विकासन्युज

भरतपुरका किसन मगरले दाजुबाट पाए दोस्रोपटक नयाँ जीवन

चितवन । चितवनका एक युवकको हकमा दाजु पनि आमाको रुपमा उदाएका छन् । पहिलोपटक आमाबाट जीवन पाएका किसन मगरले दोस्रोपटक दाजुबाट नयाँ जीवन पाए । दुवै मिर्गौला फेल भएर भौंतारिइरहेका क्षेत्रपुरका किसनलाई उनका दाजु चन्द्रबहादुर रिंजालीले मिर्गौला दिएका हुन् । चार वर्षअघि किसनको मिर्गौलामा समस्या पत्ता लागेको थियो । बिग्रेको मिर्गौला जोगाउन गरिएका प्रयासहरु असफल भएपछि उनी जीवन र मरणको दोसाँधमा पुगिसकेका थिए । यही बेला दाजु चन्द्रबहादुर भाइलाई मृत्युको मुखबाट फिर्ता ल्याउन अग्रसर भए । भाग्यले पनि साथ दिएकै मान्नुपर्छ- चन्द्रबहादुरको मिर्गौला किसनलाई ‘फिट’ भयो । प्रचलित कानुन अनुसार नातागोता बाहेकका मान्छेले चाहेर पनि मिर्गौला दान गर्न नपाउने अवस्थामा दाजुको मिर्गौला ‘फिट’ भएपछि किसनमा बाँच्ने आस पलायो । तर राजधानीको अस्पतालमा तोकिएको मितिमा प्रत्यारोपण हुन नसकेपछि उनी फेरि निराश भए । ‘त्यसपछि भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएँ । त्यहाँ पनि तीन महिना त्यत्तिकै बित्यो,’ किसन भन्छन्, ‘स्वदेशमा केही सीप नलाग्ने देखेपछि भारतको एम्स अस्पतालमा प्रत्यारोपण गर्ने तयारी सुरु भयो ।’ भारत जानुअघि डायलासिस गर्ने सिलसिलामा चितवनको पुरानो मेडिकल कलेज पुगेका किसनले त्यहीँ मिर्गौला प्रत्यारोपण हुने कुरा थाहा पाएको उनले सुनाए । पुरानो मेडिकल कलेजका चिकित्सक र विशेषज्ञसँगको परामर्शपछि त्यहीँ नै प्रत्यारोपण गराएको उनको भनाइ छ । ‘सबैभन्दा पहिला पुरानो मेडिकल कलेजका डा. प्रविण जोशीलाई भेटेँ । उहाँको सल्लाहमा प्रत्यारोपण विशेषज्ञ डा. राकेश बर्माको बायोग्राफी हेरेपछि उहाँबाटै प्रत्यारोपण गराउने निष्कर्षमा पुग्यौं,’ किसनले सुनाए । दाजुको मिर्गौला सफल प्रत्यारोपणपछि किसनलाई अंगदान गर्ने मान्छे परिवारमा भए मिर्गौला प्रत्यारोपण ठूलो होइन रहेछ भन्ने लागेको छ । ‘पहिले त बाँच्ने आसै मारिसकेको थिएँ, अहिले भने दिने मान्छे घरमा छ भने मिर्गौला प्रत्यारोपण ठूलो समस्या होइन रहेछ भन्ने लाग्यो,’ उनले भने । उक्त मेडिकल कलेजका प्राध्यापक डा. राकेश बर्माको नेतृत्वमा १० जनाको टोलीले किसनको मिर्गौला प्रत्यारोपण गरेको थियो । प्रत्यारोपणपछि त्यहाँका डाक्टर र नर्सको राम्रो हेरचाहका कारण आफू चाँडै ठीक भएको किसनले सुनाए । ‘करिब १५ दिन अस्पताल बस्दा डाक्टर र नर्सले निकै राम्रोसँग उपचार गर्नुभयो, छिनछिनमा सोध्ने गर्नुभयो,’ उनले भने । भाइलाई मिर्गौला दान गरेका चन्द्रबहादुर अहिले आफू र भाइ दुवैजना तन्दुरुस्त रहेको बताउँछन् । ‘अहिले म पनि राम्रो छु, र भाइ पनि राम्रो छ, चन्द्रबहादुरले भने । कलेजका प्राध्यापक डा बर्मा मिर्गौला प्रत्यारोपणमा ठूलो टिम सहभागी हुने बताउँछन् । किसनको प्रत्यारोपणमा पनि १० जना भन्दा बढीको टिम सहभागी थियो । उक्त अस्पतालले हालसम्म चारवटा सफल मिर्गौला प्रत्यारोपण गरेको प्रा.डा. बर्माले जानकारी दिए । अंग प्रत्यारोपणमा ४० वर्षका अनुभवती प्रा.डा. बर्माले राजधानीको वीर अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरी ६५० भन्दा बढी प्रत्यारोपण गरेका गरिसकेका छन् । प्रविधि र मानवीय स्रोतका हिसाबले मिर्गौला प्रत्यारोपणमा नेपाल विदेशभन्दा कम नभएको प्रा.डा. बर्माको दाबी छ । सेवाग्राहीले विश्वास गरे पुग्छ,’ हामी सक्षम छौं । वरिष्ठ अगं प्रत्यारोपण विशेषज्ञ प्रा.डा. राकेश वर्मा, प्रत्यारोपण फिजिशियन डा. माधव घिमिरे, प्रत्यारोपण एनेस्थेसियोलोजिष्ट डा. किरण अधिकारी, वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा. राजेश कुमार यादव, वरिष्ठ युरोलोजिष्ट डा. सुदिप राज के.सी.,डा. प्रबिण जोशी, प्रत्यारोपण फिजिशियन डा. सन्तोष गुरुङ्ग, डा. सृजु वैद्य, डा. अनुराग सिंह लगायत चिकित्सकहरुको प्रत्यारोपणमा संलग्नता रहेको थियो । नेपालमा मृगौला कसरी बचाउन सकिन्छ भन्ने सचेतना न्युन रहेको र दिनदिनै मृगौला रोगीको संख्या बढिरहेको अवस्थामा यसको भरपर्दो उपचार प्रत्यारोपण नै हो, डाइलासिस होइन । तर नेपालमा वर्षेनी डायलाइसिस गराउनेको संख्या बढ्दो छ । काठमाडौं बाहिर यस अस्पतालमा सफल मृगौला प्रत्यारोपण भएको छ र यो चौथो पटक हो । त्यसैले, अब धेरै खर्च गरेर विदेश तथा काठमाडौं जानुपर्ने बाध्यता छैन मात्र सेवाग्राहीहरुले बुझ्नु र विश्वास गर्नु जरुरी छ, वरिष्ठ प्रत्यारोपण फिजिशियन डा. माधव घिमिरेले बताए ।

मेलम्चीको पानी सुरुङमार्गमा हालियो, आयोजनाको प्रगति उत्साहजनक

मेलम्ची। नेपालको बहुचर्चित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य द्रुत गतिमा अगाडि बढिरहेको छ। चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी निर्माण कार्यको जिम्मेवारी लिएपछि आयोजनाको कामले गति लिएको हो। सोमबार मेलम्ची आयोजनाको सुरुङ मार्गको परीक्षण गरिएको छ। खानेपानी मन्त्री बिना मगर, मेलम्ची विकास समितिका पदाधिकारी लगायतका प्रतिनिधिहरुको उपस्थितिमा मेलम्चीको हेडवक्रसबाट सुरुङ मार्गको परीक्षण कार्य गरिएको होलगायतका साना ठेक्काका कामहरु पनि गरिरहेको छ। यी सबै काम मेलम्ची विकास समितिले अपेक्षा गरेभन्दा उत्साहजनक रुपमा अघि बढिरहेका छन्। मेलम्ची आयोजनाको निर्माणको जिम्मेवारी सिनो हाइड्रोले लिएपछि कामले गति लिएको र जिम्मा लिएका काममध्ये हेडवक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडानको सप्लाइको काम १०० प्रतिशत, गेटको कामः सप्लाइ १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेशनको काम ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ। हेडवक्रसमा ७ वटा गेट निर्माण कार्य र कफरड्याम निर्माण कार्य तीब्र गतिमा भइरहेको छ। यी कामहरु पानी पथान्तरण गर्न अत्यावश्यक रहेकोले प्राथमिकताका साथ अगाडि बढाइएको छ। आगामी जेष्ठ १५ सम्ममा यी कामहरु सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ। गेट निर्माण कार्य पानी पथान्तरणका लागि महत्वपूर्ण छ। यो काम टनेल प्रवेशसँग सम्बन्धित रहेको एवं टनेल भित्रका निर्माण कार्य सञ्चालनसँग पनि समन्वयात्मक रुपमा अगाडी बढाउनुपर्ने भएकोले तदअनुरुप निर्माण कार्य भइरहेको छ। जेठ मसान्तसम्ममा गेट निर्माणका कामहरु सम्पन्न हुने आयोजनाको विश्वास छ। भेन्टिलेशन साफ्टको निर्माण कार्य चुनौतीपूर्ण भएको र यसका वावजुद पनि विभिन्न प्रयासबाट हाल सिन्धु ग्यालथुम खण्डमा यसको निर्माण कार्य शुरु भएको छ एवं असार १५ सम्ममा ३ वटै भेन्टसाफ्टको काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजाले जनाएको छ। स्काडा प्रविधि जडानको कामले गति लिएको छ। बाँकी रहेका निर्माण कार्यहरु केही समानान्तर र केही सेरीजमा गर्नुपर्ने भएकोले टनेलभित्रका अन्य काम सम्पन्न हुँदा यो कार्य पनि सम्पन्न हुनेछ। साथसाथै सुन्दरीजल पोर्टलको कामले गति लिएको छ। सरकारले तोकेकै मितिभित्र सुन्दरीजल पोर्टलको काम सम्पन्न गर्ने लक्ष्य रहेको र ततपश्चात पुरै प्रणालीमा पानी परीक्षण गर्ने लक्ष्य रहेको छ। निर्माणको सिलसिलामा खण्ड खण्ड रुपमा परीक्षण गरी अन्त्यमा पुरै प्रणालीमा परीक्षण गरिने भएकोले अम्बाथान खण्डको टनेल सफाई सम्पन्न गरिएको र यही चैत्र महिनाको शुरुमै यस खण्डको परीक्षण गरिने

नेबिको बिष्कुटद्वारा अपाङ्ग सेवा संघमा आश्रित बालबालिकालाई सहयाेग

काठमाडाैं । नेबिको बिस्कुटले ललितपुरको बुङमतीस्थित अपाङ्ग सेवा संघका आश्रित बालबालिकाका लागि बिस्कुटहरु सहयोग स्वरुप प्रदान गरेको छ । कम्पनीका ब्राण्ड म्यानेजर अरुण पौडेलले सोमबार अपाङ्ग सेवा संघका अध्यक्ष दयाराम महर्जनको उपस्थितिमा अपाङ्ग बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । नेबिकोले यसअघि पनि अपाङ्ग सेवा संघलगायत अन्य सामाजिक संस्थाहरुलाई बिस्कुट सहयोग गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सहयोग गर्दै आएको ब्राण्ड म्यानेजर पौडेलले बताए । आगामी दिनमा यस्तो सहयोग गर्दे जाने बताए । संस्थाले अपाङ्ग बालबालिकालाई पढाउने तथा अन्य रचनात्मक क्रियाकलापमा लगाउँदै आएको छ ।

आन्तरिक विद्युत् उत्पादन बढेसँगै ३३ प्रतिशतले घट्यो आयात

काठमाडौं । देशभित्रै उत्पादनको मात्रा बढ्दै गएपछि चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल ६ अर्ब ६१ करोड रुपैयाँ बराबरको विद्युत् खरिद भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालको वैदेशिक व्यापार प्रवृत्ति’ विषयक अध्ययन प्रतिवेदनअनुसार नेपालले भारतबाट आर्थिक वर्ष २०७५/७६ को तुुलनामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा झण्डै ३३ प्रतिशतले विद्युत् आयात कम भएको छ । बैंकका अनुसार सो अवधिमा कूल ३२.९ प्रतिशतले विद्युत् आयात घटेको हो । देशभित्रै आन्तरिक उत्पादन बढ्दै गएको, सरकारले ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेका कारण पनि विद्युत् आयात कम भएको हो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल विद्युत् जडित क्षमतासमेत बढेर एक हजार ३०० मेगावाटको हाराहारीमा पुगेको छ । चालु आर्थिकको ६ महिनाको अवधिमा मात्रै कूल १३० मेगावाटको हाराहारीमा विद्युत् थप भएको छ । हिँउदको समयमा अपुग भएको विद्युत् मात्रै आयात गरिएको छ । देशभित्रै ऊर्जाको स्रोत बढ्दै गएको कारण पनि आयातमा कम भएको हो । चालु आर्थिक वर्षको अन्त्यसम्म माथिल्लो तामाकोशीलगायत आयोजनाबाट एक हजार ३०० मेगावाट विद्युत् थप गर्ने सरकारको योजना छ । कोरोना भाइरसका कारण केही आयोजनामा समस्यासमेत उत्पन्न भएकाले तत्कालै सरकारको लक्ष्य पूरा हुने कि नहुने भन्नेमा आशङ्का पैदा भएको छ । यस्तै वर्षाको समय भएर पनि आन्तरिकरुपमा नै विद्युत् उत्पादनसमेत बढी हुँदा आयात कम भएको बताइन्छ । सो अवधिमा विद्युत् आयात मात्रै नभई कूल ६८ करोड बराबरको विद्युत् निर्यातसमेत भएको छ । केन्द्रीय बैंकका अनुसार नेपालभित्रै विद्युत् उत्पादनको क्षमतामा वृद्धि भइरहेकाले पनि विद्युत् आयात अझै कम हुँदै जाने देखिन्छ । आगामी वर्षमा ठूला परियोजना सञ्चालनमा आउने हुनाले पनि विद्युत् व्यापार नेपालको पक्षमा हुने देखिएको बैंकको निष्कर्ष छ । गत वर्षको समयमा नेपालले बढी भएको विद्युत् भारत निकासी गरेको थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार इनर्जी बैंकिङको योजनालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ गत साउनदेखि भदौको दोस्रो सातासम्म कुलेखानी जलाशयलगायत आयोजनाको विद्युत् रक्सोल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत निर्यात गरिएको थियो । यस्तै नेपालले ढक्लेबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनका अलावा अन्य ११ विन्दुबाट विद्युत् आयात गरिएको छ । सरकारले दोस्रो अन्तरदेशीय प्रसारण लाइनका रुपमा बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणको तयारी थालेको छ । सो प्रसारण लाइन निर्माणका लागि नेपाल र भारतले समान हिस्सा लगानी गर्ने सहमति यसअघि नै भएको छ । सो प्रसारण लाइनसमेत कूल ४०० केभी क्षमतामा नै निर्माण हुनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुहुन्छ । सरकारले प्रदेश नं २ बाहेक हरेक प्रदेशलाई केन्द्रमा राखेर एक÷एक बहुउद्देश्यीय जलाशययुक्त आयोजना निर्माणको कामसमेत शुरु गरिसकेको छ । बैंकका अनुसार आर्थिक वर्ष २०७१/७२ मा ९ अर्ब ६६ करोड रुपैयाँ, आर्थिक वर्ष २०७२/७३ मा १३ अर्ब १२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७३/७४ मा १६ अर्ब ५८ करोड रुपैयाँ, आर्थिक वर्ष २०७४/७५ मा १४ अर्ब ६७ करोड रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा २१ अर्ब ३१ करोड रुपैयाँ बराबरको विद्युत् आयात भएको छ । २१ अर्बको निर्माण उपकरण आयात यस्तै बैंकका अनुसार चालु आर्थिकको ६ महिनामा कूल २१ अर्ब रुपैयाँ बराबरको निर्माण उपकरण तथा सवारीसाधनको आयात भएको छ । विकास निर्माणको कामले गति पाउँदा निर्माण उपकरणको आयात बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा अधिकतम ६१ अर्ब ४४ करोड रुपैयाँ बराबरको निर्माण उपकरण आयात भएको देखिन्छ । आव २०७५/७६ मा भने ४७ अर्ब ६ करोड रुपैयाँ बराबरको उपकरण आयात भएको बैंकको विवरणमा उल्लेख छ । आर्थिक २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा २२.६ प्रतिशतले आयात कम भएको देखिन्छ । आर्थिक वर्ष २०७५/७६ को ६ महिनामा कूल १८ अर्ब ४४ करोड रुपैयाँ बराबरको हवाईजहाज तथा पाटपुर्जा आयात भएकामा चालु आर्थिकको ६ महिनामा कूल १४ अर्ब ८० करोड रुपैयाँ बराबरको आयात भएको छ । यस्तै आर्थिक वर्ष २०७५/७६ को ६ महिनामा कूल नौ अर्ब ५३ करोड रुपैयाँ बराबरको सिमेन्ट आयात भएकामा आन्तरिक उत्पादन वृद्धि भएकाले चालु आवको ६ महिनामा दुई अर्ब दुई करोड रुपैयाँको मात्रै सिमेन्ट आयात भएको छ । सिमेन्ट उद्योगीहरुका अनुसार नेपाल सिमेन्टमा आन्तमनिर्भर बनेकाले कम मात्रामा आयात भएको हो । देशको व्यापार घाटा हरेक वर्ष बढ्दै गएकाले त्यसलाई कमी ल्याउन संरचनात्मक सुधारको आवश्यकता रहेको बैंकको अध्ययनको निष्कर्ष छ । वैदेशिक व्यापारको आकारमा भएको वृद्धिअनुसार निर्यातको हिस्सा बढ्न सकेको छैन । आर्थिक वर्ष २०७५/७६ मा निर्यातको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात २.८ र कूल व्यापारमा निर्यातको अंश ६.४ प्रतिशत रहेको छ । निर्यातको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात घट्दै गएको छ । विगत लामो समयदेखि आयातको संरचनामा खासै ठूलो परिवर्तन भएको छैन । निर्याततर्फ भने २०४० को दशकमा अग्रस्थानमा रहेका वस्तुहरुको हिस्सा पछिल्ला वर्षमा घटेको छ । नेपालको वैदेशिक व्यापार देशगत र वस्तुगतरुपमा विविधीकरण गर्दै जानुपर्ने देखिन्छ । नगद अनुदानसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएपछि अनुदान प्राप्त गर्ने वस्तु जडीबुटी, अलैँची, चिया, ऊनी गलैँचा, पश्मिना, जुट र जुटका सामान, तयारी पोसाक आदिले निर्यातमा सकारात्मक योगदान पु¥याएको देखिन्छ । रासस

माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना

माले । दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय संचार माध्यमका अनुसार संक्रमित तीन जनामध्ये दुई जना सफारीमा र एक जना अनातारा धिगु माल्दिभ्स रिसोर्टमा भेटिएका थिए । एचपिएले ११ जनालाई फारुकोल्हुमा अलग्याएर राखिएको जनाएको छ । यसैबीच, माल्दिभ्स सरकारले पूर्व सावधानीका लागि भन्दै १३ अर्ब अमेरिकी डलरको आपतकालीन कोष स्थापना गरेको जनाएको छ । राष्ट्रिय आपतकालीन विपद केन्द्र (नियोक) का प्रवक्ता मोहमद माब्रुक अजीजले उक्त कोषको रकम चन्दा र आर्थिक सहायता प्रदान गर्न वितरण नगरिने स्पष्ट गरे । उनले कोरोनाभाइरसको परीक्षणका लागि थप ५ हजार सामान माल्दिभ्स ल्याइएको पनि बताए । पर्यटन मन्त्री अलि वाहीदले मुलुकको पर्यटन कोषबाट आवश्यक परेमा स्वास्थ्य उपकरण र प्राविधिक विज्ञहरु झिकाइने जनाएको छ । गत साता, स्वास्थ्य मन्त्रालयले माल्दिभ्समा सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको थियो । माल्दिभ्सले कोरोनाभाइरसको परीक्षणका लागि इन्दिरा गान्धि स्मृति अस्पतालबाट सेवा लिइरहेको छ । रासस/सिन्ह्वा

संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले देशमा छरिएर रहेका उद्योगी, व्यावसायि संघ संस्था तथा व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यवसाय बढाउन तथा व्यवसायिक सहयोग गर्ने उद्देश्यले अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । यस सेवा अन्तर्गत आफ्नो उद्योग व्यवसाय संचालन गरिरहेका उद्योगीहरू तथा नयाँ व्यवसाय संचालन गर्न चाहने व्यवसायीहरूको लागि निम्न बमोजिमको सेवाहरु उपलब्ध गराईने जनाएको छ । १. वित्तीय सर्वेक्षण २. बजार सर्वेक्षण ३. सम्भाव्यता अध्ययन ४. व्यापारिक योजना र विकास ५. व्यापार रणनीति विकास ६. व्यवसाय मूल्यांङ्कन ७. शेयर÷इक्विटी मूल्यांङ्कन ८. आम्दानी योजना ९. खर्च योजना १०. पूँजीगत बजेट ११. पूँजी पुनर्संरचना यसका साथै देशभरी छरिएका लगानी गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुलाई नबिल इन्भेष्टले साना तथा मध्यम वर्ग तथा स्टार्ट(अपमा लगानी गर्न चाहेमा परामर्श सेवा समेत उपलब्ध गराउने भएको छ ।

तिनाउ मिसन डेभलपमेण्ट बैंक र एसबी सोलुसन्सबीच ऋण अटोमेसन गर्नेसम्बन्धी सम्झौता

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ । बैंकमा लोन अटोमेसन सिस्टमको प्रयोग गर्न तिनाउ मिसन डेभलपमेण्ट बैंकका कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ र एसबी सोलुसनका अध्यक्ष बिपुल ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । लोन अटोमेसन सिस्टम माध्यमबाट बैंकले आन्तरिक लोन प्रक्रियालाई सरल तथा सुलभ तरिकाले अटोमेनसन तथा डिजिटल गर्ने भएको छ । यस लोन अटोमेसन सिस्टमले बैंकको पेपरमा आधारित सबै लोन(ऋण) वर्कफ्लोलाई परिर्माजित गरी, लोनका क्लाइन्टहरु मोनिटर गर्न, रिस्क एसेसमेन्ट गर्न, क्रेडिट डकुमेन्टेसन तथा लोन एप्रुभ गर्नको लागि सहज हुने अपेक्षा लिइएको छ । एसबी सोलुसनको लोन अटोमेसन सिस्टम अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको सफ्टवेयर हो । यसले ऋण व्यवस्थापन प्रणालीलाई ५० प्रतिशत छिटो, सहज र विश्वासिलो बनाउने कम्पनीले दाबी गरेको छ । यसैगरी, तिनाउ मिसन डेभलपमेण्ट बैंक नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त संस्था हो । तिनाउ मिसन डेभलपमेण्ट बैंकका दुई लाख भन्दा बढि ग्राहक र ५४ शाखा कार्यालयहरु रहेका छन् । तिनाउ मिसन डेभलपमेण्ट बैंकले पछिल्लो पटक मिसन डेभलपमेन्ट बैंकसँग मर्जर गरी नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको छ । त्यसैगरी, एसबी सोलुसनले विभिन्न बैंक तथा कर्पोरेट हाउसका प्रोडक्ट तथा प्रक्रियालाई डिजिटलाइजेसन तथा अटोमेसन प्रदान गर्दै आएको छ । यसै अनुसार यसले विभिन्न बैकिङ प्रणालीलाई सहज बनाउने सिस्टमहरुको विकास गरेको छ । लोन एप्रोभिङ सिस्टम, अनलाइन एकाउन्ट ओपनिङ, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम, भेन्डर म्यानेजमेन्ट सिस्टम, बजेट म्यानेज्मेन्ट सिस्टम यस कम्पनीका मुख्य प्रोडक्टहरु हुन् ।

बीमा समितिका अध्यक्ष चापागाईं भन्छन्ः सरकारी संरचना बीमाको पहुँचमा आएनन्, सिँहदरबारबाटै बीमा गर्न सुुरु गरौं

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले नेपाल सरकारले सिँहदरबारबाट नै बीमा सुरु गर्न आवश्यक रहेको बताएका छन् । बीमा कम्पनीहरुसँग जति पनि जोखिम बहन गर्ने क्षमता रहेको भन्दै उनले बीमाको पहुँच बढाउन सिँहदरवारबाटै बीमा गर्न आवश्यक रहेको बताएका हुन् । अध्यक्ष चापागाईंले नेपाली बीमा कम्पनीहरुमा राष्ट्रिय गौरवका आयोजनादेखि राजमार्ग सम्मको बीमा गर्ने क्षमता रहेको बताउँदै अब सिँहदरवारको पनि बीमा गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘नेपाल सरकारले बीमाको सुरुवात सिँहदरबारका भवनहरुबाट गर्न जरुरी छ, सरकारले आवश्यक ठाउँमा बीमाको पहल गरेमा बीमा कम्पनीहरु जोखिम बहन गर्न सक्षम छन्,’ उनले भने । सिँहदरबारदेखि राजमार्गका बीमामा सबैभन्दा पहिले बीमाकोलागि माग आउन आवश्यक रहेको बीमा समितिको दाबी छ । हालसम्म कुनै किसीमका माग नआएका कारण सरकारी संरचना बीमाको पहुँचमा नसमेटीएको उनको भनाइ छ । यो समय बीमाको भएकोले यस्तो बेलामा गरिएका परिवर्तनले इतिहास रच्छन् र बीमाको दायरामा वृद्धी हुने उनको भनाइ छ । स्थानिय तहदेखि राष्ट्रिय स्तरमा बीमा बुझ्नेहरु बढ्दै गएको उनले बताए । यस्तै, चापागाईंले विगतमा कहिँकतैबाट बीमा क्षेत्रमा केही समस्या भएको भएपनि आगामी दिनमा त्यस्ता कुरालाई भुलेर अघि बढ्नु पर्ने बताए । जुनसुकै क्षेत्रको पनि बीमा गर्न बीमा कम्पनीहरु सक्षम रहेको उनको भनाइ छ । बीमा कम्पनीहरुले आफूले सक्ने किसिमका जोखिम धारण गर्छन् । तर, आफूले नसक्ने जोखिम पुनर्बीमा कम्पनीमा पठाउने हुँदा सबै बीमा कम्पनीहरु जोखिम धारण गर्न सक्षम हुन्छन् । ‘बीमा कम्पनीलाई पुनर्बीमा कम्पनीले बलियो बनाउन मद्धत गर्छ’, उनले भने । कुनैपनि बीमा योजना संचालनमा आउनु अघि बीमा कम्पनीलाई समितिले स्वीकृति दिनुपर्छ । समितिको स्वीकृती पश्चात बीमा कम्पनीहरुले बीमा योजना सार्वजनिक गर्छन् । उक्त बेलामा बीमा लेखमा उल्लेख गरिएको शर्त अनुसार बिमित र बीमक बिच सहकार्य हुन्छ । बीमा विश्वासको व्यवसाय भएकाले शर्त अनुसार बीमा लागू हुने गर्छ । बीमा शुल्क बुझाएपनि बीमालेखमा उल्लेख नभएको जोखिम बीमाले बहन नगर्ने कुरा बिमितले थाहा पाउनु आवश्यक हुन्छ ।