समता माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको बुधबार ६.६६६७ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०२२.५८ रुपैयाँ रहेको थियो ।
द्वन्द्व पीडित परिवारका छोराछोरीलाई छात्रवृत्ति खुला, मंसिर १५ गते निवेदन दिने अन्तिम दिन
काठमाडौं। शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंले शहीद तथा द्वन्द्व पीडित परिवारका छोराछोरीबाट छात्रवृत्तिका लागि निवेदन मागेको छ । मंसिर १५ गते सम्म त्यसको लागि निवेदन दिन सकिने सूचनामा उल्लेख छ । त्यसको लागि आवश्यक कागजातहरु, नेपाल सरकार गृह मन्त्रालयबाट शहीद घोषणा भएको प्रमाणको प्रमाणित प्रतिलिपि भएको हुनुपर्ने छ । त्यस्तै, शहीद तथा द्धन्द्ध पीडित परिवारसँगको नाता प्रमाणित प्रतिलिपी, अध्ययनरत्त शिक्षण संस्थाको नाम, कक्षा, तह रोल नम्बरसमेत स्पष्ट खुल्ने गरी अध्ययन गरिरहेको संस्था प्रमुखबाट प्रमाणित गरेको पत्र र जन्म दर्ताको प्रमाणित प्रतिलिपी हुनुपर्ने जनाइएको छ।
आठ लाख भूकम्प पीडितका घरकाे बीमा गरिँदै, ५०० प्रिमियम तोकियो
काठमाडौं । आठ लाख भूकम्प पीडितहरूका घरको बीमा गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त बीमाको फाइल मन्त्री परिषद्मा पुगिसकेकाे बताएकाे छ। प्रतिघर ५०० रुपैंया प्रिमियम लिएर ५ लाख रुपैयाँको जोखिम वहन गर्न लागिएको हो । कुल प्रिमियमको ५० प्रतिशत सरकारले व्यहोर्नेछ भने बाँकी ५० प्रतिशत लाभग्राहीबाट असुलिने व्यवस्था प्रस्ताव गरिएको छ । सरकारले राष्ट्रिय बीमा कम्पनी मार्फत भूकम्पपछि पुननिर्माण भएका घरको बीमा गराउन लागेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्रिय बीमा कम्पनीको भूकम्प पीडितको घरको बीमा गरिने निर्णयलाई बीमा समितिले स्वीकृत दिईसकेको बताएका छन् ।
वायुसेवा निगम बेच्ने/नबेच्ने २ हप्ताभित्र निर्णय हुन्छ: रबिन्द्र अधिकारी
काठमाडौं । नेपाल वायु सेवा निगममा आर्थिक संकट चुलिदैं गएपछि निगमलाई निजिकरण गर्ने तयारी भैरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारी बताएका छन् । वायु सेवा निगम कमाउने संस्था भएकोले सधै घाटामा सरकारले चलाउन नसक्ने भन्दै अधिकारीले निगमलाई साझेदारी संस्थाको खोजी भैरहेको बताएका हुन् । ‘निगम एउटा कमाउने संस्था हो, यसमा यो वर्षको लागि ६ अर्ब लगिसकेको अब यसमा सरकारले थप हेर्ने अवस्था छैन, हामी निगमको बारेमा २ हत्ताभित्र कम्पनी मोडेलमा लैजाने गरी काम गरिरहेका छौं मन्त्री अधिकारीले भने ।’ रिर्पोटर्स क्लबमा आयोतित एक कार्यक्रममा उनले वाइड बडी खरिदमा भ्रष्ट्राचार गर्ने जो कसैलाई नछोड्ने समेत बताएका हुन् । खरिद प्रक्रियामा घोटला भएको विषयमा सार्वजनिक लेखा समिती, संसदिय समिती र अख्तियारले समेत अध्ययन गरिरहेकोले यसको रिर्पोट आएपछि मात्र कारबाहि प्रक्रिया अघि बढ्ने मन्त्री अधिकारीको भनाई थियो । निगमलाई रणनितिक साझेदार खोज्नका लागि फा्इल अघि बढिसकेको छ । वाइड बडी ल्याएपछि निगमको ऋण चुलिएको हो । तर यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा निगमले आर्थिक संकट बेहोरेको हो । वाइड बडीलाई जापनको नारिता र ओसाकामा उडान भर्ने तयारी भैरहेको छ । आगामी मार्चमा चीनमा समेत उड्नेछ । यो हुँदा २ वटा वाइड बडीले पुग्दैन । अनियमितताको नाममा वायु सेवा निगमलाई कमजोर बनाउन नहुने मन्त्री अधिकारीको भनाई रहेको थियो ।
सानिमा जनरल इन्स्योरेन्सको थप शाखा ललितपुरमा
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ललितपुर शाखा विस्तार गरेकाे छ । कम्पनीका संचालक डा. माणिक लाल श्रेष्ठले उक्त शाखा समुद्धाटन गरेका हुन् । कार्यक्रममा कम्पनीका नायब महाप्रवन्धक सुबोधलाल श्रेष्ठ, कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेल लगायतकाे उपस्थिति थियाे । पाटन क्षेत्रमा रहेका उद्योगी ब्यवसायीहरुलाई वीमाको सेवा सर्वसुलभ पुराउने उद्देश्यले यस क्षेत्रमा शाखा विस्तार गरिएकाे कम्पनीले जनाएकाे छ ।
गुँरास लाईफद्धारा बीमित मृत्यु दावीवापतको १४ लाख रूपैयाँ हस्तान्तरण
काठमाडौं । गुँरासलाई इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमित पक्ष प्रतिमा पौडेललाई १४ लाख रूपैयाँ हस्तान्तरण गरेकाे छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत गरिएकाे बीमा दावीमा उक्त भुक्तानी गरिएकाे कम्पनीले जनाएकाे छ । वैदेशिक रोजगारको क्रममा तनहुँ चोक चिसोपानी (हाल :भानु नगरपालीका वडा नं.१०) निवासी बीमित विष्णुबाबु तिवारीको दुर्घटनामा परि ओमानमा मृत्यु भएको थियो । मृत्युपश्चात दावी भुक्तानी वापतको रकम कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले बीमितको श्रीमती प्रतिमा पौडेललाई १४ लाख रूपैयाँ हस्तान्तरण गरेका छन् ।
हरेक स्थानीय तहमा एकिकृत नमूना बस्ती बनाइने, भूकम्प पीडितलार्इ घर बनाउन थप ७५ हजार अनुदान
काठमाडाैं । राष्टिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २०७२ सालकाे भूकम्प प्रभावित सबै स्थानीय तहमा एउटा एकिकृत नमुना बस्ती बनाईने बताएका छन् । जनस्तरबाट एकिकृत बस्तीकाे माग भएपछि नमूना बस्तीकाे रूपमा प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा यस्ताे बस्ती बनाउन लागिएकाे उनले बताए । प्रत्येक स्थानीय तहमा एकिकृत बस्ती बनाउनकाे लागि अर्थमन्त्रालयमा बजेट माग गरिएकाे उनले बताए । विकास तथा प्रविधि समितिकाे बैठकमा जनप्रतिनिधिहरूसमक्ष उनले यस्ताे बताएका हुन् । साथै उनले भुकम्प पीडितलार्इ सरकारले थप ७५ हजार रूपैयाँ अनुदान दिने भएकाे छ तर सबैकाे लागि हाेइन । वृद्ध, बालबालिका र अपांगता मात्रै भएका १८ हजार परिवारलाई यस्ताे अनुदान दिन लागेकाे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । भूकम्प पीडितले सहुलियत व्याजकाे कर्जा नपाएकाे विषयमा सांसदहरूले सरकारकाे अालाेचना गरेका छन् । ज्ञवालीले घर बनाउन थालेकाे तर सम्पन्न गर्न नसकेकालार्इ ३ लाख कर्जा दिने विषय सरकारकाे प्राथमिकतामा परेकाे बताए । भूकम्प पीडित मध्ये ९४ प्रतिशतले अनुदान सहायता लिएकाे, सबैले पहिलाे किस्ता सम्झाैता गरेकाे लगेकाे उनले बताए । दाेस्राे किस्ता ३१ प्रतिशतले र तेस्राे किस्ता २० प्रतिशतले लिएकाे उनले जानकारी दिए । पुनर्निर्माण गाउँमा भन्दा सहरमा जटिल भएकाे उनले बताए । भूकम्पले भत्काएका स्कूल र स्वास्थ्य संस्था निर्माणकाे काम ढिलाइ हुनुमा भारतीय पक्षका सर्त जिम्मेवार भएकाे उनले बताए । ‘भारतले प्राविधिक, निर्माणा सामाग्री अाफ्नै हुनुपर्छ भनेपछि भारतकाे ऋण सहयाेगमा बनाउने याेजनामा रहेकाे शैक्षिक संस्था र स्वास्थ्य संस्थाकाे भवन बनाउने काम अगाडि बढेकाे छैन । यस विषयमा नेपाल सरकारसँग विभिन्न विकल्प साेचिरहेका छाैं’ ज्ञवालीले भने । उनले शितलनिवासकाे प्रबलीकरण गरिने र रानी पाेखरी मल्लकालिन शैलीमा निर्माण गरिने बताए । ‘राजीपाेखरी जंगबहादुरकाे पालामा बनेकाे शैलीमा हाेइन, मल्लकालिन शैलीमा बनाइन्छ’ उनले भने ।
दमकमा गरिमा विकास बैंकको शाखा, यसै वर्ष थप ९ वटा खोल्ने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले झापाको दमकमा नयाँ शाखा विस्तार गरी शाखा कार्यालय उद्घाटन गरेको छ । शाखा कार्यालयको उद्घाटन दमक नगरमालिकाका मेयर रामनाथ ओलीले गरेका थिए । उक्त शाखा उद्घाटनसँगै गरिमा विकास बैंकको प्रदेश नं.१ को झापा, मोरङ्ग र सुनसरीमा ९ वटा शाखा कार्यालय संचालनमा छन् । हाल यस विकास बैंकको हाल काठमाडौंमा ८ वटा शाखा सहित कुल ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन् । विकास बैंकले छिट्टैनै पर्साको वीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय खोल्दैछ ।