आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहयोग गर्ने विषयमा नेपाल चेम्वर र एशोचामबीच समझदारी
काठमाडौं, १ असोज । नेपाल चेम्वर अफ कमर्स र एशोचाम (दि एशोसिएटेड चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज इण्डिया) बीच भारतको नयाँ दिल्लीमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणको अवसरमा दाहालको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल र भारतबीचको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्न सहयोग पु¥याउने उद्देश्यले भएको समझदारी पत्रमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा. राजेश काजी श्रेष्ठ र एशोचामका अध्यक्ष सुनिल कनौरियाले हस्ताक्षर गर्नु भएको हो । समझदारीले भारततर्फको निकासी सहज हुने र नेपालमा भारतीय लगानी तथा प्रविधि अभिवृद्धि गर्न थप मद्दत पुग्न जाने चेम्वरको विश्वास रहेको छ । त्यसैगरी दुई देशका निजी क्षेत्रको सम्बन्ध अभिवृद्धि भई समग्र नेपाल र भारतबीचको व्यापार तथा लगानी थप सहज हुने विश्वास चेम्वरले लिएको छ । सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री प्रकाश शरण महतको समेत उपस्थिति रहेको थियो ।
१० लाख रुपैयाँमा कम्पनीको ब्राण्ड एम्बेसडर बन्छुः राजेश हमाल
हालसम्म कतिवटा कम्पनीको ब्राण्ड एम्बेसडर बन्नुभयो होला ? ठ्याक्कै यति वटा कम्पनीको ब्राण्ड एम्बेसडर बनिसकेँ भन्ने याद छैन । मैले संख्या गणना गरेर राख्ने गरेको पनि छैन । तर चलचित्रमा काम सुरु गर्दादेखि नै ब्राण्ड एम्बेसडर बन्न थालेको हुँ । मलाई याद भएसम्म मैले पहिलो पटक भने साबुनको विज्ञापनमा खेलेको थिएँ । अहिलेसम्म कति समय दिनुभयो होला कर्पाेरेट क्षेत्रलाई ? मुलभूत समय चलचित्र क्षेत्रकै लागि दिएको छु । त्यसपछि केहि समय कर्पाेरेट क्षेत्रले पाएको छ । मैले विज्ञापनमा मात्रै होइन सामाजिक अभियानलाई पनि समय दिएको छु । गृह मन्त्रालयको लागु औषध दुव्र्यसनी विरुद्धको अभियानदेखि डब्लुडब्लुएफको बन्य जन्तु जोगाउने अभियान होस् वा अन्य महत्वपूर्ण सामाजिक अभियानका लागि पनि मैले समय दिएको छु र मेहनत पनि गरेको छ । कर्पाेरेट सेक्टरका लागि पनि एकदेखि दुई बर्षको सम्झौता गर्छु । दुई बर्षपछि निरन्तरता दिनुहुन्न ? यो नितान्त व्यवसायिक पक्ष भएकाले कम्पनीसँगको सम्बन्ध र आवश्यकतालाई हेरेर सम्झौता नविकरण गर्छु । सबै भन्दा लामो समय दिएको ब्राण्ड कुन हो ? नेपाः टप कम्पनीलाई सबै भन्दा धेरै समय दिएको छु । यो कम्पनीसँग म लामो समयदेखि जोडिँदै आएको छु । नेपाः टप सब ठिकठाक कम्पनीसँगको एग्रिमेन्ट पुरानो हो र त्यो अझै कायमै छ । कहिले काँही भने केहि प्रडक्टहरुले मेरा लागि दर्शकसँग नजिकिने अवसर पनि दिएका छन् । सन २००४ मा टुपिएम चाउचाउको अभियान थियो । स्क्र्याच गरेर पैसा पाउने व्यवस्था थियो । जो जसलाई पुरस्कार पर्ने हो तिनै गाउँघरमा पुगेर पुरस्कृत गर्नुपर्ने व्यवस्था थियो । त्यसक्रममा म देशभर घुमेको थिए । जुम्ला, हुम्ला पुगेर दर्शकलाई पुरस्कृत गरेको थिएँ । रमपमले पनि यस्तै योजना ल्याएको थियो । मुलुक द्धन्द्धमा फसेका बेला पनि म कलाकारका रुपमा देशभर घुम्न पाएँ । कसैले पनि रोकतोक गरेनन् । राजनीतिले फुटाएको समाजलाई कलाकारिताले जोड्ने रहेछ भन्ने अनुभव पनि त्यसैबेला गर्न पाएको थिए । कुन ब्राण्डको एम्बेसडर बन्ने र कुन ब्राण्डको नबन्ने भन्ने छनौट कसरी गर्नुहुन्छ ? ब्राण्डको छवि र गुणस्तरमा ध्यान दिन्छु । मैले आफ्नो छवि खराब गरेँ भने पनि ब्राण्डलाई असर गर्छ । ब्राण्डले खराब काम गर्यो भने पनि मेरो छवि बिगार्छ । त्यसकारण ब्राण्ड छान्दा बिशेष ध्यान दिन्छु । सम्झौता गर्ने बेलामै सर्तहरु स्पष्ट पार्ने गरेको छु । सम्झौता अनुसार नभएर समस्या परेका उदाहरण छन् ? ब्राण्डको गुणस्तरमै समस्या त आएको भेटिएको छैन् तर एक पटक पब्लिकमा मैले काम गरेको ब्राण्ड माथि प्रश्न उठेको थियो । गुणस्तरमा म निश्चिन्त थिएँ तर पब्लिकममा गलत सन्देश गएको थियो । कम्पनीको नाम लिनु त्यति उपयुक्त नहोला । तर ब्राण्डका कारण केही समस्या भने आएको थियो । जुन बस्तुको ब्राण्ड एम्बेसडर बन्नुहुन्छ, त्यसको प्रयोग गर्नुहुन्छ ? अधिकांश ब्राण्डका उत्पादनको आफैँ पनि प्रयोग गर्छु । सामान्यतया म चुरोट र रक्सीको विज्ञापनमा खेल्दिन । आफूले प्रमोशन गरेका उत्पादन प्रयोग गर्छु नै । धेरै पहिले चौधरी समुहको साहसी चुरोट र बियरको ब्राण्ड एम्बेसडर बनेको थियो । त्यसपछि रक्सी र चुरोटको विज्ञापनमा खेलिँन । म जुन जुन उत्पादनको विज्ञापनमा खेल्छु ती सामान मैले आफैं पनि प्रयोग गर्नु पर्छ भन्ने मेरो मान्यता हो । मैले राग पानको विज्ञापनमा काम गरेँ । त्यसमा टोबाको छैन भन्ने पुष्टि भएपछि मात्रै काम गरेको थिएँ । चलचित्रमा नायकहरुले काम गर्ने टिम रोज्छन, कर्पाेरेट सेक्टरको काममा चाँँही के हुन्छ ? विज्ञापनमा चाँही उत्पादक वा वितरक कम्पनीले भन्दा पनि विज्ञापन बनाउने कम्पनीले काम गर्नेहरुको छनौट गर्छ । कम्पनीको छबि अनुसार विज्ञापनका लागि पात्र छनौट गर्ने हो । त्यसका लागि सहयोगी टिम पनि त्यसकै आधारमा चयन हुन्छ । मैले खासै यस्तो व्यक्ति ल्याउनुस भनेर भन्ने गरेको छैन् । एनएमबी बैंकको टिभिसीमा हामी त औठा छाप भनिएको छ, आजको दुनियाँमा त्यसले समाजको चित्रण गर्छ ? नेपालमा अझै पनि औठा छाप मात्रै प्रयोग गर्न सक्ने ठुलो समुदाय छ । हामी शिक्षा र विकासमा धेरै अघि बढिसकेका छैनौं । अघि बढ्ने प्रयास जारी छ । अर्काे कुरा भनेको औठा छाप भन्ने शब्द राखेर आम नेपाली मनोविज्ञानलाई समेट्न खोजिएको पनि हो । तपाईँले एनएमबी बैंकमा खाता खोल्नु भयो ? अहिलेसम्म छैन । अब खोल्छु । आफुले ब्राण्ड एम्बेसडर भएर काम गरेको बैंकमा खाता त खोल्नै पर्यो नि । दुई बर्षको सम्झौता गरेको हुँ एनएमबीसँग । एउटै प्रकृतिका दुई ब्राण्डसँग एकै पटक काम गर्नु भएको छ ? म त्यस्तो गर्दिनँ । एउटा चाउ चाउको काम गरेपछि सोही अवधीमा अर्काे चाउचाउ कम्पनीमा काम गर्दिनँ । पहिलो पटक बैंकको काम एनएमबीसँग गर्दैछु । यहि अवधीमा अर्काे बैंकको काम गर्दिनँ । एकै पटक एकै प्रकारका बस्तु तथा सेवाको प्रमोशनमा काम गर्दिन् । अहिले कति वटा कर्पाेरेट हाउमा काम गरिरहनु भएको छ ? म अहिले नेपाः टप, डाबर च्यावनप्रास, लाइफब्याय साबन र अहिले एनएमबी बैंकको काम गरिरहेको छु । राजेश हमाललाई कम्पनीका लागि अफर गर्दा रेट कति छ ? मैले पैसाको रेट भन्दा पनि कम्पनीको भ्याल्यु र रेपुटेशन हेर्ने गरेको छु । कम्पनीको कमर्सियल भ्याल्यु हेर्छु । कमर्सियल इन्ट्रेस्ट भएका कम्पनीमा अलि बढि माग गरिन्छ । सामाजिक उत्तरदायित्वको काममा अलि कम । कतिपयमा निशुल्क काम पनि गरिन्छ । सबै भन्दा धेरै फि लिएको कम्पनी कुन हो ? साधारणतया ८ देखि ११ लाख रुपैंयाँमा काम गर्ने गरेको छु । एनएमबीमा कतिमा काम गर्नुभयो ? मैले भने नि । साधारणतया ८ देखि ११ लाख रुपैयाँ लिन्छु । एनएमबीसँग पनि यसैको हाराहारीमा रहेछ भनेर मान्नुस् । डाबर च्यावनप्रासमा तपाई धेरै देखिनुहुन्छ, सबै भन्दा बढि रकम त त्यसबाटै लिनुहुन्छ होला ? डाबर नेपाल भनेको मल्टिनेशनल कम्पनी हो । त्यसको कमर्सियल भ्याल्यु धेरै छ । नेपाली कम्पनी हो भने त्यसै अनुसार हुने हो । मल्टिनेशनल कम्पनीले त्यसै अनुसार अफर गर्छ । कमर्शियल फिल्म बनाएर देश बिदेशमा देखाउने भनियो भने अलि बढि पैसा लिइन्छ । कला संस्कृतिको जगेर्ना गर्ने हो भन्यो भने त्यसै अनुसार काम गर्ने हो । डब्लुडब्लुएफको काम निःशुल्क गरेको थिएँ । राजेश हमालको नाममा प्यान दर्ता छ ? हामीलाई प्यान लिनु पर्ने व्यवस्था गरिएको छ । तर मैले प्यान लिएको छैन । मैले श्रोतबाटै कर कट्टा गर्ने गरेको छु । हाम्रो आम्दानी मासिक रुपमा हुने होइन । त्यसकारण प्यान नलिएको हुँ । कारोबार गर्दा श्रोतबाट नै कति कर तिर्नु पर्ने हो त्यो कटाउने गरेको छु । सबै भन्दा धेरै कर तिर्ने हिरोमा राजेश हमाल पर्छ ? म सबै भन्दा धेरै कर तिर्ने हिरोमा पर्दिन । हाम्रो कमाई भनेको स्यंवसेवी जस्तै हो । महिनामा यति कमाई हुन्छ भन्ने एकिनै हुँदैन । आफ्नो कुल आम्दानीमा ब्राण्ड एम्बेसडरको हिस्सा कति छ ? मुल आम्दानी चलचित्रबाटै हो । ब्राण्ड एम्बेसडरबाट खासै आम्दानी छैन । जसरी सुरुमा चलचित्रमा कमाई थिएन, त्यसैगरी अहिलेसम्म ब्राण्ड एम्बेसडरमा पनि खासै पैसा छैन् । सुरुमा मलाई पत्रकारले तपाई चलचित्र खेल्नु हुन्छ, खास काम चाँही के गर्नुहुन्छ ? भन्थे । सेयरमा लगानी गर्नु भएको छ ? छैन तपाईको लगानी के केमा छ ? मैले आफ्नो आम्दानी बैंकमा डिपोजिट गर्ने गरेको छु । अन्त कतै लगानी गरेको छैन । नवलपरासीमा केहि पुर्खाैली जमिन छ । त्यसमा खेतिपाती भैरहेको छ । रेगुलर खर्च चाँही कति हुन्छ ? मेरो खर्च त्यति धेरै छैन । साधारण खर्च मात्रै हो । तपाई कुन गाडी चढ्नु हुन्छ ? म किया स्पोर्टी चढ्छु । पछिल्लो दश बर्षदेखि यही गाडी चढिरहेको छु । महानायकले १० बर्षदेखि एउटै गाडी चढ्ने ? म अर्काे गाडी किन चढौं ? म आफ्नो जीवनको मापदण्ड आफैं बनाउँछु । नयाँ गाडी किन्दा अहिलेको गाडीले भन्दा के बढि फाइदा दिन्छ भनेर हेर्छु । मेरो गाडी दैनिक जम्मा ५ देखि १० किलोमिटर मात्रै गुडछ् । अनि किन अर्काे गाडी किन्नु ?
नेपाल गरिब हुनै सक्दैन- प्रधानमन्त्री दाहाल
नयाँ दिल्ली, भारत, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले अथाह सम्भावना भउको नेपाल गरिब हुनै नसक्ने बताएका छन् । नेपालमा लगानी गरेका भारतीय उद्योगी एवम् व्यापारी समुदायले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “विगतमा भएका अप्ठ्यारा सङ्लँदै गएको छ, अब शङ्का गर्नुपर्ने कारण छैन” प्रधानमन्त्री दाहालले भन्नुभयो, “भारत र चीन जस्ता विश्वका उदीयमान शक्ति र ठूलो अर्थतन्त्र भएका मुलुकको बीचमा रहेको नेपाल गरिब हुनै सक्दैन, अब समृद्धिको ढोका खुलेको छ । ” उनले मुलुकमा लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानीकर्ताको मागअनुसार नेपालमा सबै संरचना तयार भएको पनि बताएका थिए । प्रधानमन्त्री दाहालले सरकारले लगानी एवम् राजनीतिक स्थायित्वका लागि स्पष्ट नीति लिएको उल्लेख गर्दै सम्भावनाका नयाँ अध्याय सुरु भएकाले विश्वस्त हुन उद्योगी व्यापारीलाई आग्रह गरे । उनले कृषिमा आधारित क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि नेपाल सरकारले सक्दो सहयोग गर्ने धारणा राखे । भारतका व्यापारीले नेपालमा पछिल्लो समय लगानीका लागि उपयुक्त समय आएको महसुस गरेको बताउँदै त्यसलाई अझै विश्वासमा परिणत गर्नुपर्नेमा उनले जोड दिएका थिए। शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले नेपालमा लगानीका वातावरण उपयुक्त बन्दै गएको दाहालको दावी थियो । ।रासस
यो बर्ष पनि आर्थिक बृद्धि ५ प्रतिशत ननाघ्ने एडिबीको प्रक्षेपण, मूल्य बृद्धि हुन सक्ने चेतावनी
काठमाडौँ, ३१ भदौ। एसियाली विकास बैंक(एडिबी) ले चालु आर्थिक बर्षमा नेपालकोअार्थिक बृद्धिदर ५ प्रतिशतवाट नबढ्ने जनाएको छ।बैंकले शुक्रबार सार्वजनिक गरेको नेपालको कन्ट्री रिपोर्टमा चालु आर्थिक बर्षमा नेपालले चार दशमलव आठ प्रतिशत मात्र आर्थिक बृद्धिदर हासिल गर्ने उल्लेख गरेको हो। मुलुकको समग्र आर्थिक अवस्था, पुनः निर्माणको गति र राजनीतिक परिदृष्यका कारण सरकारले लक्ष गरे बमोजिम आर्थिक बृद्धिदर हासिल गर्न नसक्ने रिपोर्टमा उल्लेख छ। सरकारले बजेट मार्फत चालु आर्थिक बर्षमा साढे छ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष लिएको छ। शुक्रबार आयोजित कार्यक्रममा बैंकका नेपाल निर्देशक केनेची योकोहामाले संविधानमा अझै विवाद कायम रहेको र दलहरु विकास केन्द्रित हुन नसकेको कारण आर्थिक बृद्धिदर माथि जाने र सरकारी लक्ष पुरा हुने संम्भावना नरहेको बताए। यो बर्ष रेमिट्यान्स आप्रवाहमा कमि आउने भन्दै बैंकले चिन्ता व्यक्त गरेको छ। रेमिट्यान्स घट्दा सेवा क्षेत्र प्रभावित हुने र त्यसले आर्थिक विकासमा थप सिथिलता ल्याउने उल्लेख गरिएको छ। आर्थिक बृद्धिमा सुधार नभए पनि मूल्य बृद्धि भने उच्च हुने बैंकको प्रक्षेपण छ। रेमिट्यान्स आप्रवाहमा तत्काल ठूलो गिरावट नदेखिए पनि मध्य र दिर्घकालमा भने यो उच्च दरले घट्ने संभावना रहेको बैंकले जनाएको छ। नेपालीहरुले रोजगारी पाउने खाडी मुलुकको अर्थतन्त्रमा आएको सुस्तता र तेलको घट्दो मूल्यका कारण रेमिट्यान्स आप्रवाह घट्ने बैंकले जनाएको हो।
अायल निगमले हवार्इ इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटायो, डिजेल, पेट्रोल र ग्याँसमा यथावत
काठमाडौं, ३१ भदौ। । नेपाल आयल निगमले हवार्इ इन्धनको मूल्य घटाएको छ । निगमले आन्तरिकतर्फ लिटरमा पाँच रुपैयाँ मूल्य घटाएको छ । निगमका प्रवक्ता भानु खनालले चाडपर्वमा उपभोक्तालार्इ सहुलियत दिन हवार्इ इन्धनको मूल्य घटाएको बताए। आन्तरिकतर्फ हवार्इ इन्धनको मूल्य ९४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । अन्तर्राष्ट्रियतर्फ हवार्इ इन्धनको मूल्य प्रतिकिलो लिटर ५० डलर घटेको छ । अन्तर्राष्ट्रियतर्फ अब हवार्इ इन्धनको मूल्य प्रतिकिलो लिटर ८ सय ३१ डलर कायम भएको छ । निगमका प्रवक्ता खनालले अरु पेट्रोलियम पदार्थको मूल्य तत्काल नघट्ने बताए । चाडपर्वका लागि हामीले ग्यास र हवार्इ इन्धनको मूल्य घटाइसकेका छौ, उनले भने, तत्कालै अरु पेट्रोलियम पदार्थको मूल्य घट्दैन। हवाइ भाडा पनि घट्ने ! निगमले भाडा घटाएसँगै अब अान्तरिक तथा वाह्य तर्फका उडानहरुमा पनि भाडा घट्नेछ। हवाई कम्पनीहरुले पनि भाडा घटाउनेछन्। चाडवाडको अवसर पारेर सरकारले जनतालाई केहि भएपनि राहतको महसुस गर्ने ठाउँ दिएको हो।
अख्तियारको अर्को स्टन्ट ! सर्वोच्च र माअोवादीसँग जुहारी, माअोवादीको शिविरको रकम अनियमिततामाथि छानविन सुरु
काठमाडौं, ३१भदौ। अख्तियार दुरुपयोग अनुसन्धान अायोगले तत्कालिन माअोवादी लडाकु शिविरमा खर्च गरिएको रकमवारे अनुसन्धान थालेको छ। त्यसको वारेमा माअोवादीका तत्कालिन जिम्मेवार नेताहरुलाई ३० दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। संयोग त के छ भने अाजमात्रै सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीसहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले आज उत्प्रेषणयुक्त आदेश जारी गर्दै आदेशले तीन आधारमा यसअघि सर्वोच्चले नै गरेको फैसला पुनरावलोकन गर्ने निस्सा प्रदान गरेको थियो। -अन्तरिम संविधानको धारा ११९ खको व्याख्या तत्कालीन आदेशमा गलत भयो। -रायमाझी आयोगले कारबाही गरिसकेको हकमा आयोगको उक्त प्रतिवेदन लोकमानको हकमा अर्थपूर्ण छ जसलाई अदालतले यसअघि स्वीकार गरेको छ। -यसअघिको पूर्ण फैसला सर्वोच्चको आफ्नै नजिर विपरीत छ। सर्वोच्चको यो फैसलाको विरुद्दमा अख्तियारले इगोसेन्ट्रिक रुपमा माअोवादीहरुलाई अप्ठेरोमा पारेको छ। यो सँगै अब संवैधानिक अप्ठेरो पर्ने देखिएको छ। एकातिर माअोवादीको शिविर काण्ड अर्कातिर सर्वोच्चको ताकेता। भूकम्पमा हराएको जवाफप्रति प्रहार भूकम्पमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका प्रमाणपत्र हराएको सचिवको जवाफप्रति सर्वोच्च अदालतले असन्तुष्टि जनाएको छ। सर्वोच्चले आज परमादेश जारी गर्दै भनेको छ – यस अदालतको आदेशानुसार माग गरेको कागजात फाइल सम्बन्धित निकायहरुबाट समयमा अदालत पठाउने कार्य नगरी फेला परेपछि पाठाउने भनी गैर जिम्मेवारीपूर्ण जवाफ पठाएको देखियो।’ सात दिनभित्र नआए कारबाही सर्वोच्चको आदेशमा पूर्व आदेश अनुसारको फाइल कागजात सात दिनभित्र नपठाएमा न्याय प्रशासन ऐन २०७३ को दफा ३४ (२) अनुसार कारबाही हुने भनिएको छ। उक्त दफामा अदालतले माग गरेको मिसिल, लिखत वा जवाफ कुनै कार्यालयले प्रचलित कानून बमोजिमको वा अदालतले तोकेको अवधिभित्र नपठाएमा अदालतले सम्बन्धित कार्यालयको प्रमुख वा कर्मचारीलाई पटकै पिच्छे एक हजार देखि दश हजार रूपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ। को को तानिन्छन् यदि अख्तियारले साँच्चिकै छानविन गर्यो भने माअोवादी जोडिएको सवै दलहरु तानिनेछन् र भर्खरैमात्र माअोवादी छोडेर नयाँ शक्ति दल खोलेका बाबुराम भट्टराई पनि तानिनेछन्। एकिकृत माअोवादीका शीर्षस्थ नेताहरु प्रधानमन्त्री प्रचण्ड, वादल लगायत, मोहन बैद्य, नेत्रविक्रम चन्द लगायत नेपाल सरकारका मन्त्रीहरु जनार्दन शर्मा, कृष्णवहादुर महरा लगायतका मन्त्रीहरु पर्नेछन्।
बाजेको ७ प्रकारका मसला बजारमा
काठमाडौं, ३१ भदौ । बाजेको सेकुवाले बाजेको मसला बजारमा ल्याएको छ । बाजेको सेकुवाले ७ प्रकारका मसला उत्पादन तथा बिक्रि थालेको हो । सेकुवाले मिट, चिकेन, करी, मम, सेकुवालगायत २३ प्रकारका परिकारका लागि मसला उत्पादन गरि बजारमा ल्याएको कम्पनीकी प्रबन्ध निर्देशक नितिमा कार्कीले बताइन् । मसलाको मूल्य न्युनतम ८५ देखि १२० रुपैयाँसम्म पर्छ । बाजेको सेकुवाले राजधानीमा पत्रकार सम्मेलन गरि नयाँ उत्पादन सार्वजनिक गरेको हो । चाडपर्वहरु नजिकिँदै गर्दा ल्याइएका मसलाले खानापारखीको मन जित्ने विश्वास कार्कीले बताइन् । तराईका विभिन्न जिल्ला पुगेर किसानको खेतबारीबाट प्रत्यक्ष रुपमा कच्चा पदार्थ संकलन गर्ने उत्पादक कम्पनीको योजना छ । यी मसालाहरु विराटनगरको उद्योगमा पिसेर काठमाडौं अनामनगरमा प्याकिङ गरिएका हुन् । सुरुवातमा मासिक ३० हजार प्याकेट उत्पादन लक्ष्य कम्पनीले लिएको छ । बाजेको सेकुवाले उपत्यकाका १० स्थानसहित पोखरा र भरतपुरमा शाखा खोलिसकेको छ ।
एनसेल मेला पोखरामा, असोज ३ गते बुटवलमा
काठमाडौं, ३१ भदौ । देशको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदान प्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गर्ने भएको छ । देशको विभिन्न पाँच शहरमा आयोजना हुने एनसेल मेला बिहीबार नारायणगढको नारायणी किनारबाट शुरु भएको हो । विविध रोचक कार्यक्रहरु र कक्सर्ट सहित मेला ११ बजे देखि शुरु भई साझ सम्म चल्ने छ । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आकर्षणहरु हुन् । मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुती रहने छ । साथ साथै एक्स व्याण्ड, कार्टुन्ज क्रु र युभि एन्जल्स्को प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदानगर्ने विश्वास लिईएको छ । मेलाको मुख्य आकर्षणका रुपमा कन्सर्ट रहेको छ । गायक सुगम पोख्रल, शिव परियार र मिलन अमात्यले आफ्नो उत्कृष्ट गीतहरु गाएर दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नेछन् । साथै अन्य कलाकार लाउरे र एक्स व्याण्डको विषेश प्रस्तुती पनि रहनेछ । मनोरञ्जनका कार्यक्रमका साथ साथै आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् । सबै उमेर समुहका दर्शकहरुलाई लक्षित गरी एनसेल मेलामा विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । गेम स्टहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु हुनेछन् भने बालबालिकाका लागि विषेश किड्स जोनमा इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहनेछन् । आगन्तुकहरुको लागि नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको फुड स्टल पनि रहनेछन् । त्यस्तै अन्य आकर्षणमा मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदि रहनेछन् । “पर्यटकीय नगरी पोखरामा एनसेल मेला मार्फत नजिकिदै गरेको चाडपर्वको अवसरमा खुसीयाली साट्न तथा आफेना ग्राहकहरुसँग शुभकामना आदानप्रदान गर्न हामी उत्साहित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यो मेलाले सबैलाई खुसी बाँड्ने र परिवारजन, आफन्त र साथीभाईसँग नजिक रहन थप उर्जा प्रदान गर्ने कुरामा विश्वस्त छौ । ” नारायणघाट बाट शुरु भएको एनसेल मेला असोज ३ गते बुटवल, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना पश्चात समापन हुनेछ ।