डले जानकारी दिएको छ । यसैगरी बोर्डले सुचिकृत संगठित संस्थाका लागि संस्थागत सुशासन निर्देशिका र सुपरीवेक्षण म्यायूअल बनाइ लागु गर्ने, भेन्चर क्यापिटल र प्राइभेट इक्वीटी फण्डको अध्ययन गरी नियम बनाउने तयारी गरेको छ । सामुहिक लगानी कोषअन्तर्गत खुलामुखी योजना प्रवेश गराउने र बोर्डको ५१ प्रतिशतसम्म लगानी हुने गरी धितोपत्र प्रशिक्षण संस्था स्थापना गर्ने जस्ता योजना रहेका छन् ।
लगानीकर्तालाई निराश नहुन नरेन्द्र सिजापतिका यस्ता छन् सेयर टिप्स
सेयर बजार कार्यक्रम : ६:३० बजे : चिया पसलमा आर्थिक पत्रिका र अनलाइन खबरहरु हेर्ने । कम्पनीहरुको आर्थिक विवरण र समाचारमा ध्यान केन्द्रित गर्ने कति घटबढ भो याद गर्ने । चुरोट सल्काउदै लगानीकर्ताले आशा गरे अनुसार भएन, आज यसको मुल्य घट्ने भो भनेर बहस शुरु । ७ देखि ९ बजे : साथिभाई र ब्रोकरसंग फोनमा गफिदै, खै रिपोट खासै राम्रो आएन बजार बढ्ला जस्तो लागेन । उसले त आज बेच्नु पर्ला भन्दै थियो, बजार के होला मित्र ? बजार घटाउन पत्रपत्रिका लागि परेका छन् । अनावश्यक रुपमा बजार घटाउन स्रोतको छानबिनका कुरा पनि अाएको छ । खै के खै के यसपालिको दशैं खल्लो होला जस्तो छ । दिनको कार्यक्रम : ११ देखि ३ बजे : शुरुमा हरियो देखेपछि, हल्लाखल्ला शुरु गर्दै, बजार बढाएर बेच्न ब्रोकरहरुले वाई अर्डर धेरै देखाका छन्, सेकेण्ड आवरमा बजार घट्ने भो । आजको कारोबार भोलुम पनि ब्रोकरले म्याचिङ गरेका कारण यति पुगेको हो नत्र यति पनि हुदैनथ्यो । साझको कार्यक्रम : ५ देखि ७ बजे : आज बजार के कारणले यस्तो भएको होला गम खादै निरास भएर भोलिको बारेको पुनः नकरात्मक विचार बनाउदै एक्लै मधुसालामा प्याला संगै दुख साट्ने । रातिको कार्यक्रम : ८ देखि ११ बजे : थुक्क अस्ति शेयर नकिनेको भए आज यति सस्तोमा पाईने रहेछ । बरु भोलि बेचेर दुईचार दिन पछि अझ सस्तोमा किन्ने हो की के गर्ने गर्ने । रिमोटले टि भिको च्यानल चेन्ज गर्दै शुरुदेखि अन्तिम र अन्तिमदेखि शुरुसम्म करिव चार पाच पटक चलाउदा पनि मन स्थिर नभएर फेरि मोवाइमा सामाजिक संन्जाल तर्फ कसले के पोष्ट गरेछन हेर्दै ओछ्यानमा कोल्टे फेर्दै निदाउन प्रयास गर्ने । दुवो प्रवृतिका लगानीकर्ता विहानको कार्यक्रम : आफुले गरेको लगानीको हिसाब किताव पुनः चेक गरेर सो कम्पनीसंग सम्वन्धित सूचनाहरु संकलन गर्ने तर्फ पत्रपक्का तथा अनलाइनका समाचारहरु हेर्ने । शेयर बजारसंग सम्वन्धित सकरात्मक र नकरात्मक सुचनाको विस्लेषण गरी तेसले पार्ने अल्पकालिन र दीर्घकालिन प्रभाव बारे बिचार गर्ने सोही अनुसार रणनिती बनाउने । शेयर बजारसंग सम्वन्धित नीति नियमहरु केही थपघट भएकी वा हुने क्रममा छन् की जान्ने प्रयार गर्ने । राजनैतिक, आर्थिक तथा सामाजिक समाचारले शेयर बजारमा पार्ने प्रभावको आकलन गर्ने । नबुझेका र अस्पष्ट भएका विषय जानकार साथिभाई वा सम्वन्धित ठाउमा बुझेर प्रष्ट हुने । बजारको चाललाई गम्भिरता पुर्वक हेरिरहने । दैनिक नभई कम्तिमा साप्ताहिक रुपमा बजारको चालको पुर्वानुमान गर्ने । दिनको कार्यक्रम : बजारको चाल र आफुले गरेको अनुमानमा के कति कारणले फरक पर्न गयो तथ्य नजिक पुग्ने प्रयास गर्ने । के कस्ता सान्र्दभिक वा असान्दर्भिक सूचनाहरुले बजारमा तत्काल कस्तो प्रतिक्रिया जनायो अध्ययन गर्ने । लगानीको लागत कम गर्न स्रोतहरुको तुनला गर्ने । स्रोतको पहिचान गर्ने व्याजदरमा के परिर्वतन हुदैछ जानकारी लिने । लगानी बढाउने , यथावत राख्ने वा कम गर्ने बारे विचार गर्ने । दिनभरको विषय बस्तु, सूचना तथा गतिविधि स्मरण गर्ने । साझको कार्यक्रम : शेयर बजारको निम्न नियम आफले पालना गरे नगरेको बिचार गर्ने । लामो समयको लागि लगानी । क्षमता अनुसार कम पुजीबाट लगानी । स्वयमले जान्ने बुभ्ने । कम्पनीहरुको जानकारी भएपछि मात्र लगानी । अल्प, मध्ये र दीर्घकालीन लगानी । चाडो चाडो कम्पनी परिवर्तन नगर्ने । सम्भावित जोखिम बारे पुर्ण सचेत रहने । • सकरात्मक सोच बाट नै सकरात्मक नतिजा आउछ । बजार नकरात्मक कदापि हुदैन।