उपकुलपति छान्न आवेदन माग, एक साताभित्र दरखास्त दिनुपर्ने
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले तीन विश्वविद्मालयको उपकुुलपतिको लागि आवेदन माग गरेको छ। मन्त्रालयले पुर्वाञ्चल विश्वविद्मालय, कृषि तथा वन विज्ञान विश्वविद्मालय र नेपाल संस्कृत श्वविद्मालयका लागि उपकुुलपतिको आवेदन माग गरेको हो। मन्त्रालयले बिहिबार उपकुुलपतिको लागि सुचना जारी गरेको हो। मन्त्रालयले विश्व विद्मालयहरुको ऐन बमोजिम योग्यता पुगेका सरोकारवालालाई बायोडाटा तथा व्यक्तिगत संक्षिप्त विवरण मन्त्रालयको ईमेल ठेगाना अथवा उच्च शिक्षा महाशाखामा एक साता भित्र बुझाइ सक्नुपर्ने बताएको छ।
सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने समय एक महिना थपियो
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समया फेरी एक महिना थपिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विहीबार गरेको पत्रकार सम्मेलन मार्फत सम्पूर्ण रोजगारदाता तथा श्रमिकलाई लयाउने उद्देश्यले कार्तिक १३ गतेदेखि मंसिर १३ गतेसम्म समयावधि थप गरेको जानकारी दिएको छ । कोषमा सूचिकृत रोजगारदाता तथा श्रमिकको हितसँगै नेपाल सरकारको लक्ष्य अनुसार निजी क्षेत्रका श्रमिक तथा योगदानकर्ता कोषमा आवद्ध हुन अनिवार्य रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए । असोज मसान्तभित्र निजी क्षेत्रका सबै प्रतिष्ठानहरु सूचिकृति हुन नसकेको पछि सबैको सहमति अनुसार सूचिकरणको मिति पून एक महिना थपिएको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले जानकारी दिए । पछिल्लो समय ठूला कम्पनीहरुले समय थप गर्न अनुरोध गरेसँगै कात्र्तिक १३ गतेदेखि मंसिर १३ सम्म (एक महिना) समय थप गर्ने निर्णय गरेको कार्यकारी निर्देशक ज्ञवालीले बताए । पत्रकार सम्मेलन मार्फत मन्त्री विष्टले श्रमिकको अधिकार तथा सेवासुविधाका लागि सरकारले सो कोष ल्याएसँगै धेरै चुनौती थपिएको जानकारी दिँदै कोषले अझै श्रमिक तथा रोजगारदातालाई सहज हुने जनाएका छन् । हाल सामाजिक सुरक्षा कोषमा ८ हजार ८ सय १८ रोजगारदाता र १ लाख ९ सय ६८ श्रमिक पुगेका छन् । त्यस्तै ७ करोड ६५ लाख रुपैयाँभन्दा बढी योगदान रकम संकलन भएको छ । सम्बन्धित समाचार ः कोषमा सूचिकृत हुने अन्तिम दिनमा ९० हजार श्रमिक जाेडिए, करिब ७ करोड कोषमा जम्मा सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने अन्तिम मिति असोजमसान्त
बुटबलमा खुल्यो महिन्द्रा इलेक्ट्रिक भेहिकल्सको शोरुम
काठमाडौँ । अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवम् महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले तिलोत्तमा, जोगीकुटी, बुटबलमा कात्तिक ७ गते महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)को नयाँ शोरुम खोलेको छ । यो काठमाडौं उपत्यकाबाहिर महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)को पहिलो शोरुम हो । हालसम्म उपभोक्ताहरूले महिन्द्रा इलेक्ट्रिक भेहिकल्सहरू काठमाडौं उपत्यका र यसका वरपरका क्षेत्रहरूबाट मात्र पहुँच पाउँदै आएका थिए । शोरुमको प्रदेश ५ का संविधान सभा सदस्य सीतादेवी बाउडेल र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले संयुक्त रूपमा उद्घाटन गरे.का हुन् । बुटबल र यसका वरिपरिका ग्राहकहरूलाई कम्पनी र यसका गुणस्तरीय सेवाहरूको सहज पहुँच उपलब्ध गराइ यसलाई बढी सुविधाजनक र किफायती बनाउँदै लाभ प्रदान गर्ने उद्देश्यले नयाँ शोरुम स्थापना गरिएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । अग्नि इनर्जीको बुटबलका लागि बिक्रेता ग्रिन ड्राइभ ग्रुपका प्रबन्ध निर्देशक अजयकुमार खाती क्षेत्रीका अनुसार शोरुमले महिन्द्राका विद्युतीय कारहरू महिन्द्रा इटूओ, महिन्द्रा इभेरेटो आदिका सर्भिसिङ र स्पेयरपार्टस्हरू पनि उपलब्ध गराउने छ ।
राष्ट्रिय वाणिज्य बैंकका ट्रेड युनियनहरुको शुभकामना कार्यक्रम
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड भित्र क्रियाशिल रहेका तीनवटा ट्रेड युनियनहरुको संयुक्त आयोजनामा बडा दशैं, तिहार, नेपाल सम्वत् ११४०, चासोक तङ्गनाम, ल्होसार, छठपर्व लगायत चाडपर्वहरुका उपलक्ष्यमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । तीनवटै ट्रेड युनियनका अध्यक्ष क्रमशः राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुेवेदी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंक लि.का अध्यक्ष गगनसिंह घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंक लि.का अध्यक्ष दिपेन्द्र कार्कीले संयुक्त रुपमा अध्यक्षता गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रुमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृत, विभागीय प्रमुखहरु, विभागीय उप प्रमुखहरु, शाखा प्रबन्धकहरु, तीनवटै युनियका पदाधिकारीहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका महासचिव उभार पाण्डेले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमको संचालन नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका महासचिव मिलनबाबु नेपाल र राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका सचिव ईश्वर उप्रेतीले संयुक्त रुपमा गरेका थिए ।
झिलिमिली बत्तिले सिंगारिए कर्पोरेट हाउस, हेरौँ १२ तस्विर(फोटो फिचर)
काठमाडौँ । नेपालीहरुको महान् पर्व तिहारको माहौल शुरु भइसकेको छ । तिहार पर्व ५ दिनसम्म मनाइन्छ । काग तिहार, कुकुर तिहार, गाई तिहार(लक्ष्मी पूजा/दीपावली), गोरु तिहार(म्हः पूजा) र भाइटीका गरी पाँच दिनसम्म यो पर्व मनाइन्छ । यस वर्षको तिहारका पाँच दिन अर्थात यमपञ्चक कात्तिक ८ गतेबाट शुरु हुँदैछ । यसवर्ष कात्तिक १२ गते भाइटीका परेको छ, नेवार समुदायले १३ गते टीका लगाउने भएका छन् । अहिले तिहार पर्वले बजारमा भीड बढेको छ । तिहार पर्वलाई झिलिमिलि बत्तिको पर्व अर्थात उज्यालो पर्वका रुपमा समेत लिइन्छ । तिहार पर्वको महौल शुरु हुँदा साँझ परेपछि झिलिमिली बत्ति बाल्न थालिएको छ । यसैक्रममा काठमाडौँका केही कर्पोरेट हाउसमा बालिएको झिलिमिली बत्तिको दृश्य हेरौँ:
अब प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहको आदेशमा
काठमाडौं । आगामी दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहको आदेश अनुसार सञ्चालन हुने भएको छ । ७ सय ५३ वटै स्थानीय तहमा मंसिरको पहिलो सातादेखि तीव्र रुपमा हुने जनाइएको छ । वेरोजगार युवालाई रोजगारी प्रदान गरी कामका लागि उर्जा थप्दै सो कार्यक्रम अघि बढ्ने छ । गत वर्ष प्रधानमन्त्री रोजगारका कार्यक्रम आफ्नै तरिकाले गर्दा श्रमदानमा हुने कामका लागि सरकारले करोडौं रुपैयाँ खर्च गरेको टिकाटिप्पणी भएपछि उक्त निर्णय गरेको हो । यस वर्ष स्थानीय तहमा रहेको समस्या समाधान गर्दै सर्वसाधारणको माग अनुसारको माग गर्ने तयारी भइरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव मोहन निरौलाले बताए । स्थानीय तहको समस्यालाई नजिकैबाट नियाल्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गत वर्षको फागुन महिनादेखि काम शुरु गरेको थियो । यस वर्ष मंसिरको पहिलो सातादेखि हुने कामका लागि ५ अर्ब १ करोड रुपैयाँ छुट्याएको छ । गतवर्ष एक सय दिनमा २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ खर्च भएको थियो भने १७ लाख बेरोजगार युवाहरुले रोजगारको लागि आवेदन दिएका थिए । नेपालमा रहेको बेरोजगारीको समस्या गर्ने उद्देश्यले संविधानको धारा ३३ बमोजिम नेपाली जनताको हकहित र अधिकारलाई समेट्ने गरी सरकारले प्रधानमन्त्री कार्याक्रम ल्याएको थियो । तर, पहिलो कार्यक्रम प्रभावकारी नभएको विभिन्न टिप्पणी पछि सरकारले हाल केहि कार्यको ढाँचामा परिवर्तन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव निरौलाले बताए । बेरोजगार युवाहरुले आफ्नो वार्षिक आय तथा सीप अनुसारको कामका विषयमा प्रष्ट नीति ल्याउने बताए । सम्बन्धित समाचारहरू ः प्रधानमन्त्री रोजगार कार्यक्रमः २२ लाख ६२ हजार दिनको ठोस उपलब्धी खोई ? अर्थविद् रामेश्वर खनालको टिप्पणी-प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा बाटो बडार्ने काममा खर्च गर्न पाइन्छ ? कसले पाउँछ वेरोजगारी भत्ता ? के हो प्रधानमन्त्री रोजगार कार्यक्रम
नेपालको व्यापार–व्यवसायमा उल्लेख्य सुधार, दक्षिण एशियामा तेस्रो
काठमाडाैं । नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एशियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंक समूहले आज वासिङटन डिसीमा जारी गरेको ‘डुइङ बिजनेस २०२०’ अध्ययन प्रतिवेदनले नेपालमा व्यवसायको वातावरणमा उल्लेख्य प्रगति भई भारत र भुटानपछि तेस्रो स्थानमा रहेको जनाएको छ । उक्त प्रतिवेनअनुसार प्रगति उन्मुख दक्षिण एशियाली मुलुकहरूको सूचीमा श्रीलङ्का चौथो, पाकिस्तान पाचौँ, मालदिभ्स छैटौँ, बङ्गलादेश सातौँ र अफगानिस्तान अन्तिम स्थानमा छन् । नेपालले विद्युतीय दर्ता प्रणाली, भूमि व्यवस्थापन पद्धति, वाणिज्य न्याय प्रणालीलगायत चार क्षेत्रमा उल्लेख्य सुधार गरेको प्रतिवेदनमा जनाइएको छ । नेपाल–भारत सीमाक्षेत्र वीरगञ्जमा एकीकृत जाँच चौकी स्थापनासँगै आयात–निर्यातको लागत र समयमा उल्लेख्य सुधार भएको प्रतिवेदनमा उल्लेख छ । रासस
कात्तिक १३ गते पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय, नेवार समुदायको माग पूरा
काठमाडौँ । सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार मन्त्री गोकुल बास्कोटाले नेवारी समुदायले १३ गते मात्रै भाइटीका लगाउने भएपछि बिदा घोषणा गरिएको बताए । पञ्चाङ्ग निर्णायक समितिले तिहारमा कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिन सरकारलाई सुझाएको थियो । सोहीअनुसार क्यालेन्डर तयार गरिएको थियो । तर, नेवार समुदायले पञ्चाङ्ग निर्णायक समितिको निर्णय अस्वीकार गर्दै आएका थिए।