काठमाडौं । विगत तीन वर्षदेखि भैरहेको क्यान्सर विरुद्धको जागरण साईकल र्याली अभियानमा टीसीएल स्मार्ट टीभीले पनि सम्बन्ध गाँसेको छ । विभिन्न सामाजिक कार्यक्रममा आफ्नो सहभागिता जनाउने क्रममा यसपालि पनि आफ्नो कर्पोरेट सोसियल रेसपोन्सबिलीटी अन्तर्गत क्यान्सर विरुद्धको अभियानमा सम्बन्ध गाँसेको हो ।

उक्त कार्यक्रममा लक्की विजेतालाई ४३ इंचको टीसीएल स्मार्ट टीभी उपहार स्वरुप हस्तान्तरण गर्ने तथा अन्य सहयोग गर्ने कम्पनीले जनाएको छ । ४३ इंच टीसीएल स्मार्ट टीभी एफएचडी रहेको छ । जसमा स्क्रिन मिररिङ (मोबाईलको स्क्रिनलाई टि.भीमा हेर्न) साथै २ जि.बी. इन्टरनल मेमोरि र एन्रोईडको विभिन्नएप (युट्युब, फेसबुक आदि) चलाउन सकिने जस्तो विशेषता रहेको छ ।
टिसिएल टीभीकालागि नेपालको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इलेक्ट्रोनिक्स रहेको छ ।