विकासन्युज

नेपाल मेडिसिटी अस्पतालद्वारा खोटाङमा निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले खोटाङमा ५ सय जनाको स्वास्थ्य परीक्षण गरेको छ । उक्त कार्यक्रम हलेसीका मेयर इबान राई र नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्रले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । माघ १५ र १६ गते खोटाङस्थित हलेसी तुवाचुुङ नगरपालिकामा भएको उक्त कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्र, स्त्री तथा प्रसुति र जेनेरल फिजिसियनको टोली स्वास्थ्य परीक्षणमा संलग्न रहेका थिए । स्वास्थ्य शिवरमा सामान्य स्वास्थ्य जाँच, स्त्री तथा प्रसुति जाँच र मुटु जाँच गरी विविध स्वास्थ्य समस्याको परामर्श एवं उपचार एकै थलोमा प्रदान गरिएको छ । मेडिकल टिममा रहेका अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्रका अनुसार उपचारमा सहभागी हुन साना बालबालिकादेखि ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो । खाम्तेल क्षेत्र भौगोलिक रुपमा केहि विकट रहेको र अधिकांशलाई उच्च रक्तचापको समस्या देखिएको उनले बताएका छन् । स्त्रीरोग तथा सामान्य समस्याको उपचारका लागि आउने स्थानियको सहभागिता पनि उल्लेख्य रहेको डा. मिश्रले जानकारी दिए । सो कार्यक्रममा डा. दिपक मिश्रले उच्च रत्तचाप, हृदयघात र र्हुमाटिक हार्ट डिजिसका बारेमा स्थानीयलाई बताए । राजधानीबाट टाढा रहेको हलेसी क्षेत्रमा स्वास्थ्य टोली गई सेवा प्रदान गर्न पाएकोमा अस्पतालका महाप्रबन्धक विजय रिमालले खुशी व्यक्त गरे । साथै, उनले भविष्यमा पनि यस क्षेत्रमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन अस्पताल तयार रहेको बताएका छन् ।

काठमाडौंमा शुरु भयाे नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो

काठमाडौं । ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ शुक्रबारदेखि शुरु भएकाे छ । कार्यक्रमकाे उद्घाटन उद्याेग मन्त्री लेखराज भट्टले गरेका हुन् । माघ १७ गते शुक्रबारबाट काठमाडौंको भृकुटी मण्डपमा शुरू भएकाे एक्स्पाे माघ १९ गतेसम्म चल्नेछ ।  मिडिया स्पेस सोलुसन्स प्रा‍लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा छैठौं ‘नेपाल उड इन्टरनेशनल एक्स्पो २०२०’ र ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ आयोजना गरेका हुन् । प्रदर्शनीमा संसारका विभिन्न देशका २०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी गराउन यस्तो प्रदर्शनीहरु गर्दै आएको आयोजकले जनाएकाे छ। अन्तर्राष्ट्रिय प्रदर्शनीमा उड वर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मिसिनेरिज्, पावर टुलस्, प्लेउड, डोर्स एण्ड विन्डोज्, फिटिङ्स, उड एसेसरिज, र्व म्याटेरियल्स, इन्टेरियर डिजाइन, होम डेकोर तथा फिनिस्ड प्रडक्टस्हरु पनि राखिएका  छन् । तीन दिने छैठौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ ।  

चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल बन्दै

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ । फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान निर्माण सेवाले रु ८२ लाख ६६ हजारमा गर्ने भएको छ । निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । आकाशे पुलका डिजाइनर इञ्जिनीयर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ । पुलको शिलान्यास बिहीबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गरेका हुन् । प्रमुख शाक्यले पैदल यात्रुको सुरक्षा र शहरी सवारी आवागमनलाई सहज बनाउन महानगरले यात्रुको धेरै चाप हुने ठाउँहरुमा क्रमशः आकाशे पुल निर्माण गर्दै जाने बताए । पुलहरु आवश्यकताका आधारमा अर्को ठाउँमा पनि सार्न सक्ने खालका हुनेछन् । प्रमुख शाक्यले कामको परिणामका बारेमा कुरा गर्दै भने, “पूर्वाधार बनाउन शिलान्यास गर्ने तर काम नसकिएर उद्घाटन हुन नसक्ने समस्याबाट ग्रस्त बनेको वर्तमान सन्दर्भलाई समयमा नै पुल निर्माण सम्पन्न गरेर समयमा नै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्छ ।” त्यसैगरी कामपाले चालू अर्थिक वर्षभित्र सक्नेगरी जयबागेश्वरी र माइतीघरमा पनि आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्ष आकाशे पुल निर्माणका लागि रु पाँच करोड विनियोजन गरेको छ । नयाँ पुराना गरी काठमाडौँ उपत्यकामा ३० वटा आकाशे पुल छन् ।रासस

सिटी एक्सप्रेसकाे हरेक कारोबारमा आकर्षक उपहार

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विभिन्न उपहारहरुको योजना सार्वजनिक गरेको छ । सिटी एक्सप्रेस र साउदी अरबको बैंक अल बिलाद –एन्जाजको संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्ताहरुका लागि विभिन्न उपहारहरुको योजना ल्याएको हो । यस योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल –अल्बिलाद मोबाइल एप , अल्बिलाद नेट , अल्बिलाद एटिएम, एन्जाज सेल्फ –सर्भिस मेसिन, एनजाज पिओएस, एन्जाज सेन्टरमा उपलब्ध छ । योजनाअन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले निशुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ ), २४ जनाले ५ ग्राम सुनका सिक्का , ४५ जनाले सिटी म्याक्सको सपिङ भौचर र अन्य आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् । यो योजना ३ महिनाको लागि ( जनवरी ३० देखी अप्रिल ३०) सम्म लागु हुनेछ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिटान्स सुविधा दिदै आइरहेको छ । एन्जाज र सिटि एक्सप्रेस बिच २०१७ देखि कारोवार सुचारु हुदै आइरहेको हो ।

यो वर्ष थप ५० अर्ब रुपैयाँभन्दा बढीको लगानी खोज्दै पुँजी बजार

काठमाडौं । पुँजी बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो वर्ष सुवर्ण मौका आउँदैछ । नेपालको पुँजी बजारमा चालु आर्थिक वर्षभित्रै ५० अर्ब रुपैयाँभन्दा बढीको लगानी अवसर प्राप्त हुदैछ । चालु आर्थिक वर्षमा १५ कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्नेछन् । यस्तो आईपीओ साढे १८ अर्ब रुपैयाँको हाराहारीमा हुनेछ । आईपीओ जारी गर्ने कम्पनीहरुमा १० वटा जीवन बीमा कम्पनी, एउटा पुनर्बीमा कम्पनी, एउटा पूर्वाधार विकास बैंक र ३ वटा निर्जीवन बीमा कम्पनी हुन् । बीमा समितिले लाइसेन्स दिएर कारोबार गरिरहेका १३ वटा बीमा कम्पनीले आईपीओ जारी गरेका छैनन् । जीबन बीमा कम्पनीको चुक्ता पुँजी कम्तिमा १ अर्ब रुपैयाँ र निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी कम्तिमा २ अर्ब रुपैयाँ हुनुपर्छ । बीमा कम्पनीहरुले आफ्नो चुक्ता पुँजीका कम्तिमा पनि ३० प्रतिशत आईपीओ जारी गर्नुपर्छ । यो व्यवस्था अनुसार ३ वटा निर्जीबन बीमा कम्पनीले कम्तिमा पनि ९० करोड रुपैयाँको आईपीओ जारी गर्नुपर्छ । त्यस्तै, १० वटा जीवन बीमा कम्पनीले ६ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्नै पर्छ । पुनर्बीमा कम्पनीले पनि आईपीओ जारी गरेको छैन । कम्पनीले पो वर्ष नै १ अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेको छ । यो तथ्यांकले बीमा कम्पनीहरुले मात्रै यो वर्ष ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नुपर्ने देखाउँछ । नौ अर्ब रुपैयाँको आईपीओ ल्याउन जुटे नयाँ बीमा कम्पनी, यस्तो हुँदैछ तयारी यस्तै, पूर्वाधार विकास बैंकले पनि आईपीओ जारी गरेको छैन । सो बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ छ । पूर्वाधार विकास बैंकले ८ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्न इस्यू म्यानेजर नियुक्त गरिसकेको छ । बीमा क्षेत्रका कम्पनी र पूर्वाधार विकास बैंकको गरी यो वर्ष १६ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ मात्रै आउनेछ । चालु आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र ल्याउनै पर्ने वाध्यकारी नियम ल्याएको छ । नेपाल राष्ट्र बैंकले गत असोजमा सार्वजनिक गरेको जानकारी अनुसार अहिले संचालनमा रहेका वाणिज्य बैंकहरुको चुक्ता पुँजी २ खर्ब ५९ अर्ब ५२ करोड ५९ लाख रुपैयाँ हुन्छ । मौद्रिक नीतिको व्यवस्था अनुसार चुक्ता पुँजीको २५ प्रतिशत मात्रै ऋणपत्र जारी भयो भने पनि ६४ अर्ब ८८ करोड १५ लाख रुपैयाँ बराबरको ऋणपत्र ल्याउनै पर्ने हुन्छ । २५ प्रतिशतभन्दा बढीको ऋणपत्र ल्याउन राष्ट्र बैंकले रोकेको छैन । तर, केही वाणिज्य बैंकहरुले ऋणपत्र विक्री गरिसकेका पनि छन् । जस्तो कि माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँको, एनआईसी एसिया बैंकले ९ अर्ब ६५ करोड रुपैयाँको, बैंक अफ काठमाडूले १ अर्ब रुपैयाँको, सिटिजन्स बैंक इन्टरनेसनलले ५० करोड रुपैयाँको, एभरेष्ट बैंकले १ अर्ब रुपैयाँको ग्लोबल आईएमई बैंकले १ अर्ब ५० करोड रुपैयाँको हिमालयन बैंकको ३ अर्ब २५ करोडको, कुमारी बैंकको ३ अर्बको, लक्ष्मी बैंकको ४० करोडको, नेपाल बंगलादेश बैंकको २ अर्बको, नेपाल इन्भेष्टमेन्ट बैंकको ३ अर्ब २५ करोडको, एनएमबी बैंकको २ अर्ब २५ करोडको र प्रभु बैंकको २ अर्ब रुपैयाँको ऋणपत्र आइसकेको छ । यी सबै बैंकहरुले विक्री गरिसकेको ऋण ३२ अर्ब ८० करोड रुपैयाँ बराबरको हुन आउँछ । बैंकहरुले जारी गर्नै पर्ने ६४ अर्ब ८८ करोड रुपैयाँमा ३२ अर्ब ८० करोड रुपैयाँ घटाउँदा अझै पनि ३२ अर्ब ८ करोड रुपैयाँको ऋणपत्र आउन बाँकी छ । तर, एनआईसी एसिया बैंकले आफ्नो चुक्ता पुजीको २५ प्रतिशतभन्दा निकै धेरै परिमाणको ऋणपत्र विक्री गरेको छ । यस्तै, बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी रकम बराबरको ऋणपत्र जारी गर्न पनि सक्छन् । त्यसैकारण बैंकहरुले जारी गर्नुपर्ने ऋणपत्रको परिणाम ३२ अर्ब रुपैयाँभन्दा बढी हुनेछ । ४० प्रतिशत ऋणपत्र सर्वसाधारणको लागि छुट्टयाउनु पर्ने हुन्छ । बाँकी ६० प्रतिशत ऋणपत्र  अन्य लगानीकर्तालाई विक्री गर्दा हुन्छ । बैंकले जारी गर्ने ३२ अर्ब ऋणपत्रको ४० प्रतिशत सर्वसाधारणले किन्दा पनि सो परिमाण १२ अर्ब ८० करोड रुपैयाँको हुन्छ । बीमा क्षेत्रका कम्पनी र पूर्वाधार विकास बैंकको आईपीओमा मात्रै सर्वसाधारणले १६ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आईपीओमा लगानीको अवसर पाउने छन् । यस्तै बैंकहरुले विक्री गर्न बाँकी रहेको ३२ अर्ब रुपैयाँको ऋणपत्रमा मात्रै १२ अर्ब ८० करोड रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । यी दुबै तथ्यांक जोड्दा चालु आर्थिक वर्षमा सर्वसाधारणले पुँजी बजारमा २९ अर्ब ३० करोड रुपैयाँ लगानी गर्न पाउने अवसर पाउने छन् । नेपाली पुँजी बजारमा सबै लगानीकर्ताको लगानी जोड्दा यो वर्ष नेपाली पुँजी बजारले करिब ५० अर्ब रुपैयाँ थप लगानी खोजेको छ ।

नेपालमै सम्भव छ अन्तर्राष्ट्रिय स्तरको शिक्षा

काठमाडौं । संसारभरी नै विद्यार्थीहरुलाई गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा दिने लहर चलेको अवस्थामा पनि नेपालको शिक्षा प्रणालीमा खासै परिवर्तन हुन नसकेको सन्दर्भमा प्रयोगात्मक, व्यवहारिक र व्यवसायिक शिक्षा दिँदै विद्यार्थीहरुको सिर्जनशिलताको विकास गर्ने र विश्व बजारका लागि विकाउ एवं सक्षम नागरिक तयार गर्ने उद्देश्यले स्वस्तिश्री गुरुकुल सञ्चालनमा ल्याइएको छ । केवल किताबी ज्ञान र शिक्षक केन्द्रीत शिक्षणले बालवालिकाहरुको चौतर्फी विकास गर्न सक्दैन । बालमैत्री, व्यवहारिक एवं क्रियाशील शिक्षण पद्धती, प्रकृति र समुदायसँगको अन्तरक्रिया, गहन एवं अन्वेषक विश्लेषण, नियमित मूल्याङ्कनले मात्र प्रतिस्पर्धी विश्वबजारका लागि सक्षम नागरिक तयार गर्न सक्दछ । विद्यार्थीहरुले बन्द कोठा भित्रभन्दा बढी समय प्रयोगशालाहरु, खेलकुद मैदान, समुदाय र वातावरणसँग बिताउनेछन् । जहाँ सैद्धान्तिक सिकाईभन्दा बढी व्यवहारिक, प्रयोगात्मक र व्यवसायिक शिक्षा दिइने छ । नेपाल सरकारले निर्दिष्ट गरेको नियमित पाठ्यक्रम अन्तर्गत रहेर यस स्कुलले समय सुहाउँदो र विद्यार्थीहरुलाई जीवन उपयोगी शिक्षा प्रदान गर्न केही पाठ्यक्रम थप गरी अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका सिकाई पद्धतिहरुलाई पनि अनुशरण गर्ने लक्ष्य रहेको छ । विद्यार्थीहरुको चौतर्फी विकासका लागि विज्ञान विषयका प्रयोगशालाको अलावा गणित, अंग्रेजी, नेपाली, सामाजिक शिक्षा लगायतका सबै कक्षा कोठाहरुलाई प्रयोगशाला कै रुपमा विकास गरिने छ । केवल कितावी ज्ञान भन्दा पनि पढेको कुरालाई जीवन उपयोगी बनाउन सकियो भने मात्र त्यसको दीगो अर्थ रहन सक्छ । त्यसैले चारवटा पर्खालहरु भित्रको कक्षा कोठामा दिइने पुरातन शिक्षा पद्धतिलाई परिवर्तन गरी सिकाइलाई प्रकृति र समुदायसँग अन्तरक्रिया गर्ने र घुलमिल हुने वातावरणको निर्माण गर्दै शिक्षालाई व्यवहारिक बनाइने छ । यसका साथै सबै कक्षा कोठाहरु स्मार्ट बोर्ड सहितको उच्च प्रविधियुक्त (स्मार्ट कक्षा), विद्यालय परिसरमा अत्याधुनिक इन्टरनेट सुविधा उपलब्घ हुनेछ । विद्यार्थीहरुलाई अत्याधुुनिक सेवा, सुविधा दिने उद्देश्यले खोलिएको यस स्कुलमा सबै कक्षाकोठाहरु वातानुकुलित (एयर कण्डिसन), फुटवल, बास्केटवल, टेवलटेनिस, ब्याडमेन्टिन, स्केटिङ्ग, कराँते लगायतका खेलकुदको लागि संरचना, जिम हल, अत्याधुनिक तातोपानी सहितको पौडि पोखरी (इन्डोर हिटेड सुइमिङ्ग पूल) लगायत अन्य विभिन्न सुविधाहरु उपलब्ध छन् । विद्यार्थीहरुलाई स्कुल आउन र घर जानको लागि वातानुकुलित आधुनिक बसको सुविधा दिइने छ । एउटा राम्रो विद्यालय सञ्चालन गर्न राम्रा र सक्षम शिक्षकहरुको पनि आवश्यकता पर्दछ । त्यसको लागि राष्ट्रिय सञ्चार माध्यममा आवश्यकताको विज्ञापन प्रकाशित गरेर सयौं आवेदकहरुको माझबाट अन्तरवार्ता, लिखित परीक्षा, कक्षा शिक्षण जस्ता चरणहरु पार गर्दै शिक्षक÷शिक्षिकाहरु छनौट भएका छन् र छानिएका शिक्षक÷शिक्षिकाहरुलाई छिट्टै तालिम सञ्चालन गरिने छ । गुणस्तरीय शिक्षाका लागि नियमित रुपमा शिक्षकहरुलाई प्रदान गरिने तालिम, चुस्त ब्यवस्थापन जस्ता कारणहरुले पनि प्रमुख भूमिका खेलेको हुन्छ । तालिम एक निरन्तर प्रक्रिया हो र यो वर्षैभरी चल्ने छ । स्वस्तिश्री गुरुकुलले आफ्ना शिक्षक, कर्मचारीहरुलाई तालिम दिन, शिक्षण कार्यमा सहकार्य गर्न, आफ्ना शिक्षक, कर्मचारीहरु तथा विद्यार्थीहरु विच भ्रमण आदान प्रदान गर्न संयुक्त राज्य अमेरिकाको वाटकिन्सन स्कुलसँग सहकार्य गर्ने गरी काम अगाडि बढाइएको छ र छिट्टै सम्झौता समेत हुँदैछ । यसैगरी यस स्कुलले गत बर्षदेखि नै बेलायतको फिल्डओर्क एजुकेशनसँगको सहकार्यमा ईन्टरनेशनल अर्ली इयर करिकुलम (आई.इ.वाई सी.) फ्रेमओर्क सञ्चालनमा ल्याएको छ । यस स्वस्तिश्री गुरुकुल दिने शिक्षा २१ औं शताब्दी सुहाउँदो हुने, जसले गर्दा स्वस्तिश्रीका विद्यार्थीहरु संसारका जुनसुकै ठाउँ र शिक्षण संस्थाहरुमा सजिलै घुलमिल हुन सक्नेछन् । विभिन्न कारणले बिचैमा पढाई छाड्ने विद्यार्थीहरुले पनि स्वस्तिश्रीमा सिकेको व्यवहारिक ज्ञान र जीवन उपयोगी शिक्षाका कारण सजिलै जीवन यापन गर्न सक्षम नागरिक तयार गर्ने लक्ष्य रहेको छ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षाको लागि भन्दै आफ्ना कलिला नानी बाबुहरुलाई विदेशमा पठाउने परम्पराको अन्त्य गर्न नेपालमै राम्रो विद्यालय खुल्नु पर्दछ भन्ने धेरै अभिभावकहरुको मागलाई पूरा गर्दै अभिभावकहरुकै सपनाको विद्यालयको रुपमा स्वस्तिश्री गुरुकुल बन्नेछ भन्ने प्रण यसले लिएको छ ।

विराटनगरमा प्रदेश स्तरीय चित्रकला प्रदर्शनी

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग र ललितकला संगम विराटनगरको सहकार्यमा बिहीबार प्रदेश स्तरीय चित्रकला प्रदर्शनी भएको छ । कार्यक्रमको पहिलो दिन प्रदेश नं १ विराटनगरको सेन्ट्रल महलमा सम्पन्न भएको हो । कार्यक्रममा माननीय सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारी, प्राज्ञ सभासदस्य सञ्जय वान्तवा, प्राज्ञ गंगा सुवेदी, प्राज्ञ सरोजा खड्गी, प्राज्ञ एस.सी. सुमन, पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति विजु थपलिया, सामाजिक विकास मन्त्रालयका कानून विद् कोष राज न्यौपाने , पत्रकार महासँघका अन्यक्ष विक्तम लँुइटेलको उपस्थिति रहेको थियो । ललितकला संगम विराटनगरका अध्यक्ष गोपाल कलाप्रेमीको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रमको सञ्चालन निवास पोखरेलले गरेका थिए । ४० जना भन्दा बढी कलाकारहरुद्वारा निर्माण गरिएका चित्रकलाको अवलोकन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले प्रदेश नं १ मा चित्रकलाको प्रदर्शनी भए होलान् तथापी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागले ललितकला संगम विराटनगरसँग गरेको यो कार्यक्रम पहिलो रहेकोले आभार व्यक्त गरेका छन् । नेपाल सरकार अन्र्तगतको यो संस्थाले कलाको विकास, प्रवद्र्धन, उन्नयन, संरक्षण गर्दै आएको छ । कार्यक्रममा राजभण्डारीले प्रदेश नं १ विराटनगरमा एउटा कला म्यूजियम निर्माण गर्ने र यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यसैगरी प्रमुख अतिथि माननीय सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले चित्रकला मार्फत नेपालको विशिष्ठताको परिचय र पहिचान दिएको हुन्छ । यसर्थ यसलाई प्रदेश स्तरीय विस्तार गर्नु आवश्यक रहेको बताए । त्यसैगरी, विविध धर्म, भाषा, संस्कृति भएको देश विश्वको सर्वोच्च शिखर देखि होचो भु–भाग रहेको कारण यस कार्यक्रम महत्वर्पुण रहेको कारण बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक संग्राहलयको निर्माण गर्ने बजेट विनियोजन गरिएको कुराको समेत जानकारी गजमेर गराए ।

वैदेशिक रोजगारीमा जाने युवाले पाउने भए बिना धितो ऋण

जनकपुरधाम । प्रदेश नंं २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएको छ । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन सम्झौता सम्झौता भएको छ । बिहीबार भएको सम्झौता अनुसार बैंकले युवालाई ऋण दिन शुरुआत गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गर्दै प्रदेश सरकारको पहल तथा सीप परियोजनाको सहयोगमा कार्यक्रम शुरुआत गरिएको जानकारी दिए । उनले अब वैदेशिक रोजगारीमा जाने युवालाई सीप सिकेर रोजगारमा जान आग्रह समेत गरेका छन् । यसअघि एसबिआइ बैंकले कर्जाको शुभारम्भ गरेको थियो । प्रभु बैंकले सो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा वैदेशिक रोजगारमा जाने युवालाई उपलब्ध गराउनेछ । सिरहा, धनुषा र महोत्तरीमा एसबिआइ बैंकले सेवा दिने जनाइएको छ । ती बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउँमा बचत खाता खोली दिने र राहदानी लिइ श्रमसम्झौतापछि बैंकमा जम्मा गरेपछि पाँच दिनभित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ । बैंकका कार्यकारी प्रमुख मणिराम पोखरेलको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साह,सचिव रामकृष्ण सुवेदी, डिफिडका रोब क्लर्क, सीप परियोजाका बलजित बोहराले नयाँ कार्यक्रम शुरुआत भएको बताए ।रासस