विकासन्युज

पेट्रोलियम पदार्थको अभाव छैनः आयल निगम

काठमाडौं, २२ असार । नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको स्पष्ट पारेको छ । आयल निगमले बुधबार सार्वजकि सूचना प्रकाशित गर्दै बजारमा कुनै पनि प्रकारका इन्धनको अभाव नरहेकाले अधिक इन्धन संग्रह नगर्न उपभोक्तालाई आग्रह गरेको हो । आपुर्ति मन्त्री गणेशमान पुनले मंगलबार दुई दिन भित्र जनताको आवश्यकता अनुसार इन्धन उपलब्ध गराउन आयल निगमलाई निर्देशन दिएका थिए । उनले आम सर्वसाधारणलाई इन्धन अभाव नरहेको जानकारी तत्कालै उपलब्ध गराउन समेत निर्देशन दिएका थिए । निगमले नारायणगढ–मुग्लिन सडक खण्डमा गएको पहिरोका कारण इन्धन ढुवानीमा केहि समस्या उत्पन्न भएको तर बजारमा अभाव हुने अवस्था नरहेको जानकारी गराएको हो । पछिल्लो समयमा निगमले साविक भन्दा १५० देखि २०० प्रतिशतसम्म बढि इन्धन आयात गरिरहेको समेत जनाएको छ । बुधबार आपुर्ति मन्त्री पुनले मुग्लिनको पहिरोकै कारण बजारमा अभाव सुरु भैसकेको बताउँदै पुल भाँचिँदा के हुन्छ ? भनि निगमसँग प्रति प्रश्न गरेका थिए ।‘केहि समय सडक अवरुद्ध हुँदा बजारको यस्तो अवस्था छ, पुल भाच्चियो भने के हुन्छ, त्यसकारण दुई दिन भित्र जनतालाई राहत दिनुस्’, मन्त्री पुनले निर्देशन दिएका थिए । यसैबिच निगमले आइओसीसँग पारादिप डिपोबाट इन्धन खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । निगमले हाल इन्धन ल्याईरहेका डिपोहरुले सो भन्दा बढि मात्रामा इन्धन दिन नसक्ने जनाएपछि निगमले पारादिप डिपोबाट इन्धन ल्याउन लागेको हो ।‘पारादिप डिपोले जति पनि इन्धन दिन्छु भनेको छ, उपभोक्तालाई मुल्यभार नपर्नेगरि त्यहाँबाट इन्धन ल्याउँछौं’, आपुर्ति मन्त्री पुनले भने ।

माछापुच्छ्रे बैंक र जनता बैंकको सेयर कारोबार खुला गर्ने विषयमा राष्ट्र बैंकभित्र विवाद, किन लेखिएन माईन्यूट ?

काठमाडौं, २२ असार । ‘माछापुच्छ्रे बैंक र जनता बैंकको सेयर कारोबार खुला गर्न राष्ट्र बैंकले मानेन, लाखौं सेयरधनीको विचल्ली’ शिर्षकमा समाचार प्रकाशित भएपछि सरोकार राख्ने धेरैले फोन गरे । सोमबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकमा दुई बैंकबीच मर्ज तोडिएको विषय अनुमोदन गर्ने प्रस्ताव थियो, निर्णय के भएछ ? जिम्मेवार व्यक्तिहरुले यहि प्रश्न गर्न थाले । यस विषयमा राष्ट्र बैंकमा अधिकारीहरु  स्पष्ट कुरा गर्न चाहेनन् । ‘माछापुच्छ्रे र जनता बैंकको मर्ज तोडिएको विषय सम्बन्धि प्रस्ताव थियो । तर निर्णयबारे जानकारी छैन’ सम्बन्धित विभागको उच्च अधिकारीहरुले भने । ‘तपाईले उठाउनु भएको विषयमा कुनै निर्णय भएको मलाई जानकारी छैन’ राष्ट्र बैंकमा प्रवक्ता त्रिलोच पंगेनीले मंगलबार साँझ विकासन्यूजसँग भने–‘अहिलेसम्म दुबै बैंकको सेयर कारोबार खुला गर्न राष्ट्र बैंकले स्वीकृति दिएको पनि छैन ।’ तर राष्ट्र बैंकमा सहायक प्रवक्त राजेन्द्र पण्डितले माछापुच्छ्रे र जनता बैंकबीच मर्ज प्रक्रिया तोडिएको विषयलाई राष्ट्र बैंकले इन्ड्रोर्स  गरेको बताए । ‘राष्ट्र बैंकले बलजफ्ती मर्ज गराउन सक्दैन । दुबै बैंकले हामी मर्ज गर्दैनौ भनेर निर्णय गरिसकेका छन् । डिमर्जमा राष्ट्र बैंकले स्वीकृति गर्नुको विकल्प रहेन’ सहायक प्रवक्ता पण्डितले भने–‘सोमबारको बैठकले डिमर्जको स्वीकृति दिने निर्णय गरेको छ । तर माईन्यूट हुन ढिलाई भईराखेको छ ।’ पण्डित राष्ट बैंक संचालक समितिको बोर्ड सचिव पनि हुन् । स्रोतका अनुसार राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकमा मर्जर प्रक्रियामा गएका र राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति लिईसकेका बैंक तथा वित्तीय संस्थालाई मर्जर प्रक्रिया तोड्न सहज र खुला बाटो राख्न नहुने विषय जोडतोडका साथ उठेको छ । मर्जर प्रक्रियामा गईसकेपछि केहीले रातारात फाइदा लिने गरेको र केहीले धेरै मूल्य चुकाउनु परेकोले मर्जर तोड्नेहरुलाई कारवाही हुनुपर्ने आवाज उठेको छ । ‘पर्याप्त तयारी र सुजबुजविना मर्जरको सम्झौता गर्ने, पछि सानासाना विषयमा असमझदारी सिर्जना गरेर मर्जर तोड्नेलाई कारवाही हुनुपर्छ भन्ने विचार आएको छ’ स्रोतले भन्यो । तर कस्तो कारवाही गर्ने र कसलाई कारवाही गर्ने भन्नेमा स्पष्ट विचार आएन । ‘माछापुच्छ्रे र जनता बैंक’ लाई कारवाहीको संकेत गर्ने ‘सचेत पत्र’ दिएर सेयर कारोबार खुला गर्न स्वीकृति दिनेमा संचालक समितिले निर्णय गरेको छ । माइन्यूट लेख्नलाई भने ढिलाई भएको स्रोतले बतायो । ‘मर्जर प्रक्रियाप्रति बजारलाई गम्भिर बनाउन’ माछापुच्छ्रे र जनता बैंकको सेयर कारोबार लामो समय खुला नगर्ने विषय पनि उठेको हो । तर गभर्नर डा चिरञ्जीवि नेपालले ‘त्यसो गर्दा सर्बसाधारण लगानीकर्तालाई मर्का पर्छ, सञ्चालकहरुलाई सचेत गराउने काम हामीले गर्नुपर्छ’ भन्नु भयो, स्रोतले भन्यो ।

माइक्रोम्याक्सद्धारा सेल्फी फोर मोबाइल सार्वजनिक, मूल्य ११ हजार मात्र

काठमाडौं, २१ असार । भारतीय ब्राण्ड माइक्रोम्याक्सले नेपाली बजारमा क्यू ३४९ क्यानभास सेल्फी फोर सार्वजनिक गरेको छ । उक्त कम्पनी बजेट मैत्रीका साथै स्टेट अफ आर्ट फोन तथा प्रिमियम फोनहरु सार्वजनिक गर्न प्रसिद्ध रहेको छ । कम्पनीका अनुसार क्यू ३४९, १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसरमा संचालन हुन्छ भने यसमा १ जीबीको र्याम रहेको छ । ५.० इन्चको एचडीसहितको उक्त फोनमा २,५०० एमएएचको ब्याट्री राखिएको छ । यसमा उच्च रिजोल्यूशनसहितको ८ मेगापिक्सेलको रियर क्यामरा तथा फ्रन्ट फेसिंग क्यामरासहित आउँछ, जसमा प्रोक्सिमिटसी सेन्सर प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बताए अनुसार १.३ गीगाहर्ज क्वाड कोर प्रोसेसरमा आधारित यो स्मार्टफोनमा भएको ट्याप सेन्सले यो फोनलाई थप आकर्षक बनाएको छ । साथै फोटो खिच्दै फोन कलको जवाफ दिन सकिने छ । उक्त फोनमा ८ मेगापिक्सेलको प्राथमिक क्यामरा र ८ मेगापिक्सेलकै फ्रन्ट फेसिंग क्यामरा रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनको अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा ड्यूल माइक्रो सिम प्रयोग हुन्छ । यसमा ८ जीबीको इन्टरनल रोम रहेको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ भने यसले थ्रीजी सपोर्ट गर्दछ । बजारमा यसको मूल्य ११ हजार ११० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । उक्त फोनले कुनैपनि समयमा प्रयोगकर्तालाई कार्यक्षमतामा निराश बनाउँदैन भन्ने कम्पनीको विश्वास रहेको छ ।

यामाहाको सडक सुरक्षासम्बन्धी कार्यशाला

काठमाडौं, २१ असार । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, एमएडब्लु इन्टरप्राइजेजले मंगलबार काठमाडौंमा सडक सुरक्षासम्बन्धी एकदिने कार्यशाला आयोजना गरेको छ । कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लुले प्रेसिडेन्सियल बिजनेस स्कुलका विद्यार्थीलाई सडकमा सवारी चलाउँदा र हिंड्दा अपनाउनुपर्ने सावधानीहरुबारे सचेतना कार्यक्रम आयोजना गरेकोे हो । ‘यामाहा सेफ राइडिङ साइन्स’ (वाइएसआरएस) नाम दिइएको कार्यशालामा करिब एक सय विद्यार्थीलाई दुर्घटनाका कारण, यसबाट बच्ने उपाय, सवारी हाँक्दा अपनाउनुपर्ने सावधानी, जटिल ट्राफिक अवस्थालाई मूल्यांकन गर्ने वैज्ञानिक उपाय, ‘राइडिङ पोस्चर’, ‘ब्रेक टिप्स’ र ट्राफिक नियम पालनाको आवश्यकताबारे समेत जानकारी गराइएको थियो । वाइएसआरएस यामाहाले विश्वव्यापी रुपमा संचालन गर्दै आएको ‘सीआरएस इनिसिएटिभ’ हो जुन जापान, भारत र अन्य दक्षिण एसियाली मुलुकमा सफल भइरहेको छ । कार्यशालामा इन्डिया यामाहा मोटर प्राइभेट लिमिटेडका नेटवर्क एन्ड डिलर डेभलोपमेन्ट एसिस्टेन्ट जनरल म्यानेजर नाओकी तानी र एक्पोर्ट डिपार्टमेन्टका हिमांशु शर्माको पनि उपस्थिति थियो । उनीहरुले यामाहाले चालक र पैदलयात्रीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताए । कार्यशालापछि विद्यार्थीहरुका लागि प्रयोगात्मक सेसन पनि संचालन गरिएको कम्पनीले जनाएको छ । एमएडब्लुले विगत केही वर्षदेखि वाइएसआरएस कार्यशालालाई नियमित रुपमा संचालन गर्दै आएको छ । यो कार्यशालाबाट दर्जनौं कलेजका हजारौं विद्यार्थी लाभाविन्त भएका छन् । अत्याधुनिक एफआई प्रविधिजडित एफजेड–एस एफआई र एफजेड एफआई अहिले नेपाली बाइकरको रोजाइमा परेका छन् । यी बाहेक एमएडब्लुले आर१५, आर१५ भी २, स्यालुटो, रे जेड र फेसिनो लगायतका दुईपांगे विक्री गर्दै आएको छ । बेजोड पावर, पर्फर्मेन्स र माइलेजका कारण यामाहा बाइक सबै उमेर समूहमा लोकप्रिय रहेको कम्पनीले जनाएको छ ।

पिनाकल ब्राण्डद्धारा चाँदी र सुनका गहनाहरु उपलब्ध, खरीदमा १० प्रतिशत छुटको व्यवस्था

काठमाडौं, २१ असार । पिनाकल ब्राण्डले सुन्धारास्थित सिभिल मलमा ख्याति प्राप्त अन्तर्राष्ट्रिय फ्रान्चाइज स्टोरहरु सञ्चालनमा ल्याएको छ । उक्त ब्राण्डले मलको पहिलो स्टोर आम्रपाली ज्वेल्समा चाँदी र सुनका जलप लगाइएका गहनाहरु उपलब्ध गराएको छ । हलिउड र बलिउडका कलाकारहरु माझ लोकप्रिय रहेको आम्रपाली ब्राण्डका गहनाहरु आकर्षक डिजाइन र विश्वस्तरीय कालिगढीका लागि प्रख्यात रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आम्रपालीका स्टोर भारत, अमेरिका, बेलायत र जापानमा समेत रहेको छ । यसैगरी प्लानेट फेशन नामको स्टोरबाट पिनाकलले लुइ फिलिप, एलेन सली र भ्यान ह्युजिन जस्ता ब्राण्डका पुरुष पहिरनहरुको बिक्री गर्नेछ । भारतमा समेत २४० भन्दा बढी स्टोर रहेको प्लानेट फेशनमा विश्वस्तरका औपचारिक र अनौपचारिक दुवै प्रकारका पहिरन उपलब्ध रहेको कम्पनीले जनाएको छ । पिनाकलले श्रावण ५ गतेसम्म आफ्ना स्टोरहरुमा खरीद गर्ने ग्राहकहरुलाई १० प्रतिशत सम्म प्रवद्र्घन छुटको व्यवस्था गर्ने भएको छ । पिनाकल ब्राण्डले यो वर्षभित्रै अन्य ३ फ्रान्चाइज स्टोरहरु थप गर्ने योजना बनाएको छ ।

नेपालगन्जमा फोटो बैंक स्थापना, दैनिक जीवनसँग सम्बन्धित तस्बिर राखिने

नेपालगन्ज, २१ असार । समाज विकासमा महत्वपूर्ण योगदान पु¥याएका प्रतिष्ठित व्यक्तिको तस्बिर सङ्ग्रहालयका रुपमा यहाँ ‘नेपाल फोटो बैंक’ स्थापना गरिएको छ । राजनीति, समाजसेवा, पत्रकारिता, चिकित्सा सेवा, वाइल्ड लाइभ, प्रकृति संरक्षण, खेलकूद, संस्कृतिलगायतका विधामा योगदान पु¥याउने व्यक्तिको दैनिक जीवनसँग सम्बन्धित तस्बिर सो बैंकमा राखिने छ । अन्तराल संस्थाद्वारा स्थापित सो फोटो बैंकको मंगलबार यहाँ आयोजित समारोहमा फोटो पत्रकार क्लबका केन्द्रीय अध्यक्ष विकास कार्कीले शुभारम्भ गरे । समारोहमा राजनीति क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका नेपाली कांग्रेसका त्यागी नेता, पूर्व पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला र पार्टीका जिल्ला सभापति स्वर्गीय डा. अरुण कोइरालाका अति दुर्लभ फोटो बैंकमा राखेर शुभारम्भ गरिएको हो । उक्त अवसरमा नेपाली कांग्रेस, बाँकेका अध्यक्ष किरण कोइरालाले बैंकको कोष सञ्चालनका लागि पाँच हजार रुपैयाँ नगद उपलब्ध गराएको अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए । रासस

तरकारी व्यवसायीको आक्रमणमा कर्मचारी र पत्रकार

काठमाडौं, २१ असार । बल्खुस्थित तरकारी पसलको अनुगमन गर्ने क्रममा व्यवसायीले अनुगमनमा खटिएका सरकारी कर्मचारी र पत्रकारलाई मंगलबार आक्रमण गरेका छन् । अनुगमन गर्ने क्रममा उक्त तरकारी बजारमा राखिएका तरकारी जोख्ने विद्युतीय यन्त्र लामो समयदेखि जाँच नगरिएको र उपभोक्ताको हित विपरीत रहेको जनाउँदै अनुगमन टोलीले उक्त सामान जफत गर्न थालेपछि व्यवसायीले आफूसँग जे सामान उपलब्ध छ उक्त सामग्रीले अनुगमनकर्तामाथि प्रहार गरे । तरकारी बजारमा रहेको झन्डै दुई सय यन्त्र अधिकांश उपभोक्ताको हित विपरीत रहेको अनुगमनका क्रममा पाइएको छ । घटनामा चोटपटक कसैलाई नलागे पनि समाधान प्रहरीले नै गरेको थियो । आक्रमणपछि बल्खु तरकारी बजार व्यवस्थापन समिति र अनुगमन समितिका संयोजक रामचन्द्र काफ्लेलगायत टोलीबीच वार्ता गरी मंगलबार नै नियम विपरीतका सबै यन्त्र सिलबन्दी गर्ने र तीन दिनभित्र नापतौल विभागमा लैजानुपर्ने सहमति भएको छ । आक्रमण गर्ने सबैले पछि पत्रकार र सरकारी कर्मचारीसँग माफी मागेका थिए । रासस

अर्घाखाँची सिमेन्टको ‘सबैलाई थाहा छ, केहि बोल्नै पर्दैन’ अभियान शुरु

काठमाडौं, २१ असार । अर्घाखाँची ओपीसी सिमेन्टको ‘सबैलाई थाहा छ, केहि बोल्नै पर्दैन’ अभियान शुरु भएको छ । जसको प्रवर्द्धन सिमेन्टका ब्राण्ड एम्बेसडर तथा नेपाली कलाकार सुनिल थापाले गरेका छन् । कम्पनीले जनाएअनुसार उपभोक्तालाई अर्घाखाँची सिमेन्ट गुणस्तरिय भएको थाहा भएपनि बजारकै उत्कृष्ट ओपीसी सिमेन्ट हो भन्ने बुझाउन अभियान सुरु गरेको हो । साथै, उपभोक्ताहरुलाई सहि सिमेन्ट रोज्न र सुरक्षित भविष्यका लागि ध्यान दिन कम्पनीले सबैलाई सचेत पनि गराएको छ । घर निर्माणको कूल खर्चमध्ये करिब १० प्रतिशत खर्च मात्रै सिमेन्टमा प्रयोग हुने गर्छ । निर्माणमा गुणस्तरहिन सिमेन्ट प्रयोग नगरौं भन्ने उद्देश्यले चलाइएको जानकारीमुलक योजना “मूर्खता नगरौं, सहि सिमेन्ट नै रोजौं” पश्चात “आर्घाखाँचीको बारेमा त सबैलाइ थाहा छ” भन्ने अभियानको सुरुवात गरिएको कम्पनीले जनाएको छ ।