विकासन्युज

कोरोना कोषमा नागरिक लगानी कोषले सवा करोड दिने

काठमाडौं । नागरिक लगानी कोषले सरकारद्वारा स्थापना गरेको कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । चैत १७ गते बसेको कोषको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्य उक्त कोष स्थापना गरेको छ । साथै, संचालक समितिका अध्यक्ष एबं सदस्यहरुले उक्त बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलब र कर्मचारीहरुबाट निजामति कर्मचारीहरुले योगदान गरे सरह दशौं तहसम्मका अधिकृतहरुले ७ दिन, अन्य अधिकृतहरुले ५ दिन र सहायक स्तरका कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम समेत सहयोग प्रदान गरेको कोषले जनाएको छ ।

लकडाउनमा पनि युनाईटेड इन्स्योरेन्सको बीमा पोलिसी जारी, घरबाटै गर्न सकिने

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुको सूविधालाई लकडाउनको समयमा घरबाटै बीमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ । कोरोना (कोभिड १९)ले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ माहामारीबाट सुरक्षित रहनको लागि नेपाल सरकारले लकडाउनको आदेश जारी गर्दै आम जनमानसलाई घर भित्रै रहनको लागि अनुरोध गरिरहेको सम्वेदनसिलतालाई मध्यनजर गर्दै उक्त व्यवस्था मिलाएको हो । हालको परिस्थितीमा ईमेल ईन्टरनेट अनलाईनबाट सुविधा उपभोग गर्न सकिने भएपनि ईन्टरनेटमा अत्याधिक चाप बढ्न गएको अवस्थामा समेत आफ्नो सेवालाई चुस्त बनाई राख्न बिमालेख तर्फ टोपेन्द्र कटेल मोवाईल नं. ९८५६०६०३७४ तथा बीमा दावी तर्फ रविन्द्र राज श्रेष्ठ मोवाईल नं. ९८५१२१७९४९ मा सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरुका लागि सबै शाखा कार्यालय ईन्चार्जहरु तथा केन्द्रिय कार्यालयका निम्न व्यक्तिहरुलाई सम्पर्क गरि घरबाटै कम्पनीका सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराएको छ । कम्पनीले हालको विषम परिस्थितीमा आफ्नो उत्कृष्ठ सेवा दिन तथा चुस्त दुरुस्त बनाउनको लागि आवश्यक प्रविधिको प्रयोग गर्दै अनलाईन सेवा मार्फत अझ परिस्कृत गर्दै आफ्ना बीमितहरुको काम कारवाही सरल र सहज रुपमा विना रोकटोक प्रभावकारी ढंगबाट अघि बढाउने र आगामी दिनहरुमा समय सापेक्ष सुदृढ रुपमा अघि बढाउदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेकोछ । यस समवेदनसिल परिस्थितीमा आईपरेका कठिनाईमा कम्पनी बीमितहरुको साथमा रहेको जनाउदै बीमितहरुले बीमालेख जारी गर्न तथा बीमालेख नविकरण गर्न कम्पनीको ईसेवा तथा बैंक खाता रहेको एनआईसी एसिया बैंक मार्फत अनलाईन भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । यस विषम परिस्थिीतिमा बिमित, अभिकर्ता कर्मचारीहरु लगायत सबै एकजुट भई सकेसम्म घरमै बसी कोरोना भाईरस संक्रमणबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं साथै आफु सजग बनौं तर त्रसित नबनौं भन्ने अपिल गरेको छ ।

उद्योगपतिलाई रोडपति बनिएला भन्ने चिन्ता, बन्द उद्योगले कसरी तलब खुवाउने ?

अन्जन श्रेष्ठ, उद्याेग समिति सभापति, नेपाल उद्याेग वाणिज्य महासंघ काठमाडौं । उदाउँदा उद्यमी हुन् अञ्जन श्रेष्ठ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत उद्योग समितिका सभापति तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ सरकारले लकडाउन गरेपछि विहानीको खाजा (ब्रेकफास्ट) छोडेका छन् । ‘काम केही छैन । दिनभर घरमा बस्छु । काम नभएपछि खान पनि रुचि कम हुँदो रहेछ’ उनले भने–’सामान्य अवस्थामा विहान ब्रेक फाष्ट, दिउँसो लञ्च, बेलुका डिनर खान्थे । अचेल विहानको ब्रेकफाष्ट खाइन्न । डिनर र लञ्च खायो, पुग्छ ।’ अचेल उनकाे दैनिकी फेरिएकाे छ । सामान्य बेरोजगार व्यक्तिको जस्तै छअचेल उनको दैनिकी । ‘विहान घरमै सामान्य एक्सरसाइज गर्छु । घरमै पुजा गर्छु । त्यसपछि केही बेर किताव पढ्छु’ उनले भने–‘नेपालमा के भइरहेको छ ? विश्वमा के भईरहेको छ ? नयाँ समाचारबारे जानकारी लिन कहिले टिभी हेर्छु, कहिले ल्याप टप खोलेर न्युज हेर्छु । कहिले परिवारसँग बसेर कुरा गर्यो । यसरी नै बित्छ दिन ।’ अफिसको काम ठप्प छ । लक्ष्मी ग्रुप अन्तरगत कन्फेक्स्नरी, डेरी, प्लास्टिक, स्टील उद्योगहरु छन् । अटोमोवाइल, इलेक्ट्रिक सामान लगायतको व्यापारमा पनि यो ग्रुपको उपस्थिति उल्लेखनीय छ । ‘डेरी उद्योग चलाईरहेका छौं । अरु सबै उद्योग, व्यापारमा ताला लगाएका छौं’ अञ्जनले भने–‘उत्पादन, व्यापार सबै बन्द छ । सरकार सबै कर्मचारीलाई तलब दिनुपर्छ भन्छ । हाम्रो ग्रुपमा सबैभन्दा कान्छो उद्योग सिद्धिलक्ष्मी स्टीलले मात्र कर्मचारीलाई मासिक १ करोड भन्दा बढी तलब भुक्तानी गर्नुपर्छ । चैतमा एक हप्ता भन्दा बढीको काम भएन । महिनाभरीको तलब कहाँबाट ल्याएर दिने ?’ उनले भने । लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा गत साता मात्र एक करोड रुपैयाँ सहयोग गरेको थियो । कोरोना संक्रमण रोगथाम, नियन्त्रण र उपचारमा दिलदार भई सहयोग गरेको यहि ग्रुपलाई आफ्ना कम्पनीहरु कसरी चलाउने भन्ने चिन्ता रहेछ । ‘विश्वभर कोरोना महामारीको फैलावट त्रासादीपूर्ण छ । नेपालमा लगडाउनको अवधि पनि अनिश्चत छ । चैत महिनाको तलव जसोतसो खुवाइएला’ त्यसपछिको अनिश्चिताबारे चिन्ता व्यक्त गर्दै उनले भने–बैशाखदेखि के गर्ने ? बैंकबाट ऋण लिएर तलब दिने हो भने सबै उद्योगपति केहि महिनाभित्रै रोडपति बन्छन् ।’ समास्याको समाधान कसरी गर्ने ? उनी पनि अन्यौलतामा नै छन् । महासंघको उद्योग समितिको सभापतिको हैसियतले व्यवसायीहरुसँगको छलफल र परामर्शमा सक्रिय रहेका छन् । ‘हिजो आइतबार नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत सदस्यका सभापतिहरुलाई एउटा पत्र पठाएको छु, ह्वाट्एप मार्फत’ पत्रमा लेखिएको विषय खुलाउँदै उनले भने–‘कोरोना महामारी र लकडाउनले के कस्तो समस्या परेको छ ? समस्याका समाधान कसरी गर्न सकिन्छ ? सरकारसँग कसरी मिलेर काम गर्न सकिन्छ ? साथीहरुको सुझाव आएपछि सरकारसँग छलफल गर्न सजिलो हुन्छ ।’ आइतबार अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको तर्फबाट तत्काल गर्न सक्ने विषयहरुबारे मन्त्रिपरिषदको निर्णय सुनाए । ‘सरकारी निर्णय आधारभूत रुपमा राम्रो छ । तर उद्योग क्षेत्रलाई सहयोग गर्ने कार्यक्रम आएको छैन । उद्यमीका अपेक्षा पूरा भएको छैन’ उनले भने–‘सरकारले संकटको बेलामा उद्योग प्रतिष्ठानहरुलाई अगाडि बढ्न मद्दत पुग्ने प्याकेज प्रोग्राम ल्याउनुपर्छ । कर तिर्ने समय एक महिना पछि सारेर वा ऋणको सावाँव्याज तिर्ने समय तीन महिना पछि सारेर मात्र पुग्दैन । कोरोना महामारीसँग विश्वका सरकारहरुले अर्थतन्त्र बर्बाद हुन नदिन ल्याएको प्याकेजहरु जस्तै नेपालमा पनि निजी क्षेत्रले कर्मचारी कटौति नगरोस्, सरकारी राजश्वमा कमि नहोस्, आर्थिक गतिविधि बढाउन मद्दत होस् भन्ने किसिमले सरकारले काम गर्नु पर्ने उनको विचार छ । ‘हिजोको सरकारी निर्णयले श्रमजीविलाई केही राहात मिलेको छ तर उद्योगीलाई सम्बोधन भएन’ उनले भने–‘उद्योग प्रतिष्ठानमा संकट आउँदा त्यसको साङ्लो असर धेरै तिर पर्छ ।’ सरकारी बजेटमा आन्तरिक राजश्वको हिस्सा दुई तिहाई भन्दा बढी भएकोले राजश्व वृद्धि गर्न पनि सरकारले करदातालाई सक्रिय बनाउने विधि रोज्नुपर्ने उनको भनाई छ । लकडाउन खुलेपछि बजारमा क्यास फ्लो (नगद प्रवाह)मा समस्या आउने र उद्योगहरुलाई कच्चा पदार्थ किन्न समेत पैसाको अभाव हुने उनले बताए । ‘बजारका सबै स्टेकहोल्डर संकटमा भएकोले भुक्तानी चक्र चल्दैन । यस्तो बेलामा सरकारको खर्च वृद्धि भए मात्र अर्थतन्त्र गतिशिल हुनेछ ।’ यस्तो बेलामा उद्योगीहरुलाई बैंकहरुले वर्किङ क्यापिटल बढाएर सहयोग गर्नुपर्ने बताए । विदेशका सरकारले ऋणको व्याजदर घटाएको उदाहरण दिदै आर्थिक संकटकाल लगाएर सरकारले बैंकको निक्षेप व्याजदर र कर्जाको व्याजदर दुबै घटाउनु पर्ने उनको धारणा छ । कोरोना महामारीले विश्वभर सिर्जना गरेको मेडिकल च्यालेन्ज, फाइनान्सियल च्यालेन्ज र साइकोलोजिकल इफेक्ट जस्ता समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीच साझेदारी जरुरी भएको उनले बताए ।

‘लकडाउन’ले भान्सामा सामान सकियाे ? यस्ता छन् भान्सा व्यवस्थापन गर्ने स्मार्ट उपाय

काठमाडौं । सरकारले अहिले लकडाउनको घोषणा गरेको छ । चैत २५ गतेसम्मका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै यसले हाम्रो दैनिक क्रियाकलाप र भान्सामा पनि अवश्य नै असर पार्छ । विशेष गरि दैनिक आवश्यक पर्ने सामग्री नुन, तेल, चामल, चना, बोडी, मसला र ग्यास लगायतका अन्य दैनिक उपभोग्य सामानहरु थुपार्ने सर्वसाधारण एवं विशेषगरी गृहणीको लागि भान्साका सामाग्री खरिद गर्न समस्या पक्कै छ । अहिले धेरै मानिसहरु कतै लकडाउन फेरी लम्बिने त होइन की भन्ने मनसायले भान्साको व्यवस्थापन पनि गरिरहेको छन् । यदि तपाई हामीलाई लक डाउनको समयमा भान्सामा खाना पकाउनेलगायतमा समस्या भयो भने के गर्ने त ? हामीले तपाईहरुको लागि केही टिप्स तथा उपायहरु प्रस्ुतत गरेका छौं । जसले तपाईको व्यक्तिगत र भान्सा व्यवस्थापन गर्न मद्धत पुग्नेछ । भान्सामा सामानको जोहो के र कसरी गर्ने ? चामल र पिठो प्रत्येक व्यक्ति बाँच्न को लागि चामल र पिठो आधारभूत आवश्यकता हुन् । नेपाली भान्साका लागि यी दुई धेरै महत्वपूर्ण छन् । त्यसैलेकम्तिमा दुई हप्तासम्म बाँच्नको लागि पर्याप्त चामल र पिठो भण्डारण गर्ने प्रयास गर्नुहोस् । मसूर ः विभिन्न दालहरुमध्ये मसुर महत्वपूर्ण छ । यो जति स्वास्थ्यका लाभदायक त्यो भन्दा बढी आवश्यक छ । विभिन्न दालहरु पनि भण्डारण गर्नुहोस् । नुन र चिनीः धेरै आपतकालिन अवस्थामा नुन र चिनी सबैभन्दा आवश्यक छन् । जो जुनसुकै चिज पकाउन पनि आवश्यक पर्छ । त्यसैले तिनीहरूलाई राम्रोसँग एयर कडा बक्सहरूमा भण्डार गर्नुहोस्। मसलाः हल्दी , लसुन, अदुवा, जीरा धनियाँ, खुर्सानी (सुक्खा र ताजा), गरम मसाला राखि राख्नुस् । उदाहरण को लागी, हल्दी र अदुवामा पौष्टिक तत्व हुन्छ जसले हाम्रो प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउँछ । तेलः कम्तिमा दुई प्याकेट तोरी र रायोको तेल भण्डार गर्नुहोस् । चिया र कफीः हामी सबैलाई बिहानको बूस्टरको दैनिक खुराक चाहिन्छ, त्यसकारण चिया र कफीलाई भण्डारमा राख्नु आवश्यक छ। दुध पाउडरः हामी यस्तो अवस्थामा छौं जब घरबाट बाहिर निस्कन समयको आवश्यकता पर्छ। त्यसो भए धेरै उत्पादनहरू प्रयोग गर्न सजिलो राख्नु स्मार्ट निर्णय हो, जुन लामो समयको लागि भण्डारण गर्न सकिन्छ। लामो समय सम्म दुध भण्डार गर्न सम्भव छैन, त्यसकारण एक दुध पाउडर को एक विकल्पको रूप मा कम्तिमा एक राख्नु पर्छ । तरकारीहरूः अरु केही छैन भनेपनि कम्तिमा आलु, प्याज र टमाटर भण्डार गर्ने प्रयास गर्नुहोस्, जसले तपाईंको काम भान्सामा सजिलो बनाउँदछ । भान्सा व्यवस्थापन कसरी गर्ने ? १. ग्यासको प्रयोग कम गर्नुस् । पहिलेको जस्तो ग्यास पाउन सजिलो छैन र बाहिर जान सन्ने अवस्था पनि छैन । अर्को कम ग्यास प्रयोग गर्नाले भाँडाकुँडाहरू जलाउन रोक्दछ । त्यसैले तिनीहरूलाई सफा गर्न सजिलो हुन्छ। न्यानो पानीमा भिजाउँदा सफा गर्न पनि सजिलो हुन्छ । तपाईंले थोरै भाँडा माझ्नु पर्छ । सक्याे भने ग्यासकाे सट्टामा इन्डक्स प्रयाेग गर्नुहाेस् । २. भाँडाकुँडा तथा गिलास र झ्यालहरु सफा गर्नको लागि डिसवासको प्रयोग गर्नुस् । चुलो प्रयोग गरिसकेपछि सधैं गिलो कपडाले सफा राख्नुस् । यसले ग्रिम र खानालाई सतहमा टाँस्नबाट रोक्छ । ३. तरकारीका बोक्रा निकाल्दा तल एउटा अखबार वा कुनै पेपर राख्नुस् । ४. एक पटकमा सकेसम्म धेरै खाना पकाउनुस् । जस्तै, भात, रोटी, दाल र तरकारी । नकी ग्यास पनि कम सकिन्छ र अन्य समयमा पकाउने बेला त्यसलाई राख्दा पनि फरक पर्दैन । र यसले समय पनि बचत गर्दछ । ५. धेरै भात पकाउनुस्, तरकारी थोरै तेलमा पकाउनुस् । पछि बचेको भातलाई फ्राई गरेर खान सकिन्छ । ६. गहुँको पीठो, दाल, चामल, मसला, प्याज र आलु जस्ता महत्वपूर्ण चीजहरू स्टक गर्नुहोस्। आसपासका व्यक्तिहरूसँग साझेदारी गर्न आपूर्ति सन्तुलन कायम गर्न होर्डिंगबाट बच्नुहोस्। तपाईको घरमा नियमित रूपमा खानु हुने वस्तुहरूको सूची बनाउन नबिर्सनुहोस्। ७. धेरै भाँडो प्रयोगबाट बच्नुस् रामेन नूडल्स वा मग्गी किन्नुहोस्। दिनमा तपाईलाई खाना पकाएको जस्तो लाग्दैन । तिनीहरू काममा आउन सक्छन्। ८. पास्ता उमाल्नुहोस् र यसलाई विभिन्न परिकारमार राखेर खान सकिन्छ । ९ अदुवा लसुन पेस्ट अग्रिम बनाउनुहोस् र फ्रिज बनाउनुहोस् । १०. दूध वा दूध पाउडर छैन? चियाको लागि पातलो मिल्कमेड प्रयोग गर्नुहोस् वा त्यसमा क्रीम थप्नुहोस् । ११. केवल एउटा खानाको लागि ताजा तरकारीहरू प्रयोग गर्नुहोस्। यसले तपाईंलाई अधिक बारम्बार बाहिर जानबाट रोक्छ । १२. यदि तपाईंसँग पोहा छ भने त्यसालाई सुकाउनुस्, सामान नभएको समयमा फ्राई गर्नुस् र खानुस् । १३.बिहानको समय बचत गर्नुहा्स् । बिहानको समयमा दहि, चिउरा वा सर्वत खाजाको रुपमा लिनुहोस् । किनकि यसले तपाईलाई भोक लाग्दैन । १४. यदि समस्या नै भइहाल्याे भने ११३७ मा फाेन गर्नुहाेस् । सरकार गाडि लिएर तपाईकै घरमा आएर सामान पुर्याएर जान्छ ।

गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ: प्रवक्ता डा. खतिवडा

काठमाडाैं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ । अर्थ, एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोनाका प्रभावका कारण दैनिक ज्यालादारीमा बाँच्ने तथा गरिखाने वर्गमाथि परेको प्रभाव कम गर्न आइतबारको मन्त्रिपरिषद्को बैठकले विशेष निर्णय गरेको र त्यसको व्यावहारिक कार्यान्वयन गर्न कुनै कसर बाँकी नराखिने दोहोर्याएका छन् । सरकारका प्रवक्ता डा खतिवडाले भने, ‘दैनिक ज्यालादारीमा काम गर्ने वर्ग लकडाउनपछि कठिनाइमा परेकाले उनीहरुको मर्कालाई ध्यानमा राखेर स्थानीय तहमार्फत लगत सङ्कलन गरी राहत दिने व्यवस्था गरिएको छ । यसले उक्त वर्गको हित गर्छ ।’ राहतका लागि स्थापना भएका कोषमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको हिस्सा रहने, अन्य सामाजिक सङ्घ संस्थासमेत परिचालित हुने भन्दै उनले विशेषगरी प्रदेश सरकारको समन्वयमा स्थानीय निकायले नै समस्यामा परेका नागरिकको पहिचान गर्ने स्पष्ट पारे । स्थानीय तहबाट लकडाउनको अवधिभर पुग्ने गरी राहत उपलब्ध गराइने जानकारी दिँदै उनले भने, ‘परिवार सङ्ख्याका आधारमा स्थानीय तहले राहत उपलब्ध गराउँछ र प्रदेश सरकारले समन्वय गर्छ ।’ गर्भवती, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी र टुहुरा बालबालिकाका लागि सरकारले विशेष हेरचाह गर्ने उनले स्पष्ट पारे । मन्त्री डा खतिवडाले औपचारिक क्षेत्रका मजदुरलाई रोजगारदाताले नै पारिश्रमिक उपलब्ध गराउनुपर्ने जानकारी दिए । यस्तै, पूर्णरूपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानले दैनिक र महिनावारी ज्यालादारीमा कार्यरत कर्मचारीलाई चैत महिनाको पारिश्रमिक पूर्ववत भुक्तानी दिन कुनै कन्जुस्याईं गर्न नहुने उल्लेख गरेका छन् । सामाजिक सुरक्षा कोषमा आबद्ध भएका प्रतिष्ठानमा कार्यरत श्रमिक तथा रोजगारदाताका तर्फबाट चैत महिनामा गर्नुपर्ने योगदान रकम सरकारले उक्त कोषमा जम्मा गरिदिने जानकारी दिँदै उनले अर्थतन्त्रमा देखिएको समस्या र त्यसको समाधानको उपायसमेत आइतबारको बैठकले खोज गरेको बताए । लकडाउनको समयमा खाना पकाउने एलपी ग्यासको अभाव देखिइरहेको अवस्थामा त्यसलाई परिपूर्ति गर्न विद्युतीय चुल्हो (इन्डक्सन)को प्रयोगलाई बढावा दिएको र त्यसमा भन्सार छुटसमेत दिइएको उल्लेख गर्दै उनले भने, ‘त्यसबाट आन्तरिकरूपमा उत्पादन भएको विद्युत्को खपत बढाउन मद्दत पुग्छ र विदेश जाने पैसासमेत रोकिन्छ ।’ लकडाउनका कारण उद्योग कलकारखाना समेत बन्द भएको र विद्युत्समेत खेर जाने अवस्था पैदा भएकाले पनि विद्युतीय चुल्होको प्रयोगलाई विशेष जोड दिन आम उपभोक्तालाई आग्रह गरिएको जानकारी दिँदै मन्त्री खतिवडाले भने- विषम अवस्थामा सञ्चालन हुने उद्योगलाई ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय भएको छ । चैत महिनाको विद्युत् महसुलमा समेत नेपाल विद्युत् प्राधिकरणले मासिक १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको महसुलमा २५ प्रतिशत छुट दिने गरी विशेष व्यवस्था गरिएको उनको भनाइ छ । मरिच, सुपारी, केराउ, छोकडा, मदिराजस्ता वस्तुको आयातमा अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाउने निर्णयका बारेमा थप स्पष्ट पार्दै मन्त्री डा खतिवडाले भने, ‘यी सामान आवश्यकताभन्दा बढी आयात भएको र तीन वर्षभन्दा बढीलाई पुग्ने देखिएकाले आयातमा रोक लगाइएको हो ।’ यस्तै विलाशी सवारी साधनको आयातमा विदेश जाने मोटो रकम राष्ट्रियरूपमा नै पूँजी निर्माणमा लगाउनु उत्तम हुने उनको भनाइ छ । सरकारले महँगा सवारी साधन आयातमा रोक लगाउने निर्णय आइबार नै गरेको थियो । सरकारले वित्तीय क्षेत्रमा तरलता सहज बनाउन र कर्जाको लागत घटाउन नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलगायत विद्यमान व्यवस्थामा पुनरवलोकन गरिसकेको जानकारी दिँदै अर्थमन्त्री डा खतिवडाले पुनःकर्जा कोषलाई बढाएर ६० अर्ब रूपैयाँ बनाइएको बताए । उक्त कोषको रकम कोभिड-१९ बाट बढी प्रभावित क्षेत्रमा कर्जा प्रवाह गरिनेछ । मन्त्री खतिवडाले उपचार लिन अस्पताल पुग्ने जो कोही नागरिकको उपचार गर्नुपर्ने अस्पतालको जिम्मेवारी भएको र कुनै पनि बहानामा स्वास्थ्य संस्था पन्छन नमिल्ने स्पष्ट पारेका छन् । लकडाउनको समयमा दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि सरकारले आवश्यक र उपयुक्त निर्णय गरेको जानकारी दिँदै उनले कुनै पनि गलत काम कारवाही नगर्न र अवसर यही हो भनेर फाइदा लिन नखोज्न पनि आग्रह गरेका छन् । लकडाउनका समयमा तमासा गर्ने, जानीजानी अवज्ञा गर्ने, गलत प्रचार गर्ने प्रवृत्ति निरुत्साहन गर्न सुरक्षकर्मी परिचालित रहेको जानकारी दिँदै अर्थमन्त्री डा खतिवडाले यस्तो विषम अवस्थामा सरकारको काम कारवाहीप्रति आशङ्का प्रकट नगर्न र अनुशासित भइदिन आम नागरिकसँग आग्रह गरे । उनले आँफै अनुशासित र संयमित भई घरभित्रै बसेर लकडाउनको पूर्ण परिपालना गर्नसमेत सबैसँग अपिल गरेका छन् । रासस

कोरोना शंका लागे जुन पायो त्यही अस्पताल जान मिल्दैन, यी हुन् जानुपर्ने देशभरका अस्पतालहरु

काठमाडौं । धेरै मानिस कोरोना लागेको शंका लागेमा कहाँ जाने भनेर अलमल्लमा परेका छन् । कोरोनाको यकिनन् लक्षणलाई मानिसहरु कतिपय समय छुटाउन नसक्दा सिधै मुख्य अस्पतालमा जाँदा झनै उल्टै स्वास्थ्यमा ठूलो चुनौती बन्ने सक्ने प्रबल सम्भावना छ । ज्वरो आउने, सुख्खा खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुनु काेराेनाकाे स‌म्भावित लक्षण हाे । याे माैसमी रुघाखाेकीकाे पनि लक्षण हाे त्यसैले तपाईको लक्षण कोरोनाको संभावित लक्षणसँग मिलेको छ कि छैन भनेर सरकारले फिभर क्लिनिक संचालनको लागि तोकेको नजिकैको हब अस्पतालमा जानु पर्छ । सरकारले फिभर क्लिनिक संचालनको लागि देशभर २५ हब अस्पताल तोकेको छ । कोरोना लागेको शंका लागेका व्यक्तिहरु सरकारले तोकेको यो २५ अस्पतालमा जान सक्नेछन् । ताेकिएका ती अस्पतालबाट कोरोनाको लक्षणहरु मिल्न गएपछि मात्र ल्याबमा परीक्षणको लागि लैजाने व्यवस्था मिलाइको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड १९ बारे मन्त्रालयको नियमित ब्रिफिङमा बताएका थिए । फिभर क्लिनिकले तपाईको अवस्था जाँचेपछि लक्षण मिल्न भएको अवस्थामा ल्याबमा नमुना परीक्षणको लागि पठाईनेछ । फिभर क्लिनिक संचालनको लागि तोकिएका हब अस्पताल १. जनकपुर अन्चल अस्पताल जनकपुर उपमहानगपालिका, धनुषा २. गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज नगरपालिका, सप्तरी ३. सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल अमरगढी नगरपालिका, डढेलधुरा ४. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा लेखनाथ महानगरपालिका, कास्की ५. मेची अञ्चल अस्पताल भद्रपुर नगरपालिका, झापा ६. राप्ती अञ्चल अस्पताल तुलसीपुर उपमहानगरपालिका, दाङ ७. राप्ती उपक्षेत्रीय अस्पताल घोराही उपमहानगरपालिका, दाङ ८. धौलागिरी अञ्चल अस्पताल बागलुङ नगरपालिका, बागलुङ ९. पाटन स्वास्थ्य विज्ञान एकेडेमी ललितपुर महानगरपालिका, लगनखेल १०. नारायणी उपक्षेत्रीय अस्पताल विरगंज महानगरपालिका, पर्सा ११. भेरी अञ्चल अस्पताल नेपालगंज उपमहानगरपालिका, बाँके १२. धुलिखेल अस्पताल धुलिखेल, नगरपालिका, काभ्रे १३. बी.पी. कोइराला स्वास्थ्य विज्ञान संस्थान धरान उपमहानगरपालिका, सुनसरी १४. मध्य पश्चिमी क्षेत्रीय अस्पताल विरेन्द्रनगर नगरपालिक, सुर्खेत १५. कोशी अञ्चल अस्पताल विराटनगर महानगरपालिका, मोरङ १६. भक्तपुर अस्पताल भक्तपुर नगरपालिका, भक्तपुर १७. भरतपुर अस्पताल भरतपुर महानगरपालिका, चितवन १८. बीर अस्पताल काठमाडौं महानगरपालिका १९. त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौं महानगरपालिका २०. श्री वीरेन्द्र अस्पताल काठमाडौं महानगरपालिका २१. सिभिल सेवा अस्पताल काठमाडौं महानगरपालिका २२ लुम्बिनी अञ्चल अस्पताल बुटवल उपमहानगरपालिका, रुपन्देही २३. स्वास्थ्य विज्ञान कर्णाली एकेडेमी चन्दननाथ नगरपालिका, जुम्ला २४. सेती अञ्चल अस्पताल धनगढी उपमहानगरपालिका, कैलाली २५. महाकाली अञ्चल अस्पताल भिमदत्त नगरपालिका, कन्चनपुर

कोरोना रोकथामको लागि कृषि विकास बैंकको प्रदेश कार्यालय भैरहवाले दियो ५ लाख रुपैयाँ

काठमाडौं । कृषि विकास बैंकको ५ नं. प्रदेश कार्यालय भैरहवाले कोरोना भाईरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कोषमा सो मात्राको सहयोग गरेको हो । कृषि विकास बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाले ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्य मन्त्री कार्यालयमा गई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त समयमा प्रदेश निर्देशकले कृषि बिकास बैंकले लक डाउनको अबधिमा समेत देशका विभिन्न शाखाहरुबाट बैंकका सेवाग्राहीहरुलाई सुरक्षित रुपमा सेवा प्रदान गरीरहेकोमा बैंकको ५ नं. प्रदेश कार्यालय अन्तर्गतका शाखाहरुले समेत यस समयमा स्थानीय प्रशासनसंग समन्वय गरी बैंकिङ्ग सेवाहरु प्रदान गरीरहेको जानकारी गराएका छन् । यस अघि कृषि बिकास बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाले रुपन्देही जिल्ला, भैरहवा स्थित नेपाल भारत सिमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट सुरक्षित राख्नको लागि उक्त नाकामा सावुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउनको लागि १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको थियो । साथै संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न समेत बैंकले १० बोरा चुना समेत उपलब्ध गराएको थियो । साथै बैंकले नेपालगंज स्थीत रुपडिया नाकामा समेत ट्यांकी सहित सावुन पानिले हात धुने व्यवस्था मिलाएको थियो । साथै यस अघि कृषि बिकास बैंक केन्द्रीय कार्यालयद्धारा नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि खडा गरेको केन्द्रीय कोरोना राहत कोषमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

बिरामीको सेवा गर्नुपर्दा कहिल्यै बहाना बनाइँन- फ्लोरेन्स नाइटिंगेल

काठमाडाैं । नर्सिंग व्यवस्थालाई सुधार्नकै लागि आफ्नो सारा जीवन लगाएकी हुनाले नै फ्लोरेन्स नाइटिंगेललाई आधुनिक नर्सिंग आन्दोलनको जन्मदाता मानिन्छ । उनको जन्म १२ मई १८२० मा इटली को एउटा सम्पन्न परिवारमा भएको थियो । उनको परिवारमा उनका मातापिता र एकजना बहिनी थिए । फ्लोरेन्सका मातापिताले उनलाई नर्स बनाउन चाहेका थिएनन् । तर उनी भने मानिसहरुको सेवाका लागि नर्स बन्न उचित ठान्थिन् । उनलाई ऐस आरामको जिन्दगीसँग खासै लगाव थिएन । एक पल्टको कुरा हो फ्लोरेन्सकी हजुरआमा बिरामी पर्छिन् र त्यहि बेलामा फ्लोरेन्सले हजुरआमाको रातदिन सेवा गर्ने मौका पाउँछिन् । यो घटनापछि फ्लोरेन्सलाई थप हौसला प्राप्त हुन गई परिवारको विरुद्धमै गएर भएपनि नर्सिंगको पढाई गर्छिन् । फ्लोरेन्सको सपना थियो कि उनी एउटा राम्रो नर्स बन्न सकुन् र बिरामीको सेवा गरुन् । जुन समयमा फ्लोरेन्स नर्स बनेकी थिइन् त्यती बेला अन्य नर्सहरुले बिरामीलाई ठिकसँग हेरविचार गर्दैनथे । तिनीहरु बिरामीको नजिक जान समेत डराउँथे । फ्लोरेन्सले भने निष्पक्ष भावबाट बिरामीहरुको सेवा गर्न थालिन् । उनी बिरामीको नजिक जानमा घिन मान्दैनथिन् । त्यो समयमा उनले सम्पूर्ण नर्सहरुलाई आफ्नो जिम्मेवारीबाट भाग्न दिइनन् । नर्सहरु पनि उनले बताएको बाटोमा हिँड्न थाले । यस सँगसँगै फ्लोरेन्सले हस्पिटलको व्यवस्थालाई सम्हाल्न थालिन् । विस्तारै उनले नर्सिंग आन्दोलनको शुरुआत पनि गरिन् । फ्लोरेन्सले एउटा उत्कृष्ट लेडी नर्सको साथसाथै राम्रो लेखिकाका रुपमा पनि संसारलाई आफ्नो योगदान दिएकी थिइन् । लगन र दृढ विश्वासका कारणनै उनको नर्सिंग आन्दोलन सफल हुन पुगेको थियो । फ्लोरेन्स नाइटिंगेलले आफ्नो योगदान क्रिमिया युद्धको समयमा दिएकी थिइन् । जब क्रिमिया युद्ध चलिरहेको थियो तब त्यो समय उनले घाइते सैनिकहरुको सेवाका लागि भनेर ३८ जना नर्सहरुको दलसहित तुर्कि गएकी थिइन् । जब चिकित्सकहरु जान्थे तब उनी मैनबत्ती बालेर भएपनि घाइते सैनिकहरुको सेवा गर्थिन् । ब्रिटिश सरकारको ‘लेडी विथ द कैंप’ को उपाधी बाट र त्यसैगरी ‘रोयल रेड क्रस’ बाट पनि सम्मानित भएकी फ्लोरेन्स नाइटिंगेलको निधन भने १३ अगस्त १९१० मा भएको थियो । आफ्नो जीवन बिरामीहरुको सेवामै बिताएकी फ्लोरेन्स नाइटिंगेलका केहि भनाइहरु निक्कै नै चर्चित रहेका छन् । ती भनाइहरुले बिरामीको सेवामा अहोरात्र खटिने जोकसैलाई पनि थप उर्जा दिने गरेको छ । यस्ता छन् फ्लोरेन्स नाइटिंगेलका केहि चर्चित भनाइहरुः – मेरो सफलताको सबैभन्दा ठूलो रहस्य यो हो कि मैले कहिल्यै कुनैपनि किसिमको बहानाको सहारा लिइँन । – मलाई पूरा विश्वास छ कि सवैभन्दा ठूलो नायक उही हुन्छ जो घरेलु कामको साथै आफ्नो ड्यूटी गर्ने गर्छ । – कसैलाई गोली लाग्दछ भने सर्जरीको काम भनेको उसको शरीरबाट त्यो गोली निकाल्ने मात्र हो । उसको घाउ त प्रकृतिले नै ठिक गर्दछ । – मलाई मेरो जीवन धनदौलतका साथ गुजार्नु छैन । किनकी मेरो जीवन त मानिसहरुको भलाईको लागि हो । – नर्सिंग एउटा कला हो यदि यसलाई कला बनाइन्छ भने । यसका लागि पाइन आर्टस् प्रति एकदमै उत्कृष्ट भक्तिको जरुरत हुन्छ । – यदि मैले तपाईंलाई आफ्नो जीवनको जानकारी दिन्छु भने मैले यो देखाउनु पर्छ कि एउटा साधारण क्षमता भएकी स्त्रीले अचम्मको र गाह्रो बाटोको नेतृत्व गरेकी छे ।