विश्वका धनाढ्यहरु राेजाइकाे विषय इञ्जिनियरिङ वा कम्प्युटर साइन्स
काठमाडौं । ब्यापार गर्न वा आफू आबद्ध पेशा, ब्यवसाय तथा क्षेत्रमा प्रगती गरी यथेष्ठ धन आर्जन गर्न शिक्षाको आवश्यकता पर्छ कि पर्दैन भन्नेबारेमा संसारभरका मानिसहरु दुई धु्रवमा बाँडिएका पाइन्छन् । एकथरीले जुनसुकै क्षेत्रमा लागेता पनि भविष्यको दिशा तय गर्न, आफूलाई सशक्तिकरण गर्न, चेतना एवं निर्णय क्षमताको विकास गर्न तथा सफलताका खुड्किालाहरु क्रमशः उक्लँदै जान शिक्षा अपरिहार्य भएको मानेका छन् भने अर्काथरीले शिक्षा आर्जनमा लाग्ने समय एकचित्त र केन्द्रितकृत भएर आफूले रोजेको पेशा वा ब्यवसायमा लगाएमा स्वत प्रगतीपथतर्फ मानिस अग्रसर हुने आंैल्याएका छन् । हामी यो लेखमा ब्यवसायमा सफलता पाउन वा प्रशस्त धनलाभ प्राप्त गर्न शिक्षाको आवश्यकता छ कि छैन भन्ने विषयमा चर्चा गरिरहेका छैनाैं । यहाँनिर हामी के मात्र भन्न सक्दछाैं भने वेल्थ–एक्स २०१९ बिलेनार सेन्सस रिपोर्टका अनुसार प्रविधि उद्योगलाई अमेरिकामा प्रमुख धन आर्जन गर्ने क्षेत्रको रुपमा लिइन्छ र धेरै अर्बपतिहरुलाई जन्माउने प्रमुख उद्योगहरुमध्येको प्रविधि पनि एक हो । यसै क्षेत्रबाट स्थापित कैयाैं अर्बपतिहरुले विश्वविद्यालयबाट औपचारिक उच्च शिक्षा हासिल गरेका छन् । त्यसो हो भने, यदि तपाईँ पनि अमेरिका गएर आफूलाई एक अर्बपतिको रुपमा स्थापित गराउन चाहनुहुन्छ भने तपाईँले कलेज वा विश्वविद्यालयमा कुन विषय अध्ययन गर्नुहुन्छ भन्नेले तपाईँको सफलता तय गर्ने मान्न सकिन्छ । एक अन्तराष्ट्रिय वेबसाइटका अनुसार विश्वका १० सबैभन्दा धनीहरुमध्ये आधाले इञ्जिनियरिङ वा कम्प्युटर साइन्स अध्ययन गरेका छन् । तर केहिले भने अन्य फरक विषयमा पनि कलेज वा विश्वविद्यालय डिग्री हासिल गरेका थिए । तल पाँचजना प्रसिद्ध अमेरिकी अर्बपतिहरुले उच्च शिक्षाको रुपमा कुन विषय वा संकायको अध्ययन गरे भनेर चर्चा गरिएको छ । जेफ बेजोस – सिइओ, अमेजन कुल सम्पत्ति: १३१ अर्ब अमेरिकी डलर अध्ययन गरेको विषयः इलेक्ट्रिकल इञ्जिनियरिङ र कम्प्युटर साइन्स अमेजनको प्रमुख कार्यकारी अधिकृत (र हाल विश्वको सबैभन्दा धनी ब्यक्ति) बेजोसले सन् १९८६ मा प्रिन्सटन विश्वविद्यालयबाट इलेक्ट्रिकल इञ्जिनियरिङ र कम्प्युटर साइन्समा डिग्री हासिल गरेका थिए । यसभन्दा अघि भौतिकशास्त्रलाई मुख्य विषय बनाएर अध्ययन गरेका उनमा पछि इलेक्ट्रिकल इञ्जिनियरिङ र कम्प्युटर साइन्सको अध्ययनप्रति रुची जागेको थियो । यदि उनका लागि अमेजन भाग्यशाली कम्पनी नभइदिएको भए उनले आफूले हासिल गरेको शैक्षिक डिग्रीको भरपुर सदुपयोग हुने विश्वास ब्यक्त गरेका थिए । “यदि अमेजनमा नआएको भए म कहि“कतै अत्याधिक खुसी सफ्वेयर प्रोग्रामरको रुपमा काम गरिरहेको हुन्थे“,” उनले एक प्रसंगमा भनेका छन् । बेजोसले आफ्नो यूवावस्थादेखि नै विज्ञानप्रतिको रुची तथा प्रविधिप्रतिको कुशताको प्रदर्शनी गरेका थिए । उनले एक पटक आफ्ना भाइबहिनीहरु बिहान समयमै उठुन् भनेर एक विद्युतीय अलार्मको निर्माण गरेका थिए । विश्वविद्यालय डिग्री हासिल गर्नुअघि पढाइमा तेज बेजोसले यूनिभर्सिटी अफ फ्लोरिडामा स्टुडेन्ट साइन्स ट्रेनिङ प्रोग्राममा सहभागी भएका थिए । उनी हाइस्कुलमा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी थिए भने सन् १९८२ मा सिल्भर नाइट अवार्डबाट सम्मानीत पनि भएका थिए । बिल गेट्स –सह–संथापक, माइक्रोसफ्ट कर्पोरेसन कुल सम्पत्ति – ९६.५ अर्ब अमेरिकी डलर अध्ययन गरेको विषय – प्रारम्भिक कानून सन् १९७५ मा सहसंस्थापक पाउल एलेनस“ग माइक्रोसफ्टको स्थापनाका लागि हार्बर्ड विश्वविद्यालयको अध्ययन बीचमै छाडेका गेट्सले कलेजमा रह“दा कानून विषयको अध्ययन गरेका थिए । तर उनले सोहि समय गणित र ग्राजुयट तहको कम्प्युटर साइन्सको पनि पढेका हुन् । ब्यवसायमा पाएको सफलता तथा माइक्रोसफ्टजस्तो नविन उत्पादनद्धारा संसारलाई पु¥याएको योगदानको कारण हार्बार्डले कलेज त्यागेको ३० वर्षपछि उनलाई कानूनको मानार्थ डिग्री प्रदान ग¥यो । सन् २०१८ मा हार्बार्डका विद्यार्थीहरुस“गको अन्तरक्रियाका क्रममा उनले यदि अहिले उनी विद्यार्थीकालमा भएका भए अरु नै विषयको अध्ययन गर्न चाहने बताएका थिए । “यदि म अहिले कलेज भर्ना हुन्थ्ये“ भने, म सफ्टवेयर तथा आर्टिफिसीयल इञ्टिलीजेन्सको अध्ययन गर्थे“,” विद्यार्थीहरु सामू उनले भनेका थिए । यसका साथै २०१६ मा लिंक्डइनका प्रधान सम्पादक राडेल रोथस“गको अन्तरवार्ताको क्रममा अहिलेका यूवापिढीलाई उनले विज्ञान, इञ्जिनियरि¨ र अर्थशास्त्रको अध्ययन गर्न सुझाएका थिए । व्यापारमा पाएको सफलताका साथसाथै गेट्सले समाजसेवाको क्षेत्रमा गरेको लगानीको कारण पनि संसारभरका मानिसको मन जितेका छन् । श्रीमतीस“ग संयुक्तरुपमा स्थापना गरेका बिल एण्ड मेलिण्डा गेट्स फाउन्डेसन नामक सामाजिक संस्थामार्फत उनले हालसम्म ३५.८ अर्ब अमेरिकी डलर बराबरको रकम दान गरिसकेका छन् । वारेन बफेट – अध्यक्ष र सिइओ, बर्कसायर ह्याथवे कुल सम्पत्ति – ८२.५ अर्ब अमेरिकी डलर अध्ययन गरेको विषय – व्यापार व्यवस्थापन र अर्थशास्त्र १६ वर्षको उमेरमा पेन्सिलभेनिया विश्वविद्यालयको ह्वार्टन स्कूलमा बिजनेश अध्ययन गर्न भर्ना भएका बफेटले नेब्रास्का विश्वविद्यालयमा ट्रान्सफर लिए र १९ वर्षको उमेरमा सोहि विश्वविद्यालयबाट अन्टरग्रजुएट डिग्री हासिल गरे । “मलाई कलेज गएर अध्ययन गर्न रुची नै थिएन,” अहिलेसम्मकै सबैभन्दा सफल लगानीकर्ताको रुपमा फोब्र्सले बयान गरेको बफेटले २०१६ मा ब्लुमबर्ग पत्रिकास“गको एउटा अन्तरवार्ताको क्रममा भनेका थिए, “ह्वार्टन स्कूलमा भर्ना भएको पहिलो वर्ष नै मलाई अध्ययन छोडेर व्यापारमा लाग्न मन थियो तर मेरो बुबाले अर्काे एक वर्ष प्रयास गर भन्नुभएकाले मैले ह्वार्टनबाट ट्रान्सफर लिएर नेब्रास्का विश्वविद्यालय प्रवेश गरेँ।” नेब्रास्का विश्वविद्यालयको प्रत्येक कक्षाकोठाको शिकाइ रोचक भएकै कारण आफूले अन्टरग्रजुएट डिग्री हात पार्न सकेको बताउने बफेटले स्नातकोत्तर तहको अध्ययनका लागि हार्बार्ड विश्वविद्यालय रोजेका थिए । तर त्यहा“ उनको भर्नासम्बन्धी आवेदन अस्वीकृत भएपश्चात कोलम्बिया विश्वविद्यालयबाट स्नातकोत्तरको पढाइ सकेका थिए । आफूले काम गर्ने क्षेत्रस“ग सम्बन्धित विषयको पढाइमा जोड दिने बफेटले भनेका छन्, “यदि तपाई“लाई ब्यापारमा रुची छ वा सोहि काम गर्न चाहनुहुन्छ भने एमबिए डिग्री अति नै उपयोगि हुन्छ ।” बफेटलाई फोब्र्सले यस वर्षको तेश्रो सबैभन्दा धनी ब्यक्तिको रुपमा सूचिकृत गरेको छ । मार्क जुकरबर्ग – सिइओ, फेसबुक कुल सम्पत्ति – ८०.७ अर्ब अमेरिकी डलर अध्ययन गरेको विषय – कम्प्युटर साइन्स र मनोविज्ञान फेसबुक स्थापनाका लागि कलेजको अध्ययन बीचैमा त्यागेका जुबरबर्गले हार्बार्ड विश्वविद्यालयमा रहँदा कम्प्युटर साइन्स र मनोविज्ञानको अध्ययन गरेका थिए । तथापी उनले यी विषयहरुको पढाइलाई पूर्णता दिइ विश्वविद्यालयबाट औपचारिक डिग्री भने हासिल गरेनन् । कम उमेरमै अर्बपति बन्न सफल जुकरबर्गलाई सानैदेखि कम्प्युटरप्रति चाख थियो भने १२ वर्षको उमेरमै उनले आफ्नो बुबाको डेन्टल क्निकका लागि जकनेट नामक सन्देश (म्यासेज) पठाउन र पाउन मिल्ने प्रोग्रामको निर्माण गरेका थिए । प्रविधिको दुनियाँमा विश्वस्तरीय ख्याती कमाएका जुकरबर्गले उच्च माध्यामिक तहको पढाइको क्रममा एकजना साथीस“ग मिलेर साइन्याप्स नामक एमपिथ्री प्लेयरको विकास गरेका थिए । यस एमपिथ्री प्लेयरले मानिसले कम्प्युटरमा बजाएको हरेक गीतसंगितको पहिचान र संग्रह गरी सोको आधारमा नयाँ प्लेलिष्टको निर्माण गर्ने क्षमता राख्दथ्यो । मार्क क्यूबान – टेलिभिजन ब्यक्तित्व, उद्यमी एवं लगानीकर्ता कुल सम्पत्ति – ४.१ अर्ब अमेरिकी डलर अध्ययन गरेको विषय – व्यवस्थापन र प्रशासन पिटर्सबर्ग विश्वविद्यालयको हाइ स्कुलमा रात्रीकालीन कक्षामा अध्ययन गरेका मार्क क्यूबानले सो बेला सबैभन्दा सस्तो भएको कारण इण्डियाना विश्वविद्यालयमा भर्ना भए । विश्वविद्यालयअन्तर्गतको केली स्कुल अफ बिजनेशबाट उनले १९८१ मा व्यवस्थापन र प्रशासन विषयमा स्नातक गरेका हुन् । औपचारिक शिक्षालाई केहि हदसम्म समर्थन गर्ने क्यूबानले २०१८ मा एमबिए डिग्रीप्रति त्यति रुची नभएको बताएका थिए । “हाल अनलाईनमार्फत जति पनि अध्ययन गर्न सकिन्छ र मलाई लाग्छ किताबमा भन्दा कार्यक्षेत्रमा तपाई“ले अझै धेरै शिकाइ र अनुभव हासिल गरी सफलता पाउनसक्नुहुन्छ,” उनले भनेका छन् । अमेरिकी एएक्सएस टिभीका अध्यक्ष क्यूबान चर्चित पुस्तक हाउ टू विन एट द स्पोर्ट अफ बिजनेशका लेखक हुन् ।
किसानलाई ऋण लिन प्रोत्साहन गर्नुको सट्टा शुरुमै त्रास देखाउँछन् वित्तीय संस्था
काठमाडौं । उत्पादनका प्रमुख आधारमध्ये कृषि क्षेत्रका लागि नेपालका वित्तीय संस्थाले सन्तोषजनक लगानी गरेका छैनन् । फलस्वरुप कृषिको आयात भने बढेको बढेकै छ भने युवा वर्ग कृषि क्षेत्रबाट पलायन हुँदैछ । हाल कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । चालू आर्थिक वर्षको छ महिना (पुस मसान्त) सम्ममा नेपालका वाणिज्य बैंकले ९ दशमलव ६ प्रतिशत कर्जा लगानी गरेका छन् । जबकी नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रका लागि अनिवार्य १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने नीति बनाएको छ । वित्त संस्थाले राष्ट्रबैंकको नीतिलाई मान्न त परै जाओस्, कृषि ऋणका लागि बैंकमा पुगेका कृषकलाई उपयुक्त धितो लिएर ऋण दिनसम्म झण्झट दिने गरेको स्वयम् किसानले बताउँदै आएका छन् । बैंकर्श कृषिमा लगानी डुब्लाकी भन्ने चिन्ता राख्छन् । माछापुच्छ्रे बैंक बनेपा शाखाका शाखा प्रबन्धक दीपेन्द्र श्रेष्ठ कृषिमा विचौलिया हाबी हुँदै गएका, समाजमा किसानको अवस्थामा सुधार र बजारको सुनिश्चितता नदेखिएकाले लगानी डुब्ने चिन्ता स्वभाविक भए पनि राम्रो योजना लिएर आउने किसानलाई आफ्नो बैंकले भने लगानी गर्दै आएको दाबी गरे । कृषि विज्ञ कृष्ण पौडेलको भने धारणा अर्कै छ । उनका अनुसार हत्पति वित्तीय संस्था कृषिमा लगानीका लागि किसानसँग जोडिन रुचाउँदैनन् उनले भने, ‘‘राष्ट्र बैंकको अनिवार्य नीतिका कारण मात्र धेर थोर लगानी गरेर किसानको मुखमा मल्हमपट्टी लगाउने काममा सीमित रहेको छ ।’’ नेपालमा व्यावसायिक किसानको सङ्ख्या सानो छ । साना तथा मझौला किसानको सङ्ख्या ठूलो छ । पौडेलले भने, ‘‘साना किसानले योजना बनाउन जान्दैनन् । बैंकहरु शुरुमै योजना सोध्छन् । भुक्तानी तालिका (किस्ता) को डर देखाउँछन् । किसान झस्कन्छन् । उनीहरुलाई ऋण लैजान प्रोत्साहन गर्नुको सट्टा शुरुमै त्रास देखाइन्छ ।’’ उत्पादन गर्न समय लाग्छ भन्ने कुरा थाहा भए पनि वित्तीय संस्थालाई लगानी गरेको अर्को महिना नै किस्ता चाहिन्छ । उत्पादनमा प्रोत्साहित गर्नु र विस्तारै ऋण तिर्दै जानुहोस् भनेर सिकाउने र ऋण लिन उत्साहित गर्ने निकाय नै नभएका कारण कृषि व्यवसायीकरण बन्न नसकेको धारणा कृषि क्षेत्रका जानकार रामकृष्ण ढकालको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आर्थिक कारोवार गर्ने वित्तीय संस्था कूल नौ हजार ३ सय ९४ पुगेको छ । यसमध्ये वाणिज्य बैंकको सङ्ख्या चार हजार ११, लघुवित्त वित्तीय संस्था तीन हजार ८ सय ६१, विकास बैंक एक हजार २ सय ९३ वित्त कम्पनी २ सय २९ र पूर्वाधार विकास बैंकको सङ्ख्या एक रहेको छ भने ७ सय ५३ मध्ये ७ सय ४५ स्थानीय तहसम्म बैंक पुगिसकेका छन् । प्रायः गाउँगाउँमा वित्तीय पहुँच पुगे पनि कृषि क्षेत्रमा लगानी आकर्षण हुन सकेको छैन । सडक पहुच पुगेका जमीन धितो बन्धक लिएर बैंकले कृषिबाहेकका क्षेत्रमा लगानी बढाउँदै गएका छन् । यद्यपि कृषितर्फको लगानीमा भने आलटाल तथा ढिला र किसानलाई कागजी प्रक्रियाको भारी बोकाउने प्रवृत्तिले गाउँघरका सोझा सिधा किसान बैंकबाट आजित भएका देखिन्छन् । उत्पादन प्रक्रियामा अहोरात्र खटिएका किसानलाई व्यावसायिक कृषि कर्म गर्न उत्साहित, तथा ऋण दिन आकर्षण नगर्दासम्म नेपालको कृषिलाई व्यवसायीकरण गर्न सकिने धान बाली विशेषज्ञ भोलामान सिंह बस्नेत भन्छन्। चालू आर्थिक वर्षको छ महिनामा कृषि क्षेत्रको लगानी ९ दशमलव शून्य ६ प्रतिशतमा सीमित भए पनि बैंक तथा वित्तीय संस्थाले समीक्षा अवधिसम्म पुग्दा आवधिक कर्जा १५ दशमलव शून्य आठ, ओभरड्राफ्ट ५ दशमलव शून्य चार, आयात कर्जा २ दशमलव चार डिमान्ड तथा चालू पूँजी कर्जा १० दशमलव शून्य एक, रियल स्टेट कर्जा ८ प्रतिशत, हायर पर्चेज १ दशमलव एक प्रतिशत पुर्याएका छन् । नेपाल राष्ट्र बैंकले चालू आवको पुस मसान्तसम्मको मौद्रिक नीति फागुन १९ मा सार्वजनिक गर्दै लघुवित्त वित्तीय संस्थाले आफ्नो कूल कर्जाको एक तिहाइ अनिवार्य कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । विसं २०७६ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाले आफ्नो कूल कर्जाको ४१ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गरेको बताए पनि उत्पादन भने उत्साहप्रद पाइँदैन । बैंक तथा वित्तीय संस्थाको २०७६ पुस मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६४ दशमलव शून्य ९ प्रतिशत घरजग्गा धितोमा र १३ दशमलव शून्य पाँच प्रतिशत कृषि तथा गैर कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । विसं २०७६ पुस मसान्तसम्म कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २० हजार ७९१ ऋणीको ४५ अर्ब आठ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । त्यसैगरी सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत तीन हजार १८७ ऋणीको एक अर्ब ९३ करोड रुपैयाँ कर्जा बक्यौता रहेको मौद्रिक नीतिमा उल्लेख छ । रासस
नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अधिवेशन समापन
काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको पाँचौं अधिवेशन बोर्डको सभाहल, जावलाखेल ललितपुरमा सम्पन्न भएकाे छ। अधिवेशनको उद्घाटन सत्र युनियनका अध्यक्ष राजुबहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएकाे हाे। उद्घाटन सत्रको प्रमुख अतिथि बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गानाले मन्तव्य राख्दै व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिए । त्यसैगरी, बोर्डका कार्यकारी निर्देशकद्वय परिष्टनाथ पौड्याल र निरज गिरीले कार्यक्रमको सफलताको शुभ कामना व्यक्त गरे । विगत १४ बर्ष देखि राजुबहादुर जि.सी.को नेतृत्वमा रहेको यस युनियनको पाँचौ अधिवेशन मार्फत तोलाकान्त न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति समेत सर्वसम्मतले रुपमा चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा नहकुल भट्टराई, सचिवमा श्यामु मण्डल, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा राजन खतिवडा, अजय ढुंगाना, संगम राई, वसन्त रसाली र विपिन सापकोटा समेत सर्वसम्मत रुपमा चयन हुनु भएका छन् । कार्यसमितिको कार्यकाल ४ बर्षको हुनेछ ।
पश्चिमी वायुको प्रभावले देशभर वर्षा, सोमबारसम्म यस्तो छ मौसम पूर्वानुमान
काठमाडौं । पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताए । “प्रि मनसुनको समय भएकाले पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव पनि रहेको छ”, उनले भने । वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुने बताइएको छ । यस प्रणालीको प्रभाव बेलुकासम्म मात्र कायम रहने र भोलिबाट मौसम क्रमशः सुधार हुँदै जाने मौसमविद्को भनाइ छ । हाल देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशको पश्चिमी भूभागका केही स्थानलगायत मध्य र पूर्वी भूभागमा वर्षा भइरहेको जनाइएको छ । उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ । आइतबार पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक÷दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको औँल्याइएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको तथा यसका साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकामा शून्य दशमलव आठ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सबैभन्दा धेरै नेपालगञ्जमा ९५ दशमलव शून्य मिलिमिटर वर्षा भएको छ । रासस
हुम्लामा पुन भारी हिमपात, कृषकलाई राहत
काठमाडौं । हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । शुक्रबार बिहान मौसम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा एक्कासि परिवर्तन हुँदा हिमपात शुरु भएको हो । मौसममा आएको बदलीसँगै एक्कासि बाक्लो हिमपात शुरु भएर जमिनमा बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजिवन कष्टकर बनाएको छ । स्याउ, ओखर, आरुलगायतका बिरुवा यहाँका किसानले लगाउन थालेका छन् भने यस पटक परेको हिमपातले किसानलाई राहत मिल्ने भएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताए । यो पटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गँहु, जौलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षात्सँगैको हिमपात भएकाले बाली सप्रिनेमा हुम्लाका कृषक धेरै हर्षित भएका छन् । रासस
सेती नदीको सुक्खा पहिराले जोखिमपूर्ण बन्दै पोखरा
काठमाडौं । पोखरा महानगरपालिका वडा नं १५ र १७ को बीचमा पर्ने रातोपैर्हाे क्षेत्रमा गत भदौमा सेती नदी किनारमा गएको सुक्खा पहिरो जान थालेकाे छ । उक्त पहिराेले बनाएको बाँधले यतिखेर उक्त आसपासका सर्वसाधारणलाई बेला बेलामा झस्काउने गरेको छ । बाहिरीरुपमा खासै चर्चा नभए पनि पहिरासँगै नदी माथि नै थुप्रिएका ठूलाठूला चट्टान र त्यहाँबाट छिद्र बनाएर बगेको सेती नदीले कुनै दिन जोखिम निम्त्याउने त हैन भन्ने विषयले स्थानीयबीच आशङ्का उब्जाएको हो । रामघाटबाट खुल्ला भई पृथ्वीचोकको लगभग तीन किलोमिटरको दुरी भूमिगत हुँदै गएको सेती नदी रातोपै¥हामा खुल्ला भएको छ भने सोही स्थानमा खसेको पहिराका कारण अहिले बाँध निर्माण भएको छ । खुल्ला भएको स्थानको मुखमा नै नदीको पूर्वीभाग हरियोखर्क अस्पतालतर्पm भदौको २० गते खसेको सुक्खा पहिरासँगै आसपासको भू–भाग उच्च जोखिमयुक्त बनेको हो । स्थानीयवासीका अनुसार सुक्खा पहिरासँगै खसेको चट्टानका कारण अहिले सेती नदी माथिको उक्त स्थानमा बाँध बनेको छ । बाँध भएको ठाउँमा छिद्रबाट पानी बगेर बाहिर निस्केको भए पनि त्यहाँ ठूलो ताल बनेको हुन सक्ने स्थानीय विष्णु श्रेष्ठले जानकारी दिए। लगभग वर्षात् सकिएपछि पहिरो गएर थुनिएका कारण पानी थोरै भएकाले अन्य कुनै नोक्सानी नभएको उनले बताए । “भदौको २० गते राति करिब १ः३० बजेको समयमा सुतिरहेको अवस्थामा घरै थर्कने गरी ठूलो आवाज आयो”, उनले भने, “बाहिर निस्केर हेर्दा त पारिपट्टिको सेतीको डिल खसेको रहेछ, पहिराका कारण थुप्रिएको चट्टानले नदीको बहाव त्यही बेला नै थुनेको थियो ।” अर्को वर्षात् नजिकिँदै गर्दा त्यसतर्फ ध्यान नदिने हो भने त्यसले वरपरका वस्ती नै जोखिममा पार्न सक्ने उनको भनाई छ । रातको समयमा ठूलो आवाजसहित पहिरो गएपछि कतिपय स्थानीय भूकम्प आएको भन्दै घर बाहिर निस्केका स्थानीय जानकी क्षेत्रीले जानकारी दिए । उनले भने, “पहिरो गएकै स्थानमा जोडिएको जमिन अहिले पनि फाटिरहेको छ, निकट भविष्यमा नै खसेर अर्को जोखिम निम्त्याउन सक्छ ।” सेती किनारका अन्य ठाउँमा पनि जमिन फाट्ने क्रम जारी रहेकाले बेलैमा सजग नभए त्यसले समग्र पोखरालाई नै असर पार्न सक्ने स्थानीय बताउँछन् । उक्त स्थानमा विसं २०७२ वैशाख १२ गते भूकम्प गएको १५ महिनापछि पनि सुक्खा पहिरो गएको अर्का स्थानीय गणेश श्रेष्ठले बताए। उनका अनुसार सोही ठाउँमा अघिल्लो वर्ष पनि त्यस्तै सुख्खा पहिरो गएको थियो । बारम्बार गएको पहिराले बाँध जस्तै गरी चट्टानको थुप्रो लागेपछि सेतीले बहाव परिवर्तन गर्न सक्ने स्थानीय मिमबहादुर रानाले बताउँछन् । सेती नदी र यसले पारेका गल्छी एवम् प्रभाव सम्बन्धमा बिभिन्न अध्ययन भने नभएका होइनन् । बिभिन्न समयमा विदेशी संस्थाले गरेका अध्ययनका अनुसार गहिरिँदै गएको सेती नदीले पार्न सक्ने प्रभावलाई दृष्टिगत गर्दै ठाउँठाउँमा चेक ड्याम लगाउन सुझाव दिएका थिए । भूगर्भविद् ई डा रञ्जन दाहालका अनुसार सेतीको दायाँबायाँको जमिनको भाग खस्नु दीर्घकालीन समस्या भए पनि पछिल्लो समय सुक्खा पहिरो जोखिमयुक्त देखिएको छ । पोखराको मध्यभाग हुँदै बगेको यही नदीले यहाँको सुन्दरता कायम राख्न ठूलो योगदान पु¥याएको छ । पोखरालाई सेती नदीको विचित्रताले पर्यटकीय महिमा र गरिमा बढाएको छ । सदाबहार सेतै देखिने भएकोले प्राचीनकालदेखि यसको नाम सेती नदी रहन गएको बुढापाका बताउँछन् । पोखराका फाँटको सिँचाइ गरी उब्जाउ हुने अन्न यहाँका स्थानीयवासीको जीवीकोपार्जनको महत्वपूर्ण आधार हो । पोखरेलीका लागि बरदानजस्तै बनेको सेती नदीमा पछिल्ला वर्षमा प्रदूषण बढ्दै गएको विषय पनि यतिखेर चर्चामा छ । विभिन्न सङ्घसंस्था एवम् ठाउँठाउँका स्थानीयबाट यसको संरक्षणको प्रयास थालिएको पाइन्छ । मानवीय अतिक्रमण त छँदैछ पछिल्ला वर्षमा नदी किनारामा ठाउँठाउँमा जाने गरेका पहिराका कारण सेतीको नियमित बहाव थुनेको छ नै यसले किनारा आसपासका बस्तीसमेतलाई जोखिमपूर्ण बनाएको छ । रातोपैर्हाका साथै पछिल्ला वर्षमा तुल्सीघाट, रामघाट, पृथ्वीचोक, रङ्गशाला, चिर्गादीघाट, गगनगौँडालगायतका स्थानमा सेती किनारामा चट्टान खस्ने क्रमले वरपरका वस्ती जोखिमपूर्ण बन्दै गएका छन् । सेतीका विभिन्न घाटबाट जथाभावि नदीजन्य वस्तुको दोहोनसँगै नदी गहिरिँदै गएपछि भित्रीभागमा पानी जम्ने र कतिपय झुण्डिएका जमिन नदीमा खस्दै जाँदा बस्ती उच्च जोखिममा पर्दै गएका छन् । खानेपानीका लागि गरिने अत्याधिक मात्रामा खनिएका बोरिङलाई आधार बनाउने हो भने अधिकांश स्थानको भूबनोट शुरुमा कडा चट्टानसँगै तल्लो भागमा रातो र बालुवा माटो भेटिने गरेको छ । पोखराभित्र दुई सयभन्दा बढी बोरिङमार्पmत निकालिएको पानी बजारमा बिक्री वितरण गरिँदै आएको छ । जमीनको एक सय मिटरको गहिराइमा शुद्ध पानी आउने गरेको हुँदा सेती नदीले सो दुरी फेला पार्ने हो भने पोखरा बजारलाई नै जोखिमपूर्ण हुने बताइएको छ । रासस
करमा ५० प्रतिशत छुट माग गर्दै पर्यटन व्यवसायीको ७ बुँदे मागपत्र सार्वजनिक
काठमाडौं । पर्यटनसँग सम्बन्धित विभिन्न ९ संस्थाले सरकारसँग विभिन्न सातवटा माग राखेका छन् । विश्वरभर फैलिरहेको कोरोना भाइरसको प्रभाव नेपाली पर्यटनमा पनि परेको भन्दै उनीहरुले शुक्रबार सात बुँदे मागपत्र जारी गरेका हुन् । होटल एसोसिएन अफ नेपाल, एसोसिएसन अफ टुर एण्ड ट्राभलस् एजेण्ट, ट्रेकिङ एसोसिएसन अफ नेपाल, नेपाल पर्यटन यातायात व्यवसायी संघलगायत ९ संस्थाले उक्त माग राखेका हुन् । पर्यटकका लागि उपर्युक्तसिजन शुरु हुने बेलामा पर्यटकको संख्या घट्न थालेपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन् । उनीहरुले आफुले भुक्तानी गर्दै आएको घरभाडा तथा करमा हालका लागि ५० प्रतिशतसम्मको छुटको माग गरेका छन्। उनीहरुले संसारभर फैलिरहेको कोरोना भाइरसको प्रभावले विश्व अर्थतन्त्रलाई असर गरेको सन्दर्भलाई मध्यनजर गर्दै सरकारले छुट दिनुपर्ने माग गरेको हुन् । कोरोनाको त्रासले हाल नेपालमा पर्यटकको आगमन घटेको छ । विदेशीले बुकिङ गरेका होटलहरु पनि धमाधम रद्द हुन थालेको उनीहरुको भनाइ छ । यी हुन सात मूख्य मागहरु: १ नेपाल राष्ट्र बैंकले जारी गरेको सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यविधि २०७५ को संशोधनमा पर्यटन व्यवसायको लागि दिएको कर्जा तथा ब्याजलाई होटलमा दिइँदै आएको पुनर्कर्जाको व्यवस्था ट्राभल्स, पर्यटन यातायातलगायतका पर्यटनसँग सम्बन्धित सम्पूर्ण क्षेत्रमा समेत दिने व्यवस्था गरियोस्। २ माथीको बुदा नं.१ मा भएको व्यवस्थाअनुसार पर्यटन क्षेत्रको सम्पूर्ण कर्जाको हाल पुनर्तालिका गर्ने तथा ब्याजलाई समेत तत्काल पुँजिकृत गर्ने वा सहुलियत डिमाण्ड कर्जाको व्यवस्था गरी एक वर्षपछिमात्र सावाँसहितको ट्रमलोन भुक्तानी गर्ने व्यवस्था मिलाउने। ३ पर्यटन क्षेत्रमा क्रियाशील श्रमिकहरुलाई आवश्यकताअनुसार कटौती गर्ने व्यवस्था गरियोस् एवं श्रमिकहरुको राहतका लागि सामाजिक सुरक्षा कोषबाट कम्तिमा ५० प्रतिशत राहतको व्यवस्था गरियोस् । ४ कोरोना भाइरसको प्रभावले पर्यटन क्षेत्रमा रहेका श्रमिकहरुलाई पलायन हुन नदिनको लागि नेपाल सरकारले नाथम्सँगको सहकार्यमा निजी क्षेत्रको समन्वयमा विशेष तालिम तथा सेमिनारको व्यवस्था गरियोस्। जसको कारण श्रमिहरुको पेशा तथा दक्षता अभिवृद्धि रहिहोस्। ५ कोरोना भाइरसका कारण पर्यटकहरुले आफ्नो बुकिङ (होटल तथा हवाई टिकट) रद्द गरिरहेकाले पुनर्तालिका वा फुल रिफण्डको लागि व्यवस्था मिलाइयोस्। ६ पर्यटन व्यवसायीले विभिन्न क्षेत्रअन्तर्गत नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने कर, राजश्व, वार्षिक सवारी कर तथा स्थानीय करहरुमा ५०प्रतिशत सहुलियत प्रदान गर्ने तथा हाललाई एक वर्षको लागि कुनै पनि दण्ड जरिवाना नगरियोस्। ७ पर्यटन व्यवसायीले भुक्तानी गर्दै आएको घरभाडा तथा कर हालको लागि ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरियोस्।
अब सफ्टवेरबाटै सवारी दुर्घटना न्यूनीकरण गरिने, एकैसाथ ३३ वटा प्रहरी कार्यालयमा संचालन हुने
काठमाडाैं । काठमाडौं उपत्यका हुने सवारी दुर्घटनाको अभिलेखीकारण तथा न्यूनीकरणका लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले राेड एक्सिडेन्ट इन्फरमेसन म्यानेजमेन्ट सिष्टम(आएआईएमएस) सफ्टवेर प्रयोगमा ल्याएको छ । यस महाशाखा तथा यातायत व्यवस्था विभागको सहकार्यमा महाशाखा लगायत मातहतका ३३ वटा प्रहरी कार्यालयहरुमा एकैसाथ उक्त सफ्टवेर संचालनमा ल्याएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालका अनुसार उक्त सफ्टवेर संचालनसंगै सम्पूर्ण सवारी दुर्घटनाहरू रेकर्ड राखिन्छ र अभिलेखीकरण गरिएका तथ्याङ्कहरुलाई विज्ञ सहितको टीमले तथ्याङ्क विश्लेषण गरेर दुर्घटनाका कारण, बढी दुर्घटना हुने स्थान, सवारीको अवस्था लगायत अन्य कारणहरुको समेत निक्यौल गरि सोको व्यवस्थापनका लागि अल्पकालीन तथा दीर्घकालीन योजनाहरु तर्जुमा गरि लागू गर्न टेवा पुग्ने छ । दुर्घटना अभिलेख व्यवस्थापनमा ट्राफिक प्रहरीले यस पूर्व पनि विभागबाट उपलब्ध गराईएको ट्याबलेट प्रयोग गरिदै आएको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दिए । ‘हालै मात्र सो कार्यलाई अझ बढी प्रभावकारी बनाई कार्यसम्पादनमा सरलता एवं सहजताको लागि यातायात व्यवस्था विभागबाट दुर्घटना अभिलेखीकरणका लागि महाशाखालाई ३४ थान मोबाईल सेट उपलब्ध गराईएको छ ।’- उनले भने ।