सिटिजन्स बैंकको प्रदेश नं २ को प्रादेशिक कार्यालय वीरगंजमा
काठमाडौं । सिटिजन्स बैंकको प्रादेशिक कार्यालय वीरगंजको आदर्श नगरमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा जिल्लाका कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदेश नं २ अन्तर्गत बैंकका ८ वटाशाखाहरु (बीरगंज, औरही, बर्दिवास, गौशाला, जनकपुर, निजगढ, पथलैया तथा कोल्हवी) बाट व्यापार विस्तारका साथ साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवंम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने बैंकले जनाएको छ । ८० वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधा रहेको छ । ,
सबैको लघुवित्तको दोश्रो वार्षिक साधारण सभामा ९१ लाख नाफा सार्वजनिक
काठमाडौं । तनहुको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले चालु आर्थिक वर्षमा सर्वसाधारणका लागी साधारण शेयर निष्काशन गर्ने सहितका निर्णय गरेको संस्थाका अध्यक्ष सृजना जोशीले बताइन । संस्थाले गत मंसिर मसान्त सम्म ३३ शाखाहरु मार्फत् १९ हजार १२९ सदस्यहरुमा असुल गर्न बाँकी कर्जा रु. १ अर्ब ५ करोड ८२ लाख २८ हजार लगानी गरी रु. २१ करोड ३२ लाख ५७ हजार बचत गरेको छ । यस अवधीमा संस्थाले रु ९१ लाख २ हजार खुद नाफा आर्जन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले बताए ।
सिन्धु विकास बैंक र फिनिक्स क्यापिटलबीच ग्राहक निर्माण तथा कर्जा सहजिकरण सम्बन्धि सम्झौता
काठमाडौं । सिन्धु विकास बैंकबाट सेवा लिन चाहने सवै ग्राहकहरुले फिनिक्स क्यापिटलद्घारा संचालित डिजीटल मार्केट प्रणाली कर्जाबजार डटकम अन्र्तगत प्रदान गर्ने सम्पुर्ण सेवा सुविधा प्राप्त गर्न सक्ने भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र फिनिक्स क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत बिकल चौलागाईंले हस्ताक्षर गरेका छन् । सिन्धु विकास बैंकका सेवा सुविधा लिन चाहने जोसुकै व्यक्तिलाई फिनीक्स क्यापिटलका विशेषज्ञ कर्मचारीहरुले बैंकका सेवा सुविधाहरुको बारेमा जानकारी दिने, उपयुक्त सेवा सुविधा छनौट गर्न तथा बैंकलाई आवश्यक पर्ने कागजात तथा कर्जा प्रस्ताव निर्माण भएको छ । कर्जाबजार डटकम नेपालको पहिलो र एकमात्र डिजिटल कर्जा बजार रहेका र सिन्धु विकास बैंक यस बजार मार्फत पनि आफ्नो सेवा सुविधा प्रदान गर्ने भएकाे छ ।
स्याङयोङ मोटर्सले ल्यायो नयाँ वर्षमा नयाँग्राहक योजना
काठमाडौं । नेपालको लागी स्याङयोङ मोटर्सको आधिकारिक विके्रता एवंम आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना ल्याएको छ । आफ्नो स्थापना बर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुँदै आएको छ। कम्पनि संग लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक र एमपिभिहरू छन् । कम्पनिले संसारभरी करिब १ हजार ६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात संजाल रहेको उक्त मोटर्स नेपाली बजार स्थापित हुन लागेको हो । स्याङयोङ मोटर्स प्रयोग गर्दा हुने फाइदा पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले ४ लाख सम्मको छुट पनि पाउन सक्नेछन । फाईनान्सको सुविधा रहेको उक्त मोटर्समा १ वर्षसम्मको नि: शुल्क बीमा गरिहेको छ । आर्थिक वर्ष २०७५/७६ को रोड ट्याक्स तिर्न नपर्ने साथै ३ वर्षको वारेन्टी रहेको छ । ५ वर्षको सम्म नि शुल्क सर्भिसिङ्ग एवंम सस्तो मूल्यमा स्पेयर्स पार्टसहरू पाइने जानकारी दिएका छन् ।
मोनोरेल बनाउँदा उपत्यकाको १ घर पनि भत्किदैंन, चक्रपथको सेतो धर्कोबाट यसरी गुड्नेछ रेलको डिब्बा
काठमाडौं । उपत्यकामा यातायात व्यवस्थापनका लागि महानगरपालिकाले मोनोरेल निर्माणको योजना सुरु गरेको छ । उच्च सवारी चाप र सार्वजनिक यातायातलाई सहज बनाउन महानगरपालिकाले मोनोरेल सञ्चालन गर्ने योजना अघि बढाएको हो । मोनोरेल निर्माण गर्दा उपत्यकाको एक घर पनि नभत्किने मेयर विद्यासुन्दर शाक्यले बताए । उनका अनुसार रेल सडकको बीच भागबाट गुड्ने भएकोले यसका पुर्वाधार निर्माण गर्दा कुनै पनि भौतिक सम्पत्तिमा असर पर्ने छैन । महानगरले रेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न चिनियाँ कम्पनी सीआरसीसी लाई जिम्मा दिएको छ । कम्पनी र महानगरको सम्झौता पत्रमा १ वर्षभित्र डीपीआर तयार गर्ने उल्लेख छ । तर मेयर शाक्यको कुरा मान्ने हो भने कम्पनीले ६ महिनामै डीपीआर उपलब्ध गराउनेछ । मोनोरेल बनाउँन महानगर उत्साहित बनेको छ । तर यसको अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने यो प्रविधि दर्लभ हुदैं गएको छ । बीबीसी नेपाली सेवाले तयार पारेको १ रिर्पोटमा यो प्रविधिले भविष्यमा फाइदा दिनेमा शंका गरेको छ । तुलनात्मक रुपमा खर्चिलो मानिएको यो रेल उपत्यका बासीले दिर्घकालसम्म कसरी फाइदा लिन सक्छ भन्ने प्रश्न उठेको छ । पूर्वाधारविद्हरूले त्यो परियोजना संघीय राजधानी शहरमा सोचेजस्तो उपयोगी नहुन सक्ने बताएका हुन्। विज्ञहरूका अनुसार विश्वका विभिन्न मुलुकमा मोनोरेलको अवधारणा क्रमिकरूपमा हट्न थालेको छ। उनीहरुको तर्क अनुसार निर्माण खर्चसँग मोनोरेलको उपयोगिताको तुलना गर्दा उक्त परियोजना उपत्यकामा उपयोगी नहुने आकलन गरिएको छ । मोनोरेलको आलोचना किन ? रेल विभागका पूर्व उपसचिव तथा पूर्वाधारविद् प्रकाशभक्त उपाध्याय हाल भएको सम्झौता अनुरूप प्रति किलोमिटर ४ अर्ब भन्दा बढी लगानी गरेर मोनोरेल बनाउनु भन्दा अन्य परियोजनामा खर्च गर्नु उचित हुने बताउँछन्। एक दक्षिण कोरियाली कम्पनीले गरेको अध्ययनका अनुसार प्रति किलोमिटर लगभग ५ देखि ६ अर्ब रुपैयाँ खर्च गर्ने हो भने मेट्रोरेल नै बनाउन सम्भव छ, उपाध्यायले भने। उनका अनुसार उक्त अध्ययन पनि मूलतः राजधानीको चक्रपथ र अन्य चार रुटको सम्भाव्यतातर्फ केन्द्रित थियो। लगानी मात्र नभएर भरपर्दो सवारीसाधनको हिसाबले समेत मोनोरेल उपयोगी नहुन सक्ने उनको तर्क छ। मोनोरेलको यात्रु बोक्ने क्षमता कम हुने तर यसले ओगट्ने क्षेत्र भने मेट्रो लाइन जत्तिकै हुने हुँदा उक्त परियोजना सेतो हात्ती हुन सक्ने खतरा रहेको उनले बताए। यस्तो मोनोरेल पक्षका तर्कहरु महानगरपालिकाका अधिकारीहरूले मोनोरेल परियोजना सबै निकायसँग छलफल गरेर र उचित अध्ययन गरेर अधि बढाइएको बताउने गरेका छन्। उनीहरूका अनुसार विभिन्न विकल्पबारे विमर्श गरेर नै महानगर मोनोरेल बनाउने निष्कर्षमा पुगेको हो। हालै चौडा पारिएको चक्रपथको सडकको मध्यभागमा रहेको रेखालाई नै उपयोग गरेर मोनोरेल चलाउने तयारी थालिएको हो, काठमाण्डू महानगरपालिकाका सह प्रवक्ता नमराज ढकालले बताए। उनका अनुसार सडककोबीच भागमा मोनो रेल गुड्ने र छेउका आकाशेपुल बाट यात्रुहरू उक्त सवारीमा चढ्न र झर्न सक्नेछन् महानगरपालिकाले त्यो परियोजनाको लागतमा मेट्रो चलाउन सकिने भन्ने भनाइको खण्डन गरेको छ। सह प्रवक्ता ढकालले हाल बताइएको एक खर्ब १६ अर्ब रुपैयाँ लागतको उक्त परियोजनाले ओगट्ने जग्गाको भाडा पनि हिसाब गरिएको छ उनले भने, त्यो जग्गा सरकारी सम्पत्ति भएकोले भविष्यमा मोनोरेल परियोजनाको लागत कम हुन जानेछ। यस्तो छ महानगरको तयारी काठमाण्डू महानगरपालिकाले कुल २७२ किलोमिटर लामो परियोजनाको डीपीआरको प्रतिवेदन एक वर्षभित्र तयार भइसक्ने ढकालले जानकारी दिए। काठमाडौं र ललितपुरमा अवस्थित उक्त परियोजनामा ललितपुर महानगरपालिकाको समेत संलग्नता रहेको छ। सम्भाव्यता अध्ययनका अनुसार मोनोरल परियोजना सुरु भएको ३ वर्षभित्र सम्पन्न हुने छ। उक्त मोनोरेलको तीन खण्डमा विभाजन गरेर काम अगाडि बढाइनेछ। तर पूर्वाधारविद् उपाध्यायका अनुसार रेल विभागले गरेको अध्ययनअनुसार काठमाण्डूमा पूर्व पश्चिम, उत्तर दक्षिण र चक्रपथ लगायत थप दुई रुटमा मेट्रोरेल निर्माण हुन सक्छ। त्यसो गरेर राजधानीको मुख्य सडकहरूमा सवारीको चाप घटाउन सम्भव हुनेछ। मेट्रो रेलको विकल्प खोज्ने हो भने पनि हाल विस्तारित चक्रपथका सडकमा लामो बस, डबल (डेकर) दुई तले बस र बसका लागि मात्रै सडकको दुवैतर्फ एक-एक लेन छुट्टयाउनेहो भने पर्याप्त हुने उनको बुझाइ छ। भिडीयाे
चिनियाँ कम्पनी ग्वाङसी ट्रान्समिसनसँग न्यू खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेक्का तोडियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चिनियाँ ठेकेदार कम्पनीले काम नगरेपछि तामकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्डको ठेक्का तोडेको छ । प्राधिकरणले चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँगको तामाकोसी–काठमाडौ प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्डको ठेक्का केही दिन अघि तोडेको हो । प्राधिकरणले ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको छ । यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बैक जमानत पनि जफत गरिएको आयोजना प्रमुख नवराज ओझाले जानकारी दिएका छन् । प्राधिकरणले कम्पनीसँग ११ असोज ०७३मा १२ जेठ ०७६मा निर्माण सम्पन्न गर्ने गरी १ करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र ६१ करोड ६७ लाख ३६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्वको प्रसारण लाइनको कामलाई तिब्रता दिन ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिएका थिए । तर,कम्पनीले ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको आयोजनाले जनाएको छ । ठेक्का सम्झौता भएको ७४ प्रतिशत समय सकिंदा करिब ८ प्रतिशत मात्रै भौतिक प्रगति गरेको, काम गर्न पटक–पटक दिइएको निर्देशन अटेर गरेकाले रणनीतिक महत्वको प्रसारण लाइन निर्माण अलपत्र पर्न नदिन ठेक्का टोडिएको हो’,ओझाले भने । ‘ ठेक्का तोडी नयाँ ठेकेदार छनोटका लागि ठेण्डर आहन भइसकेको आयोजना प्रमुख ओझाले जानकारी दिए । उनका अनुसार, आगामी मे भित्र ठेक्का सम्झौता गर्ने र सम्झौता भएको ८ सय २० दिनभित्रमा निर्माण सक्ने लक्ष्यका साथ काम अगाडि बढाइएको बताए । आयोजना नेपाल सरकार र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माण गर्न लागिएको हो । कम्पनीले सिन्धुपाल्चोकको बाह्रबिसेमा २२०/१३२ केभी सबस्टेसन बनाउने ठेक्का पाएको छ । प्राधिकरण र कम्पनीबीच सबस्टसन निर्माणका लागि २५ डिसेम्बर २०१७मा ८७ लाख ९३ हजार डलर र ३१ करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २४ फेब्रुअरी २०२०मा सक्ने गरी ठेक्का सम्झौता भएको हो । रामेछापको खिम्तीमा बन्न लागेको सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी डबल सर्किट प्रसारण लाइनको लम्बाई ४४ किलोमिटर छ ।बाह्रबिसे–काठमाडौं खण्डको ठेक्का भने लार्सन एण्ड टर्वोले पाएको छ ।
अमेरिकाको जिप्पो ब्राण्ड नेपाली बजारमा, एउटै लाइटरको मूल्य २४ हजार
काठमाडौं । अमेरिकाको चर्चित ब्राण्ड जिप्पो लाइटर नेपाली बजारमा प्रवेश गरेको छ । अमेरिका सहित विश्वभर लाइटरको लागि चर्चित जिप्पो ब्राण्डले नेपालका लागि आधिकारिक वितरकमा जिपाल कम्पनीलाई चयन गरेको छ । सो कार्यक्रममा जिपाल कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर मनिष मिश्रा तथा धनबहादुर तामाङ्गले नेपाली बजारमा पहिलो पटक आधिकारिकरुपमा जिप्पो ब्राण्डका लाइटरहरु उपलब्ध गराएको जानकारी दिएको छ । नेपाली बजारमा कम्पनीले न्यूनतम मूल्य रु.२ हजार ५६० देखि अधिकतम मूल्य रु.२४ हजार सम्मका जिप्पो लाइटरहरु बिक्री गर्नेछ । विश्वभर १६० भन्दा बढि देशहरुमा बिक्री हुने ओरिजिनल जिप्पो लाइटरहरु अमेरिकामा नै बनेका छन् । जिप्पोले सन् १९३२ मा एउटा लाइटर डिजाइनबाट शुरु गरेको आफ्नो उत्पादनहरु हाल वार्षिक रुपमा लाखौं यूनिट बनाउने गर्दछ । कम्पनीले सन् २०१८ सम्म आईपुग्दा ५ करोड ५० लाख भन्दा बढि युनिटहरु विश्वभरका जिप्पोप्रेमीहरुका लागि तयार पारेको छ । जिपल कम्पनीले नेपाली बजारमा जिप्पोका १ सय भन्दा बढि डिजाइनका लाइटरहरु बिक्री गर्नेछ । त्यसै गरि कम्पनीले खरिद कर्ताको आफ्नै नाममा वा अर्डर अनुसारको नाम खोपेर समेत जिप्पो लाइटर किन्न सकिने छन्र । जिपल कम्पनीले नेपाली बजारमा अमेरिकाबाट जिप्पो ब्राण्डका उत्पादनहरु आयात तथा बिक्री वितरण गर्नेछ । नेपालका लागि जिप्पोका बजार प्रतिनिधि, नेपाली कम्पनी जिपाल कम्पनीका अधिकारीहरुको उपस्थिती रहेको थियो ।
सानिमा लाईफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच बैंकास्याेरेन्स सम्झौता
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच बैंकास्याेरेन्स संझौता भएको छ । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट महा प्रबन्धक शिवराम तिमल्सिना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सानिमा लाईफ इन्स्योरेन्सका नायव महा प्रबन्धक केशव राज के.सी तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको समेत उपस्थिति रहेको थियो । सम्झौता अनुसार ग्राहकहकहरुले एनआईसी एसिया बैंकका २७८ वटै शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको प्रविधि युक्त आधुनिक स्तरको उत्कृष्ट जीवन बीमा सेवा उपभोग गर्न सक्नेछन् ।