ट्राफिक जाम नियन्त्रणका लागि लग्जेम्बर्गले हटायो सबै यातायातमा लाग्ने भाडा
काठमाडौं । संसारमा पहिलोपटक आफ्ना नागरिकलाई निशूल्क यातायात सेवा प्रदान गर्ने देशको रुपमा लग्जेम्बर्गले आफूलाई दर्ज गर्न सफल भएको छ । यूरोपेली संघअन्तर्गतको सानो तर समृद्ध यस राष्ट्रका नागरिकहरुको व्यक्तिगत सवारी साधन खरिद र प्रयोगको प्रबृत्तीमा आएको वृद्धिको कारण बढ्न गएको सवारी चापलाई नियन्त्रणमा लिन यसै साताको सुरुदेखि त्यहाँको सरकारले ट्राम, रेल र बसद्धारा निशूल्क यातायात सेवा प्रदान गर्ने घोषणा गरेको हो । विश्वका विभिन्न देशका केहि शहरहरुमा यस्तो खालको सुविधा पहिल्यैदेखि उपलब्ध भएतापनि सिङ्गै देशभरी नै यातायात सेवा निशूल्क गर्ने पहिलो देश लग्जेम्बर्ग भएको त्यहाँका यातायात मन्त्री फ्रान्कोइज बउस्चले दाबी गरे । यसै साता लग्जेम्बर्गमा त्यहाँका नागरिक, अन्य यात्रु तथा पर्यटकका लागि निशूल्क यातायात सेवाको उद्घाटन गर्ने क्रममा उक्त सेवा एक महत्वपूर्ण सामाजिक समाधान भएको मन्त्री बउस्चले बताए । लग्जेम्बर्गमा करिब ४७ प्रतिशत बिजनेश ट्रिप (व्यापारका लागि गरिने यात्रा) व्यक्तिगत कारमार्फत हुनेगर्छ भने काममा जाने जनसंख्यामध्ये करिब ३२ प्रतिशतले बस तथा १९ प्रतिशतले रेलको प्रयोग गर्छन् । उता छिमेकी देश फ्रान्समा भने लगभग ७० प्रतिशत काममा जाने मानिसले सार्वजनिक यातायातको प्रयोग गर्दछन् । लग्जेम्बर्गमा छिमेकी राष्ट्र फ्रान्स, जर्मनी र बेल्जियमबाट कामका लागि आउने ठूलो संख्याका मानिसले दैनिक आवतजावतका लागि ब्यक्तिगत कारको प्रयोग गरेका कारण यस सानो यूरोपेली राष्ट्रको ट्राफिक जामको अवस्था भयावह बनेको विभिन्न संचार माध्यमहरुले जनाएका छन् । करिब छ लाख १० हजार जनसंख्या भएको लग्जेम्बर्गमा आधाभन्दा बढी काम गर्ने कर्मचारीहरु विभिन्न छिमेकी राष्ट्रहरुबाट आउने गर्दछन् । आफ्ना नागरिकहरुलाई सार्वजनिक यातायातप्रतिको सोच एवं ब्यवहार परिवर्तन गर्न हालै ल्याइएको यस नयाँ कदमले लग्जेम्बर्गका करिब ४० प्रतिशत नागरिकलाई सकारात्मक प्रभाव पार्ने र यसका कारण प्रति व्यक्तिले वार्षिक रुपमा करिब ११० अमेरिकी डलर यातायात भाडाबापतको रकम जोगाउने विश्वास गरिएको छ ।
कोरोना भाइरस विशेषज्ञ डा.बास्तोला भन्छन्ः ‘कोरोना लाग्दैमा मान्छे मर्दैन’
काठमाडौं । यतिखेर विश्वभर कोरोना (कोभिड–१९) को त्रास छ । चीनबाट सुरु भएको भनिएको कोरोना भएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभरका नागरिकरुमा डर त्रास र भयको वातावरण सिर्जना भएको छ । कोरोनाको संक्रमण भइसकेपछि मानिस मरिहाल्छ भन्ने मनासय मानिसहरुले बनाइसकेका छन् । यसले पनि उनीहरुमा त्रासको वातावरण बढी भएको हो । मानिसहरुमा कोरोनाको त्रास व्याप्त भइरहेको बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाले कोरोना भाइरस लाग्दैमा मृत्यु भइहाल्ने कुरा गलत भएको बताएका छन् । मंगलबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै डा. बास्तोलाले कोरोना लाग्दैमा मान्छे मरिहाल्छ भन्नु भ्रम रहेको बताए । वैज्ञानिक तथ्यले कोरोना लागेका ८० देखि ८२ प्रतिशत मानिसहरु सामान्य रुघाखोकी लागेर केही दिनमै अस्पतालमा भर्ना नभई निको भएको देखाएको छ । अन्य व्यक्तिमा निमोनियाको लक्षणहरु देखा परी फोक्सोमा पानी जम्मा हुने, विभिन्न अंगहरुले काम गर्न छोड्ने भई मृत्यु हुने गरेको छ । प्रत्येक एक सय जना व्यक्तिमा कोरोनाको कारण २ देखि ३ जनाको मृत्यु भएको देखिएको डा. बास्तोला बताउँछन् । कोरोना लागेर मृत्यु हुने सबैभन्दा बढी ६० वर्षभन्दा माथिका दीर्घरोगी भएको र त्यसमा पनि मुटुरोग लागेकाहरु सबैभन्दा बढी भएको उनको भनाइ छ । त्यसपछि फोक्सोका रोगी, चिनि रोगी र क्यान्सर तथा अन्य रोगसँग लड्न सक्ने क्षमता कम भएका व्यक्तिहरुको मृत्य भएको बास्तोलाले बताए । ‘६० वर्षभन्दा कम उमेरका मृत्यु हुने मानिसहरु निकै कम रहेका छन्, कोरोना लाग्ने बित्तिकै मर्छन् भन्ने भ्रम मानिसहरुमा छ, यसबाट कसैले डराउनु पर्दन’, उनले भने । अहिलेसम्म नेपालमा एक व्यक्ति बाहेक अन्यमा कोरोनाको संक्रमण देखिएको छैन । एक व्यक्तिमा भएको कोरोना पनि आफै निको भई बाँकी जाँच भएकाहरु सबैमा नेगेटिभ देखिएको छ । यस्तै, शुक्रराज ट्रपिकल अस्पतालमा भएका ५ जना व्यक्तिहरुको नतिजा केही घण्टामै आउने डा. बास्तोलाले बताए । हालसम्म विश्वमा कोरोना भाइरस संक्रमणका कारण ३ हजार १ सय २० को मृत्यु भईसकेको छ । संसारभरमा कोरोनाको संक्रमणमा ९३ हजार भन्दा बढि मानिसहरु रहेका छन् । जसमा चीनमा ८० हजार ५२, दक्षिण कोरीयामा ५ हजार १ सय ८६, ईटालीमा २ हजार ३६, ईरानमा १ हजार ५ सय रहेका छन् । डायमन्ड प्रिन्सेन सिपमा ७ सय ६ जना, जापानमा २ सय ७४, फ्रान्समा १ सय ९१, जर्मनीमा १ सय ६५ र स्पेनमा १ सय २० जना संक्रमित भएका छन् । हाल सम्म ४८ हजार २ सय ५३ जना कारोना लागेर पनि निको भइसकेका छन् । संक्रमणबाट बच्न नेपाल सरकारले समेत पूर्व सावधानी अपनाइरहेको छ । विमानस्थलदेखि अन्तर्राष्ट्रिय सीमा-नाकासम्म चेकजाँचको प्रबन्ध मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी तयारी सँगसँगै सर्वसाधारण नेपालीले समेत कोरोना संक्रमणको त्रासबाट मुक्त हुन मानसिक तयारी गर्नुपर्ने डाक्टर बताउँछन् । डाटरहरुले कोरोनालाई लिएर बढी चिन्तित नहुन सुझाव दिएका छन् । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेको काेराेना हुन नदिन धेरै उपायहरु अपनाउन सकिने बताएका छन् । कसरी सावधानी अपनाउन सकिन्छ ? – कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन । दीर्घ रोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ । – कोरोना सर्योन भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ । १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन । – कोरोना संक्रमणको औषधि छैन । तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने, गाह्रो भएमात्र अस्पताल जाने । – कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ । तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन । – कोरोनाविरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि शहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ ९३ महिनाको जोहो गर्दा राम्रो हुन्छ । जस्तैः नियमित खाने औषधि, अत्यावश्यक खाद्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि । – शहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ । – विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दबाब झेल्नु पर्दैन । – बजारमा मास्कको अभाव छ । कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ । बराबर हात धुने, सफा रहने गर्यो् भने कोरोना संक्रमण सर्दैन । तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन । मास्कभन्दा पंजा महत्त्वपूर्ण छ । – बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट–कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ । – कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर ९टेन्ट० आदिमा राखेर उपचार गर्छन् । विश्व स्वास्थ्य संघ, विदेशी स्वयंसेवी संस्था, विदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन् । – कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो । हामीकहाँ गर्मी शुरू भएको छ । तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ । – कोरोना भाइरसविरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ । – क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ डराउनु पर्दैन । – यसको रोकथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने, हात धोइरहने, विना काम घर बाहिर नजाने गर्दा ९०५ रोकथाम हुन्छ ।
बैंक अफ काठमाण्डूले नेपालगन्जमा गर्यो रक्तदान तथा सहयोग कार्यक्रम
काठमाडौं । बैंक अफ काठमाण्डूले रक्तदान तथा सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्नो २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरेको हो । साथै, बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरणको लागि वाटर डिस्पेन्सन उपकरण हस्तान्तरण गरेको छ । कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणा, नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख मुक्ति सापकोटा तथा बैंकका संचालक समिति सदस्य गोबिन्द प्रसाद शर्माको उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । हालसम्म यस बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
नयाँ व्यापार थाल्ने सोचमा हुनुहुन्छ ? पछ्याउनुहोस् यी चरणहरु
काठमाडाैं । तपाईं एक सफल व्यापारी वा उद्यमी हुन सक्नुहुन्छ कि सक्नुहुन्न ? भन्नेमा तबसम्म केही भन्न सकिँदैन, जबसम्म तपाईंले आफ्नो व्यापार वा उद्यममा सफलता हासिल गर्न सक्नुहुन्न । कोहिले व्यापारमा सफलता पाउन व्यापार गर्न चाहेको क्षेत्रबारे पर्याप्त औपचारिक शिक्षा, लगानी रकम र सीप तथा अनुभव आवश्यक पर्दछ भन्ने सोच्दछन् भने कोहि यी सबैको अनुपलब्धताको बाबजुत पनि व्यापारमा आफ्नो मनग्ये प्रगती हासिल गर्न सकिन्छ भन्ने सोच्दछन् । तर तपाईंले आफ्नै समाज, देश र विश्वमै व्यापारमा साम्राज्य खडा गर्न सफल व्यक्तिहरुको पृष्ठभूमी केलाउनुभयो भने यी दुबै सोच सत्य भेटिन्छन् । तर यथार्थमा, व्यापारको दुनियाँमा आफूलाई अब्बल खेलाडीको रुपमा स्थापित गर्नका लागि नविन सोच, समय सान्दर्भीकता, उचित स्थान र बजारको चयन, प्रखर निर्णय क्षमता, चुस्त नेतृत्वकला, उत्पादन र बिक्री वितरण गर्न चाहेको बस्तु तथा सेवाको उत्पादनसम्बन्धी ज्ञान र सीप तथा आवश्यकताअनुसार जोखिम लिनसक्ने साहस लगायत अत्यावशेषक पूर्वशर्तहरु हुन् । तर यी सबैका बाबजुत पनि तपाईं यदि पहिलो पटक कुनै व्यापार, व्यवसाय र उद्यमशिलताको क्षेत्रमा पाइला टेक्दै हुनुहुन्छ भने तपाईंलाई केबाट, कसरी र कुन तरिकाले सुरु गर्ने र भविष्यमा कसरी अघि बढ्ने भन्ने विषयमा अन्यौलता हुनसक्छ । तपाईंको यहि अन्यौलतालाई निराकरण गर्न हामीले विभिन्न वेबसाइटहरुको अध्ययन गरी व्यापार सुरु गर्नका लागि क्रमबद्धरुपमा चाल्नुपर्ने केहि अत्यावषेक कदमहरु यहाँ प्रस्तुत गरेका छाैं । व्यापारको प्रकृति हेरिकन यी कदमहरु कहिलेकाँही तलमाथि भने हुन सक्छन् । १. आफ्नै मूल्यांकन गर्नुहोस् अनि लगानीको क्षेत्रको पहिचान गर्नुहोस्ः भाटभटिनी सुपर मार्केटले देशैभरी उसका शाखाहरुको विस्तार गरिरहेको अवस्थामा तपाईंलाई पनि सोहि प्रकृतिको व्यापार थाल्न मन छ कि ? वा पछिल्लो समय सबैजना कृषि वा पशुपालन व्यवसायमा लागेका छन् र केहि न केहिरुपमा सफल पनि भएका छन् भनेर तपाईं पनि सोहि काममा लाग्न हौसिनुभएको पो छ कि ? यदि यस्तो हो भने रोकिनुहोस् । तपाईं गलत बाटोमा लाग्दै हुनुहुन्छ । कसैले कुनै क्षेत्रमा सफलता पायो भनेर सोहि क्षेत्रमा लाग्नु आत्मघाती कदम पनि हुनसक्छ । कुनै पनि ब्यापारमा कसैले सफलता पाएको छ तपाईं यो मान्नुस् कि उ सोहि व्यापारको लागि बनेको हो वा सो व्यापारमा सफल हुन उसले ती सबै गरेको छ जुन तपाईंको क्षमता बाहिरको कुरा पनि हुनसक्छ । यसको मतलब तपाईंले उक्त व्यवसायमा गर्नै मिल्दैन भन्ने चाहीँ होइन । मात्र के हो भने तपाईं आफैलाई सोध्नुस् तपाईंको क्षमता, सीप, जाँगर र रुची कुन क्षेत्रमा छ । यदि तपाईं मिठो खानेकुरा बनाउन सिपालु हुनुहुन्छ भने रेष्टुँरा वा होटल व्यवसाय तपाईंको लागि व्यापारको राम्रो क्षेत्र हुनसक्छ । यदि तपाईं फेसन डिजाइनीङ्गको पारखी हुनुहुन्छ भने सोहि काम तपाईंको लागि व्यापारको सम्भावनायुक्त क्षेत्र हुनसक्छ । तर कहिलेकाँही तपाईंको रुची र ज्ञानभित्रको क्षेत्र भएता पनि त्यसलाई आधार बनाएर व्यवसाय संचालनको गर्न तपाईंसँग आवश्यक लगानी छ कि छैन, तपाईंले व्यापार संचालन गर्न रोज्नुभएको स्थान वा भूगोल उपयुक्त छ कि छैन, बजार र समय अनुकुल छ कि छैन भनेर निक्र्यौल गर्न पनि जरुरी छ । यदि अझै पनि तपाईं अन्यौलमा हुनुहुन्छ भने आफुले आफैलाई निम्न प्रश्नहरु सोध्न सक्नुहुन्छ: – के म साँच्चै उद्यमी वा व्यवसायी बन्न तयार छु ? यदि छु भने सोका लागि गर्नुपर्ने त्याग वा सम्झौता गर्न म तयार छु ? – मसँग केकस्ता सीप र विशेषताहरु छन् ? – मलाई के कामप्रति रुची र उत्साह छ ? – मेरो ज्ञान तथा विज्ञताको क्षेत्र के हो ? – म कतिसम्म लगानी गर्नसक्छु वा जोखिम मोल्न सक्न्छ ? – मसँग भविष्यका लागि आवश्यक ब्याकअप लगानी उपलब्ध छ कि छैन ? यदि माथिका सबै प्रश्नहरुको जवाफमा तपाईंले निशर्त रुपमा हो वा हुन्छ वा तयार छु भन्न सक्नुहुन्छ तपाईं तल उल्लेखित चरणहरु चाल्न सक्नुहुन्छ । २. व्यापारको नयाँ उपाय वा जुक्तिबारे सोच्नुहोस्ः व्यापार गर्ने क्षेत्र वा उद्यमशीलताको कामको पहिचान गरेर मात्र सबै चीज पर्याप्त हुँदैन । सो व्यापारमा तपाईंले आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने कुराले तपाईंको सफलता वा असफलता निर्धारण गर्दछ । उदाहरणको लागि, काठमाडौंमा खुलेकाहरुमध्ये अधिकांश रेष्टुँराले सेकुवा बेच्छन्, तर किन तपाईं सेकुवाको धीत मार्न बाजेको सेकुवा नै जानुहुन्छ ? अझै तपाईंले के पनि बुझ्न जरुरी छ भने उद्यमशिलता भनेको थोरै लगानी र कम झन्झटमा चमत्कारीक सोचका साथ गरिने व्यवसाय हो । आजको जमाना पनि नविन सोचसहितको पृथक व्यापारको समय हो । अरु कसैले कुनै व्यवसायबाट पाएको सफलताबाट उत्साहित भएर सोहि व्यवसायमा हात हाल्नु मुर्खता हो जबसम्म तपाईँसँग सोहि काम फरक ढंगले गर्नसक्छु भन्ने आत्मविश्वास छैन । जस्तै, तपाईंले सामान्य लगानी गरी आफ्नै बस्तीमा सानो किराना पसल चलाउन सक्नुहुन्छ तर सोहि स्थानमा पहिल्यैदेखि स्थापित र सफल किराना पसलसँग प्रतिस्पर्धा गर्नका लागि तपाईंले इन्टरनेट वा फोनमार्फत अर्डर लिइ निशुल्क होम डेलिबरीको उपाय लगाउँदा तपाईंले आफूलाई प्रतिस्पर्धीभन्दा अगाडी लान सक्नुहुन्छ । ३. व्यापारको नयाँ जुक्ति निकाल्न तलका बुँदाहरुमा केहि बेर घोत्लिनुहोस्ः क) नयाँपनको खोजीः तपाईंले लगानी गर्न खोज्नुभएको क्षेत्र वा परियोजनामा केहि नविन विकास जस्तै प्रविधीमा नयाँपन, नीति वा कानूनमा परिबर्तन, कच्चा पदार्थको मूल्यमा घटीबढी, मानव संशाधनको उपलब्धता वा अभाव, उपभोगको प्रबृत्तिमा आएको परिबर्तन लगायतको भइरहेका हुनसक्छन् जुन तपाईंलेपत्ता लगाउनुपर्दछ । उदाहरणको लागि, यदि नेपाल सरकारले पशुपालनमा अनुदान दिने घोषणा गरेको छ भने सो क्षेत्र तपाईंको लागि फलदायी र कम जोखिमयुक्त हुनसक्छ । यसैगरी पशुपालनमै पनि तपाईंले मासुको आपूर्तीको लागि बाख्रापालन गर्ने सोच बनाउनुभयो तर बजारमा भने बाख्राको दुधबाट बन्ने चीजको माग बढेको छ भने तपाईंले आफ्नो ब्यापारको ढाँचालाई सोहिअनुसार परिमार्जन गर्न सक्नुहुन्छ । ख) कुन ब्यापारले धेरैभन्दा धेरै मानिसलाई सुविधा दिनसक्छ बुझ्नुहोसः सेवाग्राहीले औसत व्यापारबाट थोरै लाभ लिनसक्छन् भने राम्रो व्यापारबाट धेरै लाभ हासिल गर्न सक्दछन् । तपाईंको व्यापारले धेरैभन्दा धेरै मानिसलाई कसरी लाभ पुर्याउन सक्दछ, सोबारे सोच्नुहोस् । अझ तपाईंले मानिसले आमजिवनमा भोगिरहेका समस्याहरुको समाधान दिने खालको व्यापार गर्न सक्नुभयो भने तपाईंले कम समयमै आफ्नो ब्राण्ड स्थापना गर्न सक्नुहुन्छ । उदाहरणको लागि टुटललाई लिन सक्नुहुन्छ । ग) अझ राम्रो, सस्ता र छिटोको नीति लिनुहोस्ः यदि तपाईं पहिल्यै नै बजारमा आइसकेको बस्तु वा सेवासम्बन्धी व्यापार गर्न चाहनुहुन्छ भने आफ्नो व्यापारलाई अन्यभन्दा पृथक बनाउनका लागि आफ्नो बस्तु वा सेवालाई अरुको भन्दा थप राम्रो, सस्तो र छिटोछरितो वितरणको नीति अँगाल्नु पर्दछ । यसका अलावा पनि मानिस तथा सम्बन्धीत क्षेत्रको विज्ञसँग परामर्श लिइ तपाईंले आफ्नो व्यापार वा व्यापार गर्ने तरिकाका लागि नयाँ जुक्तिको विकास गर्न सक्नुहुन्छ । घ) बजारको अध्ययन-अनुसन्धान गर्नुहोस्ः आफ्नो व्यापारलाई अन्यको भन्दा पृथक बनाउन, आफ्नो उत्पादनलाई अन्यको भन्दा सुलभ र सस्तो बनाउन, उत्पादनको लागत घटाउन तथा वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाउन बजारको अध्ययन गर्नुपर्दछ । आफुले व्यापार संचालन गर्न खोजेको वा जसलाई आफ्नो लक्षित बर्ग बनाउन खोज्नुभएको हो, उनीहरुको कुल जनसंख्या, रुची, उपभोगको प्रबृत्ति, क्रय क्षमता लगायतको विषयमा जानकारी हासिल गर्नु फाइदाजनक हुन्छ । यसका अलावा पनि तपाईंले उत्पादन गर्न खोज्नुभएको वस्तु वा सेवाको बजारको उपलब्धता, तपाईंको प्रतिद्धन्द्धि वा साझेदारको अवस्था, आवश्यक कच्चा पदार्थ कहाँबाट कसरी झिकाउने, बस्तु वा सेवालाई बजारसम्म कसरी पुर्याउने तथा आवश्यक लगानी कहाँबाट कसरी जुटाउने भन्ने विषयमा पहिले नै निश्चित हुँदा व्यापारलाई सहज तरिकाले अगाडी बढाउन सकिन्छ । यस्तो खाले अध्ययनका लागि तपाईंले मानिसहरुसँग कुराकानी गर्ने, सरसल्लाह लिने, इन्टरनेट तथा पत्रपत्रिकामा अध्ययन गर्ने अथवा समान प्रकृतिको व्यवसायिक प्रतिष्ठान वा कम्पनीको भ्रमण गर्ने लगायतको कार्यहरु गर्न सक्नुहुन्छ । ४. व्यापारको अवधारणालाई मूर्त रुप दिनुहोस्ः तपाईंले गर्न चाहनुभएको ब्यापार वा उद्यम अहिलेसम्म तपाईंको दिमागमा एउटा अवधारणाको रुपमा मात्र सिमित छ । अब बेला भएको छ सोहि अवधारणालाई मूर्त रुप दिने । तपाईंले सोच्नुभयो होला, व्यापारलाई कसरी मूर्त रुप दिने भनेर । तपाईंको व्यापारको अवधारणालाई स्वरुप दिनका लागि सबैभन्दा महत्वपूर्ण चिज भनेको त्यसको नाम हो । विना नाम तपाईंले तपाईंको व्यापार, ब्यवसाय, प्रतिष्ठान, कम्पनी वा फर्मको कामलाई अगाडी बढाउन सक्नुहुन्न । जसै नामले तपाईंको व्यापारको परिचय दिन्छ सो परिचयलाई थप बलियो बनाउने तत्वहरु भनेको उसको ठेगाना वा अवस्थिती हो । तपाईंले व्यापारमार्फत हासिल गर्न चाहनुभएको ध्ये, उदेश्य र प्रभावको निक्र्यौल गर्दा तपाईंको व्यापारले थप स्पष्ट स्वरुप हासिल गर्दछ । भने व्यापारको लागि नाम जत्तिकै महत्वपूर्ण अर्को चिज भनेको लोगो हो किनकी आजको दिनमा लोगोलाई व्यापारको समग्र सचित्र वा दृष्यात्मक प्रस्तुतीकरणको रुपमा लिइन्छ । त्यसैले सरल र आकर्षक लोगो तपाईंको व्यापारको लागि नभइ नहुने तत्व हो । यसका साथसाथै पोष्ट बक्स नम्बर, टेलिफोन वा मोबाइल नम्बर, इमेल ठेगाना, सामाजिक संजालमा पेज वा खाता लगायतले तपाई“को ब्यापारलाई थप मूर्त रुप प्रदान गर्दछन् । ५. व्यापारलाई आधिकारीक बनाउनुहोस्ः व्यापारको अवधारणालाई मूर्त रुप दिइसकेपछि तपाईंले सोलाई आधिकारीता प्रदान गर्नुपर्दछ । स्थानीय सरकार, प्रदेश सरकार वा केन्द्रिय सरकारले तोके बमोजिमको कानूनको अधिनमा रहि आवश्यक सरकारी निकायमा दर्ता गरी आफ्नो व्यापार वा कम्पनीलाई तपाईंले कानूनी बैधता दिन सक्नुहुन्छ । यसका अलावा पनि तपाईंले गर्ने ब्यवसायलाई स्वामित्वमा लिने वा नियमन गर्ने निकायमा पनि तपाईंको व्यापारको औपचारिक दर्ता हुन जरुरी रहन्छ । उदाहरणको लागि, यदि पर्यटनको क्षेत्रमा तपाईंले व्यवसाय गर्न चाहनु भएको हो भने पर्यटन विभागमा दर्ता गनुपर्दछ भने कृषि वा पशुपालनको क्षेत्रमा लाग्न चाहनुभएको हो भने कृषि विभागमा दर्ता हुनुपर्दछ । यसपश्चात तपाईंले आफ्नो व्यापारलाई राज्यको कानूनले आवश्यक ठहर्याएको करसम्बन्धी प्रावधानमा पनि समावेश गर्न जरुरी छ जसअन्तर्गत व्यवसायको प्रकृती हेरीकन तपाईंले म्याट वा प्यान लगायतमा दर्ता हुनुपर्दछ । भने यसका लागि तपाईंसँग बैंकको आधिकारी खाता नम्बर पनि हुन जरुरी रहन्छ । अर्कातर्फ उद्यमशिताको स्वरुप हेरिकन पेटेन्ट वा ट्रेड मार्क चिन्ह हासिल गर्नु अर्को महत्वपूर्ण कदम हो । यसरी दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गरेपश्चात मात्र तपाईंको ब्यापार वा फर्मको कानूनी हैसियत निर्माण हुन्छ । तथापि, यी सबै कार्यहरु गर्न वा आफ्नो व्यापारलाई आधिकारीता प्रदान गर्न केके गर्नुपर्दछ भन्नेमा तपाईंलाई अझ पनि केहि द्धिविधा छ भने तपाईंले व्यवसायिक कानूनी परामर्श लिनसक्नुहुन्छ । ६. लगानी वा पुँजी रकमको व्यवस्था कुनै पनि व्यापार वा उद्यम गर्नका लागि नभइ नहुने चिज भनेको लगानी हो । यदि उपाय, ज्ञान वा श्रृजनशिलता बेच्ने जस्तै पुस्तक लेख्ने, परामर्श दिने वा चित्र बनाएर बेच्ने बाहेकको अवस्थामा लगानी नगरी तपाईंले प्रतिफल हासिल गर्न सक्नुहुन्न । लगानीको जोहो गर्ने विभिन्न तरिकाहरु हुन्छन् जस्तो कि तपाईंले आफैले आर्जन गरेको रकम, आफुसँग भएको अचल सम्पत्तिलाई धितो राखेर लिइने कर्जा वा बेचेर आउने रकम, बैंक वा सहकारीसँग लिइने व्यापार कर्जा, अरु कसैद्वारा गरिने लगानी वा सरकार तथा अन्य निकायबाट पाइने अनुदान लगायत । ७. भौतिक अस्थीत्वको निर्माण यस चरणमा तपाईंले आफूले गर्न चाहेको व्यवसायका लागि भौतिक पूर्वाधार तयार गर्नुपर्दछ । कुनै पनि कम्पनी वा व्यवसाय थाल्नका लागि तपाईंलाई कार्यालय भवनको आवश्यकता पर्दछ । यदि सामान्य मदिरा स्टोर संचालन गर्न चाहनुभएको हो भने तपाईंलाई सोका लागि कोठाको जरुरत पर्दछ । यदि तपाईंले अचार बनाउने निम्नस्तरको कम्पनी खोल्न लाग्नुभएको हो भने पनि सो सामाग्री बनाउनका लागि भौतिक स्थानको आवश्यकता रहन्छ । सो स्थानका अलावा आवश्यक फर्निचर तथा अन्य सामाग्रीहरुका साथसाथै मानव स्रोतसाधनको पनि जोहो गर्नु आवश्यक रहन्छ । ८. व्यवसायको सुरुवात, वस्तु वा सेवाको उत्पादन तथा वितरणको सुरुवात योभन्दा अघि जेजति कदम चालीयो, ती सबै कम्पनी संचालन वा ब्यवसाय सुरुवातको तैयारी वा पूर्वअभ्यास मात्र हुन् । यस चरणबाट मात्र नै तपाईंले आफ्नो उद्यम कर्मको औपचारिक थालनी गर्नुहुन्छ । जस्तै, तपाईंले माछापालनको व्यवसाय गर्न चाहनुभएको हो भने हालसम्म गर्नुभएको काम जस्तै फार्मको नाम राख्ने, फार्म दर्ता गराउने, आवश्यक जग्गा लिजमा लिने, लगानी जुटाउने, पोखरी बनाउने लगायत यसका पूर्वतैयारी मात्र हुन्, तर जब सो पोखरीमा माछाका भुरा हाल्नुहुन्छ, तब तपाईंको व्यवसायको असली सुरुवात भएको मानिन्छ । र यसलाई नै तपाईंको व्यवसायको कार्यान्वयन भएको चरण मानिन्छ । यसै चरणमा तपाईंले आफ्नो लागत खर्च र उत्पादनको खर्चलाई आँकलन गरी आफ्नो बस्तु तथा सेवाको मूल्य निर्धारण गरी आफ्नो उत्पादनलाई बजारमा आपूर्ती गर्न थाल्न सक्नुहुन्छ । यति भएपछि तपाईं बास्तवमै आफ्नो व्यापार वा उद्यमशील गर्नुभएको मानिन्छ । तर याद राख्नुस्, तपाईं अझै सफलताभन्दा धेरै कोश पर हुनुहुन्छ । व्यापार वा उद्यमशिल गर्नुको उदेश्य आय गर्नु वा कुनै विशेष समस्याको निराकरण गर्नु वा सामाजिक प्रभावको श्रृजना गर्नु लगायत हुन् । व्यापार संचालनमा आएको दिन नै तपाईंले यी सबै उदेश्यहरु हासिल गर्न सक्नुहुन्न । यसका लागि तपाईंले आफ्नो व्यापारको क्रममा धेरै उतारचढाव, सफलता र असफलता, संघर्ष तथा कठिनाइको सामना गर्नुपर्दछ ।
मन्त्री खतिवडाको सिजी ग्रुपप्रति कटाक्षः सेवा राम्राे नदिने, लाइसेन्स लिएर होल्ड गर्ने अनि अदालत जाने ?
काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चौधरी ग्रुप (सीजी)प्रति कटाक्ष गर्दै लाइसेन्स लिएर होल्ड गर्ने र फेरी अदालत जाने प्रवृति राम्रो नभएको बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको २२औं वार्षिकोत्सवको अवसरमा मंगलबार उनले लाइसेन्स होल्ड गरी सेवा नदिने कार्य मुलुकको हितमा नहुने बताएका हुन् । सीजी टेलिकमको लाइसेन्सको विषयलाई लिएर सञ्चारमन्त्री गोकुल बास्कोटा र व्यावसायिक घराना चौधरी ग्रुप सार्वजनिकरुपमै वाकयुद्धमा उत्रिएका थिए । सञ्चारमन्त्री बास्कोटाले प्रक्रिया पुर्याएर र २० अर्ब रुपैयाँ बुझाएर आएपछि मात्रै सिजी टेलिकमलाई लाइसेन्स दिन सकिने बताउँदै आएका थिए । उनले सेवा प्रदायक कम्पनीहरुले आफ्नो काम नगर्ने तर पछि न्यायको लागि भन्दै अदालत जाने प्रवृति राम्रो नभएको बताएका हुन् । सञ्चार क्षेत्रमा पनि सेवा दिन्छु भनेर अनुमति लिएर सेवा नदिनेहरू रहेको आफूले पाएको बताउँदै उनले यो राष्ट्रिय रोगको रुपमा रहेर बसेको बताए । ‘यता पनि लाइसेन्स लिने, सेवा नदिनेहरू हुँदा रहेछन्, किन दिएनौं भनेर कारवाही गर्दा अदालत धाउँदा रहेछन्, यो कुरा मन्त्री बनेपछि मात्र थाहा पाउँदै छु,’ उनले भने । ‘तिमीले गर्छु भनेका काम राम्रोसँग छिटो छरितो रुपमा सम्पन्न गर’ भन्दा अदालत गुहार्न जानेको अन्त्य हुनुपर्ने उनको भनाइ छ । सबैभन्दा छिटो काम गर्छु भनेर दुरसञ्चार सेवाको लाइसेन्स लिने, होल्ड गर्ने र काम नगर्ने सोचले मुलुको विकास र रुपान्तरण नहुने उनको दाबी छ । ‘यो प्रवृतिले देशको अर्थतन्त्र कसरी सुधार हुन्छ रु अर्थतन्त्र डिजिटल कसरी हुन्छ रु’ उनले भने । अन्तराष्ट्रिय बजारमा डिजिटल प्रविधिमा प्रतिस्पर्धा बढिरहेको भन्दै मन्त्री खतिवडाले नेपालले पनि त्यसको फ्लो गर्नुपर्ने उनले बताए । उनले भ्वाईसमा सञ्चार प्रक्रिया स्पष्ट भएपनि अव डाटामा गुणस्तर बढाउन आग्रह गरे ।
अब सेवाग्राहीले पनि इन्टरनेटको गुणस्तर मापन मोबाइलबाटै गर्न सक्ने
काठमाडौं । सेवाग्राहीले पनि आफ्नो इन्टरनेटको मापन मोबाइल एपबाटै गर्न सक्ने भएका छन् । मंगलबार दूर सञ्चार प्राधिकरणले आफ्नो २२औं वार्षिकोत्सव कार्यक्रममा दुई एपको सफ्ट लन्च गर्दै सेवाग्राहीले आफ्नो इन्टरनेट र भ्वाइसकलको गुणस्तर मापन मोबाइल एपबाटै मापन गर्न सक्ने बताएको हो । प्राधिकरणले वार्षिकोत्सव कार्यक्रममा ‘एनटीए कल टेस्ट’ र ‘एनटीए स्पिड टेस्ट’ नामक एप लन्च गरेको हो । र्काक्रमका प्रमुख अतिथि रहेका सुचना र अर्थमन्त्री डा.युवराज खतिवडाले प्रविधिलाई आधार बनाएर मात्रै डिजिटल नेपाल निर्माण सम्भव हुने बताए । प्रविधिकै माध्यमबाट शिक्षा, स्वाथ्य, कृषि तथा स्मार्ट सिटीको गुणस्तरमा सघाउ पुग्ने डा. खतिवडाको भनाइ छ । ‘हामी डिजीटल नेपालको फ्रेम वर्क बनाएर काम गरि रहेका छौँ, प्रविधिले शिक्षा, कृषि, स्वास्थ्य तथा स्मार्ट सिटीको गुणस्तरमा सघाउ पुर्याउछ’, मन्त्री खतिवडाले भने । प्राधिकरणले आफ्नो २२औं वार्षिकोत्सव कार्यक्रममा २० वर्ष काम गर्ने कर्मचारीलाई समेत सम्मान गरेको छ । एनटीएले स्थायी रुपमा २० वर्ष कार्यरत आफ्ना कार्मचारीहरुलाई दिर्घ सेवा पदक प्रदान गरेको हो । उक्त पदक पाउँनेमा कार्यालय सहयोगी नवराज पूरी, राधेश्याम मल्ल, चालक एकराज तिवारी, उप निर्देशक प्रतिमा घिमिरे, सन्दिप अधिकारी, सुरेश बस्नेत, सुन्दर प्याकुरेल, रेवतिराम पन्त, निर्देशक अम्मर स्थापित र दिपेश आचार्य रहेका छन् । यस्तै, प्राधिकरणले निर्देशक अम्मर स्थापितलाई उत्कृष्ट कर्मचारी अवार्ड प्रदान गरेको छ ।
कोरोना भित्रिन नदिन चितवनमा उच्च सतर्कता अपनाइँदै
चितवन । चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न स्थानीय प्रशासनले आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आज बिहान चिकित्सकसँग छलफल गरिएको छ । अस्पतालमा छुट्टै कक्ष (आइसोलेसन रुम) खडा गर्न ठूला अस्पताललाई अनुरोध गरिएको छ । जिल्लाको सरकारी भरतपुर अस्पतालमा र दुई निजी मेडिकल कलेजमा छुट्टै कक्ष निर्माण गरिसकिएको छ । रोगको सङ्क्रमणदेखि हालमा अपनाउनुपर्ने विधि र प्रक्रियाका बारेमा छलफल भएको उनले जानकारी दिए । जिल्लाका सबै अस्पताल सञ्चालक र चिकित्सकलाई तयारी अवस्थामा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । भट्टराईका अनुसार बुधबारदेखि शुरु हुन लागेको प्रथम परेवाकोट महोत्सव रोकिएको छ । जिल्लामा भइरहेको मेघौली महोत्सव र भरतपुर महोत्सव रोक्ने विषयमा सम्बन्धित आयोजकसँग आजै छलफल गर्न लागिएको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले आजै जिल्लाका सातै स्थानीय तहका प्रशासकीय अधिकृतलाई छलफलका लागि बोलाएको छ । उनका अनुसार कोरोनाको सम्भावित जोखिमलाई केन्द्रित गरेर उनीहरुसँग छलफल गरिँदैछ । प्रशासनले आफ्नै कार्यालयका कर्मचारीसँग समेत आज बैठक बस्ने जनाएको छ । रोगको जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आन्तरिक रुपमा छलफल गर्न लागिएको उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भट्टराईले होलीमा ठूलो जमघट नगर्न आम जिल्लावासीलाई आग्रह गरिएको जानकारी दिए । विगतका वर्षमा प्रशासनले सूचना जारी गरेर सभ्यतापूर्वक होली खेल्न आग्रह गर्ने गरेको भए पनि यस वर्ष भिडभाडसमेत नगर्न अनुरोध गर्न लागिएको उनले बताए । यस्तै, ठूला भोज भतेर नगर्न सबैमा अनुरोध गरिएको भन्दै उनले भने, “यस विषयमा सञ्चारमाध्यमले आम नागरिकलाई बुझाइदिनुपर्यो ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्चस्तरको टोलीले आज भरतपुर अस्पतालको निरीक्षण गरी रोग देखिहालेमा गर्ने तयारीका बारेमा छलफल गर्दैछ । चितवन जिल्लामा कोरोना भाइरसको लक्षण देखिएका दुई जनाको नमूना परीक्षणका लागि पठाइएकामा दुवै जनाको नेगेटिभ देखिएको थियो । रासस
चीनको व्यापारमा नयाँ रणनीति, बन्द कोठाका नागरिक पनि लाभान्वित हुन सक्ने
काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणलाई नियन्त्रणमा लिन चीनियाँ सरकारले धेरै शहरलाई पूर्णरुपमा बन्द गरेको छ । चीनले लाखौं नागरिकलाई घरबाहिर निस्कन निषेध गरेको छ । अर्थ एवं वित्त, प्रविधी, शिक्षा तथा अनुसन्धान लगायतका विभिन्न क्षेत्रमा नविन उपलब्धि हासिल गर्न चौबिसै घण्टा तल्लिन ठूलो संख्याका चीनियाँ नागरिकहरु घरभित्र सिमित रहँदा बिरत्ती, आलस्यता तथा एक्लोपना लगायत हाल चीनमा सामाजिक एवं व्यक्तिगत समस्याको रुपमा देखापरेको छ । यस्तो समस्यालाई निराकरण गर्न तथा घरभित्र सिमित मानिसहरुलाई मनोरञ्जन प्रदान गर्नका साथसाथै बाहिरी दुनियाँसँग जोड्नका लागि केहि उद्यमीहरुले व्यापारका नविन अवधारणाहरु ल्याएका छन् । त्यसो त अन्तराष्ट्रिय संचार माध्यमहरुले ठूलो संख्यामा चीनियाँ नागरिकहरु क्वारेन्टाइन (रोगको संक्रमणलाई नियन्त्रणमा राख्न नागरिकहरुलाई सुरक्षित स्थानमा अलग्गै राख्ने काम) मा रहेकै कारण चीनमा हालसम्मकै सबैभन्दा धेरै मोबाइल एप्स् डाउनलोड भएको तथ्य उजागर गरिसकेका छन् । बाहिरी वातावरणमा निस्कन नसकेका कारण स्मार्टफोन प्रयोग गर्ने चीनियाँहरुले सहज तरिकाले समय व्यतित गर्नका लागि गएको फेब्रुअरी महिनाको दुई हप्ताभित्रको समयमा एप्पलको अनलाईन स्टोरमार्फत कम्तिमा २२ करोड २० लाख एपहरु डाउनलोड गरे । जुन समग्र २०१९ को औसत एप डाउनलोडको तुलनामा ४० प्रतिशत बढी हो । यस अवधीमा सबैभन्दा धेरै डाउनलोड भएको एप गेमि ऐप हो । सो पश्चात शिक्षा, मनोरञ्जन, फोटो तथा भिडियो र ब्यापारसम्बन्धी एपहरु डाउनलोड भएका छन् । तथापी, पछिल्लो विकासक्रमको रुपमा विभिन्न कम्पनीहरुले आफ्ना उपभोक्ता तथा ग्राहकहरुलाई ब्यस्त र आफूसँग गाँसी राख्न नयाँ-नयाँ उपायहरुको अवलम्बन गरेका छन् । अल्छिपनाको सामना गर्न हाल इन्टरनेटमाथि निर्भर चीनियाँहरुलाई केहि राहत दिन ल्याइएका ब्यापारका नविन अवधारणाहरुले कोरोना भाइरसका कारण अस्तब्यस्त बनेको चीनियाँ अर्थतन्त्रमा समेत केहि चलायमानता ल्याउने जनाइएकाे । विश्वका विभिन्न राष्ट्रहरुमा कोरोना भाइरसको नयाँ संक्रमण देखापरिरहेको हालको अवस्थामा भाइरसको उद्गमस्थल मानिएको हुवेइ प्रान्तमा मात्र त्यहाँको सरकारले कम्तिमा ५ करोड ६० लाख मानिसलाई घरभित्रै रहन कडा निर्देशन दिएको छ । चीनियाँ एक वेबसाइटका अनुसार जानवरी २० को दिन सोसल मिडिया साइट विबोमा बोरी¨ (अल्छि लागेको) शब्दको खोज ६२६ प्रतिशतले बढेको थियो भने अल्छि लागेको समयमा घरमा कसरी समय बिताउने भन्ने विषयमा विभिन्न वेबसाइटहरुमा गरिएको ‘सर्च’ टेन्ड्रिङ भैरहेको छ । यसैको परिणामस्वरुप चीनियाँ उद्यमीहरुले आफ्ना उपभोक्तालाई आबद्ध राख्न इन्टरनेट माध्यमको सदुपयोग गरी विभिन्न उपायहरु ल्याएका छन् जसमध्ये केहि निम्न उल्लेखित छन् । अनलाइन ब्यायाम तथा फिटनेश कक्षा कोरोना भाइरसको संक्रमण बढ्ने डरका कारण हाल चीनका अधिकांश ब्यायाम केन्द्रहरु बन्द छन् । तर पनि कतिपय जीम संचालकहरुले आफ्ना ग्राहक सदस्यहरुलाई स्वस्थ र तन्दुरुस्त राख्न अनलाइन कक्षाहरु संचालन गर्न थालेका छन् । सांघाइस्थित एफफोरफाइभ नामक फिटनेश सेन्टरका महाप्रबन्धक लरेन होगानले चीनमा चर्चित वुइच्याटमार्फत वर्कआउट शत्र संचालन गरिरहेको जानकारी दिइन् । बिबिसीलाई उनले भनेकी छिन्, ‘हाम्रो जिम तथा फिटनेश तालिकाको आधारमा हरेक दिन हाम्रा प्रशिक्षकहरुले सुरक्षित तथा नियन्त्रित ब्यायाम अभ्यासको भिडियो तयार गर्दछन् जसलाई वुइच्याटमार्फत हाम्रा ग्राहक सदस्यहरुले हासिल गरी सोहिअनुसार अभ्यास गर्दछन् ।’ उनका अनुसार उनको कम्पनीले वुइच्याटमा विभिन्न ग्रुपहरु खोलेको छ जसमा सदस्यहरुले आफ्नो नाम दर्ता गर्ने र सो दिनको ब्यायाम पूरा गरेको जानकारी अरु प्रयोगकर्ताहरुलाई पनि दिन सक्छन् । ‘हामीले इन्टरनेटमा ब्यायाम अभ्यास प्रतिस्पर्धा पनि संचालन गरेका थियांै जसमा भाग लिनको लागि सदस्यहरुले आफ्ना समूहभित्रको कोहि एक जनालाई ट्याग गनुपथ्र्यो’, होगानले भनेकी छन्। भिडियोमार्फत गरिने यस्तो अभ्यासले प्रशिक्षार्थीहरुलाई एकअर्कासँग अन्तरक्रिया गर्न र दिक्कारी हटाउन सघाएकाले उनीहरुले यस कार्यक्रमलाई मन पराएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यका अनुसार रोयटर्सका अनुसार अन्य धेरैभन्दा धेरै फिटनेस सेन्टरहरुले पनि यस्तो कार्यक्रम संचालन गर्ने तयारी गरिरहेका जनाइएकाे छ । घरको बैठक कोठाबाटै रात्रीकालीन रमझम कोरोना भाइरसको कारण नाइट क्लब एवं बारहरु बन्द रहँदा आजकल चीनियाँ नागरिकहरु क्लाउड क्लबिको सहारामा रमिरहेका छन् । यस अन्तर्गत चीनियाँहरुले आफ्नो कम्प्युटरमार्फत डिजेको प्रस्तुती हेर्छन् र आफूहरु क्लबमै भएजस्तो अनुभव गर्छन् । साँझदेखि मध्यरातसम्म चल्ने यस्तो क्लबि चीनियाँ एप्स् जस्तै डउइन र टिकटक लगायतबाट संचालित हुन्छन् । यसरी क्लाउड क्लबि शत्र संचालन गर्ने विभिन्न क्लबहरुमध्ये टिएएक्सएक्स सांघाइ पनि एक हो । पुस्तक बिक्रेताहरुको अनलाईन समूह पहिल्यैदेखि अनलाइन पसलसँग प्रतिस्पर्धा गरिरहेका पुस्तक पसलहरुले पनि आफ्ना ग्राहक तथा पाठकहरुसम्म पुग्नका लागि नयाँ तरिकाको अवलम्बन गरेका छन् । यसअन्तर्गत पुस्तक बिक्रेताहरुले विइच्याट ग्रुपमा ‘वर्षभरीको चर्चित पुस्तकहरु’ र ‘कसैले पनि नछुटाइ पढ्नैपर्ने पुस्तकहरु’ लगायतको सूची तयार गरी राख्दछन् । सोको आधारमा पाठकहरुले आफ्नो रुची अनुसारको पुस्तक खरिदको माग गर्दछन् ।