सोना मनसुली धान प्रतिक्वीन्टल २७००, खाद्य संस्थानभन्दा निजी क्षेत्रलाई धान बेच्दै किसान
काठमाडौं । सङ्घीय सरकारले धान खरिदको न्यूनतम समर्थन मूल्य तोकेपनि पर्साका अधिकांश किसान नेपाल खाद्य संस्थानमा नभई निजी क्षेत्रका गल्ला व्यापारीसँग धान बेच्ने गरेका छन्।। नेपाल खाद्य संस्थानभन्दा महङ्गो मूल्यमा धान खरिद गर्ने हुँदा उनीहरु निजी क्षेत्रका गल्ला व्यापारीसँग धान बेच्ने गरेका हुन् । सरकारले तोकेको न्यूनतम समर्थन मूल्य अनुसार संस्थानले सोना मन्सुली धान प्रति क्वीन्टल रु दुई हजार ४६० मा खरीद गर्दै आइरहेको छ । तर निजी क्षेत्रका गल्ला व्यापारी तथा चामल मिलले त्यही धान प्रति क्वीन्टल दुई हजार ७०० सम्ममा खरीद गर्ने गरेको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका किसान शेषमन पण्डितको भनाइ छ । संस्थानको मूल्यभन्दा स्थानीय व्यापारीले प्रति क्वीन्टल दुई सयदेखि रु ३०० सम्म बढी मूल्यमा खरीद गर्ने भएकोले हामी निजी क्षेत्रलाई बेच्ने गरेको अर्का किसान विजय पण्डितको भनाइ छ । अघिल्लो वर्ष संस्थानले सोना मन्सुली धान प्रति क्वीन्टल रु दुई हजार ५२५ तथा जिरामसिनो धान प्रति क्वीन्टल रु तीन हजार २००का दरले खरीद गरेको थियो । तर यसवर्ष सङ्घीय सरकारले धान खरीदको समर्थन मूल्य कम राखेकाले किसान निजी क्षेत्रका व्यापारीलाई धान बेच्ने गरेको नेपाल खाद्य संस्थान शाखा कार्यालय वीरगञ्जका प्रमुख अम्बिका घिमिरेले बताए । संस्थानले चालु आर्थिक वर्ष २०७५÷७६ मा १५ हजार क्वीन्टल धान खरीद गर्ने लक्ष्य लिएकोमा हालसम्म ५३ क्वीन्टल मात्र धान खरीद गर्न सकेको छ । संस्थानले अघिलो आर्थिक वर्ष २०७४÷७५ मा रु आठ करोड २५ लाख मूल्य बराबरको तीन हजार मेट्रिक टन सोनामन्सुली र जिरामसिनो धान खरीद गरेको थियो । अमेरिकी सरकारले एक हजार मेट्रिक टन क्षमताको एउटा गोदाम बनाएपछि संस्थानसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच वटा गोदाम रहेको छ । संस्थानसँग अहिले अघिल्लो वर्षको सोना मन्सुली, जिरा र जापानी चामल गरी १२ हजार ८०० क्वीन्टल चामल मौज्दात अवस्थामा रहेको छ । संस्थानले धान खरीद गरी उत्पादन गर्ने चामल आवश्यकता अनुसार गोरखा, काठमाडौँ, पोखरा, धनगढी, नेपालञ्ज, सुर्खेत, भैरहवा, डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटस्थित कारागारमा पनि पठाउने गरेको छ । गत वर्ष आएको बाढीबाट प्रभावितका लागि राहतस्वरुप विराटनगरमा दुई हजार १०० क्वीन्टल चामल संस्थानले पठाएको थियो । त्यसैगरी संस्थानले गतवर्ष जिल्ला कारागार वीरगञ्जलाई ३६८ मेट्रिक टन, भीमफेदी कारगारलाई २०९ मेट्रिक टन तथा गौर कारगारलाई ४५ मेट्रिक टन मन्सुली चामल पठएको शाखा प्रमुख घिमिरेले बताए । प्रमुख घिमिरेले निजी क्षेत्रका व्यापारीसँग प्रतिस्पर्धा गर्न नसके पनि सरकारले तोकेअनुसारको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा संस्थानलाई पर्सा र बाराका केही किसानबाट धान खरीद गर्ने गरेको छ । पर्सा जिल्लामा यसवर्ष किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा गरेको धानखेतीबाट दुई लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन गरेको छ । रासस
अपी पावरले पाँच प्रतिशत बाेनस सेयर दिने
काठमाडौं । अपी पावर कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५ प्रतिशत बाेनस सेयर दिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्तापुँजीको कर बाहेक ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनी निर्माण गरिरहेको आठ मेगावाट क्षमताको अप्पर नौगाड साना जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । कम्पनीले आगामी चैत १५ गतेदेखि विद्युत् उत्पादन शुरु गर्ने तयारी गरेको कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत् बलाँच सवस्टेशनमा जोडिनेछ । अपी पावर कम्पनीले निर्माण गरेको सो आयोजनामा नेपाल एसबिआइ बैंक र प्रभु बैंक लिमिटेडको संयुक्त लगानी रहेको छ । कम्पनीले यसअघि ८.५ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले यो आयोजना निर्माणपश्चात् ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण शुरु गर्ने तयारी गरेको जनाएको छ । यस्तै कम्पनीले १४ मेगावाट क्षमताका सोलार आयोजनाको निर्माण शुरु गरेको छ । रासस
सेयर बजार १२ अंकले बढ्यो, यस्ता छन् कारण
काठमाडौं । सोमबारको सेयर बजार १२.४९ अंकले उकालो लागेको छ । पुँजी बजारमा लगानीकर्ताको मनोबल बढ्दै गएपछि यस साताको शुरुवातदेखि नै सेयर बजार निरन्तर दोहोरो अंकले उकालो लागेको हाे । नेपाल धितोपत्र बोर्डले आइतबार साझ एक विज्ञप्ति जारी गरी अहिलेकाे समय सेयरमा लगानी गर्न उपयुक्त समय रहेको बताएपछि लगानीकर्ताको सेयर बजारप्रति मनोबल बढ्दै गएको हो । त्यस्तै, अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा समिति गठन गरेपछि सेयर बजार बढ्दै गएको जानकारहरु बताउँछन् । अर्थमन्त्रालयले वित्त र सेयर बजारको समस्याको उपाय खोज्न उक्त समिति गठन गरेको हो । समितिले आगामी एक हप्ताभित्र प्रतिवेदन बुझाउन माग गरेको छ । त्यसैगरी, आइतबारदेखि पूर्ण अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि लगानीकर्ताहरु उत्साहित भएका छन् । आफै युजर नेम र पासवर्ड लिई सेयर खरिद बिक्री गर्न पाउने भएपछि लगानीकर्ताहरु सेयर बजारमा आकर्षित देखिएका छन् । सोमबारको बजारमा नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि सुधार आएको छ । आइतबार २२ करोडको कारोबार भएको बजारमा सोमबार ४३ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा २१ करोड रुपैयाँ बढी हो । बजारमा कारोबारमा आएका १० समूहमध्ये अधिकांश समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ९८ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ७२.०५, होटल २३, माइक्रोफाइनान्स १८ र बैंकिङ समूह १३ अंकले बढेका छन् । उत्पादनमूलक र अन्य समूहको सूचक भने सामान्य अंकले ओरालो लागेको छ ।
घर बनाउँन कति खर्च गर्ने ?
काठमाडौं । घर कसरी बनाउँने भन्ने विषयमा मानिसहरुको आ आफ्नो धारणा रहेको हुन्छ । कति खर्च गर्ने कुन डिजाइन बनाउँने कस्तो बनाउँने मानिसहरुको मौलिक तरिका रहेका हुन्छन् । हाल ३ लाख देखि करौडौंको घर नेपालमा निर्माण हुँदै आएको छ । यस्तो छ मेरोघरडटकमले तयार गरेको साढे २ तल्ला (२५००) वर्गफिट घर निर्माण खर्च विवरण 1. डिजाइन तथा नक्सा पास -१ देखि २ लाख 2. छड/ डन्डी/ सरिया -१० देखि १३ लाख 3. सिमेन्ट ९ देखि साढे -१२ लाख 4. इँटा -८ देखि १५ लाख 5. बालुवा -साढे ८ देखि १० लाख 6. रोडा / गिट्टी -साढे ८ देखि १० लाख 7. चिप्स् -१ देखि २ लाख 8. ढोका / चौकोस -१ देखि २ लाख 9. ढोका / पल्ला फिटिङ समेत -१ देखि ५ लाख 10.झ्याल चौकोश तथा पल्ला फिटिंग समेत – डेढ देखि साढे २ लाख 11. रंगरोगन -३ लाख देखि ५ लाख 12. टालय मार्बल -३ देखि ८ लाख 13. आइरन रेलिङ / ग्रिल -१ देखि डेढ लाख 14. प्लम्बिङ्ग स्यानिटरी धारा -३ देखि ८ लाख 15. बिजुली बत्ति -३ देखि ८ लाख 16. ज्याला -१६ देखि २२ लाख जम्मा खर्च- ८० देखि १२० लाख (डिजाइन, सामानको रोजाई र साइटको अवस्था अनुसार घरको लागत फरक पर्छ ।)
हिमालयन डिष्टिलरीको पुस ४ गतेदेखि २ दिन बुक क्लोज
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको आगामी पुस ४ गतेदेखि बुक क्लोज हुँदै छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि दुई दिनसम्म अर्थात पुस ६ गते सम्म सेयरधनी दर्ता किताव बन्द गर्न लागेको हो । संस्थाको आगामी वार्षिक साधारणसभा पुस २५ गते बस्दै छ । सभाले सेयरधनीलाई २१.०१ प्रतिशत बोनस सेयर दिने संचालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । साथै, साभाले पारित गर्ने उक्त नगद लाभांश सेयरधनी दर्ता कितावमा पुस ३ गतेसम्म नाम दर्ता कायम भएका सेयरधनीहरुले मात्र लिन पाउने छन् ।
४२.७५ प्रतिशत बोनसपछि सूर्योदय लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाले ४२.७५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १००१.०५ रुपैयाँ छ । जसको आधार मूल्य प्रतिकित्ता ८७९.३२ रुपैयाँ रहेको थियो ।
३०० जना सहसचिव, उपसचिव र अधिकृतको विज्ञापन खुल्दै, प्रशासनतर्फ भने नखुल्ने पक्का
काठमाडौं । लोकसेवा आयोगले न्यायसेवा तर्फ सहसचिव, उपसचिव र अधिकृतको विज्ञापन खुलाउने भएको छ । आयोगले न्यायसेवा तर्फ करिब ३ सय जनाको विज्ञापन खुलाउने तयारी गरेको हो । आयोगले पठाएको पत्र अनुसार न्याय सेवा परिषदले मात्रै मागसंख्या पठाएको आयोगका प्रवक्ता किरणराज शर्माले बताए । उनका अनुसार ३ सय जनाको विज्ञापन तालिका अनुसार नै सार्वजनिक हुनेछ भने नखुल्ने सूचना पनि सोहि दिन समावेश गरिने छ । आयोगले मंसिर २६ गते न्यायसेवाको विज्ञापन गर्न अन्तिम तयारी गरेको छ । यसअघि सरकारले आयोगलाई २ महिनासम्म कुनै विज्ञापन नगर्न आयोगलाई आग्रह गरेको थियो । आयोगले सोहि अनुसार आफ्नो कार्यतालिका पनि सच्यायो तर फेरी तालिका अनुसार विज्ञापन नहुने भएको छ । यसैगरी, नायब सुब्बा र खरिदारको विज्ञापन पनि खुल्ने नखुल्ने अन्योलमा परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग संख्या नपठाएपछि यो वर्षको प्रशासनतर्फ लोकसेवा आयोग नखुल्ने भएको छ । सरकारले प्रदेश संरचनामा कर्मचारी व्यवस्थापन गरेर मात्र आयोग खुलाउने तयारी गरेको हो । कर्मचारी व्यवथापनमा अन्योलता भएपछि छोटो बाटोबाट कर्मचारी समायोजन अध्यादेश २०७५ राष्ट्रपतिबाट पारित भैसकेको छ । आइतबार पारित भएको अध्यादेशमा कर्मचारी लगातार ३५ दिनसम्म हाजिर नभए सिधैं बर्खास्त हुने उल्लेख गरिएको छ ।
मेलम्चीमा ३६ करोड माग्दै ठेकेदारको लफडा, आउला त ६० दिनमा पानी ?
काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा ठेकेदार कम्पनी सिएमसीले ३६ करोडको नयाँ बखेडा झिकेको छ । भूकम्पका कारण कामको प्रकृति बदलिएर बढी दायीत्व परेको भन्दै कम्पनीले १ अर्ब ६५ करोड रुपैंयाँ अतिरिक्त भुक्तानी मागेको थियो । कन्सल्टेन्टले २८ करोड अतिरिक्त दायीत्व बढेकाले भुक्तानी दिनुपर्ने भनेको थियो । सोही अनुसार आयोजनाले ठेकेदार कम्पनीलाई सो मात्रामा भुक्तानी पनि गरिसकेको थियो तर ठेकेदारले डिस्प्युट एडमिनिट्रेसन बोर्डमा उजुरी दियो । बोर्डले थप ३६ करोड दिनु पर्ने निर्णय सुनायो । बोर्डको त्यस्तो निर्णयसँगै ठेकेदार कम्पनीले ३६ करोड भुक्तानी नदिए जनवरीदेखि काम रोक्ने चेतावनी दिएको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले विकास समिति बैठकमा जानकारी दिए । यद्यपी हालसम्म भने ठेकेदारले काम गरिरहेको छ । मेलम्ची खानेपानी विकास विकास बोर्डले ३६ करोड थप भुक्तानी दिने डिस्प्युट बोर्डको निर्णय प्रति असहमति जनाउँदै असहमति पत्र(नोट अफ डिस स्याटिस्फ्याक्सन) लेखि सकेको छ । खानेपानी मन्त्रालयका सचिव ठाकुरले माघ मसान्त भित्र मेलम्चीको पानी सुन्दरीजलमा झारिसक्ने दावी गरेका छन् । उनले मेलम्चीबाट सुरुङमा पानी हालेको एक हप्ताभित्र सुन्दरीजलमा झारिसक्ने प्रतिववद्धता व्यक्त गरेका हुन् तर ठेकेदार कम्पनीको ३६ करोड सम्बन्धी मुद्धा मिलाउन नसकिए जनवरीबाट काम रोक्ने चेतावनी दिएको पनि उनले सार्वजनिक गरिदिएका छन् ।