विकासन्युज

सिंगापुरमा चार नेपाली सम्मानित

काठमाडौँ । सिंगापुरमा सम्पन्न भएको छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा चार नेपाली सम्मानित भएका छन् । विभिन्न ३० राष्ट्र आएको २५ विधा बाट करिब ४०० वटा नोमिनेसनमा नेपालको तर्फ बाट २ जना पुरुष र २ जना महिला छनौट भएका थिए । जसमा चर्चित अन्तराष्ट्रिय कोरियोग्राफर आस्विनी कान्त झा र चर्चित तथा सफल पेजेण्ट डाइरेक्टर निशु कान्त झालाइ एक भब्य समारोह बीच प्रमुख अतिथि इन्डोनेसियाका राजा अरिया पकु आलम अल हजद्वारा सम्मान गरिएको थियो । त्यसैगरी, महिला तर्फ लेडी अफ एक्सिलेन्स अवार्डमा २० देश बाट करिब २५० वटा नोमिनेसनमा नेपालको तर्फ बाट युवा व्यवसायी, समाजसेवी तथा मोडल एलिजा महर्जन र चलचित्र निर्देशक तथा डान्स कोरियोग्राफर सावित्री खत्रीले अवार्ड चुम्न सफल भएका थिए । सिंगापुरको आर्किड कन्ट्री क्लबमा सम्पन्न भएको उक्त कार्यक्रम विभिन्न अन्तराष्ट्रिय प्रस्तुतिको साथमा अन्तराष्ट्रिय कलाकार मोडलहरुको बाक्लो उपस्थिति रहेको थियो । छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा सम्मानित हुन सफल नेपाल तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो कोरियोग्राफी मार्फत ख्याति बटुलेका चर्चित फेसन कोरियोग्राफर आस्विनी कान्त झाले करिब २ सय ५० भन्दा बढी ब्युटी पेजेन्टमा कोरियोग्राफी गरिसकेका छन् भने उनी ब्युटी पेजेन्ट एसोसियसन अफ नेपालका सस्थापक सदस्य समेत हुन् । उनले सौन्दर्य प्रतियोगिता क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी रिवन इन्टरटेनमेन्ट मार्फत नेपालमा विभिन्न उमेर समुहका लागि सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका निशुकान्त झा विगत लामो समय देखि पेजेण्ट निर्देशनमा लागिपरेका व्यक्तित्व हुन् । राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाएका झा विवाहित महिलाहरुको लागि गरिएको सफल प्रतियोगिता मिसेस नेपाल इन्टरनेशनलका आयोजक हुन् । झा ब्युटी पेजेन्ट एसोसियसन अफ नेपालका सस्थापक महासचिव समेत रहेका छन् । त्यसैगरी, लेडी अफ एक्सिलेन्स अवार्ड जित्न सफल एलिजा महर्जन मिसेस नेपाल ग्ल्यामकि विजेता हुन् भने उनी युवा व्यवसायी, समाजसेवीको रुपमा समेत परिचित छिन् । महर्जन विभिन्न संघ सस्थामा समेत आबद्ध रहेर सक्रिय सामाजसेवामा लागिपरेकी व्यक्तित्व हुन् । त्यस्तै, अर्को अवार्ड बिजेता सावित्री खत्री डान्स कोरियोग्राफी र चलचित्र निर्देशनमा सक्रिय छिन् ।

अर्घाखाँची सिमेन्टले ल्यायो ‘धन वर्षा’ योजना, १ लाखसम्मको सियोर सट नगद उपहार

काठमाडौं । अर्घाखाँची सिमेन्टले स्थापनाको पाँचाैं वर्षको उपलक्ष्यमा उपभोक्ताका लागि ‘धन वर्षा’ योजना सार्वजनिक गरेको छ ।आइतबार (मंसिर ८ गते) देखि दुई महिना (माघ ८) सम्म लागू हुने यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्रयाच कुपन पाउनेछन् । कम्पनीका अनुसार यस कुपनलाई स्क्रयाच गरी रु सय देखि रु ५ सय, रु एक हजार, रु दश हजार, रु २५ हजार, रु ५० हजार र रु १ लाखसम्मको सियोर सट नगद उपहार पाउनेछन् । यसरी पाउने नगद उपहारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर विजेताले नै तिनुपर्नेछ । “नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा करोडाैं उपहार” नारा दिइएको देशैभरी लागूहुने यस योजनाअन्तर्गत भाग्यशाली विजेताले डिलर वा हार्डवयेरमार्फत सिमेन्ट खरिद गर्दाकै समयमा सियोर सट नगद उपहार प्राप्त गर्नेछन् । कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले कम्पनी स्थापनाको वर्षगाँठको खुसीयाली ग्राहकसँग बाड्न सावर्जनिक गरिएको यस योजनाले उपभोक्ता र कम्पनीलाई सँधैभरी एकै कडीमा बाँधीराख्ने विश्वास  लिएका छन् । पाँच वर्षअघि स्थापित अर्घाखाँची सिमेन्टले ओपिसी सिमेन्ट उत्पादनको दायरालाई विस्तार गरी गत वर्षमात्र पिपिसी सिमेन्टको उत्पादन पनि थालेको थियो । भैरहवाको सियारीस्थित कारखानाबाट सिमेन्ट उत्पादन गरिरहेको यस कम्पनीले आफैले क्लिंकर समेत उत्पादन गरी सिमेन्टको कच्चा पदार्थ आयात गरिरहेको छ ।

आयातकर्ता संघ नेपालको नवौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । आयातकर्ता संघ नेपालको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष बल्लभ राज सिग्देलको सभापतित्वमा मंसिर ७ गते होटल सोल्टी काउन प्लाजामा सम्पन्न भएकाे उक्त सभाले  निर्यामत प्रस्तावहरू पारित गरिएको थियो । साथै, सभामा सहभागी पदाधिकारी तथा सदस्यहरूले भन्सार प्रयोजनको लागि माल वस्तुहरूको मूल्यांकन गर्ने आर्थिक ऐन २०७२ को व्यवस्था व्यवहारिक नभएको, प्रचलित भसार ऐनको व्यवस्था अनुरूप नभएको र साथै अन्तराष्ट्रिय प्रचलन विपरित भएकोले उक्त व्यवस्थालाई संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउन सुझाव दिएका थिए । त्यसैगरी, वर्षौदेखि आयातकर्ताको रूपमा व्यवसाय गर्दै आएका फर्म र कम्पनीलाई मनासिव कारण र आधार बिना मुख्य कम्पनीले आयातकर्तालाई हटाई अन्य व्यक्ति, कम्पनी र फर्मलाई आयातकर्ता नियुक्ति गर्ने जस्ता काम कारवाहीबाट आयातकर्ता व्यवसायीहरूको व्यवसाय सधै असुरक्षित भएको सहभागी पदाधिकारीले बताए । यसबाट धेरै व्यवसायीहरू पीडित हुन पुगेको यथार्थतालाई दृष्टिगत गरि आयातकर्तालाई खारेज गर्ने, नयाँ आयातकर्ता नियुक्ति गर्ने जस्ता आधार प्रकृया र कार्यविधी सम्बन्धमा कानूनी एवं नीतिगत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्ने सुझाव सदस्यहरूले सभा समक्ष प्रस्तुत गरेका छन् ।

समिट एयरले थप्यो नयाँ जहाज, यसै सातादेखि उडान सुरु हुने

काठमाडाैं । समिट एयरले नयाँ हवाई जहाज खरिद गरेको छ । आन्तरिक हर्वाइ सेवा प्रदायक कम्पनी समिटले शुक्रबार जहाज खरिद गरी नेपाल भित्र्याएको हो । जहाजको नेपाली दर्ता नम्बर नाइनएन–एएनडी रहेको छ । कम्पनीले चेक गणतन्त्रको जहाज निर्माता कम्पनी एलइटी (लेट)ले उत्पादन गरेको ‘एल ४१० युभिपी–ई२०’ को १८ सिटे जहाज खरिद गरेको बताएको छ । समिट एयरलाइन्सका प्रमुख कार्यकारी मनोज कार्कीले उक्त जहाजलाई सानो धावनमार्ग भएका दुर्गमका विमानस्थलमा प्रयोग गर्ने बताए । जहाजले पहाड तथा हिमाली क्षेत्रका विमानस्थल ( काठमाडौं,पोखरा र सुर्खेत फाप्लु,सुकेटार, खानीडाँडा, भोजपुर, लुक्ला, पोखराबाट मनाङ, मुस्ताङ र सुर्खेत नेपालगंजलाई आधार बनाएर सिमिकोट, जुम्ला, बाजुरा, डोल्पामा उडान गर्ने उनले बताए । दुईटा इन्जिन भएको यो विमानमा १८ जना यात्रु अटाउने क्षमता रहेको छ। हाल सम्म आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको कम्पनीले तीन जहाजमार्फत सेवा दिदै आएको छ । यो जहाजसमेत गरेर कम्पनीको अब चार जहाज भएका छन् । नागरिक उडड्यन प्राधिकरणले स्विकृतिदिए लगत्तै नयाँ जहाजमार्फत सेवा दिने कार्कीले बताए । यो सातादेखिनै नयाँ जहाजको सेवा सुरु गर्ने उनको भनाइ छ ।

सामाखुशी–ग्रिनल्याण्ड सडकखण्ड कालोपत्र

काठमाडौं । सामाखुशी चोक मनोहर स्कूल हुँदै ग्रिनल्याण्डसम्मको सडकखण्ड कालोपत्र गरिएको छ । ढल व्यवस्थापन र मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउँदा लामो समयदेखि अस्तव्यस्त रहेको उक्त सडक शनिबारदेखि कालोपत्र गरिएको हो । टोखा नगरपालिकाको रु एक करोड ३२ लाख खर्चमा उक्त सडक कालोपत्र गरिएको हो । काठमाडौँको उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल तथा नुवाकोटको त्रिशूली जाने बाटो बिग्रँदा लाखौँ यात्रुहरुले समस्या भोग्नु परेको थियो । उक्त बाटोमा सामाखुशी यातायात, शिवपुरी यातायात, नुवाकोट जाने सवारी साधन र माइक्रोबस सञ्चालन हुँदै आएको छ । सामाखुसी ग्रिनल्यान्डको बाटो मर्मतसम्भार हुँदा सवारी साधन सामाखुशी चोकबाट बसुन्धरा चौकी धापासी हाइट हुँदै ग्रिनल्यान्ड जानुपर्ने बाध्यता रहेको थियो । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक लोकबहादुर विष्ट बाटो कालोपत्र भएसँगै ट्राफिक व्यवस्थापनमा सहजता आउने बताउँछन् । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ढल निर्माण र पानीको पाइप बिच्छ्याउँदा बाटोमा समस्या आए पनि बाटो कालोपत्रसँगै टोखाका जनतालाई आवतजावतमा सहजता आएको बताए । एक हप्तासम्म सबै सडक कालोपत्र गरिसक्ने नगरपालिकाले जनाएको छ । नगरप्रमुख अधिकारी नगरपालिकाले मोटरबाटोलाई विशेष प्राथमिकता दिएको बताएका छन् । रासस

कर्णाली प्रदेशले ल्यायाे नयाँ नीति,  अब आयोजनास्थलमै  क्रसर उद्योग सञ्चालन गर्न सकिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आयोजनास्थलमै अस्थायी प्रकृतिका क्रसर उद्योग स्थापना तथा सञ्चालन गर्न सकिने गरी नयाँ नीति ल्याएको छ । पुरानो कार्यविधिलाई संशोधन गर्दै सरकारले राष्ट्रिय र प्रदेश गौरवका आयोजनाका लागि आवश्यकताअनुसार आयोजनास्थलमै अस्थायी प्रकृतिका क्रसर उद्योग सञ्चालन गर्ने नीति ल्याएको हो । सरकारले ‘ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, क्रसिङ, बिक्री, वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि, २०७५’ लाई संशोधन गरेको छ । संशोधित कार्यविधिमा प्रदेशमा सञ्चालन भएका रु १० करोडभन्दा बढी लागतका राष्ट्रिय प्राथमिकता प्राप्त र प्रदेश महत्वका विकास आयोजना सञ्चालन अवधिसम्मका लागि स्थानीय कच्चा पदार्थ प्रशोधन गर्ने प्रयोजनका लागि अस्थायी क्रसर उद्योग सञ्चालन गर्न दिने उल्लेख छ । प्रदेश सरकारले पुरानो कार्यविधिअनुसार व्यवसायीले निर्माण सामग्रीको अभावका कारण विकास आयोजनालाई कार्यान्वयन गर्न समस्या भएको गुनासो गरेपछि कार्यविधि संशोधन गर्नु परेको बताएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत खगेन्द्र खत्रीले आयोजनास्थलमा कामको प्रकृतिअनुसार सम्बन्धित स्थानीय तहबाट अनुमति लिएर निश्चित समयका लागि क्रसर उद्योग सञ्चालन गर्ने व्यवस्था गरेको जानकारी दिएका छन् । “सम्बन्धित जिल्ला डिभिजन वन कार्यालयका प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन तथा समन्वय समिति रहने प्रावधान थप गरिएको छ, यही समितिको सिफारिसका आधारमा स्थानीय तहले अस्थायी अनुमति प्रदान गर्न सक्नेछन्,” उनले भने । रासस

इ-स्टीकर पछि वैदेशिक रोजगार विभाागले इ-टोकन र मेसेजिङ्ग सेवा शुरु गर्दै

काठमाडौं । इ-स्टीकर पछि वैदेशिक रोजगार विभाागले यही मिति २०७६ मङ्गिसर १५ गतेदेखि इ-टोकन र मेसेजिङ्ग सेवा शुरु गर्ने भएको छ । इ टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाईन फाराम पेश गरेपछि श्रम स्वीकृति पाउने पालो कुन दिन पर्छ भन्ने कुरा थाहा हुने भएकाले विभागले यो नियम लागु गरेको हो । कार्यालयबाट श्रम स्वीकृति लिने हो त्यो रोज्न पाउनु हुनेछ। जुन कार्यालयमा छिटै पालो आउँछ त्यो कार्यालय समेत रोज्न सक्नुहुनेछ। जसले गर्दा तपाइँको फाराम स्वीकृत हुने वित्तिकै तपाइँले कार्यालयमा पर्खिरहनु पर्ने छैन। मोबाइलमा एसएमएस जाने (मेसेजिङ्ग) फाराम बुझाइसकेपछि यदि कुनै कारणवश श्रम स्वीकृति अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नु परेमा मोबाइलमा मेसेज प्राप्त हुनेछ। फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर श्रमिकको श्रम स्वीकृतिको जानकारी पनि मोबाइलमा मेसेज आउनेछ।  त्यसैले फाराम भर्दा आफ्नो मोबाइल नम्बर सही भरियो कि भरिएन भनेर तीनपटक रुजू गरेपछि मात्र अनलाइन फाराम सब्मिट गर्न विभागले श्रमिकलाई निर्देशन दिएकाे छ । विद्युतीय भुक्तानीको लागि लामो समयदेखिको प्राविधिक तयारी पश्चात सेवा प्रदायकसँग सम्झौताको चरणमा पुगेको जानकारी दिदैं यो प्रणाली लागू भैसकेपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैङ्कमा जानुपर्ने वा विचौलियाको सहयोग माग्नुपर्ने अवस्था श्रमिकलाई नहुने विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले सामाजिक संजाल (फेसबुक) मार्फत जानकारी दिएका हुन् । वैदेशिक रोजगार विभागले कामदार छनौट प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउन अनलाईन प्रणाली समेत तयार भै लागू गर्न अवस्थामा छ । मंसिर महिना भरी सूचना प्रविधिमार्फत सेवाग्राहीहरुलाई दिइने सेवा स्वचालित र कष्ट निवारक महिनाको रुपमा रहने जनाउँदै सबै तयारी गर्न विगत ५ महिनादेखि निकै मेहनत गर्दै आएका महानिर्देशक डा. भूषालले भने ।

चलचित्र ‘मखमली मखमली’ मंसिर १३ गतेदेखि प्रदर्शन हुँदै

काठमाडौं । चलचित्र मखमली मखमली यहि मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्र “मखमली मखमली” मा निर्मात्री, चलचित्र स्क्रिप्ट राइटर तथा गीतकार साबित्रा चिलुवालले यथार्थपरक कथावस्तुमा नारी बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुख पिडालाइ समेटिएको जानकारी गराएकी छन् । चलचित्रमा नायक जयकिशन बस्नेतको अभिनय रहेको छ भने फरक भूमिकामा मखमली बनेकी नायिका शुभेच्छा थापाको कारुणिक अभिनयले जोसुकैको मन पगाल्न सक्छ । निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत अभिनय रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन्। बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् ।