लकडाउन उल्लङ्घन गर्ने ३०२ सवारी साधन पक्राउ
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । त्यसमा २६१ वटा २ पाङ्ग्रे सवारी छन्र भने ४१ वटा चार पाङ्ग्रे सवारी रहेका छन् । साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ । निम्न स्थानहरूबाट सवारी साधन नियन्त्रणमा लिएको चैत्र १२ गते विहान ८:०० बजेसम्म सि.नं. कार्यालयको नाम २ पाङ्ग्रे सवारी संख्या ४ पाङ्ग्रे सवारी संख्या जम्मा 1. मनट्राप्र वृत्त, जनसेवा १२ १ १३ 2. मनट्राप्र प्रभाग, दरबारमार्ग १४ १४ 3. मनट्राप्र प्रभाग, ठमेल २ २ 4. मनट्राप्र वृत्त, सोह्रखुट्टे ८ ४ १२ 5. मनट्राप्र प्रभाग, पुरानो बसपार्क १ १ 6. मनट्राप्र वृत्त, कमलपोखरी २० ४ २४ 7. मनट्राप्र वृत्त, सिहदरबार ५ ५ 8. मनट्राप्र प्रभाग, थापाथली ८ ८ 9. मनट्राप्र वृत्त, कालीमाटी ३० ३ ३३ 10. मनट्राप्र प्रभाग, बल्खु २० २० 11. मनट्राप्र प्रभाग, किर्तिपुर 12. मनट्राप्र प्रभाग, फर्फिङ्ग 13. मनट्राप्र प्रभाग, कंलकी १५ १५ 14. मनट्राप्र प्रभाग, नागढुङ्गा 15. मनट्राप्र प्रभाग, थानकोट ४ ४ 16. मनट्राप्र वृत्त, स्वयम्भू ७ ७ 17. मनट्राप्र वृत्त, नयाबसपार्क २२ ४ २६ 18. मनट्राप्र वृत्त, महाराजगञ्ज ८ ८ 19. मनट्राप्र प्रभाग, टोखा ९ १ १० 20. मनट्राप्र प्रभाग, बुढानिलकन्ठ १२ २ १४ 21. मनट्राप्र प्रभाग, सुकेधारा ५ ५ 22. मनट्राप्र वृत्त, बोद्ध ६ ६ 23. मनट्राप्र प्रभाग, कपन १० १ ११ 24. मनट्राप्र प्रभाग, साँखु 25. मनट्राप्र प्रभाग, गौशाला २० २० 26. मनट्राप्र प्रभाग, एयरपोर्ट २ २ 27. मनट्राप्र प्रभाग, गौचरण 28. मनट्राप्र वृत्त, कोटेश्वर ४ १ ५ 29. मनट्राप्र प्रभाग, काडाँघारी 30. मनट्राप्र परिसर, भक्तपुर १ ५ ६ 31. मनट्राप्र प्रभाग, गठ्ठाघर १ १ २ 32. मनट्राप्र प्रभाग, कमलविनायक 33. मनट्राप्र परिसर, ललितपुर ८ ८ 34. मनट्राप्र वृत्त, जावालाखेल ४ ४ 35. मनट्राप्र प्रभाग, मंगलबजार ६ ६ 36. मनट्राप्र प्रभाग, सानेपा ३ ३ 37. मनट्राप्र प्रभाग, चापागाउँ १ १ 38. मनट्राप्र प्रभाग, भैसेपाटी ७ ७ जम्मा २६१ ४१ ३०२
सिम रिचार्ज गर्दा शतप्रतिशत बोनस र २ सय रूपैयाँ सापटी दिन सरकारकाे निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिजार्चमा शतप्रतिशत बोनस र सापटी रकम २ सय रूपैयाँ पुर्याउन निर्देशन दिएको छ । लकडाउनको समयलाई मध्येनजर गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्रहीलाई सहज हुने प्याकेज पनि ल्याउन अग्रह गरेको छ । मंगलबार प्राधिकरण सञ्चालकहरूको आकस्मिक अनलाइनबाट बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरण सूचना अधिकारी सन्दिप अधिकारीले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिजार्चमा शतप्रतिशत बोनस र सापटी रकम २ सय रूपैयाँ पुर्याउन निर्देशन दिएको बताए । ‘लकडाउनको समयमा रिचार्जमा सजिलो होस्, यस्तो समयमा मोवाइल प्रयोगकर्ताहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणले सहज र सरल बनाउन लागेको हो,’ अधिकारीले भने । अधिकारीका अनुसार सापटी रकममा सेवा प्रदायकले कुनै प्रकारको थप रुकम र ब्याज पनि लिन पाउने छैनन् । यसैगरी १ सय रुपैयाँ रिजार्च गर्दा सय रुपैयाँ नै बोनस गर्नु पर्ने निर्देशन दिएको छ । यसैगरी बैठकले सेवा प्रदायकदले अहिले सञ्चालन गरी रहेको सेवा बाहेक कुनै एक सेवा पनि ग्राहकलाई थप आर्थिक भार नपर्ने गरी सञ्चालन गर्न पाउने सुविधा दिने निर्णय गरेको अधिकारीले बताए ।
कोरोना रोकथाम कोषमा एनसेलकाे १० करोड सहयोग, निजी क्षेत्रबाट सबैभन्दा ठूलाे राशी
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिँडारीलाई उक्त रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् । काेषमा निजी क्षेत्रबाट जम्मा भएकाे याे सबैभन्दा ठूलाे रकम हाे । यो सहयोग कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ । ‘सिंगो विश्व कोभिड–१९ विरुद्ध लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहेको छ । कोभिड-१९ बाट हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि हामीले सम्पूर्ण ध्यान केन्द्रित गरेका छौं । सरकारको यो सत्प्रयासमा एनसेलजस्तो निजी क्षेत्रको ठूलो सेवाप्रदायकले गरेको योगदान सराहनीय छ । यो सहयोगले तात्कालिक सेवा प्रवाहमा ठूलो भूमिका खेल्नेछ’ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिँडारीले भने । ‘एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले सरकारको कोभिड-१९ कोषमा गरेको रु. १० करोड सहयोग यसकै निरन्तरता हो । यो सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई कोभिड-१९ विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छौं । हामी विश्वस्त छौं, यो हाम्रो योगदानले कोभिड-१९ रोकथामका लागि स्वाथ्यकर्मीहरूलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरुको खरिदमा सरकारलाई सहयोग हुनेछ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने । यस अप्रत्याशित अवस्थामा आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न एनसेल प्रयासरत छ । अत्यावश्यक सेवाप्रदायक र जिम्मेवार कर्पोरेट नागरिकको नाताले हामी नेपालभरका लाखौं ग्राहक, साझेदार र कर्मचारीको सुस्वास्थ्य सुनिश्चित गर्न प्रतिबद्ध छौं । यस कठिन परिस्थितिमा सबै नागरिकलाई स्वच्छ/स्वस्थ रहन र भौतिक दूरी कायम राख्न आग्रह गर्दछौं । स्थापनाकालदेखि एनसेलले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग पुर्याउँदै ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन तथा राहतजस्ता क्षेत्रमा एनसेलले योगदान पुर्याउँदै आएको छ ।
भारतबाट भित्रिए ८० मालवाहक गाडीः एलपी ग्यास ७ बुलेट, पेट्रोलका १०, अरू कति ?
काठमाडाैं । भारतबाट बेलहिया नाका हुँदै आज ८० मालवाहक गाडी नेपाल भित्रिएका छन् । बेलहिया हुँदै आएका गाडीको भन्सार दर्ता भएको छ । भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालका अनुसार आज मात्रै एलपी ग्यास ७ बुलेट तथा डिजलका नौ र पेट्रोलका १० गाडीको भन्सार पास भएको हो । यसैगरि फलफूल, तरकारी र आलुप्याजको गरी ५४ गाडीको पनि भन्सार पास भएको छ । सूचना अधिकारी लम्सालले भने, ‘एजेन्टले फर्म भरेर पठाएको कुनै पनि मालवाहक गाडी रोकिँदैन । सबै भन्सार हुन्छ ।’ कोरोना भाइरसको सङ्क्रमणका कारण मान्छेहरुको आवतजावतमा रोक लगाइएको भए तापनि अत्यावश्यक वस्तु र सामानको आयातमा भने कुनै रोक नलगाइकाले मालवाहक सवारी साधन आएको सशस्त्र प्रहरी बल भन्सार एवं राजस्व गस्ती डन्डाका प्रमुख मानबहादुर शाहीले बताए । अन्तरदेशीय पारवाहनमा कुनै समस्या नभए तापनि शनिबार सांँझसम्म करीब तीन सय गाडी भारतमै रोकिएका छन् । ट्रान्स नेपाल भैरहवाका प्रमुख रवि पारिखका अनुसार सवारी चालक कोरोनाको डरको कारण नेपालतर्फ आउन नखोज्दा गाडी रोकिएको हो । उनले भने, ‘आएका मालवाहक गाडीमा एक जना चालक र सहचालक मात्रै आएका छन् । केही चालकहरु नेपाल गएपछि उतै फसिन्छ, खान बस्न समस्या हुन्छ भन्दै आएका छैनन् ।’ कोभिड-१९ को सङ्क्रमण बढेपछि सरकारले अन्तरदेशीय पारवहनमा समेत कडाइ गरेको छ । सामान्य अवस्थामा बेलहिया नाकाबाट दैनिक २० हजारभन्दा बढी भारतीय र नेपाली सीमा वारपार गर्छन् । आज भने स्थलमार्ग हुँदै एक जनाले पनि वारपार गरेका छैनन् । रासस
टेलिकमले थप्यो महसुल तिर्ने समय, जरिवाना पनि नलाग्ने
काठमाडौं । नेपाल टेलिकमले आफ्ना विभिन्न सेवाहरुको महसुल तिर्ने समय थपेको छ । सरकारले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्ण रुपमा लकडाउन घोषणा गरेको सन्दर्भमा टेलिकमले उक्त समयावधी थपेको हो । साथै, कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने टेलिकमका प्रवक्ता राजेश जाेशीले बताएका छन् । पूर्ण लकडाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकलाई निरन्तर उपलब्ध गराउने भएको छ । यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्ने कम्पनीले जनाएको छ । कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले चैत ११ देखि १८ गतेसम्म मुलुकलाई पूर्ण लकडाउन घोषणा गरेको छ । यस सन्दर्भमा अत्यावश्यक सेवाको रूपमा रहेको दूरसञ्चार सेवा प्रवाह गर्ने राष्ट्रको जिम्मेवार र अग्रणी सेवाप्रदायकको रूपमा टेलिकमले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
कोरोनाको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु
न्यूयोर्क । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । उपचारको क्रममा न्यूयोर्क अस्पतालमा ५० वर्षिय अनिल सुब्बाको मृत्यु भएको हो । पाँचथर घर भएका सुब्बा आफ्नो छोरा, छोरी तथा श्रीमतीको साथमा अमेरिका बस्दै आएका थिए । अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुने सुब्बा पहिलो नेपाली मुलुकका नागरिक हुन् । उनी मधुमेह र उच्च रक्तचापको रोगी थिए । यस अगाडी बेलायतमा एक नेपालीकाे मृत्यु भएकाे थियाे । सम्बन्धित समाचार : अमेरिकामा दुई जना नेपालीमा देखियो कोरोना पाेजेटिभ
पूर्व गभर्नरलाई राष्ट्र बैंकले गाडीसँगै बाचुन्जेल ड्राइभर पनि दिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरलाई दिने सुविधा थप गरेको छ । यसअघि गभर्नरले पदमा बहाल रहदा चढेको गाडी अवकासपछि घर लैजान पाउने व्यवस्था थियो । अव भने राष्ट्र बैंकले तलब दिएर एक जना ड्राइभर पनि दिने भएको छ । केही साता अघि बसेको राष्ट्र बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । पूर्व गभर्नरलाई राज्यको तर्फबाट सम्मान दिनुपर्ने भन्दै गभर्नर डा. चिरन्जीवी नेपालले गरेको प्रस्ताव संचालक समितिले पारित गरेको हो । डा. नेपालको कार्यकाल ५ चैतदेखि सकिएको छ । ‘पूर्व गभर्नरलाई गाडी दिने चलन थियो, अब ड्राइभर पनि दिने निर्णय गरिएको हो, पूर्व गभर्नरलाई दिइएको ड्राइभरलाई राष्ट्र बैंकबाट तलब भत्ता लगायतका सुविधा प्रदान गरिन्छ,’ राष्ट्र बैंक संचालक समितिका एक सदस्यले विकासन्युजसँग भने । राष्ट्र बैंक संचालक समितिको यो निर्णयपछि संस्थापक गभर्नर हिमालय शमशेर जवरादेखि भेषबहादुर थापा, गणेशबहादुर थापा, डा. तिलक रावल, दीपेन्द्रपुरुष ढकाल, सत्येन्द्रप्यारा श्रेष्ठ, विजयनाथ भट्टराई, दीपेन्द्रबहादुर क्षेत्री, डा. युवराज खतिवडा, डा. चिरिन्जीवी नेपालसम्मले ड्राइभर सुविधा पाउने छन् । यसमध्ये दीपेन्द्रबहादुर क्षेत्रीले पूर्व गभर्नरको हैसियतमा राष्ट्र बैंकबाट गाडी सुविधा पनि लिएका छैनन् भने डा. युवराज खतिवडा अर्थमन्त्रीको जिम्मेवारीमा छन् । डा. खतिवडाले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाउँदा पनि गाडी सुविधा लिएका थिए भने गभर्नरबाट अवकाश पाउँदा पनि गाडी सुविधा लिएका थिए । यसअघि नै ७० वर्ष उमेर कटेका पूर्व गभर्नरहरुलाई गाडीसहित ड्राइभर सुविधा दिने व्यवस्था थियो । अबदेखि भने गभर्नरबाट अवकाश पाउने वित्तिकै ड्राइभर सहितको गाडी सुविधा पाइने भएको छ ।
झापाका सबै पत्रपत्रिका आजदेखि बन्द
काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणका कारण झापाबाट प्रकाशित पत्रपत्रिका चैत ११ गते(आज)बाट बन्द भएका छन् । पत्रिका प्रकाशन तथा वितरणमा समस्या भएको भन्दै झापाका दैनिक तथा साप्ताहिक पत्रिका आजबाट बन्द भएको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले जानकारी दिए । झापाका सम्पादक/प्रकाशकले असहज परिस्थितिमा पत्रिका प्रकाशन गर्न कठिनाइ भएकाले बन्द गर्नुपरेको भन्दै विज्ञप्तिसमेत निकालेका छन् । विज्ञप्तिमा बन्द भएका पत्रिकाको सूचना विभाग र प्रेस काउन्सिलको वर्गीकरण मूल्याङ्कनमा सहजीकरण गर्न नेपाल पत्रकार महासङ्घलाई आग्रह गरिएको छ । झापाका दैनिक तथा साप्ताहिक पत्रिकाले नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई अलग अलग ध्यानाकर्षण पत्र दिएका छन् । झापामा नौ वटा दैनिक पत्रिका छन् भने १८ भन्दा बढी साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएको नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिए । रासस