मेलम्ची खानेपानीको ‘मेलम्ची-सिन्धु खण्डको ब्रेक थ्रु’, तर २०७४ असोजभित्रै पानी आउने सम्भावना न्युन
काठमाडौंः बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको तिनमध्ये दुई खण्डको सुरुङ निर्माण सम्पन्न भएको छ। सुन्दरीजलदेखि सिन्धु खण्ड जोडिएको करिब ९ दशमलब ४ किलोमिटर सुरुङ बुधबार ब्रेकथ्रु भएको छ। सुन्दरीजल साइटले काम सम्पन गरी सिन्धुसँग जोडिएपछि औपचारिक रूपमा ब्रेक–थ्रु भएको हो। आयोजनालाई आर्थिक रुपमा सहयोग गरिरहेको एसियाली विकास बैङ्क (एडिवी)कि सिनियर प्रोजेक्ट अफिसर लक्ष्मी शर्माका अनुसार अब मेलम्चीको सुरुङ खन्न ५ दशमलव ५ किमिमात्र बाँकी रहेको छ। मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको करिब २७ किमि लामो सुरुङमार्ग निर्माण गर्नुपर्ने छ । यसमध्ये हालसम्म करिव २२ किमि सुरुङ निर्माण भइसकेको छ। मेलम्चीको सुरुङ निर्माण कार्यका लागि सुन्दरीजल, सिन्धु, ग्यालथुम र अम्बाथानबाट गरी ५ स्थानबाट सुरुङ खन्ने काम भइरहेको छ।मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङमार्ग करिब २७ किमि लामो सुरुङमार्ग निर्माण गर्न सन् २००९ देखि आयोजनाको निर्माण कार्य सुरु भएको थियो । सुन्दरीजलको सुरुङ निर्माण सम्पन्न भई ब्रेक थ्रु भएपछि सरकारले घोषणा गरेको तालिकामा पानी आउने प्रसस्त आधार देखिएको छ तर पुराना औजार र उपकरणका कारण अाउँदो दशैंसम्म राजधानीवासीले पिउने पानी पाउन भने समस्या पर्ने देखिएको छ। आयोजनाका इन्जिनियर दिवश श्रेष्ठले काम निरन्तर अगाडि बढिरहेको तर हेभी लोडर र बुमर लगायतका केहि मेसिनहरु पुराना भएका कारण २०७४ असोजभित्र काठमाडौंमा मेलम्चीको पानी सप्लाई गर्न समस्या रहेको बताए।
नेपाल टेलिभिजनमा महाप्रबन्धक नियुक्ती विवादमा, निजी क्षेत्रमा काम गरेका पत्रकारलाई पाेस्ने मापदण्डकाे विराेध
राजेन्द्रराज तिमिल्सिना काठमाडौँ, १३ पुस । सर्वोच्च अदालतले नेपाल टेलिभिजनको महाप्रबन्धकको पदपूर्तिको प्रक्रिया हाललाई यथास्थितिमा राख्न आदेश दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज उक्त आदेश जारी गरेको हो । सो इजलासले यही पुस १९ गते दुवै पक्षलाई राखी अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न बोलाएकोे छ । नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक राजेन्द्रराज तिमिल्सिनाले सर्बोच्च अदालतमा दायर गरेको रिट निवेदनको पहिलो सुनुवाइबाट महाप्रबन्धकको पदपूर्ति प्रक्रिया यथास्थितिमा राख्न आदेश भएको हो । रिट निवेदनमा निजी क्षेत्रका आमसञ्चारमा सात वर्ष काम गरेका व्यक्तिले दरखास्त हाल्न पाउने तर नेपाल टेलिभिजनमा सोभन्दा लामो अवधि काम गरेका वरिष्ठ अधिकृतले आवेदन गर्न नपाउने गरी बनाइएको मापदण्ड खारेज गरी लोकसेवा आयोगबाट पदपूर्ति प्रक्रिया सञ्चालन गर्न माग गरिएको छ । यसअघिको प्रतिस्पर्धामा भाग लिएको आफूलाई नयाँ मापदण्डले विभेद गरेको निवेदक तिमिल्सिनाको जिकिर छ । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका निकायका पदाधिकारीको योग्यता र नियुक्तिसम्बन्धी मापदण्ड–२०७३ र त्यसको पहिलो संशोधनले नेपाल टेलिभिजनका अधिकृत र वरिष्ठ अधिकृतलाई आवेदन गर्न नपाउने व्यवस्था गरेको रिट निवदेनमा उल्लेख छ । रासस
काठमाडौंको न्यूरोडमा मोबाइल महोत्सव शुरु, आयोजक भन्छन्-महोत्सवमा हात खाली नहुने उपहारहरु छन्
काठमाडौं, १३ पुस । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा आजदेखि भव्यरुपमा न्यूरोड मोबाइल महोत्सव २०७३ शुरु भएको छ । नेपाल मोबाइल व्यवसायी संघले यहि पुस १३ गतेदेखि पुस १९ गतेसम्म आयोजना गरिरहेको मोबाइल महोत्सवको औपचारिक रुपमा सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले उद्घाटन गरेका छन् । सूचना तथा संचार मन्त्री कार्कीले सरकारले नेपाल दूरसंचार प्राधिकराण तथा नेपाल टेलिकममार्फत स्टार्टअप फण्ड बनाएर युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा आकर्षित गराउने प्रयास गरिरहेको जानकारी दिए । त्यसैगरी न्यूरोडमा रहेको गोरखापत्र संस्थानलाई भैसेपाटिमा सूचना ग्राम बनाएर सार्ने र त्यस स्थानलाई पार्कको रुपमा विकास गर्ने आफ्नो योजना रहेको सूचना तथा संचार मन्त्री कार्कीले बताए । कार्यक्रममा न्यूरोड मोबाइल महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले यो महोत्सवले मोबाइल व्यवसायको प्रबद्र्धन गर्ने र ग्राहकहरुलाई सूपथ मूल्यमा उपहारसहित मोबाइल किन्ने वातावरण तयार पार्ने बताए । उनले भने “हामीले ग्राहकहरुका लागि विभिन्न स्कीमहरु ल्याएका छौं भने महोत्सवमा न्यूरोड आउने प्रत्येक व्यक्तिले उपहारहरु प्राप्त गर्न सक्नेछन् ।” नेपालको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रायोजनमा आयोजना भईरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मोबाइलको क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो इभेन्टको रुपमा आयोजना गरिएको छ । महोत्सव अवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबीको डाटा अफरमा दिनेछ । संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा–लगायतका क्षेत्रहरुमा नेपालकै सबैभन्दा ठूलो मोबाइल महोत्सव आयोजना गरिएको हो । महोत्सवको अवसर पारेर अन्तर्राष्ट्रिय मोबाइल ब्राण्ड जोप्पो र लिएगो मोबाइल ब्राण्डहरुले औपचारिकरुपमा बिक्री शुरु गरेका छन् । मोबाइल महोत्सवको अवसर पारेर न्यूरोड भूगोल पार्कमा दैनिकरुपमा विभिन्न किसिमका मोबाइल गेमहरुको प्रतिस्पर्धा भईरहेको छ, जहाँ ५ हजार भन्दा बढि युवाहरुको सहभागीता रहेको छ । त्यसैगरी महोत्सव क्षेत्रमा विभिन्न मोबाइल कम्पनीहरुले मनोरन्जनात्मक खेलहरु खेलाईरहेका छन भने विभिन्न स्थानमा फुड स्टल, बालबालिकाहरुको लागि किड्स जोनको पनि व्यवस्था गरिएको छ । महोत्सव अवधिभर हरेक अवलोकनकर्ताहरुले हात खाली नजाने गरि खेलमार्फत विभिन्न उपहार प्राप्त गर्न सक्नेछन भने माइक्रोसफ्टको एउटा स्मार्टफोन किन्दा अर्को स्मार्टफोन अफर पनि राखिएको छ । त्यसैगरी ग्राहकहरुले मोबाइल खरिदमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु दैनिकरुपमा लक्की ड्रमार्फत प्राप्त गर्नेछन् भने अन्य विभिन्न उपहारहरु पनि दैनिकरुपमा बितरण गरिने आयोजकले जनाएको छ ।
हाउजिंग व्यवसायी सुधीर बस्नेत प्रहरीको हिरासतमा, कसरी उठ्न सक्छ गुमेको १२ अर्ब रुपैयाँ ?
सुधीर बस्नेत हाउजिंग व्यवसायमा टाट पल्टिएपछि फरार रहेको व्यवसायी सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि आमसर्वसाधारणको करिव १२ अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको आरोप लागेको छ । बस्नेतलाई प्रहरीले बुधबार उनकै घर धापासीबाट समातेको हो । सहकारीबाट सर्वसाधारणको ४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप अपचलन, बैंकहरुको ऋण र आफूसँग कारोबारमा जोडिएका झण्डै ८ हजार सर्वसाधारणलाई ठगी गरेको उनीमाथि आरोप छ । अग्नी यातायातको लामो दुरीको बसबाट आफ्नो व्यससायीक यात्रा गरेका वस्नेतले आयुषा डेभलपर्स, ओरियन्टल विल्डर्स, कोहिनुर हिल हाउजिंग मार्फत सर्वसाधारणलाई आवस दिने सपना देखाएर ठगी गरेका हुन् । प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतको दुई वटा फैसला र भक्तपुर जिल्ला अदालतको एक फैसला कार्यान्वयनको क्रममा उनलाई पक्राउ गरिएको हो । सामान्य परिवारका उनले विभिन्न सहकारी खडा गर्दै आमसर्वरणमा संकलित निक्षेपलाई घरजग्गा लगानी गरेका बस्नेतले २०६५/६६ पछि रियलस्टेट कारोबार खस्किएपछि विभिन्न व्यक्तिसँग अपाटमेन्ट लिने आश्वासन दिँदै रकम असुल्दै गरेको थिए । दुई दशकअघि व्यवसायमा लागेको उनका घरजग्गा कारोबारबाटै व्यवसायिक सफलता चुम्दै गएका थिए । २०६० देखि २०६६ सालसम्म हाउजिङ व्यवसायमा उनी सबैभन्दा ठूलो कारोबारीको रुपमा चर्चामा थिए । २०६७ सालमा राष्ट्र बैंकले वित्तीय संस्थाको घरजग्गा लगानी कर्जामा सीमा तोकेपछि उनको व्यवसाय ओरालो लाग्न शुुरु भयो । अपार्टमेन्ट र हाउजिङ प्रोजेक्टको निर्माकार्य सम्पन्न गर्न भनेर सर्वसाधारणबाट लिएको रकम र बैंक वित्तीय संस्थाबाट जग्गामा अन्धाधुन्दा लगानी गरेका उनलाई त्यसपछि तरलता अभावमा पर्न थाल्यो । घरजग्गाको मूल्य समेत घटेपछि बस्नेतले न जग्गा बिक्री गर्न सके न त हाउजिङ र अपार्टमेन्टको योजना निर्माण सम्पन्न भयो । त्यसको व्यवस्थापनका लागि सर्वसाधारणसँग थप रकम उठाउँदै बैंकको ब्याज तिर्न आम सर्वसाधारणले जम्मा गरेको निक्षेप चलाउँन थाले । बैंकले ऋण दिन छोडेपछि घर बन्ने कुनै छनक नदेखे पछि सर्वसाधारणले समेत किस्ता तिर्न रोके । त्यसपछि चरम मन्दीमा फँसेका बस्नेतले सहकारीमा रकम डुबाउनेलाई फ्ल्याट दिने कागज गरेका छन् । पूर्व न्यायधीश गौरीवहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा उनी विरुद्ध सहकारी संस्थाको बचत र हाउजिंग निर्माणको लागि अग्रिम भुक्तानी लिई ठगी गरेको २२ हजार १ सय ७० उजुरी परेका छन् भने व्यक्तिगत उजुरी संख्या १२ हजार ९ सय ६२ रहेको छ । सहकारी उजुरीका ७ अर्ब ६० करोड र व्याज २ अर्ब ४० करोड गरी १० अर्बभन्दा बढी रकमको उजुरी परेको देखाएको छ । हाउजिंगतर्फ ४ सय ८४ उजुरीमध्येमा १ अर्ब ४० करोड रकम दावी परेको छ । बस्नेतको व्यवसाय ढुब्दा हजारौ सर्वसाधारणको उठबास भएको छ भने उनलाई गरेको लगानी डुब्दा ग्राण्ड बैंक, अग्नी एयरलाइन्स जस्ता ठूला कम्पनी डुबेका छन् । साथै, दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्था नराम्ररी समस्या झलिरहेका छन् । उनको व्यवसायिक असफलतासँगै सर्वसाधारणले गुमाएको १२ अर्ब रुपैयाँ कसरी उठ्छ भन्ने अन्यौल अझै पनि कायम नै छ । कुन बैंकबाट कति कर्जा ? प्रहरी स्रोतका अनुसार हाल सुधीर बस्नेत समूहमा प्राइम कमर्शियल बैंकको सबैभन्दा बढी लगानी फसेको छ । बस्नेत समूहलाई दिएको प्राइमको ३१ करोड ९६ रुपैयाँ उठेको छैन । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको २३ करोड ८७ लाख, कुमारी बैंकको २० करोड ३६ लाख, एनआइसी एसियाको २० करोड १ लाख, नबिल बैंकको १४ करोड ६ लाख, तत्कालिन किष्ट बैंकको १३ करोड, सिटिजन्स बैंकको ११ करोड ६९ लाख, ग्राण्ड बैंकको १० करोड ७४ लाख, लुम्बिीनी बैंकको ६ करोड ९३ लाख, सिद्धार्थ बैंकको ६ करोड १५ लाख, सिभिल बैंकको ३ करोड ७४ लाख, सेञ्चुरीको ३ करोड ३७ लाख, एनसीसी बैंकको १ करोड र नेपालइन्भेष्टमेन्ट बैंकको ४ लाख रुपैयाँ कर्जा लगानी भएको प्रहरीको रिपोर्टमा उल्लेख छ । पछिल्लो समयमा केही बैंकहरुले भने धितो लिलामीबाट कर्जा असुलीमा सफलता हासिल गरिरहेको राष्ट्र बैंकका एक अधिकारीले बताए । अग्नि एयरलाइन्स सिम्रिक एयरलाइन्सले लिजमा लिएपछि त्यसमा लगानी भएको ७० करोड रुपैयाँ भने सुरक्षित भएको छ । अग्नि एयरमा पाँच वाणिज्य बैंकले लगानी गरेका थिए । अग्नि एयरमा तत्कालिन ग्राण्ड बैंकको ३४ करोड ८४ लाख, सनराइज बैंकको २० करोड २ लाख, सिभिलको २ करोड ९९ लाख, कर्मज एण्ड ट्रष्टको २ करोड ४७ लाख र एनबी बैंकको २३ लाख रुपैयाँ गरी ७० करोड रुपैयाँ लगानी थियो । अग्नि एयर सहित सुधीर बस्नेत समूहलाई वाणिज्य बैंकले २ अर्ब २७ करोड ५० लाख रुपैयाँ लगानी गरेका थिए । बस्नेतले आफूसँग अर्बौ रुपैयाँ बराबरको सम्पत्ति भएको दावी गर्दै आए पनि नगद अभावका कारण उनका सबै व्यापार पाच बर्षदेखि बन्द भएका छन् । प्रहरीले संकलन गरेको विवरण अनुसार अनुसार वाणिज्य बैंकबाट मात्र अढाई अर्ब कर्जा लिएका सुधीर बस्नेतले विकास बैंक, फाइनान्स कम्पनी, सहकारी, कर्मचारी सञ्चय कोषलगायत औपचारिक क्षेत्रबाट सवाँ ४ अर्ब र अनौपचारिक क्षेत्रको साढे ३ अर्ब रुपैयाँ कर्जा लिएको पाईएको छ ।
नेपाल बङ्गलादेश बैंकको ३८ औं शाखा रुकुम जिल्लाको मुसिकोटमा
काठमाडौं, १३ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ३८ औं शाखा रुकुम जिल्लाको मुसिकोट खलङ्गामा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका संचालक माधवप्रसाद न्यौपानेले गरेका छन् । हाल मुसिकोट शाखा सहित बैंकले ३८ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ३६ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको बैंकले जनाएको छ । बैंकको आर्थिक वर्ष ०७३।७४ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले कुल निक्षेप ३९ अर्ब ६० करोड र कुल कर्जा ३४ अर्ब २७ करोड रुपैयाँ परिचालन गरेको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।
बुधबार मात्रै ३ करोड ४० लाख कित्ता बोनस र २४ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, १३ पुस । बुधबार मात्रै ३ करोड ४० लाख ८८ हजार ६२० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन २४ लाख ४० हजार ४०७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । बुधबार ७ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । यूनिक फाइनान्सको ३ लाख ८१ हजार ७७६ कित्ता, एनआइसी एसियाको एक करोड २० लाख कित्ता र प्रभु इन्स्योरेन्सको ५ लाख ५९ हजार ४२४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, सिटिजन बैंक इन्टरनेशनलको ७५ लाख ६ हजार ७५७ कित्ता, आइसीएफसी फाइनान्सको ११ लाख ६४ हजार ९८५ कित्ता, नेपाल बङ्गलादेश बैंकको ९७ लाख २५ हजार ४७८ कित्ता र अल्पाइन डेभलपमेन्ट बैंकको २७ लाख ४१ हजार ४०० कित्ता गरि सो मात्राको बोनस सेयर नेप्सेमा सूचिकृति भएको छ । त्यस्तै, सोही दिन तीन वटा बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सको १४ लाख ४० हजार ४०७ कित्ता, वोमी माइक्रोफाइनान्स एण्ड वित्तीय संस्थाको एक लाख ८० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, अल्पाइन डेभलपमेन्ट बैंकको बोनस सेयरका साथै ८ लाख २० हजार कित्ता हकप्रद सूचिकृत भएको छ । त्यसैगरि बुधबार नै पूर्णिमा विकास बैंकको ३ लाख १० हजार ८८७ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।
टाटा टियागोलाई अन्तर्राष्ट्रिय पुरस्कार, सर्वोत्कृष्ट ह्याचब्याक साबित
काठमाडौं, १३ पुस । डायनामिक स्पोर्टी ह्याचब्याक कार, टाटा टियागो विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरुद्वारा सम्मानित भई वर्षकै सर्वोत्कृष्ट ह्याचब्याक साबित भएको छ । उक्त कारले सि.एन.बि.सि.–टि.भि. १८ ओभरड्राइभ अवार्ड २०१७ मा “कम्प्याक्ट कार अफ द इयर”, अटो पोर्टल बेस्ट कार अवार्ड २०१७ मा “बेस्ट ह्याचब्याक अफ द इयर” र एन.डि.टि.भि. कार एण्ड बाइक अवार्ड २०१७ मा “इन्ट्री ह्याचब्याक अफ द इयर” अवार्डहरु हात पार्न सफल भएको छ । उक्त अवार्ड वितरण कार्यक्रमहरुमा नयाँ जमानाको स्पोर्टी ह्याचब्याक, टाटा टियागोको पर्फमेन्स र ड्राभिङ्ग डाइनामिक्स सम्बन्धी सम्पूर्ण पक्षहरुको छलफल भएको थियो । कम्पनीका अनुसार अत्याधुनिक डिजाइन सहित डाइनेमिक ड्राइभिङ्ग सुविधायुक्त टाटा टियागोले उक्त वर्गको उत्कृष्ट उत्पादनको प्रतिनिधित्व गर्दछ । आकर्षक बढी वीथ सार्प लाइन, सिग्नेचर हेग्जागन ग्रिल र नयाँ बहुमुखी विशेषताहरुसहित विश्वासिलो, चुस्त एवं साहसिक टाटा टियागोले अत्याधुनिक इन्टेरियरको समेत प्रतिनिधित्व गर्दछ । साथै, २१ औं शताब्दीको सिटी र इको जस्ता मल्टी ड्राइभ मोडले फ्यूल इकोनोमी कायम राखी उत्कृष्ट ड्राइभिङ्गको अनुभव प्रदान गर्ने कम्पनीले जनाएकोे छ ।
विद्युत प्राधिकरणका तीन सञ्चालक हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश
काठमाडौं, १३ पुस । नेपाल विद्युत प्राधिकरणका तीन जना सञ्चालकलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले आन्तरिम आदेश जारी गरेको हो । अदालतले तीन जना सञ्चालकलाई किन हटाउनु परेको हो त्यसको कारण समेत सरकारसँग मागेको छ । लोडसेडिङ अन्त्य गर्ने अभियानमा असहयोग गरेको आरोपमा उर्जा मन्त्री जनार्दन शर्माले तीन जना सञ्चालक लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई मन्त्रालयले पुस ४ गते हटाएको थियो । मन्त्रालयको निर्णय विरुद्ध लामिछानेले पुस १२ गते सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए । न्यायधिस प्रकाशमान सिंह राउतको एकल इजलासले मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको हो ।