नेपाल एसबिआइमा सञ्चालक परिवर्तन, संचय कोषको प्रतिनिधित्व गौतमले गर्ने
काठमाडौँ । नेपाल एसबिआइ बैंक लिमिटेडमा सञ्चालक परिवर्तन भएको छ । सो बैंकको संस्थागत शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट दीपक रौनियारको स्थानमा अर्जुनकुमार गौतमलाई मनोनित गरी पठाएको जनाइएको छ । साथै, बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले गौतमलाई सञ्चालकका रुपमा नियुक्त गरेको बैंकले जनाएको छ ।
सिन्धु विकास बैंकको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन
काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । पुस २८ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी श्रेष्ठ सहित निभा डंगोल श्रेष्ठ र कर्मचारी सञ्चय कोष सञ्चालक समिति सदस्य निर्वाचित भएको थियो । साथै, पुस २९ गते ज्येष्ठ सञ्चालक राजेन्द्रप्रसाद पोखरेलको संयोजकत्वमा बसेको बैठकले राजेन्द्रकुमार श्रेष्ठलाई अध्यक्षमा चयन गरेको कम्पनी सचिव पुष्कर जिसीले जनाएका छन् ।
आरएसडीसी लघुवित्तमा चार जना सञ्चालक निर्वाचित, दाहाल अध्यक्षमा चयन
काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाका पुस २९ गते सम्पन्न पाँचौ साधारण सभाले चार जना सञ्चालक निर्वाचित गरेको छ । संस्थापक शेयरधनी(समूह-क) को तर्फबाट प्रतिनिधित्व गर्ने ग्रामीण स्वावलम्बन विकास केन्द्रको तर्फबाट राजेन्द्रप्रसाद दाहाल, बैंक अफ काठमाडौँ लिमिटेडका तर्फबाट चन्द्रराज शर्मा र व्यक्तिगत लगानीकर्ताका तर्फबाट विष्णुप्रसाद पौड्याल र हरिप्रसाद भट्टराईलाई निर्वाचित गरेको कम्पनी सचिव दामोदर जोशीले जनाएका छन् । यसैबीच, पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले राजेन्द्रप्रसाद दाहाललाई अध्यक्षमा चयन गरेको छ ।
बझाङको खप्तडछान्ना गाँउपालिकामा प्राइम कमर्सियल बैंकको नयाँ शाखा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाँउपालिकामा शाखाको शुरुवात भएको छ । यस शाखाको सञ्चालन पछि बैंकको शाखा कार्यालय संख्या ७३ पुगेको छ । बझाङको खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्कबहादुर रोकायाले शाखा कार्यालय खप्तडछान्नाको उद्घाटन गरेका छन् । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार एवं निरन्तर सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जानकारी दिएको छ ।
अपर तामाकोशीको शेयर कारोबार रोकियो, १४००० कित्ता कारोबार रद्द हुने
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर कारोबार रोकिएको छ । अाइतबारदेखि मात्र सुरु भएकाे उक्त कम्पनीकाे शेयर काराेबार प्राविधिक कारणले नेप्सेले राेकेकाे हाे । सिस्टममा भएकाे प्राविधिक समस्याको फाइदा उठाउँदै ५० प्रतिशतसम्म मूल्य बढेर कारोबार गरिएपछि नेप्सेले उक्त शेयरको कारोबार आजको लागि रोकिदिएको बताइएकाे छ । आज उच्च मूल्यमा १४ हजार ३ सय ९५ कित्ता कारोबार भइसकेको छ । ती सबै कारोबार रद्द हुने र भोलि हिजोकै क्लोजिङ मूल्यअनुसार कारोबार हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । उनले अाेपन रेञ्ज दिँदाकाे सिस्टम अनुसार नै काराेबार भएकाेले त्यस्ताे समस्या देखिएकाे भन्दै अन्य काराेबारहरु भने नियमित हुने बताए ।
अमेरिकी आग्रहमा हुवावेको सेवा बहिष्कारबारे यूरोपमा के आयो प्रतिक्रिया ?
पेरिस, फ्रान्स । हुवावेको फाइभ–जी टेलिकम सामग्रीलाई बहिस्कार गर्न गरिएको अमेरिकी आग्रहमा मिश्रित प्रतिक्रिया आएका छन् । केही मुलुकका सरकारले हुवावेले जासूसी गरेको आशङ्कालाई खण्डन गरेका छन् भने केहीले प्रतिबन्धको समर्थन गरेका छन् । कम्पनीका लागि पछिल्लो चुनौतिका रूपमा रहेको उक्त बिषयमा पोल्याण्डमा कार्यरत एक जना कर्मचारीले चीनका लागि जासूसी गरेको आरोप लगाइएपछि उनलाई कम्पनीले पदबाट बर्खास्त गरेको थियो । “उहाँमाथि लगाइएको आरोपको कम्पनीसँग कुनै सम्बन्ध नरहेको,” हुवावेले एएफपीलाई फ्याक्समार्फत उपलब्ध गराएको विज्ञप्तिमा भनिएको छ । हुवावेको संस्थापककी छोरीलाई यस पहिले नै अमेरिकी अनुरोधमा क्यानाडाबाट पक्राउ गरिएको थियो । अमेरिकाले हुवावेमाथि सुरक्षा चासो देखाउँदै उसलाई अन्तराष्ट्रिय रूपमा कालो सूचीमा राख्ने प्रयास गरेको छ । विश्लेषकहरूले बताए, “यसबारे कतिपय एसियाली तथा प्रशान्त क्षेत्रका मुलुकहरूले वासिङ्टनको हुवावेमाथि प्रतिबन्ध लगाउने आह्वानप्रति समर्थन जनाएका छन् । तर यूरोपमा भने यसको प्रभाव सुक्ष्मभेदी देखिएको छ किनकि हुवावेको फाइभ–जी सेवा क्षमताहरू साह्रै नै आकर्षक छन् । तिनीहरू स्वीडेनको एरिक्सन, फिनल्याण्डको नोकिया र दक्षिण कोरियाको सामसुङकाभन्दा निकै अघि छन् ।” पाँचौ पुस्ताको (फाइभ–जी) प्रबिधिले ताररहित सञ्चार गतिमा गुणात्मक फड्को मार्न सक्षम बनेको छ र यो स्वचालित कारलगायतका इन्टरर्नेटजन्य विकासका लागि महत्वपूर्ण मानिएको छ । त्यसैले यूरोपले जतिसक्दो छिटो उक्त प्रबिधिलाई बिस्तार गर्न चाहन्छ । “प्रबिधिको सञ्चालकहरूले विकल्पहरूको खोजी गरिरहेका छन् र हुवावेको सेवालाई थप नवीन र सम्भवतः फाइभ–जी का लागि उत्तम विकल्प मानेका छन्,” फिच सोलुसनका विश्लेषक डेक्सटर थिलियनले भने । अमेरिकासहित जापान र अष्टे«लियाले फाइभ–जी इन्टरनेट सञ्जाल विस्तारमा नै रोक लगाएका छन् । तर पोर्चुगल, नर्वे, बेलायत, स्पेन, जर्मनी, पोल्याण्डलगायतका देशहरूमा यसका सेवा रूचाइएको छ । यूरोपमा हुवावेको बजार बढ्ने सम्भावना व्यापक छ भने मध्यपूर्व र अफ्रिकामा २७ प्रतिशत बजार हुवावेको रहेको छ । रासस/एएफपी
सिभिल लघुवित्त वित्तीय संस्थाकाे ४ प्रतिशत बोनस शेयर पारित
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको साधारण सभाले बोनश शेयर तथा नगद लाभांश पारित गरेको छ । काठमाडौंमा सम्पन्न सस्थाको सातौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४ प्रतिशतले बोनश शेयर जारी गर्ने र ३.८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सो पश्चात कायम हुने जारी तथा चुक्ता पूँजी रु. ११ करोड ४१ लाख १४ हजारको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारितसँगै आर्थिक वर्ष ०७५/०७६ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गरेको छ । सिभिल बैंकको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाको २०७५ साल मंसिर मसान्त सम्म कूल सदस्य संख्या १९ हजार ९ सय, लगानीमा रहेको कर्जा रकम रु. ६७ करोड १४ लाख छ । हाल संस्थाले ३५ वटा शाखा कार्यालयहरु मार्फत २३ जिल्लामा लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
खुला विश्वविद्यालयमा विद्यार्थीको उत्साहपूर्ण सहभागिता, २ वटा नयाँ विषय थपिँदै
काठमाडौँ । नेपालकाे पहिलाे विश्वविद्यालयकाे रुपमा रहेकाे नेपाल खुला विश्वविद्यालयमा विद्यार्थीहरुकाे उत्साहपूर्ण सहभागिता देखिएकाे छ । विश्वविद्यालयमा यस वर्ष कुल ६२६ जना विद्यार्थी अनलाइनकाे माध्यमद्वारा नियमित रुपमा पढिरहेका बताइएकाे छ । खुला विश्वविद्यालयमा स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न ७४० विद्यार्थीले आवेदन दिएका थिए । खुला विश्विद्यालय पहिलो पटक सञ्चालनमा आएकाले धेरै विद्यार्थीले भर्ना हुन इच्छा देखाए पनि स्रोत र साधनको सीमितताले सिमीत विद्यार्थीहरुलाई मात्रै लिएको बताए । भर्ना भएका विद्यार्थीमध्ये ९५ प्रतिशत नियमित अध्ययनमा सहभागि रहेकाे विश्वविद्यालयले जनाएकाे छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माका अनुसार ३ अाेटा संकायमा कुल १६ अाेटा विषयमा उक्त संख्यामा विद्यार्थीले अध्ययन गरेका हुन् । उनले देशलार्इ अावश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले विद्यार्थीमैत्री वातावरण सिर्जना गर्न विश्वविद्यालय अग्रसर भएकाे र यसमा विद्यार्थीकाे सहभागिताले उत्साहित बनाएकाे बताए । ‘हामीले विद्यार्थीको चाहाना र माग अनुसर म्यानेजमेन्ट एमफील पिएचडी र कानुन संकायको डिप्लोमा कोर्ष ल्याउने तयारीमा लागेको हो । सोचेकोभन्दा पनि बढी विद्यार्थीहरुले खुला विश्वविद्यालयमा चासो र सहभागिता जनाएका छन्, यसले हामीलार्इ थप हाैसला मिलेकाे छ ।’ उपकुलपति शर्माले भने । खुला विश्वविद्यालयका कुल सचिव कमल ढकालका अनुसार सामाजिक शास्त्र तथा शिक्षामा संकायमा विभिन्न १० वटा विषयमा ३१३ जना अध्ययन गरिरहेका छन् । विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायमा एमफिल इन आईसीटीमा ४० जना र मास्टर्स इन इ–गर्भनेन्समा ५२ जनाले अध्ययन गरिरहेका छन् । दुबै विषयमा गरि सो संकायमा ९२ जनाले अध्ययन गरिरहेको बताए । व्यवस्था तथा कानुन संकायमा ४ वटा विषयमा २२१ जनाले अध्ययन गरिरहेको छन् । यस्तो छ खुल्ला विश्वविद्यालयमा विषय अनुसारको शुल्क कोर्ष सम्पन्न गर्न न्युनतम २४ हजार ४०० देखि १ लाख ६७ हजार ३०० लाग्नेछ । खुला विश्वविद्यालयमा किस्तामा पनि पढ्न सकिनेछ । यो शुल्क अन्यको भन्दा सस्तो भएको विश्वविद्यालयको दाबी छ । खुला विश्वविद्यालयमा विद्यार्थीले कसरी अध्ययन गर्छन त ? मुडलको युजर आईडीमा जुनसुकै स्थानमा रहेर पनि आफ्नो अनुकुलता अनुसार बुझ्न सकिन्छ । नबुझेका कुरा विद्यार्थीले पढाई भैरहेको बेला मुडलमार्फत प्रश्न गर्न सक्छ । गरेका प्रश्नको उत्तर दिन सक्ने कोही छ भनेर सोध्छौं । तर त्यसको उत्तर राम्रो आएन भने शिक्षकले नै प्रश्नको उत्तर दिने छन् । हामीले कुनै पनि विषयको पढाई हुनु भन्दा पहिले नै यो दिन यो विषयको यो शिक्षकले पढाउने छन् भनेर मुडलमा जानकारी हुन्छ । र विद्यार्थी त्यो समयमा आउन सकेन भने पनि उसले त्यो सामाग्री पछि मुडलमा हेर्न सक्छन् र नबुझेका प्रश्न गर्न सक्छन् ।