नेपाल एयरलाइन्सकाे विमान पहिलाे पटक अस्ट्रेलियाकाे लागि उड्दै
काठमाडाैं । नेपाल वायुसेवा निगमकै इतिहासमा पहिलोपटक राष्ट्रिय ध्वजावाहक विमान अस्ट्रेलिया उड्ने भएको छ। बुधबार निगमको वाइडबडी जहाजले नेपाल–अस्ट्रेलिया सिधा चार्टर्ड उडान गर्नलागेको बताइएकाे छ । अष्ट्रेलियाले लकडाउनका कारण नेपालमा अलपत्र परेका आफ्ना नागरिक स्वदेश लैजान नेपाल एयरलाइन्स रोजेपछि वाइडबडीले मौका पाएको हो। निर्धारित समयतालिकाअनुसार वाइडबडी बुधबार साँझ ५:३० मा त्रिभुवन विमानस्थलबाट अष्ट्रेलियाको लागि प्रस्थान गर्नेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी त्रिलाेचन पाैड्यालले उक्त उडानमा करिब ३ सय जना यात्रु अस्ट्रेलिया जाने बताए।
चीनका कोरोना विज्ञ डाक्टर भन्छन्ः उच्च रक्तचाप भएकालाई मृत्युको जोखिम बढी हुन्छ
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का विज्ञ डाक्टरहरुले उच्च रक्तचाप भएका मानिसलाई मृत्युको बढी जाखिम हुने बताएका छन् । चीनको वुहानमा कोरोनाको उपचारमा संलग्न डाक्टरहरुले कोरोना संक्रमित उच्च रक्तचाप हुने मानिसलाई मृत्युुकोजोखिम बढी हुने चीनियाँ सञ्चार माध्यमले जनाएका छन् । उनले उच्च रक्तचाप भएकाहरु बढी सोच्ने र तनाव लिने भएकोले पनि मृत्युको जोखिम बढ्ने बताएका छन् । चीनको वुहान प्रान्त स्थित युनियन मेडिकल कलेज अस्पतालका निर्देशक डु बिनले सो कूरा बताएका हुन् । उनले कोरोनाको जोखिम बढी वृद्धवृद्धा र उच्च रक्तचाप भएकाहरुलाई हुने भएकोले उनीहरुलाई बढी हेरचाह गर्ने गरेका बताएका छन् । ।
एनआईसी एशिया बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले दराज अनलाईनमा रहेको बिगमार्टबाट सामान किन्दा १० प्रतिशत छुट पाउने छन् । उनीहरुले बिगमार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउने छन् । सो सम्बन्धि बैंक र दराजबीच समझदारी भएको छ । यो योजनामा सहभागी हुन चाहने एनआईसी एशिया बैंकका ग्राहकहरूले चैत १८ गते देखि चैत २६ गतेसम्म daraz.com.np मा गई बिग मार्टका सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको हो ।
भक्तपुरमा प्रहरी हवल्दामाथि चक्कु प्रहार
काठमाडाैं । भक्तपुरको सूर्यविनायकमा कखटिएका एक प्रहरी हवल्दारमाथि मानसिक समस्या भएका व्यक्तिले चक्कु प्रहार गरेका छन् । रामेछापको दोरम्बा–५ घर भई सूर्यविनायकमा बस्दै आएका २८ वर्षीय नवीन तामाङले चक्कु प्रहार गरेका हुन् । महानगरीय प्रहरी वृत्त, जगातीका प्रमुख डीएसपी चक्रराज जोशीका अनुसार मंगलबार बिहान साढे ६ बजे तामाङ चक्कु बोकेर चोकमा निस्किएका थिए । त्यसक्रममा नियन्त्रणमा लिन खोज्दा उनले प्रहरी हवल्दार केशरसिंह रावतलाई चक्कु हानेका हुन् । दुवैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।
WHO भन्छः फेस माक्स प्रयोग नगर्नुस्
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसलाई रोक्नको लागि फेस मास्क प्रयोग उचित नभएको बताएको छ । संगठनले फेस माक्सले अन्य माक्स जस्तै काम नगर्ने हुनाले त्यो प्रयोग गर्नु उचित नभएको बताएको हो । डब्ल्यूएचओका स्वास्थ्य आपतकालिन कार्यकारी निर्देशक माइक रायनले फेस माक्स प्रयोग गर्नुुको कुनै फाइदा नभएको बताएका छन् । उनले फेस माक्सले मान्छेलाई फाइदा गरेको कूनै प्रमाण तथा उदाहरण नभएको बताएका हुन् । उनले उल्टै त्यो माक्स बढी दुरुपयोग भएको उनको भनाइ छ । संयुक्त राज्य अमेरिका रोग नियन्त्रण र रोकथाम केन्द्रहरूले त्यो माक्सले हावाबाट आउने साना कणहरू फिल्टर गर्न नसक्ने बताएका छन् । संक्रमित व्यक्तिले नजिकै हाच्छ्यु वा खोक्यो भने त्यसले सहयोग नगर्ने उनीहरुको तर्क छ ।
पाटन र वीर अस्पतालमा मृत्यु भएका एक पुरुष र महिलाकाे कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं । पाटन र वीर अस्पतालमा हिजो मृत्यु भएका एक पुरुष र महिलाकाे कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । आईतबार पाटनमा एक पुरुष र वीरमा एक पुरुष र महिलाको मृत्यु भएको थियो । वीरको पुरुषको भने नतिजा आउन बाँकी रहेको अस्पताल श्रोतले जनाएको छ । उनीहरुलाई कोरोना लागेको शंकाको आधारमा उनीहरुको नमुना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको थियो । पाटन अस्पतालका निर्देशक प्राडा विष्णु शर्माले पाटनमा मृत्यु भएको पुरुषको नतिजा नेगेटिभ आएको बताए । उनको मृत्यु मल्टी अर्गान फेलरको कारणले भएको उनले जानकारी दिए ।
रातभरी हिडेर घर जान थाले काठमाडौंका मानिसहरु
काठमाडौं । सरकारले लकडाउनको समयावधि लम्ब्याएसँगै काठमाडौं नजिकै घर भएकाहरु हिडेर नै घर जान थालेका छन् । सरकारले लकडाउन थप गरे पछि पनि काठमाडौंसँग सिमाना जोडिएका जिल्लामा घर भएका मानिसहरु हिडेरै घर जान थालेका हुन् । उपत्यकामा बसोबास गर्दै आएका मकवानपुर, ललितपुर, नुवाकोट, काभ्रे, धादिङ र सिन्धुपाल्चोक घर भएकाहरु हिडेरै घर आफ्नो जान थालेका हुन् । आइतबार राति ११ बजे मकवानपुर हिडेर जान लागि ५ जनाको समूह तयार भयो । उनीहरुले भने ’दिउँसो हिड्न पाइदैन त्यसैले रातिको सयममा हिडेर घर जानलेका हौं । हामी ५ घन्टामा हाम्रो घर कुलेखानि पुग्छौं ।’ त्यस्तै, मकवानपुरको पालुग घर भएका दिदीभाई पनि गत शुक्रबार बिहान ३ बजे हिडेर घर गए । उनीहरु शनिबार बिहान ८ बजे घर पुग्ने लक्ष्य बोकेर काठमाडौंको मैत्रिनगरबाट आफ्ना घर हिडेका गएका हुन । उनीहरुसगैँ हिडेर घर जानेको यात्रुहरुको लर्को थियो । बिहानै ३ बजे हिडेका उनीहरु ८ बजेको समयमा भीमफेदी पुगिसकेका थिए । हिडेर हेटौंडा पुगेका विक्रम दाहाले विकासन्यूसगँ भने हाम्रो बाजेहरुले हिडेर काठमाडौं लगायतका ठाउँमा आवतजावत गर्ने गरेका थिए भन्ने सुनेको थिए । तर पहिलो पटक म पनि काठमाडौंबाट हिडेर हेटौंडा आँए ।’ काठमाडौंबाट आउँदा छोटा बाटोहरु प्रयोग गरेर घर गएको दाहाले बताए । काठमाडौबाट बुधबार हिडेर सिमारा घर जाने तयारीमा छन् मनोज दाहाल । उनीसगैँ काठमाडौंको कोठामा बस्ने धादिङका मिलन बजगाई गत मंगलबार हिडेर घर गएका उनले बताए । सर्वासाधारण रातभरी हिडेर घर जानु आफैमा जोखिम छ । उद्योगमा काम गर्दा गर्दै विभिन्न सहरमा मानिसहरु घर जान नपाएर काठमाडौंमा नै बसेका थिए । काठमाडौंमा काम गर्ने मानिसहरु हिडेरै घर जान थालेका हुन । सरकारले गत १० गते साझ लकडाउनको घोषणा गरेपछि सर्वसाधारणहरु विभिन्न सहरमा बस्न बाध्य भएका हुन् । सरकारले पुनः लकडाउनलाई बढाएर २५ गतेसम्म पुर्याको छ । काम गर्दागदै विभिन्न सहरमा रहेका कामदाहरु हिडेरै घर जानुभन्दा सरकारले घर जान चाहेका सर्वासधरणहरुलाई केही व्यवस्था गर्नसके राम्रो हुन्छ की ?
रामेछापमा बोलेरो जिप दुर्घटना, २ को मृत्यु, ३० जना घाइते
काठमाडौं । रामेछापको खाडाँदेवी गाउँपालिकामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु र ३० जना घाइते भएका छन् । बा १४ च ९४९८ पिकअप बोलेरो जिप भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गर्दा दुर्घटना भएको छ । जिप सडकदेखि करिब १ सय मिटर तल खसेर दुर्घटना भएको हो । घाइते भएकामध्ये दोरम्बा गाउँपालिका ३ का ४० वर्षीय गोपीलाल पहारी र सोही गाउँपालिका २ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको हो ।