विकासन्युज

नेपालकै सबैभन्दा ठुलो उद्यमशीलता सम्मेलन “नेक्स्ट ग्रोथ कन्क्लेभ २०१८” शनिबार हुँदै

काठमाडौं। नेपालमै व्यवसाय स्थापना गरी त्यसलाई विस्तार गर्न सोचमा रहेका उद्यमीहरुको सहयोगी हातको रुपमा रहेको ‘नेक्स्ट भेन्चर’ नेपालले तेस्रौ पटक नेपालकै सबैभन्दा ठुलो उधमसिलताको सम्मेलन ” नेक्स्ट ग्रोथ कन्क्लेभ-२०१८ ” यही डिसेम्बर २२ मा सोल्टी होटलमा आयोजना गर्दैछ । कार्यक्रम बिहान् ९ बजे देखी साँझ ६ बजे सम्म हुनेछ। नेक्स्ट ग्रोथ कन्क्लेभ सबैभन्दा महत्वपूर्ण सुरुवात, साना व्यवसाय, उधमी, लगानीकर्ता, मिडिया तथा अन्य कर्पोरेट कार्यकारी र ग्लोबल स्पिकरहरुको भेला हो। २०१६ मा सुरुवात गरिएको यस कार्यक्रमले २ बर्ष पार गरिसक्दा १५०० जना भन्दा बढी सहभागीहरु, ३३ ग्लोबल स्पिकर, ५५ कम्पनीहरुको उपस्थितीमा ३३ जना नयाँ उधमीहरुले आफ्नो व्यवसाय लन्च गरेका थिए। मिडियाको लागि मिडियाकक्ष र सम्भावित लगानीकर्ता र लगानी गर्ने कम्पनीहरुको लागि “इन्भेष्टर कक्ष” कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको छ जुन मिडिया प्रतिनिधिहरुलाई विशेष ध्यान दिएर बनाइरको छ। कार्यक्रमलाई अझै राम्रो बनाउने उदेश्यको साथ यस बर्ष कम्पनीले १२ ग्लोबल स्पिकरहरू ल्याई कम्तीमा पनि स्टार्टअप भ्यालीमा २४ वटा स्टार्टअप कम्पनीहरू र ४० भन्दा बढी लगानीकर्ताहरु “लगानीकर्ता लाउन्जमा” राख्ने भएको छ। कम्पनीको अनुसार उद्यमी, स्टार्टअप कम्पनीहरू, कार्यकारीहरू, मिडिया, लगानीकर्ताहरु र अन्य सरोकारवालाहरु सँगसँगै ल्याइने सम्भवत: यो पहिलो कार्यक्रम हुनेछ।

राजदेवी नगरपालिकाको आम्दानी ६६ लाख, लक्ष्य ५० किलोमिटर सडक बनाउने

धीरेन्द्रकुमार सिंह रौतहट । राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंहले चालू आर्थिक वर्षमा नगर क्षेत्र भित्र ५० किलोमिटर सड़क बनाउने लक्ष्य रहेको बताएका छन् । विहीवार आफ्नै कार्यकक्ष संचारकर्मीसित संक्षिप्त कुराकानी गर्दै मेयर सिंहले यस पालीको बजेट पूर्ण रुपमा पारदर्शी ढंगबाट कार्यान्वयन हुने दावी गरे । ठूला योजना टेण्डर मार्फत तथा सानो योजनाहरु उपभोक्ता समिति मार्फत बनाउने बताउँदै नगरपालिकाको आफ्नै मशिन सड़क मर्मत र निर्माणमा प्रयोग गरिने बताए । वड़ा अध्यक्षहरुलाई सहभागिता मूलक पारदर्शी रुपमा बजेट कार्यन्वयन गराउन स्पष्ट रुपमा निर्देशन दिइएको बताउँदै मेयर सिंहले जनताको कार्य जनताको सहभागितामा हुनु पर्नेमा जोड दिए । मेयर सिंहले विकास निर्माणको साथै नगरपालिकाको आन्तरिक व्यवस्थापन, सामाजिक, शैक्षिक विकास, आर्थिक सवलता, आयआर्जनको लागि रोजगारमूलक कार्यक्रमको तर्पm ध्यान केन्द्रित रहेको उल्लेख गरे । विकास निर्माण कार्यको लागि जनशक्तिको आभाव र भौतिक पूर्वाधारको समस्या रहेकोले यसको समाधान को लागि गृहकार्य भैरहेको जनाएका छन । नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत दिलीप सिंह धामीले रौतहटको ५ स्थानीय तहले बजेट बनाउन नसकेको अवस्थामा राजदेवी नगरपालिकाले बजेटको १ चौथाईका कार्यक्रम सञ्चालनमा ल्याइसकेको बताएका छन । अधिकृत धामीले योजना कार्यान्वयनको लागि सूक्ष्म अनुगमन प्रक्रिया अपनाउने बताए । दिलीप सिंह धामी विनासूचनाको गठन गरिएको उपभोक्ता समितिको मान्यता नहुने प्रस्ट परे । धामीले यस वर्ष नगरपालिकाको आन्तरिक आय ६६ लाख हुनु पर्ने लक्ष्य राखेको बताए । नगरपालिकाको विकास निर्माणका लागि अपुग बजेटका लागि प्रदेश सरकार र केन्द्र सरकारबाट अनुदान लिने उनले बताए ।

रेनोकाे एक्सचेन्ज क्याम्प पुस ५ गतेदेखि शुरु, गाडी एक्सचेञ्जमा सडक कर फ्री हुने

काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रा. लि. ले रेनो कार प्रेमीहरुका लागि यहि पुस ५ गतेदेखि पुुस ८ गतेसम्म रेनो एक्सचेन्ज क्याम्प शुरु गरेको छ । उक्त क्याम्प रेनोको सोरुम थापाथली र नक्साल , काठमाडौं र भक्तपुरमा हुने छ । ‘‘पुरानो छोडाैं ! नयाँ गुडाऔँ’’ भन्ने ट्यागलाईनका साथ आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् । रेनोको क्विड, डस्टर र क्याप्चर मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, नि:शुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभ गरे बापत आकर्षक उपहार जित्नेछन् । रेनो एक्सचेन्जले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिने छ ।

विभिन्न समाजिक कार्यक्रम गर्दै लक्ष्मी ग्रुपले मनायो ४५औं वार्षिकोत्सव, आगामी वर्षहरुमा पनि निरन्तरता दिने

काठमाडौं । लक्ष्मी ग्रुपले बिहीबार आफ्नो ४५औं वार्षिकोत्सवको सम्पन्न गरेको छ । सो अवसरमा ग्रुपले विभिन्न समाजिक कार्यक्रमको आयोजना गरि आफ्नो कर्पोरेट डे मनाएको छ । ग्रुपले ४५ वर्षको अवधिसम्म व्यवसायिक सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँदै आएको छ । सो अवसरमा लक्ष्मी गु्रपले आफनो प्रधान कार्यलय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जसमा पोखरा स्थित कार्यलयमा ११६ तथा काठमाडौंमा स्थित कार्यलयमा ७५ गरि कुल १९१ जनाले रत्तदान गरेका थिए । त्यस्तै, नेपालको एक मात्र आधिकारिक विक्रेता, हुण्डाई मोटरर्सको लक्ष्मी इन्टर कन्टिनेन्टलद्वारा सूर्यविनायक मन्दिर र वटुक भैरव मन्दिर परिसर र वरपरका क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो । साथै, नेपालमा भएका मष्तिस्क पक्षघातबाट पीडित बालबालिकाहरुको उत्थानमा कार्यरत एस.जि.सि.पि नेपालका बालबालिकाहरुलाई स्कूल व्याग र न्यानो ज्याकेटहरु प्रदान गरेको ग्रुपले जनाएको छ । यसका साथै लक्ष्मी गु्रपका अन्य संस्थाहरु सुजल फुड्स प्रा.लि., सुजल डेरी प्रा.लि., जया प्याकेजिङ्ग प्रा.लि., सुजल प्लाष्टिक प्रा.लि., लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. आदि कम्पनीले पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । सुजल फुड्स प्रा.लिले गोकर्णस्थित जोइन्ट डिजेबल यूनिटी आवाज सेन्टर र सिफल स्थित चाइल्ड प्रोटेक्सन होमका बालबालिकाहरुलाई विभिन्न कन्फेक्सनरी उत्पादनहरु वितरण गरेको थियो । सुजल डेरी प्रा.लिले कीर्तिपुरको भत्केपाटी स्थित बेवी लाईफ होम (अनाथलय) का बालबालिकाहरुको लागि भोजन कार्यक्रमको आयोजना गरि विभिन्न उपहारहरु पनि दिएको थियो । यसका साथै, लक्ष्मी ग्रुपले आगामी वर्षहरुमा पनि आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

शिवमकाे १० बोरा सिमेन्ट किन्दा सुनदेखि नगद पाइने, साथमा हेलिकप्टर यात्रा पनि

काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले ग्राहकहरुलाई लक्षित गरि “लक्ष्मी हातमा देव दर्शण शिवमका साथमा” नामक नयाँ योजना बजारमा ल्याएको छ । यो योजना सिमित अवधिका लागि नेपाल अधिराज्यभरि लागू गरिएको छ । यस योजना अन्तर्गत प्रत्येक १० बोराको खरिदमा एउटा कुपन पाइने छ । उक्त कुपनको स्क्र्याच गर्ने भागमा स्क्र्याच गरि २.५ ग्राम देखि १० ग्राम सुनको सिक्का वा १०० रुपैयाँदेखि १००० रुपैयाँसम्मको नगद पक्का जित्न सकिनेछ । नगद पुरस्कार तुरन्तै वितरकबाट प्राप्त गर्न सकिनेछ । सुनको लागि ९८०१११४६५८ मा सम्पर्क गरि नजिकको वितरक वा शिवम् सिमेन्टको शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ । गोसाईकुण्ड हेलिकप्टर यात्राको लागि कुपनको अर्घकट्टीमा आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रुपमा लेखि लक्की-ड्र बक्समा हाल्नु पर्नेछ । संकलित कुपनहरुलाई राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण मार्फत लक्की–ड्र गरि विजेताहरु चयन गरिनेछ । विजेताहरुको हकमा कुपनमा उल्लेखित मोबाइल नम्बरलाई मात्र मान्यता दिईनेछ र उक्त मोबाइल नम्बर बाहकलाई मात्र पुरस्कार प्रदान गरिनेछ ।

राष्ट्रिय बीमा संस्थानले शतप्रतिशत पुनर्बीमा गर्ने, विदेशिने रकम रोकिने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडसँग शतप्रतिशत पुनर्बीमा गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बिहीबार आयोजित एक कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठक र नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गरेका छन् । सरकारले चालू आर्थिक वर्षमा बीमा कम्पनीहरुले आफ्नो प्रत्यक्ष हिस्साको कम्तिमा २० प्रतिशत अनिवार्य नेपाल पुनर्बीमा कम्पनीमार्फत पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाले चालु आर्थिक वर्षको शुरुदेखि नै राष्ट्रिय बीमा संस्थानको पुनर्बीमा व्यवसाय शतप्रतिशत नेपाल पुनर्बीमा कम्पनीमा हुने हुँदा दुवै कम्पनी लाभदायी हुने कम्पनीले जनाएकाे छ । साथै, यसबाट पुनर्बीमा मार्फत विदेशिने रकम रोकिने कम्पनीले बताएकाे छ ।

कैलाश विकास बैंकको शाखा रुपन्देहीको सैनामैनामा

काठमाडौं । कैलाश विकास बैंकले रुपन्देही जिल्लाको सैनामैनामा ७७ औँ शाखा सुरु गरेको छ । सैनामैना नगरपालिका वडा नं. ६, रामापुरमा आजदेखि कारोवार शुभारम्भ गरेका छ । उक्त शाखाको शुभारम्भ सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले गरेका छन् । राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२४ अर्व ५२ करोड निक्षेप संकलन गरी रु.२२ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको जनाएको छ । नयाँ शाखा सहित बैंकका ७९ शाखा संचालनमा छन् भने एटिएम संख्या ३२ पुगेका छन् । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, भिसा डेबिट काडर्, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।  

साञ्जेन जलविद्युतले ५४ करोडको आईपीओ बिक्री गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणको लागि ५४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले बिहीबार धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आईपीओ निष्कासन गर्ने अनुमति मागेको हो । बोर्डको अनुमति पाए पश्चात हाइड्रोले नागरिक लगानी कोष मार्फत सो मात्राको आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।