विकासन्युज

आई लभ मेकअप!!!

काठमाडौं। सुन्धाराको सिभिल मलमा रहेको अन्तर्राष्ट्रिय मेकअप ब्रान्डहरु पाइने एकमात्र प्रिटीक्लिकको स्टोरमा आज लागेको ब्ल्याक फ्राईडे सेलमा मेकअपको सामाग्री छान्दै महिलाहरु। स्टोरलाई भीड थाम्न हम्मे हम्मे परेको थियो। स्टोरले मेकअप सामाग्रीमा ४० प्रतिशत छुट दिएको थियो। तस्विर- डोमी शेर्पा तस्विर- डोमी शेर्पा तस्विर- डोमी शेर्पा तस्विर- डोमी शेर्पा

एनआईसी एशिया बैंकद्धारा कर्जा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडाैं । तेह्रथुमको म्याग्लुङ्ग बजारमा नेपाल बैंकर्सको आयोजना तथा एनआईसी एशिया बैंकको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बैंकले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरको प्रमुख आथित्यतामा वित्तीय साक्षरता तथा सहुलियत कर्जा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे । वासलात आकार २१० अर्ब बढी रहेको बैंकले प्रदान गर्ने कर्जा सम्पूर्ण नेपाली नागरिकले सहज रुपमा प्राप्त गर्न राष्ट्रको उत्पादकत्व अभिवृद्धि गरीबीका रेखामुनीको जीवन स्तर उकास्ने उद्देश्यले उक्त कार्यक्रम संचालनमा ल्याइएको हो । २०७५/०७६ को बजेट विनियोजन पछि शिक्षित युवा स्वरोजगार भन्ने अभियानका साथ कृषि, पशुपालन एवंम आवास निर्माणका विषयलाई लिएर बैंकले म्याग्लुङ्ग तीन जना ग्राहकलाई व्यवसायिक कृषि परियोजना अन्तर्गत सहुलियत कर्जा प्रदान गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी शिवाकोटीले ग्रामिण क्षेत्रका आमसर्वसाधारण जनतालाई वित्तीय साक्षरता एवंम सहुलियत कर्जाको बारे जानकारी गराएका छन् । नेपाल बैंकर्सका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गगाना उक्त कार्यक्रममा बोल्दै नेपाल सरकारले यस्तो विषयमा चासो दिएमा बैंकिङ्ग क्षेत्रबाट पूर्णरुपमा सहयोग गर्ने जनाएका छन् ।  

२४०० परिवारलाई लालपूर्जा वितरण गर्दै, अव्यवस्थित स्थानीयवासीलाई व्यवस्थित बनाउने

अत्तरिया । राष्ट्रिय आवास कम्पनीले कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आएका दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण गर्ने भएको छ । साविकको नेपाल पुनर्वास कम्पनीले वितरण गरी बाँकी रहेका जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित स्थानीयवासीलाई व्यवस्थित गर्न लालपूर्जा वितरण गर्ने भएको हो । राष्ट्रिय आवास कम्पनीका अध्यक्ष मोहन चौधरीका अनुसार कैलालीको जुगेडामा बसेका चार सय र कञ्चनपुरको दक्षिणी क्षेत्रमा बसोवास गर्दै आएका दुई हजार गरी दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको छ । कम्पनी सञ्चालक समितिले फुटकर जग्गा बिक्रीवितरण सम्बन्धी विनियमावली २०६९ मा दोस्रो संशोधन गर्नुपर्ने देखिएको थियो । मस्यौदा स्वीकृतिका लागि शहरी विकास मन्त्रालयमा पेश गरी मन्त्रालयबाट परिमार्जनसहित मन्त्रिपरिषद्बाट गत भदौ ३१ गते दोस्रो संशोधन स्वीकृत भएसँगै लालपूर्जा वितरण कार्य अघि बढाउने बाटो खुलेको कम्पनीका अध्यक्ष चौधरीले बताए । कञ्चनपुरको त्रिभुवनबस्ती क्षेत्रमा ३४४, परासन क्षेत्रमा ५७०, वाइसेविचवामा २० बिगाहा गरी कूल ९३६ बिगाहा १८ धुर जग्गामा बसोवास गर्दै आएका घरपरिवारलाई पूर्जा वितरण गर्न आवश्यक तयारी अघि बढाइएको उनले जानकारी दिए । जग्गा उपलब्ध गराउँदा भोगकर्तालाई मालपोतको न्यूनतम शुल्क लिने, भूमिहीन, सुकुमवासी तथा विपन्न परिवारका सदस्यलाई मालपोत रजिष्ट्रेशन प्रयोजनका लागि कायम गरिएको न्यूनतम मूल्यमा २५ देखि ७५ प्रतिशतसम्म छूटको प्रावधान रहेको जनाइएको छ । जग्गा बिक्रीबाट उठेको रकमको २० प्रतिशत रकम सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको सिफारिसमा विकास निर्माणमा लगाइने प्रावधानसमेत रहेको कम्पनी सचिव अश्विनी खड्काले बताए। रासस

नलगाडको सहायक पहुँच मार्गको स्तरोन्नति शुरु, दुई वर्षभित्र गोल्ड्न गुड कन्ट्रक्सनले सम्पन्न गर्ने तयारी

काठमाडौं । नलगाड जलविद्युत् आयोजना निर्माणका लागि बनाइएको सडकको स्तरोन्नति कार्य शुरु भएको छ । बिहीबारदेखि जिरो प्वाइन्ट कालिमाटीबाट सडक स्तरोन्नति कार्य शुरु भएको हो । करीब नौ किलोमिटर लम्बाइ रहेको सो सडकको एक वर्षअघि ट्र्याक खोलिएको थियो । स्तरोन्नतिको काम दुई वर्षभित्र गोल्ड्न गुड कन्ट्रक्सन बाह्र करोड रकममा स्तरोन्नति काम सम्पन्न हुने सांसद गणेसप्रसाद सिंहले बताएका छन् । आयोजना निर्माणका लागि सामग्री ढुवानी र स्थानीय आवतजावत लगायतका कामका लागि कालिमाटीदेखि ओरारीसम्मको सडकको स्तरोन्नति हुन लागेको छ । आयोजना निर्माण स्थलमा जाने कालिमाटीदेखि अँधेरी खोलासम्मको करीब ११ किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीले अहिलेसम्म छ किमी पनि निर्माण हुन नसकेको बताएका छन् । सडक निर्माण कार्य ढिला हुँदा यहाँका स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । बारेकोट गाउँपालिका, नलगाड नगरपालिका र जुम्ला जाने यात्रुले सास्ती भोग्दै आएका छन् । सडक निर्माण कार्य पूरा भएपछि दैनिक काम, कारवाही सहज हुने नलगाड कालिमाटीका शिक्षक दिनेश ओलीको भनाई रहेको छ । बारेकोट गाउँपालिकामा टेलिफोन टावरका सामग्रीदेखि खाद्यान्न ढुवानीसमेत अवरुद्ध हुँदै आएकामा सडकको स्तरोन्नतिको काम छिटो भएमा सहज हुने ओलीले जानकारी दिएका छन् । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम जारी रहेको छ । रासस

समृद्ध नेपाल निर्माणमा राष्ट्रिय संकल्प आवश्यक छ- मन्त्री बीना मगर

दोलखा । खानेपानी मन्त्री बिना मगरले समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय संकल्प र एकरुपता अनिवार्य आवश्यकता भएको बताएकी छिन् । रिनेजम नेपालले दोलखाको चरिकोटमा आयोजना गरेको प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिता कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले समृद्ध नेपाल निर्माणमा युवाहरूको जस्तै दृढ संकल्प आत्म विश्वास र एकरुपता सबैमा हुनुपर्ने बताएकी हुन् । कार्यक्रममा उनले सबै मिलेर मात्रै समृद्ध नेपालको सपना पूरा हुने बताइन्। दोलखा जिल्लाको पर्यटकीय सम्भावनालाई प्रबर्द्धन गर्न आफ्नो पुर्ण प्रतिबद्धता रहेको जनाउँदै उनले हिमालको काखमा रहेको चरिकोट स्थित फुटबल मैदानको विकास गर्न आफु लागि पर्ने धारणा राखेका छन् । त्यस्तै खानेपानीको सम्बन्धमा उनले दोलखा जिल्लामा पर्ने तामाकोसीको पानी बैतेश्वर गाउपालिकामा आपुर्ति गर्ने व्यवस्था मिलाउन डिपिआरका लागि बजेट छुट्टाउने बताए । दोलखा जिल्लामा खानेपानीको समस्या समाधान गर्न केही योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। मंसिर १ गतेबाट सुरुभएको फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको थियोे । फाइनल प्रतियोगितामा प्लान्निङ ब्वाइज युनियन पेप्सिकोला, काठमाडौंले दोलखा क्लबलाई हराएर जित हासिल गरेको छ । युनियनले २ गोल गरेको थियो भने दोलखाले १ गोल गर्न मात्र सफल रह्यो ।

मंसिर भित्रै पेन किलर ल्याउँदै नेपाल औषधी, अरु भन्दा २ रुपैंयाँ सस्तो

काठमाडौं । नेपाल औषधी लिमिटेडले पेन किलर उत्पादन थाल्ने भएको छ । सिटा प्लस नाम दिईएको पेन किलरले दुखाई कम गर्नेछ । यस अघि नेपाल औषधि लिमिटेडले सिटामोल, जीवनजल र ग्लिसिरिन उत्पादन गर्दै आइरहेको थियो । यही महिनादेखि बजारमा उपलब्ध हुने औषधि ज्वरो, दुखाई र सुन्निएको अवस्थामा प्रयोग गर्न सकिन्छ । ‘सिटा प्लस’ उत्पादनका लागि मूल्य निर्धारण बाहेक सबै काम सम्पन्न भइसकेको कम्पनीका महाप्रबन्धक डा. रोमसकुसुम सुवेदीले जानकारी दिए । पहिलो चरणमा ‘सिटा प्लस’ १ लाख ट्याबलेट बजारमा आउने तयारी भैरहेको छ । सरकारी कम्पनीले उत्पादन गर्ने सिटा प्सल निजी कम्पनीको भन्दा प्रति पत्ता २ रुपैंयाँ सस्तो हुने सुवेदीले दावी गरे । हाल निजी कम्पनीहरुले उत्पादन गरेको सोही प्रकृतिको औषधिको मूल्य बजारमा  प्रति पत्ता २० रुपैँया छ । औषधी लिमिटेडले उत्पादन उत्पादन गर्दै आएको सिटामोल, जीवनजल र ग्लिसिरिन जस्ता उत्पादनहरु समेत निजी कम्पनीको भन्दा सस्तोमा बजारमा बिक्री भैरहेको छ । तत्कालिन उद्योग मन्त्री नवीन्द्रराज जोशीले औषधि उद्योगबाट पुनर्उत्पादन सुरु गरी सिटामोल, आइरन चक्की, जीवनजल, अल्वाजोल, एमोक्सोसिलिन, कफनास, एमजीट र कफहिस समेत ८ प्रकारका औषधीहरु उत्पादन गरेका थिए । २०६० सालतिर ५५० जनासम्म कर्मचारी भएको र १२० प्रकारका औषधी उत्पादन गरेको कम्पनीको पुनर्उत्थानसँगै हाल कम्पनीले औषधि उत्पादनको संख्या बढाउँदै लगेको छ ।

प्लान इन्टरनेशनलका ७६ कर्मचारी बर्खास्त, बालबालिकाको हितमा काम गर्ने संस्थाभित्र कर्मचारी शोषण

काठमाडाैं । प्लान इन्टरनेशनल नेपालमा कार्यरत ७६ जना कर्मचारी बर्खास्त भएका छन् । संस्थामा कार्यरत विकास संयोजक, सुरक्षा गार्ड र सूचना प्रविधि संयोजक पदमा कार्यरत कर्मचारी स्काइप बैठकमा डोनर एजेन्सीले बर्खास्तको निर्णय सुनाएको पीडित कर्मचारीले बताएका छन् । पूर्व सूचना बिना २४ अक्टोबर तारिक मध्यान्नको स्काइप बैठकमा एक्कासी गैरकानूनी, अपमानजनक र अन्यायपूर्ण ढंगले वर्खास्तको निर्णय सुनाएको र ३१ डिसेम्बरदेखि लागूू हुने गरी बर्खास्तीको पत्रसमेत दिएको पीडितहरुले बताएका छन् । संस्थामा १० देखि २० वर्षसम्म कार्यरतस्थायी कर्मचारीहरूलाई संस्थाको पुनर्संरचनाको नाममा अन्यायपूर्ण तरिकाले बर्खास्त आफूहरुको आत्मसम्मानमा चोट पार्नुको साथै नेपालको प्रचलित कानूनको ठाडो उल्लंघन भएको प्लान इन्टरनेशनलका कर्मचारीको गुनासो छ । प्लान इन्टरनेशनलले कर्मचारीहरूसँग समझौता गर्दा ‘नियमित र स्थायी कर्मचारी’ भनी भनिएको छ तथा स्वतः अवकाश हुने उमेर ६२ वर्ष तोकिएको बताइएको छ । एकतिर पद नै आवश्यक नभएको भन्ने तर अर्कातिर विद्यमान स्थायी कर्मचारीहरूलाई बर्खास्त गरी सोही पदमा बाहिरबाट व्यक्तिहरूलाई तत्कालै बहाल गरिएको कर्मचारीको दावी छ । यसमा उच्च व्यवस्थापनमा संलग्न स्वेच्छाचारी निर्णयका पक्षपोषक विदेशी मूलका नेपालका लागि डाइरेक्टर र तिनका सीमित नेपाली दलाल कर्मचारीहरूको चलखेल र मिलेमतो भएको उनीहरुको आरोप छ । कर्मचारी बर्खास्त गर्ने सो संस्थाको निर्णय प्रचलित श्रम ऐन २०७४ दफा १४५ विपरीत उनीहरुको निष्कर्ष छ । यस अघिसमेत प्लान इन्टरनेशनल नेपालले आफ्नो संस्थामा कार्यरत कर्मचारीहरूलाई संस्थाबाट निष्कासन गरेको र पूर्ण कार्यअवधिको क्षतिपूर्ति नदिएको र त्यसको मुद्दासमेत अहिले सर्वोच्चमा चलिरहेको र पैसा तथा पावरको भरमा यस संस्थाले सरकारी तथा न्यायिक निकायलाई समेत प्रभावित गर्ने गरेको सम्बन्धित कर्मचारीहरू बताउँछन् । बालबालिकाको क्षेत्रमा काम गर्ने यस संस्थाको उच्च व्यवस्थापनले नेपालमा गरेका धेरै कार्यहरु विवादमा पर्दै आएका छन् । कर्मचारी कटौतीको निर्णयका विरुद्घ पीडित कर्मचारीहरू प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय कार्यालयमा चरणवद्ध, शान्तिपूर्ण तथा अनिश्चितकालीन विरोधका कार्यक्रम संचालन गरिरहेका छन् ।

नेपालले गर्दै अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिताको तयारी, ४० जिल्लाका विद्यार्थी सहभागी

काठमाडौँ । नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता (वल्र्ड रोबोट ओलम्पियाड) मा सहभागी हुन तयारी थालेको छ । नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम फाउण्नडेशन ओलम्पियाड नेपालको आधिकारिक संस्थाको रुपमा रहेको छ । संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालीम शुरु गरेको छ । आाधारभूत तालीममा उत्कृष्ट गर्ने विद्यार्थीबाट नै छनोट गरिने फाउण्डेशन नेपालका अध्यक्ष सर्जन विसिले बताएका छन् । छनोट हुने उत्कृष्ट विद्यार्थी नेपालको तर्फबाट सो प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा विश्वभरका प्राथमिक विद्यालय तहदेखि स्नातक तहसम्मका विद्यार्थी सहभागी हुन सक्छन् । प्रतियोगीका बिचमा वैज्ञानिक ज्ञान, रोबोट निर्माण र प्रदर्शनीमार्फत विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ । गतवर्ष पहिलो पटक भएको र तयारीका लागि कम समय भएकाले त्यो सच्चाएर प्रतियोगितामा सहभागी हुने फाउण्डेसनको लक्ष्य छ । हामीले सकेसम्म राम्रो तयारकिा लागि अहिलेदेखि नै जुटेका छन् । नेपालले गतवर्ष नै ओलम्पियाडको सदस्यता पाएको थियो । रासस