बैशाख १ गतेदेखि ‘पाटन दरबार स्क्वायर’मा सवारी साधन निषेध
काठमाडौं । आगामी बैशाख १ गतेदेखि पाटन दरबार स्क्वायर क्षेत्र सवारी साधन निशेधित क्षेत्र बन्ने भएको छ । ललितपुर महानगरापालिकाले बैशाख १ गतेदेखि पाटन दरबार स्क्वायर आसपास क्षेत्रलाई सवारी साधन निशेधित बनाउन लागेको हो । ‘हामीले ललितपुर महानगरपालिकाका सम्पदा क्षेत्रलाई सवारी साधन निशेधित क्षेत्र बनाउने तयारी गरेका छौं, बैशाख १ गतेदेखि मंगलबजार क्षेत्रमा यो लागु हुनेछ’, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले पनि पाटन दरबार स्क्वायर क्षेत्रलाई सवारी निशेधित क्षेत्र बनाउन अध्ययन भैरहेको बताए । ‘पाटन क्षेत्रलाई सवारी साधन मुक्त बनाउनका लागि अध्ययन भैरहेको छ, २० दिनभित्र अध्ययन सकिन्छ’, महानगरपालिकाका प्रवक्ता महर्जनले भने । उनले मंगलबार आसपासका वल्खो, क्वाल्खो, हखा, महापाल, स्वठ लगायतका क्षेत्रमा सवारी साधन निशेधित गर्न लागिएको हो । यस अघि नै ठमेल क्षेत्रमा सवारी साधन मुक्त बनाईसकेको छ । ठमेललाई सवारी साधन मुक्त बनाएपछि त्यसको सर्वत्र प्रसंशा भैरहेको छ । ललितपुर महानगरपालिकाले सोलार वत्तिलाई हटाएर सडकमा समेत विद्युतिय वत्ति जडान गर्न लागेको मेयर महर्जनले बताए । उनले निर्वाचन पुर्वको उत्साह घट्दै गएको बताउँदै कर्मचारी संयन्त्रले स्थानीय सरकारलाई नटेरेको गुनासो पनि पोखे । उनले महानगर भित्र पर्ने चक्रपथमा चार ठाउँमा इन्टर कनेक्सन फ्लाइओभर बनाउने पनि बताए । महर्जनले फोहर उठाउन ब्रोमरसहितका आधुनिक उपकरण खरिद गर्ने प्रक्रिया अघि बढाएको पनि जानकारी दिए ।
सामसङको ग्यालेक्सी एस९ र एस९प्लस बजारमा आउँदै, आजैदेखि प्रि-बुकिङ्ग खुला
काठमाडौं । सामसङले नेपाली बजारमा आफ्ना स्मार्टफोन ग्यालेक्सी एस९ तथा एस९प्लस बजारमा प्रस्तुत गर्ने भएको छ । एस९ र एस९प्लसमा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको छ । कम्पनीका अनुसार यसमा संशोधित गरिएको डियूलअपर्चोयर लेन्स, लो लाइट क्यामेरा, सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधातथा पर्सनलाईज्ड ए आर इमोजीस तथाडल्बी एटमोसको साथ एकेजीद्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर रहेको छ । यसबाट डल्बी वातावरणको जीवन्त अनुभव प्रदान गर्दछ । सामसङ मोबाइल डिभिजन नेपालका प्रमुख प्रणय रत्न स्थापितले मोबाइल फोनबाट स्व–अभिव्यक्ति एवं कुराकानी तथा हामीले प्रयोग गर्ने स्मार्ट फोनको तरिका परिवर्तन भएको बताएका छन् । यो स्मार्ट फोनमा सहज रुपमा आवद्धहुन तथा आफ्ना जीवन्त अनुभवहरु विशेष तरिकाबाट साट्न सकिने सुविधा रहेको प्रमुख स्थापितले बताएका छन् । क्यामरा ग्यालेक्सी एस९ तथा एस९प्लसमा सुपर स्पीड डुअल पिक्सल सेन्सरको साथ डेडिकेटेड प्रोसेसिङ्गपावर तथा मेमोरी जस्ता विशेषताले गर्दा उच्चस्तरीय फोटो खिच्न सकिनुका साथै फोटोशेयर गर्न सकिने कम्पनीले जनाएको छ । सुपर स्लो–मोको साथ कुनैपनि क्षणलाई बनाउन सकिन्छ विशेषः यस २ फोनमा हरेक दिन डायनामिक स्लो मोशन भिडियो खिच्न सकिन्छ । यसलेप्रति सेकेन्ड ९६० फ्रेम क्याप्चर गर्न सक्दछ । यसमा अटोमेटिक मोशन डिटेक्टर सुविधापनि रहेको छ, जसलेमुभमेन्टलाई सहजै यकिन गरी भिडियो रेकर्डगर्न थाल्दछ । यसमाभएको ३५ विभिन्नअप्सनको प्रयोग गरी आफूलाई चाहिएको जस्तै भिडियो निर्माण गर्न सकिन्छ । साउन्ड राख्ने, आफूलाई मन पर्ने ट्युनमा व्याकग्राउन्ड म्युजिक राख्न सकिने जस्ता विशेष सुविधाहरु रहेका छन् । फोनमा भएको सुविधा प्रयोग गरी एक क्लिकका भरमा जिफ फाइलसजिलै बनाई शेयर गर्नपनि सकिने कम्पनीको भनाई छ । लो–लाईट क्यामराः एस९ तथा एस९प्लस मोबाइलमा डियूलअपर्चोयर(एफ१.५/एफ२.४) भएको हुँदा ज्यादा उज्यालोको अवस्थामा या न्यून उज्यालोको अवस्थामा पनि स्वतः सफा एवं चुस्त फोटो खिच्न सकिन्छ । ए आर इमोजीः समासङमा भएको यो सुविधाबाट प्रयोग कर्ताहरुलेआफु जस्तै इमोजी तयार गर्न सक्छन् भने त्यसमा सोहीअनुसार साउन्ड अनुकरण गरी राख्न पनि सकिन्छ । यसमा डाटा बेसड मेसिन लर्निङ अल्गोरिदम प्रयोग गरिएको हुन्छ । जसले प्रयोग कर्ताको टुडी तस्वीरलाई १०० भन्दा ज्यादा फेसियल फिचरहरुको मध्यमबाट थ्रीडी मोडेलमा बदल्न सक्नेछन् । यस्तो इमोजीलाई शेयर गर्न, भिडियो बनाउन, विभिन्न स्टिकरको रुपमा प्रयोग गर्न पनि सकिन्छ । बिक्सबीः सामसङको इन्टलिजेन्स प्लाटफर्म बिक्सबीको माध्यमबाट प्रयोगकर्ताले सहजै रुपमाआफ्नो वरिपरिभएका विभिन्नजानकारी प्राप्तगर्न सक्नेछन् । रियल टाइम अब्जेक्ट डिटेक्शन तथा रिकग्निसनको साथविक्सबीले तुरुन्तै तस्वीरको जानकारी दिन्छ । यूजर लाइभ ट्रान्सलेसनको माध्यमबाट विभिन्न भाषाको तथा विदेशी विनिमयदरको जानकारी पनि उपलब्ध गराउँछ । मनोरञ्जनले भरिपूर्णः मनोरञ्जनको लागि स्मार्टफोनको नै प्रयोग गरिन्छ, त्यसैले सामसङले अडियो तथा भिजुअल अनुभव प्रदान गर्न यस्ता उपकरणहरुको निर्माण गर्दै आएको छ । एकेजीयुक्त स्टेरियो स्पीकरको साथग्राहकले क्लियर साउन्डको अनुभव गर्न सक्नेछन् । यस फिचरको साथ प्रयोगकर्ताले आफू खुशी फिल्म हेर्न तथा आफूलाई मनपर्ने कलाकारको नवीनतम एल्बम सुन्न सक्नेछन् । यसमा डल्बी वातावरण विद्यमान रहेको छ, जसबाट प्रयोगकर्तालाई ३६० डिग्रीमा एउटा थिएटरको जीवन्त अनुभव प्राप्त हुने छ । सामसङको ग्यालेक्सी एस९ तथा एस९प्लसमा अडियोको जीवन्त अनुभव प्राप्त हुने छ । यसमा ब्राइट सुपर एमोएलईडी इन्फिनिटी डिस्प्ले रहेको छ जसलेगर्दा जस्तोसुकै अवस्थामा पनि डिस्प्लेको गुणस्तरीयता यथावत् रहन्छ । व्यक्तिगत जीवन शैलीको लागि उपयुक्त : यो स्मार्टफोनमा स्मार्टथिङ्स एप्स, प्रयोग गरी घरमा, अफिसमा वा अन्यत्र कतै जाँदा जीवन शैलीलाई अझ सहज बनाउन मद्दत गर्दछ । स्मार्टथिङ्स एप्स सामसङको एस९ तथा एस९प्लसमा उपलब्ध रहेको छ, जसकोप्रयोग गरी अन्य सामसङ वा सामसङ बाहेकका उपकरणहरुसँग आवद्ध हुन सक्दछ । नयाँ जमानाको सामसङ डीएक्सले गर्दा मोबाइल सेट ठूलो तथा फुल स्क्रिनको अनुभव प्रदान गर्दछ । यस फोनलाई मनिटर किवर्ड र माउस, जस्ता उपकरणहरु यसमा आबद्ध गरी सहज रुपमा डकुमेन्टहरुलाई सम्पादनगर्न वा गेम खेल्न पनि सकिने छ । साथै यस फोनका प्रयोगकर्ताहरुले डीएक्सप्याडलाई टच प्याडमा बदल्न पनि सकिने कम्पनीले जनाएको छ । ग्यालेक्सी फाउन्डेशको साथ उच्च गुणस्तरीयता सामसङ आईपी६८ पानी तथा धूलो प्रतिरोधीएवं वायरलेस चार्जिङ्गको साथ स्मार्टफोनको लागि गुणस्तरीयता निर्धारण गरिएको छ । यस फोनमा माइक्रो एसडी कार्डको प्रयोग गरी ४०० जिबि सम्म मेमोरि बढाउन सकिन्छ । साथै फोनमा सामसङको नवीनतम सुरक्षा प्लेटफर्म नक्स ३.१ द्वारा सुसज्जित गरिएको छ । बायोमेट्रिक अथेन्टिकेसन अप्सन आइरिस, फिङ्गर प्रिन्ट तथा फेशियल रिकग्निशन जस्ता सुरक्षा संयन्त्र राखिएको छ । यसमा छुट्टा छुट्टै फिङ्गर प्रिन्टको सुरक्षाद्वारा फोल्डरहरुलाई सुक्षित गर्न सकिने छ । यो फोनमा विशेष कारको अप्टिकल सेन्सरको प्रयोगले प्रयोगकर्ताको स्वास्थ्य अवस्थालाई सही तरिकाबाट पहिचान पनि गर्न सक्दछ । यसले प्रयोगकर्ताको हर्ट लोड फ्याक्टरलाई मापन गर्न सक्दछ । मूल्य तथा उपलब्धता ग्राहकले ग्यालेक्सी एस९ तथा एस९प्लस फोन ५ हजार रुपैयाँको तुरुन्त क्याश व्याक सहित क्रमशः ९२ हजार ९०० रुपैयाँ तथा नेरु १ लाख ४ हजार ९०० रुपैयाँ तोकिएको छ । क्यास व्याक पछि एस९को मूल्य ८७ हजार ९०० रुपैयाँ तथा एस९प्लसको मूल्य ९९ हजार ९०० रुपैयाँ हुन आउने कम्पनीले जनाएको छ । यी दुबै सेटको प्रि–बुकिङ्ग यही फागुन २८ गते देखि कम्पनीको वेभसाइटमा गई गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको छ । यी दुई स्मार्टफोनहरु आगामी चैत ९ गतेबाट नेपालमा उपलब्ध हुने छन् । एस९प्लस विभिन्न ३ वटा आकर्षक रंग एस९प्लस मिडनाइट व्ल्याक, कोरल ब्लु तथा न्यू ह्यु, लाइलक् पर्पलमा उपलब्ध हुने छ भने एस९ मिडनाइट व्ल्याकमा उपलब्ध हुने छ । यी सेट नेपाल अधिराज्यका आधिकारिक आउटलेटहरुमा प्राप्त गर्न सकिने छ । साथै ग्राहकले प्रतिहप्ता १००० एमबिका साथ १२ हप्तासम्म कूल १२००० एमबिको डाटा एनसेलको तर्फबाट निःशुल्क प्राप्त गर्न सक्नेछन् भने शिखर इन्सुरेन्सको मार्फत् एक वर्ष भित्र सेट टुटफुट भएको अवस्थामा बीमा दावी गर्न सकिने व्यवस्था पनि मिलाएको कम्पनीले जनाएको छ । यसका अतिरिक्त प्रि बुकिङ्ग गर्ने ग्राहकहरुले वायरलेस चार्जर वा ५००० हजार रुपैयाँ बराबरको डिस्काउन्ट कुपन प्राप्त गरी सोही रकम बराबरको सामसङ मोबाइलका एक्सोसरिज वा सामसङको स्मार्ट फोन खरिदमा डिस्काउन्ट लिन सक्नेछन् । साथै टर्किस एयर, के.जि.एच होटल तथा रुट्स फेसनसँग सहकार्य गरी विशेष छुटको व्यास्था पनि मिलाएको छ । सामसङले प्रि–बुकिङ्गमा सहभागी भएका व्यक्तिहरुलाई लक्की ड्रमा समावेश पनि गर्ने छ र प्रथम हुने भाग्यशाली विजेतालाई टर्किस एयरको सेवाभएको देशमा आउने जाने टिकट निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ । दोस्रो भाग्यशाली बिजेताका दम्पतिलाई हिमालयन फ्रन्ट रिसोर्ट वा वाटर फ्रन्ट रिसोर्टमा २ रात वस्ने व्यवस्था मिलाएको छ भने २ जना तेस्रो भाग्यशाली बिजेताहरुलाई सामसङको फीट२ प्रो प्रदान गर्ने छ ।
युएस बंगला विमानमा सवार २४ नेपालीको नाम खुल्यो
काठमाडौं । बंगलादेशबाट काठमाडौं उडान भरेको युएस बंगला विमानमा सवार २४ जनाको नाम खुलेको छ । त्रिभुवन विमानस्थलमा अपराहन्न २ बजेर २० मिनेट जादा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त हुदा हालसम्म ४९ जनाको मृत्यु भएको छ । विमानबाट यात्रा गरेका नेपालीहरुको अहिलेसम्म खुलेको नाम सञ्जय पौडेल सञ्जया महर्जन नीगा महर्जन एन्जिला श्रेष्ठ पूर्णिमा लोहनी श्वेता थापा मिली महर्जन सरुमा श्रेष्ठ एल्जिना बराल चारु बराल समिरा व्यञ्जनकार आस्ना श्रेष्ठ पिङ्की धामी किशोर त्रिपाठी अवधेशकुमार यादव श्रीमती ज्ञानीकुमारी गुरुङ दिनेश हुमागाइँ श्रेया झा हरिशंकर पौडेल आशिष रन्जित सोबिन्द्रसिंह बोहोरा वसन्त बोहोरा प्रवीण चित्रकार श्रीमति सजना देवकोटा
अपडेटः विमान दुर्घटनाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइतेको अस्पतालमा उपचार हुदै
काठमाडौं । बंगलादेशबाट काठमाडौलाई उडान भरेको यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ । अपराहन्न २ बजेर २० मिनेट जादा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको थियो । दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । कुल ७१ जना सवार यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको उनले बताए । यस्तै एक जना वेपत्ता भएका छन् । दुर्घटनाबाट घाइते भएकाको काठमाडौं मेडिकल कलेज सिनामंगल र थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइते गम्भीर अवस्थामा रहेका छन् ।
बन्द अन्तराष्ट्रिय विमानस्थल खुला, प्रधानमन्त्री अस्पतालमा
काठमाडौ । युएस बंगलादेश एयरलाइन्स दुर्घटनाका कारण आज बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज अपराह्न २ बजेर १८ बजेदेखि बन्द भएको विमानस्थल ४ बजेर ५० देखि खुलेको हो नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए । काठमाडौँमा अवतरणका तयारीमा रहेका विमानलाई लखनौ र ढाकातर्फ पठाइएको थियो । विमानस्थल खुलेपछि ती विमान काठमाडौँमा अवतरण हुनेछन् । ढाकाबाट काठमाडौँ आउँदै आएको बिएस २११ ‘कल साइन’ भएको उक्त विमानमा चालक दलका चार सदस्यसहित ६७ यात्रु सवार थिए । प्रधानमन्त्री अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा केएमसी अस्पताल सिनामङ्गल पुगी विमान दुर्घटनामा परी घाइते भएका यात्रुको अवस्थाका बारेमा जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले घाइतेको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । रासस
कैलाश विकास बैंकको ४४औं शाखा विराटनगरमा, थप दुई जिल्लामा खोल्ने तयारी
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ४४ औँ शाखा मोरङ्ग जिल्लाको विराटनगरमा स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकले उक्त शाखाबाट सोमबारदेखि कारोबार शुरु गरेको हो । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४४ पुगेका छन् भने एटिएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक तथा पर्सा जिल्लाको विरगंजमा शाखा विस्तार गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताएका छन् । हाल यस विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । पौष मसान्तमा बैंकले १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बताएको छ ।
विमान दुर्घटनाबाट ४६ को निधन, संख्या अरु बढ्न सक्ने
काठमाडौं । बंगलादेशको यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४६ पुगेको छ । राजधानी ढाकाबाट अपराहन्न साढे २ बजे काठमाडौं आएको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटना हुदा यात्रुको मृत्यु भएको हो । ४६ जना यात्रुको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । उनकाअनुसार मृतकको संख्या बढ्नसक्ने देखिएको छ । दुर्घटनाबाट घाइते भएकाको काठमाडौं मेडिकल कलेज सिनामंगल र थापाथलीको नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
विमान दुर्घटनास्थल पुगे प्रधानमन्त्री र गृहमन्त्री
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् । गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन जुटाउन निर्देशन दिँदै घटनाप्रति दुःख व्यक्त गरेका छन्। साँझ ४ बजेका लागि तोकिएको मन्त्रिपरिषद्को बैठक स्थगन गरी प्रधानमन्त्री ओली विमानस्थल पुगेका थिए । रासस