‘मार्जिन ट्रेडिङ’को मस्यौदा तयार, नेप्से सञ्चालक समितिमा पेश हुदै

<p>काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ब्रोकर मार्जिन ट्रेडिङको मस्र्यौदा तयार पारेको छ । नेप्से व्यवस्थापनले मस्यौदा तयारीको काम सकेर सञ्चालक समितिमा पठाएको छ । संभवत अब बस्ने सञ्चालक समितिले अनुमोदन गरेर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाउने तयारी भएको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । बोर्डबाट स्वीकृत हुनासाथ ब्रोकर व्यसायीमार्फत सेयर धितोमा राखेर [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ब्रोकर मार्जिन ट्रेडिङको मस्र्यौदा तयार पारेको छ । नेप्से व्यवस्थापनले मस्यौदा तयारीको काम सकेर सञ्चालक समितिमा पठाएको छ ।

संभवत अब बस्ने सञ्चालक समितिले अनुमोदन गरेर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाउने तयारी भएको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । बोर्डबाट स्वीकृत हुनासाथ ब्रोकर व्यसायीमार्फत सेयर धितोमा राखेर कर्जा दिने सुविधा कार्यन्वयनमा हुने उनले जानकारी दिए । नेप्सेले ब्रोकर व्यवसायीसंग एक चरण छलफल गर्ने भएको छ ।

ब्रोकर व्यवसायीको मागअनुसार बोर्डले गत कात्तिक २० गते मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन ल्याएको हो । सोही निर्देशनका आधारमा नेप्सेले ब्रोकर मार्जिन ल्यण्डिङको मस्यौदा तयार पारेको छ । ब्रोकर व्यवसायीमार्र्फत सेयर धितोमा राखेर (मार्जिन ट्रेडिङ) सुबिधा दिने निर्देशन आएपनि अधिकांश बैंक तथा वित्तीय संस्था र कम्पनीको सेयर खरिद र धितोमा कर्जा नपाइने देखिएको छ ।

बोर्डले ल्याएको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशनबाट अधिकांश बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीको सेयर खरिदका लागि ब्रोकरमार्फत मार्जिन लेन्डिङ नहुने भएको हो । बोर्डले न्युतम १० हजार सेयरधनी, खुदसम्पत्ति (नेटवर्थ) सकरात्मक रही २ वर्षदेखि न्युनतम १० प्रतिशत लाभांश दिने कम्पनीको सेयर खरिदमा मात्र मार्जिन कर्जा पाउने व्यवस्था गरेपछि अधिकांश कम्पनीको सेयर अयोग्य हुन पुगेका हो ।

बैंक तथा वित्तीय संस्थामा सेयर धितोमा राखी लगानीकर्ताले मार्जिन कर्जा लिई रहेका छन् । ब्रोकरमार्फत मार्जिन कर्जा लिन अधिकाँश बैंक तथा वित्तीय संस्था तथा कम्पनीका सेयर संख्या १० हजार नपुगेको खुदसम्पत्ति धनात्मक भई २ वर्षदेखि न्युनतम १० प्रतिशत लाभांश दिएका संस्था कम भएकाले अधिकाँशको सेयर राखेर कर्जा नपाउने अवस्था आएको हो ।

केही वर्षअघि खुलेका र पुराना भएपछि वित्तीय अवस्था राम्रो नभएका र १० हजार सेयरधनी नपुग्ने कुनै पनि कम्पनीले नपाउने भएका हुन् । बैंकले सिधै दिइरहेको मार्जिन लेन्डिङमा फरक नपर्ने तर ब्रोकरबाट लगानीकर्तालाई प्रदान गरिने माजिर्न कर्जामा भएको व्यवस्थालाई मान्दा धेरै कम्पनीको सेयरमा लगानी गर्न नसक्ने देखिएको हो ।

 

Share News