सिद्धार्थ बैंकका एटिएममा मास्टर कार्ड नेटवर्कका कार्डहरु प्रयोग गर्न सकिने
काठमाडौँ । सिद्धार्थ बैंक विश्वव्यापी पहिचान भएको मास्टर कार्ड नेटवर्कको प्रमुख सदस्यको रुपमा आवद्ध भएसगैँ मास्टर कार्ड नेटवर्कका मास्टर कार्ड र मेस्ट्रो कार्डहरु सिद्धार्थ बैंकका कुनैपनि एटिएम मेशिनमा प्रयोग गर्न सकिने भएको छ । सो बैंकले निकट भविष्यमा नै मास्टर कार्ड डेबिट र क्रेडिट कार्ड जारी गर्ने जनाएको छ । बैंकले नगद रहित कारोवार प्रवद्र्घन गर्न हालै क्यास ब्याक योजना ल्याएको छ । त्यसैगरी उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न ७ विभिन्न प्रकारका कृषि तथा लघु उद्यम कर्जाहरु ल्याएको छ । कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरिफाइड बाई भिषा सेवापनि ल्याएको छ । बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा पनि ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ । सिद्धार्थ बैंकले हालसम्म १०८ अर्ब निक्षेप सकंलन तथा १०० अर्ब कर्जा प्रवाह गरेको जनाएको छ ।
देवः विकास बैंकको २ वटा शाखा थपिए
काठमाडौँ । देवः विकास बैंक लि.ले बारवर्दिया नगरपालिकाको वडा नं ६ मा मगरागढी शाखा कार्यालय शुरु गरेको छ । बारवर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले शाखा कार्यालय उद्घाटन गरे । बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बिशेष मन्तव्य दिनु हुँदै बारबर्दिया नगरपालिकाका प्रमुख थारुले स्थानीय उद्यमशीलता तथा कृषि क्षेत्रको विकास सँगसँगै यस क्षेत्रको आर्थिक एवं सामाजिक विकासमा देवः विकास बैकले अग्रणी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । यसैबीच, मधुवन नगरपालिकाको वडा नं. ०६ स्थित सानोश्रीमा ताराताल शाखा उद्घाटन भएको छ । फागनु २३ गते एक समारोहमा मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर केसीले शाखा उद्घाटन गरे । उपरोक्त कार्यक्रमहरुमा स्वागत मन्तव्य दिनु हुँदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्नका लागि बिस्तार गरेको बताए ।
एभरेष्ट बैंकको दाबी : शेयरधनीको १३,५०० को लगानी ३,४५,८०० पुर्यायौं
काठमाडौं । एभरेष्ट बैंकले २५ बर्षमा लगानीको २५ गुणा प्रतिफल दिन सफल भएको दाबी गरेको छ । बैंकद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष बिके श्रेष्ठले २५ बर्ष अघि स्थापना हुँदा गरेको १३,५०० रुपैंया लगानी ३,४५,८०० पुगेको भन्दै २५ बर्षमा लगानी २५ गुणा बनाउनसक्नु बैंकको सफलता भएको बताएका हुन् । कार्यक्रममा बैंकले देशभर रहेका ७ प्रादेशिकसहित ९२ शाखाहरुमार्फत् अत्याधुनिक बैंकिङ सेवा दिइरहेको दाबी गर्दै एभरेष्ट बैंकको ग्राहक संख्या १० लाख नाघेको दाबी गरिएको थियो । बैंकका ग्राहकले भारतभर रहेका पञ्जाब नेशनल बैंकबाट भुक्तानी लिन सक्ने सुविधा दिएको, इन्डो नेपाल रेमिट्यान्स सेवा उपलब्ध गराएको, भारतमा रहेका गोर्खा सैनिकहरुका लागि बहुआयामिक बचत कार्यक्रम ल्याएको भन्दै यस्ता कार्यक्रमले नेपाल र भारतलाई एक जोड्न सहयोग गरेको समेत दाबी गरिएको छ । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथ, शंखमुल, पोखरा र भैरहवामा शवदाहगृह निर्माण गर्न लागेको तथा विभिन्न विद्यालयहरुमा अत्याधुनिक शौचालय निर्माणमा सहयोग गरेको जानकारी समेत गराएको थियो । ‘भारतमा भन्दा नेपालमा ५० प्रतिशत सस्ताेमा उत्पादन हुन्छ, प्रचार गरिदिनुस्’ एभरेष्ट बैंकको एक्विटी होल्डिङ कम्पनी पञ्जाब नेशनल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल मेहेताको नेपाल भ्रमणको क्रममा उनलाई स्वागत गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भारतीय लगानीकर्ताले लगानी गर्दा आफ्नो देशभन्दा ५० प्रतिशत भन्दा बढी सस्तो पर्ने दाबी गर्दै नेपालले त्यसको प्रचार गर्न नसकेर मात्र भारतीय लगानी नेपाल भित्रन नसकेको दाबी गरे । ‘भारतको बजारलाई मध्यनजर गरेर उत्पादनमूलक कम्पनीहरुको कारखाना नेपालमा स्थापना गरेमा भारतमा तिर्नुपर्ने मुनाफाको ३४ प्रतिशत संस्थागत कर, खाद्य पदार्थमा १२ प्रतिशत र मेसिनरी पार्टपुर्जामा १८ प्रतिशत तिर्नुपर्ने बस्तु तथा सेवा करसमेत बच्ने दाबी उनको थियो । सिक्किममा १० प्रतिशत होलिडे ट्याक्स लाग्ने तर नेपालमा १ अर्ब भन्दा माथि लगानीका उद्योगहरुलाई ५ बर्षसम्म आयकर तिर्नै नपर्ने व्यवस्था रहेको भन्दै उनले सरकारले नेपालमा पाइने यस्ता सुविधाबारे प्रचार गर्नुपर्ने भन्दै उनले त्यसका लागि सञ्चारकर्मीलाई दबाब दिन आह्वान समेत गरे । अध्यक्ष श्रेष्ठले नेपालले भारतीय कर व्यवस्था र नेपाली सहुलियतबाट फाइदा लिन सीमा क्षेत्रमा औद्योगिक क्षेत्रहरु स्थापना गर्न सुझाएका छन् ।
ह्वावे वाई सेभेन २०१९ नेपाली बजारमा, कति पर्छ मूल्य ?
काठमाण्डौ । ह्वावे कम्पनीको सबैभन्दा सर्वोत्कृष्ट स्मार्टफोन ह्वावे वाई सेभेन २०१९ अब नेपाली बजारमा उपलब्ध भएको छ । कम दाममा उत्कृष्ट कार्यक्षमता भएको स्मार्टफोनहरू ल्याउने आफ्नो प्रतिबद्धता अनुरूप ह्वावे कम्पनीको वाई सिरिजमा पनि सहुलियत दाम र उति नै उत्कृष्ट कार्यक्षमता भएका स्मार्टफोनहरू प्रयोगकर्ताहरू समक्ष ल्याएको छ । वाई सिरिज अन्तर्गतको पछिल्लो स्मार्टफोन ह्वावे वाई सेभेन २०१९ पनि सबैपक्षमा सर्वोत्कृष्ट स्मार्टफोन मानिएको छ र नेपाली बजारमा ह्वावेका अन्य स्मार्टफोनहरू झैँ यो स्मार्टफोन पनि निकै लोकप्रिय हुने विश्वास गरिएको छ । यो स्मार्टफोन तीनवटा रंगहरूमा उपलब्ध छ (नीलो –ओरोरा ब्लू), कालो (मिडनाइट ब्ल्याक) र रातो (कोरल रेड) । नेपाली बजारमा ह्वावेको वाई सेभेन २०१९ को मूल्य भने रूपैयाँ १९,९९० तोकिएको छ । ६.२६ ईन्चको ठूलो डियूड्रप डिस्प्ले, १३ एमपी+ २एमपीको मास्टर एआई सपोर्टयुक्त एआई क्यामरा र दुई दिनसम्म चल्ने ४ हजार एमएमएच क्षमताको ब्याट्री र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्दछ । ह्वावेको ब्याट्रीसम्बन्धी महत्वपूर्ण प्रविधिका कारण ह्वावे वाई सेभेन २०१९ ले यसको पूर्ण क्षमताको कम्तीमा ८० प्रतिशत ब्याट्री सात सय पटकसम्म चार्ज गर्दा पूर्ण क्षमता दिने कमपनीले जनाएको छ । जसको अर्थ हो दुई वर्षसम्म सामान्य तरिकाबाट चार्ज गर्दा पनि ब्याट्री भरपर्दो र राम्रो अवस्थामा रहन्छ । भिडियो मन पराउने अहिलेको पुस्ताका लागि ठूलो डिस्प्ले दिनका लागि ह्वावेले नयाँ ह्वावे ड्र्यूड्रप डिस्प्ले ह्वावे वाई सेभेन २०१९ मा जडान गरेको छ । ह्वावेको फ्ल्यागशीप ह्वावे मेट ट्वान्टी र ह्वावे मेट ट्वान्टी एक्समा सुरूमा राखिएको डिउड्रप डिस्प्लेमा क्यामरा राख्नका लागि मोती आकारको सानो स्थान रहेको छ जसले प्रयोगकर्ताहरूलाई मोबाइलमा सबै खाले सामग्रीहरू हेर्न सहज बनाउँछ । ८६.७ प्रतिशत स्क्रीन–टु–टीपी रेसियो यसमा रहेको छ जुन औसत रुपमा अरु फोनको भन्दा धेरैमाथि हो । ह्वावे वाई सेभेन २०१९ लाई तेर्सो पारेर समात्दा यसको पछाडिको भाग डिजिटल क्यामराजस्तो देखिन्छ । वाई सेभेन २०१९ ले डुलल फोर जी र डुअल भिओलटीई सपोर्ट गर्दछ । यो विशेषताका कारण प्रयोगकर्ताहरूले एकैचोटि एउटा सिमबाट फोन गर्न र अर्कोबाट मोबाइल डाटा चलाउन सकिन्छ । वाई सेभेन २०१९मा ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी छ र मेमोरी कार्ड राख्न मिल्ने सुविधा छ । ३२ जीबीको इन्टरनल स्टोरेज पनि यो स्मार्टफोनमा रहेकाले सबै तस्वीरहरू, भिडियोहरू, गेमहरू सजिलै स्टोर गर्न सकिने कम्पनीले जनाएको छ ।
भृकुटीमण्डपमा १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु, ५ दिनमा १५ करोडको कारोबार हुने महासंघको अपेक्षा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ को शुक्रबार राजधानीमा एक समारोहका बीच उद्घाटन गरेकी छिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा आयोजनामा गरेको महोत्सवको उद्घाटन समारोहमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरूको मुलुकको आर्थिक समृद्घिका लागि ठूलो योगदान रहेको बताए । समृद्घिको मुख्य आधार नै साना उद्योग भएको भन्दै उनले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नारालाई पूरा गर्नका लागि यस्ता उद्योगहरुको प्रवद्र्घन, विकासमा ध्यान दिनुपर्ने आवश्यकता औैंल्याए । आर्थिक समृृद्घिको अभियानमा कुनै पार्टी या समुह नभनेर सबैलाई समेटेर अगाडि बढ्ने भन्दै मन्त्री यादवले भने–‘मुलुकमा ८०–९० वर्षदेखिको राजनीतिक व्यवस्था परिवर्तको आन्दोलन सकिएको छ, अबको आन्दोलन भनेको आर्थिक समृद्घिका लागि हो ।’ नेपालमा भएको कच्चा पदार्थ र कृषिजन्य उत्पादनको व्यवसायीकरण गर्नुपर्नेमा जोड दिंदै उनले भने– ‘कृषिप्रधान मुलुक जहाँ ५० प्रतिशत जनशक्ति कृषिमा लागेका छन् । तर सारा कृषिजन्य उत्पादन आयात गरेर खान्छौं ।’ कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५८ सालबाट नेपाल घरेलु तथा साना उद्योग महासंघले शुरु गरेको औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै यसपटक १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योेग महोत्सव र तेश्रो प्रांगारिक कृषि मेला–२०७५ को नामबाट सञ्चालन भएको बताए । मुलकले अहिले वार्षिक १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार घाटा व्यहोरिरहेको भन्दै उनले भने– ‘एकातिर हामी दैनिक उपभोग्य बस्तुका सामान समेत विदेशबाट आयात गरिरहेका छौं भने अर्कोतिर हाम्रा निर्यातयोग्य उत्पादन समेत निर्यात गर्न सकिरहेका छैनौं । निर्यातले मात्र हाम्रो व्यापार घाटा पुर्ति गर्नसक्ने अवस्थामा हामी छैनौं, तथापी स्वदेशी उत्पादनको उपयोगबाट मात्र हामीले यसलाई कम गर्न सक्छौं । त्यसैले हामीले यस मेलाको मूल उद्देश्य “मेहनत सिर्जना, उत्पादन र वस्तु मेरै” नेपालको र “नेपाली वस्तु प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौं” भन्ने नारा मार्फत प्रकट गरेका छौं ।’ समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अभियानका रुपमा सञ्चालन गर्ने उद्घोष गरेको वर्तमान सरकारको कार्य मुलुकको समृद्धीतर्फ केन्द्रीत हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक तथा महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए । महोत्सवको सह-आयोजक अर्गानिक एसोसियसन अफ नेपाल रहेको छ । नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं महानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगकोे सहकार्यमा यस प्रदर्शनी आयोजना गरिएको हो । पाँच दिनसम्म चल्ने मेलामा २०५ वटा स्टल रहेका, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी रहेको, चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका छन्, पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।
खेतानको बार्गेनिङले एभरेष्ट बैंकलाई लक्ष्मीसँग मर्ज गर्न सकिएन : बिके श्रेष्ठ
काठमाडाैं । पूर्व सहमति गरेअनुसार कन्सल्टेन्टले दिएको सुझावमा लक्ष्मी बैंकका अध्यक्ष राजेन्द्र खेतानले वार्गेनिङ गरेपछि लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया रोकिएको एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले आरोप लगाएका छन् । शुक्रबार एभरेष्ट बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले एभरेष्ट बैंकसँग लक्ष्मी बैंक मर्ज गराउन सुरुको तदारुकता राजेन्द्र खेतानले देखाएको भन्दै सुरुमा भएको सहमतिबाट खेतान पछि हटेपछि आफूहरु पनि पछि हट्न बाध्य भएको बताए । पञ्जाब नेशनल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल मेहेताको स्वागत गर्न आयोजित पत्रकार सम्मेलनमा राजेन्द्र खेतानले स्वाप रेसियोमा मोलमोलाई गरेपछि लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया रोकिएको दाबी गरेका छन् । ‘म राजेन्द्र खेतानकोमा गएको होइन, उ नै मकहाँ आएको हो । एक चरणको कुरा भएपछि स्वाप रेसियोबारे छलफल भयो । मैले हचुवाको भरमा हुँदैन, कुनै कन्सल्टेन्टलाई स्वाप रेसियो तोक्ने जिम्मा दिऔं, भारतमा ४/५ ओटा कम्पनी छन्, तीमध्ये तपाईँले भन्नुभएकै कम्पनीलाई जिम्मा दिऔं भन्दा हुन्छ भनेर एउटा कम्पनीलाई जिम्मा दिइयो, त्यो कम्पनीले एभरेष्टको १ शेयर बराबर लक्ष्मीको २.७५ कित्ता शेयर उपयुक्त हुने सुझाव दिएपछि खेतान १ः२ गरौं भन्दै आएपछि म झस्किएँ । त्यसैले मर्जर भएन ।’– अध्यक्ष श्रेष्ठले भने । उनले एभरेष्ट बैंक मर्जर वा एक्विजिसनका लागि कहिल्यै पनि खुल्ला रहेको भन्दै तर त्यसका लागि वस्तुगत आधारमा सहमति हुनुपर्ने बताए । ‘अन्तराष्ट्रिय भेन्चरले बार्गेनिङ मान्दैन, स्टडी मात्रै मान्छ, हामीले लक्ष्मीसँग बार्गेनिङ गरेर पञ्जाब बैंकलाई कसरी मनाउने ?’ उनले भने । इन्भेष्टमेन्ट बैंकसँगकाे मर्जर पनि त्यही कारणले राेकिएकाे उनकाे दाबी थियाे । विदेशी लगानी भित्र्याउनेबारे सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष श्रेष्ठले भने – ‘हेजिङका कारण डलरमा ऋण ल्याउन नसकिने भइयो, भारतीय ऋणका लागि हामी सल्लाह गर्दैछौं ।’
यस्तो छ सरकार र स्वतन्त्र मधेस गठबन्धनबीचको ११ बुँदे सहमति
काठमाडौँ । सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । सहमतिमा गृहमन्त्री रामबहादुर थापा र सिके राउतले हस्ताक्षर गरेका छन् । यस्ता छन् सहमतिका ११ बुँदा:
सरकारसँग ११ बुँदे सहमति गर्दै सिके राउतले भने-५ महिना जेल बसेपछि स्वतन्त्र मधेसको भूत हरायो
काठमाडौँ । स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतले ५ महिना जेल बसेपछि स्वतन्त्र मधेसको भुत हराएको बताएका छन् । सरकारसँग ११ बुँदे सहमति पछि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । उनले भने-स्वतन्त्रताको अर्थ जेल पुगेपछि बुझे, अब देस मान्छु, संविधान मान्छु । प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै उनले अगाडि भने–प्रधानमन्त्रीज्यु १४ वर्ष जेल बस्नु भो, अहिले पनि जेलको अवस्था सुध्रीएको रहेनछ, क्षमता भन्दा कैयो गुणा बढी मानिस कोचिएको रहेछन् ।