विकासन्युज

बक्यौता उठाउन जाग्यो राजस्व कार्यालय, १०१ करदाताको कारोबार रोक्का गर्ने चेतावनी

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले १०१ करदातासँग बक्यौता कर उठाउन सक्रियता देखाएको छ । कार्यालय अन्तरगत रहेका १०१ करदाताले आयकर, मूल्य अभिबृद्धि कर र अन्तः शुल्क बक्यौता दाखिला गरेको नदेखिएको जनाएको छ । १५ दिन भित्र बक्यौता कर रकम दाखिला गर्न र दाखिला भएको भए सो को प्रमाण आन्तरिक राजस्व कार्यालयमा पेश गर्न सूचना जारी गरिएको छ । सूचनाको वेवास्ता गरे आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्म्को कुनै वा सबै प्रक्रिया, मूअ कर ऐन २०५२ को दफा २१ बमोजिकको प्रक्रिया र अन्तःशुल्क ऐन २०५८ को दफा १०(ज) बमोजिमको प्रक्रिया अवलम्बन गरी बक्यौता असुलउपर गरिने कार्यालयले जनाएको छ । कार्यालयको सूचनालाई वेवास्ता गरे ती करदाताको कारोबार रोक्का, बैंक खाता रोक्का र प्रोप्राइटर÷सञ्चालकको घरजग्गासमेत रोक्का गर्न सक्ने चेतावनी दिइएको छ ।

एनसीसी बैंकले माग्यो ११ जना कर्मचारी, डेपुटी चिफ एक्जुकेटिभ देखि म्यानेजमेन्ट ट्रेनीसम्म

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि(एनसीसी बैंक) ले विभिन्न पदका १४ जना कर्मचारी माग गरेको छ । डेपुटी चिफ एक्जुकेटिभ १ जना, डेपुटी जेनेरल म्यानेजर १ जना, असिस्टेन्ट म्यानेजर २ जना र म्यानेजमेन्ट ट्रेनी १० जना गरी १४ जना कर्मचारी माग गरेको हो । सम्बन्धित पदमा योग्यता पुगेका पुगेका व्यक्तिले जुन २६ तारिक(असार ११ गते)सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

एनआइसी एसियामा ८६ जनालाई जागिर खुल्याे, डेपुटी म्यानेजरदेखि सिनियर असिस्टेण्टसम्म अबसर

काठमाडौँ । एनआइसी एसिया बैंकमा ८६ जनालाई जागिरको अवसर खुलेको छ । बैंकले डेपुटी म्यानेजरदेखि सिनियर असिस्टेण्टसम्मका कर्मचारीको लागि आवदेन माग गरेको हो । डेपुटी म्यानेजर १ जना, असिस्टेन्ट म्यानेजर १ जना, सिनियर अफिसर १ जना, चिफ अफ सब प्रोभेन्सिय अफिस(सिनियर अफिसर) १४ जना, ह्यूमन रिसोर्स अफिसर १ जना, रिलेसनसिप म्यानेजर(जुनियर अफिसर ५० जना), ह्यूमन रिसोर्स(जुनियर अफिसर) ५ जना, इन्टरनल अडिट(जुनियर अफिसर) ५ जना, बिजनेश प्रोसेस( जुनियर अफिसर) ५ जना, कन्जुमर केयर म्यानेजर १ जना र कन्जुमर केयर सुपरभाइजर २ जना गरी ८६ जना कर्मचारी माग भएको हो । माग भएका पदमा योग्यता पुगेका इच्छुक व्यक्तिले जुन २६ तारिख(असार ११ गते) सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजरका लागि ५ वर्षको बैंकिङ अनुभव भएका, म्यानेजमेन्टमा स्नातकोत्तर उत्तीर्ण र २५ देखि ५० वर्ष भित्रका व्यक्तिले आवेदन दिन सक्नेछन् । त्यसैगरी, सिनियर असिस्टेन्ट, सुपरभाइजर, सिनियर अफिसर, जुनियर अफिसर पदमा म्यानेजमेन्टमा स्नातक उत्तीर्ण, ५ वर्षको बैंकिङ अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने जनाइएको छ ।

भक्तपुर-नगरकोट सडक पाँच बर्षदेखि अलपत्र, के गर्दैछन् प्रचण्डका घरबेटी ?

काठमाडौं । भक्तपुरको कमलबिनायकस्थित भत्केपाटी–देखि नगरकोट जाने सडक विगत पाँच बर्षदेखि अलपत्र अवस्थामा छ । १६ किलोमिटर लामो सडक दुई बर्षमा सम्पन्न हुने गरि २०७१ साउन २ गते भ्याटसहित २८ करोड लागतमा ठेक्का सम्झौता भएको थियो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)का घरबेटी सारदा प्रसाद अधिकारीको सैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको पाँच बर्षे अवधीमा तीन पटक म्याद थप र १३ प्रतिशत भेरिएसन लिईसकेको छ । तर काम भने जम्मा ६० प्रतिशत मात्रै सम्पन्न गरेको छ । पछिल्लो एक बर्षदेखि सडक आयोजनाले म्याद थपिदिएको छैन भने कम्पनीले निर्माणको काममा पनि चासो देखाईरहेको छैन् । राजधानी नजिकैको लोकप्रिय पर्यटन गन्तव्य नगरकोट जाने एक मात्रै निर्विकल्प सडक पाँच वर्षदेखि घाम लागे धुलो र पानी परे हिलोको चपेटाबाट गुज्रिरहेको छ । ‘पर्यटकिय नगरी नगरकोटको भविष्यमाथी खेलबाड भैरहेको छ, यो क्षेत्रका नागरिकमाथी अन्याय भैरहेको छ, शक्तिको नजिक बसेकाहरुबाट हामीले कहिलेसम्म पीडित हुनुपर्ने हो ?’, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले भने । उनले सैलुङ कन्स्ट्रक्सनका मालिकले पटक पटक प्रतिवद्धता गरेर पनि काम नगरेको आरोप लगाए । ‘सिडिओ, नगरपालिका, आयोजना र स्थानीय बासिन्दासँग पटक पटक काम सक्ने प्रतिवद्धता व्यक्त गरे तर कहिले पुरा गरेनन् अब त अति भैसक्यो’, मेयर मिश्रले आक्रोश पोखे । उता सडक विस्तार आयोजनाका प्रमुख जगत प्रजापतिले पनि निर्माण व्यवसायीले चरम लापरवाही गरेको बताए । ‘२ वर्षमा सम्पन्न हुनुपर्ने काम पाँच बर्ष पुगिसकेको छ, ३ पटक समय थपिएको छ, भेरियसन पनि लिईसकेको छ, फेरी पनि यस्तो लापरवाही भैरहेको छ, हामी अब कडा बन्ने निष्कर्षमा पुगेका छौँ’, आयोजना प्रमुख प्रजापतिले भने । प्रजापति पछिल्लो एक हप्तादेखि मात्रै आयोजनाको नेतृत्व गरिरहेका छन् । उनले सडकको स्थलगत अध्ययन गरेर काम अघि बढाउने सम्बन्धी ठोस प्रस्ताव तयार पार्ने पनि बताए । कस्तो छ सडकको अवस्था ? १६ किलोमिटर लामो सडक निर्माण सम्बन्धी सम्झौता २०७१ असार २ गते भएको थियो । २०७३ असार ३ गते सडक निर्माण गरेर हस्तान्तरण गर्नुपर्ने सडकमा ३ पटक म्याद थप गरिसकिएको छ । २०७३ साउन ३ गते सम्पन्न हुनपर्ने सडकको भूकम्पका कारण ढिलाई भएकाले २० कात्तिक ०७३ सम्मका लागि एक सय २५ दिन म्याद थपिएको थियो । दोस्रोपटक तीन सय ८० दिन र तेस्रोपटक दुई सय २१ दिन म्याद थप गरिसकिएको छ । पछिल्लो पटक २०७५ जेठमा पुनः एक बर्ष म्याद थप्नुपर्ने भन्दै निर्माण व्यवसायीले माग गरेका थिए तर आयोजनाले यथोचित कारण नभएको भन्दै प्रक्रिया अघि बढाएको छैन् । हालसम्म निर्माण व्यवसायी कम्पनीले १४ करोड रुपैंयाँ भुक्तानी लिईसकेको छ भने १३ प्रतिशत भेरियसन अर्डर समेत पास भैसकेको छ ।

५ वटा ठेक्का रद्ध हुँदै, को को पर्दैछन् कालो सूचिमा ?

काठमाडौँ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय–६ लमही दाङबाट सञ्चालित ५ वटा ठेक्का रद्ध हुने भएको छ । ती ठेक्का सम्झौता रद्ध गरी तोडी कालो सूचिमा किन नराख्ने भन्ने सम्बन्धमा स्पष्टिकरण पेश गर्न व्यवसायीका नाममा सूचना जारी भएको छ । ठेक्का नम्बर १/०७२/०७३ दाङ( ठेकेदार कम्पनी बाइबा कन्स्ट्रक्सन कम्पनी, सामाखुसी काठमाडौँ), ठेक्का नम्बर ७/०७३/०७४ बाँके (ठेकेदार कम्पनी कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, कञ्चनपुर), ठेक्का नम्बर ९/०७३/०७४ दाङ( ठेकेदार कम्पनी बाइबा कन्स्ट्रक्सन कम्पनी, सामाखुसी काठमाडौँ), ठेक्का नम्बर ९/०७३/०७४ दाङ( ठेकेदार कम्पनी गौरीपार्वती/कोशी एण्ड न्यौपाने/मृत सञ्जीवनी जेभी काठमाडौँ) र ठेक्का नम्बर ११/०७३/०७४ दाङ( ठेकेदार कम्पनी गौरीपार्वती/कोशी एण्ड न्यौपाने/मृत सञ्जीवनी जेभी काठमाडौँ)का नाममा सूचना जारी भएको हो । हालसम्म निर्माण कार्यमा न्यून प्रगति देखिएकाले बारम्बार पत्राचार गर्दा समेत बेवास्ता गरिएको र निर्माण कार्य शुरु नगर चरम लापरवाही गरेको ७ दिन भित्र सम्पर्कमा नआएमा प्रचलित कानून अनुसार ठेक्का तोडेर कालोसूचिमा राख्ने जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं.६ लमही दाङले जनाएको छ ।

राधी विद्युतको साधारणसभा असार २७ गते, ९ गतेदेखि नै बुक क्लाेज

काठमाडौँ । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा असार २७ गते हुने भएको छ । जेठ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभा अमृतभोग क्याटरिङ कालीकास्थानमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ । साधारण सभाले कर प्रयोजनलाई समेत हुने गरी ५ प्रतिशत नगद लाभांस कर सहित स्वीकृत गर्नेछ । त्यसैगरी चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्तावसाधारण सभामा प्रस्तुत गर्ने जनाइएको छ । वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीको सेयरधनी दर्ता पुस्तिका तथा सेयर दाखिला खारेजी कार्य असार ९ गतेदेखि २२ गतेसम्म बन्द रहने छ । सेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन असार ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई ७ दिन भित्र दाखिल खारेजका लागि प्राप्त सेयरहरुबाट कायम रहेका सेयरधनीहरुले मात्र वार्षिक साधारण सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।

कुमारी बैंकको सञ्चालक समिति सर्वसहमतिमा चयन, अमिरप्रताव राणा अध्यक्ष बन्ने निश्चित

  काठमाडौं । कुमारी बैंकका सेयरधनीहरुको लागि खुशीको खबर छ । नयाँ सञ्चालक समितिमा सर्वसहमति जुटेको छ । सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट अमिरप्रताव राणा र कृष्णप्रसाद ज्ञवाली निर्विरोध भएका छन् । पब्लिक सेयरधनीबाट महेश पोखरेल र अनुराधा चौधरी सर्वसहमत भएका छन् । बैंकको अध्यक्ष राणा बन्ने लगभग निश्चित भएको छ । चार जना सञ्चालक पदको लागि निर्वाचन हुन लागेकोमा चार जनाको मात्र उम्मेदवारी परेको र उम्मेदवारी दर्ता गर्ने समय सकिएको बैंकका कम्पनी सचिव नरेन्द्र छतकुलीले जानकारी दिए । अमिरप्रताव राणा औपचारिक रुपमा घोषणा हुन सबै प्रक्रिया पुरा हुनुपर्छ, साधारणसभासम्म कुर्नै पर्ने उनले बताए । बैंकको विशेष साधारणसभा जेठ ३१ गते डाकिएको छ । विज्ञ सञ्चालकको रुपमा गणेश कुमार पाठकले निरन्तरता पाउने भएका छन् । सञ्चालक समिति ५ जनाको मात्र हुने छ । विज्ञ सञ्चालक सहित ५ जना मात्र सञ्चालक समिति रहेको २८ वटा वाणिज्य बैंक मध्ये सम्भवत कुमारी मात्र हो । बैंक तथा वित्तीय संस्थामा ५ देखि ७ जनाको सञ्चालक समिति गठन हुनुपर्ने र एक जना महिला अनिवार्य हुनु पर्ने कानुनी व्यवस्था छ । कसको पृष्ठभूमि के ? युवा उद्यमी राणा नेपालको सबैभन्दा ठूलो फुटवेयर इन्डष्ट्रिज गोल्ड स्टारका प्रबन्ध निर्देशक हुन् । उनले औषधि, एलपीजी ग्यास लगायत उद्योगहरु पनि समालिरहेका छन् । उनको बुबा नूरप्रताव राणा कुमारी बैंकको संस्थापक अध्यक्ष हुन्, जसले लामो समय यस बैंकको नेतृत्व लिएका थिए । अमिर पनि अघिल्लो बोर्डमा सञ्चालक थिए । उनी बैंकको अध्यक्ष बन्ने लगभग निश्चित भएको जानकारहरु बताउँछन् । कृष्ण प्रसाद ज्ञवाली मनाङ एयरका प्रबन्ध निर्देशक हुन् । उनी ट्राभल, होटल, रेमिट्यान्स लगायत व्यवसायमा संलग्न छन् । महेश पोखरेलसँग सिद्धार्थ बैंकमा १२ वर्ष सञ्चालक समितिमा रहेर काम गरेको अनुभव छ । पाेखरेल २० वर्ष अघिदेखि सेयर बजार सक्रिय छन् । बैकिङ र मार्केटिङ दुई विषयमा मास्टर डिग्रि हासिल गरेकी अनुराधा चौधरी हाल कलेजमा पढाउछिन् । उनी कुमारी बैंकका पूर्व डाईरेक्टर जगदीश चौधरीको छोरी हुन् । गत बैशाख २६ गते सम्पन्न बैंकको साधारणसभामा निर्वाचनको अजेण्डा थियो र महिला सञ्चालन हुन पाउने पर्ने मागसहित अदालतमा मुद्दा परेपछि निर्वाचन रोकिएको थियो ।

नुवाकोट गोल्डकपको फाइनलमा नुवाकोट ११, विजेतालाई ६ लाख नगद

नुवाकाेट । नुवाकोट गोल्डकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नुवाकोट ११ (१-०) गोलले बिजयी भएको छ । नुवाकोट ११ र नेपाल पुलिस क्लब बिचको खेलमा नुवाकोटको लागि बिदेशी खेलाडी रोमियोले ३९औ मिनेटमा गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए। दोश्रो हापमा कुनै पनि टिमले गोल गर्न नसक्दा नुवाकोट ११ ले फाइनलमा आफ्नो स्थान सुरक्षीत बनाएको हो । प्रतियोगिता अन्तर्गत दोश्रो सेमिफाइनल खेल संकटा क्लब र च्यासल युथ क्लब बिच भोलि हुनेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३१ गते हुनेछ । फाइनलको लागि नुवाकोट ११ ले दोश्रो सेमिफाइनल खेल बिजेता टिम संग प्रतिस्पर्धा गर्नेछ । नुवाकोट जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । (नुवाकाेट सेराेफेेराेबाट)