विकासन्युज

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक रुपन्देहीको शंकरनगर र कोटिहवामा, ११औं वर्षमा प्रवेश गर्दै

बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले तिलोत्तमा नगरपालिकाको शंकरनगर र कोटिहवामा शाखा कार्यालयको उद्घाटन गरेको छ । शंकरनगर शाखा कार्यालयको उद्घाटन प्रदेश नम्वर ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले गरेका छन् । त्यस्तै, कोटिहवा शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले गरेका हुन् । कार्यक्रममा मन्त्री गिरीले जनता मार्फत बैंकहरुले संकलन गरेको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउन र सरकारले तर्जुमा गरेका योजनामा लगानी गर्न वित्तीय संस्थाको महत्वपूर्ण भुमिका रहने बताए । उनले कृषिलाई प्रमुख आधार बनाई उद्योग र पर्यटनका माध्यमबाट प्रदेशको समृद्धि सम्भव रहेकाले तिनै क्षेत्रमा लगानी गरी समृद्धिको अभियानको सहयात्री बन्न पनि बैंकलाई आग्रह गरेका छन् । तिलोत्तमा व्यापार संघका अध्यक्ष जे.पी. कण्डेलले स्थानीय लगानी र रोजगारमा आधारित यस विकास बैंकबाट व्यवसायीहरुले सहज र सरल सुबिधा प्राप्त गरेको जानकारी दिएका छन् । सोही अवसरमा बैंकले शंकरनगरका स्थानीय जेष्ठ नागरीकहरु १ सय वर्षीय गायत्री ज्ञवाली, ९३ वर्षीय लालबहादुर खड्का, ८९ वर्षीय कविराज गुरुङ्ग, ८७ बर्षीय पुर्णभद्र तिवारी र ८६ बर्षीय सुमित्रा पोखरेल तथा स्थानीय शान्तिटोल आमा समुहका अध्यक्ष सिता अर्याल, कालिका परोपकारी आमा समुहका अध्यक्ष गंगा खरेल, जनजागरण आमा समुहका अध्यक्ष गोमा खड्का, स्वास्थ्य आमा समुहका अध्यक्ष सरस्वती बराल, नमुना आमा समुहका अध्यक्ष बिष्णुमाया पोखरेल र महिला उद्यमी संगिता गौतम अर्याललाई सम्मान गरेको थियो । यसैगरी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले लिएको सबै नगरबासीको बंैक खाता अभियानलाई सहयोग गर्न र बैंकको लगानीलाई नगरको समृद्धिसँग जोड्न आग्रह गरेका छन् । नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरपालिकामा लगानी क्षेत्र र सम्भावना धेरै रहेको उल्लेख गर्दै थप सम्भावनाको पहिचानका लागि नगरपालिकाले लगानी सम्मेलन गर्ने सोच बनाएको समेत जानकारी गराए । सोही अवसरमा बैंकले स्थानीय जेष्ठ नागरीकहरु ९० वर्षीय लक्ष्मी कोइराला, ८४ बर्षीय जंगबहादुर गुरुङ्ग, ८३ वर्षीय एकदेव पाण्डे, ८२ वर्षीय हरीकला पाण्डे र ८१ वर्षीय सैना गुरुङ्ग तथा प्रगतिशिल आमा समुहका अध्यक्ष लक्ष्मी घिमिरे, दुर्गा आमा समुहका अध्यक्ष राधा कोइराला, पशुपति आमा समुहका अध्यक्ष योगमाया पाण्डे र कालिका आमा समुहका अध्यक्ष मिना पाण्डेलाई सम्मान गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको जानकारी गराएका छन् । साथै, स्थापनाको १० वर्ष पुरा गर्न लाग्दा १ अर्ब ६२ करोड चुक्ता पूँजी, १६ अर्ब २५ करोड निक्षेप र १४ अर्ब ७५ करोड कर्जा रहेको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सीईओ पौडेल प्रदेश सरकार र स्थानीय सरकारसंगको सहकार्य र समन्वयमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने र प्रत्येक घरमा खाता खोल्ने गरी बैंकले योजना बनाएको बताएका छन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक आगामी फागुन ११ गते स्थापनाको १० औं बर्ष पुरा गरी ११ औं बर्षमा प्रवेश गर्दै छ ।

श्री स्टील टीएमटी उत्पादन शुरु

काठमाडौँ । केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप तथा ऊमा ग्रुप अफ इण्डष्ट्रिजको संयुक्त लगानीमा श्री स्टील टीएमटी उत्पादन शुरु भएको छ । प्रमाणित प्रविधिको प्रचुर प्रयोगले मजबुतीमा समर्पित श्री स्टील रुपन्देही जिल्लाको भैरहवास्थित आफनो कारखानाबाट उत्पादन हुने गर्दछ । यसमा प्रयुक्त स्टील फी ५०० जापानी प्रविधिबाट स्वचालित प्लान्टममा उत्पादन हुने गर्दछ । नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणले सम्वेदनशील क्षेत्रको रुपमा रहेको र विश्वमा सबैभन्दा बढी भुकम्पआइरहने देश जापानमानिर्मित यो प्रविधिपहिलो पटक श्री स्टील्स प्रालिले नेपाल भित्रयाएको छ । श्री स्टील उच्च गुणस्तरीय प्राइम बिलेटबाट बन्ने हुँदा यो अत्यन्तै भुकम्प प्रतिरोधी रहेको कम्पनीले जनाएको छ । यसका साथसाथै यसमा उच्च लचकता, उन्नत जोडाई, उत्कृष्ट बचत, उच्चशक्ति, अग्नि प्रतिरोधक क्षमता , उत्पादनमा भएको एकनासको तौल तथा लम्बाइको अनुपात एवं विश्वको उच्चस्तरीय जापानी प्रविधि जस्ता प्रमुख ८ विशेषताहरु रहेका हुुँदा हरेक निर्माणलाई एकदम मजबुत र गुणस्तरीय बनाउने बताइन्छ । श्री स्टील्स प्रा.लि.को प्रतिघण्टा उत्पादन क्षमता ४० टन रहेको छ भने दैनिक ८०० टन उत्पादन हुने गर्दछ । यो प्रविधिउच्च गुणस्तरयुक्त स्टील रिवार उत्पादन क्षमता भएको जापानीज डिजाइनमा निर्मित सिक्स स्टण्ड ब्लक मिलबाट उत्पादनहुने नेपालको पहिलो ब्राण्ड हो ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बारा जिल्लाको अमलेखगञ्जमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले बारा जिल्लाको अमलेखगञ्जस्थित नेपाल आयल निगल लिमिटेडको परिसरमा बैंकको वीरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिपकुमार यादवले एक समारोहकाबीच गरेका हुन् । कार्यक्रममा यादवले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सजिलो हुने बताएका छन् । उक्त कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित नेपाल आयल निगमको ईन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्येनजर गरी बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए । साथै, अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने, प्रभु बैंकको जुनसुकै शाखा कार्र्यालयबाट नेपाल आयल निगम अमलेखगञ्जको खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएकोले सम्पुर्ण पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई कारोबारमा सहज हुने जानकारी उनले बताए । आजदेखि सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट नेपाल आयल निगमको अमलेखगञ्जस्थित ईन्धन डिपोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरु, अन्य सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरुले पनि आफ्नै टोल छिमेकमै रहेको प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्नेछन् । बैंकको अमलेखगञ्जस्थित एक्स्टेन्सन काउण्टर कार्यालयबाट विशेष गरी पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी, स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरु लगायतले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

असल श्रम सम्बन्ध विकास गर्न रोजगारदाताहरू प्रतिवद्धः अध्यक्ष राणा

काठमाडौँ । उद्यमी व्यवसायीहरूले श्रम ऐनको सफल कार्यान्वयन हुन सकेमात्र अपेक्षा गरे अनुसार श्रम सम्बन्धलाई सहज बनाई औद्योगिक शान्ति प्रवद्र्धन गर्न बल पुग्ने बताएका छन् । उद्यमी व्यवसायीहरूले नया“ ऐनले श्रम बजारलाई गतिशिल बनाउनुको साथै श्रम सम्बन्धको विकासमा पनि ठूलो प्रभाव पार्ने हु“दा श्रम ऐनमा गरिएका व्यवस्था र यसको सफल कार्यान्वयनमा सबैको चासो हुनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तराष्ट्रिय श्रम संगठनको सहकार्यमा नया“ श्रम ऐन र सामाजिक सुरक्षा ऐनका वारे छलफल एवं जानकारी दिने उद्देश्यले आज काठमाडौमा आयोजित कार्यक्रममा सहभागी उद्यमी व्यवसायीहरूले सो कुरा बताएका हुन । अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्नुहुंदै कार्यक्रमका प्रमुख अतिथि एवं महासंघका अध्यक्ष भवानी राणाले रोजगारदाताहरू संवाद र सहकार्यको अभ्यासलाई निरन्तरता दिदै असल श्रम सम्बन्ध विकास गर्न प्रतिवद्ध रहेको बताइन् । महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल र आइएलका देशिय निर्देशक डा रिचार्ड हवार्डको पनि उपस्थिति रहेको सो कार्यक्रममा महासंघको रोजगारदाता परिषद्का सभापति एवम् महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम ऐन नियम र सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा स्थानीय र प्रदेश उद्योग वाणिज्य संघको महत्वपूर्ण भुमिका रहने भएकाले महासंघको प्रदेश च्याप्टरहरूको क्षमता विकास गर्ने योजना अन्र्तगत छलफल कार्यक्रमको आयोजना गरेको स्पष्ट पारे । रोजगारदाता परिषदका उप–सभापति भरतराज आचार्यले महासंघका प्रदेश च्याप्टरले श्रम सम्बन्ध, औद्योगिक विकास एवं रोजगारी सिर्जना जस्ता विषयमा प्रदेश सरकारका सम्बन्धित निकायस“ग कार्य गर्नुपर्ने हु“दा श्रम ऐन, नियम लगायत श्रम सम्बन्धका अन्य विविध पक्षमा जानकारी दिन सातवटै प्रदेशमा तालिम तथा गोष्ठी आयोजना गर्न कार्यक्रम तय भईसकेको जानकारी गराए । आइएलओ नया“ दिल्लीका रोजगारदाता गतिविधि सम्बन्धी वरिष्ठ विशेषज्ञ रभिन्द्र पेरिसले रोजगारदाता र श्रमिक बीचको सौहाद्रपूर्ण वातावरणमा आएको श्रम ऐन र सामाजिक सुरक्षा ऐनको सफल कार्यान्वयनबाट नेपालको श्रम बजार सम्मानजनक बन्नेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, आइएल नेपाल कार्यालयका वरिष्ठ अधिकृतहरू प्रकाश शर्मा र शलोमन राजवंशीले कार्यक्रमकाबारे जानकारी गराए । कार्यक्रममा कानूनविद अनुपराज उप्रेती र श्यामराज अधिकारीले श्रम ऐन र सामाजिक सुरक्षा ऐनका प्रावधानहरू र अर्थशास्त्री विश्व पौडेलले नेपालमा व्यवसायिक वातावरणका विषयमा प्रस्तुती दिनु भएको थियो । सोही अवसरमा महासंघका अध्यक्ष राणा, विशिष्ठ सदस्य ढकाल, रोजगारदाता परिषदका सभापति ढकाल, उपसभापति अचार्य, आइएलओका रभिन्द्र पेरिस, प्रकाश शर्माले “श्रम ऐन २०७४ योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ एवं नियमावली तथा कार्यविधि” को संयुक्त रूपमा लोकापर्ण समेत गरेका थिए ।

एस्कर्टसको “हाईड्रा १५ ४पी” क्रेन नेपाली बजारमा, बुटवलबाट सेवा शुरु

बुटवल । आइएमई अटोमोटिभ्स प्रा.लि., एस्कर्टस्ले “हाईड्रा १५ ४पी”क्रेनको बिहीबार(आज)देखि नेपालमा बिक्रि वितरण शुरु गरेको छ । कम्पनीले बुटवलअवस्थित कालिकानगरबाट एक औपचारीक कार्यक्रममार्फत उक्त सेवा शुरु गरेको हो । यस हाईड्रा १५ ४पी”क्रेनका उद्घाटनको अवसरमा एस्कर्टस डिभिजन (नेपालका) सेल्स हेड अशोक कार्की, एस्कर्टस लि. का कन्ट्री म्यानेजर राजेश्वरप्रसाद यादव साथै विक्रेता प्रतिनिधी, चैतैन्य इक्विपमेन्टका निर्देशक प्रेम प्रकाश श्रेष्ठ आदिको उपस्थिती रहेको थियो । साथै, कार्यक्रममा कन्ट्रयाक्टर एसोसियसन, रुपन्देही जिल्लाका प्रेसिडेन्ट मोहनलाल जोशीको उपस्थिति रहेको थियो । कार्यक्रम अनावरण गर्ने क्रममा जोशीले भने, “विकास गतिविधिमा आएको वृद्धिसँगै, भारी उपकरण उत्पादनको लागि ठूलो भूमिका र सकारात्मक योगदान रहनेछ ।” हेभी उपकरणहरुका उत्पादन गर्ने लामो इतिहास बोकेको एस्कर्टस्लि. ले मर्मत सम्भार गर्न सहज हुने प्रकृतिका विविध विशेषता समाहित रहेको “ हाईड्रा १५ ४पी” बजारमा ल्याएको छ जसमा देहाय वमोजिमका विशेषताहरु रहेका छन् । क्रेन एप्लिकेसनको लागि प्रयोग हुने डिजाइनको ४९.५ एचपीको इन्जिन, ५०० घन्टाको सर्भिस इन्टर्भल, रोप कम्पेन्सेसन सहितको ४ वटा पार्टस स्ल्टेड बुम, १२ टन क्षमताको ६ वटा फलविन्च, १५ मिटरको भर्टिकल उचाई, १.९ केएमपीएसको स्पिड, ८एफ प्लस २आरको गीचर बक्स रहेको छ । आइएमई अटोमोटिभ्स प्रा.लि. नेपालका लागि एस्कर्टस् हेभि उपकरण सेग्मेन्टहरुको आधिकारिक बिक्रेता हो । आइएमई अटोमोटिभ्सले आफ्ना शाखा तथा डिलरमार्फत सेल्स, सर्भिसर पार्ट्स नेटवर्क प्रदान गर्दै आइरहेको छ ।

नेपाल आइडलको कान्छा प्रतियोगी कृशल कडेलको ‘ओडेर घुम्कट’ बजारमा

काठमाडौं । नेपाल आइडल सिजन २ का कान्छा प्रतियागी कृशल कडेलको गित ओडेर घुम्कट बोेलको गित बजारमा आएको छ । कडेलकै स्वरमा सजिएको गित बिहिबार युट्युबमा सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको संगित रहेको गितमा नृपेश उप्रेतीको शब्द रहेको छ । गितको भिडियोमा कृशल कडेल र सेर्डिना शर्माले अभिनय गरेका छन् । दिपक आचार्यले निदेशन गरेको भिडियोमा तेन्जु योञ्जनले डिजाइन गरेका छन् । कडेल नेपाल आइडल सिजन २ को अन्तिम ८ सम्म पुग्न सफल भएका थिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्  

जगदम्बा मोटर्स र भाइवरबीच सम्झौता, एक क्लीकमा टिभीएस एनटर्क स्कुटर जित्ने अवसर

काठमाडौं । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स् प्रा.लि ले भाइवरसँग सहकार्य गरेको छ । भाइवरले जगदम्बा मोटर्स् ब्राण्डको टिभीएसका कस्टुमाइज स्टीकर प्याकहरु सार्वजनिक गरेको छ । अडियन्सहरुले भाइवरमा रहेको “लभ एट् फस्ट राइड” नामक स्टीकर डाउनलोड गरेर टिभीएस एनटर्क स्कुटर जित्नुका साथै थुप्रै रमाईला र आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

सामाजिक सञ्जालको गलत प्रयोगः ख्याल गरौँ १० लाख जरिवाना हुनसक्छ !

काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन ? यदि त्यसो गर्नुभएको छ भने अब कडा कारवाही हुन सक्छ । रमाइलोको लागि त हो नि, त्यो मेरै मान्छे हो भन्दै हेलचेक्रयाइँसमेत गर्न नपाइने व्यवस्था गरिएको छ । सरकारले सङ्घीय संसद्मा पेश गरेको र बुधबारदेखि छलफलसमेत शुरु भएको ‘सूचना प्रविधिसम्बन्धी विधेयक २०७५’ विधेयकले त्यस्तो कार्यलाई दण्डनीय अपराधका रुपमा व्याख्या गरेको छ । विद्युतीय माध्यमलाई सभ्य, मर्यादित एवं व्यवस्थित बनाउने लक्ष्यका साथ सरकारले उक्त विधेयक सङ्घीय संसद्मा प्रस्तुत गरेको हो । सामाजिक सञ्जाल वा विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई निरन्तररुपमा हैरानी गर्ने, जिस्क्याउने गरे त्यस्तो क्रियाकलापलाई विधेयकले दण्डनीय अपराध मान्दै कारवाहीको भागीदार बन्नुपर्ने विषयलाई स्पष्टसँग व्याख्या गरेको छ । कोही कसैलाई होच्याउने, हतोत्साहित गर्ने, अपमान गर्ने वा हप्काउने जस्ता कार्य गर्नसमेत बर्जित गरेको छ । त्यस्तो कार्य भए, गराए कसुरदारलाई कसुरको मात्रा हेरि १० लाखसम्म जरिवाना वा पाँच वर्षको कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । विधेयकको दफा ८५ मा समावेश भएको यौनजन्य दुव्र्यवहार गर्न नहुने शीर्षकमा भनिएको छ, “कसैले पनि विद्युतीय प्रणालीमार्फत कसैलाई प्रचलित कानूनबमोजिम यौनजन्य दुव्र्यवहार मानिने कुनै कार्य गर्न वा सोको लागि कसैलाई अनुचित प्रलोभनमा पार्ने वा धम्की दिनेजस्ता कुनै कार्य गर्न गर्न वा गराउन पाइने छैन । त्यस्तो कार्य गरे गराए यस्तै कसुरको मात्रा हेरी रु पाँच लाखसम्म जरिवाना, पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । विद्युतीय प्रणालीको माध्यमबाट कुनै पनि अश्लिल सामग्रीको उत्पादन, सङ्कलन, उपलब्ध रहेको जानकारी सम्प्रेषण, वितरण, प्रकाशन, प्रदर्शन, प्रसार तथा बिक्री गर्नसमेत पाइने छैन । यस्तै विधेयकले विद्युतीय प्रणालीमार्फत प्रलोभनमा पार्न नहुने र प्रणालीको दुरुपयोग गर्न नहुने विषयलाई समेत कडाइका साथ कानूनी प्रबन्ध गरेको छ । यौन शोषण गर्ने वा ठगी गर्ने वा अरु कुनै गैरकानूनी कार्य गर्ने मनसाय राखी प्रस्ताव राखेसमेत दण्ड सजायको भागीदार हुनुपर्नेछ । त्यस्तै विद्युतीय माध्यमबाट नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रियता वा राष्ट्रिय एकता, स्वाधीनता वा सङ्घीय एकाइबीचको सम्बन्ध खलल पर्न सक्ने कुनै पनि काम गर्न नपाइने व्यवस्था विधेयकले गरेको छ । त्यस्तो कसुर गरे १५ लाखसम्म जरिवाना वा पाँच वर्ष कैद तथा दुवै सजाय हुने व्यवस्था गरिएको छ । अनुमति नलिई वैयक्तिक विवरण सङ्कलन गर्न नपाइने तपाइँको विद्युतीय स्वरुपमा रहेको व्यक्तिगत विवरण कोही कसैले गलत तवरले त प्रयोग गरिरहेको छैन ? यदि छ भने अब त्यस्तो गरिनु दण्डनीय अपराध मानिनेछ । विधेयकमा प्रचलित कानूनबमोजिम बाहेक कसैले पनि विद्युतीय स्वरुपमा रहेको वैयक्तिक विवरण सङ्कलन गर्न नपाउने व्यवस्था गरेको छ । गैरकानूनी रुपमा वैयक्तिक विवरण सङ्कलन गर्नेलाई उक्त विधेयकको सूचना सुरक्षा तथा गोपनीयतासम्बन्धी व्यवस्थाले बर्जित गरेको छ । वैयक्तिक विवरण नै सङ्कलन गर्नु परेमा सो विवरण कुन प्रयोजनका लागि आवश्यक परेको हो सोको जानकारी सम्बन्धित व्यक्तिलाई अनिवार्य रुपमा गराउनुपर्नेछ । कुनै जानकारी नै नदिई गैरकानूनी रुपमा कोही कसैको वैयक्तिक विवरण लिएमा वा अनाधिकृत रुपमा प्रयोग गरेमा रू पाँच लाखसम्म जरिवाना वा तीन वर्षको कैद वा दुवै सजाय हुने विधेयकमा व्यवस्था गरिएको छ । यस्तै वैयक्तिक विवरण वा सूचना सङ्कलन गर्दा खुलाइएको प्रयोजनबाहेक अन्य प्रयोजनका लागि प्रयोग, प्रचारप्रसार तथा आदानप्रदान गरिनेसमेत प्रस्तावित विधेयकले बर्जित गरेको छ । एउटा उद्देश्य राखेर विवरण सङ्कलन गर्ने र अन्य प्रयोजनका लागि त्यस्ता विवरण प्रयोग गरिए कानूनअनुसार दण्ड सजाय भोग्नसमेत तयार रहनुपर्ने व्यवस्थालाई कानूनमा नै समेटिएको छ । खास प्रयोजनका लागि कानूनबमोजिम सङ्कलन तथा सञ्चय गरिएको वैयक्तिक सूचना सङ्कलन तथा सञ्चयको प्रयोजन समाप्त भएको ३० दिनभित्र सम्बिन्धत व्यक्तिलाई प्रत्याभूत हुने गरी नष्ट गर्नुपर्ने व्यवस्था विधेयकमा प्रस्तुत गरिएको छ । विद्युतीय स्वरुपमा रहेका सूचनाको आदानप्रदान, प्रशोधन तथा सञ्चय गर्दा प्रशोधनकर्ता, सञ्चयकर्ता र सेवा प्रदायकले गोपनीयता र अक्षुण्णता कायम गर्ने विषयलाई विशेष ध्यान दिनुुपर्नेछ । सरकारी सार्वजनिक, वित्तीय तथा स्वास्थ्यसम्बन्धी निकायले तोकिएको विवरण अनिवार्य रुपमा कानूनअनुसार नै सुरक्षित राख्नु पर्दछ । त्यस्ता सूचना देश बाहिर नजाने प्रत्याभूतिसहित सुरक्षित राख्नु पर्दछ । सरकारी निकायले जथाभावी रुपमा कम्प्युटरको प्रयोग तथा सूचना प्रणालीको प्रयोग गर्दा हेलचक्र्याइँ गर्न नपाइने व्यवस्थालाई समेत विधेयकले कडा प्रावधानसहित समेटेको छ । अनुमति नलिई तथ्याङ्क केन्द्र तथा ‘क्लाउड’ सेवा सञ्चालन गर्न नपाउने व्यवस्थासमेत विधेयकमा गरिएको छ । त्यस्ता केन्द्र प्रत्येक वर्ष नवीकरण गर्नु पर्नेछ । विधेयकले साइबर सुरक्षाको विषयलाई समेत प्रमुख प्राथमिकतामा राखेको छ । सरकारले कुनै पनि राष्ट्रिय सुरक्षा, अर्थव्यवस्था, अत्यावश्यक सेवा, आकस्मिक सेवा, स्वास्थ्य तथा सार्वजनिक सुरक्षामा समेत गम्भीर असर पु¥याउन सक्ने सूचना तथा सञ्चार पूर्वाधारलाई नेपाल राजपत्रमा प्रकाशन गरी संवेदनशील पूर्वाधार तोक्न सक्नेछ । रासस