यस्ता छन् सरकारका ११ निर्णय (पूर्णपाठसहित)
काठमाडौं । सरकारले गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर महेन्द्र बहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । गत फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै अर्थमन्त्रीसमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री डा.. युवराज खतिवडाले जानकारी दिएका हुन् । यस्तै, सकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका कानूनी सल्लाहकार युवराज कोइरालाले दिएको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले सुपर मादी जलविद्युत आयोजनाको पावरहाउस, हेडवर्क्स, पेनस्टक र पहुँचमार्ग लगायतका संरचनाहरु निर्माण गर्नका लागि ६.९५ हेक्टर सरकारी वन प्रयोग गर्न र रुखविरुवाहरु हटाउन समेत स्वीकृति दिने निर्णय गरेको छ । बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा राजेन्द्रवहादुर अर्याललाई नियुक्त गर्ने निर्णय समेत भएको खतिवडाले जानकारी दिए । बैठकका निर्णयः १. आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्त:शुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने । डिपार्टमेण्ट अफ २. डिपार्टमेण्ट अफ फुड एण्ड टेक्नोलाजी एण्ड क्वालिटी कन्ट्रोल नेपाल र बंगलादेश स्टाण्डर्डस् एण्ड टेस्टिङ इन्स्टिच्युनस, बंगलादेशबीच हुने समझदारी पत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न विभागका महानिर्देशकलाई अख्तियारी प्रदान गर्ने। – ट्रेडिङ कर्पोरेसन अफ बंगलादेश र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नेपालबीच हुने समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न STC का प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने । – नेपाल र बंगलादेशकाबीचमा Preferential Trading Agreement को भागको रूपमा रहने Product List (Request and Offer List) मा छलफल गर्ने वस्तुहरूको सूची तयार गर्न र सो सूची बंगलादेश पक्षलाई उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याललाई अख्तियारी प्रदान गर्ने । ३. नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेडः विशिष्टिकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने। ४. कलकत्तास्थित नेपाली महावाणिज्यदूतमा ईश्वरराज पौडेललाई नियुक्ति गर्ने । ५. जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई महेन्द्र बहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने । ६. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका कानूनी सल्लाहकार श्री युवराज कोइरालाले दिनुभएको राजीनामा स्वीकृत गर्ने । ७. चीन सरकारको सहयोगमा निर्माण हुने चक्रपथ विस्तार दोश्रो चरणको परियोजनाका लागि सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाई चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गर्ने । ८. सुपर मादी जलविद्युत आयोजनाको पावरहाउस, हेडवर्क्स, पेनस्टक र पहुँचमार्ग लगायतका संरचनाहरु निर्माण गर्नका लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने कास्की जिल्लाको मादी गाँउपालिका-२ मा रहेको कूलजम्मा ६.९५ हेक्टर सरकारी वन प्रयोग गर्न र रुखविरुवाहरु हटाउन समेत स्वीकृति दिने । ९. नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०७६ स्वीकृत गर्ने । १०. न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष मालिका गाउँपालिका ६, गुल्मीका श्री राजेन्द्रवहादुर अर्याललाई २ वर्षको लागि नियुक्त गर्ने । ११. शहरी विकास मन्त्रालय अन्तर्गत आ.व. २०७६/७७ मा सञ्चालनमा रहेका आयोजनाहरुको लागि राजपत्रांकित पदका ५ (पाँच) वटा अस्थायी दरवन्दी स्वीकृत गर्ने ।
सेञ्चुरी बैंकका ग्राहकले बाँकेको होटल अथितीमा १० प्रतिशत छुट पाउने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले बाँकेको कोहलपुरस्थित होटल अथितीको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बासगढी शाखा प्रबन्धक प्रदीप खरेल र होटल अथीतीका प्रबन्ध निर्देशक नर बहादुर ओलीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटलको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
भन्सार र कर कार्यालयको दायरा फराकिलो बनाउने सरकारकाे निर्णय
काठमाडौं । सरकारले भन्सार र कर कार्यालयको दायर फराकिलो बनाउने निर्णय गरेको छ । अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले फागुन १८ गतेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारले भन्सार र कर कार्यालयको दायरा फराकिलो बनाउने निर्णय गरेको बताएका हुन् । यस्तै, सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्तस्शुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने निर्णय भएको बताए । खतिवडाले मन्त्रिपरिषद्ले गरेका विभिन्न ११ निर्णयहरु सार्वजनिक गर्दै नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेडः विशिष्टिकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने बताए ।
भारतले पठाउन बन्देज गरेका १३ औषधि फुकुवा गर्न पहल हुँदै
काठमाडौं । अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री डा युवराज खतिवडाले सरकारले भारतले बन्देज लगाएका १३ वटा औषधिको फुकुवाको लागि पहल भइरहेकाे बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सूचना मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले बिहान बसेको बैठकमा भारतले नेपाल पठाउन बन्देज लगाएको १३ प्रकारका औषधि फुकुवाको लागि पहल गर्ने विषयमा छलफल गरेको बताए। उनले नेपालमा अहिले औषधीको अभाव नभएको दावी गरे। ‘समस्याग्रस्त मुलुकहरुबाट आएका यात्रुहरुलाई ध्यान दिने हो, ६ वटा स्थलमार्गमा सम्पूर्ण सुरक्षा र क्वारेन्टाइन व्यवस्था गरिएको छ,’ उनले भने । सरकारले नेपाल-भारतको ३७ नाकामा विशेष निगरानीको व्यवस्था गरेको उनकाे भनाइ छ।
अर्थमन्त्रीले आफ्नो लक्ष्य पुरा गर्न कर बढाएका हुन् : पूर्वसचिव रामेश्वर खनाल
काठमाडौं । दुई साता अघि बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा लिने पूर्वाधार कर शतप्रतिशत बढाएर प्रतिलिटर १० रुपैयाँ पुर्याएको थियो । धेरै कर भयो भनेर जनस्तरबाट सरकारको आलोचना भइरहेको छ । सरकारले यसरी बढाएकाे करप्रति पुर्वसचिव रामेश्वर खनालले असहमति जनाएका छन् । सरकारले विकास निर्माणकाे लागि नभइ अर्थमन्त्रीले कर संकलनकाे लक्ष्य पूरा गर्न कर बढाएकाे पूर्व सचिव खनालकाे भनाइ छ । ‘म सचिव हुँदा एउटै बस्तुमा धेरै कर लगाउनु हुदैन भनेर टेलिकमको कर घटाउन खोजेको थिएँ, तर साथीहरुले सहयोग गर्नु भएन,’ खनालले भने । नेपालको दूरसंचार सेवा पनि धेरै कर लाग्ने क्षेत्रमध्येमा पर्छ । दूरसंचार सेवामा १३ प्रतिशत दूरसंचार सेवा शुल्क, २ प्रतिशत स्वामित्व शुल्क र १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने गरेको छ । जनताबाट उठाउने करमा पनि एउटै शिर्षक राखेर कर उठाउन सके राम्रो हुने खनालले बताए । पछिल्लो समयमा पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर बढाएपछि सरकारको आलोचना झन् बढेको छ । पूर्वाधार कर बृद्धिसँगै पेट्रोलियम पदार्थमा कर ८६ प्रतिशत पुगेको छ ।
व्यक्ति-विशेषसँग सेयर बजार नजोडौं: डा.खतिवडा
काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई काेही व्यक्तिकाे अनुहार तथा व्यक्ति विशेषसँग नजाेड्न आग्रह गरेका छन् । उनले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा लगानीकर्तालाई उक्त आग्रह गरेका हुन् । ‘अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गर्न अवसर जुटाउने मात्र हो, बाँकी लगानीकर्ताकाे जिम्मा हाे, अर्थमन्त्रीको होइन । त्यसैले,लगानीकर्ता आफैले लगानी गर्नुभन्दा अघि त्यस कम्पनीको सम्पूर्ण वित्तीय अवस्था बुझ्न आवश्यक छ’, उनले भने । ‘नीति ठीक हुने, प्रणाली ठीक हुने, कम्पनीको क्षमता र स्वास्थ्य राम्रो हुने तर भाउ तलमाथि हुने भनेको बजारको सेन्टिमेन्ट हो, त्यो हामी कसैसँग जोडेर हेर्नु उपयुक्त हुँदैन,’ उनले भने । साथै, पछिल्लो दुई वर्षमा पुँजीबजारमा धेरै सुधार भएको उनले बताएका छन् ।
कोरोनाबाट सतर्कता अपनाउन ७ वटै प्रदेश र ३७ नाकामा खटाइयाे स्वास्थ्य टोली
काठमाडौं । सरकारले कोरोनाको जोखिम कम गर्न ७ वटै प्रदेशमा स्वास्थ्य टोली खटाएकाे छ । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । साथै, कोरोना रोकथामका लागि ३७ नाकामा स्वास्थ्य टोली खटाएकाे छ । जसका लागि ३ वटा समिति बनाइएको खतिवडाले जानकारी दिएका छन् । खतिवडाले कोरोना भाइरसको तत्काल र दीर्घकालिन असर पर्ने भन्दै त्यसको अध्ययन गरेर राहतको प्याकेज ल्याउने पनि धारणा राखे ।
होलीलाई लक्षित गर्दै एनआईसी एशियाले ल्यायो शत प्रतिशत नगद फिर्ता याेजना
काठमाडौं ।एनआईसी एशिया बैंकले होली पर्वलाई लक्षित गरी शत प्रतिशत नगद फिर्ता अफर योजना ल्याएको छ । यस बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि बैंकले विशेष योजना ल्याएको हो । यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना ग्राहकले शतप्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने छन् । बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहक महानुभावहरूले पर्याप्त फाइदा उठाउदै आएका छन् । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक रू. १५ हजार ४ सयसम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक ६ हजार रुपैयाँसम्मको लाभ ग्राहकले लिइरहेका छन् । मोबाइल बैंकिङ्ग र डेबिट/ क्रेडिट कार्ड प्रयोगमा अफरै अफर प्रत्येक शुक्रबार बेलुकी ८ बजे देखि शनिबार बिहान ८ बजेसम्म संचालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ५ प्रतिशत वा रू. १००÷ सम्म क्यास ब्याक, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा रू. १,०००÷ सम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार मबचबश।अयm बाट सामान खरिद गर्दा १० प्रतिशत वा रू. ५००÷ सम्म छुट पाउने छन् । साथै, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा रू. २,०००÷ सम्म छुट लगायत विभिन्न अफरहरू बैंकले सञ्चालन गरिरहेको छ । यस बैैंकको मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यसका अतिरिक्त बैैंकका ग्राहकले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी रू. २ हजार भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । साथै, यस बैंकले संचालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहक महानुभावहरूले प्रत्येक हप्ता जनही रू. ५००÷ तथा मासिक रुपमा अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकहरूले जनही रू. १,००० सम्मको नगद उपहार प्राप्त गर्दै आएका छन् ।