विकासन्युज

दैनिक ज्यालादारी गरेर दिन गुजार्नेका लागि राहत प्याकेज ल्याइँदै

काठमाडौं । सरकारले आज (आइतबार) राहत प्याकेज ल्याउने तयारी गरिरहेको छ । आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले राहत प्याकेज ल्याउने तयारी गरिरहेकाे हाे । सरकारले लक डाउनको घोषणा गरिरहेको बेला सरकरले सर्वसाधारण नागरिकको लागि प्याकेज ल्याउने तयारी गरिरहेको बुझिएको छ । स्रोतका अनुसार  दैनिक ज्यालादारी गरेर गुजारा गर्ने वर्गका लागि सरकारले प्याकेज घोषणा गर्नेछ । ‘देशैभर लक डाउन गरेपछि दैनिक ज्यालादारी गर्ने वर्ग निकै प्रभावित बनेका छन्, उनीहरूकाे राहत स्वरूप प्याकेज ल्याउने तयारी भइरहेकाे छ,’ स्राेतले भन्याे । लकडाउनका कारण सर्वसाधारण प्रभावित भइरहेको अवस्थामा मन्त्रिपरिषद्ले केही न केही प्याकेज ल्याउने अपेक्षा भने गरिएको छ । हिजो मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने श्रमिकहरुका लागि सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्ने बताएका थिए । लकडाउनका बेला न्यून आय भएकाहरू भोकभोकै बस्नुपर्ने अवस्थाप्रति ध्यान दिँदै प्रचण्डले न्यून वर्गीय श्रमिक जनताका लागि खाद्यान्नलगायत राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए । उनले शनिबार भिडिओ सन्देश जारी गर्दै ‘दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नुपर्ने न्यून वर्गीय जनताको खाद्यान्नलगायत व्यवस्थापनमा सरकारले विशेष सहयोग प्याकेज घोषणामा ध्यान जाने नै छ’ भन्ने सुझाव दिएका हुन् । यसले पनि आज मन्त्रिपरिषद्ले राहत प्याकेज ल्याउने निश्चित छ । धेरै देशहरुले आफ्ना नागरिकका लागि राहत प्याकेज ल्याइसकेका छन् । विभिन्न देशले गरिब तथा ज्यालादारी गरेर दैनिकी चलाउनेहरुका लागि प्याकेज घाेषणा गरिसकेका छन् । छिमेकी देश भारतले पनि जनताका लागि विभिन्न प्याकेजहरू ल्याइसकेकाे छ ।

आइतबार मेगा बैंकको ३० वटा शाखा खुल्ने, कुन कुन ?(सूचीसहित)

काठमाडौं । आइतबार(आज) मेगा बैंकको ३० वटा शाखा खुल्ने भएको छ । बैंकको आज ७ वटै प्रदेशको गरी कूल ३० वटा शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ने भएका हुन् । जसमध्ये प्रदेश १ को ४ वटा, प्रदेश २ को ५ वटा, प्रदेश ३ को १० वटा, प्रदेश ४ को २ वटा, प्रदेश ५ को ५ वटा, प्रदेश ६ को २ र प्रदेश ७ को २ वटा गरी देशभरका ३० वटा शाखा खुल्ने बैंकले जनाएको छ । यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट सो अवधिमा बैंकिङ सेवा लिन सक्नेछन् ।

मोहन ओझाले भनेः सात दिनभित्र कोरोना उन्मुलन गरिदिन्छु

काठमाडौँ । नेपाल व्यवस्थापन संघका सदस्य मोहन ओझाले सात दिन भित्र कोराना उन्मुलन गर्ने दाबी गरेका छन् । नेपालमा कोरोना भाइरसले सताईरहेको बेला ओझाले सामाजिक सञ्जाल मार्फत यस्तो दाबी गरेका हुन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ‘हेलो सरकार, अनिल कपुरको फिल्म नायकमा जस्तै चौबीस घण्टाको मुख्यमन्त्री जस्तै गरेर होइन जम्मा सात दिनको प्रधानमन्त्री देऊ । यो देशमा रहेका सबै प्रकारका भाइरसको उन्मुलन गरिदिन्छु भनेर ओझाले लेखेका छन् ।

अष्ट्रेलियाबाट नेपाली विद्यार्थी फिर्ता हुन चाहे शुल्क फिर्ताको माग

काठमाडौं । शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना भाइरसको प्रभावका कारण स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न सम्बन्धित विश्वविद्यालयसँग माग गरेका छन् । शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेसहित परामर्शदायी संस्थाका सञ्जालहरु फेकन, आइरिन, नायर र एकाका प्रतिनिधिले विज्ञप्ति जारी गरी नेपालस्थित अष्ट्रेलियन राजदूत, भारतस्थित अष्ट्रेलियन हाइ कमिसन, अष्ट्रेलियन शैक्षिक प्रदायक संस्था, अष्ट्रेलियन समुदाय, अष्ट्रेलियास्थित नेपाली दूतावास तथा अन्य सरोकारवालाले नेपाली विद्यार्थीलाई सहुलियत दिन माग गरेका हुन् । ती संस्थाले सन् २०२० को फेब्रुअरी र मार्च महिनाको इन्टेक स्थगन गर्न वा एक वर्षको समय दिएर अर्को इन्टेकमा भर्ना गर्न आग्रह गर्दै यस अवधिमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान तथा ट्युसन शुल्कमा २५ प्रतिशतसम्म छुट दिन माग गरेका छन् । यसैगरी स्थगन भएको पढाइ पूर्ति गर्न अनलाइन शिक्षा दिन, विद्यार्थीको प्रवेशाज्ञा अवधि नौ महिनासम्म बढाउन, वित्तीय अनुदान प्रदान गर्न र स्वास्थ्य सुविधा दिन पनि आग्रह गरिएको छ । रासस

लकडाउन लम्ब्याउने तयारी, आज मन्त्रीपरिषद्ले निर्णय गर्ने

काठमाडौं । सरकरले मंगलबारबाट सुरु गरेको लकडाउन आज छैठो दिन हो । सरकारले विश्व माहामारी रुपमा फैलिएको कोरोना भाइरसलाई नेपालमा फैलन नदिन लकडाउन गरेको छ । अत्याश्यक बाहेकका सेवा बाहेक अन्य सेवा सेवाहरु सहित देशभर बन्द रहेका छन् । अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावत रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् । सडकमा अत्यावश्यक बाहेक अरु सवारी साधन गुडेका छैनन् । सरकारले गत मंगलबार बिहान ६ बजे सुरु गरेको लकडाउन चैत १८ गते मंगलबार सकिदै छ । तर सरकारले यस लकडाउनलाई लम्बाउने तयारी गरेको छ । सरकारले लकडउन सकिने २ दिन अघि अर्थात आइतबार साँझ यस विषयमा निर्णय गर्ने छ । गृह सचिब महेश्वर न्यौपानेले मन्त्रिपरिषदले लकडाउनको समय थप्ने बताए । उनले भने कति दिन थप्ने भनेर मन्त्रिपरिषदले आइतबार निर्णय गर्छ । नेपालमा कारोना संक्रमण रोक्न लकडाउन अबधि लम्बाउन आवश्यकता पनि रहेको न्यौपानेले बताए । नेपालमा लकडाउन सुरु भएको भोलि पल्टबाट छिमेकी देश भारतले पनि सुरु गरेको छ । भारतले २१ दिन लकडाउन गरेको छ । भारतमा कोरोना भाइरसबाट १९ जनाको मृत्यु भईसकेको छ भने झन्डै एक हजार जना कोरोना संक्रमित छन् । स्रोतका अनुसार सरकारले पुन एक हप्ता लकडाउन लम्बाउने तयारी गरेको छ ।  गएको सोमबार काठमाण्डौमा कोरोना भाइरस संक्रमणको बिरामी भेटिएपछि सरकारले लकडाउन गर्ने निर्णय गरेको थियो । अहिलेसम्म ५ जनामा सक्रमण देखिएकाे स्वस्थ्य मन्त्रालयले जनाएकाे छ । कोरोनाबाट संक्रमित एक जना भने निको भएर घर फर्किसकेका छन् ।

नुवाकोटमा २ सय ४४ क्वारेन्टाइन स्थापना

काठमाडौं । कोभिड–१९को संक्रमण नफैलियोस् भन्ने उद्देश्यले शंका लागेका तथा मिल्दोजुल्दो लक्षण देखिएका एवम् विदेशबाट फर्किएका व्यक्ति राख्न नुवाकोटमा २ सय ४४ शय्याको क्वारेन्टाइन (एकान्तबास) निर्माण गरिएको छ । कोरोना रोगको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिलाई सर्नबाट रोक्न शंकास्पद व्यक्तिलाई राख्नका लागि जिल्लामा रहेका बाह्रै स्थानीय तहले आवश्यकताका आधारमा एकान्तबास तयार गरेर सञ्चालनमा ल्याइएको जनाएका छन् । तत्कालका लागि स्थानीय तहले चारदेखि ७५ शय्यासम्मको एकान्तबास निर्माण गरेका छन् । स्थानीतयहले सञ्चालनमा ल्याएको एकान्तबासलाई सरकारले हालै जारी गरेको मापदण्डअनुसार व्यवस्थापन मिलाउन जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रजिअ द्रोण पोखरेलले स्थानीय तहलाई स्मरण गराइएको बताए । रासस

बजारमा फूल सिलिण्डर ग्यास भेटिए बिक्रेतामाथि कारवाही हुने

काठमाडौं । खाना पकाउने ग्यास भरिएको सिलिण्डर फेला परेको बिक्रेता कारवाहीमा पर्ने भएको छ । चैत १६ गते आइतबार १ बजेपछि यो नियम लागू हुने नेपाल आयल निगमले जनाएको छ । ‘२०७६ चैत १६ गते १ बजे पछाडि १४.२ के.जीको सिलिण्डर बिक्रेता तथा डिष्ट्रव्यूटर्स कहा मौज्दात रहेको पाइएमा निजहरुलाई प्रचलित कानून बमोजिम कारवाही हुने आयल निगमका प्रबक्ता विनित मणि उपाध्ययले जानकारी दिए । कोरोना महामारीको त्राससँगै बजारमा खाना पकाउने ग्यास अभाव भएपछि सरकारले ७.१ के.जी ग्यास मात्र भरेर बिक्री वितरण गर्ने व्यवस्था गर्न आयल निगमलाई निर्देशन दिएको थियो । निगमले सरकारको निर्देशन तत्काल लागू गर्न लागेको हो । सम्पूर्ण ग्यास बिक्रेताहरुले दैनिक सुरुवाति मौज्दात र निज कहाँ प्राप्त हुने तथा भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी राख्न पनि निगमले व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

काेराेना विरूद्धकाे लडाइमा ‘बहादुरी होइन, बुद्धि र विवेक” प्रयोग गर्न प्रधानसेनापतिकाे निर्देशन

काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड– १९ रोगको महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाइँमा सैनिक सहयोगका लागि खट्टिने सकलदर्जालाई बहादुरी होइन, बुद्धि र विवेक प्रयोग गर्न निर्देशन दिएका छन् । प्रधानसेनापति थापाले शनिवार दश बुँदे निर्देशनमा दिदै भनेका छन्- “सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चूनौती दुवै हो, नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुली सदैव सर्वाेच्च सेवाभाव देखाउनुहोस् ।”आफ्नो राष्ट्रको सेनाको उपस्थितिले मात्रै पनि कतिपय नागरिक आश्यस्त हुन्छन् भन्दै प्रधानसेनापति थापाले बिरामीले पनि निको भएको अनुभव गर्ने हुनाले नागरिकप्रति सधैँ सदाचार, भद्र व्यवहार र मानवीयता प्रदर्शन गर्न निर्देशन दिएका छन् । “आफ्नो बोली र व्यवहारले मात्रै पनि अरुको सोचमा परिवर्तन ल्याउन सकिन्छ, आ–आफ्नो दैनिकिमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्नुहोस् ”  प्रधानसेनापति थापाले भनेकाे छन् । सङ्कटको अहिलेको घडीमा संयम् र धैर्यता देखाउन निर्देशन दिँदै उनले कठिन समय केही समयको लागि मात्रै हो भन्ने सदैव ख्याल राख्न सुझाव दिएका छन् । प्रधानसेनापतिले भनेका छन्, “सबै नागरिकप्रति सदैव आदरभाव देखाउनुस्, आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर नागरिकको स्वास्थ्य उपचारमा लाग्ने स्वास्थ्यकर्मीलाई उच्च सम्मान गर्नुस् ।” सहकर्मीप्रति सदैव सहयोगी भावना राख्न, सैनिक सेवाको मर्यादा र धर्म बुझेर काम गर्न निर्देशन दिँदै उनले बिसञ्चो भएमा घर ब्यारेकमा नै बस्न, आवश्यक भए परीक्षण गराउन र शारीरिक दूरी कायम हुने गरी आफूलाई आइसोलेसनमा राख्न सल्लाह दिएका छन् । प्रधानसेनापति थापाले आफूलाई सुरक्षित राख्न व्यक्तिगत सरसफाइ उच्चस्तरमा राखी अरुसँग सदैव १.५ मिटर भन्दा बढी शारीरिक दूरी कायम गर्न सुझाव दिएका छन् ।  प्रधानसेनापतिले नेपाली सेनालाइ भनेका छन् , “सङ्कटको यो घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिला आफूलाई जोखाउनुहोस् ।”