कोरोनाबाट बेलायतमा थप एक नेपालीको निधन
लन्डन । कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो । मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले जानकारी दिए । रासस
कोरोना अपडेट : १७ लाख २४ हजार बढी संक्रमित, मृत्यु हुनेको संख्या एक लाख ४ हजारमाथि
काठमाडौं । विश्वमा कोरोना भाईरस (कोभिड १९) संक्रमितको संख्या १७ लाख २४ हजार ३ सय १३ पुगेको छ । त्यस्तै एक लाख ४ हजार २ सय ११ जनाका मृत्यु भईसकेको छ । पछिल्लो समय अमेरिका तथा युरोपेली मुलुकमा कोरोनाको संक्रमण उच्च रहेको छ भने एसियाली मुलुकमा पनि भाईरसबाट संक्रमितको संख्या क्रमिक रुपमा बढ्दै गएको छ । हालसम्म विश्वमा ४ लाख ३ हजार ३ सय ७ जना नागरिक यो रोगबाट निको भएर घर फर्किएका छन् । अमेरिकामा पछिल्लो समय ५ लाख ३ हजार १ सय ७७ जना नागरिक संक्रमित छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ६१ पुगेको छ । त्यस्तै २८ हजारबढी निको भई घर फर्किएका छन् । पछिल्ला दिनमा कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा बढ्दै गएको छ । स्पेनमा हालसम्म १६ हजार ३ सय ५३ जनाको मृत्यु भईसकेको छ भने संक्रमितको संख्या १ लाख ६१ हजार ८ सय ३२ पुगेको छ । हालसम्म ५९ हजारभन्दा बढी नागरिकलाई निको भएको छ । इटाली कोरोना संक्रमितको संख्या १ लाख ४८ हजारभन्दा बढी रहेको छ भने मृत्यु हुनेको संख्या १८ हजार ९ सय ३९ पुगिसकेको छ । फ्रान्समा पछिल्लो दिन नयाँ कोरोना संक्रमित देखिएको छैनन् । हालसम्म १ लाख २४ हजार ८ सय ६९ जना कोरोना संक्रमित रहेको फ्रान्समा १३ हजार १ सय ९७ जनाको मृत्यु भइसकेको छ । जर्मनीमा हालसम्म २ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ भने १ लाख २२ हजार ७ सय ८० नागरिक संक्रमित छन् । जर्मनीमा ६१ हजारभन्दा बढी नागरिकलाई निको भएको छ । त्यस्तै कोभिड १९ को उद्गम स्थलको रुपमा परिचित चीनमा हालसम्म ३ हजार ३ सय ३९ जनाको मृत्यु भईसकेको छ भने ८४ हजारभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै चीनमा उपचार पछि निको हुनेको संख्या ७८ हजार पुगेको छ । पछिल्लो दिनमा बेलायत, इरान, टर्की, बेल्जियम, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, क्यानडा, ब्राजिल, पोर्चुगल, अस्ट्रिया, रसिया, इजराइल, दक्षिण कोरिया, स्वीडेन, आइरल्याण्ड, भारतमा लगायतका देशमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छन् । यस्ताे छ काेराेना संक्रमणकाे अवस्था :
एनसेलको डेटा र एसएमएस सेवा अब लोनमा पाइने
काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब आफुसँग मेन ब्यालेन्स नभएपनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्नेछन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेटले आफनाग्राहकलार्ई सम्पर्कमा रहिरहनथप मद्दत पुर्याउँदै शनिबार (चैत्र २९) बाट नयाँ योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले अब डेटा र एसएमएस् सेवा सहितको प्याक वा एसएमएस प्याक पछि शुल्कतिर्ने गरी खरिद गर्न सक्छन् । कोरोना भाइरसले फैलिएसँगै लकडाउनले गर्दा ग्राहकहरुले सहज रुपमा आफ्ना परिवारका सदस्य र साथीभाइसँग सम्पर्कमा रहन तथा नववर्षको शुभकामना आदानप्रदान गर्न व्यालेन्स रिचार्जमा कठिनाई भोगिरहेका हुन सक्छन् । त्यसैले एनसेलले सजिलै डेटा र एसएमएस सेवामा पहुँच सुनिश्चित गर्न यो नयाँ योजना ‘न्यु इयर अफर’ ल्याएको हो । यस अफर अन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस प्याक कर सहितमात्र २० रुपैयाँमा सुचारु गर्न सक्छन् । ग्राहकले आफुसँगशुन्यब्यालेन्स रहेको अवस्थामापनि यो प्याकलोनमा सुचारु गरी डेटा र एसएमएस सेवाको फाइदालिन सक्छन् । यो प्याकअन्तर्गत पाइने डेटा र एसएमएस भोलुम सुचारु भएको दिन देखि ५ दिनको लागिमान्य रहन्छ । लोनमा नै २५० वटा एसएमएस रहेको प्याक कर सहितमात्र १० रुपैयाँ सुचारु गर्न सक्छन् । सुचारु गरिएको एसएमएस प्याक ५ दिनको लागिमान्य रहनेछ । ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ७७ ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसार डेटा र एसएमएस बन्डल प्याकवाएसएमएस प्याकलोनमा सुचारु गर्न सक्छन् । विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका र मेन ब्यालेन्स ५ रुपैयाँ भन्दा कम भएका एनसेलका प्रिपेड ग्राहकले प्याकहरु सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि समयमा जति पटक पनि यो सेवालिन सक्छन् । यद्यपि सेवा सुचारु गर्नुभन्दा पहिला पुरानो लोनको रकमचुक्ता गरेको हुनु पर्ने जनाएकाे छ ।
दैनिक ज्याला मजदुर तथा वृद्धाश्रममा सहयोग गर्दै शाओमी
काठमाडौं । नेपालमा शाओमीले देशभर दैनिक ज्याला मजदुर, अनाथ र वृद्धाश्रमलाई खाद्य समाग्री वितरण गरेको छ । शाओमीले कोरोनाको महामारी फैलिएसँगै योगदान गर्ने प्रतिज्ञा सहित लाखौं बराबरका खाद्यान्न र आवश्यक सामग्रीहरु वितरण गरेको जानकारी दिएको छ । दैनिक ज्याला गर्ने तथा अनाथ आश्रममा सहयोग गरिको भन्दै आगामी दिनमा पनि यो कार्यमा निरन्तर रहने शाओमीले बताएको छ । शाओमी परिवारमा मी फ्यानहरु, पार्टनर र कर्मचारीलाई आफूले गर्न सम्भव हरेक तरिकाले सहयोग गर्न आग्रह गरेको छ । सबैलाई सरकारले निर्देशन गरेको लकडाउन पाउन गर्न अनुरोध गर्दै कर्मठतापूर्वक अवलोकन गर्न निकै जरुरी रहेको जनाएको छ ।
लकडाउन छिट्टै अन्त्य हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न जरूरी रहेको बताए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, “भारतमा सङ्क्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न म आग्रह गर्दछु ।” उनले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको स्पष्ट पार्दै सरकार स्वयंले अधिकारका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न आग्रह गरे। उनले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताए । लकडाउनमा प्रशासनिक लापरबाही हुन नहुनेमा जोड दिँदै उनले मेला लाग्ने तथा मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्न प्रशासन र प्रहरी सजग हुनैपर्ने निर्देशन दिए । उनले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गरे । प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट गर्दै सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईलाई अनुरोध गरे । उनले कोरोना सङ्क्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोगशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताए । करिब ४ घण्टाभन्दा चलेको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका पहल र स्थितिबारे जानकारी गराए । रासस
लकडाउन अझै लम्बिने !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन अझैं बढ्न सक्ने संकेत गरेका छन् । शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स गर्दै उनल लकडाउन तत्काल नखोलिने स्पष्ट पारेका हुन् । शनिबार सिंहदरबारस्थित एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो संवादमा प्रधानमन्त्री ओलीले लकडाउन अझै लम्बिने बताएका हुन् । बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म चार घण्टा चलेको भिडियो संवादका क्रममा प्रधानमन्त्रीले सीमामा अझै कडाइ गर्ने प्रष्ट पारेका छन्। ‘लकडाउन छिट्टै अन्त्य हुँदैन, सरकारले सीमामा अझ कडाइ गर्छ, भावुक कुरा गरेर लापरबाही स्वीकार्य हुँदैन’, उनले भने । संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको उनको भनाइ छ । ‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन, यसमा नरम बनेर लापरबाही नगर्नु होला, यो कुरामा सचेत रहनुस्,’ उनले मुख्यमन्त्रीहरुलाई भनेका छन् । उनले यो भन्दा अगाडि पनि देशवासीको नाममा सम्बोधन गर्दै आगामी दुई साता हाम्रा लागि चुनौतीपूर्ण रहेको बताएका थिए । पटक पटकका प्रधानमन्त्रीका यी बोलीले पनि लकडाउन तत्काल नखोलिने बुझ्न सकिन्छ । उनले जनतालाई दु.ख दिन नभइ जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन आग्रह गरे । नेपालमा तीन सातादेखि लकडाउन छ । सरकारले चैत ११ गते लकडाउन घोषणा गरेको थियो । पहिले सरकारले चैत १८ त्यसपछि २५ र अहिले बैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ । अझै एकहप्ता थप्ने मनसायमा सरकार छ ।
लकडाउनमा नै जलविद्युत् आयोजनाको काम शुरु
काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहँदा तनहुँ जलविद्युत् आयोजनाको काम शुरु भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले उच्च सतर्कताका साथ ठूला आयोजना सञ्चालन गर्न अनुमति दिएसँगै ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको काम सञ्चालन भएको हो । दोस्रो प्याकेजअन्तर्गतको कामको ठेक्का पाएको सिनो हाइड्रोले बिहीबारदेखि केवल टनेल खन्ने कामलाई निरन्तरता दिएको आयोजनाका साइट प्रमुख अच्युत घिमिरेले जानकारी दिए। उनका अनुसार क्याम्पभित्रै बसिरहेका मजदूरलाई परिचालन गरेर कामलाई सञ्चालन गरिएको छ । “बाहिरबाट मजदूर नल्याई क्याम्पमा उपलब्ध मजदूर परिचालन गरेर काम शुरु गरेका छौं”, उनले भने, “काम गर्ने क्रममा पनि सतर्कता अपनाइएको छ ।” हाल क्याम्पमा २४ चिनियाँ तथा अन्य गरी करिब ५० श्रमिक र प्राविधिक छन् । पावर हाउसमा तारहरु लैजानका लागि १ सय ८७ मिटर सुरुङ खनिनेछ । उक्त सुरुङ खनेर सकिएपछि ‘मेन एक्सेस टनेल’ निर्माण शुरु गरिनेछ । पहिलो प्याकेजअन्तर्गतका लागि पुनः तेस्रो पटक बोलपत्र आह्वान भएका कारण उक्त प्याकेजको काममा भने ढिलाइ भएको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ जलविद्युत् आयोजनाले गत वैशाख १२ गते आह्वान गरेको दोस्रो पटकको बोलपत्रमा छनोट भएका चार कम्पनीको प्राविधिक प्रस्ताव रद्द भएपछि पुनः तेस्रो पटक बोलपत्र आह्वान गरेको थियो । बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले बोलपत्र आह्वान गर्दा १९ कम्पनीले चासो देखाए पनि चार वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । चार वटा कम्पनीले पेश गरेको प्राविधिक प्रस्तावलाई एशियाली विकास बैङ्क (एडिबी) ले सारभूत रुपमा प्रभावग्राही हुन नसकेको भन्दै रद्द गरिदिएको थियो । उक्त कामका लागि चीनको चाइना गेजुवा गु्रप अफ कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, चाइना नेसनल इलेक्ट्रिक इन्जिनीयरिङ कर्पोरेसन लिमिटेड तथा सोङ डा कर्पोरेसन भियतनाम र कालिका कन्स्ट्रक्सन नेपाल जेभीले बोलपत्र पेस गरेका थिए । तेस्रो पटक आह्वान गरिएको बोलपत्रको म्याद वैशाख १ गते (१३ अप्रिल) सम्म रहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एशियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नेछ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । आयोजनाका लागि १ सय ४० मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाइ १ सय २१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । यसमध्ये एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआइबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाको विद्यृत्गृह निर्माणका लागि २८८ मिलियन डलर, प्रसारण लाइन तथा सवस्टेशन निर्माणका लागि १५ मिलियन डलर, ग्रामीण विद्युतीकरणका लागि आठ मिलियन डलर, जग्गा प्राप्ति तथा पुनःस्थापनाका लागि ३० मिलियन डलर, वातावरण व्यवस्थापनका लागि २१ मिलियन डलर, पूर्वाधार निर्माण तथा भन्सार एवं कर प्रयोजनका लागि ४६ मिलियन डलर, आयोजना व्यवस्थापन तथा सामुदायिक कार्यक्रमका लागि २५ मिलियन डलर खर्च हुने अनुमान छ । यसका लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र ९जुन २०२४० सम्पन्न गर्ने लक्ष्य रहेको छ । रासस
कोरोना नियन्त्रणसम्बन्धी भिडियो कन्फरेन्स आयोजना : रोकथाममा तयारी हुन विज्ञको सुझाव
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट नेपाल र नेपालीलाई बचाउन खानेपानी तथा सरसफाईको क्षेत्रले गर्नुपर्ने कामका सम्बन्धमा स्मार्ट वास सोलुसन्स प्रा.लि.ले सरोकारवालाहरुसंग भिडियो कन्फरेन्स सम्पन्न गरेको छ । भिडियो कन्फरेन्समा सहभागी भएका विज्ञहरुले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि सामाजिक दूरी कायम गर्नका साथै हात धुने काम पनि उत्तिकै महत्वपूर्ण भएको उल्लेख गर्दै यसका लागि पर्याप्त सुरक्षित पानीको उपलब्धता सुनिश्चित हुनुपर्ने कुरामा जोड दिए । उक्त भिडियो कन्फरेन्सका सहभागीहरुले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणसंगै नेपालले गर्मी याममा बर्षेनी फैलिने रोगहरुको रोकथाम र नियन्त्रणमा पनि उत्तिकै तयारी गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा सहभागी पूर्व सचिव ई। सुमन शर्माले भने, ‘विश्वमा महमारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको नियन्त्रण,रोकथाम र उपचार अहिलेको ठूलो चुनौती हो । त्यसका लागि युद्धस्तरमै लाग्नु पर्दछ । तर गर्मी याममा नेपालमा हरेक बर्ष विभिन्न संक्रामक रोगहरु देखिने गरेका छन् । तिनको रोकथाम,नियन्त्रण र उपचारको लागि पनि सरकारले उत्तिकै तयारी गर्न आवश्यक छ ।’ भिडियो कन्फरेन्समा काठमाडौं विश्वविद्यालयका प्राध्यापक सुवोध शर्माले क्वारेन्टाइनमा बस्नेहरुका लागि पर्याप्त गुणस्तरीय पानी उपलब्ध गराउनुपर्र्ने बताए । उनले कोरोना भाइरसबाट बच्न सफा पानी र सावुन वा स्यानेटाइजरले हात धुनुपर्ने सन्देश पुगेको भएपनि सरकारले पानी नै पुर्याउन नसकेको उदाहरण दिदै भने, टोलटोलमा ट्रयाड।की राखिएको छ तर ती रित्ता छन् । सरकारले बनाएका क्वारेन्टाइनमा न पर्याप्त संख्यामा ट्वाइटेल देखिन्छ, न पानीको लागि ट्रयाड।की छन् न त साबुनको नै राम्रो व्यवस्था छ । तिनको अनुगमन गर्नुपर्ने खाँचो छ । प्राध्यापक शर्माले भने, ‘अल्कोहल भएको सानिटाइजरले हात धुनुपर्छ भनेपछि धेरै उत्पादकले बजारमा स्यानिटाइजर ल्याए, जसलाई इथाइल र मिथाइल बिचको फरक नै थाहा रहेनछ । कोरोनाको भाइरसलाई ६० देखि ९० प्रतिशत इथाइल अल्कोहल मिसिएको स्यानिटाइजरले निसंक्रमित गर्न सक्छ । त्यसमा आइसोप्रोपाइल मिसाउदा अझ प्रभावकारी हुन्छ । तर बजारमा फरक किसिमका स्यानिटाइजर आए । त्यसमा हामीले निगरानी गर्न सकेनौं ।’ कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुनिलकुमार दासले कोरोना भाइरसलाई सावुन वा स्यानिटाइजर पानीले हात धोएर निस्क्रिय पार्न सकिने भएकोले यसको नियन्त्रणमा खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत जनशक्तिको पनि महत्वपूर्ण भूमिका देखिएको बताए । आम जनतालाई गुणस्तरीय पानी उपलब्ध गराउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी व्यवस्थापन बोर्ड, खानेपानी तथा ढल निकास विभागले आयोजना हस्तान्तरण गरेका उपभोक्ता समितिहरुको महत्वपूर्ण भूमिका रहेको बताए। आम नागरिकलाई स्वच्छ,सुरक्षित र पर्याप्त पानी उपलब्ध गराउन नगर तथा गाँउपालिकाहरुलाई सक्षम बनाउन आवश्यक रहेको पनि उल्लेख गरे । उनले गर्मीको समयमा नेपालमा धेरै संक्रामक रोगहरु फैलिने उल्लेख गर्दै तिनीहरुको रोकथामको पूर्वतयारीमा पनि ध्यान दिन आग्रह गरे । भिडियो कन्फरेन्समा स्मार्ट वास सोलुसन्स प्रा.लि.का अध्यक्ष ई.रामदीप साहले स्वास्थ्य र सरसफाईको लागि स्वच्छ र सुरक्षित पानी आवश्यक भएको बताए। उनले कोरोना संक्रमणबाट बच्न पटकपटक साबुन वा स्यानिटार पानीले हात धुन पनि पर्याप्त सुरक्षित पानी चाहिने बताए । उनले पानी आपूर्तिका लागि धारा काटिएको भए जोड्न पर्ने, विपन्न परिवारका लागि पर्याप्त पानी आउने सार्वजनिक धाराको बन्दोबस्त हुनुपर्ने, पानीको महसुल घटाउनुपर्ने, स्वास्थ्योपचारबाट निस्कने फोहरमैलाको सुरक्षित तवरले बन्दोबस्त गर्नुपर्ने सुझाव दिदै भने, ‘पर्याप्त सुरक्षित पानीको आपूर्तिको लागि वित्तीय व्यवस्था गर्न अर्थमन्त्रालयसंग समन्वय गर्न र पानी आपूर्तिको व्यवस्था मिलाउन खानेपानी मन्त्रालयले नेतृत्व लिनुपर्दछ ।’ कार्यक्रमका अर्का सहभागी वाटर एडका अनिल थमनले कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले आफूहरुले कन्ट्याक्टलेस ह्याण्ड वासिड सेन्टर (स्वचालित हात धुने केन्द्र) सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । उनले ललितपुर महानगरपालिकाबाट यसको शुभारम्भ हुने उल्लेख गर्दै निकट भविष्यमा नै ७५ स्थानमा यसको स्थापना गरी आवश्यकता अनुसार विस्तार गरिने पनि बताए। कार्यक्रमका अर्का सहभागी पूर्वमन्त्री तथा प्राज्ञ दीपक ज्ञवालीले मानिसको जीवनसंग प्रत्यक्ष जोडिएको पानीको उपलब्धता र आपूर्तिका सम्बन्धमा नीति निर्माता र सरोकारवालाहरुको बीचमा सार्वजनिक बहस गर्ने मञ्चहरुको अभाव खड्किएको बताए । पूर्व विज्ञान,प्रविधि तथा वातावरण मन्त्री ईञ्जिनियर गणेश साहले सञ्चालन गरेको सो कार्यक्रममा खानेपानी तथा सरसफाईको क्षेत्रका प्राध्यापक, अनुसन्धान कर्ता र नीति निर्माता,सञ्चारकर्मी,सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सहभागिता रहेको थियो । मोबाइलको सीआरबीटीमा विविधता ल्याउन सुझाव कोरोना रोग निणन्त्रणमा खानेपानी तथा सरसफाई क्षेत्रको भूमिकाका सम्बन्धमा छलफल गर्न आयोजना गरिएको भिडियो कन्फरेन्समा वाटर एडका अनिल थमनले कोरोना संक्रमण सुरुभए यता नेपाल टेलिकमले आफना ग्राहकको मोबाइलमा बजाउने गरेको सीआबीटी एकैखालको सन्देश निरन्तर आउदा सुन्नेलाई पट्टयार लागेको बताए । उनले भने, ‘जसरी कुनै पनि औषधीको कम वा बढीमात्रा दुवै उचित मान्न सकिदैन, रोगको सन्दर्भमा दिइने सन्देश पनि त्यस्तै हो । यो सन्देश सबैकहा पुगीसक्यो । सन्देश छोटो होस् । विविधता होस् ।’ पूर्वसचिव सुमन शर्माले छोटा सन्देशहरु अनियमित तवरले बज्ने व्यवस्था पनि गर्न सकिने बताए । पूर्व प्राज्ञ दीपक ज्ञवालीले सीआरबीटीबाट जनउपयोगी सन्देशहरु दिने संबन्धित निकायको ध्यानाकृष्ट गराउन आग्रह गरे। कार्यक्रमको सञ्चालन गरेका पूर्वमन्त्री ई.गणेश साहले आफूले यो विषय नेपाल दुरसञ्चार कम्पनी लिमिटेडका महाप्रबन्धक कहा पुर्याउने बचन दिए ।