सुरु भयो मापसे जाँच, ब्रेथलाईजर भने प्रयोग नहुने
काठमाडौं । सरकारले मंगलबार साँझबाट लकडाउन खाेलेसँगै मापसे जाँच सुरु हुनेभएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वामेदव गाैतमले आजबाट मापसे जाँच सुरु भएकाे बताएका हुन् । उनी भन्छन्, ‘अहिलेसम्म हामीले संक्रमणकाे कारणले मपासे राेकेका थियाैं । आजबाट हामीले मापसे जाँच सुरु गरेका हाैं । यद्यापी हामीले ब्रेथलाईजर भने प्रयोग गर्दैनाैं । हालकाे लागि सामाजिक दुरी कायम गरेर मानिसले मापसे सेवन गरेकाे छ कि छैन भनेर हामी हेरेरै त्यसअनुसार कारवाही गर्नेछाैं । काेराेनाकाे कारण चार महिनादेखि मापेस जाँच राेकिएकाे थियाे ।
आजदेखि निजी सवारीको जोर विजोर प्रणाली हट्यो
फाइल फाेटाे काठमाडौं । बुधबारदेखि निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटेको छ । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको हो । मंगलबार साँझ सरकारले सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटाएकाे निर्णय सार्वजनिक गरेकाे हाे । सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको हो ।
दराज र ईसेवाले ल्यायो मात्र १ रुपैयाँमा आईफोन एसई जित्ने मौका
काठमाडाैं । अनलाईन किनमेल सेवा प्रदायक दराज र अनलाइन भुक्तानी सेवा प्रदायक ईसेवाले मात्र १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने अफर लिएर आएकाे छ । यसमा भाग लिनको लागि ग्राहकहरूले दराजमा प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँ मा ईसेवा बाट भुक्तानी गरी अर्डर गर्नुपर्ने छ । याे अफर साउन ७ देखि १२ सम्म उपलब्ध हुने दराजले जनाएकाे छ । विजेताको घोषणा साउन १६ मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिने र विजेता घोषित भएपछि सबै सहभागीहरूले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउने दराजले जनाएकाे छ । यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ सम्म चल्ने दराज महाबचात बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेव मार्फत पैसा तिर्दा २० प्रतिशत (१ हजार रुपैयाँ सम्म) को छूट पाउनेछन्। दराज प्रबन्ध निर्देशक लिनो अलरिंगले भन्छन्, ‘गत महिना दराजमा ईसेवा उपलब्ध गराउनु एक निर्णायक क्षण थियो। यस सहकार्य मार्फत ग्राहकहरुकोलागि भनि यस्ता अन्य अवसरहरू पनि उपलब्ध गर्ने मौका हामीले पाएका छौँ जसले अनलाईन किनमेललाई एक रोचक विकल्प को रुपमा विकास गर्ने छ।’ यस वान रुपी गेम अन्तर्गत ग्राहकहरुले अरू धेरै पुरस्कारहरू जस्तै सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर पनि जित्न सक्ने दराजले जनाएकाे छ ।
आजदेखि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु खुल्ने, पठनपाठन भने नहुने
काठमाडौं । सरकारले मंगलबार साँझ लकडाउनको अन्त्य भएको घाेषणा गरेसँगै आजदेखि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु पुनः सञ्चालन हुने भएकाे छन । पठनपाठन बाहेक सबै कर्मचारी तथा शिक्षककाे हाजिरी गराई राेकिएका कामहरु अगाडि बढाउने विश्वविद्यालयका रजिष्टार पेसल दाहालले जानकारी दिए । उनी भन्छन्, अहिले सरकारले ताेकेकाे अनुसार कक्षाहरु भने संचालन हुँदैन्न तर अब अन्य कामहरु भने राेकिँदैनन् । नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन् । ‘ कोरोना भाइरसको संक्रमण शुरु भएसँगै सबै क्याम्पस तथा कार्यालयहरु २०७६ चैत १० गतेदेखि बन्द गरिएको थियो। जसमा सरकारले २०७७ चैत ११ गतेबाट राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका कारण सो अवधिभरका लागि त्रिविका क्याम्पसहरुको शैक्षिक गतिविधि स्थगित रहेको थियो।
नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति करिब ८ः४५ बजे पहिरो खसेको हो । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो ४ः३० बजे एकतर्फी खुलाइएको थियो । पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख पहिरोमा परी अड्किएका थिए । उनीहरु सडक अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि सवारी साधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी फर्किएका थिए । राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने अधिकारीले जानकारी दिए । केहीबेरमा पहिरो पन्छाउने काम थालिने छ ।
लगानी बोर्डको सीईओकाे लागि ५ जनाको नाम सिफारिस, को–को परे ?
काठमाडौं । नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को लागि ६ जनाको नाम सिफारिस गरिएको छ । अर्थ मन्त्रालयले राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा गठन गरेको उपसमितिले १२ जना आवेदकहरुमध्ये ६ जनाको नाम छनोट गरी सिफारिस गरेको हो । सो पदका लागि १२ जनाको आवेदन परेकामध्ये ती ६ जनाको नाम अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेकाे समिति समक्ष सिफारिस भएको बताइएको छ । स्रोतका अनुसार लगानी बोर्डको सीईओको लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, राष्ट्रिय याेजना आयाेगका सदस्य सुशिल भट्ट , विद्युत नियमन आयोगका पूर्व सदस्य रामकृष्ण खतिवडा, पूर्वसहसचिव लक्ष्मीविलास कोइराला र लगानी प्राधिकरण प्रदेश १ का प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाको नाम छनोट गरी सिफारिस भएको हाे । अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्प कँडेल र अर्थशास्त्री प्रा.डा गोविन्द नेपाल सदस्य रहेको छनौट समितिले उनीहरूमध्ये ३ जनाको नाम सर्टलिस्ट गरी नियुक्तिका लागि मन्त्रिपरिषदमा पेश गर्नेछ। सिफारिस भएका तीनजनामध्येबाट एकजनालाई मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको सीईओमा नियुक्त गर्नेछ ।
यी हुन् मन्त्रिपरिषद् बैठकले साेमबार गरेका महत्वपूर्ण २६ निर्णय
काठमाडाैं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण २६ वटा निर्णय गरेको छ । मंगलबार सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले विभिन्न २६ निर्णय गरेको बताएका छन् । यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण २६ निर्णय [pdf id=228722]
सरकारले विद्यार्थी भर्ना र परीक्षा संचालन गर्न अनुमति दियाे
काठमाडाैं । सरकारले शैक्षिक संस्थाहरुलाई विद्यार्थी भर्ना र परीक्षा संचालन गर्न अनुमति दिएकाे छ । सोमबारको मन्त्रिपरिषद निर्णय सुनाउँदै प्रवक्ता युवराज खतिवडाले लामो समय बन्द रहेको विद्यालयहरु भने बन्द नै रहने तर भदौ १ गते बाट विद्यार्थी भर्ना र परीक्षाको तयारी गर्न भने सरकारले छुट दिएको बताए । यस्तै, सरकारले होटल, रेष्टुराँ खोल्न अनुमति दिएको छ। तर त्यहाँ सामुहिक भोज, ठूलो समूहमा भेला भने हुन भने पाइने छैन। सरकारले लुज लकडाउनलाई निरन्तरता दिँदै शैक्षिक संस्था, प्रदर्शनी, भेला, पार्टी प्यालेस, जिम खाना, धार्मिक र सामाजिक स्थल अर्को मिति नभनेसम्म बन्द रहने जनाएको छ ।