लक्ष्मी बैंकको दुई शाखा तनहूँको म्याग्दे र सुनसरीको भोक्राहामा

<p>काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा बुधबार तनहूँको म्याग्दे र सुनसरीको भोक्राहा गाउँपालीकामा दुई नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी जिल्लाहरुमा बैकंको यीे क्रमशः दोस्रो र तेस्रो शाखाहरु हुन् । यी दुई शाखा पश्चात बैंकको शाखा संजाल ७६, ३ हस्पिटल सेवा काउन्टर, ९८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा बुधबार तनहूँको म्याग्दे र सुनसरीको भोक्राहा गाउँपालीकामा दुई नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी जिल्लाहरुमा बैकंको यीे क्रमशः दोस्रो र तेस्रो शाखाहरु हुन् ।

यी दुई शाखा पश्चात बैंकको शाखा संजाल ७६, ३ हस्पिटल सेवा काउन्टर, ९८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आ.व. २०७३/७४मा ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ५२ करोड ७३ अर्ब रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ७० अर्ब ९० करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकले करिब १०० करोड रुपैयाँ बराबरको खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।

Share News