काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अहिलेसम्म ८१ हजार प्रदर्शनकारीको हत्या गरेको दाबी गरेका छन् ।
ट्रम्पले पछिल्लो एक सातामै इरानले एक वर्षकै सबैभन्दा धेरै आक्रमणकारी ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको पनि बताएका छन् ।
उनले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो दाबी गरेका हुन् ।
ट्रम्पले नोभेम्बर ३ मा भएको मध्यावधि निर्वाचनलाई लिएर आफूले दुईवटा पूर्वानुमान गरेको उल्लेख गरेका छन् ।
पहिलो, डेमोक्र्याटिक पार्टीले चुनाव जितेमा सेयर बजारमा ठूलो गिरावट आउने उनको पूर्वानुमान थियो । ट्रम्पका अनुसार त्यस्तै भएको छ ।
दोस्रो, इरानले आफ्ना आक्रमण थप तीव्र बनाउने उनको अनुमान थियो । उनले यो पूर्वानुमान पनि सही साबित भएको दाबी गरेका छन् ।
ट्रम्पले इरानले प्रहार गरेका सबै ड्रोन र क्षेप्यास्त्र खसालिएको तथा तिनबाट कुनै क्षति नभएको दाबी गरेका छन् ।
उनका अनुसार इरानी नेताहरूले डेमोक्र्याटिक पार्टीलाई कमजोर र प्रभावहीन ठान्छन् ।
ट्रम्पले डेमोक्र्याटिक पार्टी र इरान दुवैले तेलको मूल्य उच्च राख्न हरसम्भव प्रयास गरेको आरोप पनि लगाएका छन् । उनका अनुसार निर्वाचनपछि तेलको मूल्यमा कीर्तिमानी गिरावट आएको छ ।
मतदाताले मतदान गर्नुअघि यी विषय बुझ्नुपर्ने ट्रम्पको भनाइ छ । उनले समग्र निर्वाचनलाई ‘निकै अनौठो’ समेत बताएका छन् ।