काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन शाहको पहिलो द्विपक्षीय राजकीय भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक र दूरगामी महत्व बोकेको बताएका छन् ।
भ्रमणको सफल समापन गरी सोमबार साँझ स्वदेश फर्किएपछि प्रतिक्रिया दिँदै मन्त्री वाग्लेले यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गरेका हुन् ।
नेपाल एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै उनले भ्रमण ऐतिहासिक र सफल रहेको बताए ।
प्रधानमन्त्री शाह नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल दुईदिने भारत भ्रमण सम्पन्न गरी सोमबार साँझ काठमाडौं फर्किएको हो ।