रेल र सडक सञ्जालले जोडिँदैछ काठमाडौं–केरुङ, रसुवागढीमा सुबिधा सम्पन्न सुख्खा बन्दरगाह पनि
काठमाडौं, २६ मंसिर । २०७२ साल असोजमा भारतले नाका बन्दी लगाएपछि आत्मनिर्भरताको यात्रामा अघि बढेको नेपालले काठमाडौं–केरुङलाई सडक र रेल सञ्जालले जोड्ने अभियान थालेको थियो । नाका बन्दीकै समयमा सरकारले रसुवागढी नाका जोड्ने सडक सञ्जाल विस्तार अभियानलाई तिब्र बनायो भने बजेट मार्फत रेल मार्ग निर्माणको विस्तृत सम्भाव्यता अध्ययन गराउने घोषणा पनि गर्यो । सोही अवधिमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले चीन भ्रमण गरेर स्वतन्त्र पारवाहन सन्धिमा हस्ताक्षर पनि गरे जसले नेपालको अन्तराष्ट्रिय व्यापारका लागि नयाँ अध्यायको सुरु गरेको थियो । यतिबेला काठमाडौं–केरुङ कनेक्सनलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । जसमा रेल विभागले काठमाडौं–रसुवागढी रेलमार्ग निर्माणको विस्तृत सम्भाव्यता अध्ययनका गराउने तयारी अन्तिम चरणमा पुर्याएको छ । उता, सडक बिभागले बिभिन्न क्लस्टरमा बिभाजन गरेर काठमाडौं–रसुवागढी सडक सञ्जालको स्तरोन्नतिको काम अघि बढाईरहेको छ । त्यस्तै, चीनसँगको व्यापारलाई सहज बनाउनका लागि रसुवागढीमा सुबिधा सम्पन्न सुख्खा बन्दरगाहको निर्माणले पनि तिब्रता पाईरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले चिनियाँ कम्पनीसँग सम्झौता गरेर सो बन्दरगाहको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुर्याएको हो । यसरी जोडिँदैछ काठमाडौं–केरुङ सडक सञ्जालदेखि केरुङसम्मको दुरी जम्मा १८५ किलोमिटरको छ । काठमाडौं–गल्छीको दुरी ५४ किलोमिटरको छ जहाँ डबल लेनको पिच रहेको छ । गल्छीदेखि त्रिशुलीको दुरई ३० किलोमिटरको छ । त्यस्तै त्रिशुलीदे िबेत्रावति हुँदै धुञ्चे, स्याफ्रुबेसीबाट रसुवागढी नाका पुग्न जम्मा १०६ किलोमिटर रहेको छ । रसुवागढी नाकाबाट सिमा पार गर्ने वित्तिकै चीन तर्फ डबल लेनको पक्की सडकबाट २५ किलोमिटरको दुरीमा केरुङ रहेको छ । स्याफ्रुबेसीदेखि रसुवागढी नाकासम्मको १६ किलोमिटर सडक चीन सरकारले बनाइदिने घोषणा गरेको छ र हाल धमाधम काम भैरहेको छ । सो खण्डमा नेपालले मुआब्जाको समस्या मात्रै समाधान गरिदिए पुग्छ । त्यसो त, बेत्रावति, मैलुङ, हाकुबेसी हुँदै स्याफ्रुबेसी निस्कने वैकल्पिक सडक सञ्चालनमा ल्याउन सकियो भने काठमाडौं–केरुङको कनेक्सन २३ किलोमिटर छोट्याउन सकिनेछ । सो खण्डमा हाल नेपाली सेना र विद्युत प्राधिकरणले ट्रयाक खोल्ने काम गरिरहेका छन् । सडक बिभागका अनुसार गल्छीदेखि त्रिशुली हुँदै बेत्रावति पुग्ने सडक खण्डलाई डबल लेन बनाई कालोपत्रे गर्न मुआब्जा बाहेक एक अर्ब ८० करोेड रुपैंयाँ लाग्नेछ । यद्यपी हाल यो सडक सञ्चालनमै रहेको छ । रेल वे सञ्जाल रसुवागढी रेल मार्ग निर्माण प्रक्रियाले पनि गति पाउन थालेको छ । रेल विभागले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत काठमाडौं–रसुवागढी रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउन लागेको हो । त्यसका लागि विभागले बार्षिक कार्यक्रम अन्तर्गत १० करोड रुपैंयाँ बजेट बिनियोजन गरेको छ । ‘सम्भाव्यता अध्ययनका लागि १० करोड रकम बिनियोजन गरिएको छ, अब त्यसको काम अघि बढ्छ’, रेल विभागका महानिर्देशक अनन्त आचार्यले भने । महानिर्देशक आचार्यले भर्खरै चीन भ्रमणका क्रममा चिनियाँ कम्पनीसँग सो रेलगमार्गको सम्भाव्यता, डिपिआर र निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए । ‘म भर्खरै चीन भ्रमण सकेर नेपाल आएको हुँ, धेरै चिनियाँ कम्पनीले काठमाडौं–रसुवागढी रेलमार्ग निर्माणमा चासो देखाएका छन्, मैले पनि केहि कम्पनीसँग कुरा गरेको छु’, विभागका महानिर्देशक आचार्यले भने । उनले रेल विभागमै पनि केहि चिनियाँ कम्पनीले सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव गरेको पनि जानकारी दिए । ‘नेपाल र चीन सरकारबिच सम्झौता गरेर काठमाडौं–रसुवागढी रेलमार्ग निर्माणको काम अघि बढाउन सकियो भने राम्रो हुन्छ, सिधै चीनले बनाइदिन्छ, हामीले अनुगमन गर्छाै’, महानिर्देशक आचार्यले भने । रसुवागढीमा सुबिधा सम्पन्न सुख्खा बन्दरगाह पनि नेपाल–चीन व्यापारलाई सहज बनाउन रसुवागढीमा सुबिधा सम्पन्न सुख्खा बनदरगाह निर्माणको काम पनि अघि बढेको छ । नेपाल–चीन सिमा नाकाबाट ३ किलोमिटर भित्र निर्माण हुने सो बन्दरगाहको जिओटेक्निकल सर्भे सम्पन्न भैसकेको छ । नेपालले सन २०१५ को डिसेम्बरमा चीनियाँ कम्पनी द आर्किटेक्चरल डिजाइन एण्ड रिकन्स्ट्रक्सन इन्स्टिच्युट अफ तिब्बतसँग सम्झौता गरेको थियो । ‘रसुवागढी बन्दरगाह निर्माणका लागि चिनियाँ कम्पनीले जिओटेक्निकल सर्भे सम्पन्न गरिसकेको छ, अब ६ महिना भित्र डिपिआर तयार पारेर निर्माण आरम्भ गर्छ’, इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका प्रबन्धक हेमेन्द्र मोहन शाहीले विकासन्युजसँग भने । चीन सरकारको शतप्रतिशत लगानीमा निर्माण हुने बन्दरगाहमा एक सय ६० वटासम्म कन्टेनर पार्किङ गर्न सकिन्छ । यसले दैनिक ५ सय वटा कन्टेनरलाई आवतजावतको सुबिधा दिन सक्ने प्रबन्धक शाहीले जानकारी दिए । यतिबेला चिनियाँ कम्पनीले जिओटेक्निकल सर्भेको आधारमा साइट डिजाइनको काम गरिरहेको छ । ‘हामीले जमिनको मुआब्जा तिरेर ठिक्क पारिदिने हो, डिपिआरलाई स्विकृति दिने हो बाँकी निर्माणको सबै काम चिनियाँ कम्पनीले गर्छ र त्यसको भुक्तानी पनि चीनबाटै हुन्छ ।’ शाहीले भने । हाल सो नाकाबाट दैनिक औसतमा ५० देखि एक सय वटा कन्टेनरबाट समान ढुवानी भैरहेको छ । सो बन्दरगाह निर्माण भएपछि अर्काे १५ देखि २० बर्षसम्म नेपाली बजारका लागि आवश्यक पर्ने समान ढुवानी गर्न सकिनेछ । जग्गा अधिग्रहणको सबै काम सम्पन्न भैसकेको छ । तातोपानी नाकामा भूकम्प र पहिरोले ठुलो क्षति पुर्याएपछि सरकारले रसुवागढी नाका मार्फत केरुङ कनेक्सनको काम अघि बढाएको थियो । यसलाई नेपाल–चीन जोड्ने रणनीतिक नाकाका रुपमा पनि हेरिएको छ । यसरी द्रुत गतिमा काम अघि बढ्ने हो भने आगामी पाँच बर्षभित्रै केरुङ कनेक्सन सहज हुने देखिन्छ । जसले नेपालको भारत प्रतिको परनिर्भरतालाई धेरै हदसम्म कम गर्नेछ ।
व्यापार मेलामा एकैदिन ३५ लाख रुपैयाँको कारोबार
भक्तपुर, २६ मंसिर । भक्तपुर उद्योग वाणिज्य सङ्घले आफ्नो ५० वर्ष पुगेको अवसरमा भक्तपुरमा पहिलो पटक शुक्रबारदेखि भक्तपुरको सल्लाघारीमा छदिने अन्तर्राष्ट्रिय व्यापार मेला शुरु गरेको छ। मेलाको दोस्रो दिन शनिबार मेला अवलोकन गर्न आउनेको सङ्ख्या १७ हजारभन्दा बढी रहेको मेलाका संयोजक एवम् सङ्घका कोषाध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिए । मेलामा विशेष गरी लत्ताकपडा, घरायसी सामग्री, विद्युतीय सामग्रीको किनबेच बढी भएको र एकैदिन ३५ लाख रुपैयाँभन्दा बढीको व्यापार भएको जानकारी दिए। मेलामा नेपाल, भारत, भुटान, चीन, पाकिस्तान, मलेसिया, इन्डोनेसियालगायतका विभिन्न देशमा उत्पादन भएका सामग्रीको प्रदर्शनी एवम् बिक्री कक्ष गरी १७२ वटा कक्ष राखिएको छ । मेलामा प्रवेशका लागि प्रवेश शुल्क ५० रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ, प्रवेश शुल्क तिरेपछि २५ रुपैयाँ ब्यालेन्स भएको एउटा सिमकार्ड वितरणको व्यवस्था गरेको छ । प्रवेशमा विद्यार्थीलाई परिचयपत्रका आधारमा ३५ रुपैयाँ लाग्ने र आठ वर्षभन्दा मुनिका बालबालिका, ७० वर्षभन्दा माथिका वृद्धवृद्धा र शारीरिकरुपमा अशक्त व्यक्तिलाई प्रवेश निःशुल्क गरिएको छ । मेलामा मौलिक हस्तकलाका उत्पादन, घरेलु तथा लघुउद्यमका उत्पादन, शैक्षिक, सूचना प्रविधि, कृषि उत्पादन, विभिन्न ब्राण्डका सवारीसाधन, दैनिक उपभोग्य तथा घरायसी सामग्री, विद्युतीय सामग्री, फर्निचर एन्ड फर्निसिङका सामग्री, बाल मनोरञ्जनका सामग्री, आयुर्वेदिक सामग्री, एक जिल्ला एक उत्पादनका सामान बिक्रीका लागि राखिएको छ । मेलामा मनोरञ्जनका लागि विभिन्न खेल सामग्रीको व्यवस्था गरिएको छ भने फेसन शो लगायत विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिएको छ । नेवारी मौलिक एवम् परम्परागत तथा सांस्कृतिक सामग्रीको उत्पादन, खानाका कक्षसमेत रहेका छन् भने मेला अवधिभर परम्परागत तथा आधुनिक सांस्कृतिक समूहले विभिन्न प्रस्तुति पनि दिएका छन् । रासस
गोदरेजको छोटुकुल रेफ्रिजेरेटर बजारमा, डिसी सपलाईबाट पनि चलाउन सकिने
काठमाडौं, २६ मंसिर । घरायसी सामाग्रीको ब्राण्ड गोदरेजले नेपालमा पहिलो पटक छोटुकुल रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ । विश्वस्तरीय डिजाइन तथा सुविधा सम्पन्न उत्पादनहरुको लागि प्रख्यात ब्राण्ड गोदरेजले नेपाली ग्राहकहरुको आवश्यकता पूरा गर्न बजारमा छोटुकुल भित्र्याएको छ । हलुका तौल, जता पनि सजिलै लैजान सकिने, बिजुली नभएको खण्डमा पनि ४ घण्टा सम्म खाने कुरा चिसो र ताजा बनाई राख्ने छोटुकुल रेफ्रिजेरेटरको विशेषता हो । कम्पनीका अनुसार यसको अर्को विशेषता भनेको यसलाई डिसी सपलाईबाट पनि चलाउन सकिन्छ । यस्तो उत्पादनको प्रयोगले ग्राहकको मन अझ बढी सन्तुष्ट हुने कम्पनीको दावी छ । दुई वटा मोडलहरुमा उपलब्ध यस छोटुकुल बजारमा बिक्री भइरहेकोे छ । नेपालका लागि सिजी चौधरी ग्रुपअन्तर्गत इ.ओ.एल. प्रा.लीले यसको विक्री वितरण गर्दै आएको छ ।
लघुवित्तले बनायो महिलालाई करोडपति
बनेपा, २६ मंसिर । चरम आर्थिक सङ्कटबाट जीवनयापन गरेका महिलाको जीवनमा एकाएक परिवर्तन भएको छ । ५०० रुपैयाँका लागि कसैले नपत्याएकी बनेपा–६ की अनुष्का श्रेष्ठ अहिले करोडपति बनेकी छिन् । छिमेक लघुवित्त विकास बैंकको शनिबार बनेपामा भएको १२औँ एकाइ भेलामा आफ्नो सफलताको कारण सुनाउँदै उनले भनिन् – “आज मसँग एक करोड रुपैयाँभन्दा बढीको सम्पत्ति छ ।” परिवारमा समेत कुनै सहयोग नपाएर माइती पक्षका भाइ र बुबाको हस्ताक्षरमा ऋण लिएर व्यवसाय सुरु गरेकी श्रेष्ठले भनिन् – “पहिले मेरो श्रीमानले पनि वास्ता गर्नुभएन तर अहिले सबै कुरामा सहयोग गर्नुभएको छ ।” अहिले पसल पनि चलाएको छु र १८ आना जग्गा पनि किनेको छु – श्रेष्ठले भनिन् । उनले सो विकास बैंकबाट सुरुमा १५ हजार रुपैयाँ, त्यसपछि २० हजार रुपैयाँ र क्रमशः लाखौँ कर्जा लिएर व्यवसाय सुरु गरेपछि उनको जीवनमा सो परिवर्तन आएको हो । उनीजस्तै एक किलो गहुँको पिढोले छाक टारेकी धुलिखेल नगरपालिका–६ की सुमित्रा बानियाँ अहिले लखपति भएकी छन् । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने चरम दुःख पाएकी उनले भने – “कैयौँ रात त भोकै पनि बसियो ।” बानियाँले ऋण लिएको रकम सदुपयोग गर्न सुझाव दिँदै जीवनमा ठूलो आर्थिक परिवर्तन भएको सुनाइन्। पनौतीकी लक्ष्मी सापकोटाले यो लघुवित्तले दुःख पीडा भुलाउने काम गरेको उल्लेख गर्दै अहिले मसँग गाडी पनि छ जग्गा पनि किनेको बताइन् । छिमेक लघुवित्त विकास बैकले स्थापनाकालदेखि नै महिलाको आर्थिक जीवनसँग जोडेर कार्यक्रम सञ्चालन गरिरहेको छिमेक लघुवित्त विकास बैंकका अध्यक्ष भुवनेश्वरी पन्तले बताइन् । बैंकका कार्यकारी निर्देशक रामचन्द्र जोशीले लघुवित्त विकास बैंकले २० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने जानकारी दिँदै ब्याज घटाउने विषयमा छलफल भइरहेको बताए । बैंकका नायब महाप्रन्बधक शोभा मिश्रले बैंकका कारण महिलाको आर्थिक सशक्तीकरणसँगै नेतृत्व विकास पनि भएको बताइन् । छिमेक लघुवित्त विकास बैंक बनेपाका प्रबन्धक रामकृष्ण पाण्डेले महिलालाई लक्षित गरेर कृषि, पशुपालनलगायतका क्षेत्रमा लगानी भएको बताए । सो अवसरमा उत्कृष्ट काम गरेबापत पहिलोलाई चार हजार रुपैयाँ, दोस्रोलाई तीन हजार रुपैयाँ, तेस्रोलाई दुई हजार रुपैयाँ, चौथोदेखि छैठौँलाई एक हजार रुपैयाँ, सातौँदेखि दशौँलाई ५०० रुपैयाँका दरले पुरष्कृत गरिएको थियो भने १० समूहका विपन्न सदस्यका छोराछोरीलाई पढाउनका लागि दुई हजार ४०० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । रासस
एक कित्ता सेयर पनि कारोबार हुने, क्लीयरिङ बैंक थप्ने कार्य अगाडी बढेको नेप्सेको भनाई
काठमाडौं, २६ मंसिर । अवदेखि एक कित्ता सेयरको पनि कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले १० कित्ता भन्दा कम सेयर किनवेच हुन सक्नेगरी एक महिनाभित्र व्यवस्था गर्न लागेको छ । सो व्यवस्था लागु भएपछि सर्वसाधरणहरुले एक कित्ता सेयर पनि किनवेच गर्न मिल्ने छ । नेप्सेले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी १० कित्ता भन्दा कम सेयर किनबेच हुन सक्ने गरी व्यवस्था मिलाउनको लागि सिस्टम निर्माता कम्पनीलाई निर्देशन दिइसकेको जनाएको छ । नेप्सेले सेयर कारोबार पश्चात राफराफ तथा फछ्यौटलाई थप चुस्त र दुरुस्त बनाउन क्यिरिङ बैंक थप्ने कार्य पनि अगाडी बढाएको जनाएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आफ्नो सिस्टममा आवश्यक मोडिफिकेसनको कार्य पनि सम्पन्न गरीसकेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ,—‘ नेप्सेले काम नगरेको भन्ने हल्ला बाहिर आएको छ त्यो असत्य हो, हामीले काम गरिरहेका छौ परिणाम आउन समय लागेको मात्र हो । ’नेप्सेले विज्ञप्तिमा भनेको छ, ‘धितोपत्रको दोस्रो बजार विस्तारका लागि नेपाल धितोपत्रबोर्डको निर्देशनमा पुँजी बजार सम्बद्ध सरोकारवालाहरुको प्रतिनिधित्व हुने गरी एक अध्ययन कार्यदल गठन भएको थियो । सो कार्यदलले सदस्य दलालतको संख्या थप गर्ने, बाणिज्य बैंकलाई धितोपत्र दलाल अनुमित प्रदान गर्ने, विद्यमान सदस्य दलालहरुको आरडव्लुएस विस्तार गर्नेबारेमा सुझावा पेस गर्नको लागि अध्ययन गरीरहेको छ ।’ कार्यदलको सुझाव आएपछि सम्पुर्ण कार्य अघि बढ्ने पनि नेप्सेले जनाएको छ ।
एनआईसी एशिया बैंकले २० वटा शाखा थप्ने, भिजन २०२० अनुसार सबै शाखा राजधानी बाहिर खुल्दै
काठमाडौं, २६ मंसिर । एनआईसी एशिया बैंकले २० वटा शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । बैंकले भोजपुरको भोजपुर बजार, ओखलढुंगाको रामबगर, रुकुमको मुसीकोट, जागरकोटको खलंगा बजार, जुम्लाको चन्दनथान नगरपालिका, बजाङको चैनपुर, बाजुराको मार्तडी बजार, दार्जुलाको खलंगा बजार, मुगुको गमगडी, कालिकोटको मान्मा गाविसमा नयाँ शाखा खोल्न लागेको हो । त्यस्तै, बैंकले तनहुँको भिमाद, रुपन्देहीको रुद्रपुर, सो फर्साटिकर र सालझण्डी नवलपरासीको रामनगर, कास्कीको नयाँपुल, बर्दियाको जयनगर, बाँकेको खजुरा र कैलालीको बौनियामा नयाँ शाखा खोल्न लागेको बैंकले जनाएको छ । यस बैंकको हाल शाखा ७४ वटा छन् । त्यसमध्ये ३१ वटा राजधानीमा र ४३ वटा राजधानी बाहिर छन् । बैंकले सन् २०२० सम्मका कुल कर्जामा कर्पोरेट कर्जा २५ प्रतिशत र विपन्न, रिटेल र साना तथा मझ्यौला कर्जा ७५ प्रतिशत पुर्याउने रणनीति लिएको छ । सोही अनुसार पछिल्लो समय बैंकले राजधानी वाहिर मात्र शाखा विस्तार गर्दैछ ।
६० अर्ब लगानीमा २६ होटल बनाइँदै, पाँच तारे र डिलक्स होटलका चार हजार कोठा थपिने
काठमाडौं २६, मंसिर । नेपालको होटल क्षेत्रमा कर्पोरेट क्षेत्रका लगानी बढ्न थालेको छ । विगत केही वर्षयता हस्पिटालीटि क्षेत्रमा लगानी गर्न कर्पोरेट क्षेत्र निकै आकर्षित देखिएको छ । गैरआवसिय नेपाली संघका अध्यक्ष शेष घलेको काठमाडौंमा बन्दै गरेको होटलको स्केच नेपालमा स्थापित भइसकेका ब्राण्ड र कर्पोरेट क्षेत्रले बढाएको लगानीले याे क्षेत्रलार्इ उत्साहित बनाएकाे होटल संघ नेपाल (हान)का अध्यक्ष अमरमान शाक्यले बताए । उनका अनुसार हस्पिटालीटी उद्योगप्रतिको लगानी निकै सकारात्मक देखिएको छ । पछिल्लो समय निर्माण सुरू गरेका र निर्माणाधिन होटलमा गरी नेपलामा करीब ४ हजार कोठा संख्या थपको घोषणा भइसकेका छन् । सार्वजनिक घोषणा नगरी निर्माण सुरू गरिसकेका होटलको संख्या पनि धेरै रहेकाे भने हानका अध्यक्ष शाक्यको भनाइ छ । पछिल्लो समय सूर्य नेपाल, जगदम्बा ग्रुप, चौधरी ग्रुप, समिट ग्रुपसहितले होटल क्षेत्रमा देखाएको लगानी उत्साह नै पछिल्लो समको सकारात्मक लगानीको वातावरण बनेको आभाव भएको हानको बुझाई छ । विभिन्न माध्यमबाट निर्माण घोषणा भएका तथा निर्माण चरणमा रहेका तारे होटल पछिल्लो समय कर्पोरेट क्षेत्रमा आफ्नो अलग पहिचान बनाएको सूर्य इन्टरप्राइजेले पनि रविभवनमा नयाँ होटल बनाउँने घोषणा गरेको छ । पाँचतारे डिलक्स होटल बनाउने योजना बनाएको सूर्य इन्टरप्रइजेजका संचालक प्रभाकर सम्सेर राणाले बताएका छन् । उनका अनुसार होटल ६ तारेसम्कै होटल बनाउने योजना रहेको छ । तर, नेपालमा पाँचतारे डिलक्ससम्मको मात्रै स्तर निर्धारण गरिएकोले सोही स्तरको होटल हुने उल्लेख छ । होटल बनाउँन रविभवनमा जग्गा तय गरिसकेकेले पाँच तारे भन्दा पनि स्तरीय होटल बनाउने योजना रहेको छ । होटल बनाउँन आर्किटेक्चरसँग सहकार्य भैसकेको छ भने युएसएआइडी बसेको स्थानमा करीब ४५ रोपनी जग्गासमेत निर्धारण गरिसकिएको छ । यो होटल सुरू गरेको तीन वर्षमा नै पूरा गर्ने योजना रहेको छ । जग्गा तय भैसकेकोले अहिले नै कति लगानी हुन्छ भन्ने बारेमा भने तय भैसकेको सूर्य नेपालले जानकारी दिएको छ । नेपालको सबैभन्दा पुरानो पाँचतारे होटल सोल्टीका सुरूवातकर्ता प्रभाकर सम्सेरले होटल क्षेत्रलाई थप प्राथमिकता दिँदै लगानी गर्न लागेका हुन । कर्पोरेट क्षेत्रले होटलमा देखेको संभावनाकै करण पनि यो क्षेत्रप्रतिको उत्साह निकै सकारात्मक देखिएको छ । बजारमा थपिन लागेका कर्पोरेट क्षेत्रका तारे देखि पाँचतारे डिलक्स सम्मका होटलमा करीब ५५ देखि ६० अर्ब रुपैयाँ खर्चको अनुमान गरिएको छ । यस अघि हानले दिएको तथ्यांक अनुसार ३७ सय कोठामा नै ५३ अर्बको लगानी आइसकेको छ । डेड दर्जन होटलले मात्रै यस्तो लगानी प्रतिवद्धता देखाएका हुन । तारे स्तरभन्दा साना र थोरै लगानीका होटलको भने गणना नै नभएको हानको भनाइ छ । हानका अनुसार नेपालको होटल तथा हस्पिटालीटी क्षेत्रमा हाल करीब २ खर्ब रुपैयाँको लगानी अनुमान गरिएको छ ।
सवारी लाइसेन्स लिन सास्ती, यातायात व्यवस्था कार्यालयमा रातैभर लाइन, पालो आउँदा फमै सकिने
काठमाडौं २६, मंसिर । भक्तपुरको बालकोट बस्ने नवीन कार्कीले लगातार तीन दिनसम्म लाइन बस्दा पनि सवारीसाधन चालक अनुमतिपत्रको फाराम भर्न नपाएको दुखेसो पोखे । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा रातिदेखि नै लाइन हुन्छ, बिहान गएर लाइन बस्दा पालो आउनुअघि नै छुट्याइसकेको फाराम सकिन्छ,’ उनले भने । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को फाराम भर्न चाहने धेरै सेवाग्राहीले अझै यस्तो सास्ती पाइरहेका छन् । दैनिक औसतमा ६ सयजनाले मात्र फाराम भर्न पाउने व्यवस्थाले गर्दा सेवाग्राहीलाई सास्ती भएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने पहिलेको तुलनामा अहिले फाराम भर्न सहज भइसकेको दाबी गरे । ‘शुक्रबारसम्म १० हजारजनाले फाराम भरिसके,’ उनले भने । दुई महिनाभन्दा बढी समय रोकिएको सवारीचालक लाइसेन्स फाराम भर्ने प्रक्रिया मंसिर ८ देखि ललितपुरको एकान्तकुनाबाट वितरण भइरहेको छ । विभागका प्रवक्ता डा। पाण्डेले अझै ६ देखि १० हजारजना फाराम भर्ने पक्रियामा रहेको बताए । असोज र कात्तिक महिना फाराम भर्ने प्रक्रिया ठप्प हुँदा करिब १६ हजारजना लाइसेन्स लिने प्रक्रियामा सहभागी हुन पाएका थिएनन् । फाराम संकलन सुरु गर्दा रोकिएर रहेका व्यक्ति एकैचोटि आएको र त्यसले भीड देखिएको विभागको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट ।