सांग्रिला डेभलपमेन्ट बैंकको बैंकिङ् सेवामा समस्या भयो ? अब यो नम्बरमा कल गर्नुस् ?
काठमाडौं । देशभर लक डाउन भएकाे अवस्थामा सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकहरुलाई विद्युतीय बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यससँगै ग्राहकले अनलाइन सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी संस्थाको बैंकिङ्ग सेवाहहरु लिन सक्नेछन् । संस्थाले प्रदान गरेको उक्त सेवाको बारेमा जानकारी लिन ग्राहकले बैंकको विभिन्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् । साथै, उक्त सेवामा केही अप्ठ्यारो परेमा विभिन्न क्षेत्रका ग्राहकले संस्थाले उपलब्ध गराएको निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।
प्राइम लाईफले समग्र बीमा उद्योगको हितहुने काम गरिरहेको छ-मनोज कुमार भट्टराई
मनोज कुमार भट्टराई – प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मनोज कुमार भट्टराई बैकिङ र बीमा बजारमा स्थापित नाम हो । प्रभावकारी व्यवस्थापक र प्रष्ट बक्ता उनको पहिचाहन हो । ‘सबै मानिसमा एकै प्रकारको हार्डवेर हुन्छ तर उसले आफूलाई कहाँ राख्ने भन्ने कुरा सफ्टवेरले निर्धारण गर्छ । यसको अर्थ मानिस शारीरिकभन्दा पनि मानसिक रुपमा बलियो हुनुपर्छ भन्ने हो । ठिक त्यस्तै, जीवन बीमा कम्पनीहरु हेर्दा व्यवसायको प्रकृतिको आधारमा उस्तै देखिन सक्छन् । तर, कम्पनीको गुणस्तरको आधारमा भने कुन कम्पनी कस्तो हो बुझ्न जरुरी हुन्छ’ प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भट्टराई भन्छन्–‘बीमा बजारमा प्राईम लाईफ इन्स्योरेन्स कम्पनी हाल संचालनमा रहेका अन्य कम्पनीको सूचांकसँग कहिकतै अघिपछि होला तर सफ्टवेरमा यो आफैमा बलियो कम्पनी हो ।’ यसरी प्राईम लाईफलाई बीमा क्षेत्रले सम्झिने मुख्य आधार भनेको यहाँ भित्र रहेको सुशासनले गर्दा हो । बीमितलाई सन्तुष्टि प्रदान गर्ने सन्दर्भमा प्राईम लाईफको प्राथमिकता रहदै आएको उनको दाबी छ । प्रस्तुत छ बीमा बजारको वर्तमान अवस्था र प्राईम लाईफ इन्स्योरेन्सको अवस्थाबारे कम्पनीका प्रमुख कार्यकारी अधिकृत भट्टराईसँग नबिन पोखरेलले गरेको विकास वहस । कोरोना भाइरसको उपचार र मृत्यूमा बीमितले भुक्तानी पाउँछन् कि पाउँदैनन् ? जीवन बीमाको निहित सिद्धान्तमा जोखिमांकन (अन्डरराईटीङ्ग) गर्ने प्रक्रिया हुन्छ । उक्त प्रकृया अनुसार बीमा गर्ने बेलामा बीमित स्वस्थ हुनुपर्छ । बीमितले बीमा शुल्क तिर्न सक्षम हुुनुपर्छ । त्यसपश्चात बीमा कम्पनीले बीमा गरिसकेपछि आउँने घटनाको दाबी भुक्तानी तिर्न तयार हुनुपर्छ । भविष्य अनिश्चित छ, सोही कारण बीमा गर्नुपर्छ । बीमा कम्पनीहरुले दुर्घटनामा परेकाको रक्षावरण गर्दिन भन्न पाउँदैन । यस्तै, रोग लाग्नु अगाडी बीमा गराएपछि बीमा कम्पनीहरुले अनिवार्य रुपमा दाबी भुक्तानी दिनु पर्ने हुन्छ । हाम्रो सन्र्दभमा कुरा गर्दा हामीले दिइरहेका छौं । महामारीलाई लक्षित गरेर बीमितलाई बीमा कम्पनीहरुले सुरक्षण दिन सक्छन् कि सक्दैनन् ? महामारीलाई लक्षित गर्ने किसिमका बीमा पोलिसी कहीँ पनि छैन । महामारी भनेको नयाँ विषय हो, यसमा नयाँ किसिमका रोग लाग्ने भएकाले बीमाले समेट्दैन । बीमालेखमा उल्लेख भएको आधारमा बीमाको दाबी भुक्तानी हुने गर्छ । भविष्यमा भैपरि आउने जोखिमको बारेमा बीमा लेखमा जे उल्लेख गरिएको छ त्यो पाउँने बीमितको अधिकार पनि हो । घोषित, अघोषित युद्ध अथवा आतंकलाई बीमाले समेट्दैन । अनिश्चित रहेको हरेक दुर्घटनाका कुरामा बीमाले साथ दिन्छ । बीमाले वैज्ञानिक आधारमा काम गर्ने भएकाले यसमा केही निश्चित मापदण्डहरु तोकिएका छन् । प्राईम लाईफले सेयर लगानीकर्ताको पक्षमा के गरिरहेको छ ? प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले बीमितको सन्तुष्टिमा काम गर्छ । व्यवसायमा केन्द्रीत रहनेको हित, लगानीको प्रतिफत तथा कम्पनीमा आवद्ध हुने सबैका लागि हामीले काम गर्ने हो । हाम्रो व्यवसायको केन्द्रबिन्दु भनेको बीमित नै हुन् । बीमितले पाउँने सुरक्षा, सेवा राम्रो बनाउँनु पर्छ । साथै, लगानीकर्ताको लागि उचित प्रतिफल दिनुपर्छ । लिनेलाई जति लिएपनि कम जस्तो लाग्न सक्छ । दिनेले समय सापेक्ष दिन सक्नुपर्छ । हामीले त्यस्ता कुरालाई समायोजन गरेर लगानीकर्ताको हितमा काम गर्दै आएका छौं । दोस्रो बजारमा विगतलाई हेरेर तथा कम्पनीको व्यवस्थापनको अवस्था हेरेर मुल्यांकन गर्ने गरिन्छ । किन्नेले कुन कम्पनीभन्दा कुन कम्पनी राम्रो भनेर पनि हेर्ने गर्छन् । कम्पनीले दिने ठाउँ आफ्नो छ, तर लिनेहरुले विगतको भन्दा राम्रो हुन्छ भन्ने अनुमानमा आउँने गर्छन् । यस सालपनि विगतमा जस्तै साढे १२ प्रतिशतको प्रतिफल दिँदैछौं । यो प्रतिफल वितरणको स्वीकृतिको लागि बीमा समितिमा पठाएका छौं । आगामी दिनमा पनि लगानीकर्ताहरुलाई आफ्नो प्रतिफल नघट्ने गरी हामीले काम गरिरहेका छौं । त्यसमा आश्वस्त हुन म सबैलाई अनुरोध पनि गर्दछु । कहीकतै सेयर बजार बुलिस ट्रेण्डमा गयो भनेर किन्ने चलन पनि छ । अहिले सेयर किन्दा क्यापिटल गेन तथा प्रतिफल हेर्न लगानीकर्ताले छुटाउनु हुँदैन । कम्पनीले राम्रो किसिमको व्यवस्थापनबाट सु–शासनमा काम गर्दा सबैले लाभान्वित हुने मौका पाउँछन् । तपाईहरुको व्यवसाय वृद्धिको अवस्था कस्तो छ ? जीवन बीमामा न्यूनतम ५ वर्ष उमेरदेखि बीमा गर्न मिल्छ । हामीले नयाँ व्यवसायको हिसाबमा कुरा गर्दा राम्रो छ । वार्षिक १६÷१७ प्रतिशतका दरले व्यवसाय वृद्धि गरेका छौँ । कम्पनीका आगामी योजनाहरु के–कस्ता छन् ? गत वर्ष प्राईम जीवन उपहार योजना ल्याएका थियौँ । त्यसमा आज बीमा गराएका बीमितले एक वर्षपछि अर्को बीमालेख उपहार पाउने सुविधा छ । यस्तै, घातक रोगका लागि हामीले बीमा योजना संचालन गरिरहेका छाँै । विगत ६ महिनादेखि राइडरको रुपमा दुर्घटना बीमा पोलिसी पनि संचालन गर्दै आएका छौँै । पहिले बीमितको मृत्युमा मात्र बीमालेखले समेट्ने अवस्था थियो भने हाल व्यक्तिगत दुर्घटना लाभको समेत व्यवस्था गरेका छौँ । यस्तै, आंशिक नोक्सानी तथा औषधि उपचार मार्फत रक्षावण गर्दै आएका छौं । आगामी वर्ष नयाँ किसिमका बीमा योजना ल्याउँने पक्षमा हामीले निरन्तर काम गरिरहेका छौँ । जीवन बीमा गर्नको लागि प्राइम लाईफलाई नै किन छनोट गर्ने ? पहिलो कारण भनेको स्थापना कालदेखि हालसम्म आकारले भन्दा कामको गुणस्तरमा प्राईम लाइफ अगाडी छ । यस्तै, दोस्रो कारण भनेको बीमाको प्रचार–प्रसारदेखि नेपालको जीवन बीमा उद्योगमा पेन्सन प्लान जस्ता योजना संचालनमा हामी निकै अगाडी छौँ । गत १० वर्ष अगाडी हामीले उक्त पेन्सन प्यान ल्याएका थियौं । यसरी नै शुन्य वा ३ भन्ने प्राईम लाईफको स्लोगन आफ्नो लागि मात्र नभई समग्र बीमा उद्योगको हितको लागि हो । बीमा उपहार जस्ता बीमा योजना हामी कहाँ छन्, जहाँ एउटा बीमा किन्दा अर्को बीमा उपहार स्वरुप पाउँन सकिन्छ । बीमितलाई केन्द्रबिन्दुमा राखेर गर्नुपर्ने काममा प्राईम लाईफ अगाडी छ । सु–शासासनमा हामीले काम गर्दै आएका छौं । सकेसम्म नियामकले निर्देशन दिएर भन्दा आफैले बुझेर काम गर्ने वातावरणकोे सिर्जना गर्न सक्दा हुन्छ । तपईहरुकोमा कर्मचारीको टर्न ओभरको अवस्था कस्तो छ ? समग्र उद्योगमा चलेको हावा भएकाले यसबाट हामी पनि अछुतौ छैनौं । प्राईम लाईफका १ सयभन्दा धेरै कर्मचारी नयाँ बीमा कम्पनीमा कार्यरत छन् । करिब ३ सय ५० जना भएको कम्पनीमा त्यति कर्मचारी जानु भनेको ३५ प्रतिशत प्राईमका कर्मचारी बाहिरीनु बराबर होे । यो गत २ वर्षको अवधिमा आएको परिवर्तन हो । हामीलाई संख्यात्मक रुपमा मात्रै कर्मचारी बाहिरिएको जस्तो अनुभव भयो तर व्यवसायमा खासै त्यस्तो केही असर परेन । हाम्रो कम्पनीका कर्मचारी साथीहरुले अन्यत्र गएर पनि राम्रो गरिरहनु भएको छ । यहाँ रहनु भएका कर्मचारीहरुले पनि राम्रो साथ दिइरहनु भएको छ । यसलाई प्राईम लाईफले आफ्नो कर्मचारीको गुणस्तर विकासमा सघाउँदै आएको छ भन्ने बुझ्न सकिन्छ । कर्मचारीहरुलाई आन्तिरक तथा बाह्य तालिमको व्यवस्था के कस्तो छ ? मानव संसाधान भनेको हार्डवेर र सफ्टवेर दुवै हो । सोही कारण हामीले कर्मचारीको तालिमका विषयमा काम गर्नु आवश्यक ठान्छौं । अन्य कम्पनीहरुको तुलनामा पनि कर्मचारीलाई दिने तालिमको कुरामा प्राईम लाईफ अगाडी नै रहेको छ । हामीले भारतमा हुने तालिमदेखि नेपालमै हुने तालिममा आफ्ना कर्मचारीहरुलाई सहभागी गराउँदै आएका छांै । पछिल्लो समय बीमा समितिले दिने गरेको तालिममा हाम्रो कम्पनीको तर्फबाट सहभागिता भइरहेको छ । साथै, आवश्यक परेको बेलाम म आफैले तथा यहाँ अन्य कर्मचारी साथीहरुबाट तालिम कार्यक्रम ंसंचालन गर्दै आएका छौं । बीमा समितिको नियमनलाई कसरी हेर्दै आउँनु भएको छ ? बीमा समितिको नियमनको कुरा गर्दा बीमा ऐनको सन्दर्भ जोडिन पुग्छ । बीमा ऐन २७ साल पुरानो भएकाले अहिलेको समयसापेक्ष ऐनको तत्काल आवश्कता भएको देखिन्छ । किनभने ऐनसँग गासिएको नियमावलीले अहिलेको बजारमैत्री काम गर्न सक्दैन । मेरो मान्यतामा नियमनकारी निकायले गर्ने नियमन भन्दा बीमा कम्पनीले आफैले राम्रो काम गर्दा केही पनि बिग्रिदैन । निर्देशन पाएपछि मात्रै काम गर्नुभन्दा पनि गर्न मिल्ने, गर्न हुने तथा गर्न सकिने काममा सबै चनाखो हुनपर्छ । सबैको साझा उदेश्य भनेको बीमा क्षेत्रलाई बिस्तार गर्ने नै हो । बीमा समितिले निर्देशिका जारी गर्नुको उदेश्य पनि त्यही हो । एकजनाले नराम्रो गर्दा सबैको लागि त्यही नियम लगाउँनु पर्छ भन्ने जरुरी नहुन पनि सक्छ । बीमा समितिले पनि बीमा बजारको हितका लागि निर्देशन जारी गर्छ । कुनै बीमा कम्पनीले गल्ती गर्दा सबैले बदमाशी गरेको जसरी भन्दापनि जसले काम बिगारेको छ उसैलाई लक्षित गरेर काम गर्नु आजको आवश्यकता हो । जीवन बीमा किन गर्ने ? जीवन अमूल्य छ, यो जवनको मूल्य त तोक्न सकिदैन । तर जीवनलाई केही न केही मूल्यवान बनाउँन सक्छौं । सोही कुराको लागि जीवन बीमाको आवश्यकता छ । अब गाँस, बाँस, कपास मात्र होइन, शिक्षा स्वास्थ र बीमा पनि उत्तीकै आवश्यक भइसकेको छ । बीमाका कर्मचारीले आफ्नो कार्यकालको लागि मात्र भन्दापनि दिर्घकालिन योजना ल्याएर काम गर्नुपर्छ । अभिकर्ताले पनि बीमितलाई कुन कम्पनी छनोट गर्नु राम्रो हुन्छ सो कुरामा सही सूचना प्रदान गर्नुपर्छ । बीमा क्षेत्रमा लागेका साथीहरुले यसरी काम गर्न आवश्यक छ कि भोलि समग्र बीमा क्षेत्रले कुनै न कुनै आधारमा आफूलाई सम्झिने ठाउँ रहोस् ।
सरकारले स्थापना गरेकाे कोरोना कोषमा इसेवाको ५ लाख सहयोग
काठमाडाैं । ‘इसेवा’ले कोरोना भाइरस संक्रमण तथा रोकथाम लागि सञ्चालित कोषमा ५ लाख रुपैयाँ सहयाेग गर्ने भएकाे छ । अनलाइन भुक्तानी ‘इसेवा’ले काेराेनाकाे जाेखिम न्यूनिकरणका लागि साे रकम सहयाेग गरेकाे जनाएकाे छ । सरकारले आइतबारबाट सुरु गरेको ‘कोरोना भाइरस संक्रमण,नियन्त्रण तथा उपचार कोष’मा ५ लाख रुपैयाँ जम्मा गरिसकेको इसेवाले जनाएको छ।
कोरोना उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई बनाउने जिम्मा महाविर पुनलाई
काठमाडौं । कोरोना भाइरसको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्नुपर्ने अत्यावश्यक सामाग्री सुरक्षा उपकरण बनाउने जिम्मा राष्ट्रिय आविस्कार केन्द्रले पाएको छ । काेराेना भाइरसको जाँच र उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्नुपर्ने पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट अर्थात पीपीई बनाउने जिम्मा राष्ट्रिय आविस्कार केन्द्रले पाएको हो । टिचिङ अस्पताल र विपि कोईराला ईन्स्टिच्युट अफ हेल्थ धरानबाट राष्ट्रिय आविस्कार केन्द्रकाे उपकरण बनाउने जिम्मा पाएको महाविर पुनले फेसबुक स्टाटसमार्फत बताएका हुन् ।
कर्मचारीकाे भत्ता १०० प्रतिशत वृद्धि, काम नपाउनेहरू भाेग भाेकै
लेखक युकेका अस्पताल कोरोनाभाइरसका बिरामीले भरिएका छन् । ६६०० भन्दा बढ़ीमा सङ्क्रमण पुष्टि र ३३५ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्यकर्मी दिनरात जोखिम मोलेर खटिएका छन् । रिटायर्ड स्वास्थ्यकर्मीले उमेरगत जोखिम हुँदाहुँदै पनि स्वेच्छाले काममा फर्किन नाम लेखाएका छन् । तर तिनले प्रोत्साहन भत्ता भनेर तलब बढाउने माग राखेको सुनिन्न । अहिलेसम्म सरकारले यस्तो निर्णय गरेको पनि छैन । बरु काम बन्द भएर घरमैं बस्नुपरेका या बिमारीका कारण घरमैं बसेकाहरूको तलब बेहोर्ने निर्णय गरेको छ । बन्द भएका साना बिजनेसलाई एक वर्ष कर छुट दिनेदेखि बिनाब्याज ऋण दिनेसम्मका प्याकेज लागू भइसकेका छन् । यस्तो कठिन घड़ीमा काम नपाउने, गर्न नसक्ने या आम्दानी नहुनेको पक्षमा निर्णय भएको देखिन्छ तर स्वास्थ्यकर्मी या प्रहरीले आफ्नो कर्तव्य निभाएबापत् तलबभन्दा बढ़ी सुविधा पाउनुपर्ने माग उठ्दैन । बरु, पार्किंग शुल्कदेखि आयकर छुटका कुरा उठेका छन् । प्रधानमन्त्रीले दिनदिनै धन्यवाद दिन्छन् र मनोबल बढाउँछन् । सरकारका कारण होइन, स्वास्थ्यकर्मीका कारण हामी सुरक्षित छौं जस्तो नागरिक भाव र सम्मान बढाउँछन् । तर किन होला, नेपालमा महाभूकम्पको पीड़ा होस् या कोरोनाको सङ्कट सबैभन्दा पहिले कर्मचारीलाई ‘प्रोत्साहन भत्ता’को निर्णय भइहाल्छ । अहिलेसम्म जम्मा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ तर कर्मचारीलाई तलबको शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय भइसक्यो । दैनिक मकै पोलेर या आलुप्याज बेचेर गुजारा गर्नेहरूलाई के कति भत्ता दिने भन्नेचाहिँ छलफल हुनै बाँकी छ । रेस्टुरेन्टदेखि बसको कन्डक्टरसम्म काम गर्नेलाई यो लकडाउनमा कसरी सपोर्ट गर्ने भन्ने सोच्न बाँकी नै छ । सैलुन चलाउनेले कसरी भाड़ा तिर्ला या दैनिक गिट्टी कुट्नेले छोराछोरीलाई कसरी माड़ खुवाउला भन्ने पनि सोच्न भ्याइएको छैन । तर बैठक भत्तादेखि प्रोत्साहन भत्तासम्मको निर्णय भने सबैभन्दा पहिले भयो । लाग्छ, जति ठूलो कुरो गरे पनि हाम्रो कर्तव्यबोध पैसामा गएर टुङ्गिन्छ । महाभूकम्पका बेला हाम्रो दुःख, विनाश र मानवीय सङ्कट देखेर विदेशी दातृ निकायले झन्डै चार खर्ब रुपियाँ सहयोग गरे । जापान र बेलायतका विद्यार्थीले खाजा खर्च बचाएर पैसा पठाए । क्यानेडाकी मन्त्री निजी बिदा लिएर उद्धारमा खटिन आइन् । नेपालमा पुनर्निर्माण प्राधिकरण बन्यो । उसले पहिलो निर्णय नै आफ्नो तलब भत्ता दोब्बर बनाउने भनेर गर्यो । तलब दोब्बर नहुन्जेल त्यहाँ कोही कर्मचारी काम गर्न जान नमानेको खबर आयो । तर देशमा खुला विज्ञापन गरेको भए दुई महिना स्वयंसेवा अनि तलबी नियुक्ति भनिएको भए पनि हजारौँ युवा अगाडि आउने थिए । यो सबै कर्मचारी र राजनीतिकर्मीको कमाउने मेसो थियो । रोचक त के रह्यो भने त्यो तलब बढाउने निर्णयले छ महिनापहिले देखिकै तलब बढ़ायो । सांसदहरूलाई तलब छ, घरभाड़ा छ, तेल छ, पिएको व्यवस्था छ, अनेक थोक छ । तिनको तलब र यो सबै खर्च संसदमा उपस्थित भएर कानुन बनाउनका लागि हो । तर संसदमा उपस्थित भएको दिन तिनले छुट्टै भत्ता बुझ्छन् । धेरै जसोले त उपस्थित नभई पनि बुझ्छन् । हो, कर्मचारीको तलब पर्याप्त छैन । तर त्यो सङ्कट र कर्तव्य निभाउने बेलामात्रै पर्याप्त नहुने पक्कै होइन । कामैं नहुनेहरूको अवस्था झन जटिल होला । यो कोरोनामा खटिएका कर्मचारीको प्रोत्साहन भत्ता बैठक बस्ने र भाषण गर्नेहरूले नै बढ़ी लिने हुन् । कोरोनाको सङ्कट सकिएला । पुनर्निर्माण पनि एक दिन सम्पन्न होला । त्यसपछि यो सङ्कटसँग लड्नेहरूलाई सम्मान, धन्यवाद र प्रोत्साहन दिनु अलग होला । विश्वभर धेरै देशले देलान् पनि । तर अहिले देशलाई टेस्ट गर्ने किट्स चाहिएको छ, अत्यावश्यक औषधि र सुरक्षा उपकरण चाहिएको छ । मास्क, भाइजर, हेडकभर, गाउन र सेनिटाइजर चाहिएको छ । तर हाम्रो पहिलो चिन्ता तलबभत्ताकै भएजस्तो देखिन्छ । यो मेरो देखाइ त्रुटिपूर्ण र आंशिक हुन पनि सक्छ । तपाईंलाई के लाग्छ ? (फेसबुकबाट)
कोरोना रोकथाम गर्न सुदूरपश्चिम प्रदेश सरकारले छुट्यायो साढे ११ करोड
काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ११ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक बैठकले कोरोना रोगको रोकथामका लागि बजेट बिनियोजन गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले ८८ वटा स्थानीय तहलाई कोरोना भाइरसको रोकथामका लागि सशर्त अनुदान दिने निर्णय अनुसार, उपमहानगरपालिकालाई ५ लाख नगरपालिकालाई ४ लाख र गाउँपालिकालाई ३ लाख रुपैयाँ दिइनेछ । यस्तै, बैठकले मन्त्रिपरिषदका सदस्यहरूको एक महिनाको पारिश्रमिक प्रदेश राहत कोषमा राख्ने निर्णय पनि गरेको छ ।
कोही बिरामी हुनुहुन्छ ? एक कल फोन गर्नुहोस्, उपचार गर्न घरमै आउँछन् स्वास्थ्यकर्मी
‘तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।’ विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको छ । कोरोनाको सङ्क्रमण कतै नफैलियोस र कोही पनि सङ्क्रमित नहोस् भन्नका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले स्वास्थ्यकर्मीको टोलीसहित घरमै गएर उपचार गर्ने रणनीति बनाएको हो । जिल्लाका ९० वडामध्ये ८९ वडामा सडकको सजिलै पहुँच भएकाले घरघरमै गएर उपचार गर्न सम्भव भएको जिल्ला जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले बताए । ‘कोही विरामी भए । एक कल फोन गर्नुहोस् । उपचार लागि तपाईको घरमै आउँछौंं’, उनले भने, “कोराना फैलिन नदिनका लागि विरामीको घरदैलोमा उपचार गर्न थालेका छौं ।’ कोही विरामी हुँदा घरबाट बाहिर नआउन स्वास्थ्य कार्यालयले जिल्लाबासीलाई आग्रह समेत गरेको छ । स्वास्थ्य कार्यालयले सूचनासँगै ९ स्थानीय तहका एम्बुलेन्स र त्यसको चालकको मोवाइल नम्बर सहितको सूचना जारी गरेको छ । यी नम्बरहरुमा फोन आउनासाथ तुरुन्त त्यही पुगेर विरामीलाई जिल्ला अस्पतालमा ल्याइने जनस्वास्थ्य अधिकृत रेग्मीले जानकारी दिए । ‘हामीले जिल्लाका सबै एम्बुलेन्स चालकहरुको नम्बर सामाजिक सञ्जाल, रेडियो र सम्पूर्ण स्वास्थ्य चौकीका सूचना पार्टीमा टाँसी सकेका छौं’, उनले भने । सबैले यो अनुरोधलाई आत्मसाथ गरे कोही कसैले उपचार नपाएर यो लक डाउनमा ज्यान गुमाउन नपर्ने उनको भनाइ छ । लकडाउन भएको बेला उद्दारका लागि १० एम्बुलेन्स तयारी अवस्थामा राखेको उनले बताए। कोरोना सङ्क्रमितका लागि दैलेख अस्पतालमा १५, महावुमा ५, दुल्लू नगरपालिका ५, भगवतीमाई गाउँपालिकामा ५ वटा आइसोलेशन शैय्या र नारायण क्याम्पसमा १०० शैय्याकोे क्वारेन्टाइन तयार पारिएको उनले जानकारी दिए । देशभर लकडाउनः स्वास्थ्यकर्मी जुवातासमा कोराना भाइरस (कोभिड-१९) को कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरु आवत जावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ । तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा रिझेको पाइएको छ । गाउँपालिकाको सिमाना गिताचौरमा स्थापित ‘हेल्थ डेस्क’मा खटिएका स्वास्थ्य चौकी काँसिकाँधमा कार्यरत अहेव यूवराज शाही स्थानीयवासीसँग तास रिझेको पाइएको हो । जुवातासबाट एकअर्कामा सरूवा रोगहरू सर्न सक्ने चिकित्सकहरूको भनाइ छ । गाउँपालिकाले कोभिड–१९ प्रतिकार्य योजना अन्र्तगत गाउँपालिकाका ४ वटा सिमानाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए । उनका अनुसार हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीलाई पाउने सेवा सुविधामध्ये थप आधा महिना बराबरको सेवा सुविधा उपलब्ध गराउने निर्णय भएको जनाएको छ । कोरोनाको त्रासः गाउँघर असुरिक्षत बन्दै, शहर सुरक्षित हुँदै विश्वभरि महामारीको रुप लिएको ‘कोभिड -१९’ ले दैलेख जिल्ला सरमुकामलगायत अन्य बजार सुनसान छन् भने गाउँघरमा चहलपहल बढ्दै गएको छ । शहरदेखि भारत वा तेस्रा मुलुकबाट गाउँमा मानिस फर्किएपछि शहर सुनसान र गाउँतिर चहलपहल बढेको हो । विदेशबाट फर्किएकालाई स्वास्थ्य चेकजाँच गरि १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्थाले शहर सुरक्षित छ भने गाउँघरमा ‘हेल्थ डेस्क’ वा क्वारेन्टाइन नहुँदा जोखिम बढदै गएको स्थानीयवासीको भनाइ छ । जिल्लाका ११ स्थानीयतहमध्ये आठविस नगरपालिका, नौमुले गाउँपालिका र गुराँस गाउँपालिका, भवतीमाई गाउँपालिका र दुल्लू नगरपालिकामा आइसोलेशन शैय्या तयार पारिएको छ भने अन्य गाउँपालिकामा न त क्वारेन्टाइन शैय्या तयार पारिएको छ, न त आइसोलेशन शैय्या नै । ती गाउँपालिका र नगरपालिकामा आइसोलेशन शैय्या र क्वारेन्टाइन नहुँदा विदेशबाट फर्किएका मानिस निर्धक्कसाथ गाउँघरमा जाने गरेका छन् । स्वास्थ्य जाँच नै नगरी गाउँघरमा जानाले कोरोना भाइरसको सङ्क्रमण फैलिने त्रास बढेको ठाटीकाँध-१ का नामबहादुर शाहीले बताए । ‘गाउँपालिकाले ‘हेल्थ डेस्क’ आइसोलेशन शैय्या र क्वारेन्टाइन नबनाउँदा भारत वा तेस्रो मुलुकबाट गाउँ फर्किएका मानिस निर्धक्क घर आएका छन, यसले जनतामा त्रास फैलाएको छ । क्वारेन्टाइन बनाउन गाउँपालिका उदासिन बनेको छ’, उनले आरोप लगाए । ‘हेल्थ डेस्क राकममा छ । त्यहाँभन्दा सात्तला, टुनीवगर, सिगौडी घर भएका मानिस स्वास्थ्य चेक जाँच नगरेर घर लाग्छन । गाउँमा आएकालाई क्वारेन्टाइन छैन् । क्वारेन्टाइन नहुँदा घरमै बस्नुपर्ने बाध्यता छ । त्यसैले शहर भन्दा गाउँघर असुरक्षित बन्दै गएका हुन्’, आठविस नगरपालिकाका चन्द्रबहादुर शाहीले बताए । उनले भने, ‘गाउँमा भारतबाट फर्किनेको लर्को लागेर आएका छन् । स्वास्थ्य केन्द्रमा डाक्टर छैनन् । गाउँपालिकाले कोरोना बारे जनचेतना जगाउने काम गरेको छैन । सूचना जारी मात्र गरेको छ । यसले जोखिम बढाएको छ ।’ त्यसैगरि कोभिड-१९ सङ्क्रमणबाट बच्नका लागि चामुण्डा विन्द्रासैनी नगरपालिकाले घरदैलो अभियान गरि स्थानीयवासीमा जनचेतना फैलाउने काम गरेको छ भने भने कर्णाली राजमार्गस्थित साँगेतडा बजार र मध्यपहाडी राजमार्गको पादुकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने नगरप्रमुख सूर्यबहादुर शाहीले जानकारी दिए । सङ्क्रमणलाई फैलिन नदिनका लागि तेस्रो मुलुक वा भारतबाट घर फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाइन राख्ने निर्णय गरेको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताउनुभयो । सोमबार बसेको विपद् व्यवस्थापन समितिको वैठककले सो निर्णय गरेको हो । उनले भने, ‘भारतबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र स्वास्थ्य जाँचपछि मात्रै घर जान दिने निर्णय भएको छ ।’ भारत तथा तेस्रो मुलुकबाट गाउँपालिकामा आउने स्थानीयवासी तथा विदेशी नागरिकलाई स्वास्थ्य चेकजाँचका लागि पञ्चदेवल मावि रावतकोट र गौरी मावि बाँलेकाँडामा क्वारेन्टाइन निर्माण गर्ने तयारी गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट गाउँपालिकामा आउनेहरुको नाम, ठेगाना, आएको स्थान लगायतको विवरण वडासचिव मार्फत सङ्कलन गर्ने गाउँपालिकाले जनाएको छ । दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले दुल्लू अस्पताल र विनायकमा क्वारेन्टाइन बनाउने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘हामीले सबै वडाअध्यक्षलाई भारत वा विदेशबाट फर्किएकाको लगत सङ्कलन गर्ने काम गरेका छौं । ती सबैलाई स्वास्थ्य चेक जाँच गर्नका लागि स्वास्थ्यकर्मीलाई घरदैलो अभियानामा खटाउने छौं ।’ जिल्ला विपद् व्यवस्थापन समितिले भारत वा तेस्रो मुलुकबाट घर फर्केका लागि नारायण क्याम्पसमा १०० शैय्याको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । विदेशबाट वा तेस्रो मुलुकबाट फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य चेक जाँच राम्रो देखिए मात्र घर पठाउने नगरप्रमुख घनश्याम भण्डारीले बताए । रासस
मङ्गलबार मृत्यु भएका यादवलाई काेराेना नभएकाे पुष्टि
काठमाडौं । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मङ्गलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको सङ्क्रमण नभएको पाइएको छ । उनको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनीसंगै अन्य शङ्कास्पद विरामीहरुको पनि नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ । सोही अस्पतालमा उपचाररत अर्का एक र भरतपुर अस्पतालमा उपचाररत ८ जनाको पनि नतिजा नेगेटिभ आएको हो । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। श्रीराम तिवारीका अनुसार कोरोना अस्पतालका अन्य चार जनाको नमूना परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंमा पठाइएको छ । वीरगञ्ज-२२ जगन्नथापुरका ३० वर्षीय यादवको कोरोना अस्पतालमा उपचारका क्रममा मङ्गलबार विहान ९ः३० बजे मृत्यु भएको थियो । अस्पतालले यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मृगौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्ष्ण भइ कोरोना अस्पतालमा उपचारका लागि आएका थिए । चितवन मेडिकल कलेजबाट कोभिड-१९ को आशङ्कामा उनलाई रिफर गरिएको थियो । उनको मृत्युसँगै कोरोना हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको थियो । रासस