विकासन्युज

एचआरडीका लागि कर्मचारीलाई तालिम

काठमाडौं । मानव शंशाधन विकास (एचआरडीं) का लागि इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालि नेपालले आफ्ना कर्मचारीहरुलाई तालिम दिएको छ । भारतीय विज्ञ डा श्रीकान्त त्यागीले कम्पनीका कर्मचारीहरुलाई कुनै पनि काममा सफल हुनका लागि चाहिने सुत्रहरु सुनाएका थिए । जोकोहीसँंग भेटघाटमा जाँंदाका सुरुका केही सेकेण्ड समय महत्वपूर्ण हुने चर्चा गर्दै उनले त्यसका लागि पाँंच ज्ञानेन्द्रहरुकोबारेमा विशेष ध्यान दिनुपर्ने बताए । ड्रेसअपलाई विशेष ध्यान दिई मुस्कानका साथ अभिभावदन गर्नु पहिलो आवश्यकता रहेको अनुभब उनले सुनाए । उनले व्यक्तित्वको प्रभाबको चर्चा गर्दै सुरुका १० बीस सेकेण्ड समयलाई विशेष रुपमा उपयोग गर्नुपर्ने खाँंचो औल्याए । कार्यक्रममा आयोजक इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिका अध्यक्ष विश्वराम कवाँंले बोली, पोशाक, समय अनि कन्फिडेन्सलाई विशेष ध्यानदिनुपर्ने आवश्यकता औंल्याए । ठिक समयमा ठिक काम गर्ने मानिस सफल हुने चर्चा गर्दै उनले ठिक समयमा गई भेटघाटलाई व्यवस्थित पानुपर्ने महत्वबारे विशेष चर्चा गरेका छन् । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी इन्जिनियर कृष्णभक्त दुवालले तालिमको महत्वबारे चर्चा गर्दै कम्पनीका कर्मचारी नै कम्पनीको पहिचान रहेको बताए । त्यसकारण कम्पनीको कर्मचारीको व्यक्तित्व विकासका लागि समयसमयमा विशेषज्ञबाट कर्मचारीहरुलाई तालिम दिंदै आएको उनले जनाए ।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- ‘ह्याप्पी भ्यालेन्टाइन डे !’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै नवयुवा तथा युगल जोडीलाई भ्यालेन्टाइन डेको शुभकामना दिएका छन् । करिब ५० मिनेट लामो सम्बोधनका क्रममा अधिकांश समय एक वर्षमा गरेका केही राम्रा काम, आश्वासन र विपक्षीप्रतिको आलोचनामा खर्चिएका ओलीले सम्बोधनलाई टुङ्ग्याउँदै भने – ‘म यहाँहरु सबैलाई धन्यवाद भन्न चाहन्छु, नयाँ पिढीका हाम्रा भाइबहिनीहरुलाई ह्याप्पी भ्यालेन्टाइन डे समेत ।’

नागरिक लगानी कोषको मितव्ययीता अभियान शुरू, भत्ता रकम कटौती

काठमाडौं । नागरिक लगानी कोषले कार्य संचालनमा मितव्ययीता अभियान शुरु गरेको छ । सो सन्दर्भमा कोषको विद्यमान विभिन्न समिति/उपसमितिका संख्याहरु घटाउनुको साथै भत्ता रकम समेत कटौती गरेको छ । संचालक समितिका सदस्य संयोजक/सदस्य रहेका प्रत्येक समिति/उपसमितिहरुमा सबै सदस्यलाई संचालक सरह भत्ता दिने गरेकोमा कोषका कर्मचारी सदस्यहरुको भत्ता प्रति व्यक्ति १ हजार रुपैयाँ कटौती गरिएको छ । त्यसैगरी गैर कार्यकारी संचालक तथा कोष बाहिरबाट प्रतिनिधित्व गर्ने व्यक्ति सदस्य नरहेका समिति/उपसमितिहरुको बैठक भत्ता नरहने व्यवस्था गरेको छ । कोषले खर्चमा मितव्ययीता ल्याउन कोष संचालक समितिका अध्यक्षले पाउने इन्धन सुविधामा प्रति महिना २०० लिटरबाट कटौती गरी १७५ लिटर कायम गरेको छ । साथै कोषले क्रमशः खर्चमा मितव्ययीता कायम गर्दै सुरक्षित, मुनाफामुखी तथा दीगो लगानीको व्यवस्थापन गरी सेवाग्राहीलाई थप प्रतिफल प्रदान गर्ने पहल समेत गरेको पाइएको छ । कोषको कार्यलाई चुस्त र प्रभावकारी बनाउनको लागि कोषले सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने नीति लिएको कोषको सूचना अधिकारी उद्धव सिलवालले बताए ।

नगर विकास कोष ३१औं वर्षमा प्रवेश, साढे १२०० भन्दा बढी आयोजनामा लगानी गर्न सफल

काठमाडौं । २०४५ सालमा सरकारको करीव १.२९ करोड इक्वीटी शेयरबाट थालनी भएको नगर विकास कोषले हाल ३१औँ वर्षमा प्रवेश गरेको छ । कोषले नेपालमा शहरी क्षेत्रको पुर्वाधार विकास गर्न नगर विकाससँग आवद्ध संस्थाहरुलाई आर्थिक र प्राविधिक सहयोग मार्फत स्थानीय तहको पूर्वाधार तथा क्षमता विकास गर्ने एक मात्र वित्तीय मध्यस्थकर्ता संस्थाको रुपमा चिनिदैँ आएको छ । कोषले स्थापनाकाल देखि करीब १२४८ भन्दा बढी आयोजनाहरुमा लगानी गरी १००० भन्दा बढी आयोजना सम्पन्न गरी दातृ निकायहरुको विश्वास बढाउँदै लगेको छ । २९३ वटा नगरपालिका सहित शहरीकरणको व्यापक विस्तार तथा अब्यवस्थित शहरीकरण कोषका लागि अवसर र चुनौतीको रुपमा सृजना भएको छ । कोषद्वारा लगानी हुने आयोजनाहरुको संचालन तथा ब्यवस्थापन सम्वधित नगरपालिका तथा खानेपानी उपभोक्ता संस्थाहरुवाट हुने भएकाले ति संस्थाहरुलेगर्ने आयोजनाकोतयारी, निर्माण, संचालन तथा ब्यवस्थापनमा आवश्यक पर्ने क्षमता विकास तथा समयसापेक्ष स्तरीयकरणलाई जोड दिदै नगर विकास कोषको पनि क्रेडिट प्रोफाईल तयार हुँदैछ । कोषले चालु आ.व.२०७५।७६मा ३ अर्ब ५७ करोड लगानीका लागि बजेट विनियोजन छ भने ६० प्रतिशतको हाराहारीमा रहेको कोषको ऋण असुली हाल आएर ९५ प्रतिशत पुगेको जनाएको छ । आधारभुत सेवाको रुपमा रहेको खानेपानी सेवाका लागि कोषले नेपाल अधिराज्य भरी लागत उठ्ती अवधारणा अनुसार कोषवाट ७० वटा साना शहरहरुमा कुल लागतको २५ देखि ४५ प्रतिशतसम्म ऋण लगानी गरी ५० वटा आयोजनाहरु सम्पन्न भई दिगोरुपमा संचालन भएका छन् । २० वटा आयोजनाहरु निर्माणको अन्तिम चरणमा छन् साथै उपभोक्ता संस्थाहरुले नियमितरुपमा ऋणको साँवा तथा ब्याज तिर्न सफल भएका छन् र शहरी सेवा वापत शुल्क तिर्नु पर्दछ भन्ने चेतनाको प्रबद्र्धन हुदै आएको छ । नेपालको संघीय संरचना अनुसार कोषको विद्यमान ऐन संशोधन गरी नेपाल सरकार, प्रदेश, स्थानीय तह र अन्य संस्थाहरुको समेत स्वामित्व रहने गरी रु.२० अर्व बराबरको इक्वीटी पूँजी संरचना गर्ने व्यवस्था रहेको छ । साथै, स्थानीय तहमा पूर्वाधार विकासमा दीर्घकालिन ऋण लगानी मार्फत स्थानीय आर्थिक विकास सहित राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्नका निमित्त नगर विकास कोष लाई “शहरी विकास बैंक” वा “नेपाल शहरी पूर्वाधार विकास तथा लगानी निगम”का रुपमा रुपान्तरण गर्ने योजना रहेको छ । मुलुकको वित्तीय बजार एवं नीजि क्षेत्रको पूँजीलाई शहरी पूर्वाधार विकासमा परिचालन गराउन सक्ने एक स्वायत्त एवं दीगो वित्तिय मध्यस्थकर्ता संस्थाका रुपमा विकास गराउने कोषको भावी योजना रहेको छ ।

ग्रीन डेभलपर्स नेपालले एचआरडीका लागि कर्मचारीलाई तालिम दिँदै

काठमाडौं । मानव शंशाधन विकास (एचआरडीं) का लागि इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालले आफना कर्मचारीहरुलाई तालिम दिएको छ । भारतीय विज्ञ डा श्रीकान्त त्यागीले कम्पनीका कर्मचारीहरुलाई चाहिने काममा सफल हुनका लागि चाहिने सुत्रहरु सुनाएका थिए । ड्रेसअपलाई विशेष ध्यान दिई मुस्कानका साथ अभिवादन गर्नु पहिलो आवश्यकता रहेको  उनले सुनाए । उनले व्यक्तित्वको प्रभाबको चर्चा गर्दै सुरुका १० बीस सेकेण्ड समयलाई विशेष रुपमा उपयोग गर्नुपर्ने खाँंचो औल्याए । कार्यक्रममा आयोजक इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालका अध्यक्ष विश्वराम कवाँंले बोली, पोशाक, कन्फिडेन्सलाई विशेष ध्यानदिनुपर्ने आवश्यकता औंल्याए । ठिक समयमा ठिक काम गर्ने मानिस सफल हुने चर्चा गर्दै उनले ठिक समयमा गई भेटघाटलाई व्यवस्थित पानुपर्ने महत्वबारे विशेष चर्चा गरे । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी इन्जिनियर कृष्णभक्त दुवालले तालिमको महत्वबारे चर्चा गर्दै कम्पनीका कर्मचारी नै कम्पनीको पहिचान रहेको बताए । त्यसकारण कम्पनीको कर्मचारीको व्यक्तित्व विकासका लागि समयसमयमा विशेषज्ञबाट कर्मचारीहरुलाई तालिम दिंदै आएको जनाए ।

माछापुच्छ्रेको रियल टाइममा खाता खोल्न मिल्ने ५ शाखा रहित बैंकिङ्ग सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकको रियल टाइममा खाता खोल्न मिल्ने गरि नयाँ ५ शाखा रहित बैंकिङ्ग सेवा विस्तार भएको छ । माछापुच्छ्रे बैंक लिमिटेडले चितवन, तनहुँ, लमजुङ, बागलुङर काठमाडौंमा ५ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले चितवनको इच्छाकामना गाउँपालिका (स्थितफिस्लिङमा, तनहुँको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुइपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिकास्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी, पिपलबोटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । देशभरि ६१ शाखा रहित बैकिङ्गसेवा, १५४ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुविधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित शाखा रहित सेवा केन्द्रहरुबाट खाताखोल्ने, रकमजम्मागर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदनगर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड उपलब्ध गराएको छ ।

सबै निजी अस्पतालले सेवाग्राही ठग्छन् भन्ने कुरा सत्य होइन: रवि चौधरी

रवि चौधरी : वयोधा अस्पताल ( कार्यकारी निर्देशक ) बल्खुमा ७ बर्ष अघि स्थापना भएको वयोधा अस्पताल अहिले काठमाडौँको राम्रो अस्पतालमा गनिन्छ । वयोधाको अर्थ स्वस्थ रहनु हो । ५० बेडको सो अस्पतालका कार्यकारी निर्देशक हुनुहुन्छ रवि चौधरी । बल्खु वरपर उच्च तहको सेवा दिने अस्पताल नभएकोले वयोधा अस्पताल सो स्थानमा स्थापना भएको कार्यकारी निर्देशक चौधरी बताउनु हुन्छ । कार्यकारी निर्देशक चौधरी मोटिभेशनल स्पिकर, आईएसओ मान्यता प्राप्त अडिटर पनि हुनुहुन्छ । वयोधा अस्पतालको वर्तमान अवस्था र भावी योजनाका बारेमा कार्यकारी निर्देशक चौधरीसँग विकासन्यूजका लागि डोमी शेर्पाले गर्नु भएको कुराकानी: पछिल्लो समय वयोधा अस्पताल नेपाल कै राम्रो अस्पतालमा गनिन्छ, कारण के हो ? अस्पताल वा कुनै संस्था चलाउन २–३ वटा कुरा एकदमै महत्वपूर्ण हुन्छ । सबैभन्दा पहिला पूर्वाधार राम्रो हुनुपर्छ । त्यसमा हामी सवल छौँ । अर्को कुरा दक्ष जनशक्ति हुनु पर्छ । जनशक्ति पनि हामी कहाँ राम्रो छ । अर्को हाम्रो राम्रो पाटो भनेको एउटै छातामुनी सबै किसिमको सेवा हामी कहाँ छ । यहाँ उपचार गर्न आएको ब्यक्ती अर्को अस्पताल चाहर्नु पर्दैन । उसले एकै अस्पतालमा हरेक किसिमको सेवा पाउँछ । सायद यिनै कुराहरुले गर्दा पछिल्लो समय वयोदाको स्वास्थ्य क्षेत्रमा राम्रो नाम छ । वयोधा अस्पतालले दिने बिशेष सेवा के कस्ता छन् ? हामीले टाउकोदेखि खुट्टासम्म सबैको सेवा दिने गरेका छौँ । यहाँ ब्रेन ट्युमरदेखि न्युरो, घाँटी, फोक्सो, मुटु सबै किसिमका गुणस्तरीय सेवा दिईन्छ । हाम्रो कुनैपनि सेवा त्यस्तो कमजोर छैन, अरु भन्दा फरक सेवाको कुरा गर्नु पर्दा आईसीयु छ । हाम्रोमा क्रिटिकल केयरका विज्ञहरु हुनुहुन्छ, जसले कुनैपनि समय तपाईंलाई राम्रो सेवा दिनसक्नु हुन्छ । अहिले हामीसँग बच्चाहरुको लागि पेडियाट्रिक आईसियुको कमी छ । त्यस्तै नर्सिङ सेवा, हाउसकिपिङ, जुनै समयपनि डाक्टर उपलब्ध हुने यहाँको राम्रो पक्ष हो । वयोधामा लाग्ने शुल्कको अवस्था के कस्तो छ ? हाम्रोमा के को सेवा लिने हो, शुल्कको कुरा त्यसमा निर्भर गर्छ । रगत परीक्षण, एक्स–रे, सिटी स्क्यान जस्ता सेवामा फरक रकम तोकिएको हुँदैन । बेडको शुल्कमा भने फरक फरक रेट तोकिएको छ । बिरामीलाई कस्तो बेडमा बस्न मन छ, त्यहीँ अनुसार हामीले उनीहरुलाई चार्ज गर्ने गर्छौं । हाम्रोमा साधारण खर्चमा पनि बस्न सकिन्छ र उच्च तहको मानिसले आफ्नो क्षमता अनुसारको रकम तिरेर बस्न पनि सक्नु हुन्छ । भविश्यमा सेवा विस्तारको योजना कस्तो रहेको छ ? सेवा विस्तारको कुरा गर्नु पर्दा हामीले बीरगञ्जमा सेवा विस्तार गरिसकेका छौं । त्यहाँ हामीले १५० शैयाको अस्पताल संचालन गर्न लागेका हौ । अबको २ महिना भित्रमा त्यहाँ एउटा सुविधा सम्पन्न अस्पताल नै हुनेछ र मलाई लाग्छ त्यो भ्याली बाहिरको एउटा मोडल अस्पताल नै हुनेछ । हामीले हाल यहाँ स्पाईनल सर्जरीको सेवा थप गरेका छौँ । सबैजना प्राईभेट अस्पताल चोर, फटाहा हो भन्छन्, तर अन्त्यमा जाने भनेको प्राईभेट अस्पताल नै हो । होला, कसैले ठग्ला तर १०० जनामा २–३ जनाले ठग्यो भन्दैमा सबैलाई चोर, फटाहा भनेर भन्न मिल्दैन । नेपालमा अस्पताल सञ्चालन गर्दा के-के समस्या छन्, कस्तो अनुभूति गरिरहनु भएको छ ? निजी अस्पतालले सेवाग्राहीलाई ठग्छ भन्ने आम धारणा बनिसकेको छ । यो कुरा सही होइन । उदाहरणको लागि  नेपालको ५–६ वटा उच्च स्तरका अस्पतालमा आईसियु सेवाको चार्जको कुरा गर्ने हो भने ६-१० हजारको बीचमा हुन्छ । त्यही कुराको दिल्लीमा चार्ज दोब्बर लाग्ने गर्दछ । मानिसहरु सुविधा भने उच्च स्तरको खोज्नुहुन्छ अनि चार्जको कुरामा महंगो भयो, ठगी गरियो भन्ने गर्नु हुन्छ यो ठीक हो त ? यदी मैले एउटा बिरामीको लागि दुईजना नर्स खटाए भने त्यो दुईजना नर्सको त पैसा दिनु पर्यो नि होईन र ? यस्तो खाले समस्या छन् । अस्पतालहरुमा नर्सलाई ६–६ महिनासम्म पैसा दिईएन भन्ने समाचारमा सुन्न आउँछ । कसरी कोही मानिसले ६–६ महिना बिना पैसा काम गर्छ ? म भएको भए त गर्दै गर्दिन थिएँ । सबैजना प्राईभेट अस्पताल चोर, फटाहा हो भन्छन्, तर अन्त्यमा जाने भनेको प्राईभेट अस्पताल नै हो । होला, कसैले ठग्ला तर १०० जनामा २–३ जनाले ठग्यो भन्दैमा सबैलाई चोर, फटाहा भनेर भन्न मिल्दैन । अब आईसीयुमा नर्सहरु कहिलेकाही खानापनि खान पाउनु हुन्न, बिरामीलाई केही होला भनेर हेरचाह गरेर बस्नुहुन्छ । बिरामीको उपचारमा ध्यान दिन नपाएर बिरामीको आफन्तको कुरा छिनछिनमा सुन्नु पर्ने हुन्छ । भेट्न पनि एक दुई जना होइन १० जना एकैचोटी आउनुहुन्छ, बाबा अस्पताल त पार्क होइन नि ? आफुले गरेको गल्ती नबुझ्ने, ठूलो ठूलो स्वरमा फोनमा कुरा गर्दिने, गुगलबाट रिसर्च गरेको कुरा डाक्टरलाई सोधी दिने, अब डाक्टरले बिरामी हेर्ने कि आफन्तको कुरा सुन्ने । यी तरिकाहरु गलत छन् र अस्पतालका लागि समस्या र चुनौति हुन् । केही समय अगाडिको कुरा हो, एउटा मानिस उपचारको लागि अस्पतालमा डाक्टर ढिलो आयो भनेर पूरा झगडा गर्नुभयो । डाक्टर ईमरजेन्सीमा बिरामी जाँच्दै हुनु हुन्थ्यो, तर उक्त मानिस अरुको कुरा नसुनेर मैले पैसा तिरेको छु मलाई डाक्टर चाहियो रे । पैसाले डाक्टर किन्छ ? पहिला ईमरजेन्सीलाई हेर्ने कि सामान्य बिरामीलाई ? हाम्रो पनि कमिकमजोरी होला र हामी त्यसलाई सुधार्न तयार छौ, तर जतिखेर पनि अस्पताललाई मात्र यस्तोउस्तो भनेर भन्नु भएन नि । अस्पताल वा कुनै संस्था चलाउनलाई २-३ वटा कुरा एकदमै महत्वपूर्ण हुन्छ । सबैभन्दा पहिला पूर्वाधार राम्रो हुनु पर्छ । त्यसमा हामी सवल छौँ । अर्को कुरा दक्ष जनशक्ति हुनु पर्छ । जनशक्ति पनि हामी कहाँ राम्रो छ । अर्को हाम्रो राम्रो पाटो भनेको एउटै छातामुनी सबै किसिमको सेवा हामी कहाँ छ । अस्पताल क्षेत्रमा के कस्ता चुनौतीहरु रहेका छन् ? अस्पतालले भोग्नु परेको सबैभन्दा ठूलो चुनौती भनेको जनशक्ती व्यवस्थापन हो । हामीहरुले लाखौं खर्च गरेर नर्सहरुलाई तालिम दिएर सक्षम बनाएर राखेका हुन्छौं, तर अन्त्यमा उनीहरु अनुभव बटुलेर अस्ट्रेलिया, अमेरिका, युके जान्छन् । बिरामीको उपचारको लागि त नर्सको सबैभन्दा ठूलो भूमिका हुन्छ । डाक्टरले त दिनमा बिहान १ घण्टा, दिउँसो १ घण्टा, साँझ १ घण्टा आएर केही कुरा मिलाइदिने हो, तर नर्सले त उसलाई पुरै दिन हेर्नुपर्ने हुन्छ । उनीहरु गएपछी फेरी हामीले नयाँ टिमको खोजी गर्नुपर्ने हुन्छ । यो चाँही सायद हामी अस्पताल क्षेत्रका सबैको समस्या र चुनौती यो हो जस्तो लाग्छ मलाई । अस्पतालमा कति कर्मचारी कार्यरत छन् ? हाम्रो सिनियर डाक्टर बाहेक यहाँ लगभग ३५० जनालाई हामीले रोजगार दिईरहेका छौं । हामी कहाँ डाक्टर भने ५० जना भन्दा बढी हुनुहुन्छ । बिरामीको उपचारमा ध्यान दिन नपाएर बिरामीको आफन्तको कुरा छिनछिनमा सुन्नु पर्ने हुन्छ । भेट्न पनि एक दुई जना होइन १० जना एकैचोटी आउनुहुन्छ, बाबा अस्पताल त पार्क होइन नि ? आफुले गरेको गल्ती नबुझ्ने, ठूलो ठूलो स्वरमा फोनमा कुरा गर्दिने, गुगलबाट रिसर्च गरेको कुरा डाक्टरलाई सोधी दिने, अब डाक्टरले बिरामी हेर्ने कि आफन्तको कुरा सुन्ने । अस्पतालको बोर्डमा को को हुनुहुन्छ, भन्न मिल्छ ? हाम्रो बोर्ड मेम्बर साईलेन्ट बोर्ड मेम्बर रहेको छ । अस्पताल चलाउने सबै जिम्मा म माथि रहेको छ । विभिन्न विभागको लागि विभागीय प्रमुख छुट्टाईएको छ । औषधीको विभागीय प्रमुख डा. प्रकाशराज पाण्डे हुनुहुन्छ, कार्डियोलोजी विभागिया प्रमुख डा. कुनालविक्रम शाह हुनुहुन्छ, सर्जरीको विभागीय प्रमुख डा. रामनाथ सिंह हुनुहुन्छ । त्यसैगरी नाक, कान, घाँटीको विभागीय प्रमुख डा. किरण राई हुनुहुन्छ भने अर्थोपेडिक विभागीय प्रमुख डा. अभय यादव हुनुहुन्छ । त्यस्तै, कार्डियोलोजी विभाग प्रमुखमा डा. कुनाल विक्रम शाह हुनुहुन्छ । हाम्रो अस्पताल अरु भन्दा फरक किसिमले चलिरहेको छ । हामी बोर्ड मेम्बरलाई भन्दापनि हरेक विभागबाट विभागीय प्रमुखबीच छलफल गरेर अगाडि बढ्छौं ।

एभरेष्ट बैंकको एक अर्ब ९१ करोड बढीको संस्थापक सेयर कारोबार, कसले किन्यो ?

काठमाडौं । सेयर बजार घटेको दिन एभरेष्ट बैंक लिमिटेडको ठूलो परिमाणमा संस्थापक(प्रमोटर) सेयर किनबेच भएको छ । बैंकको एकैदिन(बिहीबार) एक अर्ब ९१ करोड ७६ लाख ३९ हजार ३७५ रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको हाे । बिहीबार ब्रोकर नम्बर ५८(नासा सेक्युरिटज कम्पनी) र ब्रोकर नम्बर ४९(अनलाइन सेक्युरिटज प्रा.लि) मार्फत ठूलो परिणाममा एभेष्ट बैंकको प्रमोटर सेयर कारोबार भएको हो । बैंकको एकैदिन भएको तीनवटा कारोबारमा प्रतिकित्ता २६५ रुपैयाँमा कुल ७२ लाख ३६ हजार ३७५ कित्ता सेयर किनबेच भएको छ । पहिलो कारोबारमा अनलाइन सेक्युरिटजले नासा सेक्युरिटज मार्फत प्रतिकित्ता २६५ रुपैयाँमा १६ लाख ५९ हजार ५६२ कित्ता सेयर किनेकाे छ । नासाले अनलाइनलाई कुल ४३ करोड ९७ लाख ८३ हजार ९३० रुपैयाँको बैंककाे संस्थापक सेयर बेचेको हो । त्यस्तै, दोश्रो कारोबारमा नासाले अनलाइन सेक्युरिटीजमार्फत ९५ करोड ८८ लाख १९ हजार ८२० रुपैयाँ बराबरको सेयर किनेकाे छ । नासाले पनि प्रतिकित्ता २६५ रुपैयाँमा ३६ लाख १८ हजार १८८ कित्ता सेयर किनेकाे हाे । त्यसैगरी, अर्को कारोबारमा पुनः अनलाइन सेक्युरिटजले नासा सेक्युरिटज मार्फत प्रतिकत्ता २६५ रुपैयाँमा १९ लाख ५८ हजार ६२५ कित्ता सेयर किनेकाे छ । उक्त कारोबारमा ५१ करोड ९० लाख ३५ हजार ६२५ रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । बजारमा लामो समयपछि २ अर्ब बढी रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार कुल १६४ कम्पनीको २ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा बिहीबारको बजार ८.२१ अंकले घटेर १११२.८७ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले घटी हो ।